MENU
Ncell Axiata
USAID

खेल

  • एसिसी महिला क्रिकेटको उपाधिका लागि नेपालले थाइल्याण्डसँग खेल्ने

    कुवेत, माघ २६ - नेपाल कुबेतमा चलिरहेको १९ वर्ष मूनिको एसीसी महिला क्रिकेटको फाईनलमा पुगेको छ । विहीवार युनिटीमा भएको मैदानमा भूटानलाई ३ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले उपाधिका लागि शुक्रवार थाइल्याण्डसँग खेल्ने छ ।

  • भारतद्वारा श्रीलंका ४ विकेटले पराजित

    अष्ट्रेलिया, माघ २५ - अष्ट्रेलियामा चलिरहेको त्रिकोणात्मक क्रिकेट अर्न्तगत वुधवार भएको एक दिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ४ विकेटले हराएको छ । पर्थमा जितका लागि पाएको २ सय ३४ रनको लक्ष्य भारतले खेल सकिन २० बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो । भारतलाई जिताउन विराट कोहलीले ७७ तथा सचिन तेन्दुल्करले ४८ रन बनाए ।

  • नेपाली क्रिकेट टोलीको विजयी यात्रा जारी

    मुम्बई, माघ २५ - भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो विजयी यात्रा जारी राखेको छ । लगातार पाँचौ खेल जिन्ते क्रममा नेपालले वुधवार भएको ट्वान्टी ट्वान्टी क्रिकेटमा भारतको इस्लाम जिमखानालाई ३१ रनले हराएको छ । इस्लाम जिमखान मैदानमा जितका लागि २ सय ७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीलाई नेपालले २० ओभरमा १ सय ७५ रन मात्र बनाउन दियो ।

  • जावलाखेल र पुणे एफसीबीचको खेल शुक्रवार

    पोखरा, माघ २५ - दशौं आहा गोल्डकप फुटबल प्रतियोगिता अर्न्तगत वुधवार हुने भनिएको जावलाखेल युथ क्लव र भारतको पुणे एफसीबीचको सेमिफाइनल खेल स्थगित गरिएको छ । मंगलवार रातीदेखिको बर्षाका कारण पोखरा रंगशालाको खेल मैदान खेल्न योग्य नभएका कारण खेल स्थगित गरिएको हो ।

  • नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण वुधवारदेखि

    काठमाण्डौं, माघ २४ - अखिल नेपाल फुटबल संघ एन्फाले फागुन २५ गतेदेखि हुने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि वुधवारदेखि बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । माघ १५ गतेदेखि सुरु भएको प्रशिक्षणमा रहेका २८ जना खेलाडी मध्येबाट छनौटमा परेका २५ जनालाई बन्द प्रशिक्षण राखिने एन्फाले जनाएको छ । २८ जनामा रहेका विकास सिंह क्षेत्री, जगजित श्रेष्ठ र कुञ्जन गुरुङ बन्द प्रशिक्षणमा परेनन् । वेलायतबाट नेपाल आएका कुञ्जनले राहदानी हराएपछि सोमबार बेलुकी नै टिम छाडेका एन्फा श्रोतले जनाएको छ । नेपाल रहेको समू...

  • पुलिसलाई हराउँदै मनाङ आहा गोल्डकपको सेमिफाइनलमा

    पोखरा, माघ २४ - मनाङ मर्स्याङ्दी क्लव आहा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लवलाई एक शुन्यले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो । मनाङलाई जिताउन खेलको एक मात्र गोल अमिर श्रेष्ठले ३९ औं मिनेटमा गरेका थिए ।

  • चौथो अभ्यास खेलमा पनि नेपाल विजयी

    मुम्बई, माघ २४ - भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली चौथो अभ्यास खेलमा  पनि विजयी भएको छ । नेपालले मंगलवार भएको ट्वान्टी ट्वान्टी खेलमा मुम्बईको नेरुल जिमखाना क्रिकेट क्लवलाई ५ विकेटले हरायो । नेरुल जिमखाना क्रिकेट क्लवमा जितका लागि पाएको १ सय १८ रनको लक्ष्य नेपालले खेल सकिन १ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

  • फागुन पहिलो हप्ता राष्ट्रव्यापी रेटिङ बुद्धिचाल हुने

    काठमाण्डौं, माघ २३ - नेपाल खेलकुद महासंघको काठमाण्डौं क्षेत्र नम्बर ७ को आयोजनामा नेकोस राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता फागुन पहिलो हप्ता हुने भएको छ । प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष नारायण गमालले जानकारी दिनुभयो ।

  • थ्रीस्टारलाई हराउँदै जावलाखेल आहा गोल्डकपको सेमिफाइनलमा

    पोखरा, माघ २३ - जावलाखेल युथ क्लव पोखरामा भइरहेको दशौं आहा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा सोमवार भएको खेलमा ललितपुरको थ्रीस्टार क्लवलाई ३–१ ले हराउँदै जावलाखेल सेमिफाइनलमा पुगेको हो ।

  • राष्ट्रिय क्रिकेट टोली तेश्रो अभ्यास खेलमा पनि विजयी

    मुम्बई, माघ २३ - भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेश्रो अभ्यास खेलमा नेरुल जिमखाना क्रिकेट क्लवलाई ३२ रनले हराएको छ । नेरुल जिमखाना क्रिकेट क्लवको मैदानमा सोमवार टस हारेर पहिला ब्याटिङ्ग गरी ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको नेपालले घरेलु टोली नेरुल जिमखाना क्रिकेट क्लवलाई ३८ दशमलव ५ ओभरमा १ सय ५९ रनमा अल आउट ग¥यो । ब्याटिङ्ग तर्फ नेपालका बसन्त रेग्मीले आउट नभई ३७ रन बनाए ।

  • खेलका क्रममा तेक्वान्दो खेलाडी गम्भीर घाइते

    रुकुम, माघ २३ - छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत मध्यपश्चिमाञ्चल क्षेत्रीय तेक्वान्दो छनौट प्रतियोगितामा विपक्षी खेलाडिको प्रहारबाट एकजना खेलाडि गम्भीर घाईते भएका छन् । पुरुष तर्फको ५८ केजी तौल समुहको खेलमा जाजरकोटका राजु बस्नेत, सल्यानका पदम पुलामीको प्रहारबाट गम्भीर घाइते भएका छन ।

  • एसिसी महिला क्रिकेटमा नेपालको लगातार चौथो जित

    कुवेत, माघ २३ - १९ वर्ष मुनिको एसीसी महिला क्रिकेटको समूह चरणको अन्तिम खेलमा पनि नेपाल विजयी भएको छ । यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपालले सोमवार भएको खेलमा थाईल्याण्डलाई ४ विकेटले हरायो । जितपछि नेपाल समुह एको विजेता भएको छ । नेपालले विहीवार हुने सेमिफाइनलमा भुटानसँग खेल्ने छ ।

  • नेपाल एसिसी महिला क्रिकेटको सेमिफाइनलमा

    कुवेत, माघ २२ - नेपाल कुबेतमा चलिरहेको १९ वर्ष मुनिको एसिसी महिला क्रिकेटको सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा लगातार तेश्रो खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको हो । समुह एमा रहेको नेपालको ३ खेलबाट ६ अंक भएको छ । आइतवार भएको अर्को खेलमा चीनलाई हराएको थाईल्याण्डले २ खेलबाट ४ अंक बटुलेको छ चीनको ३ खेलबाट २ अंक छ ।

  • त्रिकोणात्मक क्रिकेट श्रृखलाको पहिलो खेलमा भारत पराजित

    मेलबर्न, माघ २२ - त्रिकोणात्मक क्रिकेट श्रृखला अर्न्तगत अष्ट्रेलिया विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६५ रनले पराजित भएको छ । आइतवार मेलबर्नमा बर्षाका कारण ३२ ओभरमा घटाईएको खेलमा जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याएको भारत २९ दशमलव ४ ओभरमा १ सय ५१ रनमा अल आउट हुँदै पराजित भयो ।

  • हिमालयन सेर्पा आहा गोल्डकपबाट बाहिरियो

    पोखरा, माघ २२ - हिमालयन सेर्पा क्लव पोखरा रङ्गशालामा भैरहेको दशौं आहा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलबाटै बाहिरिएको छ । पोखरा रंगशालामा आइतवार भएको क्वाटरफाईनलमा अफ्रिकन युनाइटेडसँग २–१ ले पराजित हुँदै हिमालयन सेर्पा क्लव बाहिरिएको हो ।

  • एसिसी महिला क्रिकेटमा नेपाल सेमिफाइनल नजिकै

    कुवेत, माघ २२  - कुबेतमा चलिरहेको १९ वर्ष मुनिको एसिसी महिला क्रिकेटमा नेपाल तेश्रो खेलमा पनि विजयी भएको छ । युनिटीमा आइतवार युएईलाई ६८ रनले हराउँदै नेपालले सेमिफाइनलमा प्रवेशको संभावना बलियो बनाएको छ । पहिला ब्याटिङ्ग गरी २५ ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको नेपालले यूएईलाई २५ ओभरमा ९० रन मात्र बनाउन दियो ।

  • नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्ने

    काठमाडौं, माघ २२ कुबेतमा चलिरहेको १९ वर्ष मूनिको एसीसी महिला क्रिकेटमा नेपालले तेश्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा अपराजित रहेको नेपाली टोली र युएईबीचको खेल बिहान पौने ११ बजे युनिटि मैदानमा हुनेछ ।

  • महिला क्रिकेटमा नेपालद्वारा मलेशिया पराजित

    कुवेत, माघ २१ - १९ वर्ष मूनिको एसिसी महिला क्रिकेटमा नेपालले शनिवारको खेलमा मलेशियालाई ९७ रनले हराएको छ । कुवेतको युनिटी ग्राउण्डमा पहिला ब्याटिङ्ग गरि २५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको नेपालले मलेशियालाई १६ दशमलव २ ओभरमा ३९ रनमा अलआउट गर्‍यो ।

  • सहारा क्लव आहा गोल्डकपबाट बाहिरियो

    पोखरा, माघ २१ - आयोजक सहारा क्लव पोखरामा चलिरहेको १० औं आहा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइलनबाटै बाहिरिएको छ । शनिवार पोखरा रंगशालामा भएको खेलमा भारतको पुणे फुटबल क्लवसँग एक शुन्यले पराजित हुँदै सहारा क्लव प्रतियोगिताबाट बाहिरिएको हो ।

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोश्रो जित

    मुम्बई, माघ २२ - नेपाली राष्ट्रिय क्रिकेट टोली दोश्रो मैत्रीपुर्ण ट्वान्टी–ट्वान्टी क्रिकेटमा पनि विजयी भएको छ ।  ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीले भारत भ्रमणको दोश्रो अभ्यास खेलमा शनिवार निर्लोन स्पोट्र्स क्लवलाई ५ विकेटले हराएको छ । जितका लागि पाएको १ सय २५ रनको लक्ष्य नेपालले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

  • खेलाडीलाई भक्तपुरमा सम्मान

    भक्तपुर, माघ २१ – ए डिभिजन उक्लन सफल मध्यपुर युथ एशोसिएसन र गत जनवरीमा बंगलादेशमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीलाई भक्तपुरमा सम्मान गरिएको छ । शंखधर युथ क्लबले शनिबार मध्यपुरथिमीमा गरेको कार्यक्रममा खेलाडीहरु सम्मानित भएका हुन् ।

  • आहा गोल्ड कपमा आजदेखि क्वाटरफाईनलका खेल

    पोखरा, माघ २१ – पोखरा रंगशालामा भैरहेको दशौँ आहा गोल्ड कप फुटबल प्रतियोगितामा शनिबारदेखि क्वाटरफाईनलका खेलहरु सुरु हुने भएका छन् । माघ १७ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो क्वाटरफाईनल खेलमा आज आयोजक सहारा र भारतको पुणे एफ.सी. खेल्नेछन् ।

  • फिफा अध्यक्ष ब्लाटर नेपाल आउने

    काठमाडौं, माघ २० – अन्तराष्ट्रिय फुटबल महासघ फिफाका अध्यक्ष सेप ब्लाटर एक महिना पछि नेपाल आउनु हुने भएको छ । फागुन २५ गतेदेखि नेपालमा हुने एएफसी च्यालेन्ज कपको उदघाटन गर्न फिफा अध्यक्ष ब्लाटर नेपाल आउने पक्का भएको एन्फाले जनाएको छ ।

  • मनाङ मर्स्याङ्दी दशौं आहा गोल्ड कपको क्वार्टर फाईलनमा

    पोखरा, माघ २० – मनाङ मस्र्याङ्दी पोखरामा भैरहेको दशौं आहा गोल्ड कप फूटबलको क्वार्टर फाईलनमा प्रवेश गरेको छ । पहिलो चरणको अन्तिम खेलमा एन्फा एकेडेमीको १७ वर्ष मुनिलाई दुई शून्यले हराउँदै मनाङले क्वार्टर फाईनलमा ठाउँ पक्का गरेको हो ।

  • एसीसी महिला क्रिकेटमा नेपालको विजयी सुरुवात

    काठमाडौं, माघ २० – १९ वर्ष मुनिको एसीसी महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । कुबेतमा शुक्रबारदेखि शुरु भएको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई ७ विकेटले हरायो ।

  • मैत्रीपुर्ण खेलमा नेपाल ७ विकेटले विजयी

    मुम्बई, माघ २० – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपुर्ण म्याचमा भारतको जवाहरलाल नेहरु पोर्ट ट्रष्टको टोलीलाई ७ विकेटले हराएको छ । आईसिसि २० ट्वान्टी क्रिकेट छनोट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीले मुम्बईमा भएको अभ्यास खेलमा जेएनपिटी टोलीलाई हराएको हो ।

  • च्यालेन्जकपका लागि २८ खेलाडी छनौट

    काठमाण्डौं, माघ १९ - अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाण्डौंमा हुने एएफसी च्यालेन्ज कपका लागि २८ जना खेलाडी छनौट गरेको छ । प्रशिक्षणमा बोलाईएका ३६ जनामध्येबाट पहिलो चरणमा  २८ जना खेलाडी छनौट गरिएको एन्फाले जनाएको छ ।

  • आहा गोल्ड कपमा जावलाखेलद्वारा आरसिटी पराजित

    पोखरा,माघ १९ - आहा गोल्डकप फुटबल प्रतियोगिता अर्न्तगत विहीवारको खेलमा कर्ण लिम्बुले निर्णयक गोल गरेपछि जावलाखेल युथ क्लव विजयी भएको छ । पोखरा रंगशालामा रानीपोखरी कर्नर टिम आरसिटीलाई २–१ ले हराउँदै जावलाखेल क्वाटर फाइनलमा पुगेको छ । १५ औं मिनेटमा गोल गर्दै अमर डंगोलले आरसिटीलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा आरसिटी पराजित भयो ।

  • फुटबलका क्रममा भएको हिंसामा ७४ को मृत्यु

    इजिप्ट, माघ १९ - इजिप्टमा फुटबल खेलका क्रममा हिंसा भड्किंदा कम्तीमा पनि ७४ जनाको ज्यान गएको छ । पोर्ट सईद शहरमा फुटबल प्रतियोगिताका क्रममा हिंसा भड्किंदा वुधवार राती ७४ जनाको ज्यान गएको थियो । सरकारी अधिकारीहरुले घटनामा १ हजार भन्दा बढी घाईते भएको बताएका छन् । शीर्ष दुई क्लब अल माश्री र अल अहली बीचको खेलका क्रममा दुवै टिमका समर्थकबीच झडप भएको हो ।

  • भारतले पहिलो ट्वान्टी ट्वान्टी पनि हार्‍यो

    सिड्नी, माघ १८ - अष्ट्रेलिया विरुद्ध खेलेका सवै ४ वटा टेष्ट म्याच हारेको भारत पहिलो ट्वान्टी-ट्वान्टी क्रिकेटमा पनि पराजित भएको छ । सिड्नीमा वुधवार भएको खेलमा भारतलाई ३१ रनले हराउँदै अष्ट्रेलियाले २ म्याचको ट्वान्टी-ट्वान्टी श्रृखलामा एक शुन्यको अग्रता लिएको छ । जितका लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन मात्र बनायो ।

  • अफ्रिकन युनाइटेडद्वारा रुपन्देही ११ पराजित

    पोखरा, माघ १८ - आहा गोल्ड कप फुटबल प्रतियोगितामा अन्र्तगत वुधवारको खेलमा अफ्रिकन यूनाईटेड क्लब विजयी भएको छ । पोखरा रंगशालामा रुपन्देही ११ लाई दुई एकले हराउँदै अफ्रिकन यूनाईटेड क्वाटर फाइनलमा पुगेको छ । ५५ औं मिनेटमा असिम जंग कार्कीले गोल गर्दै पहिलो अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा रुपन्देही पराजित भयो ।

  • आहा गोल्डकपमा सहारा क्लवको विजयी सुरुवात

    पोखरा, माघ १७ - आयोजक सहारा क्लवले पोखरामा सुरु भएको आहा गोल्ड कप फुटबलमा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलवार भएको खेलमा धरान फुटबल क्लवलाई हराउँदै सहारा क्लव क्वाटर फाइनलमा पुगेको छ ।

  • फुटबल टिमको पहिलो दिनको अभ्यास (फोटो फिचर) फुटबल टिमको पहिलो दिनको अभ्यास (फोटो फिचर)

    काठमाण्डौं, माघ १६ - नेपाली राष्ट्रिय फुटबल टिमको मिसन एफएफसी च्यालेन्जकप सोमवारदेखि सुरु भएको छ । फागुन २५ गतेदेखि काठमाण्डौंमा सुरु हुने च्यालेन्ज कपको लागि नेपाली टिमले अभ्यासको पहिलो दिन सोमवार विहान ललितपुरको जावलाखेल फुटबल मैदान र बेलुकी दशरथ रंगशालाको ट्रयाकमा अभ्यास गरेको छ ।

  • ट्रिनिटी र कस्तुरी बी डिभिजन राष्ट्रिय लिगमा छनौट

    स्याङ्जा, माघ १५ - स्याङ्जाको ट्रिनिटी युवा क्लब वालिङ्गमा भएको बी डिभिजन क्षेत्रिय सुपर लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिराहको कस्तुरी युवा क्लबसँग गोलरहित बराबरीमा रोकिए पनि ३ खेलबाट ७ अंक बटुलेको ट्रिनिटी विजेता बन्यो भने कस्तुरी उपविजेता बनेको छ । ७५ हजार रुपैयाँ पुरस्कार पाएको ट्रिनिटी र ३५ हजार रुपैयाँ पुरस्कार पाएको कस्तुरी युवा क्लव बी डिभिजन राष्ट्रिय लिगमा छनौट पनि भएका छन् ।

  • क्रिकेट टोली मुम्बईतिर

    काठमाण्डौं, माघ १६ - एकमहिनापछि यूएईमा हुने आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको छनौट खेलमा भाग लिने नेपाली टोली अभ्यास खेलका लागि सोमवार भारत प्रस्थान गरेको छ । १८ जना खेलाडी सहितको २३ सदस्यीय टोलीलाई काठमाण्डौंमा एक कार्यक्रम गरी विदाई गरिएको छ । भारतको मुम्बईमा त्यहाँका स्थानीय टोलीसँग अभ्यास खेल खेलिसकेपछि १४ जना खेलाडीको छनौट गरिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

  • फुटबल टिमको मिसन च्यालेन्जकप सुरु फुटबल टिमको मिसन च्यालेन्जकप सुरु

    सुफल काफ्ले/उज्यालो । काठमाण्डौं, माघ १६ - फागनु अन्तिम हप्ता काठमाण्डौंमा हुने एएफसी च्यालेन्जकपका लागि नेपाली राष्ट्रिय फुटबल टिमले सोमबारदेखि अभ्यास सुरु गरेको छ । मुख्य प्रशिक्षक ग्रामह रोवर्ट, प्रशिक्षक मेघराज केसी र गोलकिपर प्रशिक्षक उपेन्द्रमान सिंहसँग खेलाडीहरुले जावालाखेल फुटबल मैदानमा पहिलो दिनको पहिलो अभ्यास गरेका छन् । अभ्यासका क्रममा खेलाडीले 'वार्म अप' गरेर अभ्यास म्याच खेलेका थिए । टिममा ३६ जना भएपनि ५ जनाले चोटका कारण अभ्यास नगरेको नेपाली टिमको प्रशिक्षक मेघराज केसीले जान...

  • जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि

    माघ १५ - विश्व नम्बर एक नोभाक जोकोभिचले यो वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । मेलवर्नमा बेलुकी सकिएको फाइनलमा दोश्रो वरियताका राफेल नाडाललाई ५–७, ६–४, ६–२, ६–७, र ७–५ ले हराउँदै सर्वियाका जोकोभिचले ग्राण्डस्लामको उपाधि पाँचौ पटक जितेका हुन् ।

  • ट्रिनिटी क्लव बी डिभिजन राष्ट्रिय लिगमा छनौट

    राधाकृष्ण डुम्रे/उज्यालो | स्याङ्जा, माघ १५ - स्याङ्जाको ट्रिनिटी युवा क्लब बी डिभिजन राष्ट्रिय लिगको लागि छनौट भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार स्याङ्गजाको वालिङ्गमा भएको बी डिभिजन क्षेत्रिय सुपर लिगको आज भएको खेलमा धनुषाको एस एम स्पोर्टस क्लबलाई २–१ ले हराउँदै ट्रिनिटी बी डिभिजन राष्ट्रिय लिगमा छनौट भएको हो ।

  • आहा गोल्डकपको तयारी पुरा (खेल तालिका)

    पोखरा, माघ १५ - पोखरा रङ्गशालामा मंगलवारदेखि शुरु हुने आहा गोल्ड कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक सहारा क्लवले आइतवार पोखरामा पत्रकार सम्मेलन गरि प्रतियोगिताको लागि मैदान सरसफाई, शौचालय निर्माण तथा प्याराफिट रंगरोगन र थप एकवटा अस्थायी प्याराफिट बनाउने काम पुरा भएको जनाएको हो ।

  • अजारेन्कालाई अष्ट्रेलियन ओपन (फोटो फिचर)

    माघ १४ - बेलारुसकी भिक्टोरिया अजारेन्काले यो वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छिन् ।  मेलवर्नमा शनिवार भएको फाइनलमा रुसी मारिया सारापोभालाई ६–३ र ६–० ले हराउँदै अजारेन्काले उपाधि जितेकी हुन् । ३१ जुलाई १९८९ मा जन्मिएकी अजारेन्का अष्ट्रेलियन ओपनको उपाधि जितेसँगै विश्व नम्बर एक भएकी छिन् ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सामुदायिक विद्यालय अगतिलो त होइन तर त्यहाँको प्रशासन, व्यवस्थापन र शिक्षण शैली सुधार हुन नसकेको चाँही हो ।

    ​विकल्प
  • अखिल नेपाल फुटबल संघ एन्फाको लापरबाहीका कारण थ्री स्टार क्लबले एएफसी प्ले अफ खेल्न नपाएपछि एन्फाले डेढ करोड रुपैयाँ क्षतिपूर्ति त दियाे तर ‍एन्फाको कमजोरीले नेपाली फुटबललाई पारेको असर पैसामा नाप्न सकिँदैन ।

    मित्रबन्धु ढकाल
  • देशको ४० औं प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना । पालैपालो कुर्सी साट्ने हैन अब देशलाई उज्वल भविष्यतर्फ लैजाने सोच र प्रेरणा मिलोस् ।

    ​विक्रम अर्पण मगर
सबै हेर्नुहोस

सोसल मिडिया