• बाढीमा दुषित पानी मिसाउनेलाई ८ करोड जरिवाना

    रौतहट, कात्तिक ३ – रौतहटमा बाढीमा दुषित पानी मिसाउने ३ वटा उद्योगलाई ८ करोड रुपैयाँ जरिवाना गरिएको छ । गएको साउनमा बाढी आएका बेला दुषित पानी खोलामा मिसाउने ३ वटा उद्योगलाई जरिवाना गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं, कात्तिक ३- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य कटौती गरेको छ । पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५९ पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

  • विद्युत्त प्राधिकरणले भन्यो–तिहारमा बत्ती नबाल्नु, नत्र लाइन काटिन्छ विद्युत्त प्राधिकरणले भन्यो–तिहारमा बत्ती नबाल्नु, नत्र लाइन काटिन्छ

    काठमाडौं, कात्तिक ३– गृह मन्त्रालयले बेलुका ७ बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरे लगत्तै विद्युत प्राधिकरणले पनि तिहारमा बत्ती नबाल्न भनेको छ । झिलिमिली बत्तीको पर्व तिहारमा त्यस्ता बत्ती नबाल्न विद्युत प्राधिकरणले सार्वजनिक अनुरोध गरेको हो ।

  • १५ प्रतिशत नागरिक सेवा लिन कर्मचारीलाई घुस खुवाउन बाध्य

    हरि हुमागाईं/उज्यालो । हेटौंडा, कात्तिक २ – मकवानपुरका सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राहीहरु मध्य १५ प्रतिशतले कर्मचारीलाई घुस खुवाएर मात्र सेवा पाउने गरेको पाईएको छ ।

  • हिमपातमा भएको क्षतिको विवरण सार्वजनिक गर्न सरकारलाई निर्देशन

    काठमाडौं, कात्तिक २ – व्यवस्थापिका संसदको अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मनाङ, मुस्ताङ लगायतका जिल्लामा आएको हिमपातमा परी जनधनको क्षतिको यथार्थ विवरण सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

  • बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने दिन: आज र भोलि

    काठमाडौं, कार्तिक २ - बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ । जन्मेका ६ महिनादेखि पाँचवर्षसम्मका झण्डै ३३ लाख ३८ हजार बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एकवर्षदेखि पाँचवर्षसम्मका २९ लाख २१ हजार बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

  • भुईंचालो जाँदा चिडियाखानाका बाघ बाहिर निस्के भने ! भुईंचालो जाँदा चिडियाखानाका बाघ बाहिर निस्के भने !

    काठमाडौं,कात्तिक ३ - ललितपुर जावलाखेलको व्यस्त सडक र बाक्लो बस्तीको माझमा छ, चिडियाखाना । चिडियाखानामा रहेकामध्ये बाघ, भालु, गोमन लगायतका जीवजन्तु निकै डरलाग्दा छन् । खोर बाहिर निस्के भने यिनीहरुले मान्छेलाई समेत बाँकी राख्दैनन् ।

  • पोखरामा अन्तराष्ट्रिय विमानस्थलको निर्माण यसै वर्ष सुरु हुन्छ : अर्थमन्त्री महत पोखरामा अन्तराष्ट्रिय विमानस्थलको निर्माण यसै वर्ष सुरु हुन्छ : अर्थमन्त्री महत

    कास्की, कात्तिक १ – अर्थमन्त्री डा. रामशरण महतले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माणको काम यसै वर्ष सुरु हुने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य संघले पोखरामा गरेको कार्यक्रममा उहाँले विमानस्थल निर्माणको प्रक्रिया सन्तोषजनकरुपमा अघि बढेकोले यसै वर्ष निर्माण थालिने बताउनुभयो ।

  • जति सीट त्यति मात्रै यात्रु जति सीट त्यति मात्रै यात्रु

    किरण लोहनी/उज्यालो । गोरखा, कात्तिक १ - जिल्ला प्रहरी कार्यालय गोरखाले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारवाही गर्ने भएको छ । जिल्लाभित्र र बाहिर चल्ने यात्रुवाहक गाडी धनीले सीट क्षमता भन्दा बढी यात्रु बोकेको पाइए कारवाही गरिने प्रहरीले जनाएको छ ।

  • भाइटीकाको साइत बिहान ११ बजेर ३५ मिनेटमा

    काठमाडौं, कात्तिक १ - यो वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक ८ गते शनिबार बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

  • बेलुकी ७ बजेपछि देउसी भैलो नखेल्ने सरकारको आग्रह

    काठमाडौं, असोज ३१ - सरकारले तिहारमा बेलुकी ७ बजेपछि देउसी भैलो नखेल्ने आग्रह गरेको छ । मन्त्रालयका सह सचिव यादव कोइरालाले निकालेको विज्ञप्तिमा भुईचम्पा, पटका, आतसवाजीलगायतका विस्फोटक पदार्थको प्रयोग नगर्ने पनि भनिएको छ ।

  • इबोलाको डरले गोरखाका स्वास्थ्यकर्मी हात मिलाउँदैनन

    किरण लोहनी उज्यालो । गोरखा, असोज ३० - सामान्यतया कसैलाई भेट्दा हामी मान गर्नुपर्ने भए नमस्कार गछौं, नभए हात मिलाउँछौं । वर्षौदेखि नेपाली समाजमा अभिवादनको यो शैली चल्तीमा छ । मान्य जननै भएपनि नमस्कार गरेपछि हात मिलाउन खोज्छन् ।

  • अस्पतालको कोठाबाटै भिडियो एक्सरे मेसिन चोरी

    जयनारायण साह/उज्यालो । बारा, असोज ३० - बाराको कलैया स्थित जिल्ला अस्पतालबाट भिडियो एक्सरे अर्थात अल्ट्रासाउण्ड मेसिन चोरी भएको छ । कलैया अस्पतालको आकस्मिक कक्ष नजिकैको कोठामा रहेको अल्ट्रा साउण्ड मेसिन चोरी भएको हो ।

  • आँधीले पनि झुक्यायो, सरकारी निकायले पनि आँखा चिम्ले आँधीले पनि झुक्यायो, सरकारी निकायले पनि आँखा चिम्ले

    मिलन तिमिल्सिना/ उज्यालो। काठमाडौं, असोज ३०– सफा मौसम । टलक्क टल्कने सेता हिमाल । हिमाल हेर्दै, तस्बिर खिच्दै र हिउँ खेल्दै हिँड्नुको मज्जा छुट्टै । यही आनन्द र मज्जा लिन वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक हिमाली क्षेत्रको पदयात्रामा जान्छन् ।

  • हिउँमा कति होलान् हराउने ? हिउँमा कति होलान् हराउने ?

    काठमाडौं, असोज ३० - भारतमा आएको हुदहुद आँधीको असरले नेपालमा ठूलो क्षती होला भन्ने अनुमान कसैले गरेका थिएनन् । हुदहुदको असर सकिने दिन बुधबार मात्र सबैलाई थाहा भयो, ट्रेकिङ र हिमाल आरोहणमा गएका धेरैजना हिउँमा फसे । कतिजनाको ज्यान गयो भन्ने यकिन तथ्याँक नआएपनि कम्तीमा २४ जनाको ज्यान गएको उद्दारकर्मीले बताएका छन् ।

  • इपिएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (परीक्षाफलसहित)

    काठमाडौं, असोज २९ – दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली इपिएस अन्तरगत लिएको यस वर्षको कोरियन भाषा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । जस अनुसार ३ हजार ६ सय ३६ जना उत्तीर्ण भएका छन ।

  • हुदहुदको असर सकियो, मौसम घमाइलो हुदहुदको असर सकियो, मौसम घमाइलो

    काठमाडौं, असोज २९ – मंगलबार विहान ओछ्याउनबाट उठेर घर बाहिर निस्कँदा धेरैले दिउँसो घाम लाग्छ भनेर सोचेकै थिएनन् । काठमाडौं सहित आसपासका क्षेत्रमा बाक्लो हुस्सु लागेको थियो । केही ठाउँमा पानी समेत परेको थियो ।

