MENU
Ncell Axiata

जनसरोकार

  • २१ जिल्लामा वन पैदावर आपूर्ति समिति बन्ने

    काठमाडौं, वैशाख ८ – सरकारले भूकम्प प्रभावित १९ सहित २१ जिल्लामा वन पैदावर आपूर्ति समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले भूकम्पबाट प्रभावित जिल्लाका नगरपालिका, गाविसले आआफ्नो तहको परिषद्बाट निर्णय गराई नक्सा पासमा छुट दिने व्यवस्था गर्नका निर्देशन पनि गरेको छ ।

  • सगर ग्यासमा लेदो भेटियो सगर ग्यासमा लेदो भेटियो

    कपिल कोईराला/उज्यालो । काभ्रे, वैशाख ७ – काभ्रेको उग्रतारा जनागाल गाविसको थापागाउँमा रहेको सगर ग्यासमा लेदो भेटिएको छ । मंगलवार आपुर्ति विभाग काठमाडौले गरेको अनुगमनमा सगरका ग्यासमा लेदो भेटिएको हो ।

  • सिन्धुपाल्चोकका ८४ हजार भूकम्प पीडित भन्छन् : पुनर्निर्माण तत्काल गर

    सिन्धुपाल्चोक, ७ – सिन्धुपाल्चोकका ८४ हजार भूकम्प पीडितले पुनर्निर्माण काम तत्काल गर्न सरकारसँग माग गरेका छन् । सरोकारवाला निकायले बेवास्ता गरेको भन्दै उनीहरुले सरकारसँग पुनर्निर्माण काम छिटो गर्न आग्रह गरेका हुन् ।  भूकम्प गएको वर्ष दिन बित्न लाग्दा पनि काम सुरु नभएको भन्दै पीडितहरुले गुनासो गरेपछि अहिले सरकारी निकायहरुले पुनर्निर्माणमा सकृयता देखाएको छ । भूकम्पले घरबास पूर्ण रुपमा क्षति भई हालसम्म अस्थायी टहरोमा कष्टपूर्ण बसोबास गर्दै आएका पीडितलाई राहत बितरण गर्न बैशाख ९ मा जिल्ल...

  • सरकारकै मिलेमतोमा निजी विद्यालयले लुटेको अभिभावकको आरोप

    भक्तपुर, वैशाख ७ - अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकारकै मिलेमतोमा निजी विद्यालयले आर्थिक लुट मच्चाएको आरोप लगाउनु भएको छ ।

  • मातृ शिशु मृत्युदर कम गर्न सुनौला हजार दिन

    काठमाडौं, वैशाख ७ – सरकारले मातृ शिशु मृत्युदर कम गर्न सुनौला हजार दिन अभियान बिहीबारदेखि सुरु गर्दैछ । स्वास्थ्य मन्त्रालयल, युनिसेफ र पोषण तथा खाद्य सुरक्षा सचिवालयलगायतको समन्वयनमा सुनौला हजार दिन अभियान सुरु गर्न लागिएको हो ।

  • जाजरकोटमा मोवाइल र इन्टरनेट सेवा अवरुद्ध

    जाजरकोट, वैशाख ६ - जाजरकोटमा मोवाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ । एक महिना यता ७ पटक टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भइसकेको छ ।

  • ग्यासको मूल्य निर्धारण, पेट्रोल पम्प दैनिक १२ घण्टा खोल्न निर्देशन

    ओखलढुंगा, वैैशाख ६ – बजारमा मनपरि मूल्य लिने र कृत्रिम अभाव सिर्जना गर्ने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले ग्यासको मूल्य निर्धारण गरेको छ ।

  • सडक, रेल र यातायात विस्तार सम्बन्धी योजना सार्वजनिक

    काठमाडौं वैशाख ५ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँच वर्षे योजना सार्वजनिक गरेको छ ।

  • मरुभूमिको उँट भक्तपुरमा मरुभूमिको उँट भक्तपुरमा

    सुजाता खत्री/उज्यालो । भक्तपुर, वैशाख ५ – पालले बेरेको अग्लो बारभित्र मानिसहरुको गाईगुई हल्ला सुनिन्छ । कोहि बारमा टाँगिएको फ्लेक्समा उँटको फोटो हेर्दै छन् भने कोहि टिकट काटेर पालभित्रको उँटलाई हेर्दैछन् । सधैं टेलिभिजन र फोटोमा मात्र देखेको उँटलाई आफ्नै अगाडि देखेकाले होला हेर्न आउनेहरु हल्ला गर्दै उँटसँग फोटो पनि खिचिरहेका छन् । साढे सात फिट अग्लो उँटलाई देखेर मेला हेर्न आउनेहरु उँट नजिक गएर फोटो खिच्न थाल्छन् । कोहि उँटलाई छोएर फोटो खिचाउँछन्, कोहि  उँटले खुट्टा उच...

  • दुई करोड लागतकाे कालीगण्डकी नदी नियन्त्रण आयोजना सुरु

    म्याग्दी, वैशाख ५ – सदरमुकाम बेनीमा झण्डै रु दुई करोड लागतमा कालीगण्डकी नदी नियन्त्रण आयोजना सुरु भएको छ ।

  • ​मेलमिलाप आयोगले पनि उजुरी संकलन सुरु गर्दै

    काठमाडौं, वैशाख ५ – सत्य निरुपण तथा मेलमिलाप आयोगले पनि आइतबारदेखि उजुरी संकलनको काम सुरु गर्ने भएको छ ।

  • ​भूकम्प अति प्रभावित जिल्लाका युवालाई कोरियाको रोजगारीमा प्राथमिकता ​भूकम्प अति प्रभावित जिल्लाका युवालाई कोरियाको रोजगारीमा प्राथमिकता

    काठमाडौं, वैशाख ३ – सरकारले भूकम्प अति प्रभावित जिल्लाका युवालाई रोजगारीका लागि पहिलो प्राथमिकता दिन दक्षिण कोरियालाई आग्रह गर्ने भएको छ ।

  • बाकसमा राखेर माटोले पुरेका साधु नौ दिनपछि निस्कँदा के के भयो ? बाकसमा राखेर माटोले पुरेका साधु नौ दिनपछि निस्कँदा के के भयो ?

    हिमनिधि लौडारी/उज्यालो । पोखरा, वैशाख २ – पोखराको रामघाटमा रहेको स्वामी नरनारायण बाबा आश्रममा शुक्रबार बिहान आठ बजेदेखि नै मानिसहरुको चहलपहल सुुरु भैसकेको थियो । नौ बजेतिर माइकबाट भनियो ‘सुरक्षाकर्मी मित्रहरु, अब आश्रम परिसर रहेको कम्पाउण्डभित्र उभिने ठाँउ पनि रहेन । गेट बन्द गरिदिनुपर्‍यो ।’

  • जेल सजाय भोगेर थप १४ जना नेपाली कामदार मलेसियाबाट फर्किए

    मलेसिया, वैशाख ३ – मलेसियामा अवैधानिक रुपमा काम गरेको अभियोगमा जेल सजाय काटेर १४ जना नेपाली कामदार शुक्रबार नेपाल फर्किएका छन् । वैदेशिक रोजगार प्रवर्धन बोर्डले हवाई टिकटको खर्च बेहोरेपछि मलेसियास्थित नेपाली दूतावासको पहलमा उनीहरुलाई नेपाल फर्काइएको हो ।

  • १० वर्षमा बल्ल धारोबाट पानी खस्यो १० वर्षमा बल्ल धारोबाट पानी खस्यो

    प्रेमनारायण आचार्य/उज्यालो । अर्घाखाँची वैशाख ३ – १० वर्ष लगाएर अर्घाखाँचीको अर्घा धरम्पानीमा खानेपानी योजना सम्पन्न भएको छ । भट्टेखोरीया खानेपानी योजनाको काम सकिएर घरघरमा पानी आएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

  • काठमाडौंका थप ३ स्थानमा फोहोर पानी प्रशोधन केन्द्र बन्ने काठमाडौंका थप ३ स्थानमा फोहोर पानी प्रशोधन केन्द्र बन्ने

    सुरेश तामाङ/उज्यालो । काठमाडौं, वैशाख ३ - काठमाडौंका थप तीन स्थानमा फोहोर पानी प्रशोधन केन्द्र बन्ने भएको छ । केन्द्रबाट झण्डै ४ सय ५० किलोवाट बिजुली बाल्ने योेजना रहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

  • कस्तो बन्दै छ त पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल ? कस्तो बन्दै छ त पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल ?

    हिमनिधि लौडारी/उज्यालो । पोखरा, वैशाख २ – पोखरामा शिलन्यास भएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनको मापदण्ड अनुसार फोर डी स्तरको हुनेछ । इपिसी मोडलमा निर्माण गरिने यस विमानस्थलमा ७५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावन मार्ग निर्माण गरिनेछ ।

  • द्वन्द्वकालका पीडितले आजदेखि उजुरी दिन सक्ने

    काठमाडौं, वैशाख – २ सशस्त्र द्वन्द्वकालका पीडितले न्यायका लागि बिहीवारदेखि उजुरी दिन पाउने भएका छन् । बेपत्ता छानबिन आयोगले बिहीवारदेखि उजुरी लिन लागेको हो ।

  • पोखरा विमानस्थलको शिलन्यास, कसरी हुँदैछ निर्माण ? (तस्बिरसहित) पोखरा विमानस्थलको शिलन्यास, कसरी हुँदैछ निर्माण ? (तस्बिरसहित)

    पोखरा, वैशाख १ – पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु भएको छ । पोखरा उपमहानगरपालिका वडा नम्बर १८ मा छिनेडाँडामा बुधबार आयोजना गरिएको भव्य औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलन्यास गर्नुभयो ।

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भएको छ । कास्कीको पोखरामा निर्माण हुने यो विमानस्थलको प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुख्य राजनीतिक दलका नेताहरुले बुधबार एक साथ शिलान्यास गरेका हुन् ।

  • दोलखामा गएराति ४.४ रेक्टर स्केलको परकम्प

    काठमाडौं, वैशाख १ – दोलखा केन्द्रविन्दु भएर मंगलबार राति ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ । राति ८ बजेर २६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • ज्योतिषी भन्छन्– बितेको वर्षभन्दा ०७३ साल यसकारणले धेरै राम्रो छ ज्योतिषी भन्छन्– बितेको वर्षभन्दा ०७३ साल यसकारणले धेरै राम्रो छ

    काडमाडौं, वैशाख १ – २०७२ सालमा भूकम्प, नाकाबन्दी, अभाव र कष्ट झेलेका नेपालीलाई २०७३ साल कस्तो होला भन्ने खुल्दुली छ । ज्योतिषीहरुका अनुसार २०७३ साल अघिल्ला वर्षहरुभन्दा धेरै राम्रो छ । नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य प्रसाद ढुंगेलका अनुसार यो वर्ष शुभ ग्रहको बाहुल्यता रहेको छ ।

  • खोटाङको विकास गर्न देउवा र दाहाललाई आग्रह

    खोटाङ, चैत्र २९ – खोटाङमा क्रियाशिल राजनीतिक दलका नेताहरुले बिकास निर्माणमा भइरहेको ढिलासुस्तीका बिषयमा दवाव दिन कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

  • सचिवले छाप बुझाएर आन्दोलन गर्दा भूकम्प प्रभावित गाविसको काम ठप्प

    ओखलढुंगा, चैत २९ – ओखलढुंगाका गाविस सचिवहरुले स्थानीय विकास अधिकारीलाई छाप बुझाएर काम रोकेपछि १६ गाविसको काम ठप्प भएको छ । गाविसबाट प्रवाह हुने सेवा ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

  • ​हरेक नेपालीको थाप्लोमा १९ हजार ऋण ​हरेक नेपालीको थाप्लोमा १९ हजार ऋण

    काठमाडौं, चैत २९ - एक जना नेपाली नागरिकको भागमा १९ हजार रुपैयाँ ऋण रहेको देखिएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सरकारले लिएको ऋण नेपाली नागरिकलाई भाग लगाउने हो भने एक जनाको भागमा १९ हजार २ सय ३४ रुपैयाँ पर्ने छ ।

  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन समन्वय गर्ने प्रतिवद्धता वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन समन्वय गर्ने प्रतिवद्धता

    माया गुरुङ/कास्की । चैत २९ – कास्कीका राजनीतिक दलका स्थानीय प्रतिनिधिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने अभियानमा समन्वय र सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

  • छोरा–छोरी भर्ना गर्दा अभिभावक मारमा, विद्यार्थी संगठन मौन

    अर्जुन पोख्रेल/उज्यालो काठमाडौं, चैत २९ – काठमाडौंकी एक गृहणी १३ हजार रुपैयाँ तिरेर छोरालाई २ कक्षामा भर्ना गरेर स्कुलबाट बाट निस्कँदा यहि दरमा शुल्क बढ्दै गए निजी स्कुलमा छोरा पढाउन नसकिने निष्कर्षमा पुगेकी छिन् ।  पोहोर १ कक्षामा भर्ना गर्दा ११ हजार र यो पटक २ कक्षामा पढ्ने छोराको भर्ना शुल्क १३ हजार तिर्दा आफू ठगिएको उनलाई लागेको छ । तर उनी ठगिएको गुनासो गर्दा पनि आफ्नो परिचय खुलाउन चाहन्नन् । स्कूलले आफूमाथि शोषणा गरेको बताउने ती अभिभावकलाई आफ्नो छोरा पढ्ने स्कूलले धेरै शुल्क लि...

  • एक बोतल पानीको मूल्य १८ रुपैयाँ भन्दाबढी लिन नपाइने एक बोतल पानीको मूल्य १८ रुपैयाँ भन्दाबढी लिन नपाइने

    चितवन, चैत २९ – चितवन मिनरल वाटरको मूल्य घटेको छ । अब एक लिटर मिनरल वाटरको बोतल १८ रुपैयाँमा पाइने छ । यसअघि २५ रुपैयाँ पर्ने गरेको थियो ।

  • उद्योगीले ल्याए ग्यास वितरणको तालिका उद्योगीले ल्याए ग्यास वितरणको तालिका

    काठमाडौं, चैत २९ – ग्यास उद्योगीले एक हप्ताभित्र सबै उपभोक्तालाई खाना पकाउने ग्यास उपलब्ध गराउने बताएका छन् । काठमाडौं उपत्यकाका सबै उपभोक्तालाई ग्यास पुर्‍याउन सोमबारदेखि एकहप्तासम्म अभियान सञ्चालन हुनेछ ।

  • थप सुविधा बिना पुनर्निर्माणको काम नगर्ने भन्दै गाविस सचिवले छाप बुझाए

    शिव ढुंगाना/उज्यालो । ओखलढुंगा, चैत २८–ओखलढुंगामा आन्दोलनरत गाविस सचिवहरुले कानुनी, आर्थिक र भौतिक सुरक्षा विना पुनर्निर्माण प्राधिकरणको काम नगर्ने घोषणासहित स्थानीय विकास अधिकारीलाई कार्यालयको छाप बुझाएका छन् ।

  • आफ्नै गाविसको स्वास्थ्य चौकी पुग्न ३ दिन आफ्नै गाविसको स्वास्थ्य चौकी पुग्न ३ दिन

    निमेन्द्र शाही/उज्यालो । बाजुरा, चैत २८ - बाजुराको उत्तरी गाविस बिच्छ्याँ गाविसको वडा नम्बर एक गुम्बाकी स्वास्थ्य स्वयम् सेविका पासाङ लामासँग भएको प्राथमिक उपचारको औषधि सकिएको ३ महिना भयो । तर उहाँ गाउँमा चाहिने औषधि लिन आफ्नै गाविसमा रहेको स्वास्थ्य चौकी पुग्न सक्नु भएको छैन ।

  • शहरीकरणले नसर्ने रोगको जोखिम बढायो

    काठमाडौं, चैत २८ – बढ्दो शहरीकरणसँगै नसर्ने रोगका जोखिम उच्च हुँदै गएको डाक्टरले बताएका छन् । परिवर्तित जीवनशैली र अव्यवस्थित खानपानका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको हो ।

  • धेरै पटक गर्भपतन गराउँदा गर्भ नै नरहने खतरा धेरै पटक गर्भपतन गराउँदा गर्भ नै नरहने खतरा

    काठमाडौं, चैत २७ - आजकल महिलाले गर्भपतनलाई अस्थायी साधनकै रुपमा लिन थालेकाले यसतर्फ ध्यान दिन आवश्यक देखिएको छ । महिलाले पटकपटक गर्भपतन गराउँदा पाठेघरमा गर्भ नरहन सक्ने खतरा बढी हुन्छ ।

  • अब ३ देखि ५ घण्टा मात्रै लोडसेडिङ हुन्छ : उर्जामन्त्री अब ३ देखि ५ घण्टा मात्रै लोडसेडिङ हुन्छ : उर्जामन्त्री

    काठमाडौं, चैत २७ – उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्ष २०७३ बाट लोडसेडिङ आधारभूत रुपमा अन्त्य हुने र ७४ सालमा पूर्णरुपमा अन्त्य हुने घोषणा गर्नुभएको छ ।

  • ​यस्ता छन् भूकम्प प्रतिरोधी घर, महंगो भएको सर्वसाधरणकाे गुनासो ​यस्ता छन् भूकम्प प्रतिरोधी घर, महंगो भएको सर्वसाधरणकाे गुनासो

    काठमाडौं, चैत २६ – काठमाडौंको बौद्धमा बस्दै आउनुभएका अमर मगर शुक्रबार भृकुटिमण्डपमा भएको दोस्रो अन्तर्राष्ट्रिय नेपाल ब्युल्डकन मेलाको अवलोकन गर्दै हुनुहन्थ्यो । विभिन्न किसिमका भूकम्प प्रतिरोधी घरका नमुनाले उहाँलाई लोभ्यायो।

  • ढक तराजुमार्फत ग्राहक ठग्ने पसले विभागको फन्दामा ढक तराजुमार्फत ग्राहक ठग्ने पसले विभागको फन्दामा

    अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, चैत २६ – तपाइँले दर्ता नगरि वा नवीकरण नगरिएका ढक तराजुमार्फत कारोबार गर्दैहुनुहुन्छ ? यदि त्यस्तो हो भने होस गर्नुहोस्, गुणस्तर तथा नापतौल विभागले ढक तराजु जफत गरेर जरिवाना गर्ला नी । गुणस्तर तथा नापतौल विभागले ढक तराजुमार्फत ठग्ने ब्यापारीलाई शुक्रबारदेखि कारबाही सुरु गरेको छ ।

  • तीन चार दिन पानी पर्ने संभावना छैन : मौसमविद

    काठमाडौं, चैत २६ - अझै तीन–चार दिन पानी पर्ने संभावना नरहेको मौसमविद्ले अनुमान गरेका छन् । पानी पार्ने कुनै वायु सक्रिय नभएकाले अहिलेको अवस्था हेर्दा आउँदो सोमबारसम्म पानी पर्ने संभावना नभएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

  • एउटै ईजलासबाट एकैदिन ५२ वटा मुद्दाको फैसला

    सुमन तिमल्सिना/उज्यालो । बिराटनगर, चैत २६ – मोरङ जिल्ला अदालतको एउटा ईजलाशले एकै दिन ५२ वटा मुद्दाको फैसला गरेको छ ।

  • आजदेखि नयाँ संवत्सर, सबैलाई राम्रो फल मिल्ने

    काठमाडौं, चैत २६ – चन्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदा चैत २६ गते शुक्रबारदेखि सौम्य नामको नयाँ संवत्सर सुरु भएको छ । सौम्य नामक संवत्सर सुरु भएपछि पृथ्वीवासीलाई राम्रो फल मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

  • अतिक्रमण गरी बनाइएका छाप्रा हटाइयो

    धनगढी, चैत २६ - कैलालीको टीकापुर बजार क्षेत्रमा सडक र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका झण्डै ५ सय खोका छाप्रा हटाइएको छ ।

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया