MENU
ujyaalo forign call inside

अन्तर्राष्ट्रिय

  • रुसको पुर्वी समुद्री क्षेत्रमा भुँइचालो

    साउन ३० – उत्तरी जापानसंग सीमा जोडिएको रुसको पूर्वी समुद्री क्षेत्रमा ७ दशमलव ५ रेक्टर स्केलको भुकम्प गएको छ । अमेरिकी भौगोलिक सर्भेका अनुसार प्रशान्त महासागरमा गएको भुकम्पको केन्द्र जमिनको सतहदेखि निकै गहिराई अर्थात् ६ सय २५ किलोमिटर तल रहेको थियो ।

  • सर्वाधिक खोजीका चिनियाँ लुटेराको प्रहरी कारबाहीमा ज्यान गयो

    साउन ३० – सर्वाधिक खोजी सूचीमा रहेका एक जना चिनियाँ सशस्त्र लुटेराको, प्रहरी कारवाहीमा ज्यान गएको छ । झोउ केहुआ नामका लुटेराको चोङ्गकिङ्ग राज्यमा प्रहरी कारवाहीमा ज्यान गएको हो । झोउ माथि सन् २००४ यता लुटपाटका क्रममा ९ जनाको हत्या गरेको र अरु कैंयौलाई घाईते बनाएको अभियोग लागेको थियो ।

  • जापानमा आणविक विकिरणको असर पुतलीमा देखियो

    साउन ३० – जापानमा आणविक विकिरणका कारण पुतलीहरुमा असामान्य परिवर्तन आएको वैज्ञानिकहरुले बताएका छन् । अध्ययनका क्रममा फुकुसिमा आणविक भट्टीबाट चुहिएको विकिरणका कारण पुतलीहरुमा खुट्टा लामा भएको तथा एन्टेना र पखेटाको आकार परिवर्तन भएको पाईएको वैज्ञानिकहरुको भनाई छ ।

  • सिरियामा सेनाको युद्धक विमान खसालेको विद्रोहीको दावी

    साउन ३० – सिरियाका विद्रोहीले सेनाको युद्धक विमान खसालेको दाबी गरेका छन् । उनीहरुले इराकको सिमा नजिक सैन्य विमान खसालेर विमान चालकलाई पनि नियन्त्रणमा लिएको बताएका छन् । तर सिरियाली सरकारी सञ्चार माध्यमले भने युद्धक विमान दुर्घटनामा परेको जनाएको छ ।

  • सोझा पुरुषलाई एचआइभी सर्नबाट बच्ने औषधि प्रयोग गर्न सुझाव

    साउन २९ - अमेरिकाका स्वास्थ्य विज्ञले महिला र सोझा पुरुषलाई पनि एचआइभी भाइरस सर्नबाट रोक्न सक्ने औषधि (ट्रुभाडा) प्रयोग गर्न सुझाव दिएका छन् । पहिले एचआइभी सङ्क्रमणको सम्भावना धेरै हुने समलिङ्गी पुरुषलाई मात्र एचआइभी भाइरस सर्नबाट रोक्न सक्ने औषधि प्रयोग गर्न सल्लाह दिइएकोमा महिला र सोझा पुरुषमा पनि जोखिम रहेको भन्दै स्वास्थ्य विज्ञले यस्तो सुझाव दिएका हुन् ।

  • भारतीय योगगुरु रामदेव पक्राउ

    साउन २९ - भारतीय योगगुरु रामदेवलाई प्रहरीले पक्रेको छ ।  भ्रष्टाचारको विरोध र विदेशमा भएको कालोधन फिर्ता ल्याउनु पर्ने माग गर्दै अनशन बस्न राजधानी दिल्लीमा संसद भवनतिर अघि बढ्दै गर्दा प्रहरीले रामवदेवलाई पक्रेको हो ।  कार्यकर्ता सहित जीप चढेर अनसन बस्न संसद भवन जान लागेका रामदेवलाई प्रहरीले गिरफ्तार गरेको विरोधमा उहाँका समर्थकले प्रदर्शन गरेका छन् ।

  • संसद भवन बाहिर धर्ना दिने योगगुरु रामदेवको घोषणा

    साउन २९ – भ्रष्टाचार र विदेशमा भएको कालोधनको विरोधमा अनशनमा बसेका भारतीय योग गुरु रामदेवले संसद बाहिर धर्ना दिने घोषणा गर्नुभएको छ । रामदेवले भ्रष्ट नेताहरुलाई संसद भवनमा प्रवेश गर्न नदिने बताउनुभएको छ ।

  • भोकमरी समाधान गर्न बेलायतले नयाँ रणनीति ल्याउने

    साउन २९ – विश्वमा भोकमरीको समस्या समाधानका लागि बेलायतले नयाँ योजना र रणनीति ल्याउने भएको छ । त्यसका लागि छलफल गर्न बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले सम्मेलनको आयोजना गर्नुभएको भएको बिबिसीले जनाएको छ ।

  • नाइजेरियामा सरकारी कारबाहीमा २० जना बिद्रोहीको ज्यान गयो

    साउन २९ – नाईजेरियामा विद्रोही विरुद्ध चलाईएको कारबाही अभियानमा २० जना विद्रोही लडाकुको ज्यान गएको छ । पूर्वत्तर माईदुगुरी क्षेत्रमा विद्रोही संगठन बोको हराम भेला भएका बेला सेनाले कारबाही गरेको बिबिसीले जनाएको छ ।

  • शक्तिशाली भूकम्पमा कम्तिमा १ सय ८० जनाको मृत्यु

    साउन २८ – उत्तर–पश्चिमी ईरानमा गएका दुई वटा शक्तिशाली भूकम्पमा परि कम्तिमा १ सय ८० जनाको ज्यान गएको छ । १ हजार ३ सय भन्दा बढी घाईते भएका छन् । अमेरिकी जिओलोजिकल सर्भिसका अनुसार स्थानिय समय अनुसार हिजो बेलुका पाँच बजेतिर ६.४ र लगत्तै ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

  • बस दुर्घटनामा ५२ जनाको मृत्यु बस दुर्घटनामा ५२ जनाको मृत्यु

    साउन २७ – भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटनामा ५२ जनाको मृत्यु भएको छ । ४६ जना घाईते भएका छन्  । क्षमता भन्दा धेरै यात्रु सवार बस सडकबाट तीन सय मीटर तल खसेको भारतीय संचार माध्यमले जनाएका छन् ।

  • आन्ध्र प्रदेशमा हरेक दिन २० जना किशोरी हराउँछन्

    साउन २७ – भारतको आन्ध्र प्रदेशमा हरेक दिन २० जना भन्दा बढी महिला तथा किशोरी हराउने गरेको तथ्य सार्वजनिक भएको छ । राज्य प्रहरीको तथ्याङ्क अनुसार यो वर्ष हरेक दिन २२ जना महिला तथा किशोरी हराएका छन् ।

  • लिबियाका सैनिक जर्नेलको हत्या

    साउन २७ – लिबियाली सेनाका जर्नेल मोहम्मद हादिया अल फितौरीको हत्या भएको छ । रक्षा मन्त्रालयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका हादियाको पूर्वी शहर बेन्गाजीमा हत्या भएको हो ।

  • भारत छिर्न लागेका पाकिस्तानी हिन्दुहरु मुक्त

    साउन २७ – देश छोडेर भारत जान लागेको आशंकामा नियन्त्रणमा लिएका दुई सय भन्दा बढी हिन्दुलाई पाकिस्तानी प्रहरीले मुक्त गरेको छ । भारत भ्रमणका लागि जान लागेका हिन्दुहरुलाई भारत पाकिस्तान सीमा बाघा बोर्डरमा पाकिस्तानी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

  • लगातारको वर्षाले चीनको ग्रेट वाल भत्कियो लगातारको वर्षाले चीनको ग्रेट वाल भत्कियो

    साउन २६ – विश्वका सात आश्चर्य मध्येको एक चीनको प्रसिद्ध ग्रेट वालको केही भाग भत्किएको छ । लगातारको वर्षाका कारण हेबई प्रान्तमा ग्रेटवालको उत्तर पट्टिको एक भाग भत्किएको अधिकारीहरुले बताएका छन् ।

  • जापान र दक्षिण कोरियाबीच तनाव

    साउन २६ – दक्षिण कोरियाका राष्ट्रपति ली म्युङ बाकले विवादास्पद टापूको भ्रमण गरेपछि जापान र दक्षिण कोरियाबीच तनाव उत्पन्न भएको छ । राष्ट्रपति बाकले जापानको ताकेसीमा र दक्षिण कोरियाबीचको डोक्डो द्वीपको भ्रमण गरेपछि जापानले दक्षिण कोरियामा रहेका आफ्ना राजदूतलाई टोकियो फिर्ता बोलाएको छ ।

  • अफगानिस्तानमा तीन अमेरिकी सैनिक मारिए

    साउन २६ – अफगानिस्तानमा तीन जना अमेरिकी सैनिक मारिएका छन् । अफगान सेनाको जस्तै बर्दी लगाएको एक जना बन्दूकधारीले तीन जना नेटो सैनिकलाई गोली हानेर मारेको रोयटर्सले जनाएको छ ।

  • पेप्सी १५ वर्षपछि म्यानमार फर्कियो

    साउन २६ – विश्वकै ठूलो पेय पदार्थ उत्पादक कम्पनी पेप्सिकोले म्यानमारमा आफ्नो बजार फेरि खोल्ने घोषणा गरेको छ । प्रजातान्त्रिक सुधारको बाटोमा लागेको भन्दै विभिन्न देश र संगठनले प्रतिबन्ध हटाईरहेकै बेला पेप्सिकोले १५ वर्षपछि म्यानमार फर्किने घोषणा गरेको हो ।

  • आइप्याड किन्न मृगौला बेच्न खोज्नेलाई मुद्दा चलाइयो

    साउन २६ – चीनमा अवैध रुपमा शल्यक्रिया गरी मृगौला निकालेको आरोपमा पक्राउ परेका पाँच जना विरुद्ध मुद्दा चलाईएको छ । आईप्याड किन्नका लागि मृगौला बेच्न चाहने एक जना विद्यार्थी, उनको मृगौला निकाल्न सहयोग गर्ने शल्य चिकित्सक सहित पाँच जना विरुद्ध मुद्दा चलाईएको हो ।

  • लिबियामा निर्वाचित संसदलाई सत्ता हस्तान्तरण

    साउन २५ – लिबियाको राष्ट्रिय अन्तरिम परिषदले आफ्नो अधिकार नव निर्वाचित संसदलाई हस्तान्तरण गरेको छ । तत्काल शासक मौमार गद्धाफीको हत्यापछि देशको शासन सत्ता आफ्नो हातमा लिएको परिषदले औपचारिक रुपमा संसदलाई अधिकार प्रत्यायोजन गरेको हो ।

  • अफगानिस्तानमा हिंसात्मक घटनामा कमी

    साउन २५ – अफगानिस्तानमा यो वर्ष हिंसात्मक घटना कम भएको एक अध्ययनले देखाएको छ । सयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ५ वर्षको अवधिमा अफगानिस्तानमा पहिलो पटक हिंसा कम भएको पार्ईएको जनाईएको छ ।

  • इजिप्टमा गुप्तचर बिभागका प्रमुख बर्खास्त

    साउन २५ – इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सीले गुप्तचर विभागका प्रमुख र उत्तरी सिनाई प्रान्तका गर्भनरलाई बर्खास्त  गर्नुभएको छ ।  गुप्तचर विभागका प्रमुख जनरल मोहम्मद मुराद मोवाफीलाई बर्खास्त गरिएको घोषणा स्थानीय टेलिभिजनबाट प्रशारण गरिएको थियो ।

  • पुस्तक धेरै पढ्ने कैदीको सजायँ घट्ने

    साउन २४ – ब्राजिलले पुस्तक धेरै पढ्ने कैदीहरुको सजाय घटाउने प्रस्ताव ल्याएको छ । जेलको क्षमता भन्दा बढी कैदीहरु जेल पर्न थालेपछि संख्या घटाउन ब्राजिलले यस्तो प्रस्ताव ल्याएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • फिलिपिन्समा बाढीका कारण १६ को ज्यान गयो

    साउन २४ – फिलिपिन्सको राजधानी मनिलामा बाढीका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । लगातार पानी परेपछि बाढीको सतह पनि बढ्दै जाँदा ८० हजार भन्दा बढीले आपतकालीन शिविरमा शरण लिईरहेको अधिकारीहरुले बताएका छन् ।

  • सिरियामा ठूला हतियार प्रयोग बढेकोमा एमनेष्टीको चिन्ता

    साउन २४ – अधिकारवादी संस्था एमनेष्टी ईन्टरनेशनलले सिरियामा ठूला हतियारको प्रयोग बढ्दै गएकाले नागरिक संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेको छ । एमनेष्टीका अनुसार स्याटेलाईट तस्बिर हेर्दा सिरियाको एलेप्पो शहरको आवासीय क्षेत्र नजिक तोपका कारण बनेका जस्ता देखिने ६ सय वटा खाडलहरु देखिएका छन् ।

  • पाकिस्तानी अदालतद्वारा टिभीमा अश्लिल कार्यक्रम चलाउन रोक

    साउन २३ – पाकिस्तानको सर्वोच्च अदालतले टेलिभिजन च्यानलमा अश्लिल कार्यक्रम एक हप्ता भित्र बन्द गर्न आदेश दिएको छ । मुख्य न्यायाधीश ईफ्तिखार चौधरीको तीन सदस्यीय ईजलाशले पाकिस्तानको ईलेक्ट्रोनिक मिडिया अथोरिटीलाई यस्ता कार्यक्रम बन्द गर्न आदेश दिएको हो ।

  • वर्षा र बाढीले फिलिपिन्समा जनजीवन अस्तब्यस्त

    साउन २३ – लगातारको वर्षाका कारण आएको बाढीले फिलिपिन्सको राजधानी मनिलाको जनजीवन अस्तव्यस्त भएको छ । २० हजार भन्दा बढी मानिस बाढीका कारण घर छोड्न बाध्य भएका छन् भने स्कुल, बजार, तथा सरकारी र नीजि कार्यालय बन्द भएका छन् ।

  • सिरियामा बसर अल असदको शासन समाप्ती : पश्चिमा देशहरु

    साउन २३ – पश्चिमा शक्ति राष्ट्रहरुले सिरियाका प्रधानमन्त्री रियाद हिजाबको राजीनामा राष्ट्रपति बसर अल असदको शासन समाप्तिको संकेत भएको प्रतिक्रिया दिएका छन् । सिरियाका प्रधानमन्त्री हिजाबले पदबाट राजीनामा दिंदै आतंकवादी शासनसत्ताको साथ छोडेको र विद्रोहीहरुको समूहमा सामेल भएको घोषणा गर्नुभएको थियो ।

  • भारतमा उपराष्ट्रपति चयनका लागि मतदान हुँदै

    साउन २३ – भारतमा उपराष्ट्रपति चयनका लागि मंगलवार मतदान हुँदैछ । प्रगतिशील गठबन्धनका तर्फबाट वर्तमान उपराष्ट्रपति हामिद अन्सारी र प्रजातान्त्रिक गठबन्धनका तर्फबाट पूर्व विदेशमन्त्री जसवन्त सिंह उपराष्ट्रपतिको चुनावी दौडमा हुनुहुन्छ ।

  • भारतीय अभियन्ता अन्ना हजारेको टीम भंग

    साउन २२ - शुशासनको पक्षमा आन्दोलन गरिरहेका भारतीय अभियन्ता अन्ना हजारेले आफ्नो समिति भंग गर्नुभएको छ । आफ्नो ब्लगमा टीम अन्नाको काम सकियो भन्ने शिर्षकमा अन्नाले जनलोकपाल विधेयकका लागि टीम बनाइएपनि सरकार यसप्रति गम्भीर नभएपछि टीम भंग गरेको उल्लेख गर्नुभएको छ ।

  • अमेरिकामा भएको गोलावारीमा ७ जनाको ज्यान गयो

    साउन २२ – अमेरिकामा भएको गोलाबारीमा कम्तीमा ७ जनाको ज्यान गएको छ । घटनामा एक बन्दुकधारी पनि मारिएको बिबिसीले जनाएको छ । विस्कन्सिन राज्यको ओक क्र्रिक शहरमा रहेको सिख मन्दिरमा जम्मा भएकाहरुमाथि बन्दुधारीले गोली चलाएको अधिकारीहरुले बताएका छन् ।

  • रक्सी खाएर गाडी चलाउनेलाई कडा सजायँ दिनुपर्ने

    साउन २१ - भारतीय सर्वोच्च अदालतले मादकपदार्थ सेवन गरी गाडी चलाउनेहरु समाजका लागि खतरा भन्दै उनीहरुलाई कडा सजाय दिनुपर्नेमा जोड दिएको छ ।  राती अबेर सम्म पार्टी गर्ने र त्यसपछि बेहोशीमै गाडी चलाउनु शहरी संभ्रान्तहरुको दैनिकी बनेको भन्दै यसबाट पैदलयात्रीहरु सुरक्षित नहुने भएकाले त्यस्ता चालकलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने सर्वोच्च अदालतले जोड दिएको हो ।

  • ४५ सय डाक्टरले दिए सामुहिक राजिनामा

    साउन २१ – तलब वृद्धि लगायतका माग राख्दै भारतको कर्नाटक राज्यका चार हजार भन्दा बढी डाक्टरहरुले सामुहिक राजीनामा दिएका छन् । राज्यका विभिन्न क्षेत्रमा काम गर्ने ४५ सय डाक्टरले सम्बन्धित जिल्ला स्वास्थ्य अधिकारी समक्ष राजीनामा दिएको राज्य मेडिकल अफिसर्स एशोसिएसनले जनाएको छ ।

  • अलकायदाका एक जनालाई स्पेनमा जेल सजायँ

    साउन २० – पक्राउ परेका आतंकवादी संगठन अल कायदाकाका ३ जनामध्ये १ जनालाई स्पेनको अदालतले जेल सजायँ सुनाएको छ । टर्की मूलका एक जनालाई कैद सजायँ सुनाएपनि थप अनुसन्धानका लागि भन्दै अरु दुई जनालाई भने प्रहरीले हिरासतमा राखेको बिबिसीले जनाएको छ ।

  • उत्तर र दक्षिण सुडानवीन सम्झौता

    साउन २० – बढ्दो तेल भुक्तानीको विवाद सुल्झाउन उत्तर सुडान र दक्षिण सुडानबीच सम्झौता भएको छ । दुई देशबीच उत्तर सुडानबाट तेल निर्यात गर्ने विषयमा पनि छलफल भएको दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एवं अफ्रिकी संघका मध्यस्तकर्ता थाबो मबेकीलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।

  • पाकिस्तानका ७० हजार कर्मचारीले तलब पाएनन्

    साउन २० – लेखा परीक्षकहरुको आन्दोलनका कारण पाकिस्तानमा ७० हजार सरकारी कर्मचारीले तलब पाएका छैनन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार अडिटर लगायत लेखाशाखामा कार्यरत कर्मचारीहरु आन्दोलनमा रहेका कारण सरकारी कर्मचारीले यो महिनाको तलब नपाएका हुन् ।

  • अमेरिकालाई बेरोजगारी घटाउने चुनौती

    साउन २० – अमेरिकाले बेरोजगारीको सख्या घटाउन नयाँ कामको खोजीलाई प्राथमिकतामा राखेको छ । उसले जुलाई महिनामा १ लाख ६३ हजारलाई रोजगारी दिने गरी अतिरिक्त काम खुलाएको सरकारी तथ्याङ्कले देखाएको छ ।

  • भारतमा अन्ना हजारेको भ्रष्टाचार विरोधी अनशन समाप्त

    साउन १९ - भ्रष्टाचार विरुद्ध आमरण अनशनमा बसेका भारतीय सामाजिक कार्यकर्ता अन्ना हजारे सहितको टोलीले राजनीति गर्ने घोषणा सँगै अनशन समाप्त गरेको छ । सरकारले भ्रष्टाचार विरुद्ध जनलोकपाल विधेयक नल्याउने पक्का भएपछि अन्नाको टोली नौ दिनदेखिको अनशन समाप्त गरेको छ । अन्नाको टोलीले अब संसदबाट भ्रष्टाचार विरुद्ध आन्दोलन गर्ने भन्दै राजनीति गर्ने र सन् २०१४ को लोकसभा चुनावमा भाग लिने घोषणा पनि गरेको छ ।

  • बाढी प्रभावितका लागि उत्तर कोरियाद्वारा सहयोग माग

    साउन १९ – उत्तर कोरियाले बाढी प्रभावितलाई तत्काल खाद्य सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघसंग आग्रह गरेको छ । राष्ट्रसंघका प्रवक्ताका अनुसार कोरियाले खाद्यान्न र इन्धनको आकस्मिक आपूर्ति गर्न आग्रह गरेको छ ।

  • कोफी अन्नानद्वारा पद छाड्ने घोषणा

    साउन १९ – सिरियाका लागि राष्ट्रसंघ र अरब लिगका संयुक्त विशेष दूत कोफी अन्नानले आफ्नो पदावधि नलम्ब्याउने घोषणा गर्नुभएको छ । राष्ट्रसंघका महासचिव बान की मूनलाई अगस्तको अन्तिममा पद सकिन लागेका अन्नानले पदावधी नथप्न आग्रह गरेको जानकारी दिनुभयो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया