MENU
ujyaalo forign call inside

खेल

  • पोखराबाट अल्ट्रा म्याराथन सुरु

    पोखरा, मंसिर ३ — नेपालमै पहिलोपटक रेसिङ द प्लानेट नेपाल अल्ट्रा म्याराथन दौड आज पोखराबाट सुरु भएको छ । नेपाललाई साहसिक खेलकुद पर्यटनको रुपमा स्थापित गर्ने उद्देश्यले, रेसिङ्ग द प्लानेट ईन्टरनेशनलले आयोजना गरेको म्याराथन दौडमा ४२ देशका ५० महिला सहित २ सय २० जना धावक सहभागी छन् । यसमध्ये ५५ जना अमेरिकी छन् ।

  • सफल पोखरा कप फुटबलको फाईनलमा त्रिभुवन आर्मी र शेख जमल धनमुण्डी भिड्दै

    पोखरा, मंसिर ३ — पोखरामा सन्चालन भईरहेको सफल पोखरा कप फुटबलको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र शेख जमल धानमुण्डी क्लब भिड्ने भएका छन् । नेपाली विभागीय टोली आर्मी क्लब र बङ्गलादेशको लिग विजेता टोली धनमुण्डी क्लबबीचको फाइनल प्रतिस्पर्धा दिउसो २ बजेपछि पोखरा रङ्गशालामा हुनेछ ।

  • क्यानले राष्ट्रिय टिमका खेलाडीलाई मासिक ५ हजार भत्ता दिने क्यानले राष्ट्रिय टिमका खेलाडीलाई मासिक ५ हजार भत्ता दिने

    काठमाडौं, मंसिर - नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका खेलाडीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने भएको छ । क्यान कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टिमका सिनियर राष्ट्रिय प्रतिभावान खेलाडीहरुको प्रतिभाको कदर तथा क्षमता अभिवृद्धिका लागि जनही मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो ।

  • सगरमाथा आधार शिविरबाट दौडेरै काठमाडौं सगरमाथा आधार शिविरबाट दौडेरै काठमाडौं

    काठमाडौं, मंसिर २ — बेलायती अल्ट्रा रेस धाविका लिजे हकर आँफैले राखेको विश्व कीर्तिमान भंग गरेकी छन् । अल्ट्रा म्याराथन अन्र्तगत विश्व कीर्तिमान बनाएकी ३५ बर्षिया लिजिले सगरमाथा आधार शिविरबाट काठमाडौंको दशरथ रंगशालासम्मको दुरी २ दिन २३ घण्टा २५ मिनेटमा पुरा गरी आफ्नो पुरानो कीर्तिमान भंग गरेकी हुन् ।

  • वीरगञ्ज युथ र स्टार क्लब गोलरहित बराबरीमा

    काठमाडौं, मंसिर २ — काठमाडौंमा चलिरहेको शहीद स्मारक बि डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेल गोल रहित बराबरीमा रोकिएको छ । वीरगञ्ज युथ एकेडेमी र स्टार क्लबबीच प्रहरी तालिम केन्द्रको खेल मैदान महाराजगन्जमा भएको खेल गोलरहित बराबरीमा रोकिएको हो ।

  • शहीद स्मारक बि डिभिजनमा बिरगन्ज युथ र स्टार क्लब भिड्दै

    काठमाडौं, मंसिर २ — काठमाडौंमा चलिरहेको शहीद स्मारक बि डिभिजन लिग फुटबल प्रतियोगितामा आज एउटा मात्रै खेल हुँदैछ । दिउँसो साढे १२ बजे हुने खेलमा बिरगन्ज युथ एकेडेमी र स्टार क्लब भिड्नेछन् ।

  • आयोजक टोली सफल पोखरा कप फूटबलबाट बाहिरियो

    पोखरा, मंसिर १ - आयोजक पोखरा ११ सफल पोखरा कप फूटबल प्रतियोतिगाबाट बाहिरिएको छ । पोखरा रंगशालामा बिहीवार बंगलादेशको शेख जमाल धनमुन्डी क्लबसित ३–० ले हारेपछि घरेलु टोली सेमिफाइनलबाटै बाहिरिएको हो ।

  • बी डिभिजन लिग फुटबलमा संकटाको जित बी डिभिजन लिग फुटबलमा संकटाको जित

    काठमाण्डौं, मंसिर १ - विहीवारदेखि फेरि शुरु भएको शहीद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा संकटा क्लव विजयी भएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा भएको  पहिलो खेलमा संकटा क्लबले महावीर क्लबलाई छ शुन्यको फराकिलो अन्तरले हरायो । संकटा

  • शहिद स्मारक बि डिभिजन आजदेखि फेरी सुरु

    काठमाडौं, मंसिर १ — गतको भदौमा १७ दिन सञ्चालन भएर रोकिएको शहिद स्मारक बि डिभिजन फुटबल प्रतियोगिता आजदेखि फेरी सुरु हुँदैछ । आजको पहिलो खेलमा संकटा क्लब र महावीर क्लब प्रतिस्पर्धा गर्नेछन् ।

  • सफल पोखरा कप फूटबलमा पोखरा–११ र शेख जमाल धनमुन्डी भिड्दै

    पोखरा, मंसिर १ — पोखरामा सन्चालन भईरहेको सफल पोखरा कप फूटबलको दोश्रो सेमिफाईनलमा आज आयोजक पोखरा–११ र बंगलादेशको शेख जमाल धनमुन्डी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो पोखरा रंगशालामा हुनेछ ।

  • क्यानमा सदस्य थपिए क्यानमा सदस्य थपिए

    काठमाण्डौं, कात्तिक ३० - राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट संघमा संरक्षक, सल्लाहकार, उपाध्यक्ष र थप ७ सदस्यहरु मनोनित गरेको छ । कात्तिक ७ गते टंक आङबुहाङको अध्यक्षतामा गठित तदर्थ समितिलाई आफ्नो गतिविधि सञ्चालन गर्न सहज होस भनेर क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई संघको संरक्षकमा मनोनयन गरिएको परिषदले जनाएको छ ।

  • आर्मी सफल पोखरा कप फुटबलको फाइनलमा

    पोखरा, कात्तिक ३० - नेपाल आर्मी सफल पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको सेमिफाइनलमा हिमालयन शेर्पा क्लवलाई दुई शुन्यले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

  • नेपाललाई सुब्रतो मुखर्जी कप फुटबलको उपाधि

    नयाँदिल्ली, कात्तिक ३० - नेपालले भारतको नयाँ दिल्लीमा भएको ५२ औं सुब्रतो मुखर्जी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको १४ वर्ष मुनिको उमेर समुहमा नेपालको प्रतिनिधित्व गरेको बुटबल एलिट इङ्गलिस स्कुल, बुटवलले भारतको नागल्याण्डलाई एक शुन्यले हराउँदै उपाधि जितेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

  • नेपाल चीन खेलकुद मैत्री समाजको अध्यक्षमा श्रेष्ठ नेपाल चीन खेलकुद मैत्री समाजको अध्यक्षमा श्रेष्ठ

    काठमाण्डौं, कात्तिक २९ - नेपाल चीन खेलकुद मैत्री समाजको अध्यक्षमा जीवनराम श्रेष्ठ चयन हुनु भएको छ । काठमाण्डूमा भएको समाजको पहिलो साधारण सभाले उपाध्यक्षमा गंगाबहादुर थापामगर, महासचिवमा उमेश श्रेष्ठ, सचिवमा चतुरानन्द वैद्य, कोषाध्यक्षमा केशव रायमाझी चयन गरेको छ ।

  • फिफाले नेपाल बारेको गलत तस्विर सच्यायो

    काठमाण्डौं कात्तिक २९  - फुटबलको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नक्सामा नेपाल भन्दै भारतलाई देखाएको आफ्नो नक्सा सच्याएको छ । फिफाको विश्वकप फुबटल २०१४ को साइटमा नेपालभन्दै भारतलाई देखाइरहेको बारेमा www.unn.com.np सहितका केहीसञ्चार माध्यमले आलोचना गर्दै समाचार लेखेपछि फिफाले आफ्नो गल्ती सच्याएको हो ।

  • सिक्किम युनाइटेडलाई हराउँदै आयोजक सफल पोखरा कप फुटबलको सेमिफाइनलमा

    पोखरा, कात्तिक २९ - आयोजक पोखरा ११ सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको खेलमा भारतको सिक्किम युनाइटेडलाई तीन एकले हराउँदै पोखरा सेमिफाइनलमा पुगेको हो । पोखरालाई जिताउन उत्तम गुरुङ्गले ६९ औं र ८१ औं मिनेटमा गरी २ गोल गरे ।

  • प्रथम एभरेष्ट ट्रेल रेश सुरु प्रथम एभरेष्ट ट्रेल रेश सुरु

    दोलखा, कार्तिक २९ - एडभेन्चर डट कम र अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनको आयोजनमा मंगलबारदेखि एभरेष्ट ट्रेल रेश सुरु भएको छ । दोलखाको जिरीबाट सुरु भएको रेश छ दिन सम्म चल्ने छ । प्रतियोगिताको पहिलोदिन जिरीबाट २०.८ किमी टाढा रामेछापको भण्डारमा गएर अन्त्य हुन्छ भने दोश्रो दिन भण्डारबाट २६.७ किमी टाढा टङकुर, तेश्रो दिन ३० किमी खरिखोला, चौथो दिन ३२.५किमी मञ्जु, पाँचौं दिन १८.५ किमी खुमजुङ र अन्तिम दिन २१.८ किमी गरी कुल १५० किमीको दूरी पार गर्दै लुक्लामा गएर रेशको अन्त्य हुनेछ  ।

  • नेपाल सुब्रतो मुखर्जी कप फुटबलको फाइनलमा

    नयाँ दिल्ली, कात्तिक २८ - नेपाल भारतको नयाँ दिल्लीमा चलिरहेको ५२ औं सुब्रतो मुखर्जी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको १४ वर्ष मुनिको उमेर समुहमा नेपालको प्रतिनिधित्व गरेको  बुटबल एलिट इङ्गलिस स्कुल  बुटवल भारतको मेघालय टिमलाई टाईब्रेकरमा दुई एकले विजयी हुँदै फाइनलमा पुगेको हो ।

  • आरसिटी सफल पोखरा कप फुटबलको क्वाटरफाइनल बाटै बाहिरियो

    पोखर, कात्तिक २८ - रानीपोखरी कर्नर टीम आरसिटी पोखरामा चलिरहेको सफल पोखरा कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलबाटै बाहिरिएको छ । पोखरा रंगशालामा आज भएको खेलमा बंगलादेशको एसजे धनमुण्डी क्लवसँग टाइब्रेकरमा तीन शुन्यले पराजित हुँदै आरसिटी बाहिरिएको हो । यसअघि निर्धारित ९० र त्यसपछि थपिएको २० मिनेटको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णयबाट टाइब्रेकरबाट गरिएको थियो ।

  • नेपाल कहाँ छ फिफालाई थाहा छैन ?

    काठमाण्डौं, कात्तिक २८ - फुटबलको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफामा विश्वका २ सय ८ वटा देश सदस्य छन् । नेपाल पनि फिफाको सदस्य राष्ट्र हो । तर फिफाले अहिलेसम्म नेपाल कहाँ पर्छ भन्ने थाहा पाएको रहनेछ । तपाईलाई पत्यार लागेन ?

  • पोखरा कप फुटबलमा आरसीटी र बंगलादेशको एसजे धनमुण्डी क्लब भिड्दै

    पोखरा, कात्तिक २८ — पोखरामा चलिरहेको सफल पोखरा कप फुटबल प्रतियोगिताको तेश्रो क्वाटरफाईनल खेलमा आज रानीपोखरी कर्नर टीम आरसीटी र बंगलादेशको एसजे धनमुण्डी क्लवबीच प्रतिस्पर्धा हुँदैछ । आरसिटीले नेपाल पुलिस क्लबलाई हराएर क्वाटर फाईनल पुगेको हो भने बंगलादेशी टोली सिधै क्वाटर फाईनल पुगेको हो ।

  • नेपाल ५२ औं सुब्रतो मुखर्जी कप फुटबलको सेमिफाइनलमा

    नयाँ दिल्ली, कात्तिक २७ -  नेपाल भारतको नयाँ दिल्लीमा चलिरहेको ५२ औं सुब्रतो मुखर्जी कप फुटबल प्रतियोगिता २०११ को सेमिफाइनलमा पुगेको छ । नेपालको प्रतिनिधित्व गरेको बुटबल ईलिट इङ्गलिस स्कुल, बुटवलले आज भएको क्वाटरफाईनलमा मिजोरम टिमलाई ट्राईब्रेकमा ५–४ ले हरायो ।

  • हिमालयन सेर्पा सफल पोखरा कप फुटबलको सेमिफाइनलमा

    पोखरा कात्तिक २७ - हिमालयन सेर्पा क्लव सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा दिपक राईले गरेको एक मात्र गोलमा मद्दतमा भारत कोलकाताको साउथर्न स्पोटर्स क्लबलाई १–० ले हराउँदै हिमालयन सेर्पा सेमिफाइनलनमा पुगेको हो ।

  • ललितपुरमा मंसिर ६ गतेदेखि प्रथम राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीप हुने

    ललितपुर, कात्तिक २७ - ललितपुरमा मंसिर ६ गतेदेखि १० गतेसम्म प्रथम राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीप हुने भएको छ । द हिमालय चेस क्लवको आयोजना तथा विश्व बुद्धिचाल महासंघ, एशियन चेस फेडेरेशन र नेपाल बुद्धिचाल संघको स्वीकृतिमा संचालन हुने यस प्रतियोगिताका विजेताले एशियन एमेच्योर र बल्र्ड एमेच्योर च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

  • सफल पोखरा फुटबलमा हिमालयन शेर्पा र भारतको साउथर्न स्पोर्टस् क्लब भिड्दै

    पोखरा, कात्तिक २७ — पोखरामा चलिरहेको सफल पोखरा कप फुटबल प्रतियोगिता अन्तर्गत दोश्रो क्वार्टर फाईनलमा आज हिमालयन शेर्पा र साउथर्न स्पोर्टस् क्लब भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

  • संखुवासभामा पाँच दिने खेलकुद महोत्सव हुने

    संखुवासभा, कात्तिक २७ — संखुवासभा सदरमुकाममा मंसिर ९ देखि १३ सम्म खेलकुद महोत्सव हुने भएको छ । ‘पर्यटनका लागि खेलकुद’ भन्ने नाराका साथ पर्यटन बर्ष २०११ लाई सफल बनाउन खेलकुद महोत्सबको गर्न लागिएको हो ।

  • थ्रीस्टारलाई हराउँदै आर्मी पोखरा कप फुटबलको सेमिफाइनलमा

    पोखरा, कात्तिक २६ - टंक बस्नेतले गरेको एक मात्र गोलको मद्दतमा थ्रीस्टार क्लवलाई हराउँदै नेपाल आर्मी सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आर्मीलाई जिताउन बस्नेतले ७१ औं मिनेटमा कर्नर किकको बललाई हेड गर्दै गोलमा परिणत गरेका हुन् ।

  • पोखरामा खेलकुद कार्यशाला गोष्ठी

    पोखरा, कात्तिक २६ - पश्चिमाञ्चल क्षेत्रीय खेलकुद कार्यशाला गोष्ठी पोखरामा शुरु भएको छ । फागुन १४ गतेदेखि सुदूरपश्चिममा शुरु हुने छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलवाट सहभागीता सम्बन्धमा छलफल गर्न गोष्ठी आयोजना गरिएको हो ।

  • आयोजक पोखरा ११ सफल पोखरा कप फुटबलको क्वार्टरफाईनलमा

    पोखरा, कात्तिक २५ — आयोजक पोखरा ११ सफल पोखरा कप फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा ट्रान्सपोर्ट युनाइटेड भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हराउँदै पोखरा ११ क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

  • क्षेत्रीय क्रिकेट विकास समिती विराटनगर पुनर्गठन

    विराटनगर, कात्तिक २४- क्षेत्रीय क्रिकेट विकास समिती विराटनगर पुनर्गठन भएको छ । नेपाल क्रिकेट संघ क्यानको निर्देशन अनुसार शैलेश कुमार चौधरीको अध्यक्षतामा १७ सदस्यीय समितिको पुनरगठन गरिएको हो । समितिको उपाध्यक्षमा भिम पराजुली, शैलेन्द्र राज नेपाल सचिव, सुरेश लाल श्रेष्ठ कोषध्यक्ष र ऋषिवचन यादव सहसचिव हुनुहुन्छ ।

  • सफल पोखरा कप फुटबलमा आरसिटीद्वारा पुलिस पराजित

    पोखरा, कात्तिक २४ - सफल पोखरा कप फुटबल प्रतियोगिता अर्न्तगतको खेलमा रानी पोखरी कर्नर टिम आरसिटीले नेपाल पुलिस क्लवलाई हराएको छ । पोखरा रंगशालामा भएको खेलको अतिरिक्त समयको १० औं मिनेटमा अमर डंगोलले गरेको एक मात्र गोलको मद्दतमा आरसिटी विजयी भयो ।

  • नेपाली टोली सुब्रतो मुखर्जी कप फुटवलको क्वार्टर फाइनलमा

    नयाँदिल्ली, कात्तिक २४ - लगातार तीन खेल जित्दै नेपाली टोली भारतको राजधानी नयाँ दिल्लीमा चलिरहेको ५२ औं सुब्रतो मुखर्जी कप फुटवल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपालको प्रतिनिधित्व गरेको बुटवल इलिट इङ्लिस स्कुलले आज भारतको गुजरातलाई ४-१ ले हरायो ।

  • सफल पोखरा कप फुटबलमा पुलिस र रानी पोखरी कर्नर टिम भिड्दै

    पोखरा, कात्तिक २४ — पोखरामा भईरहेको सफल पोखरा कप फुटबलमा आज राष्ट्रिय लिग च्याम्पियन नेपाल पुलिस र रानी पोखरी कर्नर टिम आरसिटीबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो पोखरा रंगशालामा हुनेछ ।

  • सफल पोखरा कप फुटबलमा हिमालयनद्वारा एनआरटी पराजित

    पोखरा, कात्तिक २३ - पुकार गहतराजले पेनाल्टी मार्फत गरेको एक मात्र गोलको मद्दतमा हिमालयन सेर्पा क्लव सफल पोखरा कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको खेलमा न्यूरोड टिम एनआरटीलाई एक शुन्यले हराउँदै हिमालयन सेर्पा क्वाटर फाइनलमा पुगेको हो ।

  • सुब्रतो मुखर्जी कप फुटबलमा नेपालको जीत

    नयाँ दिल्ली, कात्तिक २३ - भारतको नयां दिल्लीमा भइरहेको ५२ औं सुब्रतो मुखर्जी कप फुटबल प्रतियोगिता २०११ को दोश्रो खेलमा पनि नेपाली टोली विजयी भएको छ । इन्डियन एयर फोस्रको आयोजनामा भईरहेको १४ वर्ष मुनिको उमेर समुहमा नेपालको प्रतिनिधित्व गरेको बुटबल ईलिट इङ्गलिस स्कुल बुटवलले भारत झारखण्डको टिमलाई ८० को फराकिलो अन्तरले हरायो ।

  • दार्जिलिङ्गमा भएको फुटबलमा थ्रिस्टार क्लव पराजित दार्जिलिङ्गमा भएको फुटबलमा थ्रिस्टार क्लव पराजित

    दार्जिलिङ्ग, कात्तिक २३ - अल इण्डिया व्रिगेड अफ गोर्खाज गोल्ड कप फुटबल प्रतियोगिता अर्न्तगत आजको खेलमा मेगा थ्रिस्टार क्लव पराजित भएको छ । भारतको दार्जिलिङ्गमा आज भएको क्वाटर फाइनल खेलमा थ्रि स्टार क्लव भारतको टाटा फुटबल एकेडेमीसँग एक शुन्यले पराजित भयो ।

  • सफल पोखरा कप फुटबलमा हिमालयन शेर्पा र एनआरटी भिड्दै

    पोखरा, कात्तिक २३ — पोखरामा मंगलबार देखि सुरु भएको सफल पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आज हिमालयन शेर्पा र न्यरोड टिम एनआरटी प्रतिस्पर्धा गर्दैछन् । शहीद स्मारक ए डिभिजन लिग फुटबलका दुई उत्कृष्ट टोलीबीचको आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

  • सफल पोखरा कप फुटबलमा आर्मीको विजयी सुरुवात

    पोखरा, कात्तिक २२ - नेपाल आर्मीले सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लबलाई २१ ले हराउँदै आर्मी क्वाटर फाइनलमा प्रवेश गरेको छ । आर्मीलाई जिताउन नवयुग श्रेष्ठले ४४ औं तथा ६६ औं मिनेटमा हरि महतोले गोल गरे ।

  • पूर्व हेवीवेट बक्सिङ च्याम्प्यिन जो फ्रेजर रहेनन् पूर्व हेवीवेट बक्सिङ च्याम्प्यिन जो फ्रेजर रहेनन्

    कात्तिक २२ - पूर्व हेवीवेट बक्सिङ च्याम्प्यिन जो फ्रेजरको ६७ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी बक्सर फ्रेजर कलेजोको क्यान्सरबाट पीडित थिए । फ्रेजरका परिवारले एक विज्ञप्ति जारी गरी उनको निधनको पुष्टि गरेका छन् । फ्रेजरलाई फिलाडेल्फियामा रहेको उनकै घरमा राखेर उपचार गरिँदै थियो । होचो कदका निकै प्रभावशावी बक्सर फ्रेजर बक्सिङका किङ मानिने मोहम्मद अलिलाई हराउने पहिलो खेलाडि थिए ।

  • ललितपुरमा हुने भनिएको बृहत खेलकुद महोत्सव सर्‍यो

    ललितपुर, कात्तिक २२ - ललितपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको बृहत खेलकुद महोत्सव सरेको छ । कात्तिक २४ गतेदेखि २६ गते सम्म हुने भनिएको महोत्वस मंसिर ६ गतेदेखि ९ गते सम्म आयोजना हुने ललितपुर जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया