MENU
ujyaalo forign call inside

खेल

  • ए डिभिजन लिग : एपिएफद्वारा मध्यपुर पराजित

    काठमाडौं, मंसिर १६ - सहिद स्मारक ए डिभिजन लिग फुटवलमा विभागीय टोलीले पहिलो जित हात पारेको छ ।

  • ए डिभिजन लिग : मनाङ्गद्वारा वौद्ध पराजित

    काठमाडौं, मंसिर १६ - सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शनिवारको पहिलो खेलमा मनाङ्ग मर्स्याङ्गदी क्लव विजयी भएको छ । रंगशालामा भएको खेलमा मनाङ्गले बौद्धलाई ४–१ ले हरायो । यो जितपछि मनाङ्गको ७ अंक भएको छ । मनाङ्गलाई जिताउन अनिल गुरुङ्ग, शिव श्रेष्ठ, स्टेफेन र सिकोले गोल गरे ।

  • ए डिभिजन लिग : मनाङ र बौद्ध, मध्यपुर र एपिएफ भिड्दै

    काठमाडौ, मंसिर १६ – दुई दिन स्थगित भएको सहिद स्मारक ए डिभिजन लिग फुटबल शनिबारदेखि सञ्चालन हुदैछ । शनिबार मनाङ मर्स्याङ्दी र बौद्ध तथा मध्यपुर युथ एशोसिएशन र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

  • दृष्टिविहीन विश्वकप क्रिकेटमा भाग लिन नेपाली टोली बैंगलोर प्रस्थान

    काठमाडौं, मंसिर १५ – भारतको बैंगलोरमा हुने पहिलो दृष्टिविहीन ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा पर्सी बङ्गलादेशसँग खेल्नेछ ।

  • विश्वकप हात्तीपोलोको उपाधी जेगिंस खान मंगोलियालाई

    बर्दिया, मंसिर १५ – बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारामा सञ्चालित ३१ औँ विश्वकप हात्तीपोलो प्रतियोगिताको उपाधी जेगिंस खान मंगोलियाले जितेको छ । जेगिंस खानले टाइगिरीस पोलो अरबियालाई ५ का विरुद्ध ८ गोलले हराउँदै  उपाधी जितेको हो ।

  • आठौं ढोरपाटन ब्लु स्काइ कप भलिवलमा आज ४ खेल हुँदै

    काठमाडौ, मंसिर १५ – काठमाडौमा चलिरहेको आठौं ढोरपाटन ‘ब्लु स्काइ कप’ महिला भलिवलमा शुक्रबार चारवटा खेल हुँदैछन् । बिहान नौ बजेदेखि शुरु हुने खेलमा नेपाल प्रहरी र धादिङ, चण्डेश्वरी र काभ्रे, न्यु डायमन्ड र एन्जल्स हर्ट तथा एपिएफ र फिस्टेलबीच प्रतिस्पर्धा हुने आयोजक ढोरपाटन स्पोर्टस् प्रशिक्षण क्लबले जनाएको छ ।

  • दृष्टिविहीन ट्वान्टी ट्वान्टी विश्वकप खेल्न नेपाली टोली बेंगलोर जाँदै

    काठमाडौ, मंसिर १५ – भारतको बैंगलोरमा हुने प्रथम दृष्टिविहीन ट्वान्टी –ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी हुन नेपाली टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । जयसागर गिरीको कप्तानीमा विक्रम राना, सन्तोष सापकोटा, रामप्रसाद पौडेल, अमर ओली, दुर्गादत्त पौडेल, राजेन्द्र धिताल, शंकर रेग्मी, सुनील सुवेदी क्षेत्री, सिमानन्द गैरे, पदमबहादुर बरेला, जीवन तामाङ, लोक थापा, सूर्य भट्टराई, भगवती भट्टराई तथा रुपा बलाल भारत जान लागेका हुन् ।

  • अबको साफ च्याम्पियनसिप फुटबल नेपालमा हुने

    काठमाडौं, मंसिर १४ - साफ च्याम्पियनसीप फुटवल प्रतियोगिताको आगामी संस्करण अर्को वर्षको असोजमा काठमाडौंमा हुने भएको छ । दक्षिण एशियाली फुटवल परिषद साफको कार्यकारी समितिका अधिकारीको बैठकले प्रतियोगिता असोज ४ देखि १६ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

  • महिला डबल लिग भलिवल : विभागीय टिमको विजयी सुरुआत

    काठमाडौं, मंसिर  १४  - दुई विभागीय टिम डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले आठौं ढोरपाटन ‘ब्लु स्काइ कप’ टिभिएस महिला डबल लिग भलिबलमा बिहीबार विजयी सुरुआत गरेका छन् ।

  • रिकी पोन्टिङ्गको सन्यास

    मंसिर १४ - अष्ट्रेलियाका पूर्व क्रिकेटर कप्तान रिकी पोन्टिङ्गले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । दक्षिण अफ्रिका विरुद्धको तेश्रो क्रिकेट शुरु हुने अघिल्लो दिन विहीवार पत्रकार सम्मेलन गरि पोन्टिङ्गले सन्यास घोषणा गरेका हुन् । उनले गएको फेव्रुअरीमा एकदिवसीय क्रिकेट त्यागेका थिए । सन् १९९५ मा अन्तराष्ट्रिय क्रिकेट शुरु गरेका पोन्टिङ्गले त्यहि मैदानमा शुक्रवार अन्तिम खेल खेल्दैछन् ।

  • दृष्टि विहीन क्रिकेटको एशियाली विकास निर्देशकमा घिमिरे

    काठमाडौं, मंसिर १४ -  नेपाल दृष्टि विहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे दोश्रो कार्यकालका लागि विश्व दृष्टि विहीन क्रिकेट परिषदको एशियाली विकास निर्देशकमा चयन हुनु भएको छ । भारतको बैंगलोरमा सम्पन्न परिषदको साधारण सभाले घिमिरेलाई थप २ वर्षका लागि निर्देशकमा चयन गरेको संघले जनाएको छ ।

  • विश्वकप हात्तीपोलोको सेमिफाइनल खेल आज

    बर्दिया, मंसिर १४ – पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बर्दियाको  ठाकुरद्वारामा चलिरहेको ३१ औं विश्वकप हात्तीपोलो प्रतियोगितामा बिहीबार सेमिफाइनल र ओईपा क्वीजका लागि ८ वटै टिमवीच प्रतिस्पर्धा हुँदैछ । पहिलो सेमिफाइनलमा घरेलु टिम टाईगर टप्स नेपाल र टाइगिरिस पोलो अरयिबा भिड्दैछन् । दोस्रो खेल इएफजी स्वीट्जरल्याण्ड र जेङ्गिस खान मंगोलियावीच हुदैछ ।

  • काठमाडौमा आजदेखि महिला भलिवल

    काठमाडौ, मंसिर १४ – आठौं ढोरपाटन ‘ब्लु स्काइ कप’ टिभीएस महिला डबल लिग भलिवल बिहीबारदेखि गोंगबुमा रहेको नयाँ बसपार्कमा सुरु हुँदैछ । ढोरपाटन स्पोर्टस् प्रशिक्षण क्लबले गर्न लागेको प्रतियोगितामा ९ टिमको सहभागिता रहने क्लबका अध्यक्ष मनवीर छन्त्यालले बताउनुभयो ।

  • ए डिभिजन लिग : पुलिसलाई अर्को झड्का

    काठमाडौं, मंसिर १३ - सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पोहोरको विजेता नेपाल पुलिस क्लवले अर्को झड्का व्यहोरेको छ । यो सिजनको दोश्रो खेलमा संकटासँग हार व्यहोरेको पुलिस आफ्नो तेश्रो खेलमा मच्छिन्द्र क्लवसँग वुधवार २–० ले पराजित भएको छ ।

  • ए डिभिजन लिग : सरस्वति र संकटा बराबरीमा

    काठमाडौं, मंसिर १३ - सरस्वति र सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत वुधवार भएको संकटा क्लव र सरस्वति क्लवबीचको खेल १–१ को बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेलको २६ औं मिनेटमा योना एलियासले गोल गर्दै सरस्वती क्लवलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा ऊ अंक बाँड्न बाध्य भयो ।

  • ए डिभिजन लिग : संकटा र सरस्वती, पुलिस र मछिन्द्र भिड्दै

    काठमाडौ, मंसिर १३ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार संकटा र सरस्वती तथा नेपाल पुलिस र मछिन्द्र क्लबबीच खेल हुँदैछ । पहिलो खेलमा दिउँसो साढे १२ बजे संकटा र सरस्वती भिड्नेछन् । लिगको पहिलो खेलमा संकटाले मनाङ मर्स्याङ्दीसंग बराबरी खेलेको थियो भने दोश्रो खेलमा नेपाल पुलिस क्लबलाई हराएको थियो ।

  • ए डिभिजन लिग : एनआरटीद्वारा सेना पराजित

    काठमाडौं, मंसिर १२ - सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार भएको दोश्रो खेलमा न्युरोड टिम एनआरटी विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा एनआरटीले नेपाली सेनालाई १–० ले हरायो ।

  • ए डिभिजन लिग : आरसिटीद्वारा फ्रेण्ड्स पराजित

    काठमाडौं, मंसिर १२ -सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत मंगलवारको पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसिटी विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा आरसिटीले फ्रेण्ड्स क्लबलाई २–१ ले हरायो । आरसिटीको जितमा दुवै गोल दिपेश मगरले गरे । फ्रेण्ड्सका निराजन खड्काले १ गोल फर्काए ।

  • ए डिभिजन लिग : आरसिटी र फ्रेण्डस्, आर्मी र एनआरटी भिड्दै

    काठमाडौ, मंसिर १२ – काठमाडौमा चलिरहेको ए डिभिजन लिग फुटबल प्रतियोगितामा मंगलबार रानीपोखरी कर्नर टिम आरसीटी र फ्रेण्ड्स क्लब तथा न्युरोड टिम एनआरटी र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । पछिल्लो समय उत्कृष्ट लयमा रहेको आरसीटीले पहिलो खेलमा बौद्धलाई २–शून्यले पराजित गरेको थियो ।

  • ए डिभिजन लिग : हिमालयन र बाँसवारी बराबरीमा

    काठमाडौं, मंसिर ११ - सहिद स्मारक लिग ए डिभिजन लिग फुटवल अन्तर्गत सोमवारको दोस्रो खेलमा हिमालयन शेर्पा क्लवलाई बाँसबारी क्लवले बराबरीमा रोकेको छ । पहिलो खेलमा न्युरोड टि एनआरटीसँग हारेको बाँसबारीले हिमालयन शेर्पालाइ गोल रहित बराबरीमा रोकेको हो । खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् र अंक बाँड्न बाध्य भए ।

  • ए डिभिजन लिग : थ्रीस्टारको पहिलो जित

    काठमाडौं, मंसिर ११ - थ्रीस्टार क्लवले सहिद स्मारक ए डिभिजन लिग फुटवलमा पहिलो जित दर्ता गरेको छ । प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा थ्रिस्टारले आफ्नो खेलमा सोमवार बौद्ध फुटबल क्लवलाई ४–० को फराकिलो अन्तरले हराउँदै स्पष्ट ३ अंक हात पारेको छ । पहिलो खेलमा थ्रिस्टार सरस्वति क्लवसँग २–१ ले पराजित भएको थियो ।

  • दोश्रो टेष्टमा भारतमाथि इङ्गल्याण्डको १० विकेटको जित

    मंसिर ११ – इङ्गल्याण्ड विरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारत १० विकेटले पराजित भएको छ । इङ्गल्याण्डले जितसंगै चार म्याचको श्रृङ्खलामा एक/एकको बराबरी गरेको छ । यसअघि भएको पहिलो टेष्ट भारतले ९ विकेटले जितेको थियो ।

  • ए डिभिजन लिग : थ्रीस्टार र बौद्ध, हिमालयन र बाँसबारी भिड्दै

    काठमाडौ, मंसिर ११ – सहिद स्मारक ए डिभिजन लिगमा सोमबार थ्रीस्टार र बौद्ध तथा हिमालयन शेर्पा र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौको दशरथ रंगशालामा थ्रीस्टार र बौद्ध दिउँसो साढे १२ बजे भिड्नेछन् । यसअघिको खेलमा थ्रीस्टार सरस्वतीसंग र बौद्ध आरसीटिसंग पराजित भएका थिए ।

  • दक्षिण एशियाली कराँते मंसिर १३ देखि

    काठमाडौ,मंसिर १० - नेपाल गोजुरियो कराँते–डो संघको आयोजनामा प्रथम दक्षिण एशियाली कराँते च्याम्पियनशिप मंसिर १३ गतेदेखि १५ गतेसम्म काठमाडौंमा हुने भएको छ । पहिलो पटक दक्षिण एशियाली कराँते आयोजना गर्न लागेको संघका अध्यक्ष चन्द्र प्रकाश  घर्ती मगरले आईतवार पत्रकार सम्मेलनमा जानकारी गराए । नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिप्स, श्रीलंका र अफगानिस्तानले सहभगिता जनाउने यस प्रतियोगिता नेपालको समग्र खेलकुदको विकासमा कोसेढुङ्गा सवित हुने घर्ती मगरको भनाई छ । राखेपको कभर्डहलम...

  • ए डिभिजन लिग : लय समाउँदै जाउलाखेल

    काठमाडौं, मंसिर १० सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लवले आफ्नो लय समातेको छ । प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा जाऊलाखेलले आइतवारको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–१ ले हराएको छ । जाउलाखेललाई जिताउने क्रममा विदेशी खेलाडी जोन डुकले ह्याट्रिक गरे । उनी जारी प्रतियोगितामा ह्याट्रिक गर्ने दोश्रो खेलाडी हुन् ।

  • ए डिभिजन लिग : मनाङ्गद्वारा सरस्वति पराजित

    काठमाडौं, मंसिर १० - ए डिभिजन लिग फुटबल अन्तर्गत आइतवारको पहिलो खेल मनाङ्ग मर्स्याङ्गदी क्लवले जितेको छ । सरस्वति युथ क्लवलाई ३–१ ले हराउदै मनाङ्गले ३ अंक बटुल्यो । खेलको ५४ औ मिनेटसम्म १ शुन्यले पछि परेको अवस्था उल्टाउदै मनाङ्गले नतिजा आफ्नो पक्षमा पारेको हो । मनाङ्गको जितमा सुजल श्रेष्ठ, स्टेफेन र अमिर श्रेष्ठले गोल गरे । खेलको ३२ औ मिनेटमा रमेश घिसिङ्गको गोलमा अग्रता लिएपनि सरस्वतिले त्यसलाई जोगाउन सकेन । आफ्नो पहिलो खेलमा सरस्वतिले थ्रीस्टारलाई हराएको थियो ।...

  • मनाङ र सरस्वती तथा जावलाखेल र एपीएफ भिड्दै

    काठमाडौं, मंसिर १० – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङदी र सरस्वती तथा जावलाखेल र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङ र सरस्वतीबीचको खेल दिउँसो साढे १२ बजे दशरथ रंगशालामा हुनेछ ।

  • ए डिभिजन लिग : संकटासँग पुलिस स्तब्ध

    काठमाडौं, मंसिर ९ - सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपाल पुलिस क्लव पराजित भएको छ । दशरथ रंगशालामा शनिवार भएको दोश्रो खेलमा पुलिसलाई संकटा क्लवले दुई शुन्यले हरायो । आफ्नो पहिलो खेलमा मनाङ्ग मर्स्याङ्दी क्लवलाई एक एकको बराबरीमा रोकेको संकटालले पुलिस विरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्‍यो ।

  • ए डिभिजन लिग : मच्छिन्द्र र मध्यपुर बराबरीमा

    काठमाडौं, मंसिर ९ - सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शनिवार भएको मच्छिन्द्र क्लव र मध्यपुर युथ एशोशिएसनबीचको खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा दुवै टिमले गोल गर्न केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । यो नतिजासंगै २ खेलबाट मच्छिन्द्रको ४ अंक भएको छ ।

  • ए डिभिजन लिगमा दोश्रो राउण्डका खेल आजदेखि

    काठमाडौ, मंसिर ९ – सहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगितामा शनिबारदेखि दोश्रो राउण्डका खेल शुरु हुँदैछन् । दोश्रो राउण्डको पहिलो खेलमा दिउँसो साढे १२ बजे मच्छिन्द्र क्लब र मध्यपुर युथ एसोसिएसन भिड्नेछन् ।

  • त्रिभुवन आर्मी र फ्रेन्डस् बराबरीमा

    काठमाडौं, मंसिर ८ – ए डिभिजन लिग प्रतियोगितामा त्रिभुवन आर्मी र फ्रेन्डस् क्लबले बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको आजको दोश्रो खेलमा आर्मी र फ्रेण्ड्सले गोल रहित बराबरी खेलेका हुन् ।

  • ए डिभिजन लीग: एनआरटीको विजयी सुरुवात

    काठमाडौं, मंसिर ८ – न्यूरोड टिम (एनआरटी) ले ए डिभिजन लीग फुटबलमा विजयी सुरुवात गरेका छन् । दशरथ रंगशालामा बासबारी क्लवलाई ५/ ३ ले हराउदै एनआरटीले ३ अंक जोडेको हो । एनआरटीको जितमा विदेशी खेलाडी सेगुन आकिनादेले ह्याट्रिक गरे भने लक्ष्मण रुचाल र अकिन ओलिमिदेजी ले १/ १ गोल गरे ।

  • ए डिभिजन लिग : एनआरटी विरुद्ध बाँसबारी, आर्मी विरुद्ध फ्रेण्डस्

    काठमाडौ, मंसिर ८ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार न्यूरोड टिम एनआरटी र बाँसबारी तथा त्रिभुवन आर्मी र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौको दशरथ रंगशालामा हुने पहिलो खेलमा एनआरटी र बाँसबारी दिउँसो साढे १२ बजे भिड्नेछन् ।

  • ए डिभिजन लिग : आरसिटीद्वारा बौद्ध पराजित

    काठमाडौं, मंसिर ७ - सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत विहीवार भएको दोश्रो खेलमा रानीपोखरी कर्नर टिम आरसिटी विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा आरसिटीले बौद्ध फुटबल क्लबलाई २–० ले हरायो ।

  • ए डिभिजन लिग : हिमालयनद्वारा एपिएफ पराजित

    काठमाडौं, मंसिर ७  - सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत विहीवारको पहिलो खेलमा हिमालयन शेर्पा क्लव विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–० ले हरायो । हिमालयनलाई जिताउन पुकार गहतराज, सोमबहादुर मल्ल र धिरज गुरुङ्गले गोल गरे ।

  • ए डिभिजन लिगः हिमालयन शेर्पा र एपीएफ तथा आरसीटी र बौद्ध भिड्दै

    काठमाडौं, मंसिर ७ – ए डिभिजन लिग राष्ट्रिय फुटबलमा आज हिमालयन शेर्पा र एपीएफ तथा आरसीटी र बौद्ध फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । बिहीबार दिउँसो साढे १२ बजे  हिमालयन शेर्पा र शसस्त्र प्रहरीको एपीएफ क्लबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल दिउँसो साढे दुईबजे रानीपोखरी कर्नर टिम (आरसीटी) र बौद्ध फुटबल क्लबीच हुनेछ ।

  • ए डिभिजन लिग : सरस्वतिसँग थ्रीस्टार स्तब्ध

    काठमाडौं, मंसिर ६ - उपाधिको दावेवार मानिएको थ्रीस्टार क्लव सहिद स्मारक ए डिभिजन लिग फुटवलको आफ्नो पहिलो खेलमा पराजित भएको छ । दशरथ रंगशालामा भएको दोश्रो खेलमा थ्रीस्टार सरस्वति क्लवसंग २–१ ले पराजित भएको हो । सरस्वतीको जितमा रमेश घिसिङ्ग र कृष्णगोपाल श्रेष्ठले गोल गरे । थ्रीस्टारका सन्तोष साहुखलले एक गोल फर्काए । स्टार खेलाडीले भरिएको भएपनि थ्रीस्टारले राम्रो खेल्न सकेन ।

  • ए डिभिजन लिग : आफ्नै क्लवका पूर्व खेलाडीले रुवाए जाउलाखेललाई

    काठमाडौं, मंसिर ६ - आफ्नै क्लवका पूर्व खेलाडीले गतिलो प्रदर्शन गरेपछि जाउलाखेल युथ क्लवले लज्जास्पद हारबाट सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगिता अन्तगर्त वुधवार भएको खेलमा जाउलाखेल मच्छिन्द्र क्लवसँग ५–१ को फराकिलो अन्तरले पराजित भयो ।

  • खुल्ला म्याराथनमा कल्याण विजेता

    काठमाडौ, मंसिर ६ –  सातौ महानगरीय प्रहरी दिवस र ट्राफिक सप्ताहको अवसरमा काठमाडौमा बुधबार बिहान भएको खुल्ला म्याराथनमा पुरुषतर्फको १० किलोमिटरमा नेपाली सेनाका कल्याण बानियाँ पहिलो भएका छन । सेनाकै लेटरसिंह खत्री दोस्रो र कृष्ण बस्नेत तेस्रो भए ।

  • ए डिभिजन लिगः जावलाखेल र मच्छिन्द, थ्रीस्टार र सरस्वती भिड्दै

    काठमाडौं, मंसिर ६ – ए डिभिजन लिग फुटबलमा आज पनि दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा दिउसो साढे १२ बजे जावलाखेल र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा नै हुने अर्को खेलमा दिउसो साढे दुईबजे थ्रीस्टार र सरस्वती क्लब भिड्नेछन ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया