MENU
ujyaalo forign call inside

अन्तर्राष्ट्रिय

  • विद्युत आपुर्ति घटाउन ७ बजेनै पसल बन्द

    असार ४ – भारतको उत्तर प्रदेशमा विद्युत आपुर्ति घट्दै गएपछि त्यहाँको सरकारले आउने १५ दिनसम्म बेलुकी ७ बजेपछि सबै पसल बन्द गर्न आदेश दिएको छ । विद्युत खपत कम गर्नका लागि राज्य सरकारले बिजुलीबाट सञ्चालित डण्डीका कलकारखाना पनि निश्चित समय भित्र बन्द गर्न आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

  • इरानको परमाणु कार्यक्रम बन्द गराउन शक्ति राष्ट्रवीच छलफल हुँदै

    असार ४ – इरानको विवादास्पद परमाणु कार्यक्रमका बारेमा शक्ति राष्ट्रहरुबीच सोमबार तेस्रो चरणको छलफल हुँदैछ । रुसको राजधानी मस्कोमा हुने छलफलमा शक्ति राष्ट्रहरुले इरानमा भइरहेको परमाणु संयन्त्र बन्द गराउने विषयलाई जोड दिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • बम आक्रमणमा ३६ जनाको ज्यान गयो

    असार ४ – नाइजेरियामा भएको भीषण बम आक्रमणमा कम्तीमा ३६ जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । उत्तरी नाइजेरियाको कादुना राज्यमा रहेका ३ भन्दा बढी चर्चमा बिद्रोही समूह बोको हरामले बम आक्रमण गरेको अधिकारीहरुले बताएका छन् ।

  • भारतमा विपक्षीले राष्ट्रपति उम्मेदवार चयन गर्न सकेनन्

    असार ३ - भारतमा सत्तारुढ गठबन्धन युपिएले राष्ट्रपतिका उम्मेद्वारको चयन गरेको २ दिन बितिसक्दा पनि विपक्षी गठबन्धन एनडीएले भने अझै उम्मेदवार चयन गर्न सकेका छैन । राष्ट्रपतिका उम्मेदवारको चयन गर्न आइतवार बसेको विपक्षी गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । गठबन्धनको सहयोगी दल शिवसेना बैठकमा नगएपछि एनडिएले राष्ट्रपतिको उम्मेद्वार चयन गर्न नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

  • टर्कीको बन्दी गृहमा आगलागी, १३ कैदीको मृत्यु

    असार ३ – टर्कीको एक बन्दी गृहमा भएको आगलागिमा परि १३ जना कैदीको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । टर्कीको दक्षिण पूर्वी सानलीउर्फा शहरमा रहेको बन्दी गृहमा कैदीहरुबीच झगडा भएको र कसैले जानी जानी आगो लगाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

  • अबैध रुपमा अमेरिका बस्नेलाई तत्काल फिर्ता नपठाइने

    असार २ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले बाल्यअवस्थामा अमेरिकामा गएर काम गरिरहेका अवैध आप्रवासी कामदारलाई फिर्ता पठाउने काम तत्काल रोकिने घोषणा गर्नुभएको छ । उहाँले उचित फैसला गर्नु जरुरी रहेको भन्दै प्रतिभावान युवा वर्गलाई देशबाट बाहिर निकाल्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।

  • जापानले क्षतिग्रस्त दुई परमाणु संयन्त्र फेरि सञ्चालन गर्ने

    असार २ – जापानले गएको वर्ष सुनामीका कारण क्षतिग्रस्त भएपछि बन्द गरिएका परमाणु संयन्त्रमध्ये दुईवटा संयन्त्र पुनः सन्चालन गर्ने भएको छ । जसमध्ये एउटा परमाणु प्लान्ट तीन हप्ता भित्र शुरु भईसक्ने अधिकारीहरुले बताएका छन् ।

  • नदीमा वस खस्दा ३० तीर्थयात्रीको निधन

    असार २ – भारतको महाराष्ट्रमा तीर्थयात्री बोकेको बस नदीमा खस्दा तीस जनाको ज्यान गएको छ । कम्तीमा २० जना घाईते भएका छन् । हैदराबादबाट शिरडीका लागि छुटेको बस उस्मानाबाद जिल्लामा सडकबाट नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • इजिप्टमा राष्ट्रपतिको चुनाब हुदै

