MENU
Ncell Axiata

बातावरण-कृषि

  • मोबाइल फोन प्रयोगबाट किसानले कृषि उत्पादन बढाउन सक्ने मोबाइल फोन प्रयोगबाट किसानले कृषि उत्पादन बढाउन सक्ने

    असोज २४ — एक नयाँ अध्ययनले मोबाइल फोनको प्रयोगबाट विकाशशील देशका निम्न वर्गीय किसानले कृषि उत्पादन बढाउन सक्ने देखाएको छ । अन्तर्राष्ट्रिय सहायता संस्था अक्सफाम र मोबाइल कम्पनी भोडाफोनले गरेको अध्ययनले विकाशशील देशका गरीब किसानले मोबाइल फोनको सदुपयोग गरी कृषि उत्पादनमा १० प्रतिशत सम्म वृद्धि गर्न सक्ने निष्कर्ष निकालेको हो ।

  • उपकरण अभावमा वायु प्रदुषण मापन स्टेशनको मर्मत रोकियो

    काठमाडौं, असोज २३ — प्राविधिक उपकरणको अभावमा काठमाडौंको ठमेलमा रहेको वायु प्रदुषण मापन स्टेशनको मर्मत रोकिएको छ । काठमाडौंमा विभिन्न सात ओटा स्टेशन मर्मतको जिम्मा पाएको नेपाल इन्भारोमेन्ट एण्ड साइन्टिफिक सर्भिसेसले अरु ठाउँका स्टेशन मर्मत गरिसकेको भएपनि ठमेलमा रहेको स्टेशन भने उपकरण अभावमा बनाउन नसकिएको संस्थाका वायु गुणस्तर विज्ञ तथा प्राविधिक अधिकृत सुनिलबाबु खत्रीले उज्यालोलाई जानकारी दिनुभयो ।

  • भक्तपुरमा फुलको उत्पादन घट्यो

    वर्षौदेखि व्यावसायिक रूपमा फूलखेती हुँदै आएको भक्तपुरमा यसवर्षरोग लागेपछि फूलको उत्पादन घटेको छ । गुन्डु गाविसको झण्डै ५० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको फूलखेतीमा उडुवा रोग लागेपछि उत्पादन कम भएको स्थानीय किसानले बताएका छन् । गुण्डुका धेरै बासिन्दाले आधा रोपनीदेखि पाँच रोपनीसम्म फूलखेती गरिरहेका छन् । एक रोपनी जग्गामा लगाएको फूलबाट तीन हजारभन्दा बढी माला हुने गरेकोमा यस वर्षएक हजार ५ सय मालाभन्दा बढी नभएको स्थानीय फूल व्यवसायी अनिता बस्नेतले बताउनुभयो । एक रोपनी क्षेत्रफलमा मखमली फूलबाटम...

  • सकियो मनुसनी वर्षा

    काठमाडौं, असोज १४ — यो वर्षको मनुसनी वर्षा लगभग सकिएको छ । सामान्यतया सेप्टेम्बर २३ तारिखमा सकिने मनसुन यो वर्ष झण्डै १० दिनजति लम्बिएको हो ।

  • चितवनमा हरियो मलको प्रयोग बढ्यो

    चितवन, असोज ८ — रासायनिक मलको सट्टा हरियो मल प्रयोग गर्ने किसानको संख्या बढ्न थालेको छ । ढैंचा र सनई जातको वनस्पतीबाट बनाईने हरियो मलमा किसानको आकर्षण बढेको मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले जनाएको छ ।

  • हरियो मल प्रयोग गर्ने किसानको संख्या बढ्दो

    काठण्डौं, असोज ८ । रासायनिक मलको सट्टा हरियो मल प्रयोग गर्ने किसानको संख्या बढ्न थालेको छ ।

  • २४ जनाको संझनामा श्रदाञ्जली सभा २४ जनाको संझनामा श्रदाञ्जली सभा

    काठमाडौं १४ असोज । जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले घुन्सा घटनामा ज्यान गुमाएका तत्कालीन वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राई लगायत २४ जना संरक्षणकर्मीहरुको सम्झनामा आज काठमाण्डौंमा श्रद्धान्जली कार्यक्रम गरेको छ ।

  • आज राष्ट्रिय संरक्षण दिवस

    काठमाडौं, असोज ७— आज असोज ७ गते अर्थात राष्ट्रिय संरक्षण दिवस । विभिन्न कार्यक्रम गरि शनिवार राष्ट्रिय संरक्षण दिवस मनाइँदैछ । २०६३ साल असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकप्टर दुर्घटनामा परी तत्कालिन वनमन्त्री सहित राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरण संरक्षणकर्मी लगायत २४ जनाको निधन भएको दिनको संझनामा यो दिवस मनाउने गरिन्छ ।

  • टेकु ट्रान्सफर स्टेशनमा थुपि्रएको फोहोर केही दिनमै उठ्ने

    काठमाण्डौं असोज ६ काठमाण्डौं महानगरपालिकाले फोहोर बोक्नको लागि थप गाडि भाडामा लिएपछि टेकु ट्रान्सफर स्टेशनमा थुपि्रएको फोहोर केही दिनमै उठ्ने भएको छ ।

  • आफ्नो ठाउँ बनाउन गाउँले आँफै जुटे

    पर्वत, असोज १ — पर्वत जिल्लाको पाङ्ग गाबिसमा निर्माणाधिन सिंचाई योजना सुरु भएको पाँच दशक बितिसक्दा पनि सम्पन्न गर्न तर्फ सरकारले कुनै पहल नगरेपछि योजना सम्पन्न गर्न गाउँले आँफै जुटेका छन् ।

  • गुणस्तरीय बीउ उत्पादनका लागि सरकारी पहल तीब्र

    काठमाडौं, भदौ ३१ — गुणस्तरीय बीउ उत्पादनको लागि सरकारले पहल तीव्र पारेको छ । देशभरका बीउ व्यवसायीहरुलाई तालिम दिने काम भैरहेको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ ।

  • अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस मनाइँदै

    काठमाण्डौं, भदौं ३० । आज अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस । पृथ्वीको रक्षाकवचको रुपमा रहेको वायुमण्डलको ओजोन तह संरक्षणका लागि विभिन्न कार्यक्रमका साथ विश्वभरी नै मनाइँदैछ ।

  • सुधारिएको चुल्हो र सुधारिएको पानी घट्ट कार्वन व्यापारका लागि दर्ता गरिने

    काठमाडौं, भदौ २२, सुधारिएको चुल्हो र सुधारिएको पानी घट्टलाई कार्वन व्यापारका लागि दर्ता गर्नका लागि प्रमाणिकरणको प्रक्रिया सुरु भएको छ । स्वच्छ विकाश संयन्त्रको एक अन्तराष्ट्रिय विज्ञ टोलीले यी दुइ परियोजनाको भ्यालिडेसन सुरु गरेको वैकल्पिक उर्जा पर््रवर्धन केन्द्रको स्वच्छ विकाश संयन्त्र परियोजनाले जनाएको छ ।

  • सर्लाहीमा मलको अभाव

    किसानले धानमा मल हाल्ने बेला र्सलाहीमा रासायनिक मलको अभाव भएको छ । भारतबाट मल ल्याउन नदिएपछि किसानले अहिले भारतीय मल प्रति किलो ३५ रुपैयामा खरिद गरेर धानमा हाल्ने गरेको मानपुरका किसान रामविश्वास यादबले बतानुभयो ।

  • ८ जिल्लामा फलफूल पकेट क्षेत्र विशेष कार्यक्रम शुरु

    सरकारले यसवर्षबिभिन्न ८ जिल्लामा फलफूल पकेट क्षेत्र विशेष कार्यक्रम शुरु गर्ने तयारी गरेको छ । व्यवसायिक रुपमा फलफूलको उत्पादन बढाउन विशेष कार्यक्रम शुरु गर्न लागिएको फलफूल विकास निर्देशनालयले जनाएको छ ।

  • किसान पशुको कृत्रिम गर्भाधान तिर आकषिर्त

    काठमाडौँका धेरै जसो किसान पशुको कृत्रिम गर्भाधान तिर आकषिर्त भएका छन् । जिल्ला पशु सेवा कार्यालयले दिएको जानकारी अनुसार पशुमा कृत्रिम गर्भाधानको लागि प्रयोग गरिने सिमेनको मात्र पैसा तिर्नु परेकाले र पशु सेवा कार्यालयका प्राविधिकहरुले किसानका घर घरमै गएर सेवा उपलब्ध गराउने भएकाले पनि किसानहरु यस तर्फआकषिर्त भएका कार्यालयका सुचना अधिकृत विकास शर्माले जानकारी दिनुभयो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
  • विभिन्न ठाउँमा एनसेलको टावरमा आगजनि र तोडफोड भएको खबर सुनिन्छ । सञ्चारका माध्यममा यसरी तोडफोड गर्दै हिड्नेलाई कारवाही गर्न किन नसकेको ? अब जसले जे गरेपनि हुने तन्त्र आएको हो र ?

    यम सुवेदी
  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
सबै हेर्नुहोस

सोसल मिडिया