MENU
Ncell Axiata
sagun

बातावरण-कृषि

  • स्वर्गद्वारीको वन संरक्षण कार्ययोजना तयार

    एलबी थापा/उज्यालो । प्यूठान, बैशाख १ – स्वर्गद्वारी बन क्षेत्र वरपर वन मासिदै जान थालेपछि संरक्षणका लागि कार्ययोजना बनाइएको छ । स्वर्गद्वारीको ४ सय कित्ता नम्वरको ८ हजार ५ सय २९ रोपनी क्षेत्रफलको वन क्षेत्रको संरक्षणका लागि कार्य योजना तयार पारिएको हो ।

  • बंगुर पालनमा सिपालु थारु महिला बंगुर पालनमा सिपालु थारु महिला

    भावुक योगी/उज्यालो । बर्दिया, चैत ३० – हिजोआज व्यवसायिक रुपमा पशुपालन गर्नेहरु निकै बढेका छन् ।  तीमध्ये कतिपय सफल हुन्छन् भने कतिपयले वीचमै छाड्छन् । बर्दिया धधवार गाविसको दुध्याका महिलाहरुले तीन वर्षअघि शुरु गरेको ब्यवसायिक बंगुरपालन आम्दानीको श्रोत मात्र बनेको छैन अरुका लागि सिक्ने ठाउँ पनि बनेको छ ।

  • तरकारी फलाउँदै माओवादी नेता

    आश गुरुङ/उज्यालो । लमजुङ, चैत ३०– एकीकृत नेकपा माओवादी लमजुङका सह–ईन्चार्ज मोहनहरि पौडेल ब्यवसायिक तरकारी खेतीमा लाग्नुभएको छ । भोर्लेटार गाविस वडा नम्बर ६ मा ६ रोपनी जग्गामा उहाँले तरकारी खेती गर्नुभएको छ ।

  • विदेशको सीप स्वदेशको कमाई विदेशको सीप स्वदेशको कमाई

    रुपा गौतम/उज्यालो । काठमाडौ, चैत २९ – सानो झुपडी घर, घरभित्र वालवालिकाहरु चिच्याएर पढिरहेका छन्, बुबाआमा भने घरनजिकै वेमौसमी गोलभेँडा खेती गर्ने टनेल बनाउन र गोलभेँडाको विरुवा गोड्न ब्यस्त छन्, । बाँस गाडेर ठूलाठूला टहरा बनाइएको छ, टहरामाथि प्लाष्टिक टाँगिएको छ, भित्रचाँही गोलभेँडा सार्ने ड्याङ बनाइएको छ ।

  • भोकमरी क्षेत्रका बासिन्दा स्याउ खेतीमा

    निमेन्द्र शाही/उज्यालो । बाजुरा, चैत २७ – खाद्य संकटमा परेका बाजुराको जगन्नाथ गाविसका वासिन्दाले स्याउ खेती गर्न थालेका छन् । स्थानीय वासिन्दाको खाद्यसंकट टार्ने दिर्घकालीन योजना अनुसार उनीहरुले स्याउको ब्यवसायिक खेती थालेका हुन् ।

  • दिउँसो पानी पर्ने अनुमान

    काठमाडौ, चैत २७ – काठमाडौ सहित देशका अधिकाँस पहाडी भेगमा सोमबार पनि दिउँसो र बेलुकी पख पानी पर्ने अनुमान गरिएको छ । काठमाडौको आकाशमा बादल लागेको छ र यो क्रम दिनभर चल्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

  • तुषारोले बिगार्‍यो आलुखेती

    कपिल कोईराला/ उज्यालो । काभ्रे, चैत २४ – फागुन चैत्रमा तुषारो परेपछि काभ्रेका विभिन्न ठाउँमा गरिएको आलु खेति प्रभावित बनेको छ । फागुनको अन्तिम साता देखि पर्न थालेको तुषारोबाट काभ्रेका खोपासी, कुशादेवी, नाला, धुलिखेल, बनेपा र पनौती क्षेत्रमा लगाईएको आलु पूर्णरुपमा प्रभावित बनेको जिल्ला कृषि विकास कार्यालय काभ्रेले जनाएको छ ।

  • गाईभैँसी मर्न थालेपछि किसान चिन्तित

    दिल शिरीष/ उज्यालो । बागलुङ, चैत २४ – बागलुङको राङखानीमा पत्ता नलागेको रोगका कारण घरपालुवा पशुहरु मर्न थालेपछि किसान चिन्तित भएका छन् । पशुको दिशा पिसावबाट रगत बग्ने, शरीर फुल्ने, स्वास प्रश्वास छिटो–छिटो हुने र तुरुन्त पशुको मृत्यु हुन थालेपछि कृषकहरु समस्यामा परेका छन् ।