    असार २ – ईजिप्टमा राष्ट्रपति चुनावको दोश्रो चरणको मतदान शनिवार हुँदैछ । मतदान दुई दिनसम्म चल्ने छ । यसअघि भएको चुनावबाट मुस्लिम ब्रदरहुडको दल फ्रिडम एन्ड जस्टिस पार्टीका प्रमुख मोहम्मद मोर्सी र मुबारक शासनकालका प्रधानमन्त्री अहमद सफिक अन्तिम चरणको चुनावका लागि चयन भएका थिए ।

  • डाक्टरको सल्लाहमा आत्महत्या गर्न पाइने

    असार २ – क्यानाडाको सर्वोच्च अदालतले चिकित्सकको सहयोगमा आत्महत्या गर्न पाउने फैसला सुनाएको छ । झण्डै एक वर्षको ढिलाई पछि न्यायाधीस लिन स्मीथले वर्तमान कानून गैरसंवैधानिक भएको ठहर गर्दैै मृत्युको मुखमा पुगेका बिरामीले मृत्यु कुर्नुभन्दा डाक्टरको सहयोगमा मृत्यु वरण गर्न सक्ने फैसला सुनाउनुभएको हो ।

  • प्रणव मुखर्जीलाई राष्ट्रपति उम्मेद्वार बनाउने काँग्रेसको घोषणा प्रणव मुखर्जीलाई राष्ट्रपति उम्मेद्वार बनाउने काँग्रेसको घोषणा

    असार १ – भारतमा सत्तारुढ काँग्रेस गठबन्धनले अर्थमन्त्री प्रणव मुखर्जीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेको छ । सरकारी गठबन्धनको बैठकपछि काँग्रेस (आई) की नेतृ सोनिया गान्धीले मुखर्जीको नाम राष्ट्रपतिको उम्मेदवारका लागि घोषणा गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

  • इजिप्टमा राजनीतिक संकट गहिरिँदै

    असार १ – अदालतले संसदीय चुनाव रद्द गरेपछि ईजिप्टमा राजनीतिक संकट गहिरिँदै गएको छ । अदालतले अघिल्लो वर्ष भएको चुनाव रद्द गरी फेरि अर्को चुनाव गर्न आदेश दिएपछि संकट बढेको हो ।

  • भारतीय वृद्धवृद्धा आफ्नै छोराबाट पीडित

    असार १ – भारतीय वृद्धवृद्धा आफ्नै छोराबाट बढी पीडित हुने गरेको एक सर्वेक्षणले देखाएको छ । हेल्प एज ईन्डियाले गरेको सर्वेक्षणमा ५६ प्रतिशत वृद्धवृद्धालाई आफ्नै छोराले सताउने गरेको पाईएको हो । २३ प्रतिशत भने बुहारीबाट पीडित बन्ने गरेका छन् ।

  • स्टिल प्लान्ट विस्फोटमा १६ जनाको ज्यान गयो

    जेठ ३२ – भारतको विशाखापट्टनममा रहेको सरकारी स्टिल प्लान्टमा बुधवारराती भएको विष्फोटमा परी १६ जनाको ज्यान गएको छ । २० जना गम्भीर घाईते भएका छन् । राष्ट्रिय ईस्पात निगम लिमिटेडमा अक्सिजन नियन्त्रण ईकाईमा परिक्षण भईरहेका बेला विष्फोट भएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

  • आङ्गसान सुकी स्वीटजरल्याण्डमा

    जेठ ३२ – म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङ्ग सान सुकी २ हप्ता लामो युरोप भ्रमणका क्रममा स्वीटजरल्याण्डको जेनेभा पुग्नुभएको छ । सुकी स्वीटजरल्याण्डबाट बेलायत, आयरल्याण्ड, फ्रान्स र नर्वे पुग्ने कार्यक्रम छ ।

  • म्यानमारबाट भागेकालाई बंगलादेशले शरण दिएन

    जेठ ३१ – हिंसा मच्चिएपछि देश छोडेर भागेका म्यानमारका नागरिकलाई शरण दिन बंगलादेशले अस्वीकार गरेको छ । शरण खोज्दै बंगलादेश जान खोजेकाहरुलाई बंगलादेशको तटीय र सीमा सुरक्षामा खटिएका प्रहरीले फिर्ता पठाएको छ ।

