• महिला लिग राष्ट्रिय फुटबलमा मध्यमाञ्चल र पुलिस विजयी

    चितवन, असोज ३ – चितवनको जारी महिला लिग राष्ट्रिय फुटबल अन्र्तगत शुक्रबारका खेलमा मध्यमाञ्चल र नेपाल पुलिस क्लब विजयी भएका छन् । मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

  • मिस्टर हिमालय शरीरिक सुगठन सुरु

    काठमाडौं, असोज ३ - नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा पाँचौं मिस्टर हिमालय राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।

  • महिला फुटबल : एपिएफले पश्चिमाञ्चललाई २१–० ले हरायो

    चितवन, असोज २ - चितवनमा चलिरहेको महिला लिग राष्ट्रिय फुटबलमा बिहीबार भएका खेलमा नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लव विजयी भएका छन् । गोलको वर्षा भएको खेलमा एपिएफले पश्चिमाञ्चल विकास क्षेत्रलाई २१–० को फराकिले अन्तरले हरायो ।

  • फिफा वरियतामा नेपाल १७ स्थान तल झर्‍यो

    काठमाडौं, असोज २ – विश्व फुटबलको वरियतामा नेपाल १७ स्थान तल झरेको छ । विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ वरियता क्रममा नेपाल १७ स्थान झर्दै १ सय ८३ औं स्थानमा आएको छ ।

  • च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा बार्यन म्युनिख, बार्सिलोना, एफसी पोर्टो र रोमा विजयी

    असाेज २ - च्याम्पियन्स लिग फुटबलको यो सिजनको आफ्नो पहिलो खेलमा बार्यन म्युनिख, बार्सिलोना, एफसी पोर्टो र रोमा विजयी भएका छन् ।

  • महिला लिग फुटबलमा पुलिस र पूर्वाञ्चल विजयी

    चितवन, असोज १ – चितवनको नारायणगढमा जारी महिला लिग राष्ट्रिय फुटबलमा बुधबारका खेलमा नेपाल पुलिस र पूर्वाञ्चलको टोली बिजयी भएका छन् । बुधबार नेपाल पुलिस क्लबले मध्यमाञ्चललाई १–० र पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ५–० गोलअन्तरले पराजित गरेको हाे ।

  • एशियाली खेलकुद : फुटबलमा नेपाल समूह चरणबाटै बाहिरियो

    काठमाडौं, असोज १ - नेपाल एशियाली खेलकुद प्रतियोगिताको फुटबलबाट बाहिरिएको छ । आफ्नो दोश्रो खेलमा कुवेतसँग ५–० ले पराजित भएपछि नेपालको अघिल्लो चरण प्रवेशको संभावना सकिएको छ ।

  • एपिएफले सुदुरपश्चिमलाई दश गोल हान्यो

    चितवन, भदौ ३१ – चितवनको नारायणगढ क्याम्पाचौरमा जारी महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तरगत मंगलबारका खेलमा नेपाल आर्मी र सशस्त्र प्रहरीको महिला फुटबल टिम बिजयी भएका छन् ।

  • कास्कीको हेम्जामा बन्जी जम्पको सफल परिक्षण

    पोखरा, भदौ ३० - कास्कीको हेम्जामा साहसिक खेल बन्जी जम्पको सफल परीक्षण भएको छ । हाईग्राउण्ड एडभेन्चर नेपाल प्रालिले सुरु गर्न लागेको बन्जी जम्पको सफल परीक्षण भएको हो ।

  • पारा एसियन गेम्समा भाग लिने खेलाडीले आफ्नै पहलमा प्रशिक्षण थाले

    काठमाडौं, भदौ ३० – पारा एसियन गेम्समा भाग लिन जाने खेलाडीले आजदेखि आफ्नै पहलमा प्रशिक्षण थालेका छन् । सरकारले तयारीका लागि प्रशिक्षक समेत उपलब्ध नगराएपछि उनीहरु आफैले प्रशिक्षण थालेका हुन् ।

  • एशियाली फूटबलमा इराकसँग नेपाल पराजित

    काठमाडौं, भदौ २९ –एशियाली खेलकुदमा नेपालको २३ वर्ष मुनिको फूटबल टिम इराकसँग पराजित भएको छ । १६ वर्षपछि एसियाडमा फर्किएको नेपाली टोली समूह चरणको पहिलो खेलमा इराकसँग ४–० ले पराजित भएको हो ।

  • यु-१६ फुटबल टिम स्वदेश फिर्ता

    काठमाडौं, भदौ २८ - सोह्र वर्षमुनिको एएफसी च्याम्पियनसिप फुटबलमा भाग लिएर नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोली थाई एयरबाट काठमाडौं आइपुगेको हो । टोलीलाई विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

