MENU
ujyaalo forign call inside

बातावरण-कृषि

  • आज दिनैभरि पानी पर्ने

    काठमाडौ, साउन ४ – काठमाडौ उपत्यका सहित देशभर बिहीबार दिनभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको प्रभाव मध्य क्षेत्रमा बढी रहेपनि यतिखेर देशका प्रायः सबै ठाउँमा पानी परिरहेको छ ।

  • वर्षायाममा पनि हिउँदमा पाइने चरा भेटिए

    काठमाडौ, साउन ४ – हिउँदमा पाईने चरा वर्षायाममा पनि देशका विभिन्न ठाउँमा देखिएपछि चराविद्हरु अनुसन्धानमा जुटेका छन् । कोशी टप्पु र कपिलबस्तुको जगदीशपुर तालमा चखेवा, सिन्दुरे हाँस, मरुल चन्चले सुडसुडिया लगायतका चरा देखिएको चराविद् डाक्टर हेमसागर बरालले बताउनुभयो ।

  • तनहुँ तेश्रो खुला दिसामुक्त जिल्ला

    तनहुँ, साउन ४ - तनहुँ नेपालको तेश्रो खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । बुधवार सदरमुकाम दमौलीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले तनहुँलाई खुला दिसामुक्त घोषणा गर्नुभएको हो ।

  • उदयपुरमा बल्ल २८ प्रतिशत रोपाइँ सकियो

    भरत खड्का/ उज्यालो । उदयपुर, साउन ३ – समयमा पानी परेपछि उदयपुरमा २८ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । अघिल्लो बर्ष समयमा नै मनसुन हुँदा असार मसान्त सम्म ८० प्रतिशत रोपाइँ सकिएकोमा यस पटक भने मनसुनकै कारण ढिला भएको हो ।

  • मोटरपम्पबाट पानी तानेर रोपाँई

    आश गुरुङ/उज्यालो । लमजुङ, साउन ३ –  मेसिनले नदीको पानी तानेर लमजुङको दक्षिणपश्चिममा पर्ने रम्घा गाविसका किसानहरुले बाँझो खेतबारीमा रोपाँई गर्न थालेका छन् । रोपाँईका लागि बर्षौँदेखि अकाशे पानी कुर्नुपर्ने किसानहरुले यसवर्ष रम्घा–६ सिसाघाटफाँटमा राखिएको विद्युत मोटरपम्पबाट मादी नदीको पानी तानेर ३ सय रोपनी खेतमा रोपाँई गरेका छन् ।

  • फेवाताल जलकुम्भीले ढाक्न थाल्यो

    पोखरा, साउन १ –बर्षायामसँगै पोखराको पर्यटकीय फेवाताल जलकुम्भी झारले ढाकिन थालेको छ । पोखरा उपमहानगरपालिकाले फेवातालको जलकुम्भी झार व्यवस्थापन गर्न छुट्याएको बजेट समेत समयमै नदिएको र अन्त कतैबाट सहयोग नपाएपछि झार हटाउन नसकेको फेवा डुंगा व्यवसायी संघका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनुभयो ।

  • असारसम्म ३५ प्रतिशतमा मात्रै रोपाँई

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, साउन १ – असार सकिँदा पर्वतमा ३५ प्रतिशत खेतमा मात्रै रोपाँई भएको छ । मनसुन ढिलो शुरु भएको र पर्याप्त पानी नआएकाले धेरै खेतमा रोपाँई हुन नसकेको हो । गएको बर्ष असार अन्तिमसम्म ६० प्रतिशत खेतमा रोपाँई सकिएको थियो । तर यसबर्ष त्यसको आधा क्षेत्रफलमा मात्रै रोपाई भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख चन्द्रकान्त खनालले जानकारी दिनुभयो ।

  • बाग्लुङको ५० प्रतिशत खेत बाँझै

    दिल शिरीष/उज्यालो । बाग्लुङ, असार ३१ - मानो रोपेर मुरी उब्जाउने असार महिना सकिए पनि बाग्लुङका ५० प्रतिशत खेत अझै बाझै छन् ।  असारको मध्यमा केही दिन बर्षा भएर मुल फुटेका र कुलो भएका ५० प्रतिशत खेतबारीमा मात्र रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सिंचाई सुविधा नहुँदा पहाडी क्षेत्रका उच्च भागमा समयमै रोपाई गर्न नपाउदा कृषकहरु चिन्तित भएका छन् ।

  • गाउँमा बजार नपाउँदा तरकारी कुहियो, सदरमुकाममा अभाव

    राजेन्द्र कार्की/ उज्यालो । जाजरकोट, असार ३१ – बारीभरी लटरम्म फलेको तरकारी बजार अभावका कारण बारीमै कुहिन्छ कि भन्ने चिन्ताले जाजरकोट जगतिपुर ५ तिमीलेचौरका २५ वर्षिय मोतीराम बिसीलाई निकै सताईरहेको छ । तिमिलेचौरका दुई दर्जन भन्दा बढी कृषकको अवस्था विसीको जस्तै छ ।

  • मनसुन फेरी सक्रिय

    काठमाडौं, असार ३१ – केही दिन कमजोर रहेको मनसुन फेरि सकृय भएको छ । सुदूरपश्चिमका केही ठाउँ बाहेक देशका प्रायः सबै ठाउँमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

  • मध्यपश्चिममा ७७ प्रतिशत जमिन बाँझै

    प्रकाश पन्त/ उज्यालो । बीरेन्द्रनगर,  असार ३० – असार महिना सकिनै लाग्दा मध्यपश्चिम क्षेत्रमा जम्मा २३ प्रतिशत खेतमा मात्र रोपाई भएको क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतले जनाएको छ । समयमा बर्षात नहुँदा यसक्षेत्रको १ लाख ७७ हजार २ सय १ हेक्टर खेतीयोग्य जमिन मध्ये  अहिलेसम्म ४० हजार २६ हेक्टरमा मात्रै रोपाई भएको छ ।

  • पर्वतमा साढे ४२ हजार सुन्तलाका बिरुवा रोपिने

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, असार ३० - पर्वतमा यस वर्ष साढे ४२ हजार सन्तलाका बिरुवा रोपिने भएको छ । जिल्लामा सुन्तला खेतिको बिस्तार गर्नका लागि जिल्लाका एक दर्जन भन्दा बढि गाविसमा यी बिरुवा रोपिन लागिएको हो । सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएका पाङराङ, लिमिठाना, कुर्घा, ठानौमौला, बाच्छा, भोक्सिङ्ग, होश्राङदी, त्रिवेणी, वाँसखर्क, लेखफाँट, शालिजा, देउपुर लगायतका गाविसवमा सुन्तला खेतीको बिस्तार गर्न लागिएको हो ।

  • दिनमा १० हजार बोरा मल विक्री

    काठमाडौ, असार ३० – कृषि सामग्री कम्पनी लिमिटेडले दिनहुँजसो ८ हजारदेखि १० हजार बोरा मल वितरण गर्दै आएको छ । आफुलाई उपलब्ध भएको मल सहकारी मार्फत किसानसम्म पुर्‍याइरहेको कम्पनीको भनाई छ । माग अनुसारको मल आईनसकेकाले अहिले काठमाडौमा रहेको कृषि सामग्री कम्पनीमा र विरगञ्जमा रहेको कम्पनीको शाखामा रासायनिक मल मौज्दात छैन ।

  • जाजरकोटमा ७० हजार फलफूलका विरुवा बिक्री

    राजेन्द्र कार्की/उज्यालो । जाजरकोट, असार ३० – यसवर्ष जाजरकोटको जिल्ला कृषि विकास कार्यालयले किसानहरुलाई विभिन्न जातका ७० हजार फलफूलका विरुवा विक्री गरेको छ । कार्यालयले शनिवारसम्म आँपका पाँच हजार छ सय, सुन्तलाका १३ हजार पाँच सय, कागतीका तीन हजार पाँच सय, जुनारका २७ सय, कफीका चार हजार पाँच सय अलैंचीका ३९ हजार र केराका १८ सय विरुवा विक्री गरेको जनाएको छ ।

  • मनसुनको एक महिनासम्म पर्याप्त पानी परेन

    काठमाडौ, असार २९ – देशभर दिनहुँ जसो पानी परेपनि अझै पर्याप्त मात्रामा पानी पर्न सकेको छैन । मनसुन शुरु भएको झण्डै एक महिना हुन लागेपनि प्रशस्त पर्न नसकेको हो । पहाडी क्षेत्रमा भन्दा तराईमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • बाँकेमा ३ प्रतिशत मात्र रोपाई

    नेपालगञ्ज, असार २९ – असारको महिना सकिन लाग्दा बाँकेमा ३ प्रतिशत खेतमा मात्र धान रोपाई गरिएको छ । ४० हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने बाँकेमा यसबर्ष समयमा बर्षात नभएपछि धान रोपाइ कम भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।

  • कामदारबाट मालिक बनेकाहरु... कामदारबाट मालिक बनेकाहरु...

    निमेन्द्र शाही/उज्यालो । बाजुरा, असार २९ – लामो समय साहूको काम गरेका बाजुरा पाण्डुसैन ५ का छिरिङ दोज १ सय २० वटा भेडाको मालिक बनेका छन् । गरिबी निवारण कोषको सहयोगमा गाउँकै  निमाङ थिम्पु समूहबाट तीस हजार रुपैयाँ ऋण लिएर पाँचवटा भेडा पालन शुरु गरेका छिरिङले ८ जनाको परिवार पनि तयसैबाट पालेका छन् । ‘उनी पहिले गाउँमा सबै भन्दा गरीब थिए अहिले अरुलाई उछिनिसकेका छन्’ निमाङ थिम्पु संस्थाका सचिब सोनाम थापाले भन्नुभयो ।

  • रुकुमको स्यार्पुतालमा ब्यवसायिक माछापालन

    आदर्श केसी/उज्यालो । रुकुम, असार २८ –रुकुमको पर्यटकीय स्यार्पुतालमा पहिलो पटक ब्यवसायिक रुपमा माछा पालन शुरु गरिएको छ । लामो अध्ययनपछि गैरसरकारी संस्था  नेपाल जनजागरण मञ्चले स्यार्पुतालमा ९० हजार माछाका भुरा पाल्न थालेको हो ।

  • १० हजार टन डीएपी मल एक हप्तामा आइपुग्ने

    काठमाडौ, असार २८ – सरकारले भारतबाट ल्याउन लागेको १० हजार टन डिएपी मल एक हप्ता भित्र आइपुग्ने भएको छ । १० हजार टन डिएपी मल बजारमा आएपछि हिउँदमा लगाइने गहुँबालीका लागि मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

  • विषादी हालेर माछा मार्नेलाई ६ हजार जरिवाना

    अर्घाखाँची, असार २७ – खोलाका माछाहरु लोप हुदै गएपछि अर्घाखाँचीका वासिन्दाले विषादी प्रयोगमा रोक लगाएका छन् । सिद्धारा गाविसको रागसिङ खोला र कुसुम खोलाका कुनै पनि ठाउँमा करेन्ट लगाएर र बिषादी हालेर माछा मार्न स्थानीय वासिन्दाले रोक लगाएका हुन् ।

  • स्याङ्जामा डेढ करोडको कृषि फर्म

    राधाकृष्ण डुम्रे/उज्यालो । स्याङजा, असार २६ – स्याङजाको पेलाकोट गाविसमा डेढ करोड रुपैयाँको लागतमा कृषि फर्म सञ्चालनमा ल्याइएको छ । पेलाकोट गाविस ५ तारुखोलामा ६ जनाको लगानीमा १ करोड ५० लाखको लागतमा नेपाल एग्रोलाइफ एण्ड रिसर्च कम्पनी प्रालि सञ्चालन गरिएको हो ।

  • कास्कीको घान्द्रुकमा हिमपहिरो

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, असार २६–  कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा हिमपहिरो आएको छ । हिम पहिरोका कारण मोदीखोलामा बाढी आएकाले वरपरका बस्ती जोखिममा परेका छन् भने पर्वतको पातीचौरमा रहेको १४ दशमलब ८ मेघावाट क्षमताको मोदीखोला जलबिद्युत केन्द्रमा बिद्युत उत्पादन बन्द भएको छ । अन्नपुर्णको दक्षिण क्षेत्रबाट हिउँ खसेपछि पहिरो गएको हो । पहिरोका कारण घान्द्रुक गाबिस – ९ मा पर्ने  किमरुङ्ग खोलामा बाढी आएको छ । केही बर्ष देखि निरन्तर गएको हिमपहिरो यस बर्ष बढेकाले ठुलो बाढ...

  • खोटाङको चार गाविसमा चियाखेती विकास गर्ने

    खोटाङ, असार २६ –  खोटाङको चार गाविसमा चियाखेती विकास गरिने भएको छ । जिल्लाको खार्मी, पाथेका, नुनथला र फेदी गाविसलाई चिया उत्पादन गर्ने क्षेत्रका रुपमा विकास गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

  • मनसुन फेरि कमजोर

    काठमाडौ, असार २५ – दुई दिनसम्म सकृय भएको मनसुन फेरि कमजोर भएको छ । मनसुन सकृय बनाउने वायु भारततिर सरेकाले यस्तो अवस्था आएको मौसमविद् केशवदास श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अझै एक दुई दिन मनसुन कमजोर रहनेछ ।

  • नवलपरासीमा २० प्रतिशत धान रोपाइ

    विद्रोही गिरी/उज्यालो । नवलपरासी, असार २४ - नियमित बर्षा संगै किसानहरुमा धान रोपाईको चापाचाप बढेको छ । आकाशे पानीको भर पर्नु पर्ने क्षेत्रहरुमा अहिले धमाधम धान रोपाई भईरहेको छ । जिल्ला कृषि विकास कार्यालय नवलपरासीका अनुसार अहिलेसम्म नवलपरासीमा २० प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ ।

  • पुर्व प्रशासकहरुद्वारा प्राङ्गागरिक मल प्रयोगको अभियान घोषणा

    माधव दुलाल/ उज्यालो । काठमाडौं, असार २४ – रासायनिक मलको अभाव भइरहेका बेला प्राङ्गागरिक मल प्रयोगको अभियान घोषणा भएको छ । नेपाल अर्गानीक फाउण्डेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभियानको घोषणा गरेको हो ।

  • अझै केही दिन वर्षा हुने

    काठमाडौ, असार २३ – अघिल्लो हप्तासम्म कमजोर रहेको मनसुन अहिले देशभर सकृय भएको छ । लगातार पानी पर्न थालेपछि खोलानाला पनि रसाउन थालेका छन् । वर्षासँगै खोलानालामा पानी बढ्न थालेपछि किसान धान रोपाईंमा व्यस्त छन् । पानी पर्ने क्रम अझै केही दिन चल्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

  • मनसुनको प्रभाव देशैभरि

    काठमाडौ, असार २२ – मनसुनको प्रभाव फैलिंदै गएकाले देशभर पानी परेको छ । तराईका केही ठाउँमा अझै राम्रो संग पानी पर्न नसकेपनि धेरैजसो ठाउँमा भने भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • राप्ती बगरमा बदाम खेती

    नेपालगन्ज, असार २१ – खेतीयोग्य जमिन राप्ती नदीले बगर बनाएपछि बाँकेमा राप्ती नदी पीडितले बगरमा बदाम रोप्न सुरु गरेका छन् । खेतीयोग्य जमिन सबै बगर बनेपछि बदाम लगाइएको फत्तेपुरका राप्ती नदी पिडीत मर्हजन चौधरीले बताउनुभयो ।

  • सुख्खा र डुबान क्षेत्रका धानको विऊ उत्पादन बढाइने

    काठमाडौ, असार २१ – सुख्खा र डुबान क्षेत्रका लागि सिफारिस भएको धानको बीऊ उत्पादन बढाउने तयारी भएको कृषि विज्ञले बताएका छन् । यी जातका बीऊ बढाउन सके पानी नपुग्ने र पानी जम्ने सबै ठाउँमा पर्याप्त पुर्याउन सकिने उनीहरुको भनाई छ ।

  • मनसुन फेरि सक्रिय

    काठमाडौ, असार २० – केही दिन कमजोर देखिएको मनसुन फेरि सकृय हुन थालेको छ । पुरै सकृय नभएपनि मनसुनी वायुको प्रभाव बिस्तारै बढ्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् ईन्द्रविक्रम सिंहका अनुसार पूर्व र पश्चिमका केही ठाउँ बाहेक देशका प्रायः सबै ठाउँमा पानी परेको छ ।

  • मल लिने किसानको विहानैदेखि घुँइचो

    काठमाडौ, असार १९ – काठमाडौमा रहेको कृषि सामग्री कम्पनीमा मंगलवार पनि मल लिन आउने किसानको घुईंचो लागेको छ । कृषि सामग्री कम्पनीमा अहिले २ हजार भन्दा धेरै किसान लाइनमा बसेका छन् । बिहान साढे ८ बजेबाट कुपन लिएका किसानलाई मल वितरण सुरु गरिएको कम्पनीले जनाएको छ ।

  • मौसमविद्को अनुमान अनुसार पानी परेन

    काठमाडौ, असार १८ – मौसमविद्हरुले अनुमान गरेको समयमा मनसुन सकृय नहुँदा पानी पर्खेर बसेका किसान थप चिन्तित बनेका छन् । अघिल्लो हप्ता मौसमविदहरुले जुलाईको शुरु अर्थात हिजोआजबाट मनसुन सकृय हुने अनुमान गरेका थिए ।

  • मनसुन सक्रिय नहुँदा अभै रोपाईँ सुरु भएन

    काठमाडौं, असार १७ – मनसुन सकृय हुन नसक्दा अझै धेरै किसानले रोपाईं गर्न पाएका छैनन् । अबको केही दिनमा मूल फुट्ने गरी पानी पर्ने मौसमविद्को भनाई छ । रोपाईं गर्न ढिलो भएपनि ब्याड सुक्न नदिनको लागि विशेष सावधानी अपनाउन कृषि विज्ञले सुझाव दिएका छन् ।

  • सुर्खेतमा वातावरणसंबन्धि फिल्म फेस्टिवल हुँदै

    प्रकाश पन्त/उज्यालो । सुर्खेत असार १६ – सुर्खेतको विरेन्द्रनगरमा आइतबार र सोमवार वातावरण शिक्षा र दिगो विकासबारे जनचेतना जगाउन ‘फिल्म फेस्टिवल’ हुने भएको छ । स्थानीय रारा टेलिभिजन र सीमान्तकृत महिलाको लागि महिला संस्था (वाम)को समन्वयमा नेपाल वातावरण पत्रकार समूहले फिल्म फेस्टिवलको आयोजना गर्न लागेको हो ।

  • किसानद्वारा खडेरीको क्षतिपुर्ति माग

    विरगञ्ज, असार १६ – खडेरीले मकै बाली सखाप भएको भन्दै पर्साको ठोरी गाविसका किसानहरुले राहत र क्षतिपुर्तिको माग गरेका छन् । ठोरीको सरस्वती चोकमा शनिवार भेरा गरेर किसानहरुले मकैवालीमा भएको क्षतिको क्षतिपुर्ति र राहतका लागि सम्बन्धित निकायमा पहल गरिदिन राजनीतिक दलका स्थानीय नेताहरुलार्ए आग्रह गरेका छन् ।

  • असार १५ सम्म जम्मा ९ प्रतिशत रोपाइँ

    सेञ्छेलुङ लिम्बु/उज्यालो । काठमाडौ, असार १५ – असार महिना आधा भइसक्दा पनि ९ प्रतिशत खेतियोग्य जमिनमा मात्रै धान रोपिएको छ । समयमै पानी नपर्दा मुलुकको कुल खेतियोग्य जमिनमध्ये ९ प्रतिशत जमिनमा मात्रै रोपाई भएकोे कृषि मन्त्रालयले जनाएको छ ।

  • रोपाइँ महोत्सवको रौनक (फोटो फिचर) रोपाइँ महोत्सवको रौनक (फोटो फिचर)

    काठमाडौं, असार १५ – आज असार पन्ध्र, नेपाली किसानका लागि महत्वपूर्ण दिन । हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै आज असार १५ मनाईन्छ । आजको दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासका साथ आफ्नो खेतीपाती नहुनेहरु पनि अरुको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गर्छन् ।

  • भारत निर्यात हुन थालेपछि तरकारी महङ्गियो

    काठमाडौं, असार १५ – काठमाडौंमा रहेको कालीमाटी थोक बजारमा बिहीबारको तुलनामा आज तरकारीको भाउ केही बढेको छ । नेपाली बजारमा उत्पादन हुने तरकारी भारत निर्यात हुने क्रम बढेकाले तरकारीको महंगिएको बिक्रेताले बताएका छन् ।

  • आज धान दिवस, पर्याप्त वर्षा नहुँदा असार १५ खल्लो

    काठमाडौं, असार १५ – आज असार १५, नेपाली किसानका लागि महत्वपूर्ण दिन । हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै आज असार १५ मनाईन्छ । आजको दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासका साथ आफ्नो खेतीपाती नहुनेहरु पनि खरुको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गर्छन् ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया