MENU
Ncell Axiata

बातावरण-कृषि

  • १२ ठाउँमा कृत्रिम गर्भाधान केन्द्र स्थापना

    नवलपरासी, बैशाख १६– नवलपरासीमा गाइभैसीको नश्लसुधार गर्न पशुसेवा कार्यालयले १२ वटा कृत्रिम गर्भाधान केन्द्र स्थापना गरेको छ । स्थानीय गाइभैंसीको कृत्रिम गर्भाधानबाट उन्नत जातको बाच्छाबाच्छी उत्पादन गर्ने उद्देश्यले सामुदायिक पशु प्रजनन केन्द्र स्थापना गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. उत्तम अचार्यले जानकारी दिनुभयो ।

  • अदुवाको मुल्य बढेपछि बिक्री शुरु अदुवाको मुल्य बढेपछि बिक्री शुरु

    भरत ईङ्नाम/उज्यालो । तेह्रथुम, बैशाख १४– तेह्रथुममा यस हप्तादेखि अदुवाको मूल्यमा सुधार आएको छ । सदरमुकाम म्याङ्लुङ्गमा प्रतिकिलो ७ रुपैयाँ रहेको अदुवाको मूल्य बढेर १२ रुपैयाँ पुगेपछि किसानहरु खुशी भएका छन् । भाउ थोरै हुँदा किनबेच हुन छाडेको अदुवाको किनवेच पनि शुरु भएको छ ।

  • किसानलाई दिने अनुदानमा अनियमितता

    बारा, बैशाख १४– जिल्ला कृषि विकास कार्यालय बाराले मिसन प्याज खेती अन्तर्गत किसानलाई दिने अनुदानमा अनियमितता भएको किसानले बताएका छन् । कृषि विकास कार्यालयले रकम लेनदेनको आधारमा प्रक्रिया नपुर्याएका किसान समुहलाई अनुदान उपलब्ध गराएको छ ।

  • १४ करोडको लागतमा कृषि फारम

    उदयपुर, बैशाख १४– १४ करोडको लागतमा उदयपुरको त्रियुगा नगरपालिका १३ खाटमन्दिरमा कृषि फाराम निर्माण गर्न थालिएको छ । ७ रोपनी क्षेत्रफलमा बंगुर, गाई, बाख्रा, माछा, मौरी, स्थानीयजातका कुखुरा पालिने फारमका सञ्चालक विष्णु खतिवडाले जानकारी दिनुभयो ।

  • वर्षे धानको बीउ वितरण शुरु

    ललितपुर, बैशाख १४ - जिल्ला कृषि विकास कार्यालय ललितपुरले वर्षे धानको बीउ वितरण गर्न शुरु गरेको छ । कार्यालयले जिल्लाभित्र रहेका ८ वटा सेवा केन्द्र मार्फत किसान समूहलाई वर्षे धानको बीउ वितरण गर्न शुरु गरेको छ । ३४ हेक्टर जमिनमा लगाउन पुग्ने २५ सय किलो वर्षे धानको बीउ वितरण गर्न शुरु गरेको वरिष्ठ कृषि विकास अधिकृत दिपक पौडेलले जानकारी दिनुभयो ।

  • कास्कीका ४ गाविसमा अलमाण्ड खेतीको संभाब्यता अध्ययन

    पोखरा, बैशाख १३– कास्कीका विभिन्न चारवटा गाविसमा आलमण्ड अर्थात् चिनियाँ बदामको व्यबसायिक खेतीका लागि बुधवारदेखि सम्भाव्यता अध्ययन शुरु भएको छ । सौन्दर्यका सामाग्रीमा प्रयोग गरिने तेलको मुख्य श्रोत, क्यान्सर विरुद्धको औषधी तथा आँखाका सुरक्षाका लागि वदाम उपयोगी फल भएकोले नेपालमा पनि व्यबसायिक खेतीका लागि सम्भाव्यता अध्ययन थालिएको हो ।

  • धनुषामा आँप धेरै फल्यो

    धर्वेन्द्र झा/उज्यालो । जनकपुरधाम, वैशाख १३ – यसवर्ष धनुषामा आँपको उत्पादन बढ्ने भएको छ । वेलावेलामा पानी परेपछि आँपको लागि मौसम अनुकुल भएकाले उत्पादन बढ्ने भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

  • तरकारीमा रोग लाग्यो ? टेलिफोन गर्नुस्

    धादिङ, बैशाख १३– ‘तरकारीमा रोग लाग्यो ? अन्न वालीमा समस्या देखियो, फलफुल राम्रो फले न की ? चिन्ता नलिनुहोस । तपाईले अब खेतबारीबाटै फोन गरेर समस्याको समाधान गर्न सक्नुहुनेछ ।

  • हिमाली जिल्लामा कृषि गणना शुरु

    काठमाडौ, बैशाख ११– केन्द्रीय तथ्याङ्क विभागले दोस्रो चरणको कार्यक्रम अन्र्तगत हिमाली जिल्लामा कृषि गणना कार्य शुरु गरेको छ । यसअघि विभागले गएको माघ १ गतेदेखि शुरु गरेर तराई र पहाडका ५९ जिल्लामा फागुन मसान्तमा कृषि गणना सम्पन्न गरेको थियो ।

  • प्यूठानमा गहुँ धेरै फल्यो

    एलबी थापा/उज्यालो । प्यूठान, बैशाख ११ – मौसम राम्रो भएपछि प्यूठानमा यो वर्ष गहुँ उत्पादन बढेको छ । हिउँदमा पानी परेकाले गहुँ धेरै उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

  • २० हजार हेक्टर वनमा डढेलो

    हेमराज शर्मा/उज्यालो । दाङ, बैशाख ११ – डढेलोले दाङका दुइ दर्जनभन्दा बढी वन क्षेत्रका २० हजार हेक्टरमा क्षति पुर्याएको छ । पुरन्धारा, हासीपुर, सोनपुर राजपुर, लक्ष्मीपुर, बेला, गोल्टाकुरी, पञ्चकुलेका सामुदायिक वन र राष्ट्रिय वनमा लागेको डढेलोले अहिलेसम्मकै धेरै क्षति गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

  • १४ फेब्रुअरीमा राष्ट्रिय दिवश मनाउन माग

    काठमाडौ, बैशाख १०– सेभ द प्लानेट मिसन २०२० नेपालले प्रकृतिलाई माया गर्न आग्रह गर्दै १४ फेबु्रअरीलाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग गरेको छ । पृथ्वी दिवसका अवसरमा काठमाडौमा कार्यक्रम गरी  सेभ द प्लानेटले विभिन्न संघ संस्था र हरेक नेपालीसित प्रकृतिलाई माया गर्न पनि आग्रह गरेको छ  ।

  • पृथ्वी दिवस आज मनाइँदै

    काठमाडौं, बैशाख १० - आज अप्रिल २२ तारिख अर्थात  विश्व पृथ्वी दिवस । नेपाल सहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइँदैछ । नेपालमा वातावरणको क्षेत्रमा काम गर्ने संघ सस्थाले यो दिवसमा कार्यक्रम गर्दैछन् ।

  • वन समूहले बनायो सभाहल

    हेमराज शर्मा/उज्यालो । दाङ, बैशाख ९ – दाङको काभ्रे गाविस ३ जुम्लेपानीमा सामुदायिक वनको लगानीमा एक सय जना अट्ने सामुदायिक सभाहल बनाउन लागेको छ । जुम्लेपानीगढी सामुदायिक वन उपभोक्ता समूहले दश लाख ८० हजार रुपैयाको लागतमा सामुदायिक सभाहल सहितको भवन बनाउन लागेको हो ।

  • एग्रो टेलि क्लिनिक सेवा प्रभावकारी

    ललितपुर, बैशाख ९ - किसानलाई विशेषज्ञ सेवा उपलब्ध गराउन शुरु भएको एग्रो टेलि क्लिनिक सेवा प्रभावकारी देखिएको छ । बिहीबारदेखि शुरु भएको सेवामा देशका बिभिन्न ठाउँबाट किसानले फोन गरेर जिज्ञासा लिने गरेका तरकारी बीऊ उत्पादन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख तथा बरिष्ठ तरकारी विकास अधिकृत भरतप्रसाद पौडेलका अनुसार हरेक हप्ता बिहीबार र शुक्रबार किसानले फोन मार्फत खेतीपाती सम्बन्धी जिज्ञासा राख्न सक्नेछन् ।

  • मकैका उन्नत चारवटा जात प्रस्ताब

    काठमाडौ, बैशाख ८ – मकै खेती गर्ने किसानले अर्को वर्षसम्म थप चारवटा उन्नत जात प्रयोग गर्न पाउने भएका छन् । नेपाल कृषि अनुसन्धान परिषद नार्कले अरुण ४, अरुण ३, कर्णाली २ र रामपुर हाइब्रिड नामका जात सिफारिसको लागि प्रस्ताव गरिसकेको छ । यी जात, लगाएको ८० देखि एकसय १० दिनमा तयार हुने नार्कका मकैबाली विज्ञ नारायणबहादुर धामीले जानकारी दिनुभयो ।

  • बनपाखामा चराको चहलपहल

    काठमाडौ, बैशाख ७ – नेपालका वन पाखामा हिजोआज चराको चहल पहल बढी देखिएको छ । घरमा पालिएका र मानिसको नजिक बस्न रुचाउने चराहरु पनि हिजो आज निकै सक्रिय छन् । यो मौसम चराहरुको प्रजनन् क्रियाका लागि उत्तम समय हो ।

  • अम्लिसोको भाउ घटेपछि किसान मर्कामा अम्लिसोको भाउ घटेपछि किसान मर्कामा

    केशबप्रसाद भट्टराई/उज्यालो । ताप्लेजुङ, बैशाख ६– अम्लिसोको भाउ पाँच गुणा कम भएपछि किसानहरु मर्कामा परेका छन् । तीन बर्षपहिले प्रति क्वीन्टल आठ हजार रुपैयाँमा बिक्री भएको अम्लिसो यसवर्ष एक हजार पाँच सय रुपैयाँमा बिक्री गर्नुपरेपछि किसान मर्कामा परेका हुन् ।

  • गौरीशंकर संरक्षण क्षेत्रमा व्यापक वन फडानी

    रामेछाप, बैशाख ६ - गौरीशंकर संरक्षण क्षेत्र आयोजना अन्र्तगत संरक्षित जंगलमा व्यापक वन फडानी भएको छ । विना पुर्व जानकारी निजी वनको नाममा संरक्षण क्षेत्र भित्र पर्ने रामेछाप र दोलखाको सिमानाको गुम्देल गाविस ९ स्थित सेरदुङ जंगलमा अनियन्त्रित रुपमा करिब एक करोड रुपैयाँ बराबरको २० हजार क्युफिट काठ काटिको छ । वन फडानी गरी निकासी गर्न लागिएको आयोजनाले जानकारी पाएपछि रोकिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना दोलखाका प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो ।

  • आज किसान दिवश

    काठमाडौ, बैशाख ५ – भूमि अधिकारका बारेमा जनचेतना जगाउँदै मंगलवार अन्तर्राष्ट्रिय किसान दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । भूमिमाथिको कब्जा अन्त्य गरी जोताहा किसानलाई भूमिको स्वामित्व प्रदान गर्न माग सहित विश्वव्यापी रुपमा मनाईने दिवसका अवसरमा नेपालमा कार्यक्रम गरिंदैछ ।

  • भारतवाट अवैध कुखुरा भित्रिएपछि किसान मारमा

    नेपालगञ्ज, वैशाख ४ – भारतका सीमावर्ती बजारबाट भन्सार छलेर नेपालगञ्जमा वोइलर कुखुरा भित्रिन थालेपछि कुखरापालक किसानहरु मर्कामा परेका छन् । विना भन्सार आउने तस्करीको कुखुरा नेपाली किसानले पालेको भन्दा सस्तोमा पाइने हुँदा मासु व्यवसायीले भारतकै कुखुरा किन्ने गरेका छन् ।

  • विदेशको अनुभवले गाउँमै च्याउ खेती विदेशको अनुभवले गाउँमै च्याउ खेती

    दमन राई/उज्यालो । खोटाङ, बैशाख २ – मन लगाएर काम गर्ने हो भने गाउँमा बसेर पनि विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने प्रमाणित गर्नुभएको छ खोटाङको लफ्याङ गाविसका जीतबहादुर राईले । रोजगारीका लागि १५ वर्ष विदेशमा बसेका राईले अहिले आफ्नै गाउँमा च्याउ खेती गरेर महिनामा झण्डै ५० हजार रुपैयाँ कमाउनुहुन्छ । उहाँले दिनमा ७ किलोसम्म च्याउ बेच्नुहुन्छ, जुन १ किलोको ३ सय रुपैयाँ पर्छ ।

  • नयाँ वर्षमा निशुल्क मह

    मोहन बस्याल/उज्यालो । चितवन, बैशाख १ – नयाँ बर्षको अवसरमा चितवनका मौरीपालक किसानहरुले सर्बसाधारणलाई निशुल्क मह चखाएका छन् । मौरीपालक महासंघको अगुवाईमा २५ किलो मह वितरण गरिएको महासंघ चितवनका अध्यक्ष हिमलाल पोख्रेलले जानकारी दिनुभयो ।

  • स्वर्गद्वारीको वन संरक्षण कार्ययोजना तयार

    एलबी थापा/उज्यालो । प्यूठान, बैशाख १ – स्वर्गद्वारी बन क्षेत्र वरपर वन मासिदै जान थालेपछि संरक्षणका लागि कार्ययोजना बनाइएको छ । स्वर्गद्वारीको ४ सय कित्ता नम्वरको ८ हजार ५ सय २९ रोपनी क्षेत्रफलको वन क्षेत्रको संरक्षणका लागि कार्य योजना तयार पारिएको हो ।

  • बंगुर पालनमा सिपालु थारु महिला बंगुर पालनमा सिपालु थारु महिला

    भावुक योगी/उज्यालो । बर्दिया, चैत ३० – हिजोआज व्यवसायिक रुपमा पशुपालन गर्नेहरु निकै बढेका छन् ।  तीमध्ये कतिपय सफल हुन्छन् भने कतिपयले वीचमै छाड्छन् । बर्दिया धधवार गाविसको दुध्याका महिलाहरुले तीन वर्षअघि शुरु गरेको ब्यवसायिक बंगुरपालन आम्दानीको श्रोत मात्र बनेको छैन अरुका लागि सिक्ने ठाउँ पनि बनेको छ ।

  • तरकारी फलाउँदै माओवादी नेता

    आश गुरुङ/उज्यालो । लमजुङ, चैत ३०– एकीकृत नेकपा माओवादी लमजुङका सह–ईन्चार्ज मोहनहरि पौडेल ब्यवसायिक तरकारी खेतीमा लाग्नुभएको छ । भोर्लेटार गाविस वडा नम्बर ६ मा ६ रोपनी जग्गामा उहाँले तरकारी खेती गर्नुभएको छ ।

  • विदेशको सीप स्वदेशको कमाई विदेशको सीप स्वदेशको कमाई

    रुपा गौतम/उज्यालो । काठमाडौ, चैत २९ – सानो झुपडी घर, घरभित्र वालवालिकाहरु चिच्याएर पढिरहेका छन्, बुबाआमा भने घरनजिकै वेमौसमी गोलभेँडा खेती गर्ने टनेल बनाउन र गोलभेँडाको विरुवा गोड्न ब्यस्त छन्, । बाँस गाडेर ठूलाठूला टहरा बनाइएको छ, टहरामाथि प्लाष्टिक टाँगिएको छ, भित्रचाँही गोलभेँडा सार्ने ड्याङ बनाइएको छ ।

  • भोकमरी क्षेत्रका बासिन्दा स्याउ खेतीमा

    निमेन्द्र शाही/उज्यालो । बाजुरा, चैत २७ – खाद्य संकटमा परेका बाजुराको जगन्नाथ गाविसका वासिन्दाले स्याउ खेती गर्न थालेका छन् । स्थानीय वासिन्दाको खाद्यसंकट टार्ने दिर्घकालीन योजना अनुसार उनीहरुले स्याउको ब्यवसायिक खेती थालेका हुन् ।

  • दिउँसो पानी पर्ने अनुमान

    काठमाडौ, चैत २७ – काठमाडौ सहित देशका अधिकाँस पहाडी भेगमा सोमबार पनि दिउँसो र बेलुकी पख पानी पर्ने अनुमान गरिएको छ । काठमाडौको आकाशमा बादल लागेको छ र यो क्रम दिनभर चल्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

  • तुषारोले बिगार्‍यो आलुखेती

    कपिल कोईराला/ उज्यालो । काभ्रे, चैत २४ – फागुन चैत्रमा तुषारो परेपछि काभ्रेका विभिन्न ठाउँमा गरिएको आलु खेति प्रभावित बनेको छ । फागुनको अन्तिम साता देखि पर्न थालेको तुषारोबाट काभ्रेका खोपासी, कुशादेवी, नाला, धुलिखेल, बनेपा र पनौती क्षेत्रमा लगाईएको आलु पूर्णरुपमा प्रभावित बनेको जिल्ला कृषि विकास कार्यालय काभ्रेले जनाएको छ ।

  • गाईभैँसी मर्न थालेपछि किसान चिन्तित

    दिल शिरीष/ उज्यालो । बागलुङ, चैत २४ – बागलुङको राङखानीमा पत्ता नलागेको रोगका कारण घरपालुवा पशुहरु मर्न थालेपछि किसान चिन्तित भएका छन् । पशुको दिशा पिसावबाट रगत बग्ने, शरीर फुल्ने, स्वास प्रश्वास छिटो–छिटो हुने र तुरुन्त पशुको मृत्यु हुन थालेपछि कृषकहरु समस्यामा परेका छन् ।

  • ६ महिनापछि पानी पर्दा किसानहरु खुशी

    जनार्दन पोखरेल/उज्यालो । महोत्तरी, चैत २४– छ महिनापछि बिहीबार राती पानी परेपछि किसानहरु खुशी भएका छन् । गएको कात्तिकदेखि पानी नपर्दा पिरोलिएका किसान खेतीवाली राम्रो हुने भन्दै खुशी भएका हुन् । पानी परेपछि महोत्तरी, सर्लाही, धनुषा लगायतका जिल्लाका किसानहरुलाई उखु र अरु वाली लगाउन सजिलो भएको छ ।

  • अन्नवाली छाडेर लमजुङका किसान अलैंचीखेतीतिर

    आश गुरुङ/उज्यालो । लमजुङ, चैत २४ – अन्नवालीको खेतीभन्दा धेरै आम्दानी हुने भएपछि लमजुङको ग्रामीण क्षेत्रका वासिन्दा हिजोआज अलैँची खेतितर्फ आकर्षित भएका छन् । किसानहरुले धान, मकै, कोदो जस्ता अन्नबाली फल्ने खेतबारीमा अलैंची लगाउन थालेका छन् ।

  • आलुको बिऊमाभन्दा बियाँमा फाइदा

    काठमाडौ, चैत २४ – आलु खेतीमा बियाँको आकर्षण बढ्न थालेको छ । बियाँबाट आलु खेती गर्दा बढी उत्पादन लिन सकिने र उन्नत बीऊ नपुगेको ठाउँमा बियाँ प्रविधि सजिलैसँग लैजान सकिने भएकोले यसको आकर्षण बढेको राष्ट्रिय आलु बाली विकास कार्यक्रमले जनाएको छ ।

  • गहुँ खेती छाड्दै लमजुङका किसान

    आश गुरुङ/उज्यालो । लमजुङ, चैत २३ – उपयुक्त हावापानी हुँदाहुँदै पनि काम गर्ने मान्छे नहुँदा लमजुङका किसानले गहुँ खेती गर्न छाडेका छन् । गाउँमा काम गर्ने मान्छे नहुनु, खेती भित्र्याउन झन्झटिलो, आधुनिक प्रविधिको ज्ञान नहुनु, जस्ता कारणले पनि किसानले गहुँको खेती गर्न छाडेका हुन् ।

  • दिउँसो पानी पर्ने अनुमान

    काठमाडौ, चैत २२ – गएराती ठूलो पानी परेपछि अहिले काठमाडौ सहित मध्यपहाडी क्षेत्रको आकाश खुलेको छ । तर पूर्वतिर भने पश्चिमी वायुको प्रभाव बढेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

  • पर्यटकीय गाउँ खुल्ला दिसामुक्त

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, चैत २१ –पर्वतको पर्यटकीय गाउँ आर्थर डाडाँखर्क गाबिसलाई खुला दिसामुक्त घोषणा गरिएको छ । गाउँ विकास समिति र समुदायको अगुवाईमा प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासेको काखमा रहेको आर्थरमा एक महिनाको अबधिमा २ सय घरमा पक्की चर्पी बनाएपछि गाउँ खुला दिसामुक्त भएको हो ।

  • दुध उत्पादन बढाउन जर्सी गाई ल्याइयो

    दमन राई/उज्यालो । खोटाङ, चैत २१ – खोटाङ सदरमुकाम दिक्तेलमा दुध आपुर्ति सहज बनाउन इलामबाट १४ वटा जर्सी गाई किनेर ल्याइएको छ । दिक्तेलमा पहिलोपल्ट डेरी स्थापना गरेको खोटाङ पशुपालन तथा दुग्ध बिकास सहकारी संस्थाको पहलमा १० वटा दुहुना र ४ वटा ब्याउने गाई ल्याइएको हो ।

  • असिनाले आलुखेती नष्ट

    भक्तपुर, चैत २० – गएको शुक्रबार र शनिबार परेको असिना पानीले भक्तपुरमा आलू र गहुँ बाली नष्ट भएको छ । ताथली, सुडाल, बागेश्वरी, नंखेल र चित्तपोल गाविसका किसानले लगाएको गहँु र आलु खेती नष्ट भएको हो ।

  • सहुलियत दरको मलको रकम हिनामिना गर्ने कर्मचारी निलम्बित

    कपिलवस्तु, चैत १९ – कृषकका लागि सरकारले व्यवस्था गरेको सहुलियत दरको मल अवैध रुपमा विक्री गरी रकम हिनामिना गरेर फरार भएका कृषि सामाग्री कम्पनी लिमिटेड बहादुरगंजका एक कर्मचारी निलम्वनमा परेका छन् । मलखाद अवैध विक्री गरी फरारस्टोर प्रमुख पिताम्वर पौडेल निलम्वनमा परेका हुन् ।

Skill Training

मेरो पनि भन्नु छ

  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
  • नेपालको संविधानको धारा २८८ मा प्रदेश सभाका दुई तिहाई सदस्यले राजधानी तोक्ने व्यवस्था भएकोले अहिले अस्थायी राजधानी तोकेको आधारमा आन्दोलन गर्नु उचित हैन ।

    युवराज पौडेल
  • संवैधानिक जटिलताका कारण सरकारले अस्थाई राजधानी तोकेको हो । स्थायी केन्द्र निर्धारण गर्ने काम प्रदेश संसदको क्षेत्राधिकार भित्र पर्छ । प्रदेश संसद र सरकारलाई पनि विवेक प्रयोग गर्न दिउँ न । आन्दोलन गरेरै राजधानी खोज्ने हो भने चुनावमा भोट हाल्नुको के अर्थ ?

    ​रञ्जित तामाङ
सबै हेर्नुहोस

सोसल मिडिया