  • प्रेमिकाको सुनियोजित हत्याको आरोपमा पिस्टोरियसलाई सफाई प्रेमिकाको सुनियोजित हत्याको आरोपमा पिस्टोरियसलाई सफाई

    भदौ २६ - कृतिम खुट्टाको सहयताले दौडने दक्षिण अफ्रिकाका खेलाडी ओस्कार पिस्टोरियसलाई प्रेमिकाको सुनियोजित हत्या गरेको आरोपमा अदालतले सफाइ दिएको छ ।

  • एशियाडका पदक विजेता उपचार खर्च नपाएर पीडामा एशियाडका पदक विजेता उपचार खर्च नपाएर पीडामा

    काठमाडौं, भदौ २६ - सोह्रौं एशियाली खेलकुदमा नेपाललाई एक मात्रै पदक दिलाउने मुक्केबाज (बक्सर) हुन् दीपक महर्जन । पदक जिते वापत सरकारले उनलाई ३ वर्षअघि २ लाख २५ हजार रुपैयाँ (३ लाखको कर काटेर हात परेको रकम) दिएको थियो ।

  • नेपाल एएफसी च्याम्पियनसिपबाट बाहिरियो

    काठमाडाै, भदाै २६ - नेपाल १६ वर्षमुनिको एएफसी च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । थाइल्याण्डमा भएको उत्तर कोरियासँगको खेलमा ४–१ ले पराजित भएपछि नेपालको अघिल्लो चरण पुग्ने संभावना सकियो हो ।

  • झापा फुटबल क्लवले जित्यो एन्फा कप

    काठमाडौं, भदौ २५ - एन्फा कप नकआउट फुटवलको उपाधि झापा फुटबल क्लवले जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा ए डिभिजन क्लव संकटालाई ४–० को फराकिलो अन्तरले हराउँदै झापाले उपाधि जितेको हो ।

  • डिभिजन थ्री क्रिकेटका लागि १८ खेलाडी छानिए

    काठमाडौं, भदौ २४ - आइसिसी वर्ल्ड लिग डिभिजन थ्रीका क्रिकेटका लागि १८ खेलाडी छनोट भएका छन् । कात्तिक ९ गतेदेखि युगाण्डामा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले छनोट गरेको टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल छन् ।

  • १६ वर्षमुनिको क्रिकेट खेलाडीलाई नगद पुरस्कृत प्रदान

    काठमाडौं, भदौ २४ - सरकारले १६ वर्ष मुनिको एसिसी प्रिमियर लिग क्रिकेट जित्ने नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नगद पुरस्कार दिएको छ । युवा तथा खेलकुद् मन्त्रालयले मंगलबार मन्त्रालय पसिरमा एक समारोहबीच टोलीका सबै सदस्यलाई पुरस्कृत गरेको हो ।

  • यू-१६ फुटबल : नेपालद्वार कुवेत पराजित

    काठमाडौं, भदौ २४ - नेपालले १६ वर्ष मूनिको एएफसी च्याम्पियनसिप फुटबलमा कुवेतलाई हराएको छ । थाइल्याण्डको मुआङथोङ रंगशालामा भएको खेलमा कुबेतलाई २–१ ले हराउँदै नेपालले अघिल्लो चरणमा पुग्ने संभावना कायम राखेको छ ।

  • नेपाल आइस हक्की संघको काठमाडौं शाखा गठन

    काठमाडौं, भदौ २३ - नेपाल आइस हक्की संघको काठमाडौं जिल्ला शाखा सोमबार गठन भएको छ । प्रज्वल थापाको अध्यक्षतामा १३ सदस्यीय कार्य समीती गठन भएको हो ।

  • आर्मीलाई हराउँदै संकटा एन्फा कपको फाइनलमा

    काठमाडौं, भदौ २३ - नेपाल आर्मीलाई हराउँदै संकटा क्लव एन्फा कप फुटबलको फाइनलमा पुगेको छ । दोस्रो सेमिफाइनलमा आर्मीलाई १–० ले हराउँदै संकटाले फाइनलमा स्थान पक्का गरेको हो ।

  • सेरेनालाई युएस ओपनको उपाधि

    काठमाडौं, भदौ २३ - अमेरिकाकी सेरेना विलियम्सलले लगातार तेश्रो पटक युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । महिला तर्फको फाइनलमा डेनमार्ककी क्यारोलिन वज्नियकीलाई ६–३ र ६–३ हराउँदै सेरेनाले १८ औं ग्राण्डस्लाम जितेकी हुन् ।

  • इंग्ल्याण्डसँगको ट्वेन्टी ट्वेन्टीमा भारत ३ रनले पराजित

    भदौ २३ - भारतसँगको ट्वेन्टी ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड ३ रनले विजयी भएको छ । जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो ।

  • एशियाडमा स्वर्ण जिते बक्सिङ खेलाडीलाई गुरुङले १ लाख दिने

    काठमाडौं, भदौ २२ - थाइल्यान्डका गैर आवासिय नेपाली पवन गुरुङले १७ औं एसियन खेलकुदमा पदक जित्ने नेपाली बक्सिङ खेलाडीलाई नगद पुरस्कार घोषणा गरेका छन् ।

  • नेपालले उज्वेकिस्तानसँग बराबरी खेल्यो नेपालले उज्वेकिस्तानसँग बराबरी खेल्यो

    काठमाडौं, भदौ २२ - नेपालले १६ बर्षमुनिको एएफसी च्याम्पियनसिप फुटवलमा उज्वेकिस्तानसँग बराबरी खेलेको छ । थाइल्याण्डमा आफ्नो पहिलो खेलमा नेपालले समूहको सबैभन्दा बलियो मानिएको टोली उज्वेकिस्तानसँग १–१ को बराबरी खेलेको हो ।

  • एपिएफलाई हराउँदै झापा एन्फा कपको फाइनलमा

    काठमाडौं, भदौ २२ - झापा फुटवल क्लव एन्फा कप फुटवलको फाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लवलाई २–० ले हराउँदै झापा फाइनल पुगेको हो ।

  • साढे २ लाख रुपैयाँ पुरस्कार राशीको महिला डबल लिग भलिबल माघमा

    काठमाडौं, भदौ २१ - ढोरपाटन स्पोटर्स टेनिङ क्लबको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको ढोरपाटन ब्लुस्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिताको दशौं संस्करण माघ पहिलो हप्ता हुने भएको छ ।

  • दक्षिण एसियाली टेबलटेनिसमा नेपाललाई ६ कांस्य

    काठमाडौं, भदौ २० - दक्षिण एसियाली क्याडेट तथा जुनियर टेबलटेनिस प्रतियोगितामा नेपालले ६ कांस्य जितेको छ । प्रतियोगिता पाकिस्तानको इस्लामाबादमा अगष्ट २७ देखि २९ तारिखसम्म भएको थियो ।

  • मोरङलाई हराउँदै संकटा एन्फा कपको सेमिफाइनलमा

    काठमाडौं, भदौ २० - मोरङ फुटबल क्लवलाई हराउँदै संकटा क्लव एन्फा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा मोरङलाई १–० ले हराउँदै संकटा अन्तिम ४ मा पुगेको हो ।

  • मैत्रीपूर्ण भलिबल नेपाल रातोद्वरा माल्दिभ्स पराजित

    काठमाडौं, भदौ १९ - नेपालीको रातो महिला भलिबल टोलीले मैत्रीपूर्ण खेलमा माल्दिभ्सको राष्ट्रिय महिला टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

  • एन्फा कपको अर्को दावेदार पुलिस पनि बाहिरियो, आर्मी सेमिफाइनलमा

    काठमाडौं, भदौ १९ - एन्फा कप फुटबल प्रतियोगितामा उपाधिको अर्को दावेदार टोली नेपाल पुलिस पनि बाहिरिएको छ । आर्मी भने सेमिफाइनलमा पुग्ने तेश्रो टिम भएको छ ।

  • सदस्य सचिव लामा एशियाली खेलकुदमा नजाने सदस्य सचिव लामा एशियाली खेलकुदमा नजाने

    काठमाडौं, भदौ १९ - राष्ट्रिय खेलुकुद परिषदका सदस्य सचिव युवराज लामाले ध्रुबबहादुर प्रधान नेतृत्वको नेपाल ओलम्पिक कमिटि एनओसीलाई अवैध भन्दै एनओसीको सिफारिसमा आफूहरु दक्षिण कोरियाको इञ्चेनमा हुने १७ औं एशियाली खेलकुदमा नजाने निर्णय गर्नुभएको छ ।

  • एपिएफसँग हार्दै थ्री स्टार पनि एन्फा कपबाट बाहिरियो

    काठमाडौं, भदौ १८ - उपाधिको दावेदार मानिएको थ्री स्टार क्लव पनि एन्फा कप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवसँग १–० ले हार्दै थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको हो ।

  • चितुवासँग दौडने उसेन बोल्टको इच्छा चितुवासँग दौडने उसेन बोल्टको इच्छा

    भदाै १८ - तिब्र गतिका जमैकाका धावक उसेन बोल्टले मौका पाए चितुवासँग दौडिने इच्छा रहेको बताएका छन् । बोल्ट चेन्नास्वामी स्टेडियममा युवराज सिंह र हरभजन सिंहसँग क्रिेकट खेल्नका लागि भारत आएका थिए ।

  • इंल्याण्डसँगको ५ एक दिवसीय क्रिकेट सिरिज भारतले जित्यो

    भदाै १८ - इङल्याण्डसंगको ५ एक दिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । चौथो खेल ९ विकेटले जितेर भारतले सिरिज ३–शून्यले जितेको हो ।

  • झापासँग हार्दै मनाङ एन्फा कपबाट बाहिरियो

    काठमाडौं, भदौ १७ - झापा फुटबल क्लवले एन्फा कप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ । झापासँग हार्दै मनाङ पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ । विजेता झापा सेमिफाइनलमा पुगेको छ ।

  • पौडीमा शिरीषद्वारा पच्चीस वर्ष पुरानो कीर्तिमान भंग पौडीमा शिरीषद्वारा पच्चीस वर्ष पुरानो कीर्तिमान भंग

    काठमाडौं, भदौ १६ - नेपाल प्रहरी क्लबका शिरीष गुरुङले चौथो एनएसए कप पौडी प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुष १ सय मिटर फ्रि स्टायल शिरीषले ५८.५५ सेकेन्डमा पूरा गर्दै २५ वर्षअघि स्थापित कीर्तिमान तोडे ।

  • पुबुदु दासानायकेलाई मासिक १० हजार डलर पुबुदु दासानायकेलाई मासिक १० हजार डलर

    काठमाडौं, भदौ १६ - सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दासानायकेलाई मासिक १० हजार अमेरिकी डलर तलब दिने भएको छ ।

  • एन्फा कप फुटबल भाग्यमानीले मात्र हेर्न पाउने

    काठमाडाै, भदाै १ ६- मंगलबारदेखि सुरु हुने एन्फा कप फुटबल प्रतियोगिता हेर्न सिमित दर्शकलाई मात्र प्रवेश गरिने आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । संघले लगभग ७ हजार दर्शकले मात्र खेल हेर्न सक्ने बताएको छ ।

  • महिला भारोत्तोलन प्रशिक्षक चीनबाट नेपाल अाँउदै

    काठमाडाै‌ भदाै १६ चीनका तीन महिला भारोत्तोलन प्रशिक्षकसहितको ५ सदस्यीय टोली आज नेपाल आउँदै छ । तीन प्रशिक्षकमा दुई पटककी ओलम्पिक स्वर्ण विजेता लु चुन होङ, बेइजिङ ओलम्पिककी स्वर्णधारी काउ लि र विश्व च्याम्पियन लु जिया छन् ।

Ujyaalo News Archive City Education Foundation

Ujyaalo TV more

all party convention Play

all party convention

ब्लग उज्यालोअँध्यारोMore

  • जानी राखौं अदुवाको गुण जानी राखौं अदुवाको गुण

    डा. अरुणा उप्रेती - आयुर्वेदिक चिकित्सा पद्धतिमा अदुवालाई ठूलो महत्व दिइएको छ । आयुर्वेदमा अदुवालाई महाऔषधको नाम दिइएको छ । अदुवाको औषधीय गुणले गर्दा नै होला फिलिपिन्समा अदुवा चपायो भने दुष्टात्माहरू नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ ।

थप सामाग्री

Week in Pictures More

भदौ तेस्रो हप्ता

भदौ तेस्रो हप्ता

अन्तर्वार्ता More

  • सभासद देख्नुभयो भने काठमाडौं पठाउनुहोस्–नेम्वाङ सभासद देख्नुभयो भने काठमाडौं पठाउनुहोस्–नेम्वाङ

    संविधान घोषणा हुने तिथि माघ ८ गते आउन अब ४ महिना र केही दिन मात्र बाँकी छ । अबको झण्डै चार महिनामा संविधान निर्माण कसरी संभव होला ? संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ भन्नु हुन्छ : जिल्लामा रहेका सभासदहरुलाई काठमाडौं पठाउनुहोस् । संविधान निर्माणमा लाग्न भन्नुहोस् । त्यसैले पहरेदारी कायम राखौं । माघ ८ गतेभित्र संविधान बन्छ ।

थप अन्तर्वार्ता

मेरो पनि भन्नु छ More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook