MENU
ujyaalo forign call inside

अन्तर्राष्ट्रिय

  • राष्ट्रसंघीय विशेष दूत सिरिया पुगे

    भदौ २९ – राष्ट्रसंघ र अरब लिगका संयुक्त विशेष दूत लख्दर ब्राहिमी सिरिया पुग्नुभएको छ । विशेष दूत नियुक्त भएपछि उहाँको यो पहिलो सिरिया भ्रमण हो । भ्रमणको शुरुमै सिरियाली विदेशमन्त्रीलाई भेटेका ब्राहिमीले सिरियाको गहिरिंदो संकटलाई कसैले पनि बेवास्ता गर्न नसक्ने बताउनुभयो ।

  • पैगम्वर मोहम्मदको अपमान गरिएको भन्दै अमेरिकाको विरोध जारी

    भदौ २८ - अमेरिकी चलचित्रमा ईस्लाम धर्म र पैगम्बर मोहम्मदको अपमान गरिएको भन्दै शुरु भएको विरोधले चर्को रुप लिएको छ । लिवियामा अमेरिकी राजदूत मारिएको एक दिनपछि आज यमनको राजधानी सानामा रहेको अमेरिकी दुतावासमा आक्रमण भएको छ । अमेरिकी दुतावासमा प्रदर्शनकारीले ढुंगामुढा गर्नुका साथै दूतावास परिसर भित्र पसेका अन्तर्राष्ट्रिय संचार माधयमले जनाएका छन् ।

  • कान्दाहार विमान अपहरण काण्डका आरोपी १३ वर्षपछि पक्राउ

    भदौ २८ – कान्दाहार विमान अपहरण काण्डका एक जना आरोपीलाई भारतीय प्रहरीले झण्डै १३ वर्ष पछि पक्राउ गरेको छ । अपहरणमा संलग्न जावेद अहमद भनिने मेहराजुद्धिनलाई भारतको जम्मु कश्मिर प्रहरीले  पक्राउ गरेको हो ।

  • लिबियामा अमेरिकी राजदूतको हत्या

    भदौ २७ – लिबियामा अमेरिकी राजदूतको हत्या भएको छ । अमेरिकामा बनेको चलचित्रमा ईस्लाम धर्म र पैगम्बर मोहम्मदको अपमान गरिएको भन्दै लिबियाको बेनगाजी शहरमा रहेको अमेरिकी बाणिज्य दुतावासमा भएको आक्रमणमा अमेरिकी राजदूत क्रिस स्टेफेन्सको ज्यान गएको छ ।

  • कपडा कारखानामा आगो लाग्दा २ सय १२ जनाको मृत्यु कपडा कारखानामा आगो लाग्दा २ सय १२ जनाको मृत्यु

    भदौ २७ – पाकिस्तानको कराँचीमा कपडा कारखानामा आगो लाग्दा २ सय १२ जनाको ज्यान गएको छ । कम्तीमा ६५ जना घाईते भएका छन् । तीन तले भवनमा आगो लाग्दा ठूलो मानवीय क्षति भएको जी ओ टीभीको अनलाइन संस्करणले जनाएको छ ।

  • सुरक्षाको लागि महिलालासंग खुर्सानीको धूलो !

    भदौ २७ – राती हिडडुल गर्नुपर्ने महिलाको सुरक्षामा सरकार कमजोर देखिएको आरोप लागेका बेला भारतको महाराष्ट्र सरकारले त्यस्ता महिलाको सुरक्षा सुनिश्चित गर्ने गरी निर्देशिका तयार गरेको छ । राज्य सरकारले त्यस्ता महिलालाई खुर्सानीको धुलो छर्किने र करेन्ट प्रवाह हुने उपकरण दिनुपर्ने प्रस्ताव सहितको निर्देशिका मुम्बई उच्च अदालत समक्ष पेश गरेको छ ।

  • इस्लाम धर्मको अपमान भएको भन्दै अमेरिकी वाणिज्य दुतावासमा आक्रमण

    भदौ २७ – अमेरिकामा निर्माण गरिएको चलचित्रमा इस्लाम धर्म र पैगम्बर मोहम्मदको अपमान गरिएको भन्दै रहेको अमेरिकी बाणिज्य दुतावासमा आक्रमण भएको छ । प्रदर्शनकारीको आक्रमणमा परी एक जना अमेरिकी अधिकारीको ज्यान गएको छ । अर्का एक घाईते भएका छन् ।

  • भारतीय र पाकिस्तानी नागरिक एक अर्काप्रति निकै नकारात्मकः अध्ययन

    भदौ २६ – भारत र पाकिस्तानले कुटनीति मार्फत् सम्बन्ध सुधारको प्रयास गरे पनि दुई देशका नागरिक एक अर्काप्रति निकै नकारात्मक रहेको पाइएको  छ । अमेरिकी संस्था प्यू रिसर्च सेन्टरले गरेको अध्ययनमा भारत र पाकिस्तानका नागरिकको सोंच सरकारको भन्दा फरक रहेको पाइएको बिबिसीले जनाएको छ ।

  • ट्वीनटावर ध्वस्त भएको ठाउँमा संग्रहालय संबन्धि विवाद समाधान

    भदौ २६ – अमेरिकामा सन् २००१ मा आतंकवादी आक्रमण भएको ठाउँमा संग्रहालय निर्माण सम्बन्धि बिवाद समाधान भएको छ । न्यूयोर्क र न्यूजर्सीका गभर्नरले संग्रहालय सम्बन्धि सम्झौताबारेको विवरण सार्वजनिक गर्दै यसको विवाद समाधान भएको बताएका हुन् ।

  • विवादास्पद जेल अफगानी अधिकारीलाई हस्तान्तरण गर्ने तयारी

    भदौ २५ – अमेरिकाले अफगानिस्तानको बग्राममा रहेको विवादास्पद जेलको नियन्त्रण अफगानी अधिकारीलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । सन् २०१४ मा नेटो सेनाको फिर्ती अगाडि नै सबै जेलको नियन्त्रण स्थानीय प्रशासनलाई हस्तान्तरण गर्ने पूर्व सम्झौता अनुसार बग्राम जेलको अधिकार हस्तान्तरण गर्न लागिएको नेटो सेनाले जनाएको छ ।

  • गोली प्रहारबाट चारजनाको ज्यान गयो

    भदौ २३- भारतको राजधानी दिल्लीको पश्चिमी क्षेत्र स्वरुपनगरमा भएको गोलीकाण्डमा ४ जनाको ज्यान गएको छ । चार जना घाईते छन् । दुईजना बन्दुकधारीले ६ जनालाई गोली हानेपछि आफैलाई पनि गोली हानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • तालिवान विरुद्ध लड्न वेलायती राजकुमार ह्यारी अफगानिस्तानमा

    भदौ २२ - वेलायती राजकुमार ह्यारी तालिवान विरुद्धको कारवाहीमा उत्रिनु भएको छ । उहाँले अफगानिस्तानमा रहेका वेलायती सैनिकसँगै बसेर तालिवान विरुद्धको कारवाहीमा भाग लिने विविसीले जनाएको छ । २७ वर्षिय राजकुमार ह्यारी वेलायती सेनाले प्रयोग गर्ने अपाचे हेलिकप्टरका चालक हुनुहुन्छ । आफ्नो जिम्मेवारी सम्हालन गएराती अफगानिस्तानको हेलमन्द प्रान्तमा रहेको वेलायती सेनाको शिविरमा पुगेका ह्यारी ४ महिनासम्म अफगानिस्तानमा बस्नु हुनेछ ।

  • चीनमा गएको भूईंचालोमा ५० को मृत्यु

    भदौ २२ - दक्षिण पूर्वी चीनमा गएको श्रृखलावद्ध भूईंचालोबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको छ । अरु १ सय ५० जना घाइते भएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । गुईजुहु र युनान प्रान्तको सिमा क्षेत्र केन्द्र बिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलका २ वटा भूईंचालो गएको अमेरिकी भुगर्भ विभागले जनाएको छ ।

  • सेभ द चिल्ड्रेनका विदेशी कर्मचारीलाई पाकिस्तान छाड्न आदेश

    भदौ १९ – पाकिस्तानले वाल वालिकको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनका विदेशी कर्मचारीलाई देश छाड्न आदेश दिएको छ । पाकिस्तानले उनीहरुले पाकिस्तान छाड्नु पर्ने कारण उनीहरुलाई नै बताएको स्पष्ट पारेको छ ।

  • विस्फोट भएको पटाका कारखाना सञ्चालकलाई हत्याको मुद्दा चलाइने

    भदौ २१ – भारतीय प्रहरीले ५४ जनाको ज्यान जाने गरी आगलागी भएको तमिलनाडुको पटाका कारखानाका सञ्चालकमाथि हत्या अभियोगमा मुद्दा चलाउने भएको छ । कारखानाको लाईसेन्स एक दिन अघि नै रद्द गरिएकोमा बुधवार पनि कारखाना सञ्चालन गरेकाले कारखानाका मालिक नै मुख्य अभियुक्त भएको भन्दै प्रहरीले उनी विरुद्ध हत्याको मुद्दा चलाईने बताएको हो ।

  • भारतको पटका कारखानामा विस्फोट, ५४ को ज्यान गयो

    भदौ २० – भारतको तमिलनाडुस्थित एक पटाका कारखानामा भएको विष्फोटमा कम्तिमा ५४ जनाको ज्यान गएको छ । तमिलनाडुको सिवकासी नजिकै रहेको कारखानामा विष्फोटपछि भएको आगलागीमा ज्यान गुमाएकामध्ये ५४ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

  • भारतका प्रधानमन्त्री इतिहासकै असफल नेता बन्ने संभावना !

    भदौ २० – पश्चिमा जगतका सञ्चारमाध्यमहरुले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई असफल प्रधानमन्त्रीका रुपमा विश्लेषण गर्ने क्रम बढेको छ । वासिङ्गटन पोष्ट दैनिकले प्रधानमन्त्री सिंहको क्षमतामाथि नै प्रश्नचिन्ह उठाउदै उहालाई इतिहासकै असफल नेताको रुपमा चिनिने खतरा बढिरहेको विश्लेषण गरेको छ ।

  • भारतका १८ लाख सरकारी कर्मचारी हड्तालमा

    भदौ २० – आरक्षण सम्बन्धि विधेयकलाई लिएर भारतको उत्तरप्रदेशका १८ लाख सरकारी कर्मचारी हड्तालमा उत्रिएका छन् । नोकरीमा पदोन्नतीका लागि अनुसूचित जाति जनजातिलाई आरक्षण दिने गरी संविधानमा संशोधन गर्ने विधेयकलाई हिजो मन्त्रीपरिषदले स्वीकृति दिएपछि कर्मचारी विरोधमा उत्रिएका हुन् ।

  • जागिरे श्रीमानले श्रीमतिको नाममा बैङ्कमा पैसा जम्मा गर्नैपर्ने

    भदौ १९ – भारत सरकारले नियमित तलब पाउने श्रीमानले आफ्ना श्रीमतीलाई पनि नियमित तलब दिनुपर्ने व्यवस्था गर्न लागेको छ । महिला सशक्तिकरणका लागि भन्दै केन्द्रीय महिला तथा बालविकास मन्त्रालयले घरेलु कामकाजी महिलालाई श्रीमानले हरेक महिना तलब दिनुपर्ने व्यवस्था सहितको प्रस्ताव तयार गरेको हो ।

  • चीनमा निर्माण क्षेत्रको उत्पादनमा गिरावट

    भदौ १८ - चीनमा निर्माण क्षेत्रको उत्पादनमा गिरावट आएको छ । उत्पादन नौ महिना यताकै सबै भन्दा बढी खस्केको अधिकारीहरुले बताएका छन् । सरकारले अर्थव्यवस्थामा अनुमान गरे भन्दा बढी गिरावट आउने आशंका बढेको बताएको छ । सरकारी आँकडा अनुसार उत्पादन कार्यमा ४९ दशमलब २ प्रतिशतले गिरावट आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • आक्रमणको डरले पलायन भएका भारतीय कार्यथलोमा फर्किन थाले

    भदौ १७ - आक्रमणको डरका कारण दक्षिणी भारतबाट घर फर्किएका पूर्वोत्तर क्षेत्रका विद्यार्थी तथा कामदार कार्यथलोमा फर्किन थालेका छन् । उनीहरुलाई फर्काउन शनिवार गुवाहाटीदेखि बेंगलोर सम्म विशेष रेल सेवा सन्चालन गरिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । घरबाट फर्किएका मानिसको सुरक्षा लगायत व्यवस्था अनुगमनका लागि असम सरकारका दुई मन्त्री नै खटिएका थिए ।

  • वेलायती पुरुषले गाडी र तलब बारे बढाई चढाई गर्छन : अध्ययन

    भदौ १७ - बेलायतका ५५ प्रतिशत पुरुषले आफ्नो तलब र गाडीबारे बढाई चढाई गरेर बोल्ने गरेको एक अध्ययनले देखाएको छ । देशका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षणले हरेक पाँच जनामा एक जनाले पुराना साथीहरुलाई तलब र गाडीका बारेमा झुटो जानकारी दिने गरेको देखाएको छ । सर्वेक्षणमा सहभागी २१ प्रतिशत बेलायती पुरुषले स्कुल या कलेजका पुराना साथी भेट भएको अवस्थामा झुटो बोल्ने गरेको स्वीकारेका छन् ।

  • घना बस्तीमा मोबाईल टावर नराख्न भारत सरकारको निर्देशन

    भदौ १६ - भारत सरकारले घनाबस्तीमा मोबाईल टावर नराख्न मोबाईल सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार मोबाईल टावर राख्ने कम्पनीहरुले त्यस्ता टावरको नजिकमा कुनै घर नभएको सुनिश्चित नगरेसम्म टावर राख्ने अनुमति पाउने छैनन् । यस्तै सरकारले मोबाईल कम्पनीहरुलाई धेरै विकिरण उत्पन्न गर्ने सेट निर्माण बन्द गर्न पनि निर्देशन दिएको छ ।

  • विहारीलाई महाराष्ट्रबाट लखेट्ने ठाकेरेको धम्की

    भदौ १५ - असम हिंसापछि भारतका दक्षिणी राज्यमा जातीय हिंसाको त्रास फैलिरहेका बेला महाराष्ट्र नवनिर्माण सेनाका नेता राज ठाकेरेले सबै विहारीलाई महाराष्ट्रबाट लखेट्ने धम्की दिएका छन् । विहार पुलिसलाइ जानकारी जानकारी नै नदिइ मुम्बइ पुलिसका एक जना अधिकृतले एक जना विहारी युवकलाई लगेपछि उनी विरुद्ध कानुनी कारवाही सक्ने बताए लगत्तै ठाकरेले प्रहरी अधिकारी माथि कारवाही भए सबै विहारीलाइ लखेट्ने धम्की दिएका भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

  • लादेनको हत्याबारे किताब लेख्नेलाई कारबाही हुन सक्ने

    भदौ १५ – अमेरिकी रक्षा मन्त्रालयले ओसामा बिन लादेन मारिएको घटनाबारे किताब लेख्ने अमेरिकी विशेष फोर्सका पूर्व सदस्यमाथि कारवाही हुन सक्ने बताएको छ । रक्षा विभागका एक उच्च वकिलले ती सैनिकले सैनिक गोप्यता सार्वजनिक नगर्ने सम्झौता उल्लंघन गरेको भन्दै कारवाही हुनसक्ने बताएका छन् ।

  • दक्षिण अफ्रिकाका २ सय ७० मजदुरलाई हत्याको आरोपमा मुद्दा चलाइने

    भदौ १५ – दक्षिण अफ्रिकाको मरिकाना प्लाटिनम खानीमा भएको हिंसाका क्रममा पक्राउ परेका मजदुरमाथि सहकर्मी हत्याको आरोपमा मुद्दा चलाईने भएको छ । हिंसा भएका बेला घटनास्थलमा रहेको पाएकै भरमा २ सय ७० मजदुरलाई सामान्य उपयोगिता सिद्धान्तका आधारमा सार्वजनिक मुद्दा लगाउने निर्णय भएको अधिकारीहरुले बताएका छन् ।

  • लश्कर ए तोयबाका ७ कमाण्डरलाई अमेरिकाको प्रतिबन्ध

    भदौ १५ – अमेरिकाले भारतको मुम्बईमा आक्रमणका योजनाकार सहित लश्कर ए तोयबाका आठ कमाण्डर माथि प्रतिबन्धको घोषणा गरेको छ । प्रतिबन्ध अनुसार आठ जनासंग अमेरिकी नागरिक या कम्पनीले कुनै पनि कारोबार गर्न पाउने छैनन भने उनीहरुको अमेरिकामा भएको सम्पत्ति पनि जफत हुने छ ।

  • भारतमा घरेलु हिंसाको मुद्दामा सबै आफन्तलाई मुछ्न नपाइने

    भदौ १४ – भारतले दाईजोका कारण हुने घरेलु हिंसामा मुद्दा चलाउँदा सबै आफन्तलाई मुछ्न नपाउने गरी कानूनमा संसोधनको तयारी गरेको छ । दाईजो सम्बन्धि कानूनको प्रस्तावित मस्यौदामा पीडित महिलाले दाईजो सम्बन्धमा श्रीमान तथा सासु ससुरामाथि मात्रै आरोप लगाउन सक्ने व्यवस्था गरिएको छ ।

  • भारतमा बन्द गर्न प्रतिबन्ध

    भदौ १४ – भारतको आसाममा फैलिएको साम्प्रदायिक हिंसाको विरोधमा विभिन्न संगठनहरुले बन्दको आह्वान गर्न थालेपछि केन्द्र सरकारले बन्द गर्न प्रतिबन्ध लगाएको छ । बन्दले त्यस क्षेत्रको जनजीवन थप जटिल बनेको र हिंसा फैलाएको भन्दै केन्द्र सरकारले एक महिनाका लागि बन्द गर्न प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

  • विवादास्पद अभिब्यक्ति दिने याहू न्युजका पत्रकार बर्खास्त

    भदौ १४ – विवादास्पद अभिव्यक्ति दिएको भन्दै समाचार संस्था याहू न्यूजले आफ्नो वाशिङ्गटन ब्यूरो प्रमुख डेभिड सालियानलाई बर्खास्त गरेको छ । रिपब्लिकन पार्टीको सम्मेलन शुरु हुनुअघि बोलेका कुरा माईक्रोफोनबाट सुनिएपछि डेभिडलाई याहू न्यूजले बर्खास्त गरेको हो ।

  • भारतको सर्वोच्च अदालतद्वारा कसाबको फाँसीको सजायँ सदर

    भदौ १३ - भारतको सर्वोच्च अदालतले मुम्बई आक्रमणका आरोपी अजमल कसाबको फाँसीको सजायँ सदर गरेको छ  । यसअघि मुम्बई उच्च अदालतले फाँसीको सजाय सुनाएकोमा कसाबले सर्वोच्चमा अपिल गरेका थिए । सर्वोच्चका न्यायाधीश आफताब आलम र सी के प्रसादको ईजलासले कसाबका बारेमा फैसला गर्नुका पछाडी कुनै दुर्भावना नरहेको तथा उनले भारतका विरुद्ध संघर्ष शुरु गरेको, भारतको सम्प्रभूतालाई चुनौती दिएको र युद्धको घोषणा गरेको ठहर गरी त्यस्ता व्यक्तिलाई मृत्युदण्डको सजाय कायम राख्नुमा कुनै समस्या नरहेको फैसला गरेको छ ।

  • 'सुत्न नपाउँदा भारतीय सुरक्षाकर्मी आक्रोशित'

    भदौ १३ - निद्रा पूरा गर्न र बेलामा बिदा नपाउँदा भारतको अर्धसैन्य बल बिएसएफ र सिआरपिएफका जवानमा निराशा र आक्रोश बढ्दै गएको एक सरकारी अध्ययनले देखाएको छ । सरकारी सहयोगमा भारतीय व्यवस्थापन संस्थानले गरेको अध्ययनमा यस्तो तथ्य बाहिर आएको हो । बिदा नपाउनु सैनिकहरुमा असन्तोषको सबैभन्दा ठूलो कारण बनेको छ ।

  • रामदेवलाई भारतीय आयकर विभागले कारवाही गर्ने

    भदौ १२ - भारतीय आयकर विभागले कालोधन सम्बन्धी मुद्दामा सरकारविरुद्ध आन्दोलन गर्दै आएका योगगुरु रामदेवमाथि कारवाही गर्ने भएको छ । विभागले रामदेवको संस्था पतन्जली योगपीठ ट्रष्टको परोपकारी संगठनका रुपमा दिईएको रजिष्ट्रेशन रद्द गरी ठूलो रकम जरिवाना गराउने निर्णय गरेको भारतीय सन्चारमाध्यम ईन्डियन एक्सप्रेसले जनाएको छ ।

  • आँधीले चारजनाको ज्यान लियो

    भदौ १२- दक्षिण कोरियामा सामुद्रीक आँधीका कारण ४ जना चिनियाँ नागरिकको ज्यान गएको छ । १२ जना हराईरहेका छन् । दक्षिण कोरियाको दक्षिणी टापु जेजुमा चिनियाँ नागरिक चढेका दुई वटा डुंगा आँधीका कारण चट्टानमा ठोकिएर पल्टिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • नाचगान गरेकोमा अफगानिस्तानमा १७ को हत्या

    भदौ ११ - आफ्नो आदेशको अवज्ञा गरी नाच गान गरेको भन्दै अफगानिस्तानमा तालिवान समूहले १७ जना सर्वसाधारण नागरिकको निर्ममता पूर्वक हत्या गरेको छ । हेलमन्द प्रान्तमा तालिवान समूहले १५ पुरुष र दुइ जना महिलाको टाउको काटेर हत्या गरेको छ । मारेपछि पनि तालिवान लडाकुले उनीहरुलाई गोली हानेका थिए ।

  • तालिवान विद्रोहीको आक्रमणमा १० जनाको मृत्यु

    भदौ ११ - तालिवान विद्रोहीको आक्रमणमा परी अफगानिस्तानमा कम्तिमा १० जना सैनिकको ज्यान गएको छ । ४ जना घाईते भएका छन् । हेलमन्द प्रान्तको वाशिर जिल्लामा रहेको सुरक्षा चौकीमा तालिवानले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा ५ सैनिक हराइरहेका छन् ।

  • जातीय हिंसामा थप ६ जना मारिए

    भदौ १०- भारतको असममा पछिल्लो हिंसात्मक आक्रमणमा परि ६ जनाको ज्यान गएको छ । चिरांग जिल्लामा भएको घटनामा मारिनेहरु एक महिनादेखिको जातीय हिंसाका कारण विस्थापीत भएकाहरु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • चन्द्रमामा पुग्ने पहिलो व्यक्तिको निधन

    भदौ १०- चन्द्रमामा पुग्ने पहिलो व्यक्ति अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङ्गको ८२ वर्षको उमेरमा निधन भएको छ । आर्मस्टङ्गको गएको महिना मुटुको शल्यक्रिया गरिएको थियो ।

  • भेनेजुएलाको तेल प्रशोधन केन्द्रमा विष्फोट हुँदा १९ जनाको मृत्यु

    भदौ ९ – भेनेजुएलाको एउटा तेल प्रशोधन केन्द्रमा भएको विष्फोटमा कम्तिमा १९ जनाको ज्यान गएको छ । संसारकै ठुलोमध्येको एक अमुअए तेल प्रशोधन केन्द्रमा भएको विष्फोटमा ५० जना भन्दा धेरै घाइते भएको स्थानीय सरकारले जनाएको छ ।

  • अदालतको फैसलाले सुर्तीजन्य कम्पनीलाई सजिलो

    भदौ ९ – अमेरिकी सरकारले सूर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरुलाई चुरोटको प्याकेटमा चित्र सहितको स्वास्थ्य सम्बन्धि चेतावनी राख्न बाध्य गराउन नपाउने भएको छ । बासिङ्गटनको पुनरावेदन अदालतले सरकारी योजनाले अभिव्यक्ति स्वतन्त्रतालाई अवमूल्यन गरेको भन्दै सरकारलाई त्यस्तो आदेश दिएको हो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया