MENU
Ncell Axiata

खेल

  • नेपाल कहाँ छ फिफालाई थाहा छैन ?

    काठमाण्डौं, कात्तिक २८ - फुटबलको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफामा विश्वका २ सय ८ वटा देश सदस्य छन् । नेपाल पनि फिफाको सदस्य राष्ट्र हो । तर फिफाले अहिलेसम्म नेपाल कहाँ पर्छ भन्ने थाहा पाएको रहनेछ । तपाईलाई पत्यार लागेन ?

  • पोखरा कप फुटबलमा आरसीटी र बंगलादेशको एसजे धनमुण्डी क्लब भिड्दै

    पोखरा, कात्तिक २८ — पोखरामा चलिरहेको सफल पोखरा कप फुटबल प्रतियोगिताको तेश्रो क्वाटरफाईनल खेलमा आज रानीपोखरी कर्नर टीम आरसीटी र बंगलादेशको एसजे धनमुण्डी क्लवबीच प्रतिस्पर्धा हुँदैछ । आरसिटीले नेपाल पुलिस क्लबलाई हराएर क्वाटर फाईनल पुगेको हो भने बंगलादेशी टोली सिधै क्वाटर फाईनल पुगेको हो ।

  • नेपाल ५२ औं सुब्रतो मुखर्जी कप फुटबलको सेमिफाइनलमा

    नयाँ दिल्ली, कात्तिक २७ -  नेपाल भारतको नयाँ दिल्लीमा चलिरहेको ५२ औं सुब्रतो मुखर्जी कप फुटबल प्रतियोगिता २०११ को सेमिफाइनलमा पुगेको छ । नेपालको प्रतिनिधित्व गरेको बुटबल ईलिट इङ्गलिस स्कुल, बुटवलले आज भएको क्वाटरफाईनलमा मिजोरम टिमलाई ट्राईब्रेकमा ५–४ ले हरायो ।

  • हिमालयन सेर्पा सफल पोखरा कप फुटबलको सेमिफाइनलमा

    पोखरा कात्तिक २७ - हिमालयन सेर्पा क्लव सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा दिपक राईले गरेको एक मात्र गोलमा मद्दतमा भारत कोलकाताको साउथर्न स्पोटर्स क्लबलाई १–० ले हराउँदै हिमालयन सेर्पा सेमिफाइनलनमा पुगेको हो ।

  • ललितपुरमा मंसिर ६ गतेदेखि प्रथम राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीप हुने

    ललितपुर, कात्तिक २७ - ललितपुरमा मंसिर ६ गतेदेखि १० गतेसम्म प्रथम राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीप हुने भएको छ । द हिमालय चेस क्लवको आयोजना तथा विश्व बुद्धिचाल महासंघ, एशियन चेस फेडेरेशन र नेपाल बुद्धिचाल संघको स्वीकृतिमा संचालन हुने यस प्रतियोगिताका विजेताले एशियन एमेच्योर र बल्र्ड एमेच्योर च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

  • सफल पोखरा फुटबलमा हिमालयन शेर्पा र भारतको साउथर्न स्पोर्टस् क्लब भिड्दै

    पोखरा, कात्तिक २७ — पोखरामा चलिरहेको सफल पोखरा कप फुटबल प्रतियोगिता अन्तर्गत दोश्रो क्वार्टर फाईनलमा आज हिमालयन शेर्पा र साउथर्न स्पोर्टस् क्लब भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

  • संखुवासभामा पाँच दिने खेलकुद महोत्सव हुने

    संखुवासभा, कात्तिक २७ — संखुवासभा सदरमुकाममा मंसिर ९ देखि १३ सम्म खेलकुद महोत्सव हुने भएको छ । ‘पर्यटनका लागि खेलकुद’ भन्ने नाराका साथ पर्यटन बर्ष २०११ लाई सफल बनाउन खेलकुद महोत्सबको गर्न लागिएको हो ।

  • थ्रीस्टारलाई हराउँदै आर्मी पोखरा कप फुटबलको सेमिफाइनलमा

    पोखरा, कात्तिक २६ - टंक बस्नेतले गरेको एक मात्र गोलको मद्दतमा थ्रीस्टार क्लवलाई हराउँदै नेपाल आर्मी सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आर्मीलाई जिताउन बस्नेतले ७१ औं मिनेटमा कर्नर किकको बललाई हेड गर्दै गोलमा परिणत गरेका हुन् ।

  • पोखरामा खेलकुद कार्यशाला गोष्ठी

    पोखरा, कात्तिक २६ - पश्चिमाञ्चल क्षेत्रीय खेलकुद कार्यशाला गोष्ठी पोखरामा शुरु भएको छ । फागुन १४ गतेदेखि सुदूरपश्चिममा शुरु हुने छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलवाट सहभागीता सम्बन्धमा छलफल गर्न गोष्ठी आयोजना गरिएको हो ।

  • आयोजक पोखरा ११ सफल पोखरा कप फुटबलको क्वार्टरफाईनलमा

    पोखरा, कात्तिक २५ — आयोजक पोखरा ११ सफल पोखरा कप फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा ट्रान्सपोर्ट युनाइटेड भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हराउँदै पोखरा ११ क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

  • क्षेत्रीय क्रिकेट विकास समिती विराटनगर पुनर्गठन

    विराटनगर, कात्तिक २४- क्षेत्रीय क्रिकेट विकास समिती विराटनगर पुनर्गठन भएको छ । नेपाल क्रिकेट संघ क्यानको निर्देशन अनुसार शैलेश कुमार चौधरीको अध्यक्षतामा १७ सदस्यीय समितिको पुनरगठन गरिएको हो । समितिको उपाध्यक्षमा भिम पराजुली, शैलेन्द्र राज नेपाल सचिव, सुरेश लाल श्रेष्ठ कोषध्यक्ष र ऋषिवचन यादव सहसचिव हुनुहुन्छ ।

  • सफल पोखरा कप फुटबलमा आरसिटीद्वारा पुलिस पराजित

    पोखरा, कात्तिक २४ - सफल पोखरा कप फुटबल प्रतियोगिता अर्न्तगतको खेलमा रानी पोखरी कर्नर टिम आरसिटीले नेपाल पुलिस क्लवलाई हराएको छ । पोखरा रंगशालामा भएको खेलको अतिरिक्त समयको १० औं मिनेटमा अमर डंगोलले गरेको एक मात्र गोलको मद्दतमा आरसिटी विजयी भयो ।

  • नेपाली टोली सुब्रतो मुखर्जी कप फुटवलको क्वार्टर फाइनलमा

    नयाँदिल्ली, कात्तिक २४ - लगातार तीन खेल जित्दै नेपाली टोली भारतको राजधानी नयाँ दिल्लीमा चलिरहेको ५२ औं सुब्रतो मुखर्जी कप फुटवल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपालको प्रतिनिधित्व गरेको बुटवल इलिट इङ्लिस स्कुलले आज भारतको गुजरातलाई ४-१ ले हरायो ।

  • सफल पोखरा कप फुटबलमा पुलिस र रानी पोखरी कर्नर टिम भिड्दै

    पोखरा, कात्तिक २४ — पोखरामा भईरहेको सफल पोखरा कप फुटबलमा आज राष्ट्रिय लिग च्याम्पियन नेपाल पुलिस र रानी पोखरी कर्नर टिम आरसिटीबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो पोखरा रंगशालामा हुनेछ ।

  • सफल पोखरा कप फुटबलमा हिमालयनद्वारा एनआरटी पराजित

    पोखरा, कात्तिक २३ - पुकार गहतराजले पेनाल्टी मार्फत गरेको एक मात्र गोलको मद्दतमा हिमालयन सेर्पा क्लव सफल पोखरा कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको खेलमा न्यूरोड टिम एनआरटीलाई एक शुन्यले हराउँदै हिमालयन सेर्पा क्वाटर फाइनलमा पुगेको हो ।

  • सुब्रतो मुखर्जी कप फुटबलमा नेपालको जीत

    नयाँ दिल्ली, कात्तिक २३ - भारतको नयां दिल्लीमा भइरहेको ५२ औं सुब्रतो मुखर्जी कप फुटबल प्रतियोगिता २०११ को दोश्रो खेलमा पनि नेपाली टोली विजयी भएको छ । इन्डियन एयर फोस्रको आयोजनामा भईरहेको १४ वर्ष मुनिको उमेर समुहमा नेपालको प्रतिनिधित्व गरेको बुटबल ईलिट इङ्गलिस स्कुल बुटवलले भारत झारखण्डको टिमलाई ८० को फराकिलो अन्तरले हरायो ।

  • दार्जिलिङ्गमा भएको फुटबलमा थ्रिस्टार क्लव पराजित दार्जिलिङ्गमा भएको फुटबलमा थ्रिस्टार क्लव पराजित

    दार्जिलिङ्ग, कात्तिक २३ - अल इण्डिया व्रिगेड अफ गोर्खाज गोल्ड कप फुटबल प्रतियोगिता अर्न्तगत आजको खेलमा मेगा थ्रिस्टार क्लव पराजित भएको छ । भारतको दार्जिलिङ्गमा आज भएको क्वाटर फाइनल खेलमा थ्रि स्टार क्लव भारतको टाटा फुटबल एकेडेमीसँग एक शुन्यले पराजित भयो ।

  • सफल पोखरा कप फुटबलमा हिमालयन शेर्पा र एनआरटी भिड्दै

    पोखरा, कात्तिक २३ — पोखरामा मंगलबार देखि सुरु भएको सफल पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आज हिमालयन शेर्पा र न्यरोड टिम एनआरटी प्रतिस्पर्धा गर्दैछन् । शहीद स्मारक ए डिभिजन लिग फुटबलका दुई उत्कृष्ट टोलीबीचको आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

  • सफल पोखरा कप फुटबलमा आर्मीको विजयी सुरुवात

    पोखरा, कात्तिक २२ - नेपाल आर्मीले सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लबलाई २१ ले हराउँदै आर्मी क्वाटर फाइनलमा प्रवेश गरेको छ । आर्मीलाई जिताउन नवयुग श्रेष्ठले ४४ औं तथा ६६ औं मिनेटमा हरि महतोले गोल गरे ।

  • पूर्व हेवीवेट बक्सिङ च्याम्प्यिन जो फ्रेजर रहेनन् पूर्व हेवीवेट बक्सिङ च्याम्प्यिन जो फ्रेजर रहेनन्

    कात्तिक २२ - पूर्व हेवीवेट बक्सिङ च्याम्प्यिन जो फ्रेजरको ६७ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी बक्सर फ्रेजर कलेजोको क्यान्सरबाट पीडित थिए । फ्रेजरका परिवारले एक विज्ञप्ति जारी गरी उनको निधनको पुष्टि गरेका छन् । फ्रेजरलाई फिलाडेल्फियामा रहेको उनकै घरमा राखेर उपचार गरिँदै थियो । होचो कदका निकै प्रभावशावी बक्सर फ्रेजर बक्सिङका किङ मानिने मोहम्मद अलिलाई हराउने पहिलो खेलाडि थिए ।

  • ललितपुरमा हुने भनिएको बृहत खेलकुद महोत्सव सर्‍यो

    ललितपुर, कात्तिक २२ - ललितपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको बृहत खेलकुद महोत्सव सरेको छ । कात्तिक २४ गतेदेखि २६ गते सम्म हुने भनिएको महोत्वस मंसिर ६ गतेदेखि ९ गते सम्म आयोजना हुने ललितपुर जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

  • सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता शुरु

    पोखरा , कात्तिक २२ - पोखरामा आजदेखि सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता शुरु हुँदैछ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी र जावलाखेल युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालको ए डिभिजनका ७ टोलीसँगै आयोजक पोखरा ११ तथा तीनवटा विदेशी क्लब सहभागि हुनेछन् ।

  • एएफसी च्यालेन्ज कप आयोजनाको तयारी तिव्र

    काठमाण्डौं, कात्तिक २१ - अखिल नेपाल फुटबल संघ एन्फाले फागुन २० गतेदेखि सुरु हुने एएफसी च्यालेन्ज कप २०१२ आयोजनाका लागि आवश्यक तयारी तिव्र पारेको छ । एशियाली फुटबल महासंघ एएफसीमा भएको मतदानबाट नेपालले भौतिक पुर्वाधारमा सुधार गर्नुपर्ने सर्त सहित आयोजनाको अवसर पाएको थियो ।

  • पौडी संघमा नयाँ नेतृत्व पौडी संघमा नयाँ नेतृत्व

    काठमाण्डौं, कात्तिक १९ - नेपाल पौडी संघको तेश्रो केन्द्रीय साधारण सभाले १६ सदस्य केन्द्रीय कमिटीको निर्विरोध चयन गरेको छ । अशोक बज्राचार्यको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा गीता राणा, राजेश बज्रचार्य र टंकबहादुर र्घर्ती मगर चयन हुनु भएको छ । त्यसैगरी महासचिवमा जगतमान श्रेष्ठले जिम्मेवारी पाउनु भएको छ भने कोषाध्यक्षमा नरेश वैद्य चयन हुनभयो ।

  • नेपाल सार्क ट्वान्टी-ट्वान्टी क्रिकेटबाट बाहिरियो नेपाल सार्क ट्वान्टी-ट्वान्टी क्रिकेटबाट बाहिरियो

    काठमाण्डौं, कात्तिक १९ - नेपाल माल्दिभ्समा भएको २५ वर्षमुनिको सार्क ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । आज भएको पाकिस्तान विरुद्धको खेलमा ७३ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन मात्र बनायो ।

  • सार्क ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालले पाकिस्तानको सामना गर्दै सार्क ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालले पाकिस्तानको सामना गर्दै

    काठमाडौं, कात्तिक १९ — माल्दिभ्समा चलिरहेको २५ वर्षमुनिको सार्क ट्वान्टी ट्वान्टी क्रिकेटको सेमीफाइनल प्रवेशका लागि नेपालले आज बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । पहिलो खेलमा श्रीलंकासँग हारेर दोश्रो खेलमा भारतलाई हराएको नेपाल अन्तिम ४ मा पुग्नको लागि आजको खेल जित्नैपर्ने भएकाले गर वा मरको स्थितिमा छ ।

  • सफल पोखरा कप फुटबलको ड्र सार्वजनिक (खेलतालिका सहित)

    पोखरा, कात्तिक १८ -मंगलवारदेखि पोखरामा सुरु हुने सफल पोखरा कप फुटबल प्रतियोगिताको ड्र सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको ड्र अनुसार उद्घाटन खेलमा जावलाखेल युथ क्लव र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुने छ ।

  • छैठौँ राष्ट्रिय खेलकुदका खेलहरु नेपालगन्जमा पनि गरिने छैठौँ राष्ट्रिय खेलकुदका खेलहरु नेपालगन्जमा पनि गरिने

    काठमाडौं, कात्तिक १८ — फागुन १४ देखि २१ गतेसम्म आयोजना हुने छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु मध्यपश्चिमको नेपालगन्जमा समेत हुने भएका छन । कैलाली र कञ्चजपुरमा आयोजना हुने प्रतियोगिता अन्तरगतका आईटीएफ र फुल कन्ट्याक्ट कराँते का खेलहरु नेपालगन्जमा हुने निश्चित भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उज्यालोलाई जानकारी दिनुभयो ।

  • ट्वान्टी-ट्वान्टी क्रिकेटमा भारत विरुद्धको जीत (फोटो फिचर)

    माल्दिभ्स, कात्तिक १७ - चलिरहेको सार्क ट्वान्टी-ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा भारतलाई हराउँदै सेमिफाइनल पुग्ने संभावना जीवितै राखेको छ ।  फुअमुल्लाहमा रहेको अहमद अली दिदि क्रिकेट स्टेडियम नेपालले भारतको प्रतिनिधित्व गर्दै आएको कर्णाटक क्रिकेट टिमलाई ६ विकेटले हरायो । जितका लागि पाएको २ सय १९ रनको लक्ष्य भेटाउने क्रममा नेपालका कप्तान पारस खड्काले ६२ र ज्ञानेन्द्र मल्लले ६८ रन बनाए ।

  • ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपालद्वारा भारत पराजित

    काठमाण्डौं, कात्तिक १७ -माल्दिभ्समा चलिरहेको २५ वर्षमुनिको साफ ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अर्न्तगत आज भएको भारत विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । भारतको प्रतिनिधित्व गरेको कर्नाटक इष्टिच्युट अफ क्रिकेटको टोलीबाट जितका लागि पाएको २ सय १९ रनको लक्ष्य भेटाउने क्रममा नेपालका कप्तान पारस खड्काले ६२ र ज्ञानेन्द्र मल्लले ६८ रन बनाए ।

  • साफ च्याम्पियनसिपको ड्र सार्वजनिक

    काठमाण्डौं, कात्तिक १६ - एक महिनापछि भारतमा हुने दक्षिण एशियाली फुटबल च्याम्पियनसिपको ड्र सार्वजनिक भएको छ । साफ च्याम्पियनसिप आयोजक समितिले नयाँ दिल्लीमा आज सार्वजनिक गरेको ड्र अनुसार नेपाल माल्दिभ्स बंगलादेश र पाकिस्तान सम्मिलिन कठिन समुहमा परेको हो । अर्को समुहमा भारत सहित श्रीलंका भुटान र अफगानिस्तान छन् ।

  • श्रीलंका विरुद्धको ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाल पराजित

    काठमाण्डौं, कात्तिक १५ - २५ वर्ष मुनिको सार्क ट्वान्टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । माल्दिभ्समा टेष्ट मान्यता प्राप्त श्रीलंका विरुद्धको खेलमा नेपालल ७७ रनले पराजित भयो । खेलमा जितका लागि २ सय ४१ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६३ रन मात्र बनायो ।

  • एसिसी ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपाल सजिलो समुहमा एसिसी ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपाल सजिलो समुहमा

    काठमाण्डौं, कात्तिक १५ - एक महिनापछि हुने एसिसी ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपाल सजिलो समुहमा परेको छ । मंसिर १७ गतेदेखि हुने प्रतियोगितामा नेपाल, मलेशिया, यूएई, भुटान र साउदी अरेविया सम्मिलित समुह बिमा परेको हो । समुह एमा २ पटकको विजेता अफगानिस्तानसहित हङकङ, ओमान, कुवेत र माल्दिभ्स छन् ।

  • ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाल श्रीलङ्कासँग भिड्दै ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाल श्रीलङ्कासँग भिड्दै

    काठमाडौं, कात्तिक १५ — २५ वर्ष मुनिको सार्क ट्वान्टी ट्वान्टी क्रिकेटमा आज नेपाल टेष्ट मान्यता प्राप्त श्रीलंकासंग भिड्दैछ । माल्दिभ्समा हुने प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा दिउँसो सवा २ बजे श्रीलंकाको सामना गर्नेछ ।

  • छैठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक छैठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

    काठमाण्डौ, कार्तिक १३ - राष्ट्रिय खेलकुद परिषदले सूदुरपश्चिमाञ्चलमा फागुण १४ गतेदेखि २१ गतेसम्म हुने छैठौं राष्ट्रिय खेलकुदको प्रतिक चिन्ह लोगो सार्वजनिक गरेको छ । चन्द्र सूर्य रातो र निलो रङगले राष्ट्रियता परेवाले शान्तिको प्रतिक पाँच ओलम्पिक रिङले पाँच विकास क्षेत्र रिङलाईनै आधार मानी मानिसहरुको चेनले सूदुरपश्चिमाञ्चलमाको लोकप्रिय नाच देउडा नाच र खेलाडीहरुको जमघटलाई लोगोले प्रतिनिधित्व गरेको छ ।

  • नेपाली राष्ट्रिय फुटवल टोली स्वदेश फर्कियो नेपाली राष्ट्रिय फुटवल टोली स्वदेश फर्कियो

    काठमाडौं, कात्तिक १३ — एक महिनाका लागि दक्षिण पूर्वि एशियाको भ्रमणमा निस्किएको नेपाली राष्ट्रिय फुटवल टोली आज स्वदेश फर्किएको छ। आउँदो मंसिर १५ गतेदेखि भारतको नयाँदिल्लीमा शुरु हुने सातौं साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि  नेपाली टोली दक्षिण पूर्वी एशियाको भ्रमणमा गएको थियो ।

  • नेपालद्वारा कम्बोडिया १—० ले पराजित

    काठमाडौं, कात्तिक ११ — नेपालले शुक्रबार भएको मैत्रीपूर्ण फुटबलमा कम्बोडियालाई १ गोलले पराजित गरेको छ । कम्बोडियाको नेशनल ओलम्पिक स्टेडियममा केहीबेर अघि सकिएको खेलमा नेपालले १— ० ले जित हाँसिल गरेको हो ।

  • नेपाल र कम्बोडियाबीचको मैत्रीपूर्ण खेल आज

    काठमाण्डौं, कात्तिक ११ -नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रवार कम्बोडियाको २३ बर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ । यो खेल कम्बोडियाको नेशनल ओलम्पिक स्टेडियममा पौने ५ बजे सुरु हुने छ । आशियन क्षेत्रको भ्रमणमा निस्केको नेपाललाई यसअघि मलेशिया र फिलिपिन्ससँगका खेल हारेका कारण पनि इज्जत बचाउनलाई भएपनि आजको खेल जित्नै पर्ने दवाव छ ।

  • क्रिकेट टोली माल्दिभ्स जाँदै क्रिकेट टोली माल्दिभ्स जाँदै

    काठमाण्डौं, कात्तिक ११ - सोमवारदेखि माल्दिभ्समा शुरु हुने सार्क ट्वान्टी-ट्वान्टी क्रिकेटमा भाग लिन नेपाली टोली शुक्रवार त्यसतर्फ जाँदै छ । कप्तान पारख खड्काको नेतृत्वमा नेपाली टोली शुक्रवार दिउँसो पौने ३ बजे त्यस तर्फ जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

  • श्रृलंका पाकिस्तान विरुद्ध २३९ रनमा समेटियो

    कात्तिक १० — पाकिस्तान विरुद्धको दोश्रो टेष्ट क्रिकेटको पहिलो पालिमा श्रीलंका २ सय ३९ रनमा समेटिएको छ । यूएईको दुबईमा टस जितेर पहिला ब्याटिङ्ग गरेको श्रीलंकाले ८९ ओभर खेलेर पुरै १० विकेट गुमाउँदै २ सय ३९ रन मात्र बनाएको छ ।

Skill Training

मेरो पनि भन्नु छ

  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
  • नेपालको संविधानको धारा २८८ मा प्रदेश सभाका दुई तिहाई सदस्यले राजधानी तोक्ने व्यवस्था भएकोले अहिले अस्थायी राजधानी तोकेको आधारमा आन्दोलन गर्नु उचित हैन ।

    युवराज पौडेल
  • संवैधानिक जटिलताका कारण सरकारले अस्थाई राजधानी तोकेको हो । स्थायी केन्द्र निर्धारण गर्ने काम प्रदेश संसदको क्षेत्राधिकार भित्र पर्छ । प्रदेश संसद र सरकारलाई पनि विवेक प्रयोग गर्न दिउँ न । आन्दोलन गरेरै राजधानी खोज्ने हो भने चुनावमा भोट हाल्नुको के अर्थ ?

    ​रञ्जित तामाङ
सबै हेर्नुहोस

सोसल मिडिया