  • ६ महिनापछि पानी पर्दा किसानहरु खुशी

    जनार्दन पोखरेल/उज्यालो । महोत्तरी, चैत २४– छ महिनापछि बिहीबार राती पानी परेपछि किसानहरु खुशी भएका छन् । गएको कात्तिकदेखि पानी नपर्दा पिरोलिएका किसान खेतीवाली राम्रो हुने भन्दै खुशी भएका हुन् । पानी परेपछि महोत्तरी, सर्लाही, धनुषा लगायतका जिल्लाका किसानहरुलाई उखु र अरु वाली लगाउन सजिलो भएको छ ।

  • अन्नवाली छाडेर लमजुङका किसान अलैंचीखेतीतिर

    आश गुरुङ/उज्यालो । लमजुङ, चैत २४ – अन्नवालीको खेतीभन्दा धेरै आम्दानी हुने भएपछि लमजुङको ग्रामीण क्षेत्रका वासिन्दा हिजोआज अलैँची खेतितर्फ आकर्षित भएका छन् । किसानहरुले धान, मकै, कोदो जस्ता अन्नबाली फल्ने खेतबारीमा अलैंची लगाउन थालेका छन् ।

  • आलुको बिऊमाभन्दा बियाँमा फाइदा

    काठमाडौ, चैत २४ – आलु खेतीमा बियाँको आकर्षण बढ्न थालेको छ । बियाँबाट आलु खेती गर्दा बढी उत्पादन लिन सकिने र उन्नत बीऊ नपुगेको ठाउँमा बियाँ प्रविधि सजिलैसँग लैजान सकिने भएकोले यसको आकर्षण बढेको राष्ट्रिय आलु बाली विकास कार्यक्रमले जनाएको छ ।

  • गहुँ खेती छाड्दै लमजुङका किसान

    आश गुरुङ/उज्यालो । लमजुङ, चैत २३ – उपयुक्त हावापानी हुँदाहुँदै पनि काम गर्ने मान्छे नहुँदा लमजुङका किसानले गहुँ खेती गर्न छाडेका छन् । गाउँमा काम गर्ने मान्छे नहुनु, खेती भित्र्याउन झन्झटिलो, आधुनिक प्रविधिको ज्ञान नहुनु, जस्ता कारणले पनि किसानले गहुँको खेती गर्न छाडेका हुन् ।

  • दिउँसो पानी पर्ने अनुमान

    काठमाडौ, चैत २२ – गएराती ठूलो पानी परेपछि अहिले काठमाडौ सहित मध्यपहाडी क्षेत्रको आकाश खुलेको छ । तर पूर्वतिर भने पश्चिमी वायुको प्रभाव बढेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

  • पर्यटकीय गाउँ खुल्ला दिसामुक्त

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, चैत २१ –पर्वतको पर्यटकीय गाउँ आर्थर डाडाँखर्क गाबिसलाई खुला दिसामुक्त घोषणा गरिएको छ । गाउँ विकास समिति र समुदायको अगुवाईमा प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासेको काखमा रहेको आर्थरमा एक महिनाको अबधिमा २ सय घरमा पक्की चर्पी बनाएपछि गाउँ खुला दिसामुक्त भएको हो ।

  • दुध उत्पादन बढाउन जर्सी गाई ल्याइयो

    दमन राई/उज्यालो । खोटाङ, चैत २१ – खोटाङ सदरमुकाम दिक्तेलमा दुध आपुर्ति सहज बनाउन इलामबाट १४ वटा जर्सी गाई किनेर ल्याइएको छ । दिक्तेलमा पहिलोपल्ट डेरी स्थापना गरेको खोटाङ पशुपालन तथा दुग्ध बिकास सहकारी संस्थाको पहलमा १० वटा दुहुना र ४ वटा ब्याउने गाई ल्याइएको हो ।

  • असिनाले आलुखेती नष्ट

    भक्तपुर, चैत २० – गएको शुक्रबार र शनिबार परेको असिना पानीले भक्तपुरमा आलू र गहुँ बाली नष्ट भएको छ । ताथली, सुडाल, बागेश्वरी, नंखेल र चित्तपोल गाविसका किसानले लगाएको गहँु र आलु खेती नष्ट भएको हो ।

  • सहुलियत दरको मलको रकम हिनामिना गर्ने कर्मचारी निलम्बित

    कपिलवस्तु, चैत १९ – कृषकका लागि सरकारले व्यवस्था गरेको सहुलियत दरको मल अवैध रुपमा विक्री गरी रकम हिनामिना गरेर फरार भएका कृषि सामाग्री कम्पनी लिमिटेड बहादुरगंजका एक कर्मचारी निलम्वनमा परेका छन् । मलखाद अवैध विक्री गरी फरारस्टोर प्रमुख पिताम्वर पौडेल निलम्वनमा परेका हुन् ।

  • गाईपालनको नमूना गाउँ मुकुन्दपुर

    विद्रोही गिरी/ उज्यालो । नवलपरासी, चैत १९ – नवलपरासीको मुकुन्दपुर ब्यबसायिक गाईपालनका लागि ‘नमूना’ गाउँका रुपमा परिचित बन्दै गएको छ । एक दशकदेखि ब्यबसायिक रुपमा गाईपाल्न थालिएको मुकुन्दपुरलाई जिल्ला पशु सेवा कार्यालयले नेपालको न्युजिल्याण्ड उपमा दिएको छ ।

  • फोहोर मैला व्यवस्थापनका लागि बायो ग्याँस प्लान्ट बनाईने

    काठमाडौं, चैत १९ - फोहोरमैला व्यवस्थापनको लागि सरकारी कार्यालय रहेका बिभिन्न पाँच ठाउँमा बायो ग्याँस प्लान्ट स्थापना गरिने भएको छ । फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको सहयोगमा पशुपति क्षेत्र विकास कोष, सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्री निवास तथा दाङको तुलसीपुर नगरपालिकामा बायो ग्याँस प्लान्ट स्थापना गर्न लागिएको हो । केन्द्रका सहायक प्रबन्धक टोपाराम आचार्यले ती ठाउँहरुमा बायो ग्याँस प्लाण्ट स्थापनाको लागि प्रस्ताव गरिसकिएको जानकारी दिनुभयो ।

  • खोटाङमा दुध अभाव

    दमन राई/उज्यालो । खोटाङ, चैत १८ – खोटाङकको सदरमुकाम दिक्तेलमा पहिलोपल्ट स्थापना भएको डेरीमा दुधको अभाव भएको छ । हिउँदको याममा गाईभैंसीले थोरै दुध दिने भएकाले डेरीमा दुध अभाव भएको हो । डेरीले संकलन गरेको दुध विहान दुई घण्टामा नै सकिन्छ ।

  • धादिङमा दुध उत्पादन बढ्यो

    केशव अधिकारी/उज्यालो । धादिङ, चैत १८ – केही समययता धादिङमा दुध उत्पादन बढ्न थालेको छ । सदरमुकाम धादिङवेशी र वरपरका गाउँमा व्यवसायिक रुपमा गाईपालन गर्ने किसानको संख्या बढेपछि दुध उत्पादन बढेको हो ।

  • कास्कीमा आलु महोत्सव

    पोखरा, चैत १७ – कास्कीको हेमजामा शुक्रवारदेखि तेस्रो हेम्जा आलु महोत्सव शुरु हुँदैछ । हेम्जालाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, युवाहरुलाई कृषिमा आवद्ध गराउने र अन्तराष्ट्रिय सहकारी वर्ष २०१२ को प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

  • जडीबुटीको संरक्षण गर्न नर्सरी

    दमन राई/उज्यालो । खोटाङ, चैत १६ – लोप हुन लागेका जडीबुटिको संरक्षण गर्न खोटाङको फेदी गाउँमा जडीबुटीको नर्सरी स्थापना गरिएको छ । फेदीमा रहेको फुङ्गालुङ सामुदायिक वन उपभोक्ता समितिले जंगलबाट हटचुर, मजितो, हाडजोडा, सतुवा, धुपीसल्ला, लोठसल्ला, वन बर लगायतका १५ जातको जडीबुटीको नर्सरी बनाएको छ ।

  • गण्डक नहरको कुलो मिचिएपछि किसान पीडित

    केसी लामिछाने/उज्यालो । वीरगञ्ज, चैत १५ - गण्डक नहर सिंचाई उपभोक्ताका पदाधिकारीहरुको मिलेमतोमा गण्डक नहरको कुलो भत्काएर खेतमा मिसाउने काम भएपछि किसान पीडित बनेका छन् । गण्डक नहरबाट जानकीटोला, मसियानी, हनुमानमन्दिर, बैरियाबिर्ता, जग्गरनाथपुर लगायतका स्थानबाट छु्ट्टिने सहायक नहरबाट किसानको खेतसम्म सिंचाई सुविधा पुर्‍याउनका लागि निर्माण गरिएको कुलो र सहायक कुलो सिंचाई उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा मिचिएको स्थानीय  किसानले जनाएका छन् ।

  • खेती गर्न छाडेर कुखुरापालनतिर

    एलबी थापा/उज्यालो । प्यूठान, चैत १५ – प्युठानको ग्रामीण क्षेत्रका किसानहरुले खेतीपाती छाडेर कुखुरापालन गर्न थालेका छन् । खेतीबाट भन्दा कुखुरा पालेर छिटो र धेरै आम्दानी हुने भएपछि किसानहरुले कुखुरा पाल्न थालेका हुन् ।

  • चैते धान रोपाइँ शुरु

    आश गुरुङ/उज्यालो । लमजुङ, चैत १४ – लमजुङमा यसवर्ष चैते धान रोपाइँ शुरु भएको छ । धमिलिकुवा, भलायखर्क, चक्रतीर्थ, चण्डिस्थान, चन्द्रेश्वर, भोर्लेटार, ईशानेश्वर, दुराडाँडा, सुन्दरबजार गाविसमा चैते धान रोप्न थालिएको हो ।

  • चैते धान रोप्ने काम सुरु

    काठमाडौं, चैत १२ - सिंचाई सुविधा हुने ठाउँमा अहिले धमाधम चैते धान रोप्ने बेला भएको छ । चैते धानमा हर्दिनाथ १ भन्ने जात बढी लोकप्रिय छ । चार वर्षअघि सिफारिस भएको यो जात धेरैले मन पराएका छन् । यसको उत्पादन पनि राम्रो रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कका बरिष्ठ बैज्ञानिक हरिकृष्ण उप्रेतीले बताउनुभयो ।

  • मकै पीडित किसानद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

    बारा, चैत ११ – बाराका मकै पीडित किसानहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन । शनिबार जिल्ला प्रशासन कार्यालय बारामा पीडित किसानका प्रतिनिधी र स्थानीय प्रशासनबीच पाँच बुँदे सहमति भएपछि किसानहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन ।

  • धादिङमा वातावरणमैत्री ईट्टा

    केशव अधिकारी/उज्यालो, धादिङ, चैत १० – धादिङमा पहिलोपटक पीडा गाविस वडा नंबर २ गलौदीमा वातावरणमैत्री ढंगले इट्टा उत्पादन शुरु भएको छ । राजधानी ब्रिक प्रालिले २ करोड ५० लाख रुपैंयाको लगानीमा एक सय रोपनी जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरेको हो ।

  • गुल्मीमा लागेको डढेलो नियन्त्रण वाहिर

    जनार्दन घिमिरे/उज्यालो, गुल्मी, चैत १० – गुल्मीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको साउने जंगलमा बिहीबार शुरु भएको डढेलो निभाउन सकिएको छैन । विहिवार विहान दश वजे शुरु भएको डढेलो निभाउन गएको सेना, प्रहरी, वन कार्यालयका कर्मचारी रस्थानीयवासीले विहीवार राती अवेरसम्म गरेको प्रयास असफल भएको छ ।

  • आज मौसम दिवश

    काठमाडौ, चैत १० – आज विश्व मौसम दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको नारा ‘हाम्रो भविष्य सशक्तिकरणको लागि मौसम, हावापानी तथा जल’ भन्ने तय गरिएको छ । दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागले पोखरामा औपचारिक कार्यक्रम गर्दैछ ।

  • काठमाडौमा दोब्बर तरकारी भित्रियो

    काठमाडौ, चैत १० – चैत महिना लागेयता काठमाडौमा प्रशस्त तरकारी भित्रिएको छ । दुई हप्ता अघिदेखि कालिमाटी थोक बजारमा दैनिक ८ सय मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिएको छ । यो अघिल्लो वर्षको यसै अवधीको तुलनामा झण्डै दोब्बरले बढी हो ।

  • तेह्रथुममा डढेलो

    भरत ईङ्नाम/उज्यालो तेह्रथुम, चैत १० – तेह्रथुम तम्फूलाको केउरानी र सोल्माको हात्तिआहाल सामुदायिक वनमा डढेलो लागेको छ । बिहीबार विहान पिंगुवाखोला नजिकैबाट सुरु भएको डढेलोले हात्तिआहाल सामुदायिक वनको करिव ३ सय रोपनी वन क्षेत्र जलिसकेको छ । आगो अझै निभेको छैन ।

  • ताप्लेजुङमा माटो परीक्षण

    केशबप्रसाद भट्टराई/उज्यालो, ताप्लेजुङ, चैत्र ९ – ताप्लेजुङमा बिहीबारदेखि माटो परीक्षण सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले तीन दिनसम्म किसानको खेतबारीको माटोको परीक्षण गर्ने भएको हो ।

  • उत्कृट गाई प्रदर्शनी

    पोखरा, चैत ९ – कास्कीको लेखनाथमा बिहीबार उत्कृष्ट गाई प्रदर्शनी भएको छ । राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, जिल्ला पशुसेवा कार्यालय कास्की र गौलोचन बृहत्तर गाईपालन समितिको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा जर्सीतर्फ कृष्णप्रसाद सुवेदी र होलिस्टिनतर्फ ऋषिराम काफ्लेले पाल्नुभएको गाई प्रथम भएको छ ।

  • इट्टाभट्टाको धुँवाले भक्तपुरवासी समस्यामा

    रमेश गिरी/उज्यालो भक्तपुर,  चैत ९ – इट्टाभट्टाबाट निस्केको धुवाँ र धुलोका कारण स्वास्थ्य र खेतीपातीमा असर परेको भक्तपुरका वासिन्दाले बताएका छन् । नियम विपरित वस्ती नजिकै इट्टाभट्टा सञ्चालन गरेका कारण हानिकारक धुँवा र धूलोले दैनिक जीवन कष्टकर बनेको स्थानीय वासिन्दाको गुनासो छ ।

  • समस्यामा फलफुल किसान

    रुपा गौतम/उज्यालो । काठमाडौं, चैत ८ - फर्पिङका शिवराम कार्कीले १० वर्ष अघि जापानी सहयोग नियोग जाईकाको सहयोगमा  ६ रोपनी जग्गामा हलुवावेद खेती गर्नुभएको थियो । त्यतिबेला जाईकाले सहयोग गरेपनि अहिले उहाँसँग समस्या धेरै छन् । खेती सुरु गर्ने बेलामा नै प्राविधिक तालिम, सहयोग र सस्तोमा विरुवा पाए पनि उहाँले त्यसपछि कुनै सहयोग पाउनु भएको छैन ।

  • सवै घरमा पक्की चर्पी

    एलबी थापा/उज्यालो प्यूठान, चैत ८ – प्यूठानको उदयपुरकोट गाविसका सबै घरधुरीमा पक्की शौचालय बनेको छ । ४९ गाविसमध्ये सबै घरमा पक्की शौचालय बन्ने उदयपुरकोट पहिलो गाविस बनेको छ ।

  • कास्कीको सिद्ध गाविसमा किम्बु बगैँचा स्थापना गरिने

    पोखरा, चैत ७ – रेशम विकास कार्यालय पोखराले, कास्कीको कालिका र सिद्ध गाविसमा किम्बु बगैंचा स्थापना गर्ने भएको छ । रेशमी धागोको माग बढ्दै गएको र परम्परागत धान, गहुँ र मकैवाली भन्दा रेशम खेतीबाट दोब्बर आम्दानी लिन सकिने भएकाले किसानलाई रेशम खेतीतर्फ आर्कषित गर्न, रेशम खेती विस्तार कार्यक्रम अगाडि बढाएको कार्यालयले जनाएको छ ।

  • दमौलीलाई प्लास्टिक रहित वनाइने

    तनहुँ, चैत ५ – सदरमुकाम दमौली र ब्यास नगरपालिका क्षेत्रलाई प्लास्टिक रहित बनाइने भएको छ । “स्वच्छ, सफा, हराभरा व्यास नगर, हाम्रो अभियान ” भन्ने नाराका तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले व्यास नगरपालिकालाई कालो प्लास्टिक झोला रहित बनाउने अभियान शुरु गरेको हो ।

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • अहिले सम्म सरकारले चुनावका लागि भनेर झण्डै २० अर्ब खर्च गरिसकेको छ । यति ठुलो मात्रामा हुने खर्चलाई रोक्न विद्युतीय वा अनलाईनबाट चुनाव गराए हुदैन् र ? ता की यति ठुलो बजेटलाई विदेश जाने ४० लाख युवालाई स्वदेशमै रोजगारी दिने काममा खर्च गर्न सकियोस् ।

    मानबहादुर सिएल
  • दलाई लामाले बुद्ध भारतमा जन्मेको अभिव्यक्तिले ३ करोड नेपालीको ध्यानाकर्षण गराएको छ । लामाको अभिव्यक्ति सच्याउन नेपाल सरकारले नै औपचारिक रुपमा अपिल गर्न आवश्यक छ ।

    ​कृष्ण श्रेष्ठ
  • हिमालदेखि तराईसम्म चुनाव लागेको छ । चुनाव पछि विकास होस् । युवालाई स्वदेशमै रोजगारको अवसर मिलोस् ।

    ​अर्जुन भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया