MENU
Ncell Axiata
NIC Asia

खेल

  • छैटौं राष्ट्रिय खेलकुद : एथेलिटिक्सको १५ सय मिटर दौड

    धनगढी, फागुन १५ - छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता अर्न्तगत कैलालीको धनगढी रंगशालामा भएको एथेलेटिक्स तर्फ पुरुष १५ सय मिटर दौडमा नेपाल प्रहरीका सिद्धान्त अधिकारीले स्वर्ण पदक जितेका छन् । उनले ४ मिनेट शुन्य ३ दशमलव २ सेकेण्डमा दुरी पुरा गरेका थिए ।

  • छैटौं राष्ट्रिय खेलकुद : पौडीमा शैलेसको किर्तिमान

    वीरगञ्ज, फागुन १५ - छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत वीरगञ्जमा भैरहेको पौडी प्रतियोगितामा मध्यमाञ्चलका शैलेस राणाले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले २ सय मिटर ब्यक्तिगत मिड्लेको हिट्समा २ मिनेट ३१ दशमलव ८७ सेकेण्डको समय निकाल्दै कीर्तिमान कायम गरेका हुन ।

  • छैटौं राष्ट्रिय खेलकुद : पौडीमा शैलेसलाई तीन स्वर्ण

    पर्सा, फागुन १४ - छैटौं राष्ट्रिय प्रतियोगिता अन्तरगत विरगञ्जमा आयोजित पौडी प्रतियोगितामा मध्यमाञ्चलका शैलेस राणाले तीन स्वर्ण पदक प्राप्त गरेका छन् । उनले २०० मिटर ब्रेष्ट स्ट्रोक, २०० मिटर ब्याकस्ट्रोक र १०० मिटर बटरफ्रलाईमा स्वर्ण प्राप्त गरेका हुन । २०० मिटर ब्रेष्टमा उनले २ मिनट ४७.४४ सेकेन्डका साथ दुरी पार गरेका हुन ।

  • भारतलाई हराउँदै अष्ट्रेलिया त्रिकोणात्मक क्रिकेटको फाइनलमा

    फागुन १४ - घरेलु टोली अष्ट्रेलिया त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृखलाको फाइनलमा पुगेको छ । सिड्नीमा आइतवार भएको खेलमा भारतलाई ८७ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलिया फाइनलम पुगेको हो । हारसँगै भारतको प्रतियोगिताको फाइनलमा पुग्ने संभावना कठिन भएको छ ।

  • एएफसी च्यालेन्जकपको प्रत्यक्ष प्रसारण उज्यालोबाट

    काठमाडौं, फागुन १४ – फागुन २५ गतेदेखि काठमाडौंमा सुरु हुने एएफसी च्यालेन्जकपको रेडियो मार्फतको प्रत्यक्ष प्रसारणको सम्पूर्ण अधिकार उज्यालो 90 नेटवर्कले पाएको छ । आइतबार यस सम्बन्धी सम्झौतामा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा र कम्युनिकेसन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले हस्ताक्षर गर्नुभयो ।

  • छैटौं राष्ट्रिय खेलकुद : सुटिङमा साहिन र तुलिन अगाडि

    ललितपुर, फागुन १४ - छैटौं राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङको पहिलो दिन आइतबार महिलाको १० मिटर एयर पेस्तोलमा मध्यपश्चिमाञ्चलकी डा. साहिन प्रविन शीर्ष स्थानमा छिन् ।साहिनले कूल ४ सयमा ३ सय ४३ अंक जोडिन् । ३ सय ४१ अंकमा नेपाल प्रहरीकी सविता बस्नेत दोश्रो तथा ३ सय ३२ अंकमा सुदूरपश्चिमाञ्चलकी राजकुमारी सिंह तेश्रो स्थानमा छन् । ललितपुरको सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको महिलाको १० मिटर एयर राइफलको ४ सय पूर्णाङ्कमा ३ सय ६६ अंक बटुल्दै पश्चिमाञ्चलकी तुलिन राणा अग्रस्थानमा छिन् । तुलिनको जत्तिनै ३ सय ६६ ...

  • छैटौं राष्ट्रिय खेलकुद : ब्याडमिन्टनको टिम इभेन्टस

    कैलाली, फागुन १४ - कैलालीमा रहेको भलिबल प्रशिक्षण केन्द्रमा आईतबार भएको ब्याडमिन्टन प्रतियोगिताको पुरुष टिम ईभेन्टस्मा सशस्त्र प्रहरीको एपिएफ क्लव, मध्यमाञ्चल, सुदुरपश्चिमाञ्चल र नेपाल प्रहरी सेमिफाइनलमा पुगेका छन् । आइतवार विहान भएको पुरुष टिम ईभेन्टस्मा सशस्त्र प्रहरीको एपिएफ क्लबले पश्चिमाञ्चललाई ३–० ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।

  • छैटौं राष्ट्रिय खेलकुद : साईक्लिङमा अजयलाई स्वर्ण

    काभ्रे, फागुन १४ - छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत काभ्रेको धुलिखेल रेश कोर्षमा आयोजित साईक्लिङ प्रतियोगिता अन्तरगत पुरुषको खेलमा ६ ल्याप अर्थात ३६ किमीको दुरी २ घन्टा १ मिनट १८ सेकेन्डमा पुरा गर्दै काठमाडौंका अजय पण्डित क्षेत्रीले स्वण पदक जितेका छन् ।

  • छैटौं राष्ट्रिय खेलकुदः तेक्वान्दोको प्रतिस्पर्धा

    महेन्द्रनगर, फागुन १४ – छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोको प्रतिस्पर्धा महेन्द्रनगरको कभर्डहलमा बिहानै सुरु भएको छ । पहिलो दिन पुरुषको ५४ केजीतर्फ सेमिफाइनल समीकरण पूरा भयो ।

  • खेलकुदको महाकुम्भ राष्ट्रिय खेलकुद आजदेखि, ३१ खेल, ३५ सय खेलाडी खेलकुदको महाकुम्भ राष्ट्रिय खेलकुद आजदेखि, ३१ खेल, ३५ सय खेलाडी

    धनगढी, फागनु १४ - कैलालीको धनगढीमा आजदेखि छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितासुरु भएको छ । कैलालीको धनगढीमा आइतवार भएको विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादवले प्रतियोगिताका उदघाटन गर्नुभएको हो ।

  • तेश्रो सिमरा गोल्डकपको उपाधि मनाङ मर्स्याङदीलाई

    बारा, फागुन १३ – तेश्रो सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ ।  सिमरामा भएको प्रतिस्पर्धात्मक फाईनलमा पोखराको सहारा क्लबलाई एक शून्यले हराउँदै मनाङले सिमरा गोल्डकपको उपाधि जितेको हो ।

  • सिमरा गोल्डकपको उपाधीका लागि मनाङ मर्स्याङदी र सहारा क्लब भिड्दै

    बारा, फागुन १३ – तेश्रो सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आज मनाङ मर्स्याङदी क्लब र सहारा क्लब पोखरा भिड्दैछन् । बाराको सिमरा फुटबल मैदानमा दिउँसो २ बजेदेखि शुरु हुने आयोजक नवजनजागृती युवा क्लबले जनाएको छ ।

  • त्रिकोणीय क्रिकेट श्रृंखलाको खेलमा श्रीलंकाद्वारा अष्ट्रेलिया पराजित

    फागुन १२ –  त्रिकोणीय क्रिकेट श्रृंखलाको नवौं खेलमा अष्ट्रेलियालाई तीन विकेटले हराउँदै श्रीलंकाले फाईनल प्रवेशको संभावना बलियो बनाएको छ । जितसँगै १५ अंकका साथ श्रीलंका शीर्ष स्थानमा छ । होबार्टमा अष्ट्रेलियाले दिएको २ सय ८१ रनको लक्ष्य श्रीलंकाले ४ बल बाँकी छँदै सात विकेट गुमाएर पुरा गर्‍यो ।

  • नेपाली फुटबल टिम एडिडासको जर्सीमा

    काठमाण्डौं, फागुन ११ - फागुन २५ गतेदेखि काठमाण्डौंमा हुने एएफसी च्यालेन्जकप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टिमले एडिडासको जर्सी लगाउने भएको छ । काठमाण्डौंमा आज भएको एक कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फा र नेपालका लागि एडिडासको आधिकारिक विक्रेता रुट्स फेसन प्रालिबीच सम्झौता भएको छ ।

  • आरसिटीलाई हराउँदै मनाङ सिमरा गोल्डकपको फाइनलमा

    सिमरा, फागुन ११ - मनाङ मर्स्याङदी क्लव बाराको सिमरामा चलिरहेको सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाईलनमा पुगेको छ । सिमरामा विहीवार भएको प्रतिस्पर्धात्मक खेलमा टाइब्रेकरमा रानी पोखरी कर्नर टिम आरसिटीलाई २–१ ले हराउँदै मनाङ फाइनलमा पुगेको हो ।

  • छैटौं राष्ट्रिय खेलकुदको टर्च बोक्न ८ ओलम्पियन

    काठमाण्डौं, फागुन १० - छैटौ राष्ट्रिय खेलुकदको उदघाटन समारोहमा बालिने ओलम्पिक टर्च बोक्न आठ जना ओलम्पियन खेलाडी सहभागि हुने भएका छन् । टर्च बुद्धको जन्मथलो लुम्बिनीबाट प्रारम्भ गरी दुई दिनको दौडपछि खेलस्थल धनगढी पुर्‍याईनेछ । बुधबार एक समारोहबीच छैटौं राष्ट्रिय खेलकुद तयारी समिती सचिवालयका संयोजक कमल खनालले सहभागि ओलम्पियन खेलाडीलाई ओलम्पिक टर्च र सामाग्री हस्तान्तरण गर्नुभयो ।

  • इण्डियन एम्बेसडर्स कप क्रिकेटको उपाधि एपिएफलाई

    काठमाण्डौं, फागुन १० - शसस्त्र प्रहरीको एपिएफ क्लवले इण्डियन एम्बेसडर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । किर्तिपुरमा पश्चिमाञ्चललाई १९ रनले हराउँदै एपिएफले उपाधि जितेको हो । एपिएफले उपाधिसहित डेढ लाख रुपैयाँ हात पारेको छ भने पश्चिमाञ्चलले एक लाख रुपैयाँमा चित्त बुझाएको छ ।

  • हिमालयन सेर्पालाई हराउँदै सहारा क्लव सिमरा गोल्डकपको फाइनलमा

    बारा, फागुन १० - पोखराको साहारा क्लब बाराको सिमरामा चलिरहेको तेश्रो सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सिमरामा आज भएको खेलमा हिमालयन सेर्पा क्लबलाई एक शुन्यले हराउँदै सहारा फाइनलमा पुगेको हो ।

  • एपिएफलाई हराउँदै मनाङ्ग सिमरा गोल्डकपको सेमिफाइनलमा

    बारा, फागुन ९ - मनाङ्ग मर्स्याङ्दी क्लब बाराको सिमरामा चलिरहेको तेस्रो सिमरा गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सिमरामा मंगलवार भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबलाई ५–१ को फराकिलो अन्तरले हराउँदै मनाङ्ग सेमिफाइनलमा पुगेको हो ।

  • एम्बेसडर्स कप क्रिकेटको फाइनलमा एपिएफ र पश्चिमाञ्चल भिड्ने

    काठमाण्डौं, फागुन ९ - शसस्त्र प्रहरीको एपिएफ र पश्चिमाञ्चल इण्डियन एम्बेसडर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । किर्तिपुरमा मंगलवार भएका खेल जित्दै एफिएफ र पश्चिमाञ्चलले वुधवार हुने फाइनलमा स्थान सुरक्षित गरेका हुन् । किर्तिपुरमा भएको दोश्रो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई १ सय ७६ रनको फराकिलो अन्तरले हरायो ।

  • श्रीलंकाद्वारा भारत पराजित

    फागुन ९, अष्ट्रेलियामा चलिरहेको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृखला अन्र्तगत मंगलवारको खेलमा श्रीलंकाले भारतलाई  ५१ रनले हराएको छ । जितपछि श्रीलंकाले फाइनलमा पुग्ने संभावना कायम राखेको छ ।  ब्रिसबेनमा जितका लागि २ सय ९० रनको लक्ष्य पछ्याएको भारतले ४५ दशमलव १ ओभरमा सवै विकेट गुमाएर २ सय ३८ रन बनायो ।

  • एक दिवसीय क्रिकेटबाट पोन्टिङको सन्यास

    फागुन ९, एक दिवसीय क्रिकेट टोलीबाट निकालिएपछि अष्ट्रेलियाली क्रिकेट टिमका पूर्व कप्तान रिकी पोन्टिङले एक दिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । ३७ वर्षिय उनले टेष्ट क्रिकेट भने खेल्ने बताएका छन् ।

  • पश्चिमाञ्चल इण्डियन एम्बेसडर्स कप क्रिकेटको फाइनलमा

    काठमाण्डौं, फागुन ९ - पश्चिमाञ्चल इण्डियन एम्बेसडर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । किर्तिपुरमा मंगलवार भएको खेलमा सुदुरपश्चिमाञ्चललाई ६ विकेटले हराउँदै पश्चिमाञ्चल फाइनलमा पुगेको हो ।

  • खेलाडीद्वारा उपचार नपाएको गुनासो

    धनगढी, फागुन ८ - छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अभ्यासमा संलग्न खेलाडीहरुले उपचार नपाएको गुनासो गरेका छन । कबड्डीकी खेलाडी अर्पणा चौधरी अभ्यासका क्रममा घाईते भएर पनि उपचार नपाएको बताईन ।

  • इण्डियन एम्बेसडर्स क्रिकेटमा सुदुरपश्चिमाञ्चल र मध्यमाञ्चल विजयी

    काठमाण्डौं, फागुन ८ - इण्डियन एम्बेसडर्स कप क्रिकेट अन्र्तगत सोमवार भएका खेलमा सुदुर पश्चिमाञ्चल र मध्यमाञ्चल  विजयी भएका छन् । किर्तिपुरमा भएको खेलमा सुदुरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ६६ रनले हरायो ।

  • हिमालयन सेर्पा सिमरा गोल्डकपको सेमिफाइनलमा

    बारा, फागुन ८ - हिमालयन सेर्पा क्लव बाराको सिमरामा चलिरहेको तेस्रो सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सिमरामा मजदुर शहीद स्मृति क्लबलाई २–१ ले हराउँदै हिमालयनले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

  • आरसिटी सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा

    बारा, फागुन ७ - रानीपोखरी कर्नर टिम आरसिटी बाराको सिमरामा चलिरहेको तेश्रो सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सिमरामा आइतवार भएको खेलमा वीरगञ्ज युथ एकेडेमी क्लबलाई तीन दुईले हराउँदै आरसिटी सेमिफाइनलमा पुगेको हो ।

  • इण्डियन एम्बेसडर्स कप क्रिकेटमा एपिएफ र पश्चिमाञ्चल विजयी

    काठमाण्डौं, फागुन ७ - सशस्त्र प्रहरीको एपिएफ क्लव र पश्चिमाञ्चलले इण्डियन एम्बेसडर्स कप क्रिकेटमा विजयी सुरुवात गरेका छन् । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको दोश्रो खेलमा एपिएफ क्लवले मध्यमाञ्चललाई ८८ रनले हरायो ।

  • अष्ट्रेलियाले भारतलाई १ सय १० रनले हरायो

    फागुन ७ - त्रिकोणात्मक एक दिवसीय क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा अष्ट्रेलिया १ सय १० रनले विजयी भएको छ ।  ब्रिसबेनमा जितका लागि २ सय ८९ रनको लक्ष्य पछ्याएको भारत ४३ दशमलव ३ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । भारतका कप्तान महेन्द्र सिंह धोनीले ५६ तथा सुरेश रैनाले २८ रन बनाए ।

  • हरि र बिन्द्रालाई कान्तिपुर हाफ म्याराथनको उपाधि

    काठमाण्डौं, फागुन ७ गते - नेपाली सेनाका हरिकुमार रिमाल र सशस्त्र  प्रहरीको एपीएफकी बिन्द्रा श्रेष्ठ देशारले दोस्रो कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । पुरुष तर्फको स्पर्धामा हरिले ३ सय ४६ खेलाडीलाई पछि पार्दै निर्धारित दूरी १ घन्टा ८ मिनेट ३५ सेकेन्डमा पूरा गरे । महिलातर्फ बिन्द्राले १ घन्टा १८ मिनेट ३७ सेकेन्डमा दौड पूरा गरिन् । उनीहरु दुवैले जनही ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

  • काठमाण्डौंमा रेस्लिङको मज्जा (फोटो फिचर) काठमाण्डौंमा रेस्लिङको मज्जा (फोटो फिचर)

    काठमाण्डौं, फागुन ६ - नेपाल सेवा सेन्टर प्रालिको आयोजनामा शनिबारदेखि काठमाण्डौंमा नेपाल–जापान मैत्री रेस्लिङ सुरु भएको छ । ३ दिनसम्म चल्ने रेस्लिङमा जापानका फुगो फुगो युमेजी, किकु जिरो उमेजावा, कुरोकावा नोवोरु, सुमितानी सीनसुके सहभागि छन् ।

  • सहारा क्लव सिमरा गोल्डकपको सेमिफाइनलमा

    बारा, फागुन ६ - पोखराको सहारा क्लव बाराको सिमरामा चलिरहेको तेश्रो सिमरा गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सिमरा फुटबल मैदानमा शनिवार भएको खेलमा एन्फा एकेडेमीको १७ वर्ष मुनिको टोलीलाई एक शुन्यले हराउँदै सहारा क्लव सेमिफाइनलमा पुगेको हो ।

  • आरसीटी तेस्रो सिमरा गोल्डकप फुटबलको क्वार्टरफाईनलमा

    बारा, फागुन ५ – रानी पोखरी कर्नर टीम (आरसीटी) बाराको सिमरामा चलिरहेको तेस्रो सिमरा गोल्डकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।  सिमरा रंगशालामा आरसीटीले सर्लाहीको लालबन्दी फुटबल क्लबलाइ एकका विरुद्ध छ गोलले पराजित गर्‍यो ।

  • श्रीलंकाद्वारा अष्ट्रेलिया ८ विकेटले पराजित

    फागुन ५ – त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृखंला अन्तर्गत आज भएको खेलमा श्रीलंका विजयी भएको छ । सिडनीमा श्रीलंकाले घरेलु टोली अष्ट्रेलियालाई आठ विकेटको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित हासिल गर्‍यो  ।

  • वीरगञ्जद्वारा मुनाल पराजित

    बारा, फागुन ४ - वीरगञ्ज युथ एकेडेमी क्लव बाराको सिमरामा चलिरहेको सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सिमरामा विहीवार भएको खेलमा झापाको मुनाल क्लवलाई दुई एकले हराउँदै वीरगञ्ज क्वाटर फाइनलमा पुगेको हो ।

  • अरनिको स्कूलद्वारा सागर सम्मानित

    काठमाडौं, फागुन ४ -  अरनिको आवसिय विद्यालय भोटेबहालले राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापालाई बिहीबार नगदसहित सम्मान गरेको छ । नेपाली फुटबल क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ राष्ट्रको प्रतिष्ठा बढाउने कार्यमा महत्वपूर्ण योगादन पु¥याएवापत सागरलाई सम्मान गरिएको हो ।

