MENU

विज्ञान प्रविधि

  • १७, ००० कर्मचारीको जागिर संकटमा

    नोकीया–सेइमेन्स कम्पनी सञ्जामा कार्यरत १७, ००० कर्मचारीको जागिर संकटमा परेको छ । नेटवर्क पुर्वाधारको क्षेत्रमा संघर्षरत बिक्रेता नोकीया–सेइमेन्सले बिश्वभरीमा रहेका आफ्नो कर्मचारीमध्येबाट १७ हजारलाई कटौती गर्ने योजना सार्वजनिक गरेपछि त्यहाँ कार्यरत कर्मचारीको जागिर संकटमा परेको हो ।

  • 'बफी' आउने भो!

    काठमाण्डौ, मंसिर ६ - आफ्नो फोनमा प्राय कम्युटरले गरेजस्तै काम गर्न चाहने तथा लोकप्रीय अनलाइन सामाजिक सञ्जाल चलाउने  सूचना प्रबिधीप्रेमीहरुका लागि फेरी एउटा खुशीको खबर, फेसबुकले पनि फोन ल्याँउदैछ । आइफोन ४एसको अहिलेसम्म सर्वाधिक रुचाईको स्मार्टफोन हो जसलाई एप्पलले केही महिना अगाडि सार्वजनिक गरेको थियो ।

  • एप्पल आइट्युन्स्लाई गुगलको धावा एप्पल आइट्युन्स्लाई गुगलको धावा

    द इकोनोमिस्ट, सानफ्रान्सिस्को । नोभेम्बर १९ - सन् २००१ मा आइपड बनेको थिएन भने सायदै त्यसको दुईबर्षपछि एप्पलले आइट्युन्स् संगीत भण्डारको शुरुवात गर्ने थिएन होला । यदी दुबै नभएको भए एप्पल आज बिश्वमा बार्षिक ६.३ बिलीयन  डलर बराबरको डिजिटील म्युजिक कारोबारमा सफल हुने थिएन होला । तर आउने दिनभने आइट्युन्स्को एकछत्र राज जोगाउन एप्पललाई चुनौतीपुर्ण हुने संकते देखापरेकोछ ।

  • नेताज्यू ! साइट कहिले अपडेट गर्ने ? नेताज्यू ! साइट कहिले अपडेट गर्ने ?

    रविराज बराल/ उज्यालो । काठमाडौं, मंसिर ४ — प्रमुख दलका नेताहरु सञ्चार माध्यममा खुब छाउँछन् । सञ्चार माध्यममा सँधैजसो समाचार बन्ने प्रमुख दलहरुका आफ्नै वेबसाइट भने निकै कममात्र अपडेट हुने गर्छन् । आफ्ना गतिविधि सबैजसो सञ्चार माध्यमा पठाएर समाचार बनाउने दलका आफ्नै वेबसाइटमा भने ति गतिविधि कहिल्यै अद्यावधिक हुँदैनन् ।

  • दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

    जाजरकोट, कात्तिक ३० - जाजरकोट र रुकुममा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । ल्याण्डलाईन र मोवाईलको जिएसएम तथा सिडिएमए सेवा मंगलवारदेखि अवरुद्ध हुदा यस क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् ।

  • भारतमा इन्टरनेट प्रयोग गर्नेको संख्या १० करोड नाघ्यो

    कात्तिक २२ - भारतमा इन्टरनेट प्रयोग गर्नेको संख्या १० करोड नाघेको छ र्।र् इन्टरनेट एण्ड मोबाईल एशोसियसन अफर् इण्डियाले गरेको र्सर्वेक्षणमा एक महिनापछि इन्टरनेट प्रयोग गर्नेको संख्या १२ करोड नाघ्ने देखिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । सेप्टेम्बर महिनासम्म ११ करोड २० लाखले इन्टरनेट प्रयोग गरेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

  • पश्चिम रोल्पामा स्काई तथा सिडिएमए मोवाईल अवरुद्ध

    रोल्पा, कात्तिक ६ — पश्चिम रोल्पाको राँकमा रहेको स्काई टावरमा केही दिन देखि खराबी आएपछि सिडिएमए र स्काई मोवाइल अवरुद्ध भएको छ । स्काई टावरमा खराबी आएपछि पश्चिम रोल्पाका अधिकांश गाविस र रुकुम जिल्लाका पूर्वी भेगमा मोबाइल सेवा अवरुद्ध बनेको हो ।

  • फेसबुकको भाइ नेपालमै जन्मियो फेसबुकको भाइ नेपालमै जन्मियो

    काठमाडौं, कात्तिक १  - फेसबुकको जस्तै सूविधासहितको पहिलो नेपाली समाजिक संजाल मेरो पोष्ट डटकमको सुरुवात भएको छ । फेसबुककै सुविधा दिने भएकाले यसलाई फेसबुकको भाइ भने पनि फरक पर्दैन । काठमाण्डौंमा मंगलवार पत्रकार सम्मेलन गरी मेरोपोष्टका संस्थापक अध्यक्ष सुनिल चौलागाईंले दिएको जानकारी अनुसार दुई वर्षको लगातारको प्रयासबाट यसको सुरुआत गरिएको हो ।

  • चट्याङ्ग सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो

    कपिल कोईराला/ उज्यालो । काभ्रे, असोज २७ — विभिन्न १८ देशका वैज्ञानिकले तीन वुँदे घोषणापत्र जारी गर्दे चट्याङ्ग सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । काभ्रेको धुलिखेलमा भएको अन्तर्राष्ट्रिय सम्मेलनले उर्जा, सञ्चार, यातायात, भौतिक संरचना, पुरातात्वीक महत्वका संरचनाहरु, सरकारी तथा नीजि भवन, सञ्चार र सुरक्षाका लागी टावर जडित भवनहरु आदिमा चट्याङ्ग सुरक्षाका निम्ति हाल भैरहेको मापदण्ड परिमार्जित सहित लागु गर्नुपर्नेमा जोड दिएको छ ।

  • चट्याङ्ग सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेमा शुरु चट्याङ्ग सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेमा शुरु

    कपिल कोईराला/ उज्यालो । काभ्रे, असोज २५ - चट्याङ्ग सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेको धुलिखेलमा शुरु भएको छ । बुधबारबाट शुरु भएको सम्मेलन तीन दिन सम्म चल्ने छ ।

  • एप्पलका संस्थापक स्टिभ जब्सको निधन ! एप्पलका संस्थापक स्टिभ जब्सको निधन !

    सूचना प्रविधिका क्षेत्रमा नयाँ उत्पादन र्सार्वजनिक गर्दै आएको संस्था एप्पलका संस्थापक मध्येका एक स्टिभ जब्सको निधन भएको छ । प्रविधिको क्षेत्रमा आईफोनपछि आईप्याड र्सार्वजनिक गरेर नयाँ युगको घोषणा गरेका ५६ वर्षर्य जब्स लामो समयदेखि क्यान्सरको विरामी हुनुहुन्थ्यो । जब्सको निधनसँगै सूचना प्रविधिको एउटा युग समाप्त भएको छ । पर्सनल कम्प्यूटरदेखि माउस सम्मका परिकल्पनाकार जब्सले २१ वर्षो उमेर एप्पलको स्थापना गर्नुभएको थियो । जब्सको निधनप्रति धेरैले दुः ख व्यक्त गरेका छन् । सूचना प्रविधिका सम्राट मानिएक...

  • ठमेल 'वाई-फाई जोन'

    काठमाण्डौं, असोज १० | मुलुकको सबैभन्दा बढी पर्यटकीय चहलपहल हुने क्षेत्र ठमेल मंगलवारदेखि 'वाई-फाई जोन' भएको छ । पर्यटन दिवसको अवसर पारेर ठमेल क्षेत्रलाई 'वाई-फाई जोन' घोषणा गरिएकॊ हो ।

  • मुसाको घर कम्प्युटर ! मुसाको घर कम्प्युटर !

    निमेन्द्र शाही/ बाजुरा, असोज ८ — कम्प्युटरसँग मानिसको लगाव हुनु नौलो कुरा होइन तर बाजुरामा मुसाको कम्प्युटरसँग यति लगाव बढेको छ कि हुलाक कार्यालयका मुसा कम्प्युटर भित्रै बस्छन् ।

  • विद्यालयमा मोबाईल र श्रृङ्गारका सामग्री निषेध विद्यालयमा मोबाईल र श्रृङ्गारका सामग्री निषेध

    दमन राई/ खोटाङ, असोज ७ — खोटाङको दोर्पाचिउरीडाँडा स्थित अन्नपूर्ण माविमा विद्यार्थीलाई मोबाईल सहित बिद्यालय प्रवेशमा रोक लगाइएको छ । विद्यार्थीहरुले कक्षाकोठा भित्रै मोबाईल खेलाउने, भिडियो हेर्ने, गीत बजाउन थालेपछि विद्यालयमा मोबाईल निषेध गरिएको हो ।

  • फेसबुकमा कमेन्ट गर्दा जागिर चट फेसबुकमा कमेन्ट गर्दा जागिर चट

    फेसबुकमा कत्तिको खुलेर कमेन्ट गर्ने बानी छ ? होस गर्नुहोला फेसबुकले गर्दा जागिर नै जान पनि सक्छ । फेसबुकमा विचार व्यक्त गरेकै कारण भारतमा दुई जना कर्मचारिलाई सेवाबाट निलम्बन गरिएको छ ।

  • कस्को आम्दानी कति ?

    हामीले हरेक दिन चलाउने फेसबुक, गुगलको बार्षिक आम्दानी कति होला ? फेसबुक, गुगल, अमाजन जस्ता केहि वेवसाईटहरुको बार्षिक होईन प्रति सेकेण्ड आम्दानी नेपालीको औषत बार्षिक आम्दानी भन्दा धेरै छ ।

  • सफ्टवेयर डाउनलोड गर्ने उत्कृष्ट १० साइट सफ्टवेयर डाउनलोड गर्ने उत्कृष्ट १० साइट

    यो जमाना ओपन सोर्स सफ्टवेयरको हो । विभिन्न सफ्टवेयर, कम्प्युटर गेम, डा्रइभर, गीतसंगीत सुन्न तथा भिडियो हेर्नका लागि मिडिया प्लेयर आदि किनिरहनु पर्दैन ।

  • फेसबुकमा रमाउने बढे फेसबुकमा रमाउने बढे

    काठमाण्डौं, भदौ ३१ । तपाइँ फेसबुक कत्तिको चलाउनुहुन्छ ? कार्यालयमा होस वा घरमा इन्टरनेटमा बस्ने वित्तिकै सबैभन्दा पहिला तपाईँले खोल्ने वेभसाइट कुन हो ? यदि यसको उत्तर फेसबुक हो भने सोच्नुस त, तपाईँ जस्तै फेसबुकमा रमाउने मान्छे नेपालमा कति होलान् ?

  • आजदेखि क्यान सफ्ट्टेक शुरु

    काठमाडौं, भदौ २९ — काठमाडौंमा आजदेखि क्यान सफ्ट्टेक शुरु हुँदैछ । नेपालमै बनेका कम्प्यूटर सफ्टवेयरको प्रर्वद्धन गर्ने उद्धेश्यले कम्प्यूटर एशोशिएसन अफ नेपालले मेला आयोजना गरेको हो ।

  • गुनोसो सुन्न प्रधानमन्त्रीको नयाँ ईमेल आइडी

    काठमाडौं, भदौ २८ — प्रधानमन्त्रीलाई केही भन्न मन छ ? वा सरकारलाई केही सुझाव छन् ? अथवा देश परिवर्तनका लागि तपाईँसँग केही नयाँ विचार छ ? प्रधानमन्त्रीलाई ईमेल गर्नुस ।

  • गुगलको सर्भर नेपालमै गुगलको सर्भर नेपालमै

    काठमाडौं, भदौ २५ - चर्चित सर्च इन्जिन गुगलले नेपाल टेलिकमसँग मिलेर नेपालमै सर्भर राखेको छ । अहिले यो सर्भरको परीक्षण भैरहेको छ । नेपाल टेलिकमको जावलाखेलस्थित कार्यालयमा गुगलको क्याचे सर्भर राखेर टेलिकमले परीक्षण गरिरहेको छ  ।

  • टि्वटरका १० करोड क्रियाशिल सदस्य टि्वटरका १० करोड क्रियाशिल सदस्य

    काठमाडौं, भदौ २३,  तपाई टि्वटरमा हुनुहुन्छ ? हुनहुन्छ भने तपाईले टि्वट पनि गर्नुभएकै होला ? तर यति तपाई टि्वटरमा हुनुहुन्न अथवा भएर पनि टि्वट गर्नुहुन्न भने तपाईले टि्वटर प्रयोग गर्ने १० करोडमा पर्नुहुन्न । ७ जना सदस्यबाट ५ वर्षहिले सुरु भएको माइक्रो ब्लगिङ्ग साइट टि्वटरले आफ्नो क्रियाशिल सदस्यको संख्या १० करोड पुगेको घोषणा गरेको छ ।

  • प्रवेश परीक्षाको उत्तर पुस्तिकाको परीक्षण कम्प्यूटरबाट

    काठमाडौं, भदौ २२ - अब कम्प्युटरबाटै उत्तर पुस्तिका परिक्षण गर्न सकिने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटीले यसवर्षेखि प्रवेश परीक्षाको उत्तर पुस्तिकाको परीक्षण कम्प्यूटरबाट गर्न शुरु गरेको छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया