MENU
Ncell Axiata

खेल

  • डाबर नेपालद्वारा राष्ट्रिय फुटबल टिमको प्रायोजन

    काठमाण्डौं, मंसिर १३ - डाबर नेपालले नेपाली फुटबल टिमलाई १ वर्षको लागि प्रायोजन गरेको छ । काठमाण्डूमा आज एक कार्यक्रमकाबीच प्रायोजन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार डाबर नेपालले एक वर्षको प्रायोजन बापत अखिल नेपाल फुटबल संघ एन्फालाई १० लाख रुपैयाँ उपलब्ध गराउने छ ।

  • विश्व हात्तीपोलो प्रतियोगिता चितवनको मेघौलीमा सुरु विश्व हात्तीपोलो प्रतियोगिता चितवनको मेघौलीमा सुरु

    चितवन (मेघौली), मंसिर १२ — पश्चिम चितवनको मेघौलीमा विश्व हात्तीपोलो प्रतियोगिताको तीसौँ  संस्करण सोमबार देखि शुरु भएको  छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा स्वदेशी दुई र विदेशी छ गरी आठ समूहले भाग लिएका छन् ।

  • छैटौं राष्ट्रिय खेलकुदमा पिएलएलाई सहभागी नगराउन माग

    वीरगञ्ज, मंसिर ११ - नेपाल खेलकुद महासंघले फागुनमा हुन लागेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा माओवादी लडाकुको पिएलए स्पोर्टस क्लवलाई बेग्लै विभागीय टोलीका रुपमा सहभागी गराउन लागेमा आपत्ति जनाएको छ । वीरगन्जमा सम्पन्न महासंघको पाँचौ राष्ट्रिय बैठकले सेना समायोजनको काम शुरु भइसकेको अवस्थामा राष्ट्रिय खेलकुद प्रतियोगितामा माओवादी लडाकुलाई विभागीय टोलीका रुपमा सहभागी नगराउन माग गरेको छ ।

  • बी डिभिजन लिग फुटबलमा स्टार क्लव र सामाजिक युवा क्लव विजयी

    काठमाण्डौं, मंसिर ११ - बी डिभिजन लिग फुटबल अन्र्तगत आइतवारका खेलमा स्टार क्लव र सामाजिक युवा क्लव विजयी भएका छन् । काठमाण्डौंको महाराजगञ्जमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानको खेल मैदानमा आज भएको पहिलो खेलमा समाजिक युवा क्लबले महावीर क्लबलाई ३–१ गोलले पराजित गरेको छ ।

  • २० बर्षमा पहिलो जित !

    मंसीर १०: फिफा बरियताको पुछारमा रहेको तथा संसारको सबैभन्दा कमजोर मानिएको अन्तर्राष्ट्रिय फुटवल टोली अमेरिकन समोआले पहिलो खेल जितेको छ ।

  • जोकोभिक पनि बाहिरीए जोकोभिक पनि बाहिरीए

    मंसिर १० - विश्व नम्बर १ नोभाक जोकोभिक एटिपी वल्र्ड टूर टेनिसबाट बाहिरिएका छन् । लण्डनमा गएराति सम्पन्न समूह ए को खेलमा अरु दुइ खेलाडिबीचको खेलको नतिजाको आधारमा जोकोभिकको यात्रा समाप्त भएको हो ।

  • दाङमा प्याराग्लाइडिङको सफल परीक्षण

    दाङ, मंसिर ९ - दाङको आकाशमा शुक्रवार प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । खेलकुद पर्यटन प्रवर्धनको संम्भाव्यता अध्ययनमा हिडेका नेपाल बायु खेलकुद संस्थाका ६ जना पाइलटहरुले लक्ष्मीपुर ५ स्थित सवारीकोट डाडाबाट २ घण्टा प्याराग्लाइडिङ फ्लाइट गरेका हुन् ।

  • साफ फुटबलका लागि नेपाली टोलीको घोषणा साफ फुटबलका लागि नेपाली टोलीको घोषणा

    काठमाण्डौं, मंसिर ९ - आउँदो शुक्रवारदेखि भारतको नयाँ दिल्लीमा हुने साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ । २० सदस्यीय टोलीमा ३ जना गोल रक्षक, ७ जना डिफेन्डर, ५ जना मिडफिल्डर र ५ जना स्ट्राईकर छन् ।

  • सयौं शतकको किर्तिमानबाट चुके सचिन सयौं शतकको किर्तिमानबाट चुके सचिन

    मंसिर ९ — भारतीय किर्तिमानी ब्याट्सम्यान सचिन तेन्दुलकर अन्तर्राष्ट्रिय क्रिकेटमा सयौं शतकको किर्तिमानबाट चुकेका छन् । वेष्ट ईन्डिज बिरुद्धको चालु तेश्रो टेष्टमा आज ९४ रनमा आउट भएपछि शतकको शतक बनाउने सचिनको चाहना पूरा भएन ।

  • ज्ञानभैरब र च्यासल भिड्दै

    काठमाण्डौ, मंसिर ९ - काठमाण्डुमा सन्चालन भईरहेको शहीद स्मारक बि डिभिजन लिग फुटबल प्रतियोगीतामा आज एउटा मात्रै खेल हुँदैछ । आज ज्ञानभैरव क्लब र च्यासल युथ क्लबका बिच खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । खेल दिउँसो साढे १२ बजे प्रहरी तालिम केन्द्रको खेल मैदान महाराजगन्जमा हुने छ ।

  • विश्व कप कबड्डी प्रतियोगितामा नेपालले भाग लिने

    काठमाण्डौं, मंसिर ८ - भारतको फरिदाबादमा हुने विश्व कप कबड्डी प्रतियोगितामा नेपालले भाग लिने भएको छ । प्रतियोगितामा नेपाली सेनाको पुरुष टिम र नेपाल प्रहरीको महिला टिमले प्रतिस्पर्धा गर्ने छ । अखिल नेपाल कबड्डी संघका अध्यक्ष लालकुमार लामाको अध्यक्षतामा बिहीबार बसेको संघको बैठकले २४ खेलाडी, २ व्यवस्थापक, २ प्रशिक्षक र ३ अफिसियलसहित ३१ सदस्यीय नेपाली टोलीलाई प्रतियोगितामा पठाउने निर्णय गरेको हो ।

  • अर्यालको अध्यक्षतामा नेपाल लोकतान्त्रिक खेलकुद पत्रकार संघको कार्य समिति चयन अर्यालको अध्यक्षतामा नेपाल लोकतान्त्रिक खेलकुद पत्रकार संघको कार्य समिति चयन

    काठमाण्डौं, मंसिर ७ - नेपाल लोकतान्त्रिक खेलकुद पत्रकार संघले नागरिक दैनिकका खेल पत्रकार नवीन अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । काठमाण्डौंमा आज भएको संघको विशेष साधारण सभाले उपाध्यक्षमा घटना र विचार साप्ताहिकका श्रीविक्रम भण्डारी र गोरखापत्रका उमेश ओझालाई चयन गरेको छ ।

  • फिफा वरियतामा नेपाल १ स्थान माथि उक्लियो फिफा वरियतामा नेपाल १ स्थान माथि उक्लियो

    काठमाण्डौं, मंसिर ७ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले निकालेको नयाँ वरियतामा नेपाल १ स्थान माथि उक्लिदै १ सय ४३ औं स्थानमा छ । मलेशियासँग खेलेका मैत्रीपूर्ण खेलमा पराजय व्यहोरे पनि कम्बोडियासँगको खेलमा बराबरी गरेको नेपाल १ स्थान माथि उक्लिएको हो । यसअघि कात्तिक २ गते को वरियतामा १ सय ७६ अंक रहेको नेपालले यो अवधीमा थप १ अंक मात्र जोडेको छ ।

  • एएफसी च्यालेन्जकप नेपालमै हुने पक्का एएफसी च्यालेन्जकप नेपालमै हुने पक्का

    काठमाण्डौं, मंसिर ७ - एएफसी च्यालेन्जकप फुटबल प्रतियोगिता फागुन २० गतेदेखि नेपालमै आयोजना हुने पक्का भएको छ । मलेशियामा आज बसेको एशियाली फुटबल महासंघ एएफसी कार्यकारिणी समितिको बैठकले नेपालको तयारी सन्तोषजनक भन्दै नेपालमा नै प्रतियोगिता आयोजना गर्ने अन्तिम निर्णय गरेको हो ।

  • रंगशालामा भएको भागदौडमा दुईको मृत्यु

    इन्डानेशीयामा भइरहेको दक्षिण पुर्वी एशियाली खेलकुद अन्तर्गत आज भएको फुटबल प्रतियोगीतको फाइनल खेलमा रंगशालामा भएको भागदौडमा त्यहाँका एकजना २० बर्षिय चर्चित ड्रमर तथा कलाकारी रेनो सहित अर्को एकजनाको पनि मृत्यु भएको छ । भागदौडमा अरु कैयौ दर्शक घाइते भएकाछन् । अस्पताल भर्ना भएका दशजनाको अबस्था चिन्ताजनक छ ।

  • बी डिभिजन लिग फुटबलमा ब्वाइज युनियन विजयी बी डिभिजन लिग फुटबलमा ब्वाइज युनियन विजयी

    काठमाण्डौं, मंसिर ६ - शहीद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत मंगलवारको खेलमा ब्वाइज युनियन क्लव विजयी भएको छ । काठमाण्डौंको महाराजगञ्जमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानको मैदानमा ब्वाईज युनियनले महावीर क्लबलाई १–० गोलले पराजित गरेको छ । ब्वाईज युनियनका लागि खेलको २३ औं मिनेटमा सागर मगरले एकमात्र गोल गरेका थिए ।   त्यस्तै संकटा क्लब र सामाजिक युवा क्लब बिचको खेल २–२ गोलको बराबरीमा सकियो । संकटा क्लबका लागि रितेश खड्का र रिषीकेश राईले खेलको २८ र ५१ औं मिनेटमा गोल गर्दै संक...

  • एसिसी ट्वान्टी–ट्वान्टी क्रिकेटका लागि नेपाली टिमको घोषणा एसिसी ट्वान्टी–ट्वान्टी क्रिकेटका लागि नेपाली टिमको घोषणा

    काठमाण्डौं, मंसिर ६ - मंसिर १७ गतेदेखि काठमाण्डूमा हुने एसिसी ट्वान्टी–ट्वान्टी क्रिकेटका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ । विजय कुमार शर्माको संयोजकत्वमा गठित राष्ट्रिय छनौट समितिले पारस खड्काको नेतृत्वमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । ज्ञानेन्द्र मल्ल उपकप्तान छन् ।

  • महावीर र ब्वाईज युनियन भिड्ने

    काठमाण्डौ मंसिर ६ - काठमाण्डौमा चलिरहेको शहीद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आज पहिलो खेलमा महावीर क्लब र ब्वाईज युनियन क्लब भिड्दैछन् । दोश्रो खेल संकटा क्लब र सामाजिक युवा क्लबका बिच हुनेछ । पहिलो खेल दिउँसो साढे १२ र दोश्रो खेल साढे २ बजे प्रहरी तालिम केन्द्र महाराजगन्जको खेल मैदानमा हुनेछन् ।

  • क्षेत्रिय ए डिभिजन लिग फुटबल

    काठमाण्डौं, मंसिर ५ - क्षेत्रिय ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगतको खेलमा झापाको सैनिक युथ क्लव विजयी भएको छ । झापाको विर्तामोडमा आज भएको समुह कको खेलमा सैनिक युथ क्लवले चितवनको एनएफसीलाई तीन शुन्यले हरायो ।

  • बी डिभिजन लिगमा काठमाण्डौं क्लव र मध्यपुर युथ एशोसिएसनको जित बी डिभिजन लिगमा काठमाण्डौं क्लव र मध्यपुर युथ एशोसिएसनको जित

    काठमाण्डौं, मंसिर ५ - शहीद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आजका खेलमा काठमाण्डौं क्लव र मध्यपुर युथ एशोसिएसन विजयी भएका छन् ।

  • राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ वटा खेल समावेश हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ वटा खेल समावेश हुने

    काठमाण्डौं, मंसिर ४ - फागुन १४ गतेदेखि २१ गतेसम्म हुने छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता ३१ वटा खेलहरु समावेश गरिने भएको छ । आइतवार बसेको राष्ट्रिय खेलकुद परिषदको ८४ औं बोर्ड बैठकले एथलेटिक्स, फुटवल, भलिवल, ह्याण्डवल, जुडो, कवड्डी, कराते, व्याडमिन्टनलाई राष्ट्रिय प्रतियोगितामा समावेश गर्ने निर्णय गरेको हो ।

  • बी डिभिजन लिगका दुवै खेल बराबरी बी डिभिजन लिगका दुवै खेल बराबरी

    काठमाण्डौं, मंसिर ४ - काठमाण्डौंमा चलिरहेको शहीद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आइतवार भएका दुवै खेल बराबरीमा सकिएका छन् । प्रहरी तालिम केन्द्र महाराजगन्जको मैदानमा भएको  टुसाल युवा क्लब र सानो गौचरन क्लवबीचको खेल दुई–दुईको बराबरीमा सकिएको छ ।

  • राष्ट्रिय लिग खेल्न मनाङमा जापानी खेलाडी राष्ट्रिय लिग खेल्न मनाङमा जापानी खेलाडी

    काठमाण्डौं, मंसिर ४ - मनाङ्ग मर्स्याङ्दी क्लवले पुस २ गतेदेखि सुरु हुने राष्ट्रिय लिग फुटबलका लागि जापानी खेलाडीलाई अनुबन्धन गरेको छ । ३७ वर्षिय डान इटोसँग केहीदिनअघि नै सम्झौता भएको मनाङ्ग मस्याङ्दी क्लवका अध्यक्ष टासी घलेले आइतवार जानकारी दिनुभयो ।

  • बजेट अभावका कारण धरान रंगशालाको निर्माण अलपत्र

    सुनसरी, मंसिर ४ - सुनसरीको धरानमा निर्माणाधीन धरान रंगशाला बजेट अभावका कारण अलपत्र परेको छ । पुननिर्माण कार्य शुरु गरेपनि आवश्यक पर्ने थप रकम समयमै निकासा हुन नसक्दा रङ्गशालाको काम रोकिएको हो । बीचैमा काम रोकिएपछि  रंगशाला  गौचरन र मोटर साईकल सिक्ने ठाउँमा परिणत भएको छ ।

  • शहीद स्मारक बि डिभिजनमा टुसाल र सानो गौचरन तथा कुमारी युवा र ब्वाईज स्पोर्टस् भिड्दै

    काठमाडौं, मंसिर ४ — काठमाडौंमा चलिरहेको शहीद स्मारक बि डिभिजन लिग फुटबल अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल टुसाल युवा क्लब र सानो गौचरन युवा क्लबबीच दिउँसो साढे १२ बजे हुनेछ ।

  • बंगलादेशको एसजे धानमुण्डीलाई पोखरा कप फुटबलको उपाधि

    पोखरा, मंसिर ३ - नेपाल आर्मीलाई एक शुन्यले हराउँदै बंगलादेशको शेख जमल धानमुण्डी क्लबले सफल पोखरा कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा धानमुण्डीलाई उपाधि दिलाउनका लागि योकोले अतिरिक्त समयको १५ औं मिनेटमा गोल गरे ।

  • पोखराबाट अल्ट्रा म्याराथन सुरु

    पोखरा, मंसिर ३ — नेपालमै पहिलोपटक रेसिङ द प्लानेट नेपाल अल्ट्रा म्याराथन दौड आज पोखराबाट सुरु भएको छ । नेपाललाई साहसिक खेलकुद पर्यटनको रुपमा स्थापित गर्ने उद्देश्यले, रेसिङ्ग द प्लानेट ईन्टरनेशनलले आयोजना गरेको म्याराथन दौडमा ४२ देशका ५० महिला सहित २ सय २० जना धावक सहभागी छन् । यसमध्ये ५५ जना अमेरिकी छन् ।

  • सफल पोखरा कप फुटबलको फाईनलमा त्रिभुवन आर्मी र शेख जमल धनमुण्डी भिड्दै

    पोखरा, मंसिर ३ — पोखरामा सन्चालन भईरहेको सफल पोखरा कप फुटबलको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र शेख जमल धानमुण्डी क्लब भिड्ने भएका छन् । नेपाली विभागीय टोली आर्मी क्लब र बङ्गलादेशको लिग विजेता टोली धनमुण्डी क्लबबीचको फाइनल प्रतिस्पर्धा दिउसो २ बजेपछि पोखरा रङ्गशालामा हुनेछ ।

  • क्यानले राष्ट्रिय टिमका खेलाडीलाई मासिक ५ हजार भत्ता दिने क्यानले राष्ट्रिय टिमका खेलाडीलाई मासिक ५ हजार भत्ता दिने

    काठमाडौं, मंसिर - नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका खेलाडीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने भएको छ । क्यान कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टिमका सिनियर राष्ट्रिय प्रतिभावान खेलाडीहरुको प्रतिभाको कदर तथा क्षमता अभिवृद्धिका लागि जनही मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो ।

  • सगरमाथा आधार शिविरबाट दौडेरै काठमाडौं सगरमाथा आधार शिविरबाट दौडेरै काठमाडौं

    काठमाडौं, मंसिर २ — बेलायती अल्ट्रा रेस धाविका लिजे हकर आँफैले राखेको विश्व कीर्तिमान भंग गरेकी छन् । अल्ट्रा म्याराथन अन्र्तगत विश्व कीर्तिमान बनाएकी ३५ बर्षिया लिजिले सगरमाथा आधार शिविरबाट काठमाडौंको दशरथ रंगशालासम्मको दुरी २ दिन २३ घण्टा २५ मिनेटमा पुरा गरी आफ्नो पुरानो कीर्तिमान भंग गरेकी हुन् ।

  • वीरगञ्ज युथ र स्टार क्लब गोलरहित बराबरीमा

    काठमाडौं, मंसिर २ — काठमाडौंमा चलिरहेको शहीद स्मारक बि डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेल गोल रहित बराबरीमा रोकिएको छ । वीरगञ्ज युथ एकेडेमी र स्टार क्लबबीच प्रहरी तालिम केन्द्रको खेल मैदान महाराजगन्जमा भएको खेल गोलरहित बराबरीमा रोकिएको हो ।

  • शहीद स्मारक बि डिभिजनमा बिरगन्ज युथ र स्टार क्लब भिड्दै

    काठमाडौं, मंसिर २ — काठमाडौंमा चलिरहेको शहीद स्मारक बि डिभिजन लिग फुटबल प्रतियोगितामा आज एउटा मात्रै खेल हुँदैछ । दिउँसो साढे १२ बजे हुने खेलमा बिरगन्ज युथ एकेडेमी र स्टार क्लब भिड्नेछन् ।

  • आयोजक टोली सफल पोखरा कप फूटबलबाट बाहिरियो

    पोखरा, मंसिर १ - आयोजक पोखरा ११ सफल पोखरा कप फूटबल प्रतियोतिगाबाट बाहिरिएको छ । पोखरा रंगशालामा बिहीवार बंगलादेशको शेख जमाल धनमुन्डी क्लबसित ३–० ले हारेपछि घरेलु टोली सेमिफाइनलबाटै बाहिरिएको हो ।

  • बी डिभिजन लिग फुटबलमा संकटाको जित बी डिभिजन लिग फुटबलमा संकटाको जित

    काठमाण्डौं, मंसिर १ - विहीवारदेखि फेरि शुरु भएको शहीद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा संकटा क्लव विजयी भएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा भएको  पहिलो खेलमा संकटा क्लबले महावीर क्लबलाई छ शुन्यको फराकिलो अन्तरले हरायो । संकटा

  • शहिद स्मारक बि डिभिजन आजदेखि फेरी सुरु

    काठमाडौं, मंसिर १ — गतको भदौमा १७ दिन सञ्चालन भएर रोकिएको शहिद स्मारक बि डिभिजन फुटबल प्रतियोगिता आजदेखि फेरी सुरु हुँदैछ । आजको पहिलो खेलमा संकटा क्लब र महावीर क्लब प्रतिस्पर्धा गर्नेछन् ।

  • सफल पोखरा कप फूटबलमा पोखरा–११ र शेख जमाल धनमुन्डी भिड्दै

    पोखरा, मंसिर १ — पोखरामा सन्चालन भईरहेको सफल पोखरा कप फूटबलको दोश्रो सेमिफाईनलमा आज आयोजक पोखरा–११ र बंगलादेशको शेख जमाल धनमुन्डी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो पोखरा रंगशालामा हुनेछ ।

  • क्यानमा सदस्य थपिए क्यानमा सदस्य थपिए

    काठमाण्डौं, कात्तिक ३० - राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट संघमा संरक्षक, सल्लाहकार, उपाध्यक्ष र थप ७ सदस्यहरु मनोनित गरेको छ । कात्तिक ७ गते टंक आङबुहाङको अध्यक्षतामा गठित तदर्थ समितिलाई आफ्नो गतिविधि सञ्चालन गर्न सहज होस भनेर क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई संघको संरक्षकमा मनोनयन गरिएको परिषदले जनाएको छ ।

  • आर्मी सफल पोखरा कप फुटबलको फाइनलमा

    पोखरा, कात्तिक ३० - नेपाल आर्मी सफल पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको सेमिफाइनलमा हिमालयन शेर्पा क्लवलाई दुई शुन्यले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

  • नेपाललाई सुब्रतो मुखर्जी कप फुटबलको उपाधि

    नयाँदिल्ली, कात्तिक ३० - नेपालले भारतको नयाँ दिल्लीमा भएको ५२ औं सुब्रतो मुखर्जी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको १४ वर्ष मुनिको उमेर समुहमा नेपालको प्रतिनिधित्व गरेको बुटबल एलिट इङ्गलिस स्कुल, बुटवलले भारतको नागल्याण्डलाई एक शुन्यले हराउँदै उपाधि जितेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

  • नेपाल चीन खेलकुद मैत्री समाजको अध्यक्षमा श्रेष्ठ नेपाल चीन खेलकुद मैत्री समाजको अध्यक्षमा श्रेष्ठ

    काठमाण्डौं, कात्तिक २९ - नेपाल चीन खेलकुद मैत्री समाजको अध्यक्षमा जीवनराम श्रेष्ठ चयन हुनु भएको छ । काठमाण्डूमा भएको समाजको पहिलो साधारण सभाले उपाध्यक्षमा गंगाबहादुर थापामगर, महासचिवमा उमेश श्रेष्ठ, सचिवमा चतुरानन्द वैद्य, कोषाध्यक्षमा केशव रायमाझी चयन गरेको छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
  • विभिन्न ठाउँमा एनसेलको टावरमा आगजनि र तोडफोड भएको खबर सुनिन्छ । सञ्चारका माध्यममा यसरी तोडफोड गर्दै हिड्नेलाई कारवाही गर्न किन नसकेको ? अब जसले जे गरेपनि हुने तन्त्र आएको हो र ?

    यम सुवेदी
  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
सबै हेर्नुहोस

सोसल मिडिया