MENU
ujyaalo forign call inside

अन्तर्राष्ट्रिय

  • विद्यालयको खाजाघरमा जंक फुड र पेय पदार्थ प्रतिबन्ध

    बैशाख २३– भारतमा विद्यालयहरुमा सञ्चालित खाजा घरमा तयारी खाद्य पदार्थ अर्थात जंक फुड र कोकाकोला प्रकृतिका पेय पदार्थको बिक्रीमा रोक लगाईने भएको छ । स्कुले बालबालिकामा बढ्दो स्वास्थ्य समस्याप्रति ध्यान दिंदै स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विद्यालयहरुमा जंक फुड र कार्बोनेटेड पेय पदार्थमा प्रतिबन्ध लगाएको हो ।

  • यस्तो थियो ओबामालाई मार्ने लादेनको योजना यस्तो थियो ओबामालाई मार्ने लादेनको योजना

    बैशाख २२ – अलकायदाका नेता ओसामा बिन लादेनले अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा अमेरिकी सेनाका जनरल डेबिड पेट्रियसको हत्या योजना बनाएको खुलासा भएको छ । अमेरिकी सेनाले जारी गरेको दस्तावेजका अनुसार लादेनले ओबामाको हत्या गर्न इलियास कश्मिरीलाई सुपारी दिएका थिए ।

  • अन्ना हजारे माथिको रिट भारतीय सर्वोच्च अदालतद्वारा खारेज अन्ना हजारे माथिको रिट भारतीय सर्वोच्च अदालतद्वारा खारेज

    बैशाख २२ – भारतीय सर्वोच्च अदालतले नागरिक अगुवा अन्ना हजारे र उनका सहयोगी विरुद्ध परेको रिट खारेज गरेको छ । हजारे र उनका सहयोगीमाथि गतवर्ष लोकपाल बिधेयकको विरोध गर्दा भारतीय राष्ट्रिय झण्डाको अपमान गरेको आरोप लागेको थियो ।

  • सूर्यको प्रकाशका कारण एशियाली विद्यार्थीमा आँखाको समस्या

    बैशाख २२– सूर्यको प्रकाशको कमीका कारण एशियाली देशहरुमा नजिकको वस्तु नदेख्ने समस्या बढिरहेको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको नेशनल युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको अध्ययनले एशियाली शहरका विद्यार्थीमा यस्तो समस्या देखाएको हो ।

  • रुसमा भएको विस्फोटमा ८ जनाको मृत्यू

    बैशाख २२– रुसको दागिस्तानमा भएको बिस्फोटमा कम्तीमा ८ जनाको ज्यान गएको छ । २० जना गम्भीर घाईते भएका  छन् । रुसी राजधानीको एक प्रहरी चौकीमा आक्रमण भएको अन्तर्राष्टिय संचार माध्यमले जनाएका छन । बिस्फोटको कारण पत्ता लागेको  छैन ।

  • अमेरिकी राष्ट्रपतिमा ओबामा र रोमनीबीच प्रतिस्पर्धा हुने संभावना

    बैशाख २१–अमेरिकामा आगामी नोबेम्बरमा हुने राष्ट्रपति चुनाबको लागि रिपब्लिकन पार्टीबाट उम्मेद्वारको सूचिमा रहेका न्युट गिंग्रिचले आफ्नो चुनाबी दौड अन्त्य गर्नुभएको छ । तर उहाँले आफ्नो पार्टीका संभावित उमेदवार मिट रोमनीलाई अहिलेसम्म खुल्ला समर्थन भने गर्नु भएको छैन् ।

  • अलकायदा बिरुद्धको कारवाही लक्ष्य नजिकः ओवामा अलकायदा बिरुद्धको कारवाही लक्ष्य नजिकः ओवामा

    बैशाख २० – अमेरिकी राष्ट्रपति बाराक ओबामले अतंकवादी संगठन अलकायदा विरुद्धको कारवाही लक्ष्य नजिकै पुगेको बताउनुभएको छ । अफगानिस्तानमा अमेरिकी नागरिकलाई संवोधन गर्दै ओबामाले आफूले चाँडै नै अफगानिस्तान युद्धको अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

  • तालिबानको बम आक्रमणमा नेपालीको मृत्यू

    बैशाख २०– अफगानिस्तानमा विद्रोही समूह तालिबानले बुधवार गरेको आत्मघाती आक्रमणमा एकजना नेपाली सुरक्षा गार्डको ज्यान गएको छ । जलालाबादमा भएको आक्रमणमा वेलायती सेनामा काम गर्ने नेपालीको ज्यान गएको अन्तरष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • अमेरिका र अफगानिस्तानवीच सामरिक सम्झौतामा हस्ताक्षर

    बैशाख २०– अमेरिका र अफगानिस्तानबीच महत्वपुर्ण सामरिक सम्झौतामा हस्ताक्षर भएको छ । आफ्नो अघोषित अफगान भ्रमणको लागि अचानक काबुल पुगेका अमेरिकी राष्ट्रपति बराक ओवामा र अफगान राष्ट्रपति हमिद कारजाईवीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

  • मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक लागू

    बैशाख १९ – मलेसियामा सरकारले श्रमिकका लागि पहिलो पटक न्यूनतम पारिश्रमिक लागू गरेको छ । गरीब परिवारका समस्या मध्य नजर गर्दै सरकारले न्यूनतम पारिश्रमिक लागू गरेको बीबीसीले जनाएको छ ।

  • ब्रम्हपुत्र नदीमा डुंगा पल्टिँदा सयको मृत्यु, सय वेपत्ता

    बैशाख १९ - भारत असमको ढुबरी जिल्लामा ब्रम्हपुत्र नदीमा डुंगा पल्ंिटदा १ सय भन्दा बढी यात्रुको ज्यान गएको छ । १ सय भन्दा बढी हराईरहेका छन् । ज्यान गुमाउनेमा महिला र बालबालिका बढी छन् । ५० जना भन्दा बढी पौडिएर बाँच्न सफल भएका छन् ।

  • नाइजेरियाको प्रार्थना स्थलमा गरिएको आक्रमणमा २१ को मृत्यू

    बैशाख १८–  उत्तरी नाईजेरियामा बन्दुकधारीले ईसाई समुदायलाई लक्षित गरी गरेको आक्रमणमा कम्तिमा २१  जनाको ज्यान गएको छ । आक्रमणकारीले विभिन्न प्राथना स्थलमा आक्रमण गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

  • भारतीय जनता पार्टीका पूर्व अध्यक्षलाई ४ वर्ष कैद

    बैशाख १६– भारतको विशेष अदालतले भारतीय जनता पार्टीका पुर्व अध्यक्ष बंगारु लक्ष्मणलाई  भ्रष्टाचार मुद्दामा ४ बर्षको कैद र १ लाख रुपैया जरिवानाको फैसला सुनाएको छ । शुक्रवार सीवीआईको विशेष अदालतले लक्ष्मणलाई यो मुद्दामा दोषी ठहर गरेको थियो ।

  • चीनमा सरकार विरोधी कार्यकर्ता नजरबन्दबाट भागे

    बैशाख १६ - चीनमा आफ्नै घरमा नजरबन्दमा रहेका एक जना सरकार विरोधी कार्यकर्ता भागेका छन् । दृष्टिविहीन ४० वर्षिय चेन ग्वाङचेङले नजरबन्दबाट भागेर अमेरिकी दुतावासमा शरण लिएको बिबिसीले जनाएको छ । उहाँ सांगडोंग प्रान्तको डोंगशिगु शहरमा नजरबन्दमा हुनुहुन्थ्यो ।

  • पाकिस्तानी प्रधानमन्त्रीले पद नछाड्ने

    बैशाख १५– अदालतको अवहेलना मुद्दामा सर्वोच्व अदालतले दोषी ठहर गरेका पाकिस्तानका प्रधानमन्त्री यूसुफ रजा गिलानीले पद नछाड्ने बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला पछि पहिलोपटक संसदलाई संबोधन गर्दै गिलानीले संसदले मात्रै आफूलाई हटाउन सक्ने भन्दै पद नछाड्ने बताउनुभएको हो ।

  • ३० प्रतिशत भारतीय महिलाको सानैमा विवाह

    बैशाख १५– भारतका सयमा ३० जना महिलाको सानै उमेरमा विवाह हुने गरेको छ । युनिसेफले गरेको एक अध्ययनमा भारतका सयमा ३० जना महिलाको १५ देखि १९ वर्षको उमेरमै विवाह हुने गरेको देखिएको हो ।

  • बिन लादेनका परिवारलाई साउदी अरव पठाइयो

    बैशाख १५ - पाकिस्तानले आतंकबादी संगठन अल कायदाका पुर्व प्रमुख ओसामा विन लादेनका परिवारलाई साउदी अरव पठाएको छ । अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार लादेनका ३ जना पत्नी र ११ जना छोराछोरीलाई साउदी अरव पठाइएको हो । कडा सुरक्षाकाबीच उनीहरुलाई एउटा मिनी बसमा राखेर इस्लामाबाद अन्तराष्ट्रिय विमानस्थल हुदै विशेष विमान मार्फत साउदी अरव लगिएको हो ।

  • अदालतको अपहेलना मुद्दामा पाकिस्तानी प्रधानमन्त्री दोषी ठहर

    बैशाख १४ - पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री युसुफ रजा गिलानीलाई अदालतको अवहेलना मुद्धामा दोषी ठहर गरेको छ । अदालतको अवहेलनाका लागि ६ महिना जेल हुने व्यवस्था छ । तर अदालतले उहाँलाई जेल हाल्नु नपर्ने फैसला गरेको छ । मुद्धामा सुनुवाईका क्रममा न्यायाधीशका सामु उपस्थित भएको समय नै गिलानीका लागि सजाय हुने अदालतले स्पष्ट गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

  • लिबियामा धर्म र जातिमा आधारित राजनीतिक दलमाथि प्रतिबन्ध

    बैशाख १४ - लिबिया सरकारले धर्म र जातिमा आधारित भई खोलिएका राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रिय हित र एकतालाई ध्यानमा राखी प्रतिबन्ध घोषणा गरिएको राष्ट्रिय अन्तरिम परिषदले दावी गरेको छ । जाति र धर्मलाई प्राथमिकतामा राख्ने दलहरुको सहभागीतामा नयाँ सरकार गठन हुन र नयाँ संविधान लेख्न कठिन हुने परिषदको भनाई छ ।

  • पत्नीसँग आइन्सटाइनको सम्बन्ध तनावपूर्ण

    बैशाख ११ - भौतिक शास्त्रका सर्वश्रेष्ठ बैज्ञानिक अल्वर्ट आइन्सटाइनको निजी जिन्दगी तनाबपुर्ण रहेको एक लेखकले खुलासा गरेका छन् । लेखक वाल्टर इसाक्सनले आफ्नो किताव    आइन्स्टाइन-हिज लाइफ एण्ड युनिभर्समा आफ्नो निजी जिन्दगी सफल पार्न आइन्सटाइनले धेरै प्रयास गरेको तर सधै असम्भव भएको उल्लेख गरेको बिबिसीले जनाएका छ ।

  • पाकिस्तानद्वारा क्षेप्यास्त्रको सफल परिक्षण

    बैशाख १३ - पाकिस्तानले परमाणु हतियार बोक्न सक्ने क्षेप्यास्त्र हल्फ ४ को सफल परिक्षण गरेको छ । वुधवार विहान परिक्षण गरिएको यो क्षेप्यास्त्रले पाकिस्तानी मिसाइल सिस्टमलाई थप बलियो बनाएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाले हल्फ ४ ले कति टाढासम्म मार हान्न सक्छ भन्ने जानकारी गराएको छैन ।

  • युरोपमा मुस्लिममाथि भेदभाव

    बैशाख १३– मानवअधिकारवादी संगठन एमनेष्टी ईन्टरनेशनले मुस्लिम समुदायका नागरिकमाथि युरोपमा भेदभाव हुने गरेको भन्दै चिन्ता व्यक्त गरेको छ । आफ्नो पछिल्लो प्रतिवेदनमा एमनेष्टीले पारम्परिक भेषभुषाका कारण मुसलमानहरुलाई शिक्षा र व्यवसायमा कम अवसर दिईने गरेको दावी पनि गरेको छ ।

  • फ्रान्सको राष्ट्रपतिमा सार्कोजीको कडा प्रतिस्पर्धा

    बैशाख ११ - फ्रान्सका वर्तमान राष्ट्रपति निकोलस सार्कोजीले दोश्रो चरणको राष्ट्रपती चुनावमा कडा प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । आइतवार भएको पहिलो चरणको चुनावमा २७ प्रतिशत मत पाउँदै दोश्रो भएका सार्कोजीले बैशाख २४ गते हुने दोश्रो चरणको चुनावमा सोसलिष्ट उम्मेदवार फ्रान्स्वाँ होलेण्डसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • सिरियामा राष्ट्रसंघले ३ सय पर्यवेक्षक पठाउने

    बैशाख १० - संयुक्त राष्ट्रसंघले सिरियामा युद्ध विरामको अनुगमनका लागि ३ सय जना पर्यवेक्षक पठाउने भएको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले पर्यवेक्षक पठाउने प्रस्ताव शनिवार राती सर्वसम्मतीले पारित गरेको विबिसीले जनाएको छ । पर्यवेक्षकहरु ३ महिनासम्म सिरियामा रहने छन् ।

  • जी ट्वान्टीले आइएमएफलाई ४ सय ३० अर्ब डलर सहयोग गर्ने

    बैशाख ९ – विश्वका धनी २० वटा देशको समूह जी ट्वान्टीले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफलाई ४ सय ३० अरब अमेरिकी डलर सहयोग गर्ने भएको छ । अमेरिकाको राजधानी वासिङ्टनमा चलिरहेको जी ट्वान्टीका अर्थमन्त्रीहरुको बैठकले ऋण दिने क्षमता दोब्बर बढाउन आइएमएफलाई सहयोग गर्ने निर्णय गरेको हो ।

  • पाकिस्तानमा बिमान दुर्घटना, १ सय २७ को मृत्यु

    काठमाडौं, बैशाख ८, पाकिस्तानमा भोज एयरको एउटा यात्रुवाहक बिमान दुर्घटना भएको छ । दुर्घटनामा परेर १ सय २७  जनाको ज्यान गएको पाकिस्तानी अनलाईन मिडियाहरुले जनाएका छन् ।

  • शरणार्थी नेपालीलाई स्वेदश नफर्काउन प्रदर्शन शरणार्थी नेपालीलाई स्वेदश नफर्काउन प्रदर्शन

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम, बैशाख ८ – शरणार्थीका रुपमा बेल्जियममा लामो समयदेखि बस्दै आएका पुस्ता पाण्डेलाई नेपाल नफर्काउन अनुरोध गर्दै लुवेनमा नेपालीहरूले विरोध प्रदर्शन गरेका छन् ।

  • भारतीय माओवादीद्वारा सांसदलाई जनअदालतमा पेश

    बैशाख ८ – भारतीय माओवादीले आफ्ना माग सरकारले गम्भीरताका साथ नलिएको भन्दै आफ्नो नियन्त्रणमा रहेका सांसद झिना हिकाकालाई आफनो अदालतमा पेश गरेको छ । उडिसाको कोरापुट जिल्लामा पर्ने नारायण पटना क्षेत्रको जंगलमा जनअदालत बनाई सांसद झिना हिकाकाको बारेमा स्थानीय बासिन्दाको राय लिईएको छ ।

  • कुखुराले अण्डा बिना नै चल्ला जन्माएपछि

    बैशाख ७ - कुखुराले अण्डा बिना नै चल्ला जन्माउँछ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर श्रीलंकामा एउटा पोथी कुखुराले अण्डा बिना नै चल्ला जन्माएर सवैलाई आश्चर्यमा पारेको छ । श्रीलंकाको पहाडी क्षेत्रमा बसोबास गर्दै आएका रञ्जित एकानायकेले घरमा पालेको कुखुराले चल्ला जन्माएको हो ।

  • संसद भवनको स्क्रिनमा युवतीको नांगो फोटो देखिएपछि

    बैशाख ७ - थाईल्याण्डमा अश्लिल तस्विरका कारण संसद अवरुद्ध भएको छ । संविधान संशोधनबारे बहस चलिरहेका बेला संसदमा राखिएको ठूलो स्क्रिनमा निर्वस्त्र युवतीको कामोत्तेजक तस्विर बारम्बार आएपछि केही समयका लागि संसद बैठक अवरुद्ध भएको बिबिसीले जनाएको छ । अश्लिल तस्विर आएपछि सांसदहरुले आपत्ति जनाएका थिए भने मोनिटर बन्द गरेर त्यसबारे छानवीन शुरु गरेपछि संसद बैठक शुरु भएको थियो ।

  • यौनकाण्डमा संलग्न तीन अमेरिकी गुप्तचर बर्खास्त

    बैशाख ७ – यौनकाण्डमा संलग्न अमेरिकी गुप्तचर विभागका तीन जना सदस्यलाई पदबाट हटाईएको छ । यसै हप्ता भएको अमेरिकी राष्ट्रपति बाराक ओबामाको कोलम्बिया भ्रमणका बेला सुरक्षामा खटिएका प्रहरीहरु यौन दुराचारको मामलामा दोषी देखिएपछि पदबाट हटाईएको हो ।

  • भारतद्वारा शक्तिशाली लामो दुरीको मिसाइलको परीक्षण

    बैशाख ७ – भारतले अहिलेसम्मकै शक्तिशाली लामो दूरीको मिसाईल अग्नी ५ को परिक्षण उडान गरेको छ । स्थानिय समय अनुसार बिहीबार बिहान ८ बजेर ५ मिनेटमा उडिसाको व्हिलर द्विपबाट परिक्षण उडान गरिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

  • भारतमा पेट्रोलको भाऊ बढाउन दबाब

    बैशाख ६ – भारतीय तेल कम्पनीहरुले पेट्रोलको भाउ बढाउन या घाटाको क्षतिपूर्ति दिन सरकारलाई चेतावनी दिएका छन् । पेट्रोलको भाउ बढाउन अनूमतिका लागि सरकारले ढिलाई गरेपछि तेल कम्पनीहरुले यस्तो चेतावनी दिएका हुन् । कम्पनीहरुले पेट्रोलको भाउ तिटरमा ८ रुपैंया ४ पैसा बढाउन प्रस्ताव गरेका छन् ।

  • विश्वबैङ्कको अध्यक्षमा कोरियनमूलका अमेरिकी स्वास्थ्य विशेषज्ञ

    बैशाख ५ – कोरियन मूलका अमेरिकी स्वास्थ्य विशेषज्ञ जिम योङ्ग किम विश्व बैंकको नयाँ अध्यक्ष चुनिनुभएको छ । विश्व बैंकको निर्देशक मण्डलले अमेरिकाको तर्फबाट प्रस्तावित जिमलाई नयाँ अध्यक्ष चयन गरेको हो ।

  • अफगानिस्तानमा दोश्रो दिनपनि भिडन्त

    बैशाख ४ – अफगानिस्तानको राजधानी काबुलमा तालिबान लडाकूले शुरु गरेको भीषण आक्रमण दोश्रो दिन सोमबार पनि चलिरहेको छ । तालिबान लडाकूले राष्ट्रसंघको कार्यालय, विदेशी कुटनीतिक नियोगका कार्यालय, नेटो सेनाको मुख्यालय लगायतका ठाउँमा आक्रमण गरेका छन् ।

  • पञ्जाबमा भवन भत्किँदा मजदुरको ज्यान गयो

    बैशाख ४ – भारत पंजाबको जालन्धरमा एक भवन भत्किँदा एक मजदुरको ज्यान गएको छ भने झण्डै एक दर्जन मजदुर वेपत्ता भएका छन् । भारतीय संचार माध्यमले एक मजदुरको ज्यान गएको र केही घाईते समेत भएको बताएका छन् ।

  • अफगानिस्तानमा तालिबान लडाकूको भीषण आक्रमण अफगानिस्तानमा तालिबान लडाकूको भीषण आक्रमण

    बैशाख ३ – अफगानिस्तानको राजधानी काबुलमा तालिबान लडाकूले भीषण आक्रमण गरेका छन् । तालिबान लडाकूले राष्ट्रसंघको कार्यालय, विदेशी कुटनीतिक नियोगका कार्यालय, नेटो सेनाको मुख्यालय लगायतका ठाउँमा आक्रमण गरेका छन् ।

  • पाकिस्तानी जेलबाट ४ सय कैदी फरार

    बैशाख ३ – अफगानिस्तानको सीमा नजिक पर्ने पाकिस्तानको एक जेलबाट झण्डै ४ सय जना कैदी भागेका छन् । हिंसा प्रभावित खैबर पख्तुन्ख्वाको बन्नु शहरमा रहेको केन्द्रीय जेलमा तालिवानी लडाकुले आक्रमण गरेर झण्डै ४ सय कैदीलाई भगाएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

  • ईजिप्टमा १० जना प्रत्यासीलाई राष्ट्रपतिको चुनाव लड्न रोक

    बैशाख ३ - ईजिप्टमा राष्ट्रपति पदका १० जना प्रत्याशीलाई चुनाव अधिकारीहरुले चुनावमा भाग लिन रोक लगाएका छन् । चुनावमा सहभागी हुनबाट बन्चित हुनेमा पूर्व गुप्तचर विभाग प्रमुख ओमार सुलेमान, मुस्लिम ब्रदरहुडका खैरात अल सातेर, रुढीबादी नेता सलाफी हाजेम सलाह अबु ईस्माईल र प्रतिपक्षी नेता आयमन नुर लगायत छन् ।

  • विश्वका ६ शक्तिशाली राष्ट्र र ईरानबीच परमाणु वार्ता शुरु

    बैशाख २ – संसारका ६ वटा शक्तिशाली देश र ईरानबीच ईरानको परमाणु कार्यक्रमबारे छलफल शुरु भएको छ । १५ महिना अवरुद्ध भएको वार्ता टर्कीको राजधानी ईस्तानबुलमा शुरु भएको हो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया