MENU
Ncell Axiata Naya Saptati
USAID

खेल

  • लनटेनिस टोली ढाका प्रस्थान लनटेनिस टोली ढाका प्रस्थान

    काठमाडौं, असोज २२ गते । बंगलादेशको ढाकामा हुने एसियाली यु-१४ टेनिस च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली लनटेनिस टोली त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्पियनसिपमा समान ४-४ पुरुष तथा महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

  • पहिलो दक्षिण एशियाली बिच गेम्समा नेपाललाई पहिलो काश्य पहिलो दक्षिण एशियाली बिच गेम्समा नेपाललाई पहिलो काश्य

    हाम्बानटोटा, असोज २२ । श्रीलंकाको हाम्बानटोटामा चलिरहेको पहिलो दक्षिण एशियाली बिच गेम्समा इक्वेस्ट्रेन खेलाडी धुव्रप्रसाद अर्यालले नेपालका लागि पहिलो पदक ल्याएका छन् ।

  • मुम्बई ईन्डियन्स च्यापियन्स लिग ट्वान्टी ट्वान्टी क्रिकेटको फाईनलमा मुम्बई ईन्डियन्स च्यापियन्स लिग ट्वान्टी ट्वान्टी क्रिकेटको फाईनलमा

    काठमाडौं, असोज २२ — मुम्बई ईन्डियन्स च्यापियन्स लिग ट्वान्टी ट्वान्टी क्रिकेटको फाईनलमा पुगेको छ । शनिबार राति चेन्नईमा भएको सेमिफाईनलमा मुम्बईले सोमरसेटलाई १० रनले पराजित गरेको हो ।

  • दक्षिण एसियाली बीच खेलकुदको पहिलो खेलमा नेपाल श्रीलंकासित पराजित

    काठमाडौं, असोज २१ — श्रीलंकाको हम्बान्टोटामा शुरु भएको पहिलो दक्षिण एसियाली बीच खेलकुद प्रतियोगिताको आफनो पहिलो फुटबल खेलमा नेपाल पराजित भएको छ । नेपाल आयोजक श्रीलंकासित ११–२ ले पराजित भएको हो ।

  • नेपालले १९ वर्षमुनिको एएफसी छनौट फूटबल नखेल्ने नेपालले १९ वर्षमुनिको एएफसी छनौट फूटबल नखेल्ने

    नेपालले अर्को वर्षबंगलादेशमा हुने १९ वर्षमुनिको एएफसी फुटबल प्रतियोगिता नखेल्ने भएको छ । आर्थिक अभाव र तयारी नपुगेकोले छनौट प्रतियोगिताबाट नाम फिर्ता लिएको अखिल नेपाल फूटबल संघ एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको छनौट चरणमा नेपालको समुहमा ६ राष्ट्र थिए । नेपालले नखेल्ने भएपछि अब समुह ए को छनौटमा आयोजक बंगलादेशसँगै साउदी अरवियार्,र् इराक, ओमान र मालदिभ्सले प्रतिस्पर्धा गर्नेछन् । समुह ए को छनौट खेल अक्टोबर २५ देखि नोभेम्बर २ सम्म बंगादेशमा हुनेछ ।...

  • लिगलिगे दौडको उपाधी नेपाली सेनाका धावकलाई

    गोरखा, असोज १५ — गोरखाको लिगलिगकोटमा भएको लिगलिगे दौडको उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जित्नुभएको छ । निर्धारित १३ किलोमिटर दुरी एक घन्टा एक मिनेटमा पुरा गरी रिमालले उपाधि जित्नुभएको हो ।

  • विश्व बक्सिङ च्याम्पियनसीपमा नेपाल पराजित

    काठमाडौं, असोज १५ — लण्डन ओलम्पिक छनोट अन्तर्गत अजरबैजानमा चलिरहेको विश्व बक्सिङ च्याम्पियनसीपमा नेपाली मुक्केबाज सुदेश मानन्धर पराजित भएका छन ।

  • क्रिकेट  प्रशिक्षक पुवुद्धु नेपालमा क्रिकेट प्रशिक्षक पुवुद्धु नेपालमा

    काठमाण्डौं असोज १२ । नेपाली टिमका नवनियुक्त क्रिकेट प्रशिक्षक पुवुद्धु दासानायाके आज काठमाण्डौं आईपुग्नु भएको छ । दासानायकेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

  • जापानमा हिमालयन टाइगरको रेस्लिङ्ग (फोटो फिचर)

    जापानमा रेस्लिङ्ग खेलेर हिमालयन टाइगर अर्थात भरतबहादुर बिसुराल नेपाल फर्किएका छन् । जापानको टोकियोमा रहेको योयोगी पार्कमा असोज १ गतेदेखि ८ गतेसम्म भएको नेपाल फेस्टिबल २०११ मा उनले रेस्लिङ्ग शो गरेका थिए ।

  • गोरखामा असोज १५ गते लिगलिगे दौड हुने गोरखामा असोज १५ गते लिगलिगे दौड हुने

    काठमाण्डौं, असोज १२, गोरखाको आँपपिपलमा असोज १५ गते लिगलिगे दौड आयोजना हुने भएको छ । लिगलिगकोट विकास अभियान गोरखाको संरक्षकत्वमा कन्सेप्ट नेपाल काठमाण्डौंको आयोजनामा हुन लागेको प्रतियोगितामा ६० जना खेलाडीको सहभागीता रहने छ ।

  • सदस्य सचिवद्वारा बिशेष प्रशिक्षणको निरिक्षण सदस्य सचिवद्वारा बिशेष प्रशिक्षणको निरिक्षण

    काठमाडौं, असोज ११, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले बाह्रौ दक्षिण एसियाली खेलकुद साग र ओलम्पिक खेलको तयारीका लागि भएको प्रथम चरणको बिशेष प्रशिक्षणको निरिक्षण गर्नुभएको छ ।

  • सुदेश मानन्धर विश्व बक्सिङ्ग च्याम्पियनसिपको अघिल्लो चरणमा

    काठमाण्डौं । असोज १० गते । अजरवैजानको वाकु शहरमा भइरहेको विश्व बक्सिङ्ग च्याम्पियनसिपमा नेपाली बक्सर सुदेश मानन्धर दोश्रो चरणमा पुगेका छन् ।

  • नेरिक र महेन्द्रभवनलाई उपाधि नेरिक र महेन्द्रभवनलाई उपाधि

    ललितपुर, असोज ९ । नेरिक र महेन्द्रभवनले १८ औं आयसर-ज्ञान कार्निभल अन्तर्गत बास्केटबलको उपाधि जितेका छन् । नेरिक ब्वाइज र महेन्द्रभवन गर्ल्समा च्याम्पियन बने ।

  • माउन्ट एभरेष्ट इन्टरनेशनल तेक्वान्दोमा नेपाल टिम च्याम्पियन

    काठमाडौं, असोज ७ । प्रथम माउन्ट एभरेष्ट इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । नेपाल ६ स्वर्ण र ८ रजतसहित च्याम्पियन बन्यो ।

  • काठमाडौं म्याराथनको उपाधि सेनाका राजेन्द्रलाई

    काठमाडौं, असोज ७ — नेपाली सेनाका धावक राजेन्द्र भण्डारीले पाँचौ काठमाडौं म्याराथनको उपाधि जितेका छन् । दक्षिण एसियाली खेलकुद सागका म्याराथन च्याम्पियन समेत रहेका भण्डारीले शनिवार बिहान निर्धारित दुरी २ घण्टा ३३ मिनेट, १६ सेकेण्डमा पुरा गरी उपाधि जितेका हुन् ।

  • आयशाले स्वर्ण जितेपछि नेपाललाई तेश्रो पदक

    काठमाडौं, असोज ६ — १५ औं दोहा एसियाडकी कांस्य पदक विजेता आयशा शाक्यले प्रथम माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रवार भएको महिलाको ४९ देखि ५३ केजी तौलसमूहको फाइनलमा आयशाले अमेरिकाकी जज्मिन पगुइरिगनलाई पराजित गरी नेपाललाई तेश्रो स्वर्ण दिलाइन् ।

  • बाल फुटबल खेलाडिहरुका लागि एन्फाको प्रशिक्षण

    काठमाण्डौं, असोज ६ ।आधारभुत तहदेखि नै फुटबल खेलको विकास र विस्तार गर्ने उद्धेश्यले अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रवारदेखि बाल फुटबल खेलाडिहरुका लागि प्रशिक्षण थालेको छ ।

  • अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको दोश्रो दिन नेपाललाई एक स्वर्ण र ४ रजत

    काठमाडौं, असोज ६ — काठमाण्डौंमा चलि रहेको प्रथम माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको दोश्रो दिन शुक्रवार नेपालले थप एक स्वर्ण र ४ वटा रजत पदक जितेको छ ।

  • माउन्ट एभरेष्ट तेक्वान्दोको पहिलो दिन नेपाललाई २ स्वर्ण

    काठमाण्डौं, असोज ५ | काठमाण्डौंमा आज देखि सुरु भएको प्रथम माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपको पहिलो दिन आज नेपालले २ वटा स्वर्ण र २ वटा रजत पदक जितेको छ ।

  • फिफा वरियतामा नेपाल २ स्थान माथि उक्लियो फिफा वरियतामा नेपाल २ स्थान माथि उक्लियो

    काठमाण्डौं, असोज ४ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले निकालेको नयाँ वरियतामा नेपाल २ स्थान माथि चढ्दै १ सय ३४ औं स्थानमा उक्लिएको छ ।

  • आईटीएफ पदक विजेता सम्मानित

    काठमाडौं असोज ४ गते । गतहप्ता भारतको भारतको जम्मु कस्मिरमा भएको प्रथम अन्तर्राष्टिय तेक्वान्दो आईटीएफ प्रतियोगितामा नेपालको प्रतिनिधत्व गरी पदक जित्न सफल खेलाडीलाई बुधबार सम्मानित गरिएको छन् ।

  • राखेपमा लामाका १ सय दिन राखेपमा लामाका १ सय दिन

    काठमाण्डौं, असोज ३ । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव युवराज लामाले आफ्नो १ सय दिनको कार्यकालमा भएका कामको विवरण र्सार्वजनिक गर्नुभएको छ ।

  • व्यस्त तालिकाप्रति टेनिस  खेलाडीहरुको आपत्ति व्यस्त तालिकाप्रति टेनिस खेलाडीहरुको आपत्ति

    असोज ३ (एजेन्सी)-अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको व्यस्त तालिकाप्रति शिर्षखेलाडिहरुले आपत्ति जनाएका छन् । बेलायतका विश्व नम्बर ४ एन्डी मुर्रेले निकै धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन थालेको प्रति खेलाडिहरु गम्भिर बनेको र यस विरुद्ध खेलाडिहरु आन्दोलनमा उत्रिन सक्ने  बताएका छन् ।

  • अन्तर्राष्ट्रिय चेसमा प्रचण्डमान मालाकार र आशानारायणको जित अन्तर्राष्ट्रिय चेसमा प्रचण्डमान मालाकार र आशानारायणको जित

    मुम्बइ, असोज १ । भारतको मुम्बइमा चलिरहेको चौथो मुम्बइ मेयर्सकप खुला अन्तर्राष्ट्रियचेस प्रतियोगितामा प्रचण्डमान मालाकार र आशानारायण लवटले आइतवारको खेल जित्दै अंक तालिकामा सुधार गरेका छन् ।

  • राष्ट्रव्यापी खुला शारिरीक सुगठन प्रतियोगिता आजदेखि

    काठमाडौं, असोज १ — १२ औँ धर्मश्री राष्ट्रव्यापी खुला शारिरीक सुगठन प्रतियोगिता आइतवार (आज) देखि काठमाडौंमा सुरु हुँदैछ । सोमवारसम्म चल्ने प्रतियोगिताको पहिलो दिन आइतवार नेपाल प्रहरी प्रतिष्ठानमा प्रिजजिङ राउण्डमा प्रतिस्पर्धा हुँदैछ ।

  • पाकिस्तानी बलर आमिरले स्पट फिक्सिङ गरेको स्विकारे पाकिस्तानी बलर आमिरले स्पट फिक्सिङ गरेको स्विकारे

    असोज १ ९ (एजेन्सी)— पाकिस्तानी तीव्र गतिका बलर मोहम्मद आमिरले आफुले स्पट फिक्सिङ गरेको स्विकार गरेका छन् ।

  • मिसन सागको कार्यशाला

    काठमाण्डौं, भदौ ३१- भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद सागलाई मध्यनजर राखि सञ्चालन गरिएको मिसन साग- २०१२, विशेष प्रशिक्षणमा सहभागीका लागि कार्यशाला गरिएको छ ।

  • सहारा क्लवद्वारा स्थापनाको १३ वर्ष पूरा सहारा क्लवद्वारा स्थापनाको १३ वर्ष पूरा

    पोखरा, भदौ ३१, पोखराको सहारा क्लवले आजदेखि स्थापनाको १३ वर्षपूरा गरेको छ । क्लवले वाषिर्कोत्सवको अवसरमा यसवर्षो सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीननाथ बराललाई सम्मान गरेको छ ।

  • नेपाल र साउदी अरेविया बराबरीमा, यु-१६ का ४ जना राष्ट्रिय टोलीमा

    काठमाण्डौं भदौ ३० यु-१६ एएफसी च्याम्पियनसिप फुटबल प्रतियोगिताको छनोट खेलमा नेपालले साउदी अरेवियालाई बराबरीमा रोकेको छ ।

  • कर्मचारीको सरुवाप्रति राखेप कर्मचारी संघको आपत्ति कर्मचारीको सरुवाप्रति राखेप कर्मचारी संघको आपत्ति

    काठमाडौं, भदौ २९, राष्ट्रिय खेलकुद परिषदले कर्मचारीको सरुवा गरेकोमा आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले सदस्य सचिव युवराज लामालाई ज्ञापन पत्र बुझाएको छ ।

  • नेपाल यू १६ एएफसी च्याम्पियसिपको छनोटबाटै बाहिरियो

    काठमाडौ, भदौ २८ — नेपाल १६ वर्षमुनिको एएफसी च्याम्पियसिप फुटबल प्रतियोगिताको छनोटबाट लगभग बाहिरिएको छ । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा ओमानसँग शुन्यका विरुद्ध २ गोलले पराजित भएपछि नेपालको प्रतियोगितामा छनौट हुने संभावना गणीतिय हिसाबमा मात्र बाँकी छ ।

  • अन्डर १६ छनोटमा नेपाल सिरियासँग २—० ले पराजित

    काठमाडौं, भदौ २६ — अन्डर १६ एएफसी च्याम्पियनसीप फुटबल अन्तर्गतको खेलमा नेपाल सिरियासँग २—० ले पराजित भएको छ ।  खेल सुरु भएको २ मिनेटमै सिरियाका जर्सी नं २ का अहमद अक्सरले गोल गरि सिरियालाई अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट बाँकी रहँदा सिरियाका अब्दुल रजकले गोल गरि सिरियालाई २—० ले अग्रता दिलाए । नेपाली खेलाडीहरुले अन्तिममा थपिएको ३ मिनेटसम्म पनि गोल गर्न प्रयास गरेका थिए तर त्यो सफल हुन सकेन । सिरियाले उत्कृष्ट र निकै आक्रामक खेल खेलेको थियो । दाश्रो हाफको १३ औँ...

  • नेपाल र सिरियाबीच खेल जारी, नेपाल १ गोलले पछाडी

    काठमाडौ, भदौ २६ — अन्डर १६ एएफसी च्याम्पियनसीप फुटबल अन्तर्गत अहिले नेपालले दशरथ रङ्गशालामा सिरियाको सामना गरीरहेको छ । मध्यान्तरसम्मको खेलमा सिरिया १—० ले अगाडी छ । खेल सुरु भएको २ मिनेटमै सिरियाका जर्सी नं २ का अहमद अक्सरले गोल गरि सिरियालाई अग्रता दिलाएका थिए । नेपालले अन्डर १६ टिममा दुई जना खेलाडि परिवर्तन गरेको छ । पूर्ण थापा र अञ्जन लाकुजाले १६ वर्ष मुनिको खेलमा डेब्यु गरेका छन् । त्यस्तै शसस्त्र प्रहरीको हल्चोक मैदानमा साउदी अरेबिया र ओमानबीच खेल भइरहेको छ । जारी खेलमा...

  • अन्डर १६ एएफसी फुटबल च्याम्पियनसीप छनोट खेल आजदेखि अन्डर १६ एएफसी फुटबल च्याम्पियनसीप छनोट खेल आजदेखि

    काठमाडौं, भदौ २६ - काठमाडौंमा सोमबारदेखि १६ वर्षमुनिको एएफसी फुटबल च्याम्पियनसीप अन्तरगत समूह डी को छनोट प्रतियोगिता सुरु हुँदैछ । नेपाल, सिरिया, ओमान र साउदी अरेबिया गरी चार राष्ट्र सम्मिलित प्रतियोगितामा आज पहिलो दिन दुई खेल हुँदैछन् ।

  • वर्षको उत्कृष्ट खेलाडीको उपाधि दीपक र जमुनालाई वर्षको उत्कृष्ट खेलाडीको उपाधि दीपक र जमुनालाई

    काठमाडौं, भदौ २५ - बक्सिङ्गका दीपक महर्जन र फुटबलकी जमुना गुरुङ्गले यस बर्षको पल्सर उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस अवार्ड अन्र्तगतको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड दिपकले र उत्कृष्ट महिला खेलाडीको अवार्ड जमुनाले पाएका हुन् । महर्जनले ग्वाङ्झाउ यसियाडमा नेपालका लागि एकमात्र पदक जिताउन सफल भएका थिए भने गुरुङ्गले महिला साफ च्याम्यिनसिपमा नेपाललाई उपबिजेता बनाउन महत्वपूर्ण भुमिका खेलेकी थिइन् ।    उनीहरुले अवार्ड सहित एक एक वटा पल्सर...

  • सुटिङ संघको अध्यक्षमा पुष्पदास श्रेष्ठ

    काठमाण्डौं, भदौं २४, नेपाल सुटिङ संघको साधारणसभाले पुष्पदास श्रेष्ठलाई अध्यक्षमा चार वर्षा लागि शनिबार निर्विरोध चयन गरेको छ । ११ सदस्यीय केन्द्रीय कार्यसमितिको अध्यक्षलगायत २ उपाध्यक्ष र कोषाध्यक्ष पद पनि निर्विरोध भयो । उपाध्यक्षमा मथुराराम श्रेष्ठ प्रथम र ध्रुवबहादुर रायमाझी तथा कोषाध्यक्ष्मा सतिश श्रेष्ठ निर्विरोध भए ।

  • ओलम्पिकका लागि ४ जना तेक्वान्दो खेलाडी छानिए

    काठमाण्डौं, भदौ २३, लन्डन ओलम्पिक- २०१२ का लागि थाइल्यान्डको बैंककमा हुने एसियाली छनोट प्रतियोगितका लागि ४ जना तेक्वान्दो खेलाडी शुक्रबार छनोट भएका छन् ।

  • सागलाई लक्षित गरी परिषदद्वारा बिशेष प्रशिक्षण सुरु सागलाई लक्षित गरी परिषदद्वारा बिशेष प्रशिक्षण सुरु

    काठमाडौं, भदौ २२, एक वर्षछि भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद सागलाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद्ले बिशेष प्रशिक्षण सुरु गरेको छ ।  मिसन साग- २०१२ नाम दिइएको विशेष प्रशिक्षणको उद्घाटन गर्दै परिषदका अध्यक्ष एवंम युवा तथा खेलकुद मन्त्री कमला रोकाले प्रशिक्षणका लागि छनोट भएका खेलाडी तथा प्रशिक्षकलाई बिहीवार आवश्यक सामाग्री हस्तान्तरण गर्नुभयो ।

  • राष्ट्रिय फुटबल खेलाडीलाई नगद पुरस्कार

    काठमाडौं, भदौ २२, अखिल नेपाल फुटबल संघले आज नेपाली राष्ट्रिय पुरुष तथा महिला फुटबल खेलाडीलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरेको छ । गएको चैत २४ गतेदेखि २८ गतेसम्म काठमाण्डूमा भएको ए.एफ.सी च्यालेन्ज कप फुटबल प्रतियोगितामा उत्कृष्ट पर््रदर्शन गर्दै अन्तिम चरणको लागि छनोट भएको पुरुष फुटबल टोली र मंसिरमा भएको महिला साफ च्याम्पियनशिपमा दोश्रो भएको महिला टोलीलाई आज पुरस्कृत गरिएको हो ।

  • जगजीत लागे जर्मनीतिर जगजीत लागे जर्मनीतिर

    राष्ट्रिय फुटबल टिमका मिडफिल्डर जगजीत श्रेष्ठ विशेष प्रशिक्षणका लागि जर्मनी गएका छन् । नेपाली मुलका जर्मन नागरिक नवीन पाण्डे र अर्का जर्मन नागरिक मीरको प्रायोजनमा जर्मनी गएका जगजितले चार हप्ता विशेष प्रशिक्षण लिनेछन् ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • चीनको ‘वान वेल्ट वान रोड’ अवधारणामा नेपालले हस्ताक्षर गरेको खबर सुनेर खुसी लाग्यो । भारतले सम्झौता नगर्न दबाब दिईरहेको बेला नेपालले सम्झौता गरेको खबर सुन्दा खुशी लाग्यो, अब कार्यान्वयन पनि छिट्टै होस् ।

    राज बजगाई
  • म प्रदेश नम्बर चारको मतदाता । अहिले प्रदेश नम्बर ७ मा छु । मेरो क्षेत्रमा आइतबार चुनाव हुँदैछ अनि अहिले म भएको धनगढीमा जेठ ३१ गते मात्रै । म र म जस्तै अरु नै प्रदेशमा कार्यरत मतदाताको मताधिकार सुनिश्चित गर्न सरकारले केही गरेको छ कि ?

    ​सन्तोष सेढाईं
  • हेर अरुको देशमा अर्काको देशबाट कामदार झिकाएर भए पनि देश विकास गर्छन् तर हाम्रो देशका नेताहरु आफुसँग भएका कामदारलाई अर्काको देशमा पसिना बगाउँन पठाउँछन् ।

    ​मनबहादुर गुरुङ
सबै हेर्नुहोस

सोसल मिडिया