MENU
ujyaalo forign call inside

बातावरण-कृषि

  • ‘१५ सयको जागिरदेखि सफल उद्यमीसम्म’ ‘१५ सयको जागिरदेखि सफल उद्यमीसम्म’

    चितवन, जेठ २१ – २० वर्षअघि पहिलो पटक जागिरको मुख देखेका ज्ञान बहादुर बिसुराललाई केही समयपछि नै ‘जागिर खाएर हुँदैन’ भन्ने ज्ञान आएको थियो । । २०४८ सालमा चितवनको एक पोल्ट्री फार्ममा १५ सय रुपैयाँको जागिर थालेका बिसुराल अहिले बिस लाख रुपैयाँ भन्दा बढी पर्ने प्राइभेट कारमा हुइँकनुहुन्छ ।

  • काभ्रेमा मल अभाव

    कपिल कोईराला उज्यालो । काभ्रे, जेठ २० – काभ्रेको बजारमा मलको अभाव भएपछि किसान मर्कामा परेका छन् । धान रोप्ने सिजनका साथै मकैमा हाल्नको लागि चाहिने मल बजारमा पाउन छाडेपछि बाली बिग्रने चिन्ताले किसानलाई गाँजेको छ ।

  • फेवातालको सरसफाइ शुरु

    पोखरा, जेठ २० – पोखराको मुख्य गहना फेवातालको सरसफाईको लागि शनिवारदेखि सप्ताहब्यापी अभियान शुरु भएको छ । फेवातालको जलाधार क्षेत्रको सरसफाई गर्ने उद्देश्यले पञ्चासे फेवाताल जलाधार सरसफाइ सप्ताह शुरु भएको हो ।

  • पानी परेपछि किसानलाई राहत

    काठमाडौ, जेठ २०– लामो खडेरीपछि पानी पर्दा किसान हर्षित भएका छन् । शुक्रवार काठमाडौ र मध्यपहाडी क्षेत्रका धेरै ठाउँमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका बिभिन्न ठाउँमा पनि पानी परेको छ ।

  • नेपाल अल्पविकसित देशको समूहको संयोजक

    काठमाडौं, जेठ १९ – नेपाल जलवायु परिवर्तन सम्बन्धी महासन्धिका लागि अल्पविकसित देशको समूहको संयोजकमा चयन भएको छ । जर्मनीको बोनमा जेठ ११ गते बसेको समूहको बैठकले नेपाललाई संयोजक गर्ने जिम्मेवारी तोकेको थियो । यसअघि समूहको संयोजक गाम्बिया थियो ।

  • गाइ पालेर मलेसियामा भन्दा धेरै कमाई गाइ पालेर मलेसियामा भन्दा धेरै कमाई

    प्रेमनारायण आचार्य/उज्यालो । अर्घाखाँची, जेठ १९ – गाइको दूध बेचेर धेरै आम्दानी हुन थालेपछि अर्घाखाँची किमडांडाका किसानहरुले ब्यवसायिक रुपमा गाइ पाल्न थालेका छन् । गाइ पालेर किसानहरुले महिनामा १० हजार देखि ७० हजारसम्म कमाएका छन् ।

  • फलफूल प्रशोधन केन्द्रले सुन्तला किसानलाई सजिलो

    पर्वत, जेठ १९ – सुन्तला गाउँ भनेर चिनिने पर्वतको बाँसखर्कमा सुन्तलाको जुस निकाल्न फलफूल प्रशोधन केन्द्र तथा साझा सुबिधा केन्द्र निर्माण भएको छ । लघुउद्यम बिकास कार्यक्रमको सहयोगमा केन्द्रको निर्माण भएको हो ।

  • अज्ञात रोगबाट दुई सय बाख्रा मरे

    नेपालगञ्ज, जेठ १७ – बाँकेको विकट क्षेत्र मानिने राप्तीपारिको मटेहिया गाविसमा अज्ञात रोगका कारण एकसातामै करिब दुइसय बाख्राहरु मरेका छन् । मटेहिया वडा नम्बर ८ जमुनहामा एक्कासी पखाला लाग्ने, सिगान बग्ने, लामो लामो स्वास फेर्ने लगायतकालक्षण देखापर्ने र त्यसको केही घण्टामै बाख्राहरु मर्ने गरेको स्थानियबासिन्दाले जनाएका छन् ।

  • किसानलाई १० लाख फलफूलको विरुवा वितरण गरिने

    काठमाडौ, जेठ १७ – केन्द्रीय बागबानी विकास केन्द्र कीर्तिपुरले किसानलाई फलफूलको बिरुवा वितरण शुरु गरेको छ । काठमाडौ र आसापासका किसानका लागि बिरुवा वितरण शुरु गरिएको केन्द्रले जनाएको छ । यस्तै देशका बिभिन्न ठाउँमा रहेका केन्द्रबाट समेत वितरण शुरु भएको छ ।

  • शहर छेउछाउमा कुरिलो खेती बढ्दै

    काठमाडौ, जेठ १६ – कुरिलोको माग र प्रयोगसँगै खेती पनि बढ्न थालेको छ । विशेष गरी शहरबजार छेऊछाऊका किसानले यसको खेती बढी गर्ने गरेका छन् । बैशाख, जेठ र असारमा कुरिलोको खेती गर्ने गरिन्छ । एकपटक कुरिलो लगाएपछि त्यसबाट २०/२५ वर्षसम्म उत्पादन लिन सकिने केन्द्रीय तरकारी बीऊ उत्पादन केन्द्र खुमलटारका प्रमुख भरतकुमार पौडेलले बताउनुभयो ।

  • काठमाडौमा गर्मी बढ्यो

    काठमाडौ, जेठ १६ – काठमाडौ उपत्यकामा केहीदिन यता निकै गर्मी महसुस भएको छ । तापक्रम नबढेपनि हावाको आद्र्रता बढेका कारण गर्मी बढी महसुस भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • शल्यकृयाबाट भेडा बाख्रामा कृतिम गर्भाधान

    पोखरा, जेठ १५ - राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखराले शल्यकृयाको माध्यमबाट भेडा बाख्रामा कृतिम गर्भाधान गर्ने प्रविधि भित्राएको छ । केन्द्रले अमेरिकाबाट विशेषज्ञ ल्याएर भेडा फार्म भएका जिल्लाका पशु प्राविधिकहरुलाई एक साताको तालिम दिईरहेको छ । हाडनाता सम्बन्ध मार्फत भेडामा गरिने प्रजननका कारण भेडाको सँख्या वर्षेनी कम हुन थालेपछि, केन्द्रले कृतिम गर्भाधानको प्रक्रिया शुरु गरेको हो ।

  • भक्तपुरको कटुञ्जे खुला दिसामुक्त

    रमेश गिरी/उज्यालो । भक्तपुर, जेठ १४ – भक्तपुरको कटुञ्जे गाविस खुला दिसामुक्त गाविस बनेको छ ।उपत्यकाका तीन जिल्लामै कटुञ्जे पहिलोपटक खुला दिसा मुक्त क्षेत्र घोषणा भएको हो ।

  • खडेरीले कतै मकै सुक्यो कतै रोप्नै पाएनन्

    नवदीप अजनवी/उज्यालो नुवाकोट, जेठ  १२ – लामो खडेरीले नुवाकोटमा खेतबारीको मकै सुक्न थालेको छ । जेठको मध्यसम्म पनि पानी नपरेपछि किसानहरु मकैको बोट हेर्दै चिन्तित बनेका छन्  । कतिपय किसानहरुले त अझै मकै रोप्न पनि पाएका छैनन् ।

  • एक लाख विरुवा उत्पादन गर्न नर्सरी

    पुरुषोत्तम गिरी/उज्यालो । सल्यान, जेठ ११ – जिल्ला वन कार्यालयले जिल्लाका बिभिन्न ठाउँमा वृक्षारोपणका लागि यसवर्ष एक लाख विरुवा उत्पादन गर्ने भएको छ । सात ठाउँमा नर्सरीको स्थापना गरी कार्यालयले अमला, खोटेसल्ला, मलायागेडी, रिठा, टिमुर, वाँझ तथा डालेघाँसका विरुवा उत्पादन गर्न लागेको हो ।

  • असिनापानीबाट फलफूल कसरी जोगाउने ?

    काठमाडौ, जेठ १०– असिनापानीबाट फलफूललाई जोगाउने विकल्प भएपनि किसानले यसको प्रयोग गर्न सकेका छैनन् । फलफूल विज्ञहरुका अनुसार जालीको व्यवस्था गर्न सक्ने हो भने फलफूललाई असिनापानीले हानी नोक्सानी पुर्‍याउन सक्दैन ।

  • ४ सय मेट्रिक टन तरकारी बिक्री

    काठमाडौ, जेठ ९ – काठमाडौको थोक बजारमा अघिल्ला दिनहरु भन्दा मंगलवार तरकारीको कारोबार बढी भएको छ । आइतबार र सोमबार बन्दकर्ताले बिहान पाँच बजे नै बजारमा ताला लगाईदिंदा कारोबार हुन नपाएपनि मंगलवार ६ बजे सम्म कारोबार भएको व्यवसायीहरुले बताएका छन् ।

  • असिनापानीले १५ किसानको खेतीवाली नष्ट

    पोखरा, जेठ ९– कास्कीको सराङ्गकोट गाविसमा सोमबार साँझ परेको असिनापानीले १५ सय किसानको खेतीवाली नष्ट गरेको छ । साँझ ५ बजेतिर लगातार आधाघण्टा परेको असिनापानीले गाविसका सबै वडामा लगाईएको मकै र तरकारी वालीमा क्षति पुर्‍याएको हो ।

  • काठमाडौको फोहोर फाल्ने गाडी अबरोध

    काठमाडौ, जेठ ८ – काठमाडौको तीन पिप्लेका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि झण्डै एक दर्जन गाडी बाटोमै रोकिएका छन् । आफ्नो आसपासको बाटो हुँदै फोहोर बोकेका गाडी जान नदिने बताएपछि गाडी बाटोमै रोकिएको काठमाडौ महानगरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले बताउनु भयो ।

  • बन्दले तरकारी कुहिन थाल्यो

    काठमाडौ, जेठ ८ – कारोबार बन्दका कारण काठमाडौको तरकारी थोक बजारमा कारोबार प्रभावित भएको छ । तरकारी बजारमा साबिककै तुलनामा तरकारी भित्रिएपनि कारोबार नभएको बिक्रेताहरुले बताएका छन् ।

  • मध्यपश्चिमका तीन जिल्लामा आकस्मिक खाद्य सुरक्षा कार्यक्रम लागु हुने

    राजेन्द्र कार्की/ उज्यालो । जाजरकोट, जेठ ७ – मध्यपश्चिमका ३ ओटा पहाडी जिल्लामा आकस्मिक खाद्य सुरक्षा कार्याक्रम लागु हुने भएको छ । गत बर्षको प्राकृतिक प्रकोपका कारण खाद्यान्न बाली न्युन उत्पादन भएका जाजरकोट, रुकुम र सल्यान जिल्लाका गाविसमा कार्याक्रम लागु हुने भएको हो ।

  • बन्दले कुहियो लाखौँको तरकारी

    गोपाल भण्डारी/ उज्यालो । कपिलवस्तु, जेठ ६ – बन्दका कारण नवलपरासीमा उत्पादित  तरकारी बोटमा नै कुहिन थालेको छ । विभिन्न समूहबाट दैनिकजसो भैरहेको बन्दले तरकारी कुहिन थालेको छ ।

  • खडेरीले किसानका खेत बाँझै

    विद्रोही गिरी/उज्यालो । नवलपरासी, जेठ ५ – खडेरी पर्दा नवलपरासीका किसानहरुले खेतबारीमा मकै रोप्न पाएका छैनन् । असारमा धान रोप्ने खेतमा चैतको अन्तिमदेखि बैशाखको पहिलो हप्ता सम्ममा मकै रोपिसक्नुपर्ने भएपनि पानी नपरेर मकै उम्रने चिस्यान नभएपछि किसानले मकै रोप्न नपाएका हुन् ।

  • आन्दोलन फिर्ता लिएर पशुस्वास्थ्य प्राबिधिकहरु काममा फर्किए

    काठमाडौ, जेठ ५ – सरकारले आफ्ना मागको सुनुवाई नगरेको भन्दै झण्डै तीन हप्तादेखि आन्दोलनमा उत्रिएका भेटेनरि सेवामा आवद्ध प्राविधिकहरु शुक्रवारदेखि काममा फर्केका छन् । बिहीबार राती अबेर सकिएको सरकारसँगको वार्तामा आफ्ना मागमा सहमति भएपछि काममा फर्किने निर्णय भएको नेपाल पारा भेटेरेनरी एण्ड लाईभस्टक एशोशिएसनका अध्यक्ष पूर्णबहादुर बुढाले जानकारी दिनुभयो ।

  • पशु प्राबिधिकहरुले काम रोके

    पोखरा, जेठ ४ – सरकारसमक्ष सात सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको भेटेनरी सेवामा आवद्ध प्राविधिकहरुले बिहीबारदेखि कुनैपनि काम नगर्ने भएका छन् । झण्डै एक साताअघिदेखि चरणबद्ध आन्दोलन गर्दै आएका प्राविधिकहरु कार्यस्थलमा नजाने भएका हुन् ।

  • सानो गोलभेंडाको अभाव

    काठमाडौं, जेठ ४ - भाउ नपाउने डरले किसानले खेती कम गरेपछि यतिबेला सानो गोलभेंडाको अभाव हुन लागेको छ । जसले गर्दा भाउ पनि बढेको छ । काठमाडौंको थोक बजारमा सानो गोलभेंडा ३८ देखि ४० रुपैंया किलोमा किनबेच भएको छ । गएको वर्ष बैशाख जेठ महिनामा सानो गोलभेंडा काठमाडौंमा १०/१२ रुपैंया र उत्पादन स्थलमा ३/४ रुपैंया किलो थियो । भाउ नपाएर लागत पनि नउठेपछि मर्कामा परेका किसानले यसपाली वर्षे गोलभेंडाको खेती कम गरेकाले बजारमा गोलभेंडाको मात्रा घट्न थालेको छ ।

  • खोटाङमा उन्नत मकैको बीउ उत्पादन

    दमन राई/उज्यालो । खोटाङ, जेठ ३ – खोटाङको दुईवटा गाविसमा उन्नत जातका मकैको विउ उत्पादन हुने भएको छ । जिल्लाको हलेसी र दुर्छिम गाविसका  दुई सय रोपनी जमिनमा देउती र मनो–३ जातको मकैको बीउ उत्पादन गर्न लागिएको हो ।

  • ग्रामीण कृषि कार्यकर्ता परिचालन गरिने

    पोखरा, जेठ २ – जिल्ला कृषि विकास कार्यालय कास्कीले ग्रामीण कृषि कार्यकर्ताको अवधारणा शुरु गरेको छ । जिल्लाका ४३ वटै गाउँ विकास समिती तथा २ वटा नगरपालिकामा सेवा प¥याउन सजिलो हास् भन्ने उद्देश्यले यो अवधारणा ल्याईएको कार्यालयका प्रमुख बेनी बहादुर बस्नेतले जानकारी दिनुभयो ।

  • जलवायु परिवर्तनको उच्च जोखिममा जाजरकोट

    राजेन्द्र कार्की/ उज्यालो । जाजरकोट, बैशाख ३१ – जाजरकोट जिल्ला जलवायु परिवर्तनको उच्च जोखिममा रहेको एक तथ्यांकले देखाएको छ । वातावरण मन्त्रालय अन्र्तगत रुपान्तरण नेपालद्वारा संचालित जलवायु परिवर्तन सहयोग कार्यक्रमको तथ्यांक अनुसार जाजरकोट जलवायु परिवर्तनको उच्च जोखिममा रहेको पाईएको हो ।

  • बालिनालीमा गाउँमै पाईने जडिबुटी प्रयोग गर्न कृषि विज्ञको सुझाव

    काठमाडौं, बैशाख ३१ - बालिनालीमा लाग्ने रोगकीरा नियन्त्रणको लागि गाउँठाउँमै पाइने जडिबुटी प्रयोग गर्न कृषि विज्ञले सल्लाह दिएका छन् । तितेपाती, सिस्नो, निम, बकाइनो, सल्लोको पात, बोजो, टिम्मुर, कपुर जस्ता जडिबुटीले रोगकीरा नियन्त्रण गर्न सक्ने भएपनि किसानले यसलाई बेवास्ता गर्ने गरेको कृषिविज्ञ ढुण्डीराज शर्माले बताउनुभयो ।

  • खोरेतले चौपाय मर्न थाले

    आश गुरुङ/उज्यालो । लमजुङ, बैशाख ३० – लमजुङको पूर्वी चिती गाविसमा फैलिएको खोरेत रोगवाट चौपाय मर्न थालेको छ । चिती गाविसको स्याउत, कोलडाँडा, भण्डारी गाउँ लगायतका ठाउँमा एक सातादेखि फैलिएको खोरेत रोगले चौपाय मर्न थालेपछि स्थानीय पशुपालक कृषकहरु चिन्तित बनेका छन् ।

  • खोटाङका वनमा कार्वन नापिदै

    दमन राई/उज्यालो । खोटाङ, बैशाख ३०- खोटाङका बिभिन्न १२ वटा वनमा कार्वनको मात्रा नाप्न शुरु गरिएको छ । बिश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) र प्रकृतिका साथीहरुले जिल्लाका दुबेकोल, ज्यामिरे, महेश्वरी, राखाबांदेल, छितापोखरी, पाथेका, सुंदेल र खिदिमाको १२ वटा वनमा भएका कार्वन मापन शुरु गरेको हो ।

  • असिनापानीले एक करोडको क्षति

    राधाकृष्ण डुम्रे/उज्यालो । स्याङजा, वैशाख २९– स्याङ्जामा परेको असिनापानीले सुन्तला, तरकारी र मकैवालीमा एक करोड रुपैयाँको क्षति पुर्‍याएको  छ । लगातार एक घण्टा परेको असिनापानीले स्याङजाको वालिङ नगरपालिका, तिन्दोवाटे, थुमपोखरा, सिर्सेकोट, पकवादी, अर्जुनचौपारी, खिलुङदेउराली, रापाकोट गाविसको वालीनालीमा बढी क्षति पुर्‍याएको हो ।

  • बन्दका कारण किसानले तरकारी बेच्न पाएनन्

    काठमाडौ, बैशाख २९– बन्दका कारण उत्पादन भएको तरकारी बजारमा पुर्‍याउन नपाउँदा किसानहरु मर्कामा परेका छन् । तराईका धेरैजसो जिल्लामा बर्षे तरकारीको उत्पादन शुरु भईसकेपनि बन्दका कारण किसानले बजारसम्म तरकारी पुर्‍याउन पाएका छैनन् ।

  • दूध बेचेर ५ छोराछोरी पढाएँ दूध बेचेर ५ छोराछोरी पढाएँ

    एलबी थापा/उज्यालो । प्यूठान, बैशाख २६ – पैसा कमाउन धेरै युवाहरु विदेश पुग्छन् तर प्यूठान सदरमुकाम खलंगाका एक वृद्धले भने भैँसीको दूध बेचेर राम्रो आम्दानी गर्नुभएको छ । दिनमा ५ देखि ८ लिटरसम्म दूध बेच्ने इन्द्रप्रसाद बञ्जाडेले घर खर्च कटाएर महिनामा ५ हजार रुपैयाँ वचत गर्नुहुन्छ । ‘दूध बेचेरै घरखर्च र पाँचजना छोराछोरीलाई पढाइरहेको छु’ उहाँले भन्नुभयो ।

  • काठमाडौमा तरकारीको मनपरी भाउ

    काठमाडौ, बैशाख २७– काठमाडौ भित्रने तरकारीको मात्रा घट्दै गएपछि व्यापारीले मनपरी भाउ तोक्न थालेपछि उपभोक्ता मर्कामा परेका छन् । तराईको बन्दका कारण कम तरकारी भित्रिएपछि थोक बजारमै भाउ बढेको अवस्थामा मझौला तथा खुद्रा बजारमा बिक्रेताले तेब्बर भन्दा बढी भाउ बढाएका छन् ।

  • ‘बाईबाई बिदेश’

    अमृत बास्कुने/ उज्यालो । म्याग्दी, बैशाख २६ – धन कमाउने रहरले धेरै नेपालीलाई बिदेश पलायन बनाएको छ । म्याग्दीको सिंङ्गा २ बास्कुनाका तिलक गुरुङलाई पनि अन्य जस्तै पैसाको मोहले तानेपछि उहाँ साउदी अरब हानिनुभयो ।

  • खोटाङको चार गाविसमा रेडपाण्डा भेटियो खोटाङको चार गाविसमा रेडपाण्डा भेटियो

    दमन राई/उज्यालो । खोटाङ बैशाख, २६– खोटाङको फेदी, चिउरीडाँडा, निर्मलीडाँडा र पाथेका गाविसमा लोपोन्मुख बन्यजन्तु रेडपाण्डा भेटिएको छ । फेदीको ४ वटा,  चिउरीडाँडा, निर्मलीडाँडा र पाथेकाको एक÷एक वटा सामुदायिक वन समूहमा रेडपाण्डा भेटिएको हो । झट्ट हेर्दा कुकुरजस्तै देखिने, जंगलमा प्रायः एक्लै हिँडडुल गर्ने, रातो शरीर र सेतोमुख भएको रेडपाण्डा मालिङ्गो जातको वनस्पति पाईने जंगलमा भेटिने गरेको फेदीस्थित स्थानीय फुङ्गालुङ सामुदायिक बन समुहका अध्यक्ष ज्ञानकुमार राईले बताउनु भयो । मालिङ्गो...

  • पाडी किन्न किसानलाई सहयोग

    भक्तपुर, बैशाख २६– कृषि क्षेत्रको उत्थानको लागि भक्तपुरको चित्तपोल गाउँ विकास समितिले किसानलाई भैंसीको पाडी किन्न रकम उपलब्ध गराएको छ । गाविसले चालु आर्थिक बर्षको बजेटबाट १६ जना किसानलाई पाँच हजार रुपैँयाका दरले रकम उपलब्ध गराएको गाविस सचिव पुष्प कोइरालाले जानकारी दिनुभयो ।

  • सामुहिक च्याउखेतीबाट आम्दानी गर्दै किसानहरु सामुहिक च्याउखेतीबाट आम्दानी गर्दै किसानहरु

    एलबी थापा/उज्यालो । प्यूठान, बैशाख २५ – सामुहिक च्याउ खेतीबाट प्यूठान ओखरकोटका किसानहरुले राम्रो आम्दानी लिन सफल भएका छन् । वडा नं १ को दमदम सामुदायिक संस्था र झिम्रुक सामुदायिक संस्थामा आवद्ध २० जना भन्दा बढी किसानहरुले सामूहिक च्याउ खेती गरेका छन् ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया