MENU
Ncell Axiata

अन्तर्वार्ता

  • पुरानो लयमा फर्कदै छु : अनिल गुरुङ्ग पुरानो लयमा फर्कदै छु : अनिल गुरुङ्ग

    अनिल गुरुङ्ग नेपाली फुटवलका स्ट्राइकर हुन् । लामो समयदेखि नेपालको राष्ट्रिय टिममा छन अनिल गुरुङ्ग । भारतीय क्लवमा समेत अनुवन्धित भैं फुटवल खेलिसकेका अनिल अहिले मनाङ्गमर्स्याङ्दी क्लवका कप्तान हुन् । केही बर्ष घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका गुरुङ्गले काठमाडौं र पोखरामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरे । उनकै कप्तानीमा मनाङले एक महिना भित्रैमा दुई वटा उपाधि जित्यो ।

  • अमेरिका जाने ईडिभी कसरी भर्ने ? अमेरिका जाने ईडिभी कसरी भर्ने ?

    काठमाडौं – अमेरिकाले गएको अक्टोवर ३ तारिख देखि नोभेभ्वर २ तारिखसम्म फर्म भर्नुपर्ने गरी ईडिभी खुल्ला गरेको छ । त्यसैले ईडिभी भरिदिने कार्यालयहरुमा अहिले ठूलै भीड लागिरहेको छ । ईडिभीका बारेको अन्यौल र डिभी परेपछि अमेरिका जाने प्रकृया कस्तो हुन्छ ? अमेरिका लगेपछि अमेरिकी सरकारको दायित्व हुन्छ की हुन्न ?

  • बिवाह पछि जीवन फेरियोः नायिका शोभिता सिंखडा बिवाह पछि जीवन फेरियोः नायिका शोभिता सिंखडा

    शोभिता सिंखडा नेपाली चलचित्रकी चलेकी नायिका मध्येमा पर्छिन् । चलचित्र 'सन्देश'बाट डेव्यु गरेकी शोभिताले व्याच नं १६, बीरताको चिनो, गंगाजल लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनको पछिल्लो चलचित्र द लाष्ट किस निक्कै बिवादमा पनि पर्‍यो। चलचित्रको प्रमोमा प्रयोग गरिएका संवाद र दृष्यका कारण बिवाद भएपछि शोभिताले आफुले त्यस्तो कुनै दृष्य नदिएको भनेर पटक पटक खण्डन नै गरिन् ।

  • स्टेज कार्यक्रमले नै हो कलाकारलाई बचाउनेः गायिका केसी स्टेज कार्यक्रमले नै हो कलाकारलाई बचाउनेः गायिका केसी

    लोक गायिका देवीका केसीले गायक पशुपति शर्मासँग गाएको बाजी ठोकम् आउ यो बर्ष निक्कै चर्चामा रहेको गीत हो । यस बर्षको तीजका अवशरमा यो गीतको चर्चा नेपालमा जति चुलियो धेरै नेपाली रहेको कतारमा पनि उत्तिकै चर्चामा रह्यो बाजी ठोकम् आउ । यसै सन्दर्भमा लोक गायिका देविका केसीसँग कतारको दोहामा उज्यालो अनलाईनका लागि सुनिल न्यौपानेले गरेको कुराकानी ।     कतार बसाई कस्तो छ ?  रमाइलो नै छ । बिदेशमा भएपनि यहाँ धेरै नेपाली हुनुहुन्छ । नेपालमै भएको भए त एकदमै रमाइलो हुन्थ्यो ।  ...

  • म सिंगल नै हो : गायिका सुनिता दुलाल म सिंगल नै हो : गायिका सुनिता दुलाल

    रेडियो जक्की, भिडियो जक्की हुदै गायिकाको रुपमा आफूलाई स्थापित गराएकी गायिका सुनिता दुलाल पछिल्लो समयको ब्यस्त गायिका हुन् । तीजको गीत गाउने गायिकाको रुपमा चिनिएकी सुनितालाई जब जब तीज नजिकिन्छ तब तब झन भ्याईनभ्याई हुन्छ । टिभीमा पनि लोकगीत संगीतका कार्यक्रम चलाउने उनको ‘मायलुले झल्को दिई रहने’, ‘भैगो अब भो’, ‘चेलीको माइतीघर’,‘फेरि आयो माईत जाने दिन’, ‘दशै आयो जमरा पलायो’, ‘मेरै दिलमा फुल्यौ निरमाया’, ‘अब त मैले नि झुम...

  • हाम्रो डेटिङ घरमै हुन्छ : नायिका दाहाल हाम्रो डेटिङ घरमै हुन्छ : नायिका दाहाल

    रुद्राक्ष, सुरक्षा गार्ड, ब्ल्याक नाईट, बर्षात लगायतका चलचित्रमा अभिनय गरि सकेकी नायिका मोनिका दाहालको चलचित्र ‘लभ इज लाईफ’ यतिबेला देशभरि प्रदर्शन भई रहेको छ । टेलिसिरियल, म्युजिक भिडियो हुँदै सिनेमाको नायिका बनेकी मोनिकालाई रोनाधोना, दुःखपिडाको भुमिका मनपर्ने भएता पनि अहिलेसम्म त्यस्तो भुमिकामा प्रस्तुत हुन भने पाएकी छैनन् ।

  • अब बिहे गर्दिनः अञ्जु पन्त अब बिहे गर्दिनः अञ्जु पन्त

    अञ्जु पन्त सुगम संगीतमा बिकाउ नाम हो । व्यस्त गायिका अञ्जु पन्तले श्रीमान मनोजराजसँग छोडपत्र गरेको धेरै भैसक्यो । यसबीचमा अञ्जु पन्तका बिषयमा धेरै राम्रा नराम्रा दुबैखालका टिका टिप्पँणी भैरहे । इन्टरनेटमा नांगा तस्विर, होटल रेष्टुरेन्टमा मदिरा सेवन र बेला बखत केटा साथीसँग घुम्न गएका प्रसंग धेरै चर्चामा छन् ।

  • आफ्नै एल्बममा मोडलिङ्ग गर्छु : मिस राई आफ्नै एल्बममा मोडलिङ्ग गर्छु : मिस राई

    काठमाडौंमा गत साउन ४ गते भएको मिस राई २०१२ को ताज ओखलढुंगाकी युमा राईले जितिन् । १६ जना प्रतिस्पर्धिलाई पछि पार्दै युमाले ताज पहिरिएकी हुन् । उनी बी एण्ड बी मेडिकल इष्टिच्युटमा पिसिएल नर्सिङ्ग दोश्रो वर्षमा अध्ययनरत छिन् ।

  • बाबु बोगटीसँग लभ परेको हल्लामात्र होः नन्दिता के.सी बाबु बोगटीसँग लभ परेको हल्लामात्र होः नन्दिता के.सी

    काठमाडौं – २८ वटा चलचित्र र ३० वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी नायिका नन्दिता केसी ९ वर्ष अघि अर्घाखाँचीबाट उच्च शिक्षाका लागि काठमाडौं आएकी थिइन् । अभिनयप्रतिको रुचि र लगाव तथा अध्ययनमा समय दिन नसक्दा नन्दिताले आफ्नो पढाईलाई भने प्लस टु सम्ममात्र सिमित गरिन्  । म्युजिक भिडियो ‘सान्नानी‘  तथा चलचित्र ‘इन्द्रेणी’ बाट अभिनयमा डेब्यु गरेकी नन्दिता अहिलेकी निकै ब्यस्त नायिका हुन् ।

  • मंसिर ७ मा चुनाव सम्भव छैनः पूर्व प्रमूख निर्वाचन आयुक्त पोखरेल मंसिर ७ मा चुनाव सम्भव छैनः पूर्व प्रमूख निर्वाचन आयुक्त पोखरेल

    काठमाडौं – संविधान जारी गर्ने जिम्मेवारी नै पुरा नगरि संविधानसभा भंग भएको एक महिना पुगेको छ । नागरिकले चुनेर पठाएका प्रतिनिधिले संविधान बनाउने अपेक्षाका साथ २०६४ साल चैत २८ गते संविधानसभाको चुनाव भएको थियो । ‘समावेशीका हिसावले विश्वकै उत्कृष्ट’ संविधानसभा विघटन भएपछि फेरी अर्को चुनावको घोषणा गरिएको छ मंसिर ७ गते । मुलुकमा पहिलोपटक संविधानसभाको निर्वाचन गराउँदा निर्वाचन् आयोगका प्रमुख निर्वाचन् आयुक्त हुनुहुन्थ्यो भोजराज पोखरेल ।

  • मेरो ब्वाइ फ्रेन्ड छैन : निशा अधिकारी मेरो ब्वाइ फ्रेन्ड छैन : निशा अधिकारी

    काठमाडौं – थोरै फिल्मबाट धेरै चर्चा बटुल्न सफल नायिका हुन निशा अधिकारी । पछिल्लो समयकी ब्यस्त नायिकामा पनि पर्छिन उनी । सुन्दर र बौद्घिक नायिकाको रुपमा चिनिने निशाको पहिलो चलचित्र मिसन पैसा हो । त्यसपछि नैना रेशम, फस्ट लभ हुदै भर्खरै उनको चलचित्र अपवाद रिलिज भयो । उनका बहुप्रतिक्षित चलचित्रहरुमा मेरो भ्यालेन्टाईन, मायाज बार, धुवाँ लगायतका छन् । मिस इन्टरनेश्नलको उपाधी जितेपछि निशाको मोडलिङ्गको यात्रा शुरु भएको थियो । मोडल हुदै नायिका बनेकी निशा अब निर्देशक पनि बन्ने सोचमा छिन् । पृथक भुमि...

  • अहिलेको अवस्थाप्रति पूर्व राजा चिन्तित : कमल थापा अहिलेको अवस्थाप्रति पूर्व राजा चिन्तित : कमल थापा

    राप्रपा नेपालका अध्यक्ष कमला थापाले केही दिन यता एउटा घोषणा गर्नु भएको छ कि हामी राजतन्त्र पुनर्स्थापना गछौं अनि हिन्दु राज्य पनि पुनर्स्थापना गछौं भनेर उहाँले गत जेठ २७ गते काठमाडौंको खुल्लामञ्चमा भएको सभामा पूर्व राजा ज्ञानेन्द्रलाई  नागर्जुनमा नआत्ति बस्न आग्रह समेत गर्नुभयो । यसै सन्द्रर्भमा थापासँग गरिएको कुराकानी :

  • लभ गर्ने समय नै छैन: गायिका इन्दिरा जोशी लभ गर्ने समय नै छैन: गायिका इन्दिरा जोशी

    ईन्दिरा जोशी अर्थात अहिलेकी व्यस्त गायिका । रियालीटी सो नेपाली ताराबाट उदाएकी ईन्दिरालाई कतिपयले नेपाली साकिरा समेत भन्ने गर्छन् । नेपाल भित्र हुने स्टेज कार्यक्रमहरुमा मात्रै होइन बिदेशमा हुने कार्यक्रमा पनि पहिलो रोजाईमा पर्छिन् गायिका ईन्दिरा जोशी ।

  • सहमतिका लागि प्रधानमन्त्रीले कुर्सी छाड्नु पर्छ : पौडेल (अडियो) सहमतिका लागि प्रधानमन्त्रीले कुर्सी छाड्नु पर्छ : पौडेल (अडियो)

    काठमाडौं, जेठ २९ - नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले कुर्सी छाड्ने सहमति गरे सरकार विरुद्ध घोषित आन्दोलनका कार्यक्रम फिर्ता हुने बताउनु भएको छ । जेठ २ गते भएको पाँच वुँदे सहमति अनुसार तत्काल काँग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्नु पर्ने पौडेलले बताउनुभयो । पौडेलले सहमतिका लागि प्रधानमन्त्रीले कुर्सी छोड्नै पर्ने जिकिर गर्नुभयो । पौडेलसँग उज्यालो सहकर्मी माधव दुलालले गरेको कुराकानी सुन्न तलको अडियो फाइनल डाउनलोड गर्नुहोला ।...

  • जातीय आन्दोलन बाहिरबाट प्रोत्साहित छ : आचार्य जातीय आन्दोलन बाहिरबाट प्रोत्साहित छ : आचार्य

    सबिधान जारी गर्ने समय नजिकिदै जाँदा आआफ्नो पहिचान सहितको राज्य माग्ने क्रम बढेको छ । यसमा एकल जातीय पहिचानको राज्य हुनुपर्छ भन्नेहरु पनि छन् र हुनुहुन्न भन्नेपनि उत्तिकै छन् । यसै सन्दर्भमा कमल पराजुलीले कांग्रेसका नेता नरहरि आचार्यसंग गरेको कुराकानी प्रश्न : नेपालमा रहेको एकल पहिचान, जातीय पहिचान मात्रै हो कि अरु पनि छ ? उत्तर  : संविधान सभाको समितिले पहिचानको पाँचवटा आधार प्रस्तुत गरेको थियो । त्यसमा एउटा हो जाति । जाति पनि धेरै ठाउँमा प्रष्ट हुदैन भनेर समुदाय पनि भनेको छ । त्यस बाह...

  • विश्वकप खेले आइपिएलको ढोका खुल्छ : शक्ति गौचन विश्वकप खेले आइपिएलको ढोका खुल्छ : शक्ति गौचन

    दुई हप्ताअघि यूएईमा भएको ट्वान्टी ट्वान्टी विश्वकपमा डेनमार्क विरुद्ध ह्याट्रिक गरेपछि नेपालमा मात्र नभएर शक्ति गौचनको चर्चा विश्वभर भएको छ । बुबा भारतीय गोर्खा सैनिकका कार्यरत भएका बेला सन् १९८४ मा भारतको  कोलकतामा जन्मिएका शक्ति गौचन त्यही प्रदर्शनकै कारण इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको ढोकासम्म पुग्नुभयो ।

  • चपली हाइटको ग्ल्यामर दर्शकले रुचाए : नायिका बिनिता चपली हाइटको ग्ल्यामर दर्शकले रुचाए : नायिका बिनिता

    अहिले देशभरका धेरै सिनेमा हलमा चलचित्र चपली हाइट चलेको छ र यो चलचित्रले राम्रो व्यापार पनि गरेको छ ।  सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएका कारण दिपेन्द्र के. खनालको निर्देशन र अर्जुनकुमारको  निर्माण रहेको यो चलचित्र १६ वर्ष भन्दा कम उमेरकाले हेर्न पाउँदैनन् । तीनजना पात्रको रोमान्स, कल्पना, यौन र मानवीय सम्बन्धको वरपर घुमेको चपली हाइटमा विनिता बराल, आमिर गौतम र राज घिमिरेको मुख्य अभिनय छ ।

  • ‘लुट’पछि केटीका फोन आउनै छाडेः सौगात मल्ल ‘लुट’पछि केटीका फोन आउनै छाडेः सौगात मल्ल

    सौगात मल्ल रंगमञ्चबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन । तर चलचित्र ‘लुट’बाट उहाँको छुट्टै परिचय बनेको छ ।

  • सेक्स प्रकृतिले ‘फ्रि’ मा दिएको चिज होः नायक आर्यन सिग्देल सेक्स प्रकृतिले ‘फ्रि’ मा दिएको चिज होः नायक आर्यन सिग्देल

    आर्यन सिग्देल नेपाली सिने क्षेत्रमा ‘चक्लेटी हिरो’का रुपमा चिनिनुहुन्छ । म्युजिक भिडियो तथा विभिन्न टेलिसिरियल हुँदै चलचित्र ‘किस्मत’ बाट ठूलो पर्दाको चलचित्रमा अभिनय थालेका आर्यनले अहिलेसम्म प्रेम कथामा आधारित दर्जन भन्दा धेरै चलचित्रमा अभिनय गर्नुभएको छ । युवा पुस्ताले निक्कै रुचाएका नायक आर्यन सिग्देललाई उज्यालो अनलाइनका लागि सूर्यकुमार क्षेत्रीले ३० प्रश्न गर्नुभएको छ ।    १. प्रधानमन्त्री को छ देशमा ? –डा. बाबुराम भट्टराई ।   २. गृहमन्त...

  • मेरो क्यारेक्टरले अहिलेको जेनेरेशनलाई प्रिजेन्ट गर्छः नायिका नम्रता मेरो क्यारेक्टरले अहिलेको जेनेरेशनलाई प्रिजेन्ट गर्छः नायिका नम्रता

    नम्रता श्रेष्ठ नेपाली सिने क्षेत्रमा कहिले व्यक्तिगत कारण त कहिले चलचित्रले चर्चामै हुनुहुन्छ । अध्ययन गरेकी र अभिनय क्षमता भएकी नायिकाका रुपमा नम्रतालाई लिने गरिन्छ । केही समय नेपाली चलचित्रमा नदेखिएकी नम्रता अहिले सुटिङमा व्यस्त हुनुहुन्छ । प्रस्तुत छ उज्यालो अनलाइनका लागि नायिका नम्रतासँग सूर्यकुमार क्षेत्रीले गरेको कुराकानीः

  • हामी जित्दा जित्दै हार्‍यौँ : सागर थापा (कप्तान, नेपाली राष्ट्रिय फुटबल टोली) हामी जित्दा जित्दै हार्‍यौँ : सागर थापा (कप्तान, नेपाली राष्ट्रिय फुटबल टोली)

    सागर थापा – नेपाली  राष्ट्रिय फुटबल टिमका कप्तान । भारतमा सम्पन्न साफ च्याम्पियनसीप २०११ मा बङ्गलादेश बिरुद्धको खेलमा गरेको उत्कृष्ट गोलका कारण सागर थप चर्चामा आए । थापाको कप्तानीमा रहेको नेपाली फुटबल टोली सेमिफाइनलमा भने अफगानिस्तानसँग पराजित भयो । फेरी एकपटक स्ट्राइकर नचलेपछि सेमिफाइनलबाटै बाहिरिए पनि नेपालको खेल उत्कृष्ट थियो । साफ च्याम्पियनसिपकै सेरोफेरोमा उज्यालो अनलाइनका लागि सूर्यकुमार क्षेत्रीले कप्तान सागर थापासँग गरेको कुराकानी ।  साग...

  • नेपाली संगीतका लागि जन्मेको देश त्यागेँ : अम्बर गुरुङ नेपाली संगीतका लागि जन्मेको देश त्यागेँ : अम्बर गुरुङ

    lsquo;सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली ...........।’ वर्तमान राष्ट्रियगानका संगीतकार अम्बर गुरुङ । ओजिलो स्वर उहाँको अर्को परिचय हो । उहाँको जन्म भारतको दार्जिलिङमा भएको हो । अम्बर गुरुङ्गले नेपाली गीतसंगीतका लागि आफू जन्मेको  देश पनि त्याग्नुभयो । हजारौं गीतमा संगीत भरेका गुरुङ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति समेत हुनुहुन्छ । गुरुङ्गले आफ्नो बुढ्यौलीपनलाई समेत गीतसंगीतमै समर्पण गर्नुभएको छ । प्रस्तुत छ उज्यालो अनलाइनको लागि सूर्यकुमार क्षेत्रीले गरेको कुराकानी:

  • प्रेम क्षणीक आकर्षण होः निशा शर्मा प्रेम क्षणीक आकर्षण होः निशा शर्मा

    नेपाली रंगमञ्चका महिला कलाकारहरुमध्ये निशा शर्मा अग्रपंक्तिमा आउने नाम हो । कतिले भन्छन् पनि शर्मा बिनाको रंगमञ्चको कल्पना नगरेपनि हुन्छ । २०२७ सालमा काठमाण्डौमा जन्मेकी निशा शर्माले अहिलेसम्म दर्जनौ नाटक खेल्नु भयो । वहाँले खेलेको पहिलो नाटक बिजय मल्ल निर्देशित कंकाल हो, जतिबेला निशा पाँच बर्षकी हुनुहुन्थ्यो ।

  • तरुनी फकाउने गीत सुन्छुः जनकवि केशरी धर्मराज थापा तरुनी फकाउने गीत सुन्छुः जनकवि केशरी धर्मराज थापा

    ldquo;हरियो डाँडा माथि हलो जोत्ने साथी.....” यहि गीतको परिचय काफी हुन्छ जनकवि केशरी धर्मराज थापाका लागि । पहिलो झ्याउरे भाका संकलकका रुपमा चिनिने लोक गायक थापा गीत संकलनका लागि देशैभर चहार्नुभएको छ । काठमाडौंमा बसेर बुढ्यौली काटिरहेका थापासँग उज्यालो सहकर्मी सूर्यकुमार क्षेत्रीले गरेको कुराकानी ।

  • ज्योतिषिले मेरो बिवाह रोक्दैछन् : नायक राजेश हमाल ज्योतिषिले मेरो बिवाह रोक्दैछन् : नायक राजेश हमाल

    नायक राजेश हमाल नेपाली चलचित्र क्षेत्रमा महानायक भनेर पनि चिनिनुहुन्छ । विगत २५ बर्ष देखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल हमाल अभिनयका साथै व्यक्तित्वका कारण पनि चर्चामा आइरहनुहुन्छ । प्रस्तुत छ दशैँ-तिहारको छुट्टी मनाउन अमेरिका तथा यूरोपको व्यक्तिगत भ्रमणमा जानु अघि उज्यालो सहकर्मी सूर्यकुमार क्षेत्री र मदन खनालले उहाँसँग गरेको कुराकानीः नेपाली सिनेमाको क्षेत्र त डामाडोल भयो नि  ? त्यस्तो होइन । नेपाली सिनेमाप्रति म निक्कै आशावादी छु । सवै चलचित्र उत्साहको साथ दर्शकसमक्ष पुग्न सकेक...

  • केवलपुरे किसानको अन्तिम अन्तर्वार्ता केवलपुरे किसानको अन्तिम अन्तर्वार्ता

    विक्रम संवत १९८३ चैत २९ गते धादिङमा जन्मेका केवलपुरे किसानको शनिवार राती निधन भएको छ । उहाँ नेपाली प्रगतिवादी साहित्यका एक शिखर व्यक्तित्व हुनुहुन्थ्यो । कवि किसानका बाघ आयो, नेपाल नछो, समातेर पछार, छिःछिः, संघर्षको ठीक गर, केवलपुरे किसानका गीत र कविताहरु बोको खोस्यो, शंकैशंका आँसुको पोखरी र चोकले कविता जन्मायो नामका काव्यकृतिहरु प्रकाशित छन् । आफू र आफू जस्तै सामान्य मान्छेले भोगेको देखेको र अनुभव गरेको कुरालाई जस्ताको तस्तै सरल ढंगमा उतार्न सक्ने कविको रुपमा उहाँलाई चिनिन्थ्यो । कवि किसान ...

  • जीवन फूल नै होः साहित्यकार झमक घिमिरे जीवन फूल नै होः साहित्यकार झमक घिमिरे

    साहित्यकार झमक घिमिरेको नाम नेपाली साहित्यको क्षेत्रमा निक्कै आदरका साथ लिइन्छ । उहाँको आत्मपरक निबन्ध संग्रह ‘जीवन काँडा कि फूल’ नामक कृतिले यस वर्षको मदन पुरस्कार प्राप्त गरेपछि त झमकको चर्चा झन चुलिएको छ । गत विहिवार मदन पुरस्कार गुठीले उहाँलाई दुई लाख राशीको मदन पुरस्कार प्रदान ग-यो । प्रतिमस्तिष्कको रोगका कारण बोल्न नसक्ने साहित्यकार झमक देब्रे खुट्टाका दुई औलाले लेखेर नै साहित्य सिर्जना गर्नुहुन्छ । १५ वर्षको उमेरदेखि साहित्य सिर्जनामा लागेकी ३१ बर्षिय साहित्यकार झमक घिमिर...

  • ईन्टरनेट र फेसबुकको अश्लिल फोटो मेरो होइनः अञ्जु पन्त ईन्टरनेट र फेसबुकको अश्लिल फोटो मेरो होइनः अञ्जु पन्त

    अञ्जु पन्त नेपाली सुगम संगीतको क्षेत्रमा पछिल्लो समयमा निक्कै चर्चित नाम हो । कहिले आफुले गायका गीतका कारण कहिले पारिवारिक सम्बन्ध र कहिले व्यक्तिगत जीवन शैलीका कारण चर्चामा आइरहने अञ्जु पन्तसँग उज्यालो सहकर्मी सूर्यकुमार क्षेत्रीले गरेको कुराकानी  ।

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया