MENU
ujyaalo forign call inside

खेल

  • दोश्रो अभ्यास खेलमा पनि नेपाल पराजित

    साउन २४ – १९ वर्षमुनीको विश्वकप क्रिकेट खेल्न अष्ट्रेलिया पुगेको नेपालले दोश्रो अभ्यास खेलमा न्युजिल्याण्डसंग १९ रनले हार ब्योहोरेको छ । २ सय ६८ रनको लक्ष्य पच्छ्याएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ४८ रनमात्र बनायो ।

  • ओलम्पिक फूटवलको फाइनलमा ब्राजिल र मेक्सिको भिड्ने

    साउन २४ – ब्राजिल र मेक्सिको चालु लण्डन ओलम्पिकमा पूरुष फूटबलको उपाधिका लागि भिड्ने भएका छन् । ब्राजिल दक्षिण कोरियालाई ३ शुन्यले हराउँदै फाईनलमा पुगेको हो  । ब्राजिलका लागि लियान्ड्रो दामियोले दुई तथा रोमुलोले एक गोल गरे ।

  • एसियाली च्यानबारामा नेपाल दोश्रो

    काठमाडौं, साउन २३  - छैटौं एसियाली ओसिएना स्पोर्टस् च्यानबारा च्याम्पियनसिपमा नेपाल समग्रमा दोश्रो भएको छ । थाइल्यान्डको बैंककमा आइतवार भएको च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ६ रजत र २ कांस्य जित्दै दोश्रो भएको स्पोर्टस् च्यानबारा संघ, नेपालका अध्यक्ष देवकुमार लामाले मंगलवार जानकारी दिएका छन् ।

  • अभ्यास खेलमा नेपाल पपुवा न्यूगिनीसंग पराजित

    साउन २३ – १९ वर्ष मूनिको विश्वकप क्रिकेट खेल्न अष्ट्रेलिया पुगेको नेपाली टोली अभ्यास खेलमा मंगलवार पपुवा न्यूगिनीसंग ८ विकेटले हारेको छ । २ सय १४ रनको लक्ष्य पपुवा न्यूगिनीले ४० दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

  • पुकार र ममता आइटिएफ वर्ष खेलाडी

    काठमाडौं, साउन २२ - नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ एनआइटिएफले पुरुषमा पुकार केसी र महिलामा ममता थापालाई वर्ष २०६८ को उत्कृष्ट खेलाडीको अवार्डबाट सोमबार सम्मानित गरेको छ । त्यस्तै पाल्पा जिल्ला तेक्वान्दो अइटिएफ वर्ष २०६८ को उत्कृष्ट जिल्ला संघ घोषित भयो ।

  • राष्ट्रिय पौडीको तयारी पूरा

    काठमाडौं, साउन २२ - सत्रौं राष्ट्रिय खुला तथा उमेर समूह पौडी प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले सोमबार जनाएको छ । प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद  परिसरमा रहेको पौडी पोखरीमा बुधबारदेखि सुरु हुँदैछ । भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्ने उद्देश्य प्रतियोगिता गर्न लागिएको संघका उपाध्यक्ष एवं मुल आयोजक समितिका संयोजक महेश महर्जनले जानकारी दिनुभयो ।

  • उसेन बोल्टलाई स्वर्ण (भिडियो) उसेन बोल्टलाई स्वर्ण (भिडियो)

    साउन २२ - जमैकाका किर्तिमानी धावक उसेन बोल्टले लण्डन ओलम्पिकको १ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् । ९ दशमलव ६३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै उनले स्वर्ण पदक जितेका हुन् । १ सय मिटर दौडमा ९ दशमलव ५८ सेकेण्डको विश्व किर्तिमान कायम गरेका बोल्ट लण्डन ओलम्पिकमा विश्व किर्तिमानभन्दा शुन्य दशमलव शुन्य ५ सेकेण्डले पछि परे पनि उनले ओलम्पिक किर्तिमानमा भने सुधार गरेका छन् ।

  • ओलम्पिक पदक तालिकामा चिनको अग्रता (तालिका)

    साउन २२ - लण्डन ओलम्पिकको पदक तालिकामा चिनले फेरी अग्रता लिएको छ । चीन ३० स्वर्ण, १७ रजत र १४ काश्यसहित पहिलो स्थानमा उक्लिएको छ । दोश्रो स्थानमा रहेको अमेरिकाले २८ स्वर्ण, १४ रजत र १८ काश्य सहित कुल ६० पदक जितेको छ । तेश्रो स्थानमा रहेको वेलायतले १६ स्वर्ण, ११ रजत र १० काश्य जितेको छ । एशियाली देश दक्षिण कोरिया १० स्वर्ण, ४ रजत र ६ काश्यसहित चौथो स्थानमा छ ।

  • एशियाली शारीरिकलाई खेलाडी छनोट

    काठमाडौं, साउन २१- छयालिसौं एशियाली शारीरिक सुगठन प्रतियोगिताका लागि नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले तीन खेलाडी छनोट गरेको छ । पुरुषको ५५ केजीमा सुजन तामाङ्ग, ६० केजीमा सचित प्रधान तथा ६५ केजीमा श्याम श्रेष्ठ छनोट भएको संघका महासचिव दिनेश राजभण्डारीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

  • लन्डन ओलम्पिकः चीनलाई उछिन्दै अमेरिका शीर्ष स्थानमा

    साउन २१ – लण्डन ओलम्पिकको पदक तालिकामा २६ स्वर्ण १३ रजत र १५ कास्य सहित ५४ पदकका साथ अमेरिका शीर्ष स्थानमा छ । दोश्रो स्थानमा रहेको चीनले २५ स्वर्ण १६ रजत र १२ कास्य पदक सहित ५३ हात पारेको छ ।

  • माईकल फेल्प्सद्वारा खेल जीवनबाट अवकाश माईकल फेल्प्सद्वारा खेल जीवनबाट अवकाश

    साउन २१ – अमेरिकी पौडी खेलाडी माईकल फेल्प्सले सबैभन्दा बढी ओलम्पिक पदक जित्ने खेलाडीको किर्तिमान कायम गर्दै आफ्नो खेल जीवन अन्त्य गरेका छन् । अन्तिम पदकका रुपमा चालु लण्डन ओलम्पिकमा ४ गुणा १ सय मिटर मिड्ले रिलेमा स्वर्ण पदक हात पार्दै स्वर्ण संख्या १८ र कुल पदक २२ पुर्‍याउँदै उनले खेल जीवनबाट अवकाश लिएका हुन् ।

  • वैदेशिक प्रशिक्षणका लागि टेनिस खेलाडी छानिए

    काठमाडौं, साउन २० - थाइल्यान्डको बैंककमा हुने बन्द प्रशिक्षण शिविरका लागि ८ टेनिस खेलाडीको छनौट पूरा भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको छनोट प्रतिस्पर्धाबाट समान ४–४ पुरुष तथा महिला खेलाडी छानिएका हुन् । छनोट प्रतिस्पर्धा जुलाई २७ देखि अगष्ट ३ तारिखसम्म सञ्चालन भएको थियो ।

  • नेहरु कप फुटबलको तयारीका लागि २९ खेलाडी छनौट

    काठमाडौं, साउन २० - भारतको नयाँ दिल्लीमा हुने नेहरु कप फुटबल प्रतियोगिताको तयारीका लागि अखिल नेपाल फुटबल संघ एन्फाले २९ जना खेलाडी छनौट गरेको छ । छनौटमा परेका राष्ट्रिय तथा युवा फुटबल खेलाडीहरुलाई प्रशिक्षक कृष्ण थापा, हरी खड्का र उपेन्द्र मान सिंहले आइतवारदेखि नै प्रशिक्षण दिने एन्फाले जनाएको छ ।

  • हिमालयन शेर्पा क्लवको प्रशिक्षकमा अर्जुन

    काठमाडौं, साउन २० - हिमालयन शेर्पा क्लवले २ महिनालाई अर्जुन लामालाई प्रशिक्षक नियुक्त गरेको छ । क्लवका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले शनिवार एक विज्ञप्ति निकाली लामालाई प्रशिक्षक नियुक्त गरेको जानकारी गराउनुभएको हो ।

  • लण्डन ओलम्पिका थारुले व्यक्तिगत प्रदर्शन सुधारे लण्डन ओलम्पिका थारुले व्यक्तिगत प्रदर्शन सुधारे

    साउन २० - लण्डन ओलम्पिकमा नेपालका तिलकराम थारुले आफ्नो व्यक्तिगत प्रदर्शन सुधारे पनि उनी प्रारम्भिक चरणबाटै बाहिरिएका छन् । शनिवार भएको १ सय मिटर दौडको हिट चरणमा उनले निर्धारित दुरी १० दशमलव ८५ सेकेण्डमा पुरा गरेका थिए । यसअघि उनको व्यक्तिगत उच्च प्रदर्शन ११ सेकेण्ड थियो । उनी प्रारम्भिक चरणमा सहभागी २९ जनामा १३ औं स्थानमा रहे ।

  • तिलकरामको गाउँमा खुशीयाली तिलकरामको गाउँमा खुशीयाली

    विद्रोही गिरी/उज्यालो । नवलपरासी, साउन २० – नेपालको  प्रतिनिधित्व गर्दै लन्डन ओलम्पिकमा सहभागी हुन गएका एथ्लेटिक्स खेलाडी तिलकराम थारुको गाउँ नवलपरासीको नारायणीमा खुसीयाली  छाएको छ । सामान्य परिवारका थारु लन्डन प्रस्थान गरेपछि आफन्तजन र गाउँले समेत खुशी भएका छन् ।

  • ओलम्पिकमा नेपाली धावक तिलकरामको प्रतिस्पर्धा आज

    साउन २० – लण्डन ओलम्पिकमा नेपालका तिलकराम थारुले शनिवार एथ्लेटिक्समा प्रतिस्पर्धा गर्ने भएका छन । दिउँसो हुने प्रतियोगितामा १९ बर्षीय धावक तिलकराम थारुले एक सय मिटर दौडमा सहभागीता जनाउन लागेका हुन् ।

  • नेपालले भारतमा हुने नेहरु कप फुटबल खेल्ने

    काठमाडौं, साउन १९ - नेपाली राष्ट्रिय फुटबल टोलीले भारतको नयां दिल्लीमा हुने नेहेरु कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रवार विज्ञप्ति निकाली नेपाली टोलीले नेहेरु कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता २०१२ मा सहभागिता जनाउने जानकारी गराएको हो । प्रतियोगितामा नेपालसहित सिरिया, भारत, क्यामरुन र मालदिभ्सका राष्ट्रिय टोलीको सहभागीता रहने छ ।

  • लण्डन ओलम्पिकमा प्रमिलालाई २५ औं स्थान लण्डन ओलम्पिकमा प्रमिलालाई २५ औं स्थान

    काठमाडौं, साउन १९ - एथलेटिक्सकी प्रमिला रिजाल लण्डन ओलम्पिकको १ सय मिटर दौडमा हिट चरणबाटै बाहिरिएकी छिन् ।  उनले निर्धारित दुरी १३ दशमलव ३३ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । उनी ३३ जनामा २५ औं स्थानमा रहिन् । देवीमाया पनेरुले १२ दशमलव ०२ सेकेण्डको राष्ट्रिय किर्तिमान तोड्ने लक्ष्य राखे पनि प्रमिलाले आफ्नो १२ दशमलव ०६ सेकेण्डको व्यक्तिगत प्रदर्शनलाई पनि सुधार्न सकिनन् ।

  • फेल्प्सले आफ्नै रेकर्ड तोड्दै ओलम्पिकमा २० पदक पुर्‍याए

    साउन १९ – अमेरिकी पौडी खेलाडी माईकल फेल्प्सले आफ्नै नाममा रहेको, सबैभन्दा धेरै ओलम्पिक पदक हात पार्ने खेलाडीको किर्तिमान भंग गरेका छन् । लण्डन ओलम्पिकमा २ सय मिटर ईन्डिभिजुअल मिड्लेमा स्वर्ण पदक हात पार्दै उनले ओलम्पिक पदक संख्या २० पुर्‍याएर धेरै ओलम्पिक पदक हात पार्ने खेलाडीको आफ्नै रेकर्ड तोडेका हुन् ।

  • लण्डन ओलम्पिकमा एथ्लेटिक्सकी प्रमिला प्रतिस्पर्धा गर्दै

    साउन १९ – एथ्लेटिक्सकी प्रमिला रिजालले शुक्रवार लण्डन ओलम्पिकमा १ सय मिटर दौड तर्फ प्रतिस्पर्धा गर्दैछिन् । खेल नेपाली समय अनुसार दिउँसो ३ बजेपछि शुरु हुनेछ । तीन हप्तादेखि पिठ्यूँमा समस्या आएपछि प्रमिलालाई चिकित्सकले प्रतियोगितामा सहभागी नहुन सुझाव दिएका थिए ।

  • भारत्तोलन खेलाडीको हात भाँचियो (भिडियो) भारत्तोलन खेलाडीको हात भाँचियो (भिडियो)

    साउन १८ - दक्षिण कोरियाका भारत्तोलन खेलाडीले लण्डन ओलम्पिकका क्रममा आफ्नो हात भाँचेका छन् । पुरुष ७७ किलो तौला समुहमा १ सय ६२ किलो तौल उठाउने क्रममा जिओक साहको हातको कुहिनो खुस्किएको हो ।  पहिलो चरणमा सजिलै १ सय ५८ किलो तौल उठाएका उनले दोश्रो चरणमा १ सय ६२ किलो उठाउने प्रयास गरेका थिए । २७ वर्षिय सा पूर्व च्याम्पियन पनि हुन् । हात भाँचिएपछि उनलाई उपचारका लागि लण्डको अस्पतालमा भर्ना गरिएको छ । हात भाँचिएको भिडियो तल हेर्न सकिन्छ ।...

  • लण्डन ओलम्पिकमा प्रशिद्धको व्यक्तिगत प्रदर्शनमा सुधार लण्डन ओलम्पिकमा प्रशिद्धको व्यक्तिगत प्रदर्शनमा सुधार

    काठमाडौं, साउन १८- नेपालका पौडी खेलाडी प्रसिद्धजंग शाहले लण्डन ओलम्पिकमा ५० मिटर फ्रिस्टाईलतर्फ आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गरेका छन् । ५० मिटर फ्रिस्टाईलतर्फ विहीवार दिउँसो भएको हिट चरणमा उनले २६ दशमलव ९३ सेकेण्डको समय निकालेका हुन् ।

  • ओलम्पिकमा नेपाली पौडीवाज प्रसिद्धको प्रतिस्पर्धा आज

    काठमाडौ, साउन १८ – नेपालका पौडी खेलाडी प्रसिद्धजंग शाहले बिहीबार लण्डन ओलम्पिकमा ५० मिटर फ्रिस्टाईलतर्फ प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे हुनेछ । अभ्यासका क्रममा घाईते भएका प्रसिद्ध ओलम्पिकमा पदक जित्ने भन्दा पनि व्यक्तिगत प्रदर्शन सुधार्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् ।

  • नेशनल गणेशमान स्मृति बास्केटबल च्याम्पियन

    काठमाडौं, साउन १७ - नेशनल क्याम्पसले प्रथम वीर गणेशमान स्मृति अन्तरकलेज (प्लस २) बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल (राखेप) मा भएको फाइनलमा नेसनलले गोल्डेनगेट इन्टरनेसनल कलेजको ‘ए’ टिमलाई  ६४–४७ ले पराजित ग¥यो । नेशनल प्रतियोगिताभर अपराजित रह्यो । नेशनलको जितमा शाश्वतविक्रम सिंहले १६ अंक योगदान गरे ।

  • साफ महिला फुटबलका लागि ४६ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

    काठमाडौं, साउन १७ - दक्षिण एशियाली फुटबल महासंघ साफको आयोजनामा आउँदो महिना श्रीलंकामा हुने दोश्रो महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारीका लागि अखिल नेपाल फुटबल संघ एन्फाले ४६ जना खेलाडी छनौट गरेको छ । रौतहट र बारामा  भएको महिला राष्ट्रिय फुटबल प्रतियोगिताबाट प्रशिक्षकद्वय किशोर केसी र कुमार कटुवालले अभ्यासका लागि ४६ खेलाडी छनौट गरेको एन्फाले जनाएको छ ।

  • डिभिजन ४ का लागि नेपाली टिमको घोषणा

    काठमाडौं, साउन १७ - एक महिनापछि मलेशियामा हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन चारका लागि नेपाल क्रिकेट संघ क्यानले टोलीको घोषणा गरेको छ । नेपाली टोलीको कप्तानमा पारस खड्का र उप कप्तानमा ज्ञानेन्द्र मल्ल छन् । बन्द प्रशिक्षण शिविरमा सहभागि खेलाडीहरुमध्येबाट प्रतियोगिताका लागि १४ जना खेलाडी र ४ जना बैकल्पिक खेलाडीको छनौट गरिएको क्यानले जनाएको छ ।

  • लण्डन ओलम्पिकमा ब्याडमिन्टनका ८ खेलाडी अयोग्य

    साउन १७ - लण्डन ओलम्पिकमा ब्याडमिन्टनको महिला डबल्स तर्फका ८ जना खेलाडी अयोग्य घोषित भएका छन् । खेल जित्न पर्याप्त प्रयास नगरेको भन्दै विश्व ब्याडमिन्टन महासंघले दक्षिण कोरियाका ४ तथा चीन र ईन्डोनेशियाका दुई÷दुई जना खेलाडीलाई अनुशासनको कारवाही गर्दै लण्डन ओलम्पिकका लागि अयोग्य घोषित गरेको हो ।

  • अमेरिकी पौडीवाज इतिहासकै सफल खेलाडी

    साउन १७ – अमेरिकी पौडीबाज माईकल फेल्प्स इतिहासकै सबैभन्दा सफल खेलाडी बनेका छन् । चालु लण्डन ओलम्पिकमा ४ गुणा २ सय मिटर फ्रिस्टाईल प्रतिस्पर्धामा स्वर्ण पदक जित्दै फेल्प्सले सबैभन्दा बढी १९ वटा ओलम्पिक पदक जित्ने खेलाडीको किर्तिमान कायम गरेका छन् ।

  • लण्डन ओलम्पिकमा श्रेयाको नयाँ राष्ट्रिय किर्तिमान लण्डन ओलम्पिकमा श्रेयाको नयाँ राष्ट्रिय किर्तिमान

    काठमाडौ, साउन १७ – लण्डन ओलम्पिकमा नेपाली पौडी खेलाडी श्रेया धितालले नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् । १ सय मिटर फ्रिस्टाइलको हिट चरणमा १७ वर्षिया श्रेयाले १ मिनेट १० दशमलव ८० सेकेण्डको समय निकाल्दै नयाँ किर्तिमान बनाएकी हुन् ।

  • दोलखामा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

    काठमाडौं, साउन १६ - दोलखाको सदरमुकाम चरिकोटमा अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । यही साउन २९ गतेदेखी भदौ २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ३१ हजार ५ सय रुपैंया रहेको छ । प्रतियोगिता स्विस लिग प्रणाली अनुसार १० चरणसम्म सञ्चालन हुनेछ ।

  • गोल्डेनगेट र नेसनल उपाधि नजिक

    काठमाडौं, साउन १६ - गोल्डेनगेट इन्टरनेसनल कलेजको ‘ए’ टिम र नेसनल क्याम्पस प्रथम वीर गणेशमान स्मृति अन्तरकलेज (प्लस २) बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा गोल्डेनगेटले वाग्मती मोर्डन कलेजलाई ४६–४० ले पराजित गरेको छ ।

  • फुटबलको विषयलाई लिएर २ गाउँबीच झडप

    नेपालगन्ज, साउन १६ - फुटबलको अभ्यास खेलमा भएको सामान्य विवादलाई लिएर बाँकेको टिटिहिरिया ९ पिपराका युवाले छिमेकी गाउमा आक्रमण गरेका छन् । सोमबार राति टिटिहिरिया २ बरगदीका युवराज वलीको घरमा  पिपराका २५/३० जना युवाको समुहले आक्रमण गरेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । यस क्रममा स्थानीयबासिन्दाको प्रतिकारमा ३ जना गम्भीर घाइते भएका छन् ।

  • शक्तिवर्धक औषधी लिएको आरोप चिनियाँ खेलाडीद्वारा खण्डन

    साउन १६ – चीनकी पौडी खेलाडी ये शिवेनले लण्डन ओलम्पिकमा प्रतिबन्धित शक्तिवद्र्धक औषधी लिएको भन्ने आरोपको खण्डन गरेकी छन् । अमेरिकी पौडी प्रशिक्षकले ४ सय मिटर इन्डिभिज्युअल मिड्लेमा ये को प्रदर्शन निकै आश्चर्यजनक र अविश्वसनीय भएको भन्दै औषधी सेवन गरेको तर्फ संकेत गरेपछि ये को प्रतिक्रिया आएको हो ।

  • ओलम्पिकमा उत्तरकोरियाली खेलाडीको नयाँ किर्तिमान

    साउन १६ – लण्डन ओलम्पिकमा उत्तर कोरियाली खेलाडी किम उन गुकले भारोत्तोलनमा नयाँ विश्व किर्तिमान कायम गरेका छन् । ६२ केजी तौल समूहको प्रतिस्पर्धा अन्तर्गत स्न्याचमा १ सय ५३ केजीको नयाँ किर्तिमान सहित किमले ३ सय २७ केजी तौल उठाउँदै स्वर्ण पदक हात पारेका छन् ।

  • ओलम्पिकमा १५ वर्षे खेलाडीलाई स्वर्ण

    साउन १६ – लिथुआनिआकी १५ वर्षिया रुता मेइलुटिटीले पौडीको महिला १ सय मिटर ब्रेस्टस्ट्रोक तर्फ स्वर्ण पदक हात पारेकी छन् । कम उमेरमा ओलम्पिक जित्ने युवतीको युरोपेली रेकर्ड बनाउँदै देशलाई पहिलो स्वर्ण दिलाउने क्रममा रुताले १ मिनेट ५ दशमलव ४७ सेकेन्डमा लक्ष्य पूरा गरिन् ।

  • कागजपत्र नमिलेका क्रिकेटरको पनि भिषा आयो

    काठमाडौं, साउन १५ - कागजपत्र नमिलेका कारण भिषा नपाएका १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट टोलीका ३ जना  खेलाडीको पनि भिषा आएको छ । भिषा आएपछि उनीहरु १९ वर्ष मुनिको आइसिसी विश्वकप क्रिकेटमा भाग लिन शुक्रवार अष्ट्रेलिया जाने भएका नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

  • कर्फबलमा लोयल्टी च्याम्पियन

    काठमाडौं, साउन १५ - लोयल्टी एकेडेमीले दोश्रो राष्ट्रिय कर्फबल प्रतियोगिताको उपाधि जितेको छ । मंडिखाटारमा भएको उपाधि भिडन्तमा कलंकीको एलआरआई कलेजलाई टाईब्रकरमा ५–४ ले हराउँदै लोयल्टीले उपाधि जितेको हो । निर्धारित समयमा ६–६ गोलको बराबरी भएपछि ५ मिनेटको समय थप गरियो । दुबै टोलीले थप समयमा १–१ गोल थप्न सफल भए ।

  • १२ औ सागको तयारी प्रशिक्षण आजदेखि

    काठमाडौ, साउन १५ – भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद, सागलाई मध्यनजर गरी राष्ट्रिय खेलकुद परिषद्ले मिसन साग अन्तर्गत प्रथम चरणको तयारी प्रशिक्षण सोमबारदेखि सुरु गर्ने भएको छ । तीन भागमा विभाजन गरिएको मिसन सागको तयारी प्रशिक्षणको प्रथम चरण तीन महिनाको हुनेछ ।

  • सोमवारदेखि मिसन सागको पहिलो चरणको प्रशिक्षण

    काठमाडौं, साउन १४ - भारतमा हुने१२ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजरगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन सागअन्तर्गत प्रथम चरणको तयारी प्रशिक्षण सोमबारदेखि सुरु गर्ने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच आइतबार यस्तो जानकारी गराइयो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया