MENU
Ncell Axiata
chhaka panja

खेल

  • अष्ट्रेलियाले भारतलाई १ सय १० रनले हरायो

    फागुन ७ - त्रिकोणात्मक एक दिवसीय क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा अष्ट्रेलिया १ सय १० रनले विजयी भएको छ ।  ब्रिसबेनमा जितका लागि २ सय ८९ रनको लक्ष्य पछ्याएको भारत ४३ दशमलव ३ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । भारतका कप्तान महेन्द्र सिंह धोनीले ५६ तथा सुरेश रैनाले २८ रन बनाए ।

  • हरि र बिन्द्रालाई कान्तिपुर हाफ म्याराथनको उपाधि

    काठमाण्डौं, फागुन ७ गते - नेपाली सेनाका हरिकुमार रिमाल र सशस्त्र  प्रहरीको एपीएफकी बिन्द्रा श्रेष्ठ देशारले दोस्रो कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । पुरुष तर्फको स्पर्धामा हरिले ३ सय ४६ खेलाडीलाई पछि पार्दै निर्धारित दूरी १ घन्टा ८ मिनेट ३५ सेकेन्डमा पूरा गरे । महिलातर्फ बिन्द्राले १ घन्टा १८ मिनेट ३७ सेकेन्डमा दौड पूरा गरिन् । उनीहरु दुवैले जनही ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

  • काठमाण्डौंमा रेस्लिङको मज्जा (फोटो फिचर) काठमाण्डौंमा रेस्लिङको मज्जा (फोटो फिचर)

    काठमाण्डौं, फागुन ६ - नेपाल सेवा सेन्टर प्रालिको आयोजनामा शनिबारदेखि काठमाण्डौंमा नेपाल–जापान मैत्री रेस्लिङ सुरु भएको छ । ३ दिनसम्म चल्ने रेस्लिङमा जापानका फुगो फुगो युमेजी, किकु जिरो उमेजावा, कुरोकावा नोवोरु, सुमितानी सीनसुके सहभागि छन् ।

  • सहारा क्लव सिमरा गोल्डकपको सेमिफाइनलमा

    बारा, फागुन ६ - पोखराको सहारा क्लव बाराको सिमरामा चलिरहेको तेश्रो सिमरा गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सिमरा फुटबल मैदानमा शनिवार भएको खेलमा एन्फा एकेडेमीको १७ वर्ष मुनिको टोलीलाई एक शुन्यले हराउँदै सहारा क्लव सेमिफाइनलमा पुगेको हो ।

  • आरसीटी तेस्रो सिमरा गोल्डकप फुटबलको क्वार्टरफाईनलमा

    बारा, फागुन ५ – रानी पोखरी कर्नर टीम (आरसीटी) बाराको सिमरामा चलिरहेको तेस्रो सिमरा गोल्डकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।  सिमरा रंगशालामा आरसीटीले सर्लाहीको लालबन्दी फुटबल क्लबलाइ एकका विरुद्ध छ गोलले पराजित गर्‍यो ।

  • श्रीलंकाद्वारा अष्ट्रेलिया ८ विकेटले पराजित

    फागुन ५ – त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृखंला अन्तर्गत आज भएको खेलमा श्रीलंका विजयी भएको छ । सिडनीमा श्रीलंकाले घरेलु टोली अष्ट्रेलियालाई आठ विकेटको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित हासिल गर्‍यो  ।

  • वीरगञ्जद्वारा मुनाल पराजित

    बारा, फागुन ४ - वीरगञ्ज युथ एकेडेमी क्लव बाराको सिमरामा चलिरहेको सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सिमरामा विहीवार भएको खेलमा झापाको मुनाल क्लवलाई दुई एकले हराउँदै वीरगञ्ज क्वाटर फाइनलमा पुगेको हो ।

  • अरनिको स्कूलद्वारा सागर सम्मानित

    काठमाडौं, फागुन ४ -  अरनिको आवसिय विद्यालय भोटेबहालले राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापालाई बिहीबार नगदसहित सम्मान गरेको छ । नेपाली फुटबल क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ राष्ट्रको प्रतिष्ठा बढाउने कार्यमा महत्वपूर्ण योगादन पु¥याएवापत सागरलाई सम्मान गरिएको हो ।

  • महिला क्रिकेट खेलाडीलाई जनही २ लाख रुपैयाँ दिईने

    काठमाण्डौं, फागुन ४ - १९ वर्षमुनिको एसिसी महिला क्रिकेटको उपाधि दिलाउने नेपाली टोलीका सदस्यहरुलाई सरकारले नगद २ लाख रुपैयाँ सहित सम्मान गर्ने भएको छ । विहीवार बसेको मन्त्रीपरिषदको बैठकले नेपाली टिमका खेलाडी र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

  • ट्वान्टी–ट्वान्टी विश्वकप छनौटका लागि क्रिकेट टिमको घोषणा

    काठमाण्डौं, फागुन ३ - फागुन ३० गतेदेखि युएईमा हुने एसिसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको छनौट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले टिमको घोषण गरेको छ । पारस खड्काको कप्तानीमा रहेको राष्ट्रिय टोलीमा परेश लोहनी र शक्ति गौचनले पुनरागमन गरेका छन् । परेश ३ वर्षदेखि राष्ट्रिय टोलीमा थिएनन् ।

  • सिमरा गोल्डकप फुटबलमा सहारा क्लवद्वारा जावलाखेल पराजित

    बारा, फागनु ३ - बारामा चलिरहेको सिमरा गोल्डकप फुटबल प्रतियोगिता अर्न्तगत वुधवारको खेलमा जावलाखेल युथ क्लव पराजित भएको छ । एक हप्ताअघि पोखरामा भएको आहा गोल्डकपको उपविजेता जावलाखेल युथ क्लव सिमरामा पोखराको सहारा क्लवसँग दुई शुन्यले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ ।

  • भारत र श्रीलंका बीचको एक दिवसीय क्रिकेट बराबरीमा

    फागुन २ - अष्ट्रेलियामा चलिरहेको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृखला अन्र्तगत भारत र श्रीलंका बचिको खेल बराबरीमा सकिएको छ । एडिलेडमा जितका लागि २ सय ३७ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३६ रन बनाएपछि खेल बराबरी भएको हो । अन्तिम बलमा भारतलाई जितका लागि ४ रनको खाँचो रहेको अवस्थमा श्रीलंकाका लासिथ मालिङ्गाको बललाई भारतीय कप्तान महेन्द्र सिंह धोनीले एक्सट्रा कभरमा प्रहार गर्दै ३ रन बटुले र खेल बराबरी गराए ।

  • सिमरा गोल्डकपमा एन्फा एकेडेमीको विजयी सुरुवात

    सिमरा, फागुन २ -एन्फा एकेडेमीको १७ वर्ष मुनिको टोलीले सिमरा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ । बाराको सिमरामा भएको उद्घाटन खेलमा एन्फा एकेडेमीले आयोजक नव जनजागृती युवा क्लवलाई तीन एकले हरायो । एन्फालाई जिताउन हेमन गुरुङले २ तथा सुरज हमालले एक गोल गरे । आयोजक नवजनजागृति युवा क्लवका असिमजंग कार्कीले दोश्रो हाफको इन्जुरी समयमा एक गोल फर्काए ।

  • यू-२२ एएफसी एसिया कपको ड्र सार्वजनिक

    काठमाण्डौं, फागुन २ - एशियाली फुटबल महासंघ एएफसीले यू-२२ एएफसी एसिया कप फुटबल प्रतियोगिताको छनौट खेलका लागि ड्र सार्वजनिक गरेको छ । मलेशियामा रहेको एएफसीको केन्द्रीय कार्यालयमा गरिएको ड्र अनुसार नेपाल, बंगलादेश, जोर्डन, उज्वेकिस्तान र यमन रहेको समूह डिमा परेको छ ।

  • चौथो एक दिवसीयमा भारतद्वारा अष्ट्रेलिया पराजित

    अष्ट्रेलिया, माघ २९ - अष्ट्रेलियामा चलिरहेको त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखलाको चौथो खेलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले हराएको छ । एडिलेडमा जितका लागि पाएको २ सय ७० रनको लक्ष्य भारतले खेल सकिन २ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्‍यो । अन्तिम ४ बलमा १२ रन चाहिएको अवस्थामा भारतीय कप्तान महेन्द्र सिंह धोनीले अष्ट्रेलियाली बलर क्लिन्ट म्याकीको बलमा छक्का प्रहार गरेका थिए ।

  • अन्तिम अभ्यास खेलमा पनि नेपाल पराजित

    मुम्बई, माघ २९ - भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तिम अभ्यास खेलमा पनि पराजित भएको छ । भारतको मुम्बईमा भिवानदी तलुका क्रिकेट एशोसिएसनसँगको ट्वान्टी–ट्वान्टी क्रिकेटमा नेपाल आइतवार ३५ रनले पराजित भयो । भिवानदी क्रिकेट क्लवको मैदानमा जितका लागि १ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले १८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय २६ रन मात्र बनायो ।

  • उपाधि विजेता महिला क्रिकेट टोलीको भब्य स्वागत

    काठमाण्डौं, माघ २८ - लगातार तेस्रो पटक १९ वर्ष मूनिको एसीसी महिला क्रिकेटको उपाधि जितेको नेपाली टोली शनिवार बेलुकी नेपाल आइपुगेको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारी सहितका अरु खेल अधिकारी र क्रिकेट समर्थकले भब्य स्वागत गरेका छन ।

  • मनाङलाई आहा गोल्डकपको उपाधि

    पोखरा, माघ २८ - लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लवले पोखरामा सम्पन्न दशौं आहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिवार भएको फाइनलमा सामसुङ्ग जावलाखेल युथ क्लवलाई २–० ले हराउँदै मनाङले तेश्रो पटक आहा गोल्ड कपको उपाधि जितेको हो ।

  • अभ्यास खेलमा नेपालको पहिलो पराजय

    मुम्बई, माघ २८ - भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिवारको अभ्यास खेलमा पराजित भएको छ । भारतको मुम्बईमा यसअघि खेलेका सबै ५ खेल जितेको नेपाल शनिवार भने प्यादे स्पोर्टस क्लवसँगको ट्वान्टी–ट्वान्टी क्रिकेटमा ६ विकेटले पराजित भएको हो । पहिला ब्याटिङ्ग गरी नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो ।

  • आज आहा गोल्डकपको उपाधी भिडन्त

    पोखरा, माघ २८ – पोखरामा चलिरहेको दशौं आहा गोल्डकपको उपाधीका लागि सामसुङ जावलाखेल युथ क्लब र मनाङ मस्र्याङदीबीच आज प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो हुनेछ ।

  • एसीसी यु १९ महिला क्रिकेटमा नेपालको ह्याट्रिक

    काठमाडौं, माघ २७ — नेपालले लगातार तेस्रो पटक १९ वर्ष मूनिको एसीसी महिला क्रिकेटको उपाधि जितेको छ । कुवेतको हुबारामा थाईल्याण्डलाई ६ विकेटले हराउँदै नेपालले उपाधिमा ह्याट्रिक गरेको हो ।

  • कर्णको ह्याट्रिकसँगै सामसुङ जावलाखेल आहा गोल्डकपको फाईनलमा

    पोखरा, माघ २७ – सामसुङ जावलाखेल युथ क्लब पोखरामा चलिरहेको दशौं आहा गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।  भारतको पूणे फूटबल क्लबलाई शून्यका विरुद्ध चार गोलले हराउँदै जावलाखेल फाईनलमा प्रवेश गरेको हो ।

  • जावलाखेल युथ क्लबलाई हिमश्रीको प्रायोजन

    काठमाडौं, माघ २७ – जावलाखेल युथ क्लब र हिमश्री ईलेक्ट्रोनिक्सबीच ३ वर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । जावलाखेलका अध्यक्ष सुनिल शमशेर राणा र हिमश्रीका प्रबन्ध निर्देशक शेखर गोल्छाबीच शुक्रबार सम्झौतामा हस्ताक्षर भएको हो ।

  • राष्ट्रिय खेलकुदमा सहभागि हुन आग्रह गर्दै सेनालाई राखेपको पत्र

    सुफल काफ्ले/उज्यालो । काठमाण्डौं, माघ २६ - राष्ट्रिय खेलकुद परिषदाले फागुनमा हुने छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन आग्रह गर्दै नेपाली सेनालाई पत्र पठाएको छ । नेपाली सेनाले फागुनमा पहिलो दक्षिण एशियाली आर्मी स्पोर्टस मिट आयोजना हुन लागेकोले समय अभावका कारण प्रतियोगितामा भाग नलिने व्यहोराको पत्र वुधवार परिषदलाई पठाएपछि त्यसको जवाफमा परिषदले प्रतियोगितामा सहभागि हुन आग्रह गर्दै सेनालाई पत्र पठाएको हो ।

  • अफ्रिकन युनाइटेडलाई हराउँदै मनाङ आहा गोल्डकपको फाइनलमा

    पोखरा, माघ २६ - मनाङ मर्स्याङ्दी क्लव पोखरामा चलिरहेको दशौं आहा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा विहीवार भएको खेलमा अफ्रिकन यूनाईटेडलाई एक शुन्यले हराउँदै मनाङ फाइनलमा पुगेको हो ।

  • एसिसी महिला क्रिकेटको उपाधिका लागि नेपालले थाइल्याण्डसँग खेल्ने

    कुवेत, माघ २६ - नेपाल कुबेतमा चलिरहेको १९ वर्ष मूनिको एसीसी महिला क्रिकेटको फाईनलमा पुगेको छ । विहीवार युनिटीमा भएको मैदानमा भूटानलाई ३ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले उपाधिका लागि शुक्रवार थाइल्याण्डसँग खेल्ने छ ।

  • भारतद्वारा श्रीलंका ४ विकेटले पराजित

    अष्ट्रेलिया, माघ २५ - अष्ट्रेलियामा चलिरहेको त्रिकोणात्मक क्रिकेट अर्न्तगत वुधवार भएको एक दिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ४ विकेटले हराएको छ । पर्थमा जितका लागि पाएको २ सय ३४ रनको लक्ष्य भारतले खेल सकिन २० बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो । भारतलाई जिताउन विराट कोहलीले ७७ तथा सचिन तेन्दुल्करले ४८ रन बनाए ।

  • नेपाली क्रिकेट टोलीको विजयी यात्रा जारी

    मुम्बई, माघ २५ - भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो विजयी यात्रा जारी राखेको छ । लगातार पाँचौ खेल जिन्ते क्रममा नेपालले वुधवार भएको ट्वान्टी ट्वान्टी क्रिकेटमा भारतको इस्लाम जिमखानालाई ३१ रनले हराएको छ । इस्लाम जिमखान मैदानमा जितका लागि २ सय ७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीलाई नेपालले २० ओभरमा १ सय ७५ रन मात्र बनाउन दियो ।

  • जावलाखेल र पुणे एफसीबीचको खेल शुक्रवार

    पोखरा, माघ २५ - दशौं आहा गोल्डकप फुटबल प्रतियोगिता अर्न्तगत वुधवार हुने भनिएको जावलाखेल युथ क्लव र भारतको पुणे एफसीबीचको सेमिफाइनल खेल स्थगित गरिएको छ । मंगलवार रातीदेखिको बर्षाका कारण पोखरा रंगशालाको खेल मैदान खेल्न योग्य नभएका कारण खेल स्थगित गरिएको हो ।

  • नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण वुधवारदेखि

    काठमाण्डौं, माघ २४ - अखिल नेपाल फुटबल संघ एन्फाले फागुन २५ गतेदेखि हुने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि वुधवारदेखि बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । माघ १५ गतेदेखि सुरु भएको प्रशिक्षणमा रहेका २८ जना खेलाडी मध्येबाट छनौटमा परेका २५ जनालाई बन्द प्रशिक्षण राखिने एन्फाले जनाएको छ । २८ जनामा रहेका विकास सिंह क्षेत्री, जगजित श्रेष्ठ र कुञ्जन गुरुङ बन्द प्रशिक्षणमा परेनन् । वेलायतबाट नेपाल आएका कुञ्जनले राहदानी हराएपछि सोमबार बेलुकी नै टिम छाडेका एन्फा श्रोतले जनाएको छ । नेपाल रहेको समू...

  • पुलिसलाई हराउँदै मनाङ आहा गोल्डकपको सेमिफाइनलमा

    पोखरा, माघ २४ - मनाङ मर्स्याङ्दी क्लव आहा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लवलाई एक शुन्यले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो । मनाङलाई जिताउन खेलको एक मात्र गोल अमिर श्रेष्ठले ३९ औं मिनेटमा गरेका थिए ।

  • चौथो अभ्यास खेलमा पनि नेपाल विजयी

    मुम्बई, माघ २४ - भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली चौथो अभ्यास खेलमा  पनि विजयी भएको छ । नेपालले मंगलवार भएको ट्वान्टी ट्वान्टी खेलमा मुम्बईको नेरुल जिमखाना क्रिकेट क्लवलाई ५ विकेटले हरायो । नेरुल जिमखाना क्रिकेट क्लवमा जितका लागि पाएको १ सय १८ रनको लक्ष्य नेपालले खेल सकिन १ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

  • फागुन पहिलो हप्ता राष्ट्रव्यापी रेटिङ बुद्धिचाल हुने

    काठमाण्डौं, माघ २३ - नेपाल खेलकुद महासंघको काठमाण्डौं क्षेत्र नम्बर ७ को आयोजनामा नेकोस राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता फागुन पहिलो हप्ता हुने भएको छ । प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष नारायण गमालले जानकारी दिनुभयो ।

  • थ्रीस्टारलाई हराउँदै जावलाखेल आहा गोल्डकपको सेमिफाइनलमा

    पोखरा, माघ २३ - जावलाखेल युथ क्लव पोखरामा भइरहेको दशौं आहा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा सोमवार भएको खेलमा ललितपुरको थ्रीस्टार क्लवलाई ३–१ ले हराउँदै जावलाखेल सेमिफाइनलमा पुगेको हो ।

  • राष्ट्रिय क्रिकेट टोली तेश्रो अभ्यास खेलमा पनि विजयी

    मुम्बई, माघ २३ - भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेश्रो अभ्यास खेलमा नेरुल जिमखाना क्रिकेट क्लवलाई ३२ रनले हराएको छ । नेरुल जिमखाना क्रिकेट क्लवको मैदानमा सोमवार टस हारेर पहिला ब्याटिङ्ग गरी ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको नेपालले घरेलु टोली नेरुल जिमखाना क्रिकेट क्लवलाई ३८ दशमलव ५ ओभरमा १ सय ५९ रनमा अल आउट ग¥यो । ब्याटिङ्ग तर्फ नेपालका बसन्त रेग्मीले आउट नभई ३७ रन बनाए ।

  • खेलका क्रममा तेक्वान्दो खेलाडी गम्भीर घाइते

    रुकुम, माघ २३ - छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत मध्यपश्चिमाञ्चल क्षेत्रीय तेक्वान्दो छनौट प्रतियोगितामा विपक्षी खेलाडिको प्रहारबाट एकजना खेलाडि गम्भीर घाईते भएका छन् । पुरुष तर्फको ५८ केजी तौल समुहको खेलमा जाजरकोटका राजु बस्नेत, सल्यानका पदम पुलामीको प्रहारबाट गम्भीर घाइते भएका छन ।

  • एसिसी महिला क्रिकेटमा नेपालको लगातार चौथो जित

    कुवेत, माघ २३ - १९ वर्ष मुनिको एसीसी महिला क्रिकेटको समूह चरणको अन्तिम खेलमा पनि नेपाल विजयी भएको छ । यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपालले सोमवार भएको खेलमा थाईल्याण्डलाई ४ विकेटले हरायो । जितपछि नेपाल समुह एको विजेता भएको छ । नेपालले विहीवार हुने सेमिफाइनलमा भुटानसँग खेल्ने छ ।

  • नेपाल एसिसी महिला क्रिकेटको सेमिफाइनलमा

    कुवेत, माघ २२ - नेपाल कुबेतमा चलिरहेको १९ वर्ष मुनिको एसिसी महिला क्रिकेटको सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा लगातार तेश्रो खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको हो । समुह एमा रहेको नेपालको ३ खेलबाट ६ अंक भएको छ । आइतवार भएको अर्को खेलमा चीनलाई हराएको थाईल्याण्डले २ खेलबाट ४ अंक बटुलेको छ चीनको ३ खेलबाट २ अंक छ ।

  • त्रिकोणात्मक क्रिकेट श्रृखलाको पहिलो खेलमा भारत पराजित

    मेलबर्न, माघ २२ - त्रिकोणात्मक क्रिकेट श्रृखला अर्न्तगत अष्ट्रेलिया विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६५ रनले पराजित भएको छ । आइतवार मेलबर्नमा बर्षाका कारण ३२ ओभरमा घटाईएको खेलमा जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याएको भारत २९ दशमलव ४ ओभरमा १ सय ५१ रनमा अल आउट हुँदै पराजित भयो ।

  • हिमालयन सेर्पा आहा गोल्डकपबाट बाहिरियो

    पोखरा, माघ २२ - हिमालयन सेर्पा क्लव पोखरा रङ्गशालामा भैरहेको दशौं आहा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलबाटै बाहिरिएको छ । पोखरा रंगशालामा आइतवार भएको क्वाटरफाईनलमा अफ्रिकन युनाइटेडसँग २–१ ले पराजित हुँदै हिमालयन सेर्पा क्लव बाहिरिएको हो ।

western union
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया