MENU
ujyaalo forign call inside

विज्ञान प्रविधि

  • सञ्चार प्रविधि अनुसारको सिकाई पद्दती लागू गरिने

    सूर्यकुमार क्षेत्री/उज्यालो । काठमाडौं, कात्तिक २६ - सरकारले सवै सरकारी बिद्यालयमा सूचना र सञ्चार सम्बन्धी प्रविधि अनुसार सिकाइ पद्दती लागू गर्ने भएको छ । प्रविधिको विकास बढ्दै गएकाले नयाँ सिकाई पद्दति लागू गर्न शिक्षा बिभागले बिद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धि निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार सूचनाको जिम्मा संचार मन्त्रालयले, सिकाइ विधि शिक्षा मन्त्रालय र थप आवश्यक पूर्वाधार शीर्षक अनुसारका मन्त्रालयले उपलव्ध गराउनु पर्नेछ ।

  • विश्व विज्ञान दिवश मनाइँदै

    काठमाडौ, कात्तिक २५ – १२ औं विश्व विज्ञान दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा शनिबार बिहान काठमाडौको शान्तिबाटिकाबाट प्रभातफेरि निकालिएको छ । ‘शान्ति र विकासको लागि विज्ञान’ भन्ने नारामा जोड दिईएको नेपाल साइन्स ओलम्पियाडका अध्यक्ष गणेश साहले जानकारी दिनुभयो ।

  • बिना पासवर्ड फेसबुक चलेपछि.....

    कात्तिक १८ – कतिपय फेसबुक एकाउन्ट पासवर्ड बिना नै चलेपछि फेसबुकले आफ्नो साइटमा आएको नयाँ समस्या समाधानका लागि पहल थालेको छ । एउटा ह्याकर न्युज वेबसाइटमा बिना पासवर्ड फेसबुक चलेको जानकारी गराइएको थियो । उक्त सन्देशमा उल्लेख गरिएको लिंक गुगलमा सर्च गर्दा १३ लाख २० हजार फेसबुक एकाउन्ट भेटिएको बिबिसीले जनाएको छ । उक्त लिंक मार्फत सजिलै अरुको फेसबुक एकाउन्टमा बिना पासवर्ड लग इन गर्न सकिएको र अरु धेरै फेसबुक प्रयोगकर्ताको एकाउन्टको इमेल ठेगाना पनि फेला परेको समाचारमा जनाइएको छ । मोबाइल तथा इमे...

  • एप्पलको व्यवस्थापनमा फेरबदल

    कात्तिक १६ – विश्वप्रसिद्ध कम्पनी एप्पलले आफ्नो व्यवस्थापन समितिमा फेरबदल गर्ने भएको छ । प्रविधिमा नाम चलेका व्यक्तिलाई व्यवस्थापन समितिका ल्याउँदा समेत गएको ३ महिनामा सेयर घट्नुका साथै कम्पनीमा विवाद बढे पछि एप्पपले आफ्नो व्यवस्थापन समितिमा परिवर्तन थालेको हो ।

  • रुसी सरकारले वेबसाइट बन्द गराउन सक्ने

    कात्तिक १६ – रुसमा हानिकारक सामाग्री राखिएका वेबसाईट बलपूर्वक बन्द गर्न या अफलाईन गराउन सरकारलाई अधिकार दिने नयाँ ऐन प्रयोगमा ल्याइएको छ । संसदको दुवै सदनले स्वीकृति दिएपछि सूचना सम्बन्धि ऐनको संसोधित रुप प्रयोगमा ल्याईएको हो ।

  • रिचार्ज कार्डको अभाव

    खोटाङ, कात्तिक १४ – खोटाङमा नेपाल टेलिकमका मोवाइलको रिचार्ज कार्डको अभाव भएको छ । जिल्ला ल्याउन लागिएको रिचार्जकार्ड बाटैमा हराएपछि अभाव भएको हो । खोटाङ लैजान लागिएको १० लाख रुपैयाँ बराबरको रिचार्जकार्ड बाटैमा हराएपछि जिल्लामा रिचार्ज कार्डको अभाव भएको हो ।

  • गण्डकी र धौलागिरीमा तिहारपछि आइपी सिडिएमए सेवा सुरु हुने

    पोखरा, कात्तिक १२ गते - नेपाल टेलिकम पोखरा शाखाले तिहार लगत्तै सिडिएमए प्रविधिबाट उच्च गतिमा ईन्टरनेट चलाउन सकिने आइपी सिडिएमए सेवा सुरु गर्ने भएको छ । टेलिकम पोखरा शाखाले गण्डकी र धौलागिरी अञ्चलमा रहेका करिब ६० वटा सिडिएमए बिटीएस टावरमा आइपी सिडिएमए प्रविधि जडान गरिसकेकाले तिहार लगत्तै सिडिएमए तथा स्काई फोनका उपभोक्ताले यो सेवा लिन पाउने भएका छन् ।

  • बेइजिङमा खुल्यो एप्पलको एशियाकै ठूलो सोरुम

    कात्तिक ५ – मोवाइल कम्पनी एप्पलले एशियाको सबैभन्दा ठूलो सोरुम चीनको राजधानी बेइजिङमा खोलेको छ । बेइजिङमा ठूलो सोरुम खोलेलगत्तै अमेरिकी इलेक्ट्रोनिक कम्पनीको चीनमा ठूलो बजार भएको प्रष्ट भएको छ ।

  • नेपाल प्रहरीले सुरु गर्‍यो फेसबुक पेज

    काठमाडौं, असोज ३० – नेपाल प्रहरीले लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा पेज सुरु गरेको छ । ५७ औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीले फेसबुकमा पेज सुरु गरेको नेपाल प्रहरीले जनाएको छ ।

  • रसायन शास्त्र तर्फको नोबेल पुरस्कार घोषणा

    असोज २४ - रसायन शास्त्र तर्फको नोबेल पुरस्कार घोषणा भएको छ । पुरस्कार अमेरिकाका २ जना वैज्ञानिकलाई दिईने निर्णय गरिएको हो । पुरस्कार पाउनेमा अमेरिकी अनुसन्धानकर्ता रबर्ट लेफ्कोविज र ब्रायन कोल्बिका हुनुहुन्छ । उहाँहरुले जि प्रोटिन कपल्ड रिसेप्टर्स सम्बन्धी अध्ययन गरेकोमा यो पुरस्कार दिइएको हो ।

  • भौतिकशास्त्रको नोवेल पुरस्कार घोषणा

    असोज २३ - यसबर्षको भौतिकशास्त्रको नोवेल पुरस्कार अमेरिका र फ्रान्सका २ जना अनुसन्धानकर्तालाई दिइने भएको छ । अमेरिकाका अनुसन्धानकर्ता डेभिड विनल्याण्ड र फ्रान्सका सर्ज हारोक लाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरिएको छ ।

  • चिकित्सा विज्ञान तर्फको नोबेल पुरस्कार घोषणा

    असोज २२ – यस वर्षको चिकित्सा तर्फको नोबेल पुरस्कार एक बेलायती अनुसन्धानकर्ता र एक जापानी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । वयस्क कोषलाई स्टिम कोषमा परिवर्तन गरि कोष विज्ञानमा क्रान्ति ल्याएको ठहर गर्दै नोबेल पुरस्कार घोषणा समितिले बेलायती अनुसन्धानकर्ता जोन गुर्डोन र बेलायती वैज्ञानिक सिन्या यामानाकालाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरेको हो ।

  • गुल्मीका विद्यालयमा ई लाईब्रेरी

    जनार्दन घिमिरे/उज्यालो । गुल्मी, असोज १९ - गुल्मीका विद्यालयहरुमा पहिलो पटक ई लाईब्रेरीको शुरुवात गरिएको छ । सूचना तथा संचारको माध्यमवाट शिक्षाको गुणस्तर विकास गर्ने उद्देश्यले जिल्लाका आठ वटा विद्यालयहरुमा ई लाईब्रेरीको स्थापना गरिएको हो ।

  • एक महिनामा फेसबुक प्रयोग गर्ने १ अर्ब नाघे

    असोज १८ - विश्वभर महिनाको एक अर्ब भन्दा धेरै व्यक्तिले सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्ने गरेका छन् । फेसबुकका संस्थापक मार्क जुकर बर्गले अहिले महिनामा फेसबुक प्रयोग गर्ने गरेको संख्या एक अर्ब नाघेको बताउनुभयो ।

  • समलिङ्गीका लागि नयाँ एप्लिकेशन

    असोज १७ - स्मार्टफोनका लागि नयाँ नयाँ एप्लिकेशन आउनु कुनै नौलो कुरा होइन तर हङ्कङ्मा नयाँ किसिमको एप्लिकेशन आएको छ । हङ्कङ्मा बस्ने ब्रिटेनका एक उद्यमी पौल रेमस्कारले यो अनौठो एप्लिकेशन बनाउनु भएको हो । यो एप्लिकेशनले समलिङ्गी प्रति राम्रो धारणा राख्ने व्यवसायिक संस्थालाई समलिङ्गी, तेस्रो लिङ्गी र बाइसेक्सुयल ग्राहकसँग जोड्ने काम गर्छ । यो एप्लिकेशनलाई पिन्क डलर नाम दिइएको छ । व्यवसायिक संस्थाहरु अगाडी यो एप्लिकेशनको लिस्टमा आउँछन्, त्यसपछि समलिङ्गी र तेस्रो लिङ्गी प्रयोगकर्ताले ती संस्थाहरुला...

  • मोबाइलबाट फेसबुक चलाउन रोक लगाइने

    असोज १७ - भारतले प्रशासित काश्मिरमा मोबाइलमार्फत फेसबुक, ट्वीटरलगायतका केही सामाजिक सन्जालका बेवसाईट हेर्न रोक लगाउने तयारी गरेको छ । मोबाईलमा सामाजिक सन्जाल हेर्न मिल्ने गरी ईन्टरनेट सेवा नदिन भारतका निजी कम्पनी टाटा र रिलायन्सलाई आग्रह गरिएको भारतीय अधिकारीले बताएका छन् ।

  • सरकारी वेबसाइट ह्याक सरकारी वेबसाइट ह्याक

    काठमाडौ, असोज १६ – ह्याकरहरुको एउटा समुहले नेपाल सरकारको आधिकारिक वेबसाइट ह्याक गरेको छ । सरकारको मुख्य वेबसाइट www.nepalgov.gov.np  ह्याक भएको हो । यो पेज खोल्दा पेजमा पाइरेटसद्वारा ह्याक गरिएको सूचना देख्न सकिन्छ ।

  • सिडीका ३० वर्ष सिडीका ३० वर्ष

    असोज १६ - कम्प्याक्ट डिस्क अर्थात सिडी कत्तिको सुन्नुहुन्छ ? सायद निकै कम । वा पहिलेको तुलनामा प्रयोग घटेको हुनुपर्छ । नहोस् पनि किन पेनड्राइभ, मोबाइल, विभिन्न डाटा कार्ड र नयाँनयाँ ग्याजेट बोक्न थालेको अहिलेको पुस्ताले विस्तारै सिडीको प्रयोग गर्न छोडेको छ । नयाँ नयाँ प्रविधिको विकासले घरमा बसीबसी चाहेको गीत भिडियो सजिलै कम्प्युटरमा राख्न सकिने भएको छ, फलस्वरुप सिडीको व्यापारमा धक्का लागेको छ ।

  • कक्षाकोठामा मोबाइल बोक्दा...

    स्याङजा, असोज १४ – पठन पाठनमा अवरोध पुग्ने गरी विद्यार्थीले मोबाईल फोनको प्रयोग गर्न थालेपछि स्याङ्जाको मालुङ्गामा रहेको सार्वजनिक उच्च माध्यामिक विद्यालयले विद्यार्थीका साथमा रहेका मोबाईल जफत गरेको छ । विद्यार्थीलाई पटक पटक विद्यालयमा मोबाईल फोन प्रयोग नगर्न आग्रह गर्दा पनि नमानेपछि खानतलास गरी ३१ जना विद्यार्थीका साथमा रहेको मोबाईल फोन जफत गरिएको हो ।

  • विज्ञान प्रबिधि सम्मेलन आजदेखि

    काठमाडौ, असोज ९ – नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टको छैटौं विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौमा शुरु हुँदैछ । सम्मेलनको मंगलवार विहान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा विज्ञान तथा प्रविधि क्षेत्रमा भए गरेका अध्ययन अनुसन्धानका बारेमा छलफल हुने नाष्टले जनाएको छ ।

  • इरानमा गुगलमाथि प्रतिबन्ध

    असोज ९ – इरानमा इन्टरनेट वेबसाईट गुगलको इमेल सेवा र सर्च इन्जिनमा प्रतिबन्ध लगाइएको छ । इस्लाम धर्मको अपमान गरिएको अमेरिकी चलचित्र ‘इनोसेन्स् अफ मुस्लिम’ विरुद्ध राजधानी तेहरान लगायतका ठाउँमा विरोध भईरहेका बेला इरान सरकारले गुगलमा प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • सामसुङसंग एप्पलको झण्डै २ विलियन डलर क्षतिपुर्ति दावी

    असोज ८ – मोवाइल उत्पादक कम्पनी एप्पलले सामसुङसँग थप ७ सय ७ मिलियन डलर क्षतिपुर्ति माग गरेको छ । अमेरिकाको एक अदालतले एप्पल र सामसुङवीच चलेको मुद्दामा एप्पलको पक्षमा फैसला गर्दै १ विलियन डलर क्षतिपुर्ति दिनुपर्ने बताएको थियो तर एप्पलले क्षतिपुर्ति कम भएको भन्दै थप रकम मागेको हो ।

  • कर्मचारीबीच कुटाकुट भएपछि एप्पलको वितरकद्वारा काम बन्द

    असोज ८ - ताइवानको फक्सकन टेक्नोलोजीले उत्तरी चीनको आफ्नो एक प्लान्टका मजदुरबीच कुटाकुट भएपछि काम बन्द गरेको छ । फक्सकन टेक्नोलोजी एप्पलको एक प्रमुख वितरक हो । मजदुरबीच भएको कुटाकुटलाई फक्सकन टेक्नोलोजी आफैंले पुष्टि गरिसकेको छ । झण्डै २ हजार मजदुरबीच भएको झगडामा ४० जना घाइते भएका छन् । मजदुरबीचको कुटाकुट साम्य पार्न प्रहरी नै आउनु परेको थियो ।

  • कम्युटर एसोसिएसनलाई महासंघ बनाउन माग गर्दै आन्दोलन

    चितवन, असोज ८ -  कम्प्युटर एसोसिएसन अफ नेपाल क्यानलाई महासंघमा रुपान्तरण गर्न माग गर्दै क्यानका बिभिन्न क्षेत्रका प्रतिनिधीले दबाब मुलक कार्यक्रम थालेका छन् । महासंघको अवधारणालाई औपचारिकतामा मात्र सिमित राखिएको भन्दै भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा दबाब मुलक कार्यक्रम सार्वजनिक गरिएको हो ।

  • मंगलग्रहमा पुगेको यानले आजदेखि चट्टान अध्ययन गर्ने

    असोज ५ – अनुसन्धानका लागि मंगलग्रह पुगेको अमेरिकी अन्तरिक्ष संस्था नासाको क्यूरियोसिटी यानले शुक्रवारदेखि त्यहाँ रहेको चट्टानको बारेमा अध्ययन गर्ने बैज्ञानिकहरुले बताएका छन् । मंगल विज्ञान प्रयोगशाला परियोजनाका वैज्ञानिक जोन ग्रोजिन्गरका अनुसार यानले अहिलेसम्म मंगल ग्रहमा ९ सय ५० फिटको दुरी तय गरिसेकेको छ ।

  • पाकिस्तानमा यूट्यूब प्रतिबन्धित

    असोज २ - पाकिस्तान सरकारले भिडियो सेयरिङ्ग गर्ने सामाजिक संजाल यूट्यूबमाथि प्रतिबन्ध लगाएको छ । ईस्लाम बिरोधी अमेरिकी चलचित्रलाई प्रचार प्रसारमा सहयोग पुराएको भन्दै पाकिस्तानले यू ट्यूबमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्धअघि पाकिस्तान सरकारले यूट्यूबलाई ईस्लाम बिरोधी चलचित्र हटाउन आग्रह गरेको थियो ।

  • इस्लाम विरोधी भिडियो क्लिप हटाउन गुगलद्वारा अस्वीकार

    असोज १ - मध्य पुर्वी क्षेत्रमा अमेरिका विरुद्ध हिंसा भड्काउने काममा महत्वपूर्ण भुमिका खेलेको इस्लाम विरोधी भिडियो क्लिप हटाउन ह्वाइट हाउसले गरेको अनुरोधलाई गुगलले अस्वीकार गरेको छ । गुगलले पहिलै उक्त युटुब भिडियालाई नहटाउने निणर्य गरिसकेको थियो । उक्त निणर्यमा पुनर्विचार गर्न ह्वाइहाउसले अनुरोध गरे पनि गुगलले आफ्नो निर्णय परिवर्तन गरेको छैन ।

  • क्यान बर्दियामा नयाँ समिति

    बर्दिया, भदौ २९ – कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) बर्दियाको बिहीबार भएको तेस्रो वार्षिक साधारण सभाले प्रशान्त टण्डन क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष पिताम्बर सापकोटा, महासचिव सूर्य केसी, कोषाध्यक्ष निमबहादुर थापा रहनुभएको छ ।

  • ५ लाख घरधुरीमा सौर्य उर्जा

    काठमाडौं, भदौ २७ - ग्रामिण क्षेत्रका पाँच लाख भन्दा बढी घर धुरीमा सौर्य उर्जा पुगेको छ । सरकार, निजी क्षेत्र र विभिन्न परियोजना मार्फत पाँच लाख भन्दा धेरै घरधुरीमा सौर्य उर्जा पुगेको हो । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रसँग सहकार्य गरिरहेको नेपाल सौर्य विद्युत उत्पादक संघका उपाध्यक्ष दिपकबहादुर शाहीले पछिल्लो तथ्याङक हेर्दा आफूहरुको तर्फबाट साढे चार लाख र अन्य क्षेत्रबाट त्यसको १५ प्रतिशत थप गरि झण्डै पाँच लाख भन्दा बढी घरधुरीमा सौर्य उर्जा बलेको दाबी  गर्नुभयो ।

  • सोसियल मिडिया सुरक्षा चुनौति बने : भारतीय प्रधानमन्त्री

    भदौ २३ -  भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले सोसियल मिडिया देशको लागि सुरक्षा चुनौति बनिरहेको बताउनुभएको छ । सोसियल मिडिया र एसएमएसबाट गरिएको प्रचारका कारण भारतको दक्षिणी र पश्चिमी क्षेत्रमा बस्दै आएका उत्तर पुर्वी भारतीय नागरिकमाथि साप्रदायिक हमला भएको र यो चिन्ताको विषय भएको सिंहले बताउनुभयो ।

  • सोसल मिडियाको प्रयोगमा जिम्मेवार बन्न आग्रह

    काठमाडौं, भदौ १९ – सामाजिक सञ्जालको बढ्दो दुरुपयोग नियन्त्रण अहिलेको प्रमुख चुनौती बन्दै गएको सरोकारवालाहरुले  बताएका छन । मिडिया फर वेलफेयरले मंगलबार काठमाडौंमा गरेको सामाजिक सञ्जालको बढ्दो दुरुपयोग नियन्त्रणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तर्क्रियाका सहभागीहरुले फेसवुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल अपराधको अखडा बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् ।

  • एप्पलसँगको हारले हुने घाटा घटाउन सामसुङ नयाँ सेट बनाउँदै

    भदौ १३ -सामसुङले बर्लिनमा भएको युरोपको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स प्रदर्शनीमा आफ्नो नयाँ मोबाइल सेट सार्वजनिक गरेको छ । नयाँ सेट सामसुङको चर्चित ग्यालेक्सी नोट फोन र ट्याबलेटको दोस्रो पुस्ता हो । एप्पलसँग मोबाइलको डिजाइन सम्बन्धी मुद्दा हारेपछि सामसुङ नयाँ किसिमको मोबाइल डिजाइन निकाल्ने दबाबमा परेको थियो ।

  • सामसुङ्ले एप्पलको वौद्धिक सम्पत्ति चोरेको प्रमाणित

    भदौ ९ – वौद्धिक सम्पत्तीको चोरी गरेको अभियोग प्रमाणित भएपछि मोवाइल उत्पादक कम्पनी सामसुङले ठुलो परिमाणको जरिवाना तिर्नुपर्ने भएको छ । लामो समयदेखि आफ्नो सफ्टवेयर, डिजाइन र अवधारणा चोरी गरेको आरोप प्रत्यारोप गरिरहेका सामसुङ र एप्पल कम्पनीको मुद्दामा अमेरिकाको एक अदालतले सामसुङलाई दोषी ठहर गर्दै जरिवाना तिराउने फैसला गरेको हो ।

  • सुचना प्रविधी पार्कको यो गति!

    कपिल कोईराला/ उज्यालो । काभ्रे, भदौ ७ – काभ्रेको बनेपामा बनेको सुचना प्रविधी पार्क प्रयोगमा आउन नसक्दा करोडौँको लगानी खेर गएको छ । १० बर्ष अघि सरकारको २५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको आइटी पार्क केही समय आंशिक सञ्चालनमा आएपनि त्यसपछि पुर्ण रुपमा बन्द भएको छ ।

  • ३० हजार घरमा सौर्य विद्युत जडान गर्ने सरकारको तयारी

    हिम बिष्ट/ उज्यालो । काठमाडौं, भदौ ६ – सरकारले यो आर्थिक वर्षको पहिलो चौमासिकमा ३० हजार घरधुरीमा सौर्य विद्युत जडान गर्ने भएको छ । १० वटा सौर्य पम्पसहित ३० हजार सौर्य विद्युत जडान गर्न लागिएको वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत सूर्य सापकोटाले जानकारी दिनुभयो ।

  • भारतमा घृणा फैलाउने २ सय ५० वेवसाइट बन्द

    भदौ ५ – भारतले पूर्वोत्तर क्षेत्रका नागरिकमा घृणा फैलाउने खालका सामाग्री राख्ने २ सय ५० वटा बेवसाईट  बन्द गराएको छ । ती मध्ये एकसय वटा वेबसाइटमाथि प्रतिबन्ध लगाईएको छ । अधिकांश वेबसाईट पाकिस्तानबाट सञ्चालित रहेको भारतीय सुरक्षा अधिकारीको दावी छ ।

  • पाल्पामा तीनदिनदेखि टेलिफोन अवरुद्ध

    पाल्पा, साउन ३१ – पाल्पाका झण्डै ६ सय ल्यान्डलाइन टेलिफोन सेवा तीन दिनदेखि अवरुद्ध छ । सोमबार देखि बिग्रिएको करिव ६ सय लाइन फोनमा इन्गेज टोन आउने र डायल गर्दा विजी देखाउने गरेको छ । टेलिफोनमा खरावी आएपछि सेवाग्राही मर्कामा परेका छन् । पाल्पामा रहेका ५ वटा एफएमको टेलिफोनमा आधारित कार्यक्रमहरु  रोकिएका छन् ।

  • सरकारी अंकुश बिरुद्ध मलेशियामा इन्टरनेट ब्ल्याक आउट

    साउन ३० –  मलेसियाका अधिकार्मी र ब्लगरहरुले मलेसियामा लागु हुन लागेको नयाँ अनलाइन कानुनको विरोध गरेका छन् । गएको अप्रिलमा संशोधित इभिडेन्स एक्टको विरोध गर्दै मलेसियाका वेबसाइट तथा ब्लगरहरुले आफ्नो होम पुरै कालो बनाएका छन् ।

  • अनलाइन मिडियामाथिको कानुनी विभेद हटाउन आग्रह अनलाइन मिडियामाथिको कानुनी विभेद हटाउन आग्रह

    काठमाडौं, साउन २८ – इन्टरनेटका प्रयोगकर्ता र अनलाइन पत्रकारहरुले अनलाइन मिडियाप्रतिको विभेद हटाउन आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ डिजिटल मिडिया कमिटी र नेपाल इन्टरनेट सोसाइटीले संयुक्त रुपमा शनिबार काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाहरुले समान उद्देश्यका सञ्चारमाध्यम माथि रहेको कानूनी विभेद हटाउन माग गरेका हुन् ।

  • सामसुङमाथि वालमजदुर प्रयोगको आरोप

    साउन २५ – सामसुङ इलेक्ट्रोनिक्सले चीनमा रहेको आफ्नो एक सप्लायर्सले बाल मजदुरहरुलाई काममा लगाएको आरोप लागेपछि त्यसबारे अनुसन्धान गर्ने भएको छ । बाल अधिकारका क्षेत्रमा कार्यरत न्यूयोर्कस्थित संस्था चाइल्ड लेबर वाचले आफ्ना अनुसन्धानकर्ताहरुले चीनको हेग इलेक्ट्रोनिक्समा कार्यरत बालमजदुरहरुमाथि हिंसा भैरहेको प्रमाण पाएको दावी गरेको छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया