MENU
Ncell Axiata
NIC Asia

विज्ञान प्रविधि

  • बढ्दै छ गुगल प्लसको लोकप्रियता बढ्दै छ गुगल प्लसको लोकप्रियता

    पुष १४ – आफ्नो प्रतिद्वन्दी गुगल प्लसको बढ्दो लोकप्रियता फेसबुकको लागि टाउको दुखाईको विषय बनेको छ । सामाजिक सञ्जाल गुगल प्लसले फेसबुकलाई चुनौति दिँदै सेवा सुरु गरेको ६ महिनामै प्रयोगकर्ताको संख्या ६ करोड पुर्‍याएको छ ।

  • फेसबुकमा १४ लाख नेपाली फेसबुकमा १४ लाख नेपाली

    काठमाडौं, पुष ११ –“फेसबुक तपाईँलाई तपाईँको जीवनका मानिससँग जोड्न र मनका कुरा बाँड्न सहयोग गर्छ ।” यो भनाई हो लोकप्रिय समाजिक सञ्जाल फेसबुकको । उसो भए कति नेपाली फेसबुकमा मनका कुरा साटासाट गर्लान ? अनि कति नेपाली फेसबुकको सञ्जालमा जोडिएका होलान ?

  • आपत्तिजनक सामाग्री हटाउन २२ सामाजिक सञ्जाललाई निर्देशन

    नयाँ दिल्ली, पुष १० – भारतको राजधानी नयाँ दिल्लीको एक अदालतले इन्टरनेटमा आधारित विभिन्न २२ वटा सामाजिक सञ्जाललाई डेढ महिनाभित्रमा आफ्नो वेबसाइटमा रहेका आपत्तिजनक सामाग्री हटाउन निर्देशन दिएको छ । अदालतले धर्म विरोधी र समाज विरोधी सामाग्री हटाउने आदेशको पालना गरिएको विषयमा प्रतिवेदन दिन पनि सम्बन्धित संस्थाहरुलाई निर्देशन दिएको छ ।

  • बिराटनगरमा क्यान इन्फो टेक सुरु

    विराटनगर, पुष ८ - बिराटनगरमा शुक्रवारदेखि सुचना प्रबिधि मेला क्यान इन्फो टेक सुरु भएको छ । स्थानीय जैन भबनमा  ४ दिन सम्म संचालन हुने मेलामा कम्प्यूटर संग्रालय लगायतका ९० बटा स्टल रहेको आयोजकले जनाएको छ । क्यान इन्फोटेक मेलाको उदघाटन गर्दै बिज्ञान तथा प्रबिधि मन्त्री कल्पना धमलाले सरकारले मन्त्रालयलाई बेबास्ता गरेको कारण यस क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताउनु भयो ।

  • फेसबुकमा नयाँ क्रान्ति – आइपुग्यो टाइमलाइन फेसबुकमा नयाँ क्रान्ति – आइपुग्यो टाइमलाइन

    काठमाडौं, पुष ६ – अझै पनि तपाईँ फेसबुक प्रोफइलकै कुरा गर्दै हुनुहुन्छ भने त्यो पुरानो भै सक्यो । कुरा बुझ्नु भएन ? फेसबुकले प्रोफाइलको सट्टा नयाँ फिचर ‘टाइमलाइन’ सुरु गरेको छ ।

  • सौर्यमण्डलबाहिर पृथ्वी जत्रै दुई ग्रह भेटिए सौर्यमण्डलबाहिर पृथ्वी जत्रै दुई ग्रह भेटिए

    पुष ६ – खगोलविद्हरुले पहिलोपटक पृथ्वीकै आकारका २ वटा ग्रह पत्ता लगाएका छन् । सौर्यमण्डलबाट धेरै टाढा रहेका ती ग्रहहरुले सूर्यजस्तै एक तारालाई परिक्रमा गर्ने खगोलविद्हरुको भनाई छ ।

  • फेसबुकले मुख्य कार्यालय सार्‍यो फेसबुकले मुख्य कार्यालय सार्‍यो

    काठमाण्डौं, पुष ५ - सोसियल नेटवर्किङ्ग साइट फेसबुकले आफ्नो मुख्य कार्यालय सारेको छ । क्यालिफोर्नियाको पाउलो अल्टोमा रहेको मुख्य कार्यालय क्यालिफोर्नियाकै मेनलो पार्कमा सारिएको हो । मेनलो पार्कको १६०१ रोडमा रहेको नयाँ कार्यालय १० लाख स्क्यावर फिट क्षेत्रफलको छ ।

  • फेसबुकमा लाजमर्दो भाइरसको आक्रमण फेसबुकमा लाजमर्दो भाइरसको आक्रमण

    रविराज बराल/ उज्यालो । काठमाडौं, पुष ३ – काठमाडौंको एउटा कर्पोरेट अफिसमा काम गर्ने रोजिनाले आइतबार बिहान कार्यालय पुग्ने बित्तिकै फेसबुक खोलिन् । फेसबुक खोल्नासाथ आफ्नो वालमा ट्याग भएको अश्लिल तस्विर देखेर उनी आत्तिईन् र तत्कालै सँगैकी साथीलाई त्यो देखाईन् ।

  • फेसबुकको सर्वाधिक चर्चित विषय ‘लादेनको हत्या’ फेसबुकको सर्वाधिक चर्चित विषय ‘लादेनको हत्या’

    पुष १ – सन् २०११ मा फेसबुकमा सबै भन्दा बढी चर्चा के को भयो होला ? ८० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताले के विषयमा चर्चा गरे होलान् ? चर्चित सामाजिक सञ्जाल फेसबुकमा सन् २०११ मा सर्वाधिक चर्चा गरिएका विषय सार्वजनिक भएका छन् ।

  • नेपाल टेलिकम सञ्चार माफियाको घेराबन्दीमा नेपाल टेलिकम सञ्चार माफियाको घेराबन्दीमा

    काठमाडौं, मंसिर २९ – नेपाल दूरसंचार प्राधिकरणका यूनियनहरुले प्राधिकरण संचार माफियाको घेराबन्दीमा परेको बताएका छन् । कम्पनीमा क्रियाशील पाँच वटा यूनियनले काठमाडौंमा पत्रकार सम्मेलन गरि मन्त्रीको मिलेमतोमा नेपाल दूरसञ्चार प्राधिकरण सञ्चार माफियाको घेराबन्दीमा परेर टेलिकमलाई ध्वस्त बनाउन लागेको आरोप लगाएका हुन् ।

  • बनेपामा सूचना प्रविधि मेला बनेपामा सूचना प्रविधि मेला

    कपिल कोईराला/ उज्यालो । काभ्रे, मंसिर २९ – बनेपामा दोश्रो सूचना प्रविधि मेला सुरु भएको छ । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) काभ्रेको आयोजनामा बिहीबार देखि काभ्रेको बनेपामा सुरु भएको क्यान ईन्फोटेकमा सूचना प्रविधिका नयाँ आविष्कारको प्रदर्शनी गरिएको छ ।

  • फेसबुकले आत्महत्या गर्न चाहनेहरुलाई जोगाउने फेसबुकले आत्महत्या गर्न चाहनेहरुलाई जोगाउने

    मंसिर २७ – चर्चित सामाजिक सञ्जाल फेसबुकले आत्महत्या गर्नेहरुलाई जोगाउने भएको छ । आत्महत्याबारेका बिचार व्यक्त गर्ने वा त्यस्तो इच्छा देखाउँदै इन्टरनेटमा सर्च गर्नेहरुलाई सामाजिक सञ्जाल मार्फत सहयोग गर्न फेसबुकले नयाँ फिचर सुरु गरेको छ ।    मंगलबारबाट सुरु गरिएको यो प्रोग्रामले आत्महत्या गर्न इच्छा व्यक्त गर्नेहरुलाई तुरुन्तै विज्ञ र परामर्शदाताहरुसँग जोड्ने छ । फेसबुकले गोप्य च्याट मार्फत प्रयोगकर्तालाई राष्ट्रिय आत्महत्या नियन्त्रण केन्द्रमा जोड्ने बताएको छ ।...

  • यसरी जन्मियो फेसबुक यसरी जन्मियो फेसबुक

    मंसिर २६ – मार्क जुकेरबर्ग स्कुले जीवन देखि नै कम्प्युटर र कम्प्युटर प्रोग्रामिङमा निकै रुचि राख्थे । उनका बाबुले उनलाई स्कुल पढ्दा देखि नै विभिन्न कम्प्युटर प्रोग्रामिङहरु सिकाउन थालेका थिए । पछि घरमै एक जना शिक्षक ल्याएर उनलाई तालिम दिन थालियो ।

  • ट्विटर आउँदै छ नयाँ रुपमा ट्विटर आउँदै छ नयाँ रुपमा

    मंसिर २४ – ट्विटरमा रमाउनेहरुलाई खुसीको खबर । सन् २०१२ देखि ट्विटर नयाँ रुपमा आउँदै छ । फेसबुक, गुगल र याहु लागयतका सामाजिक सञ्जालले नयाँ डिजाइन सार्वजनिक गरे लगत्तै ट्विटरले पनि नयाँ वर्षसँगै नयाँ र स्टाइलिस डिजाइनमा आउने घोषणा गरेको हो ।

  • आज खग्रास चन्द्रग्रहण, खाली आँखाले हेर्न सकिने आज खग्रास चन्द्रग्रहण, खाली आँखाले हेर्न सकिने

    काठमाडौं, मंसिर २४ – आज बेलुका ३ घण्टा ३३ मिनेट लामो खग्रास चन्द्रग्रहण लाग्दैछ । सन् २०११ को अन्तिम ग्रहणको रुपमा रहेको यो चन्द्रग्रहण नेपाली समय अनुसार बेलुकी साढे ६ बजे शुरु हुने नेपाल खगोलीय समाजले जनाएको छ ।

  • फेसबुकका ११ रोचक तथ्य फेसबुकका ११ रोचक तथ्य

    मंसिर १९ – फेसबुक विश्वमा सबैभन्दा बढी प्रयोग गरिने सोसल नेटवर्किङ साइट हो । सन् २००४ देखि सुरु गरिएको फेसबुक विश्मै गुगल पछि धेरै हेरिने साइटमा पर्छ ।

  • उडिरहेको जहाजवाट धुवाँ आउदा .... उडिरहेको जहाजवाट धुवाँ आउदा ....

    एजेन्सी, मंसीर १७ : केहि दिन अघि उत्तर अष्ट्रेलियाको लिसमोरबाट सिड्नीका लागि उडेको हवाईजहाजले जब आधा दुरी तय गरेको थियो, जहाजमा यात्रा गरिरहेका एक यात्री बसेको ठाँउवाट धुवा आईरहेको देपछि सो जहाजमा यात्रा गरिरहेका अन्य सबैको होस हवास उड्यो ।

  • क्षेत्रिय सूचना प्रबिधी सम्मेलन दिल्लीमा क्षेत्रिय सूचना प्रबिधी सम्मेलन दिल्लीमा

    उज्यालो । दिल्ली, डिसेम्बर १ दिल्लीको लोधी रोडमा अवस्थीत इन्डिया ह्याविटाट सेन्टर अहिले मञ्जाले सजिएको छ । बिभिन्न १० देश तथा भारतको ३० भन्दा बढी राज्यबाट आएका सूचना प्रबिधि प्रेमी र प्रयोगकर्ताहरुको जमघटले सेन्टर झकिझकाउ छ । डिजीटल डेभलपमेन्ट फाउन्डसेन र डट अर्गको संयुक्त आयोजनामा भारतको राजधानी दिल्लीमा भइरहेको सूचना प्रबिधि मेलामा डिसेम्बर २ का दिन डिजिटल मन्थन पुरस्कारको आठौ संस्करण पनि घोषण हुदैछ ।    नेपालबाट इक्वल एक्सेसको मिडिया इनिसिएटिम – मेरो रिपोर्ट डट ...

  • गुगलको नाम ‘गुगल’ कसरी रह्यो ? गुगलको नाम ‘गुगल’ कसरी रह्यो ?

    मंसिर १३ — इन्टरनेटमा केही खोज्दै हुनुहुन्छ भने सायद तपाईँ पनि गुगल नै गर्नुहुन्छ होला । अर्थात गुगल सर्चमा खोज्नुहुन्छ । गुगल विश्वमा सबै भन्दा बढी हेरिने वेबसाइट हो । वेब सर्च, डाइरेक्ट्री, वेब ब्राउजर क्रोम, बुक सर्च, जीमेल, ब्लगर, युट्युब लगायतका दर्जन भन्दा बढी उत्पादन रहेको यो कम्पनीको नाम कसरी गुगल रह्यो होला ? कहिल्यै सोच्नुभएको छ ?

  • एउटा मोबाइलको ५५ करोड ! एउटा मोबाइलको ५५ करोड !

    मंसिर ११ —  तपाईँ कस्तो मोबाइल बोक्नुहुन्छ ? काम चलाउने खालको सामान्य सेट लिनु भएको होला । अथवा फोटो खिच्न मिल्ने, जिपिआरएस चल्ने र सामान्य भिडियोसम्म खिच्न मिल्ने खालको । मूल्य सामान्य पाँच दश हजारको ।  तर विश्वमा यस्ता मोबाइल पनि छन् जस्को मूल्य करोडौँ पर्छ र यस्ता मान्छे पनि छन्, जस्ले करोडौँका मोबाइल बोक्छन् ।

  • फेसबुकको विकल्प ! फेसबुकको विकल्प !

    मंसिर १० - तपाई फेसबुक चलाउदा दिक्क हुनु भयो वा फेसबुक जस्तै अन्य सामाजिक सञ्जालहरुको खोजीमा हुनुहन्छ भने तपाईकाका लागि यहाँ यहाँ उल्लेख गरिन लागेका केहि सञ्जालहरु उपयोगि हुन सक्छन् । ती साईटहरुमा तपाई आफ्ना साथीभाईसँग दैनिकी, समाचार, फोटो, फाईल आफुले चाहे अनुसार आदान प्रदान गर्नसक्नु हुन्छ ।

  • ब्ल्याकबेरीको टच ९८६० बजारमा ब्ल्याकबेरीको टच ९८६० बजारमा

    काठमाडौं, मंसिर ९ — ब्ल्याकबेरीको नेपालका लागि आधिकारिक बिक्रेता टेलिटकले नयाँ मोडेलको ब्ल्याकबेरी स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । टच ९८६० मोडेलको यो नयाँ सेटको स्क्रिनमा नै कीबोर्ड छ ।

  • १७, ००० कर्मचारीको जागिर संकटमा

    नोकीया–सेइमेन्स कम्पनी सञ्जामा कार्यरत १७, ००० कर्मचारीको जागिर संकटमा परेको छ । नेटवर्क पुर्वाधारको क्षेत्रमा संघर्षरत बिक्रेता नोकीया–सेइमेन्सले बिश्वभरीमा रहेका आफ्नो कर्मचारीमध्येबाट १७ हजारलाई कटौती गर्ने योजना सार्वजनिक गरेपछि त्यहाँ कार्यरत कर्मचारीको जागिर संकटमा परेको हो ।

  • 'बफी' आउने भो!

    काठमाण्डौ, मंसिर ६ - आफ्नो फोनमा प्राय कम्युटरले गरेजस्तै काम गर्न चाहने तथा लोकप्रीय अनलाइन सामाजिक सञ्जाल चलाउने  सूचना प्रबिधीप्रेमीहरुका लागि फेरी एउटा खुशीको खबर, फेसबुकले पनि फोन ल्याँउदैछ । आइफोन ४एसको अहिलेसम्म सर्वाधिक रुचाईको स्मार्टफोन हो जसलाई एप्पलले केही महिना अगाडि सार्वजनिक गरेको थियो ।

  • एप्पल आइट्युन्स्लाई गुगलको धावा एप्पल आइट्युन्स्लाई गुगलको धावा

    द इकोनोमिस्ट, सानफ्रान्सिस्को । नोभेम्बर १९ - सन् २००१ मा आइपड बनेको थिएन भने सायदै त्यसको दुईबर्षपछि एप्पलले आइट्युन्स् संगीत भण्डारको शुरुवात गर्ने थिएन होला । यदी दुबै नभएको भए एप्पल आज बिश्वमा बार्षिक ६.३ बिलीयन  डलर बराबरको डिजिटील म्युजिक कारोबारमा सफल हुने थिएन होला । तर आउने दिनभने आइट्युन्स्को एकछत्र राज जोगाउन एप्पललाई चुनौतीपुर्ण हुने संकते देखापरेकोछ ।

  • नेताज्यू ! साइट कहिले अपडेट गर्ने ? नेताज्यू ! साइट कहिले अपडेट गर्ने ?

    रविराज बराल/ उज्यालो । काठमाडौं, मंसिर ४ — प्रमुख दलका नेताहरु सञ्चार माध्यममा खुब छाउँछन् । सञ्चार माध्यममा सँधैजसो समाचार बन्ने प्रमुख दलहरुका आफ्नै वेबसाइट भने निकै कममात्र अपडेट हुने गर्छन् । आफ्ना गतिविधि सबैजसो सञ्चार माध्यमा पठाएर समाचार बनाउने दलका आफ्नै वेबसाइटमा भने ति गतिविधि कहिल्यै अद्यावधिक हुँदैनन् ।

  • दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

    जाजरकोट, कात्तिक ३० - जाजरकोट र रुकुममा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । ल्याण्डलाईन र मोवाईलको जिएसएम तथा सिडिएमए सेवा मंगलवारदेखि अवरुद्ध हुदा यस क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् ।

  • भारतमा इन्टरनेट प्रयोग गर्नेको संख्या १० करोड नाघ्यो

    कात्तिक २२ - भारतमा इन्टरनेट प्रयोग गर्नेको संख्या १० करोड नाघेको छ र्।र् इन्टरनेट एण्ड मोबाईल एशोसियसन अफर् इण्डियाले गरेको र्सर्वेक्षणमा एक महिनापछि इन्टरनेट प्रयोग गर्नेको संख्या १२ करोड नाघ्ने देखिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । सेप्टेम्बर महिनासम्म ११ करोड २० लाखले इन्टरनेट प्रयोग गरेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

  • पश्चिम रोल्पामा स्काई तथा सिडिएमए मोवाईल अवरुद्ध

    रोल्पा, कात्तिक ६ — पश्चिम रोल्पाको राँकमा रहेको स्काई टावरमा केही दिन देखि खराबी आएपछि सिडिएमए र स्काई मोवाइल अवरुद्ध भएको छ । स्काई टावरमा खराबी आएपछि पश्चिम रोल्पाका अधिकांश गाविस र रुकुम जिल्लाका पूर्वी भेगमा मोबाइल सेवा अवरुद्ध बनेको हो ।

  • फेसबुकको भाइ नेपालमै जन्मियो फेसबुकको भाइ नेपालमै जन्मियो

    काठमाडौं, कात्तिक १  - फेसबुकको जस्तै सूविधासहितको पहिलो नेपाली समाजिक संजाल मेरो पोष्ट डटकमको सुरुवात भएको छ । फेसबुककै सुविधा दिने भएकाले यसलाई फेसबुकको भाइ भने पनि फरक पर्दैन । काठमाण्डौंमा मंगलवार पत्रकार सम्मेलन गरी मेरोपोष्टका संस्थापक अध्यक्ष सुनिल चौलागाईंले दिएको जानकारी अनुसार दुई वर्षको लगातारको प्रयासबाट यसको सुरुआत गरिएको हो ।

  • चट्याङ्ग सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो

    कपिल कोईराला/ उज्यालो । काभ्रे, असोज २७ — विभिन्न १८ देशका वैज्ञानिकले तीन वुँदे घोषणापत्र जारी गर्दे चट्याङ्ग सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । काभ्रेको धुलिखेलमा भएको अन्तर्राष्ट्रिय सम्मेलनले उर्जा, सञ्चार, यातायात, भौतिक संरचना, पुरातात्वीक महत्वका संरचनाहरु, सरकारी तथा नीजि भवन, सञ्चार र सुरक्षाका लागी टावर जडित भवनहरु आदिमा चट्याङ्ग सुरक्षाका निम्ति हाल भैरहेको मापदण्ड परिमार्जित सहित लागु गर्नुपर्नेमा जोड दिएको छ ।

  • चट्याङ्ग सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेमा शुरु चट्याङ्ग सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेमा शुरु

    कपिल कोईराला/ उज्यालो । काभ्रे, असोज २५ - चट्याङ्ग सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेको धुलिखेलमा शुरु भएको छ । बुधबारबाट शुरु भएको सम्मेलन तीन दिन सम्म चल्ने छ ।

  • एप्पलका संस्थापक स्टिभ जब्सको निधन ! एप्पलका संस्थापक स्टिभ जब्सको निधन !

    सूचना प्रविधिका क्षेत्रमा नयाँ उत्पादन र्सार्वजनिक गर्दै आएको संस्था एप्पलका संस्थापक मध्येका एक स्टिभ जब्सको निधन भएको छ । प्रविधिको क्षेत्रमा आईफोनपछि आईप्याड र्सार्वजनिक गरेर नयाँ युगको घोषणा गरेका ५६ वर्षर्य जब्स लामो समयदेखि क्यान्सरको विरामी हुनुहुन्थ्यो । जब्सको निधनसँगै सूचना प्रविधिको एउटा युग समाप्त भएको छ । पर्सनल कम्प्यूटरदेखि माउस सम्मका परिकल्पनाकार जब्सले २१ वर्षो उमेर एप्पलको स्थापना गर्नुभएको थियो । जब्सको निधनप्रति धेरैले दुः ख व्यक्त गरेका छन् । सूचना प्रविधिका सम्राट मानिएक...

  • ठमेल 'वाई-फाई जोन'

    काठमाण्डौं, असोज १० | मुलुकको सबैभन्दा बढी पर्यटकीय चहलपहल हुने क्षेत्र ठमेल मंगलवारदेखि 'वाई-फाई जोन' भएको छ । पर्यटन दिवसको अवसर पारेर ठमेल क्षेत्रलाई 'वाई-फाई जोन' घोषणा गरिएकॊ हो ।

  • मुसाको घर कम्प्युटर ! मुसाको घर कम्प्युटर !

    निमेन्द्र शाही/ बाजुरा, असोज ८ — कम्प्युटरसँग मानिसको लगाव हुनु नौलो कुरा होइन तर बाजुरामा मुसाको कम्प्युटरसँग यति लगाव बढेको छ कि हुलाक कार्यालयका मुसा कम्प्युटर भित्रै बस्छन् ।

  • विद्यालयमा मोबाईल र श्रृङ्गारका सामग्री निषेध विद्यालयमा मोबाईल र श्रृङ्गारका सामग्री निषेध

    दमन राई/ खोटाङ, असोज ७ — खोटाङको दोर्पाचिउरीडाँडा स्थित अन्नपूर्ण माविमा विद्यार्थीलाई मोबाईल सहित बिद्यालय प्रवेशमा रोक लगाइएको छ । विद्यार्थीहरुले कक्षाकोठा भित्रै मोबाईल खेलाउने, भिडियो हेर्ने, गीत बजाउन थालेपछि विद्यालयमा मोबाईल निषेध गरिएको हो ।

  • फेसबुकमा कमेन्ट गर्दा जागिर चट फेसबुकमा कमेन्ट गर्दा जागिर चट

    फेसबुकमा कत्तिको खुलेर कमेन्ट गर्ने बानी छ ? होस गर्नुहोला फेसबुकले गर्दा जागिर नै जान पनि सक्छ । फेसबुकमा विचार व्यक्त गरेकै कारण भारतमा दुई जना कर्मचारिलाई सेवाबाट निलम्बन गरिएको छ ।

  • कस्को आम्दानी कति ?

    हामीले हरेक दिन चलाउने फेसबुक, गुगलको बार्षिक आम्दानी कति होला ? फेसबुक, गुगल, अमाजन जस्ता केहि वेवसाईटहरुको बार्षिक होईन प्रति सेकेण्ड आम्दानी नेपालीको औषत बार्षिक आम्दानी भन्दा धेरै छ ।

  • सफ्टवेयर डाउनलोड गर्ने उत्कृष्ट १० साइट सफ्टवेयर डाउनलोड गर्ने उत्कृष्ट १० साइट

    यो जमाना ओपन सोर्स सफ्टवेयरको हो । विभिन्न सफ्टवेयर, कम्प्युटर गेम, डा्रइभर, गीतसंगीत सुन्न तथा भिडियो हेर्नका लागि मिडिया प्लेयर आदि किनिरहनु पर्दैन ।

  • फेसबुकमा रमाउने बढे फेसबुकमा रमाउने बढे

    काठमाण्डौं, भदौ ३१ । तपाइँ फेसबुक कत्तिको चलाउनुहुन्छ ? कार्यालयमा होस वा घरमा इन्टरनेटमा बस्ने वित्तिकै सबैभन्दा पहिला तपाईँले खोल्ने वेभसाइट कुन हो ? यदि यसको उत्तर फेसबुक हो भने सोच्नुस त, तपाईँ जस्तै फेसबुकमा रमाउने मान्छे नेपालमा कति होलान् ?

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • वर्षेनी करोडौं रकम फ्रिज भएर जान्छ । तर बर्खामा बाढीपहिरो र हिउँदमा शितलहरले सयौंको ज्यान लिन्छ । बेलाबेलामा राहतको घोषणा गरेर नागरिकको आँखामा छारो हाल्नुको साटो विपत पीडितका लागि सरकारले एउटा स्थायी कोष खडा गर्न किन नसकेको होला ।

    ​सन्तोष पराजुली
  • डाक्टर केसीले व्यक्तिगत आरोप लगाउनु गलत थियो होला तर उहाँले उठाएका मुद्दा शतप्रतिशत सहि छन् । असोजयताका फैसला हेर्दा धेरै भष्ट्राचारी उम्किएका छन् ।

    ​केसी अनिल
  • काठमाडौंको ट्राफिक जाम, धुँवाधुलो, अस्तब्यस्त फुटपाथको राम्रोसँग व्यवस्था होस । अब बन्ने नयाँ सरकारले सडकका ट्राफिक लाइट नयाँ हालेर छरपस्ट रहेका तार मिलाएर सडकमा थुपारिएको फोहोर, जताततै टाँगिएका विज्ञापनका पोस्टरहरु हटाए मात्रै काठमाडौँलाई देशको राजधानी भन्न सुहाउँछ ।

    ​कपिल ज्ञवाली
सबै हेर्नुहोस

सोसल मिडिया