  • महिला क्रिकेट खेलाडीलाई जनही २ लाख रुपैयाँ दिईने

    काठमाण्डौं, फागुन ४ - १९ वर्षमुनिको एसिसी महिला क्रिकेटको उपाधि दिलाउने नेपाली टोलीका सदस्यहरुलाई सरकारले नगद २ लाख रुपैयाँ सहित सम्मान गर्ने भएको छ । विहीवार बसेको मन्त्रीपरिषदको बैठकले नेपाली टिमका खेलाडी र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

  • ट्वान्टी–ट्वान्टी विश्वकप छनौटका लागि क्रिकेट टिमको घोषणा

    काठमाण्डौं, फागुन ३ - फागुन ३० गतेदेखि युएईमा हुने एसिसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको छनौट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले टिमको घोषण गरेको छ । पारस खड्काको कप्तानीमा रहेको राष्ट्रिय टोलीमा परेश लोहनी र शक्ति गौचनले पुनरागमन गरेका छन् । परेश ३ वर्षदेखि राष्ट्रिय टोलीमा थिएनन् ।

  • सिमरा गोल्डकप फुटबलमा सहारा क्लवद्वारा जावलाखेल पराजित

    बारा, फागनु ३ - बारामा चलिरहेको सिमरा गोल्डकप फुटबल प्रतियोगिता अर्न्तगत वुधवारको खेलमा जावलाखेल युथ क्लव पराजित भएको छ । एक हप्ताअघि पोखरामा भएको आहा गोल्डकपको उपविजेता जावलाखेल युथ क्लव सिमरामा पोखराको सहारा क्लवसँग दुई शुन्यले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ ।

  • भारत र श्रीलंका बीचको एक दिवसीय क्रिकेट बराबरीमा

    फागुन २ - अष्ट्रेलियामा चलिरहेको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृखला अन्र्तगत भारत र श्रीलंका बचिको खेल बराबरीमा सकिएको छ । एडिलेडमा जितका लागि २ सय ३७ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३६ रन बनाएपछि खेल बराबरी भएको हो । अन्तिम बलमा भारतलाई जितका लागि ४ रनको खाँचो रहेको अवस्थमा श्रीलंकाका लासिथ मालिङ्गाको बललाई भारतीय कप्तान महेन्द्र सिंह धोनीले एक्सट्रा कभरमा प्रहार गर्दै ३ रन बटुले र खेल बराबरी गराए ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • वर्षेनी करोडौं रकम फ्रिज भएर जान्छ । तर बर्खामा बाढीपहिरो र हिउँदमा शितलहरले सयौंको ज्यान लिन्छ । बेलाबेलामा राहतको घोषणा गरेर नागरिकको आँखामा छारो हाल्नुको साटो विपत पीडितका लागि सरकारले एउटा स्थायी कोष खडा गर्न किन नसकेको होला ।

    ​सन्तोष पराजुली
  • डाक्टर केसीले व्यक्तिगत आरोप लगाउनु गलत थियो होला तर उहाँले उठाएका मुद्दा शतप्रतिशत सहि छन् । असोजयताका फैसला हेर्दा धेरै भष्ट्राचारी उम्किएका छन् ।

    ​केसी अनिल
  • काठमाडौंको ट्राफिक जाम, धुँवाधुलो, अस्तब्यस्त फुटपाथको राम्रोसँग व्यवस्था होस । अब बन्ने नयाँ सरकारले सडकका ट्राफिक लाइट नयाँ हालेर छरपस्ट रहेका तार मिलाएर सडकमा थुपारिएको फोहोर, जताततै टाँगिएका विज्ञापनका पोस्टरहरु हटाए मात्रै काठमाडौँलाई देशको राजधानी भन्न सुहाउँछ ।

    ​कपिल ज्ञवाली
सबै हेर्नुहोस

सोसल मिडिया