MENU
ujyaalo forign call inside

विज्ञान प्रविधि

  • दाइजो माग्नेलाई फेसबुकबाटै जुत्ता हानौँ दाइजो माग्नेलाई फेसबुकबाटै जुत्ता हानौँ

    फागुन ३ – भारतीय डेटिङ एजेन्सी सादी डट कमले दाइजो सम्बन्धि हिंसाका विरुद्ध सुरु गरेको एङ्ग्री ब्राइडस् नामक फेसबुक गेम निकै चर्चित भएको छ । सामाजिक सञ्जालको माध्यमबाट दाइजो विरुद्ध चेतना फैलाउन एक महिना अघि सुरु भएको यो एप्लिकेसनका हालसम्म ३ लाख ५० हजार प्रयोगकर्ता छन् ।

  • अव ब्याट्री बिनाका रिमोट

    काठमाडौं, फागुन १ बेलायती अनुसन्धानकर्ताहरुले रेडियो, घडी र टिभीको रिमोटका लागि ब्याट्री नचाहिने प्रविधिको विकास गरेका छन । बेलायतको एक विश्व विद्यालयका अनुसन्धानकर्ताहरुले अब रेडियो, घडी, टेलिभिजनको रिमोट लगायतका विद्युत्तीय सामग्रीको प्रयोगमा ब्याट्रीको प्रयोग आवश्यक नपर्ने बताएका छन ।

  • कक्षा १० का विद्यार्थीको रोर्बट प्रदर्शनी

    पोखरा, माघ २९ – पोखराको रत्नज्योति बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत सनिस केसीले बनाएका विभिन्न प्रकारका रोर्बटको प्रर्दशनी भएको छ । केसीले तारजडित टेलिफोनसँगै सुरुङ खन्ने र ढोका खोल्ने रोवोर्ट बनाउनुभएको छ ।

  • एक्स्प्लोर एसिया क्यान इन्फोटेकमा १० हजार दर्शक

    हेटौँडा, माघ २९ – हेटौंडामा ३ दिनदेखि जारी सूचना प्रविधिसम्बन्धी प्रर्र्दशनी “एक्स्प्लोर एसिया क्यान–इन्फोटेक २०१२’ दश हजार दर्शकले अवलोकन गरेका छन् । फागुन १ गतेसम्म सञ्चालन हुने इन्फोटेक शनिबारसम्ममा १० लाख दर्शकले अवलोकन गरेका छन् ।

  • ठगिन सक्छ अनलाइन डेटिङमा

    माघ २७ – भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस आउन केही दिनमात्र बाँकी छ । प्रेम जोडीहरु डेटिङको योजना बनाउँदै होलान् ।

  • ट्वीटरमा अदालत

    माघ २३ – अदालतमा पर्ने हरेक मुद्दा र त्यसमाथि हुने कामकारबाहीका बारेमा सबै जानकारी लिन सम्भव छ ? दिनदिनै अदालत धाएर जानकारी लिन त पक्कै सम्भव छैन तर प्रविधिले बिस्तारै यसलाई सम्भव तुल्याएको छ ।

  • फेसबुकका मालिकको तलब मात्र १ डलर !

    माघ २० – मार्क जुकेरबर्ग फेसबुकका संस्थापक हुन् । उनी फोर्बस् नामक पत्रिकाले निकालेको विश्वका शक्तिशाली व्यक्तिको सूचिमा नवौँ स्थानमा छन् । विश्वभरमै लोकप्रिय र गुगल पछि सबै भन्दा बढी हेरिने यो वेबसाइटका मालिकको तलब कति होला ?

  • सुचना प्रविधीप्रति आकर्षण बढ्दो

    काठमाडौं, माघ १८ अरु मेला र प्रदर्शनीभन्दा सुचना प्रविधि मेलामा दर्शकको आकर्षण बढेको देखिएको छ । नयाँ प्रविधिको बारेमा एउटै थलोबाट जानकारी लिन सकिने भएकाले सुचना प्रविधि मेलामा दर्शकको आकर्षण बढेको हो ।

  • आइटी क्षेत्रमा छ प्रशस्त रोजगारीको अवसर

    कमल पराजुली/ उज्यालो । काठमाडौं, माघ १४ — सिर्जनात्मक काम, मनग्ये पैसा र सम्मानित जागिर के होला ? जवाफ आआफ्नै खालको हुनसक्छ । तर काठमाण्डौ लगनटोलका रविन श्रेष्ठलाई भने  सुचना ‘आइटी जब’ नै सबै भन्दा उत्कृष्ट लाग्छ ।

  • ट्वीट नियन्त्रण गर्ने ट्वीटरको तयारी

    माघ १३ – माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताले प्रयोग गरेका सन्देशमा नियन्त्रण गर्ने भएको छ । बढ्दो लोकप्रियतासँगै अभिव्यक्ति स्वतन्त्रका विषयमा फरक दृष्टिकोण राख्ने देशमा पनि उही सन्देश प्रयोग भईरहेकाले उपयोगकर्ताका सन्देशमा नियन्त्रण गर्न लागिएको ट्वीटरले जनाएको छ ।

  • क्यान इन्फोटेक आज देखि

    काठमाडौं, माघ १२ सूचना प्रविधी मेला क्यान इन्फोटेकको अठारौं संस्करण आजदेखि काठमाडौंमा  शुरु भएको छ । मेला भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने  छ ।

  • ‘सामाजिक सञ्जालले बनायो हैरान’

    काठमाडौं, माघ ७ – युवापुस्ता बिस्तारै फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालबाट दिक्क हुँदै गएको एक अध्ययनले देखाएको छ । भारतमा गत अक्टोबर देखि डिसेम्बरसम्म गरिएको अध्ययन अनुसार युवापुस्ताले फेसबुक, गुगल प्लस, ट्वीटर, लिंकेडइन र माइस्पेस जस्ता साइटमा बिताउने समय घटाउन थालेका छन् ।

  • रोकियो ‘स्टप अनलाइन पाइरेसी एक्ट’

    काठमाडौं, माघ ७ – अमेरिकी संसदले प्रस्ताव गरेको ‘स्टप अनलाइन पाइरेसी एक्ट’ अर्थात अनलाइनमा हुने चोरी नियन्त्रण ऐनमाथिको मतदान तत्कालका लागि रोकिएको छ । प्रस्तावको सर्वत्र विरोध भएपछि संसदको कानूनी मामिला समितिले प्रस्ताव तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।

  • फेसबुकले ल्याउँदै छ नयाँ नयाँ एप्लिकेसन

    काठमाडौं, माघ ५ –  यदि आफ्नो टाइमलाइन (प्रोफइल) मा म्युजिक एप्लिकेसन एक्टिभेट गर्नुभएको छ भने आफुलाई मनपर्ने गीत सुनिरहेको कुरा ‘म फलानो गीत सुनिरहेको छु’ भनेर फेसबुकमा लेखिरहनु पर्दैन । म्युजिक एप्स आँफैले तपाईँको नेटवर्कमा भन्ने छ - ‘फलानाले यो गीत सुनिरहेको छ ।&rsquo

  • अन्ततः जेरीले छाडे याहू

    माघ ४ – इन्टरनेट कम्पनी याहूका सहसंस्थापक जेरी योङले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएका छन् । चर्चा र व्यापार दुबै खस्किरहेको बेला कुनैबेलाको ईन्टरनेट जाइन्ट मानिएको कम्पनी याहूलाई जेरीको वहिर्गमनले अर्को धक्का लागेको छ ।

  • विकिपीडिया २४ घण्टाका लागि बन्द

    माघ ४ – विश्वका अधिकांस भाषामा सञ्चालित खुला ज्ञानकोश विकिपीडियाको अंग्रेजी संस्करण २४ घण्टाका लागि बन्द गरिएको छ । अमेरिकाको कांग्रेसले बनाएको ‘स्टप अनलाइन पाइरेसी एक्ट’ अर्थात अनलाइनमा हुने चोरी नियन्त्रण ऐनको बिरोधमा विकिपीडियाले आफ्नो साइट अफलाइन राखेको जनाएको छ ।

  • गाउँमै इन्टरनेट चलेपछि छायो खुसी

    दमन राई/ उज्यालो । खोटाङ, पुष २९ – अहिलेसम्म सञ्चारको पहुँच नपुगेको खोटाङको उत्तरी गाविस खार्मीमा बिहीबार भने अर्कै रौनक देखिन्थ्यो । गाउँमै स्काई फोन सञ्चालनमा आएपछि शुरु गरिएको साइबर क्याफेमा इमेल-ईन्टरनेट चलाउनेहरुको भिड लाग्यो ।

  • भारतमा फेसबुकलाई प्रतिवन्ध लगाउने चेतावनी

    काठमाडौं, पुष २९- भारतको दिल्ली उच्च अदालतले सामाजिक सन्जाल फेसबुक र सर्च ईन्जिन गुगल ईन्डियालाई आपत्तिजनक सामग्रीमाथि नियन्त्रण नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । फेसबुक र गुगल ईन्डियाका प्रतिनिधीले आपत्तिजनक सामग्री राख्ने र हटाउने विषयमा अदालतमा दिएको बयान पछि अदालतले यस्तो चेतावनी दिएको हो ।

  • इञ्जिनियरिङ प्रदर्शनी तथा विद्यार्थी प्रतियोगिता शुरु हुँदै

    ललितपुर, पुष २९ ललितपुरको पुल्चोक क्याम्पसमा आजदेखि पाँचौं सिभिल इञ्जिनियरिङ प्रदर्शनी तथा विद्यार्थी प्रतियोगिता शुरु हुँदैछ । प्रगतिको लागि पूर्वाधार ईञ्जिनियरिङ भन्ने मूल नाराका साथ हुने कार्यक्रम आगामी माघ १ गतेसम्म चल्नेछ । नयाँ प्रविधिको जानकारी तथा फाइदा र बेफाईदा, विद्यार्थीहरुको आत्मविश्वास र सीपलाई अभिवृद्धि गर्ने लगायतका उद्धेश्य सहित कार्यक्रम हुन लागेको हो । प्रदर्शनीमा ३० वटा स्टल रहने आयोजक सिभिल इञ्जिनियरिङ विद्यार्थी समाज र पुल्चोक क्याम्पसको सिभिल विभागले जनाएका छन् । प्रदर्श...

  • आयो बुलबुल मोबाइल

    काठमाडौं, पुष २७ – सस्तो दाममा सबै सुविधा भएको मोबाइल खोज्नेलाई बुलबुल राम्रो विकल्प हुनसक्छ । ग्याजेट्स नेपाल प्रालिले बर्डको नयाँ मल्टिमेडिया मोबाइल फोन ‘बुलबुल–के १६१६’ सेट बजारमा ल्याएको छ ।

  • आउँदैछ मानवीय स्वभाव अनुसार काम गर्ने ल्यापटप आउँदैछ मानवीय स्वभाव अनुसार काम गर्ने ल्यापटप

    पुष २६ – इन्टेल कम्पनीले घोषणा गर्‍यो – ‘ल्यापटप बोकेर हिँड्नु पुरानो जमानाको कुरा हो ।’ उसो भए के हो त नयाँ ? त्यो पनि ल्यापटप नै हो तर अहिले चलनचल्तिमा रहेका भन्द भिन्नै खालका ल्यापटप ।

  • बेलारुसमा इन्टरनेट प्रयोगकर्तामाथि कडा निगरानी बेलारुसमा इन्टरनेट प्रयोगकर्तामाथि कडा निगरानी

    पुष २२ – युरोपेली मुलुक बेलारुसमा सरकारले इन्टरनेट प्रयोगकर्ता माथि कडा निगरानी राख्न थालेको छ । शुक्रबारदखि लागु भएको नयाँ कानुन अनुसार बिदेशी तथा घरेलु वेबसाइट हेर्न समेत सरकारको अनुमति माग्नुपर्ने भएको छ ।

  • ल्यापटप किन्ने धेरै

    काठमाडौं, पुष २२- हिजोदेखि काठमाडौंमा शुरु भएको आईसीटी ब्रान्डिङ एक्स्पो–२०१२ मा सबै भन्दा धेरै आकर्षण ल्यापटमा देखिएको छ । पहिलो दिन नै झण्डै ४० वटा ल्यापटप विक्रि भएको मेलाका संयोजक सी एन उपाध्यायले जानकारी दिनु भयो ।

  • थम्पसन बने याहुको नयाँ प्रमुख

    पुष २१ – छ महिना झण्डै नेतृत्व बिहिन बनेको याहुले अब नयाँ नेतृत्व पाएको छ । नेतृत्वको रिक्तता भङ्ग गर्दे स्कट थम्पसन याहुको नयाँ कार्यकारी अधिकृतमा छनोट भएका छन् ।

  • ट्वीटरमा दोश्रो विश्वयुद्ध लाइभ ! ट्वीटरमा दोश्रो विश्वयुद्ध लाइभ !

    काठमाडौं, पुष १८ – जर्मनीले स्लोभाकियासँग मिलेर पोल्याण्डमाथि हमला गर्‍यो । त्यसको दुई दिन पछि नै कमन्वेल्थका अन्य देशसँग मिलेर फ्रान्स र ब्रिटेनले जर्मनी विरुद्ध युद्ध छेडे । यतिबेला ब्रिटेनले आफ्ना युवालाई सेनामा भर्ति हुन आह्वान गर्दै छ । विश्व विभाजित छ । जर्मनी मे १० तारिखका दिन फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गमाथि आक्रमणको तयारीमा छ ।  यो घटना अहिलेको भने होइन । झण्डै ७३ वर्ष पहिला भएको दोश्रो विश्व युद्धको विवरण हो यो । सन् १९३९ बाट सुरु भएको विश्वयुद्धबा...

  • सामसुङ ग्यालेक्सी ट्याब र मेट्रो बजारमा सामसुङ ग्यालेक्सी ट्याब र मेट्रो बजारमा

    काठमाडौं, पुष १७ – सामसुङका नयाँ मोडलका मोबाइल सेट नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक विक्रेता आइएमएस टेलिट्रेड प्रालिले सामसुङ ग्यालेक्सी ट्याब र सामसुङ सी ३५२० (मेट्रो) मोडलको मोबाइल सेट बजारमा ल्याएको हो ।

  • बढ्दै छ गुगल प्लसको लोकप्रियता बढ्दै छ गुगल प्लसको लोकप्रियता

    पुष १४ – आफ्नो प्रतिद्वन्दी गुगल प्लसको बढ्दो लोकप्रियता फेसबुकको लागि टाउको दुखाईको विषय बनेको छ । सामाजिक सञ्जाल गुगल प्लसले फेसबुकलाई चुनौति दिँदै सेवा सुरु गरेको ६ महिनामै प्रयोगकर्ताको संख्या ६ करोड पुर्‍याएको छ ।

  • फेसबुकमा १४ लाख नेपाली फेसबुकमा १४ लाख नेपाली

    काठमाडौं, पुष ११ –“फेसबुक तपाईँलाई तपाईँको जीवनका मानिससँग जोड्न र मनका कुरा बाँड्न सहयोग गर्छ ।” यो भनाई हो लोकप्रिय समाजिक सञ्जाल फेसबुकको । उसो भए कति नेपाली फेसबुकमा मनका कुरा साटासाट गर्लान ? अनि कति नेपाली फेसबुकको सञ्जालमा जोडिएका होलान ?

  • आपत्तिजनक सामाग्री हटाउन २२ सामाजिक सञ्जाललाई निर्देशन

    नयाँ दिल्ली, पुष १० – भारतको राजधानी नयाँ दिल्लीको एक अदालतले इन्टरनेटमा आधारित विभिन्न २२ वटा सामाजिक सञ्जाललाई डेढ महिनाभित्रमा आफ्नो वेबसाइटमा रहेका आपत्तिजनक सामाग्री हटाउन निर्देशन दिएको छ । अदालतले धर्म विरोधी र समाज विरोधी सामाग्री हटाउने आदेशको पालना गरिएको विषयमा प्रतिवेदन दिन पनि सम्बन्धित संस्थाहरुलाई निर्देशन दिएको छ ।

  • बिराटनगरमा क्यान इन्फो टेक सुरु

    विराटनगर, पुष ८ - बिराटनगरमा शुक्रवारदेखि सुचना प्रबिधि मेला क्यान इन्फो टेक सुरु भएको छ । स्थानीय जैन भबनमा  ४ दिन सम्म संचालन हुने मेलामा कम्प्यूटर संग्रालय लगायतका ९० बटा स्टल रहेको आयोजकले जनाएको छ । क्यान इन्फोटेक मेलाको उदघाटन गर्दै बिज्ञान तथा प्रबिधि मन्त्री कल्पना धमलाले सरकारले मन्त्रालयलाई बेबास्ता गरेको कारण यस क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताउनु भयो ।

  • फेसबुकमा नयाँ क्रान्ति – आइपुग्यो टाइमलाइन फेसबुकमा नयाँ क्रान्ति – आइपुग्यो टाइमलाइन

    काठमाडौं, पुष ६ – अझै पनि तपाईँ फेसबुक प्रोफइलकै कुरा गर्दै हुनुहुन्छ भने त्यो पुरानो भै सक्यो । कुरा बुझ्नु भएन ? फेसबुकले प्रोफाइलको सट्टा नयाँ फिचर ‘टाइमलाइन’ सुरु गरेको छ ।

  • सौर्यमण्डलबाहिर पृथ्वी जत्रै दुई ग्रह भेटिए सौर्यमण्डलबाहिर पृथ्वी जत्रै दुई ग्रह भेटिए

    पुष ६ – खगोलविद्हरुले पहिलोपटक पृथ्वीकै आकारका २ वटा ग्रह पत्ता लगाएका छन् । सौर्यमण्डलबाट धेरै टाढा रहेका ती ग्रहहरुले सूर्यजस्तै एक तारालाई परिक्रमा गर्ने खगोलविद्हरुको भनाई छ ।

  • फेसबुकले मुख्य कार्यालय सार्‍यो फेसबुकले मुख्य कार्यालय सार्‍यो

    काठमाण्डौं, पुष ५ - सोसियल नेटवर्किङ्ग साइट फेसबुकले आफ्नो मुख्य कार्यालय सारेको छ । क्यालिफोर्नियाको पाउलो अल्टोमा रहेको मुख्य कार्यालय क्यालिफोर्नियाकै मेनलो पार्कमा सारिएको हो । मेनलो पार्कको १६०१ रोडमा रहेको नयाँ कार्यालय १० लाख स्क्यावर फिट क्षेत्रफलको छ ।

  • फेसबुकमा लाजमर्दो भाइरसको आक्रमण फेसबुकमा लाजमर्दो भाइरसको आक्रमण

    रविराज बराल/ उज्यालो । काठमाडौं, पुष ३ – काठमाडौंको एउटा कर्पोरेट अफिसमा काम गर्ने रोजिनाले आइतबार बिहान कार्यालय पुग्ने बित्तिकै फेसबुक खोलिन् । फेसबुक खोल्नासाथ आफ्नो वालमा ट्याग भएको अश्लिल तस्विर देखेर उनी आत्तिईन् र तत्कालै सँगैकी साथीलाई त्यो देखाईन् ।

  • फेसबुकको सर्वाधिक चर्चित विषय ‘लादेनको हत्या’ फेसबुकको सर्वाधिक चर्चित विषय ‘लादेनको हत्या’

    पुष १ – सन् २०११ मा फेसबुकमा सबै भन्दा बढी चर्चा के को भयो होला ? ८० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताले के विषयमा चर्चा गरे होलान् ? चर्चित सामाजिक सञ्जाल फेसबुकमा सन् २०११ मा सर्वाधिक चर्चा गरिएका विषय सार्वजनिक भएका छन् ।

  • नेपाल टेलिकम सञ्चार माफियाको घेराबन्दीमा नेपाल टेलिकम सञ्चार माफियाको घेराबन्दीमा

    काठमाडौं, मंसिर २९ – नेपाल दूरसंचार प्राधिकरणका यूनियनहरुले प्राधिकरण संचार माफियाको घेराबन्दीमा परेको बताएका छन् । कम्पनीमा क्रियाशील पाँच वटा यूनियनले काठमाडौंमा पत्रकार सम्मेलन गरि मन्त्रीको मिलेमतोमा नेपाल दूरसञ्चार प्राधिकरण सञ्चार माफियाको घेराबन्दीमा परेर टेलिकमलाई ध्वस्त बनाउन लागेको आरोप लगाएका हुन् ।

  • बनेपामा सूचना प्रविधि मेला बनेपामा सूचना प्रविधि मेला

    कपिल कोईराला/ उज्यालो । काभ्रे, मंसिर २९ – बनेपामा दोश्रो सूचना प्रविधि मेला सुरु भएको छ । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) काभ्रेको आयोजनामा बिहीबार देखि काभ्रेको बनेपामा सुरु भएको क्यान ईन्फोटेकमा सूचना प्रविधिका नयाँ आविष्कारको प्रदर्शनी गरिएको छ ।

  • फेसबुकले आत्महत्या गर्न चाहनेहरुलाई जोगाउने फेसबुकले आत्महत्या गर्न चाहनेहरुलाई जोगाउने

    मंसिर २७ – चर्चित सामाजिक सञ्जाल फेसबुकले आत्महत्या गर्नेहरुलाई जोगाउने भएको छ । आत्महत्याबारेका बिचार व्यक्त गर्ने वा त्यस्तो इच्छा देखाउँदै इन्टरनेटमा सर्च गर्नेहरुलाई सामाजिक सञ्जाल मार्फत सहयोग गर्न फेसबुकले नयाँ फिचर सुरु गरेको छ ।    मंगलबारबाट सुरु गरिएको यो प्रोग्रामले आत्महत्या गर्न इच्छा व्यक्त गर्नेहरुलाई तुरुन्तै विज्ञ र परामर्शदाताहरुसँग जोड्ने छ । फेसबुकले गोप्य च्याट मार्फत प्रयोगकर्तालाई राष्ट्रिय आत्महत्या नियन्त्रण केन्द्रमा जोड्ने बताएको छ ।...

  • यसरी जन्मियो फेसबुक यसरी जन्मियो फेसबुक

    मंसिर २६ – मार्क जुकेरबर्ग स्कुले जीवन देखि नै कम्प्युटर र कम्प्युटर प्रोग्रामिङमा निकै रुचि राख्थे । उनका बाबुले उनलाई स्कुल पढ्दा देखि नै विभिन्न कम्प्युटर प्रोग्रामिङहरु सिकाउन थालेका थिए । पछि घरमै एक जना शिक्षक ल्याएर उनलाई तालिम दिन थालियो ।

  • ट्विटर आउँदै छ नयाँ रुपमा ट्विटर आउँदै छ नयाँ रुपमा

    मंसिर २४ – ट्विटरमा रमाउनेहरुलाई खुसीको खबर । सन् २०१२ देखि ट्विटर नयाँ रुपमा आउँदै छ । फेसबुक, गुगल र याहु लागयतका सामाजिक सञ्जालले नयाँ डिजाइन सार्वजनिक गरे लगत्तै ट्विटरले पनि नयाँ वर्षसँगै नयाँ र स्टाइलिस डिजाइनमा आउने घोषणा गरेको हो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया