MENU
Ncell Axiata

बातावरण-कृषि

  • विश्वमा ६० हजार प्रजातिका बिरुवा, कुन देशमा बढी ? विश्वमा ६० हजार प्रजातिका बिरुवा, कुन देशमा बढी ?

    चैत २३ – विश्वमा अहिले ६० हजार ६५ प्रजातिका बोटबिरुवा रहेको नयाँ अध्ययनले देखाएको छ । बोटानिलक गार्डेन्स कन्जरभेसन इन्टरनेशनल (बिजिसिआई) ले विश्वभरमा गरेको अध्ययनबाट अहिले पृथ्वीमा ६० हजार ६५ प्रजातिका बोटबिरुवा रहेको पाइएको हो ।

  • सरकारी अनुदानमा खेती : २ सय ५० हेक्टरमा धान खेती गरिँदै

    सर्लाही, चैत २२ – सरकारले सुरु गरेको ‘बृहत्तर धान उत्पादन कार्यक्रम’ अन्तर्गत सर्लाहीमा २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा चैते धानखेती गर्ने तयारी गरिएको छ ।

  • चितवनको गैँडा शुक्लाफाँटा लगिँदै, यसरी गरियो नियन्त्रण (तस्बिरसहित) चितवनको गैँडा शुक्लाफाँटा लगिँदै, यसरी गरियो नियन्त्रण (तस्बिरसहित)

    दुई दिनअघि देख नै चितवन राष्ट्रिय निकुञ्जको सुखीभारमा क्याम्प खडा गरी गैँडाको वासस्थानको अध्ययन गरिएको थियो । गैँडा नियन्त्रणमा लिनका लागि ३० वटा हात्ती, ३० जना माउते, ३० जना पछुवा र निकुञ्जका १० कर्मचारी दुई दिनदेखि खटिएका थिए ।

  • असिना पानीले बालीमा क्षति, किसान चिन्तित

    तेह्रथुम, चैत २१ – वर्षासँगै आइतबार राति परेको असिनाले तेह्रथुममा किसानले लगाएको बालीनालीमा क्षति पुगेको छ । गोड्ने बेला भएको मकै र फल लाग्ने बेला भएका फलफूल बालीमा असिना पानीले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् ।

  • कम्प्युटर इन्जिनियरिङ छाडेर कृषि पर्यटन, स्नातकोत्तर पास श्रीमान-श्रीमतीको उदाहरणीय काम कम्प्युटर इन्जिनियरिङ छाडेर कृषि पर्यटन, स्नातकोत्तर पास श्रीमान-श्रीमतीको उदाहरणीय काम

    तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–५ का राजु गड्तौला तीन वर्ष अघिसम्म विराटनगरमा कम्प्युटर हार्डवेयर इन्जिनियरिङको जागिर खानुहुन्थ्यो । समाजशास्त्रमा स्नात्तकोत्तर सक्नुभएका गड्तौलाले झण्डै दुई दशक कम्प्युटर इन्जिनियरिङमा जागिर खानुभयो । कम्प्युटर इन्जिनियरिङमा उहाँले मासिक एक लाख रुपैयाँ भन्दा बढी कमाउनु हुन्थ्यो ।

  • बङ्गालको हावाले नेपालमा मौसम बदली

    काठमाडौं, चैत १९ – बङगालको खाडीबाट आएको जलवास्पयुक्त हावाका कारण बदली भएको मौसम अझै केही दिन जारी रहने मौसमविदले बताएका छन् ।

  • भक्तपुरमा दुई दिने कृषि मेला सुरु भक्तपुरमा दुई दिने कृषि मेला सुरु

    भक्तपुर, चैत १९ – कृषि मन्त्री गौरीशंकर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताउनु भएको छ ।

  • भृकुटीमण्डपमा पुष्प मेलाको रौनक (फोटो फिचर) भृकुटीमण्डपमा पुष्प मेलाको रौनक (फोटो फिचर)

    काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि ‘तेस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी’ सुरु भएको छ । शान्ति समृद्धि तथा स्वच्छ वातावरणकोे लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको प्रशर्दनीको उपराष्ट्रपती नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो ।

  • रसुवाका ७० प्रतिशत घरधुरी खाद्य सुरक्षित

    रसुवा, चैत १७ – कृषि उत्पादन, व्यापार व्यवसाय, पर्यटन र रोजगारीका कारण रसुवाका ७० प्रतिशत घरधुरीमा खाद्य सुरक्षित रहेको देखिएको छ ।

  • भैँसी बेचेर बाख्रा पालन भैँसी बेचेर बाख्रा पालन

    चिटिक्क परेको सानो घर, घरवरिपरि सफासुग्गर वातावरण, आँगनको छेउमा खलानो र चाङ पनि । घर अगाडीको गोठमा खेलिरहेका बाख्राका पाठापाठी हेरेर बिना रमाउनुहुन्छ । घरको आँगनमा बसेर गोठका बाख्रा र पाठापाठी खेलिरहेको देख्दा बिना आफूलाई छुट्टै आनन्द भएको सुनाउनुहुन्छ ।

  • राउटे तरकारी खेतीतर्फ आकर्षित

    डडेल्धुरा, चैत १६ – परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

  • काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि वर्षा

    काठमाडौं, चैत १६ – काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बुधबार बिहानैदेखि पानी परेको छ । पूर्वी र मध्य भेगका धेरै ठाउँमा पानी परेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

  • वयस्क भाले गैँडा मृत भेटियो

    चितवन, चैत १६ – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैँडा मृत भेटिएको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार अर्काे गैँडासँग जुधेर वयस्क भाले गैँडा मरेको हो ।

  • यसकारण बद्लियो मौसम यसकारण बद्लियो मौसम

    काठमाडौं, चैत १४ – सामान्यतः मार्च (फागुन/चैत) महिना मेघ गर्जनसहित वर्षात् हुने मौसम हो तर, अघिल्ला वर्षको तुलनामा यो महिनामा बढी नै वर्षात् भएको छ । वर्षात् मात्र हैन, लामो समयसम्म बद्ली गराउने प्रणालीको विकाससमेत गराएको छ ।

  • मनसुन पूर्वतयारी योजना निर्माण गरिने

    तेह्रथुम, चैत १३ – वर्षाको समयमा हुन सक्ने सम्भावित प्रकोपको जोखिम न्युनिकरणका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले मनसुन पूर्वतयारी योजना निर्माण गर्ने भएको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी असमान तामाङको संयोजकत्वमा आइतबार बसेको समितिको बैठकले योजना निर्माण गर्ने निर्णय गरेको हो ।

  • ​लमजुङमा चैते धान रोप्ने चटारो, ८० प्रतिशत रोपाइँ सकियो ​लमजुङमा चैते धान रोप्ने चटारो, ८० प्रतिशत रोपाइँ सकियो

    लमजुङका किसानहरुलाई यत्तिबेला चैते धान रोप्ने चटारो छ । लमजुङका विभिन्न ठाउँमा किसानहरु चैते धान रोप्न व्यस्त छन् । सिचाँईको सुविधा भएका भोर्लेटार, सत्रसय, सुन्दरबजार, धमिलीकुवालगायतका फाँटहरुमा यत्तिबेला किसानहरुलाई चैते धान रोप्न भ्याईनभ्याई छ ।

  • ​काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो हुँदै ​काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो हुँदै

    काठमाडौं, चैत १३ – काठमाडौंमा चैत १७ गतेदेखि २० गतेसम्म पुष्प प्रदर्शनी सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो हुने भएको छ ।

  • असिनाले सोत्तर भयो बाली असिनाले सोत्तर भयो बाली

    सर्लाही, चैत १२ – सर्लाहीका विभिन्न स्थानमा शुक्रबार राति परेको असिना पानीले सयौं विघा खेतमा लगाएको बाली नष्ट गरेको छ । असिनाले मकै, तरकारी, दलहन खेतीमा क्षति पुर्याएको हजरियाका महेश बरालले जानकारी दिनुभयो।

  • खैरापुरमा कृष्णसारको संख्या बढ्यो खैरापुरमा कृष्णसारको संख्या बढ्यो

    बर्दियाको कृष्णसार संरक्षित क्षेत्र खैरापुरमा कृष्णसारको संख्या बढदै गएको छ । चैत पहिलो हप्तादेखि संरक्षित क्षेत्रमा लगातार कृष्णसारले बच्चा जनमाउनु र बाँकी रहेका कृष्णसार सुरक्षित हुनुले संरक्षित क्षेत्रमा कृष्णसारको संख्या बढदै गएको हो ।

  • वर्षाले फाइदा, असिनाले बेफाइदा

    काठमाडौं, चैत १२ – यसवर्ष प्रिमनसुनमा परेको पानीले जमिनमा चिस्यानको मात्रा बढाएकाले मकैबालीलाई फाइदा पुग्ने भएको छ ।

  • काठमाडौंसहित देशको पूर्वी क्षेत्रमा असिनासहित वर्षा

    काठमाडौं, चैत १२ – काठमाडौंलगायत देशको पूर्वी क्षेत्रको धेरै ठाउँमा असिनासहितको पानी परेको छ । काठमाडौंमा स्थानीय वायुको प्रभावले बनेको प्रणालीका कारण काठमाडौंलगायत पूर्वी भागको मौसम बदली भएर मेघ गर्जनसहित असिना पानी परेको हो ।

  • सल्लेरी वनको रुख कटान सुरु

    धनकुटा, चैत १० – धनकुटा सदरमुकाम नजिकै रहेको सल्लेरी वनको रुख काट्न सुरु गरिएको छ । १० वर्षे कार्ययोजना तयार गरेर सल्लेरी वनको सल्लाको रुखलाई काट्न सुरु गरेको जिल्ला वन कार्यालय धनकुटाका वन अधिकृत कृष्णप्रसाद वस्तीले बताउनुभयो ।

  • चुनावमा झण्डै ७ लाख माला आवश्यक : भारतबाट ल्याउने कि आफै फूल फुलाउने ? चुनावमा झण्डै ७ लाख माला आवश्यक : भारतबाट ल्याउने कि आफै फूल फुलाउने ?

    काठमाडौं, चैत १० – सामान्यतया वैशाख–जेठमा सयपत्री फुल्दैन । तिहारको लागि चाहिने फूल रोप्ने सिजन चाहिँ वैशाख जेठ ताका हो । तर यसवर्ष वैशाख जेठमै सयपत्रीको फूल चाहिने भएको छ । त्यो पनि थोरै होइन, कम्तीमा ७ लाख माला उन्न पुग्ने ।

  • मौसम सम्बन्धी सूचना लिन उच्च प्रविधि जडानको तयारी

    काठमाडौं, चैत १० – नेपालमा मौसम सम्बन्धी सूचना लिन उच्च प्रविधि जडान गर्ने तयारी भएको छ । मौसम पूर्वानुमानलाई थप प्रभावकारी बनाउन उच्च प्रविधि जडान गर्न लागिएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

  • बझाङमा यो वर्ष१० हजार मेट्रिक टन खाद्यान्न अभाव

    बझाङ, चैत ९ – बझाङ जिल्लामा यो वर्ष १० हजार मेट्रिटन खाद्यान्न अभाव हुने भएको छ । खाद्यान्नको माग र उत्पादनलाई हेर्दा यो वर्ष जिल्लामा १० हजार २८ मेट्रिटन खाद्यान्न अभाव हुने देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

  • एक घण्टासम्म पर्‍यो असिना पानी, महेन्द्र राजमार्ग केहीबेर अवरुद्ध एक घण्टासम्म पर्‍यो असिना पानी, महेन्द्र राजमार्ग केहीबेर अवरुद्ध

    सप्तरी, चैत ७ – सप्तरीमा एक घण्टासम्म ठूलो पानीसँगै असिना परेको छ । लगातार खसेको असिनाले जिल्लाको उत्तरी क्षेत्रमा धेरै क्षति गराएको छ ।

  • वर्षातले कृषक खुशी, उच्च पहाडी क्षेत्रमा हिमपात वर्षातले कृषक खुशी, उच्च पहाडी क्षेत्रमा हिमपात

    भीमकुमार बाँस्कोटा/उज्यालो । पाँचथर, चैत ७ – छ महिनापछि वर्षात भएपछि मेची पहाडका किसानहरु खुशी भएका छन् । बाली लगाउने सिजनमै शनिबार बेलुकादेखि वर्षात हुन थालेपछि किसानहरु खुशी भएका हुन् ।

  • भ्यागुतो संरक्षणका लागि समिति भ्यागुतो संरक्षणका लागि समिति

    किरण लोहनी/उज्यालो । गोरखा, चैत ७ – गोरखाको मनासलु संरक्षण क्षेत्रका विभिन्न ठाउँमा स्थानीय बासिन्दाकै सक्रियतामा पाहा अर्थात भ्यागुता संरक्षण थालिएको छ ।

  • असिनाले भेडेटार ढपक्कै ढाक्यो असिनाले भेडेटार ढपक्कै ढाक्यो

    धनकुटा, चैत ७ – सोमबार दिउँसो परेको असिनाले पर्यटकीयस्थल धनकुटाको भेडेटारलाई ढपक्कै ढाकेको छ । केही दिनदेखि पानीसँगै असिना परिरहेको छ ।

  • मानिससँगै मिलेर बस्ने चराको संख्या मानिसकै कारण घट्दै मानिससँगै मिलेर बस्ने चराको संख्या मानिसकै कारण घट्दै

    काठमाडौं, चैत ७ – बासस्थान र आहाराको कमीका कारण भँगेराको संख्या घट्दै गएको छ । सोमबार भँगेरा दिवस मनाइरहँदा यसको संरक्षणमा पनि ध्यान दिनुपर्नेमा चारविदले जोड दिएका छन् ।

  • मौरीपालनबाट मनग्य आम्दानी ‘छाना, माना र नानाका लागि विदेशीनु पर्दैन’ मौरीपालनबाट मनग्य आम्दानी ‘छाना, माना र नानाका लागि विदेशीनु पर्दैन’

    मनमा जोश, जाँगर र आँट लिई आफ्नै देशको माटोमा श्रम पसिना बगाउन सके पैसाका लागि परदेश जानु पर्दैन भन्ने उदाहरणको रुपमा लिन सकिन्छ, लमजुङका केही युवा व्यवसायिक किसानलाई ।

  • ​कृषिमा यान्त्रिकीकरण भएपछि रसुवाका कृषकलाई सहज (फोटोफिचर) ​कृषिमा यान्त्रिकीकरण भएपछि रसुवाका कृषकलाई सहज (फोटोफिचर)

    कृषिमा यान्त्रिकीकरण हुन थालेपछि रसुवाका कृषकलाई सजिलो भएको छ । परम्परागत कृषि औजार चलाउदै आएका कृषकलाई कृषि विकास कार्यालयले कृषि पेशामा आवश्यक पर्ने आधुनिक प्रविधि प्रदान गरेपछि कृषकलाई सहज भएको हो ।

  • जंगली हात्तीले बुवालाई मार्‍यो, वन्यजन्तु बचाउँदै हिँड्छन् हेमन्त जंगली हात्तीले बुवालाई मार्‍यो, वन्यजन्तु बचाउँदै हिँड्छन् हेमन्त

    साढे ७ वर्षअघि २०६६ साल असोज २६ गते निकुञ्ज अन्तर्गत मध्यबर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष ओमप्रसाद जैसी आचार्यको जंगली हात्तीको आक्रमणबाट ज्यान गयो । जुन दिन बुवालाई जंगली हात्तीले आक्रमण गर्‍यो त्यसै दिन बाघ संरक्षणका विभिन्न काममा प्रत्यक्ष सहभागिता सुरु भएको दिन हो हेमन्त आचार्यको ।

  • राष्ट्रिय फूलको अस्तित्व सङ्कटमा राष्ट्रिय फूलको अस्तित्व सङ्कटमा

    इलाम, चैत ५ – उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ । प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ ।

  • लामो समयपछि असिनासँगै हिउँ

    पाँचथर, चैत ५ - धेरै वर्षपछि यहाँ हिउँ परेको छ । धेरै वर्षपछि परेको हिउँ र असिनाका कारण स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ ।

  • बिहान घाम, दिउँसो मेघ गर्जन सहित वर्षा

    काठमाडौं, चैत ५ - उपत्यका सहित देशका धेरै ठाउँम बिहानैदेखि पारिलो घाम लागेको छ । तर दिउँसोपछि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • भेँडीगोठबाट करोडौँ आम्दानी, वर्षमा ५ हजार किलो ऊन मात्रै भेँडीगोठबाट करोडौँ आम्दानी, वर्षमा ५ हजार किलो ऊन मात्रै

    लमजुङको विभिन्न भागमा रहेका भेँडीगोठबाट करोडभन्दा बढी रुपैयाँ आम्दानी हुने गरेको जिल्ला पशु सेवा कार्यालय लमजुङले जनाएको छ ।

  • दोस्रो नदी शिखर सम्मेलन आजदेखि

    काठमाडौं, चैत ३ – दोस्रो नदी शिखर सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ । नदीसँग सरोकार राख्ने सरकारी, गैरसरकारी, विकास साझेदार तथा आश्रित समुदायको सहभागितामा नदी व्यवस्थापन र संरक्षणका लागि बृहत छलफल गर्न नदी शिखर सम्मेलन गरिएको हो ।

  • कालो किराले सकायो गहुँ बाली, चिनिएन रोग, भोकमरीको चिन्ता

    बझाङ, चैत २ – दौलीचौर र सुर्मा गाविसमा लगाइएको गहुँ बालीमा अज्ञात रोग लागेको छ । दौलीचौर गाविस-१ र २ मा साथै सुर्मा गाविस-१ र ७ मा गहुँ बाली सखाप भएको स्थानीय खडक बोहराले बताउनुभएको छ ।

  • उखुको अभाव हुँदा ४ वटा चिनी कारखाना बन्द

    सर्लाही, चैत २ - कच्चा पदार्थ उखुको अभाव भएपछि मध्य तराईका चार वटा चिनी कारखाना बन्द भएका छन् ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
  • सिसिटिभी क्यामेरा राखेनी जे राखेनी नियत खराब भएकाहरुले मतपत्र च्यात्न छोड्ने होइनन् । मतगणनाको उच्च निगरानीका साथै निर्वाचन आयुक्त, सुरक्षाकर्मी र प्रतिनिधि बसेका स्वंयम दलका नेता पनि अब चनाखो बन्नुपर्छ ।

    मदन ज्ञवाली
  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
सबै हेर्नुहोस

सोसल मिडिया