  • कारागार जीर्ण बनेपछि सुरक्षामा समस्या

    ओखलढुंगा, असोज २९ – ओखलढुंगाको जिल्ला कारागार जीर्ण बनेपछि कैदीबन्दीको सुरक्षामा समस्या भएको छ । जिल्ला कारागरको भवन जीर्ण बनेर भत्किने अवस्थामा पुगेको छ ।

  • मौसमको खराबीले विमान उडान प्रभावित मौसमको खराबीले विमान उडान प्रभावित

    काठमाडौं, असोज २९ - मौसम खराव भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन । लगातारको वर्षा र विमानस्थल वरपर हुस्सु लागेपछि विमानको उडान र अवतरण प्रभावित भएको हो ।

  • हुदहुदको असर : जाडो बढ्यो, जहाज रोक्यो हुदहुदको असर : जाडो बढ्यो, जहाज रोक्यो

    काठमाडौं, असोज २८–भारतमा आएको हुदहुद आँधीको असर आइतबारदेखि नै नेपालमा देखिन थालेको छ । वर्षासँगै चिसो बढाएको छ । सामान्यतया काठमाडौं उपत्यकामा कात्तिकको मध्यपछि मात्रै जाडो लाग्थ्यो । तर असोज नसकिंदै चिसो बढ्न थालेको छ ।

  • आँधीको वाष्पयुक्त बादल यसरी छिर्‍यो नेपाल (स्याटेलाइट तस्बिरसहित) आँधीको वाष्पयुक्त बादल यसरी छिर्‍यो नेपाल (स्याटेलाइट तस्बिरसहित)

    काठमाडौं, असोज २८– भारतमा आएको सामुद्रिक चक्रवात अर्थात हुदहुद नामको आँधीको असरले नेपालमा समेत मौसद बदली भएको छ । सोमबार विहानैदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको हो । मंगलबार पनि विहानैदेखि धेरै ठाउँमा पानी परेको छ ।

  • आँधीको न्वारन कसरी गरिन्छ ?

    काठमाडौं, असोज २७ – बंगालको खाडीबाट उठेर दक्षिणपूर्वी भारतलाई प्रभावित बनाएको हुदहुद आँधीको जन्म ओमनमा भएको थियो भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । हो, हुदहुद आँधीको जन्म ओमनमा भएको हो ।

  • दसैँ तिहारको बिचमा राहदानी बनाउने बढे

    खोटाङ, असोज २७ - दसैँ र तिहारको बिचमा जिल्ला प्रशासन कार्यालय खोटाङमा नागरिकता र राहदानी लिनेको संख्या बढेको छ । दसैँ र तिहार मनाउन घर आएको मौका पारेर सदरमुकाम आएका सेवाग्राहीका कारण जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी बनाउने संख्या बढेको हो ।

  • लमजुङ जिल्लालाई लागुऔषध दुर्व्यसनी मुक्त बनाउने पहल

    लमजुङ, असोज २६ – लागुऔषधको ‘ट्रान्जिट प्वईन्ट’ बन्दै गएको लमजुङ जिल्लालाई लागुऔषध दुर्व्यसनी मुक्त बनाउनका लागि पहल थालिने भएको छ । यसका लागि पूर्व प्रहरी संगठन लमजुङले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरि अभियान चलाउने तयारी गरेको छ ।

  • पटाका भित्रिन नदिन सीमा नाकामा चेकजाँचमा कडाई

    बाँके, असोज २६ – तिहारको समयमा भारतबाट पटाकाजन्य विष्फोटक पदार्थ भित्रिन नदिन बाँकेमा प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।

  • सुर्तीजन्य पदार्थमा कर बढाउने सरकारको तयारी

    काठमाडौं, असोज २६ – सरकारले सुर्तीजन्य पदार्थमा कर बढाउने तयारी गरेको छ । स्वास्थ्य तथा नजसंख्यामन्त्री खगराज अधिकारीले सुर्तीजन्य पदार्थको सेवन कम गर्नका लागि सरकारले कर बढाउने तयारी गरेको बताउनुभयो ।

  • काठमाडौंको बजारमा स्वदेशी आलु भित्रियाे काठमाडौंको बजारमा स्वदेशी आलु भित्रियाे

    काठमाडौं, असोज २६ - काठमाडौंको बजारमा स्वदेशी आलु भित्रिएको छ । आइतबार काठमाडौंको कालीमाटी तरकारी बजारमा साँखु र मुलपानीमा फलाइएको आलु भित्रिएको हो । झण्डै १० टन भित्रिएको आलु आज ७४ देखी ७५ रुपैयाँ किलोमा कारोवार भइरहेको छ ।

  • इबोला भाइरस रोक्ने काम प्रभावकारी भएन

    काठमाडौं, असोज २५ – अफ्रिकी मुलुकसँगै यूरोपमा समेत इबोला भाइरस फैलिरहेका बेला नेपालमा यसलाई प्रवेश गर्न नदिन कुनै प्रभावकारी काम हुन सकेको छैन ।

  • सरुवा भएर अन्तै पुगिसक्दासमेत अझै पुरानै ठाउँको प्रवक्ता !

    काठमाडौं, असोज २४ - एउटा वेवसाइट अपडेट गर्न कतिबेर लाग्ला ? धेरै लागे २ मिनेट । माथिल्लो निकायमा जानकारी गराएर त्यसको प्रक्रिया पुर्याउँदा पनि बढीमा एक दिनमा त अपडेट गर्न सकिन्छ । तर सूचना तथा सञ्चार मन्त्रालयले आफ्नो वेवसाइट अपडेट नगरेको महिनौं भैसक्यो ।

  • क्षमता भन्दाबढी यात्रु बोक्ने बसलाई कारवाही गरिने

    गोरखा, असोज २३ – सिट क्षमता भन्दाबढी यात्रु बोक्ने बसलाई जिल्ला प्रहरी कार्यालय गोरखाले कारवाही गर्ने भएको छ । जिल्लाभित्र र बाहिर चल्ने बसले सिट क्षमता भन्दाबढी यात्रु बोकेको पाइए कारवाही गरिने प्रहरीले जनाएको छ ।

  • प्राधिकरणमा दरखास्त दिन आठघण्टा लाईन, दैनिक हजारौको भीड

    रमेश गिरी/उज्यालो । भक्तपुर, असोज २३ – नेपाल विद्युत प्राधिकरणले माग गरेको रिक्त पदमा दरखास्त दिन भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालीम केन्द्रमा बिहानै देखी हजारौको भिड लाग्ने गरेको छ ।

  • चल्ने, नचल्ने भर नभई फेरि चल्यो काठमाडौंमा रात्रीबस (फोटो फिचर) चल्ने, नचल्ने भर नभई फेरि चल्यो काठमाडौंमा रात्रीबस (फोटो फिचर)

    मिलन तिमिल्सिना/ उज्यालो। काठमाडौं, असोज २३ - राती हिँड्ने यात्रुलाई सहज र सुविधा हुनेगरी काठमाडौंमा फेरि रात्री बस चलाउन थालिएको छ । एकपटक चलाएर फेरि बन्द गरिएको रात्री बस बुधबारदेखि फेरि सुरु भएको हो ।

  • चन्द्रग्रहणको असर कुन राशिलाई कस्तो ?

    काठमाडौं, असोज २२ - ग्रहणको फल राशि अनुसार कसैलाई शुभ र कसैलाई अशुभ हुन्छ भनेर ज्योतिषीहरुले भन्ने गर्छन् । कतिलाई यो विश्वाश लाग्छ, कतिलाई लाग्दैन ।

  • काठमाडौंमा आजदेखि फेरि रात्री बस चल्ने

    काठमाडौं, असोज २२ - काठमाडौंमा आजदेखि रात्री बस चल्ने भएका छन । आर्थिक अभावले गएको कात्तिकमा बन्द भएको रात्री बस फेरि चलाउन लागिएको हो ।

  • नेपालबाट खण्डग्रास चन्द्रग्रहण बेलुकी ५ बजेर ५१ मिनेटपछि देखिने नेपालबाट खण्डग्रास चन्द्रग्रहण बेलुकी ५ बजेर ५१ मिनेटपछि देखिने

    काठमाडौं, असोज २२ - आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । दिउँसो दुई बजेर ५९ मिनेटपछि चन्द्रग्रहण लाग्ने खगोलविदहरुले बताएका छन् । तर नेपालबाट भने चन्द्रमा उदाएपछि बेलुकी ५ बजेर ५१ मिनेटपछि मात्र ग्रहण देख्न सकिनेछ ।

  • हेलो सरकारमा दसैँमा सरकारलाई नै सरापेको गुनासो

    काठमाडौं, असोज २१ - बडा दशैंको विदामा समेत २४ सै घण्टा खुला रहेको हेलो सरकारमा असोज १५ गते देखि २० गते सम्ममको ६ दिनको अवधिमा ७३ वटा गुनासा प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले बताउनु भएको छ ।

  • दसैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना कम

    काठमाडौं, असोज १९- दसैंको समयमा यो वर्ष काठमाडौं उपत्यकामा सवारी दुर्घटना घटेको छ । यो वर्ष २५ वटा सवारी दुर्घटना भएका र १ जनाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

  • घर गएकाहरु काठमाडौं फर्कदै

    काठमाडौं, असोज १९ - दसैँ मनाउन आ –आफ्नो घर गएकाहरु धमाधम काठमाडौं फर्कन थालेका छन् । टीकाको भोलिपल्ट शनिबारदेखि नै काठमाडौं, फर्कन थालेका यात्रुको चाप अाइतबारपनि शनिबारकै हाराहारीमा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

  • दसैँका बेला मानवअधिकार हननका उजुरी परेन दसैँका बेला मानवअधिकार हननका उजुरी परेन

    काठमाडौ, असाेज १८ - राष्ट्रिय मानव अधिकार आयोगमा दसैँका बेला मानवअधिकार हननका कुनैपनि उजुरी परेको छैन । गत वर्ष टिकाको दिनसम्म ५ देखि ६ वटासम्म उजुरी पर्ने गरेकोमा यो वर्ष आयोगका देशभरिका कुनै पनि कार्यालयमा उजुरी नपरेकाे आयोगले जनाएकाे छ ।

  • घर गएकाहरु काठमाडौं फर्कन थाले

    काठमाडौं, असोज १८ - दसैँ मनाउन आ –आफ्नो घर गएकाहरु आजदेखि काठमाडौं, फर्कन थालेका छन् । देशैभरि खुल्ला गरिएका टिकट बुकिङ काउण्टरबाट आजको लागि झण्डै २ लाख यात्रुले टिकट काटेको नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ।

ब्लग उज्यालोअँध्यारोMore

  • बलात्कार हुनबाट कसरी जोगिने ? बलात्कार हुनबाट कसरी जोगिने ?

    ददि सापकोटा - महिलाहरु साँझमा बाहिर एक्लै निस्कन डराउँछन् । एकलासको बाटो हिड्नु परे दशपटक सोच्छन् । बस्ती नभएको वा सुनसान ठाउँ पार गर्नुपर्दा महिलाले दाजुभाइ वा कोही भरपर्नेको साथ खोज्छन । पुरा बिश्वास नभएका पुरुषसँग तर्केर हिँड्छन् ।

थप सामाग्री

मेरो पनि भन्नु छ More

Download Programs More

Opinion Poll

Loading...

Week in Pictures More

असोज पहिलो हप्ता

असोज पहिलो हप्ता

Join us on Facebook