  • सिरिया गृहयुद्धको संभावना बढ्यो : राष्ट्रसंघ

    जेठ ३१ – संयुक्त राष्ट्र संघले सिरिया गृहयुद्धको अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेको छ । सिरियामा श्रृखंलाबद्ध आक्रमण भइरहेकाले गृह युद्धको सम्भावना बढेर गएको राष्ट्र संघको भनाई छ । राष्ट्रसंघ कार्यालयको शान्ति अभियानका प्रमुख हर्ब लेडसोसले सिरियाका धेरैजसो भाग सरकारको नियन्त्रण भन्दा बाहिर भएको बताउनुभएको छ ।

  • आफ्ना कर्मचारी मुक्त गर्न लिबियालाई आईसीसीको आग्रह

    जेठ ३१ – अन्तर्राष्ट्रिय अपराध अदालत आईसीसीले लिबियाको नियन्त्रणमा रहेका आफ्ना ४ जना कर्मचारीलाई मुक्त गर्न आग्रह गरेको छ । आइसीसीको एक टोलीले लिबियाको जिन्तान शहरमा विद्रोहीको नियन्त्रणमा रहेका आफ्ना सहकर्मीसंग भेट गरी उनीहरुलाई मुक्त गर्न लिबियासंग आग्रह गरेका हुन् ।

  • टोकियो विदेशीहरुका लागि सबैभन्दा महंगो शहर टोकियो विदेशीहरुका लागि सबैभन्दा महंगो शहर

    जेठ ३० – जापानको राजधानी टोकियो विदेशीहरुका लागि सबैभन्दा महंगो शहर भएको छ । मर्सर नामको कन्सल्टेन्सीले विश्वका दुई सय शहरमा भाउको तुलना सहित गरेको अध्ययनमा जापानको टोकियो विश्वकै महंगो शहरका रुपमा पाइएको हो ।

  • अमेरिकाले ७ देशको आर्थिक प्रतिबन्ध हटायो

    काठमाडौ, जेठ ३० – अमेरिकाले भारत लगायतका ७ देशमाथि लगाएको कडा आर्थिक प्रतिबन्ध हटाएको छ । ईरानबाट तेलको आयातमा कमी गरेको भन्दै अमेरिकाले भारत, मलेशिया, दक्षिण कोरिया, श्रीलंका, टर्की र ताईवानमाथि लगाएको प्रतिबन्ध हटाएको हो ।

  • अमेरिका र पाकिस्तानको वार्ता स्थगित

    जेठ ३० – अमेरिकाले अफगानिस्तानमा कार्यरत नेटो सेनाका लागि आपूर्ति मार्ग खोल्ने विषयमा पाकिस्तानसंग भईरहेको वार्ता स्थगित गरेको छ । वार्ताका लागि पाकिस्तानमा रहेका केही अमेरिकी अधिकारीहरुले इस्लामावाद छोडिसकेका छन् भने केही छिटै फर्किने अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

  • लुटेरा समूहद्वारा २७ जनाको हत्या

    जेठ ३० – नाइजेरियामा सशस्त्र लुटेरा समूहले २७ जनाको हत्या गरेको छ । ८० जनाको समूहले उत्तरी नाइजेरियाको जामफारा राज्यमा पर्ने दान गुल्बी र गुरु गाउँमा आक्रमण गरी २७ जनाको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

  • फ्रान्सको संदीय चुनाबमा समाजवादी गठबन्धनको बहुमत

    जेठ २९ – फ्रान्समा संसदीय चुनावको पहिलो चरणको मतदानमा राष्ट्रपति फ्रान्स्वा होल्याण्डको समाजवादी गठबन्धनले बहुमत ल्याएको छ । संसदीय चुनावको पहिलो चरणमा समाजवादी गठबन्धनले ४६ प्रतिशत मत ल्याएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

  • भारत र पाकिस्तानको रक्षासचिव स्तरिय बैठक बस्दै

    जेठ २९ – सियाचिन ग्लेसियर क्षेत्रमा सेना राख्ने कि नराख्ने भन्ने विषयमा सोमबार भारत र पाकिस्तानबीच  छलफल हुँदैछ । पाकिस्तानको राजधानी इस्लामावादमा सुरु हुने रक्षा सचिव स्तरीय बैठकमा सम्बन्ध सुधार र दुई देशका अरु मुद्दाका विषयमा पनि छलफल हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • नेपोलियनको चिठी ४ लाख डलरमा बिक्री

    जेठ २९ – फ्रान्सका सम्राट नेपोलीयन बोनापार्टले लेख्नुभएको एक चिठ्ठी चार लाख डलरमा बिक्रि भएको छ । बिक्रिका लागि राखिएको यो चिठ्ठी अनुमानित रकम भन्दा पाँच गुणा बढी रकममा बिक्रि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • सिरियामा सैन्य हस्तक्षेप प्रस्तावको रुसद्वारा विरोध सिरियामा सैन्य हस्तक्षेप प्रस्तावको रुसद्वारा विरोध

    जेठ २८ – रुसले सिरियामा सैन्य हस्तक्षेप प्रस्तावको विरोध गरेको छ । सयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा सिरिया सरकार विरुद्ध सैन्य कारवाही गर्न भइरहेको प्रयासको रुसी विदेशमन्त्री सर्गेई लाभारोभले विरोध गर्नुभएको हो ।

  • बढ्दैछ सम्बन्ध बिच्छेद बढ्दैछ सम्बन्ध बिच्छेद

    जेठ २८ – भारतमा सम्बन्ध बिच्छेदका घटना तिव्र रुपमा बढेको एक अध्ययनले देखाएको छ । भारतको कुल जनसंख्यामा सम्बन्ध विच्छेदको प्रतिशत एक दशमलब एक रहेको छ । राष्ट्रिय स्तरमा गएको ५/ ६ वर्षमा सम्बन्ध विच्छेदको दर शतप्रतिशत बढेको छ ।

  • चाईल्ड पोर्नोग्राफीमा संलग्न गिरोहका १ सय ९० पक्राउ

    जेठ २७ – अमेरिकाले बालबालिकाका अश्लील सामाग्री बनाउने अर्थात चाईल्ड पोर्नोग्राफीमा संलग्न गिरोहका १ सय ९० जनालाई पक्रेको छ । अमेरिका, यूरोप र एशियाबाट उनीहरुलाइ गिरफतार गरिएको बिबिसीले जनाएको छ ।

  • सिरियामाथि स्वीटजरल्याण्डको कडा प्रतिबन्ध

    जेठ २७ – बढ्दो हिंसा रोक्न सिरियाली सरकारलाई दबाब दिने उद्देश्यले स्वीटजरल्याण्डले सिरियामाथिको प्रतिबन्ध कडा पारेको छ । सिरियाको केन्द्रिय र अरु साना बैंकलाई लक्षित गरी लगाईएको प्रतिबन्ध अनुसार सिरियाको केन्द्रीय बैंकले स्वीटजरल्याण्डमा रहेका सबै सम्पत्ति रोक्न गरीने छ भने सरकारी ऋणपत्रको कारोबारलाई अस्वीकार गरिनेछ ।

  • दिनमा एकजना अमेरिकी सेनाको आत्महत्या

    जेठ २७ – यो वर्ष अमेरिकी सेनामा आत्महत्याको दर बढेको एक तथ्यांकले देखाएको छ । अमेरिकी रक्षा मन्त्रालयको तथ्यांक अनुसार आत्महत्याको दर औसतमा दिनमा एउटा रहेको पाईएको छ । यो वर्षको जुन सम्म आत्महत्या गर्ने सैनिकको संख्या १ सय ५४ रहेको छ ।

  • बम आक्रमणमा परी पाकिस्तानमा कम्तीमा १९ को मृत्यु

    जेठ २६ – पाकिस्तानको पेशावर शहरमा बम आक्रमणमा परी कम्तीमा १९ जनाको ज्यान गएको छ । अरु ४२ जना घाईते भएका छन् । मारिनेमा ६ जना महिला र एक बालिका छन् ।

  • पेरुमा पर्यटक चढेको हेलिकप्टर बेपत्ता

    जेठ २६– दक्षिणी पेरुमा पर्यटक चढेको एक हेलिकोप्टर बेपत्ता भएको छ । अस्ति बेलुका अमेजनबाट उडेको हेलिकोप्टर अवतरण भए/नभएको जानकारी पाउन नसकिएको अधिकारीहरुले बताएका छन् ।

  • पाकिस्तानमा ड्रोन आक्रमण बढेकोमा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको चिन्ता

    जेठ २६– पाकिस्तानमा ड्रोन आक्रमण बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नभि पिल्लेले चिन्ता व्यक्त गर्नुभएको छ । चरमपन्थी समूहलाई समाप्त पार्न भन्दै भइरहेको ड्रोन आक्रमणको अभियान अन्तर्राष्ट्रिय कानुन विपरित रहेको उहाँको भनाई छ ।

  • चीनको धार्मिक विद्यालयमा विस्फोट, १७ जना घाइते

    जेठ २५– चीनको सिन्जियाङ्ग प्रान्तको एक धार्मिक विद्यालयमा विष्फोट हुँदा १२ जना बालबालिका सहित १७ जना घाईते भएका छन् । गैरकानुनी ढंगले सञ्चालन भइरहेका स्कुलमा प्रहरीले छापा मार्ने क्रममा बिस्फोट भएको बिबिसीले जनाएको छ ।

  • यहुदी बस्तीमा ३ सय भवन बनाउन आदेश

    जेठ २५– इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले विवादित पश्चिमी किनारको यहुदी बस्तीमा ३ सय नयाँ भवन निर्माण गर्न आदेश दिनुभएको छ । ईजरायली संसदले विवादित क्षेत्रमा पुर्नस्थापनाको प्रयासलाई बैधता दिने विधेयक खारेज लगत्तै प्रधानमन्त्रीले त्यस्तो आदेश दिनुभएको हो ।

  • एयर इन्डियामा सय जना नयाँ पाइलट नियुक्तिको तयारी

    जेठ २५– भारत सरकारले सरकारी ध्वजावाहक विमान कम्पनी एयर ईन्डियामा १ सय जना भन्दा बढी नयाँ पाईलट नियुक्तिको तयारी गरेको छ । पाईलटहरु आन्दोलनमा उत्रिएपछि एयर ईन्डियाले एक महिनादेखि सेवा दिन सकेको छैन ।

  • सिरियामा फेरि ८० जनाको हत्या

    जेठ २५ – हिंसात्मक घटनामा एक सय जना भन्दा बढीको ज्यान गएको २ हप्ता बित्न नपाउँदै सिरियामा फेरी ८० जना भन्दा बढीको हत्या भएको छ । हामा प्रान्तमा सरकार समर्थित सुरक्षा बलले महिला र बालबालिका सहित कम्तीमा ८६ जनाको हत्या गरेको अधिकारवादीहरुले बताएका छन् ।

  • भारतद्वारा जमिनबाट आकाशमा मार हान्ने मिसाइलको सफल परीक्षण भारतद्वारा जमिनबाट आकाशमा मार हान्ने मिसाइलको सफल परीक्षण

    जेठ २४ – भारतले जमिनबाट आकाशमा मार हान्न सक्ने मिसाइलको सफल परीक्षण गरेको छ । बुधबार उडिसाको चन्दीपुरबाट देशमै निर्माण भएको आकाश नामक एयरफोर्स भर्जन मिसाइलको सफल परीक्षण गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • सार्वजनिक ठाउँमा हुने प्रदर्शन रोक्ने रुसको तयारी सार्वजनिक ठाउँमा हुने प्रदर्शन रोक्ने रुसको तयारी

    जेठ २४ – रुसको तल्लो सदनले सार्वजनिक रुपमा रुपमा हुने र्‍याली र प्रदर्शनमाथि प्रतिबन्ध कडा बनाउने सम्बन्धि विवादास्पद विधेयक स्वीकृत गरेको छ । नयाँ बिधेयकले प्रदर्शनकारीलाई कानून उल्लंघन गरेको आरोपमा तिराईने जरिवानाको राशी बढाएको छ ।

  • भारतसँग भन्दा पाकिस्तानसँग हतियार धेरै

    जेठ २३ - भारतसँग भन्दा पाकिस्तानसँग धेरै हतियार रहेको पाइएको छ । स्वीडेनको स्टकहोम ईन्टरनेशनल पिस रिसर्च ईन्ष्टिच्यूट सिपराले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा भारतसँग ८० देखि सय र पाकिस्तानसँग ९० देखि १ सय १० वटा परमाणु हतियार रहेको उल्लेख छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया