MENU
ujyaalo forign call inside

अन्तर्राष्ट्रिय

  • बर्मामा आमनिर्वाचन निश्पक्ष हुनेमा आशंका

    चैत १० – बर्मामा विपक्षी उम्मेदवारले आम चुनावमा सत्तारुढ दलले धाँधली गर्न खोजेको आरोप लगाएका छन् । मतदाता नामावलीमा भैरहेको गडबडीले अप्रैलमा हुने चुनाव निष्पक्ष हुनेमा गंभीर आशंका उत्पन्न भएको उनीहरुले बताएका बिबिसीले जनाएको छ ।

  • भारतमा फेरि स्वाईन फ्लू

    चैत १० – भारतमा फेरि स्वाईन फ्लू भेटिएको छ । महाराष्ट्र राज्यको पूणे शहरमा एच वान एन वान भाईरसबाट सात जनाको ज्यान गएको छ । एक हप्ता अघि फैलिएको स्वाईन् फ्लूबाट एक सय जना विरामी परेको र उनीहरुको पूणेका विभिन्न अस्पतालमा उपचार भैरहेको बिबिसीले जनाएको छ ।

  • युवती बलात्कार गर्ने गिरोहका १२ जना पक्राउ युवती बलात्कार गर्ने गिरोहका १२ जना पक्राउ

    चैत ९ – बेलायतमा विगत ६ वर्षदेखि युवती तस्करी गर्ने आपराधिक समूह सञ्चालन गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकाहरुमाथि कम उमेरका युवतीहरुको तस्करी पश्चात बलात्कार गर्ने गरेको आरोप लगाएको छ ।

  • पश्चिम अफ्रिकी देश मालीमा विद्रोही सैनिकद्वारा सत्ता कब्जाको घोषणा पश्चिम अफ्रिकी देश मालीमा विद्रोही सैनिकद्वारा सत्ता कब्जाको घोषणा

    चैत ९ – पश्चिम अफ्रिकी देश मालीमा विद्रोही सैनिकले सत्ता कब्जा गरेको घोषणा गरेको छ । राष्ट्रिय टेलिभिजनमा बोल्दै विद्रोही समूहले राष्ट्रपति अमादाउ तौमानी तुअरलाई अपदस्थ गरेको र मुलुक आफ्नो नियन्त्रणमा आएको घोषणा गरेको हो ।

  • भागवत गीतामाथि रोक लगाउन गरिएको अपील रुसी अदालतद्वारा खारेज भागवत गीतामाथि रोक लगाउन गरिएको अपील रुसी अदालतद्वारा खारेज

    चैत ८ – रुसको एक अदालतले भागवत गीताको रुसी संस्करणमा रोक लगाउन माग गर्दै दायर गरिएको रीट खारेज गरेको छ । यस्तो रीट खारेज गरिएको यो दोश्रो पल्ट हो ।

  • विधायकले अश्लिल भिडियो हेरेपछि.. विधायकले अश्लिल भिडियो हेरेपछि..

    चैत ८ – भारतको कर्नाटका विधानसभाका सांसदले अश्लिल भिडियो हेरेको घटना सेलाउन नपाउँदै गुजरात विधानसभामा पनि अश्लिल भिडियो हेरेको घटनाले हंगामा मच्चिएको छ । विपक्षी काँग्रस पार्टीले भारतीय जनता पार्टीका दुई विधायकले विधानसभाभित्रै अश्लिल भिडियो हेरेको आरोप लगाएका छन् ।

  • अमेरिकाले विना शर्त माफी माग्नु पर्ने पाकिस्तानको माग अमेरिकाले विना शर्त माफी माग्नु पर्ने पाकिस्तानको माग

    चैत ७ – पाकिस्तानको संसदीय सुरक्षा समितिले पाकिस्तानी सुरक्षा निकायमाथि भएको हमलाका लागि अमेरिकाले विना शर्त माफी माग्नु पर्ने माग गरेको छ । समितिले अमेरिकाले माफी माग्नु पर्ने  र आदिवासी ईलाकामा ड्रोन हमला पनि बन्द गर्नुपर्ने प्रस्ताव संसदमा लगेको छ ।

  • पूर्वी टिमोरका राष्ट्रपति चुनावको पहिलो चरणमै पराजित पूर्वी टिमोरका राष्ट्रपति चुनावको पहिलो चरणमै पराजित

    चैत ६ – पूर्वी टिमोरका राष्ट्रपति जोसे रामोस होर्ता राष्ट्रपति चुनावको पहिलो चरणमै पराजित हुनु भएको छ । होर्ताले हार स्वीकार गरि विपक्षी उम्मेद्वारहरुलाई बधाई दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • बिहारले काम गर्न छोडे दिल्लीमा हलचलः नितिश कुमार बिहारले काम गर्न छोडे दिल्लीमा हलचलः नितिश कुमार

    चैत ६ – ‘बिहारका मानिसले एक दिन काम गर्न बन्द गरे भने दिल्लीमा हलचल मच्चिन्छ ।’ यो कुरा हो भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारको । बिहार राज्य स्थापनाको १०० वर्ष पुगेको उपलक्ष्यमा सोमबार दिल्लीमा भएको कार्यक्रममा उहाँले बिहारका नागरिकले दिल्लीको अर्थ व्यवस्थामा ठूलो योगदान पुर्‍याएको दावी गर्नु भयो ।

  • दुई वर्षमा हराएका १ लाख भन्दा बढी बालबालिका खोज्न अदालतको आदेश दुई वर्षमा हराएका १ लाख भन्दा बढी बालबालिका खोज्न अदालतको आदेश

    चैत ४ - भारतीय सर्वोच्च अदालतले पछिल्लो दुई वर्षमा हराएका १ लाख भन्दा बढी बालबालिकाको खोजीका लागि तत्काल उच्चस्तरीय संयन्त्र निर्माणका लागि केन्द्र र राज्य सरकारलाई आदेश दिएको छ । एक गैरसरकारी संस्थाले बालबालिका बेपत्ता हुने क्रम बढेपनि सरकारले चासो नदिएको भन्दै दायर गरेको रिटमा सुनवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

  • १६ अफगानी नागरिकको हत्या गर्ने अमेरिकी सैनिकको नाम सार्वजनिक १६ अफगानी नागरिकको हत्या गर्ने अमेरिकी सैनिकको नाम सार्वजनिक

    चैत ४ – अमेरिकाले १६ अफगानी नागरिकको हत्यामा संलग्न आफ्ना सैनिकको नाम सार्वजनिक गरेको छ । घटनाको एक हप्ता पछि र आरोपित सैनिकलाई सुरक्षित अमेरिका पुर्‍याएपछि रक्षा मन्त्रालयले हवल्दार रोबर्ट वेल्स हत्यामा संलग्न रहेको सार्वजनिक गरेको हो ।

  • बेल्जियममा राष्ट्रिय शोकको घोषणा बेल्जियममा राष्ट्रिय शोकको घोषणा

    चैत ३ – दुई दिन अघि भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बेल्जियम सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । बेल्जियमबाट स्की गर्न स्वीजरल्याण्ड गएका विद्यार्थीहरु चढेको बस दुई दिन अघि दुर्घटना हुँदा २८ जनाको ज्यान गएको थियो ।

  • चीनमा शक्ति संघर्ष, वरिष्ठ नेता पदबाट निश्कासित चीनमा शक्ति संघर्ष, वरिष्ठ नेता पदबाट निश्कासित

    चैत २ – चिनियाँ कम्यूनिष्ट पार्टीले पार्टीका वरिष्ठ नेता बो जीलाई पदबाट हटाएको छ । चोङकिङ्ग नगरका पार्टी प्रमुख बोलाई उहाँको प्रान्तका प्रहरी प्रमुखले अमेरिकी दुतावासमा एक दिन बिताएको विषयमा विवाद बढेपछि पदबाट हटाईएको बिबिसीले जनाएको छ ।

  • खराब सन्तानले पाउँदैनन पुर्ख्यौली सम्पत्ति

    चैत २ – भारतको सर्वोच्च अदालतले कुनै पनि आमाबाबुले आफ्ना खराब सन्तानलाई पुर्ख्यौली सम्पत्तिबाट बञ्चित गर्न सक्ने फैसला गरेको छ । अंशबण्डा सम्बन्धि मुद्दाको फैसला गर्दै अदालतले आफुलाई बेवास्ता गर्ने सन्तानलाई सम्पत्ति दिन आमाबाबु बाध्य नहुने बताएको हो ।

  • १६ जनाको हत्या गर्नेलाई अर्कै देश पठाइयो

    चैत्र २ - अफगानिस्तानमा महिला र बालबालिका सहित १६ जनाको हत्या गर्ने सैनिकलाई अमेरिकी सेनाले कुवेत पठाएको छ । अमेरिकी सैन्य अधिकारीले हत्यामा संलग्न सैनिक माथि अफगानिस्तान बाहिरै मुद्धा चलाईने भएकाले कुवेत लगिएको बताएका छन् ।

  • पाँच वर्षमा साठी करोड ! पाँच वर्षमा साठी करोड !

    चैत १ – भारतको उत्तर प्रदेश राज्यकी पूर्व मुख्यमन्त्री मायावती पाँच वर्षमा झण्डै साठी करोड कमाएर अरबपति भएकी छन् । मायावतीले मुख्यमन्त्री भएको दुई वर्षमा २३ करोड ६४ लाख रुपैयाँ कमाएर आफ्नो सम्पत्ति १ अर्ब, ११ करोड ६४ लाख पुर्‍याएकी छन् ।

  • यात्रुबस दुर्घटनामा २२ स्कूले विद्यार्थी सहित २८ जनाको ज्यान गयो यात्रुबस दुर्घटनामा २२ स्कूले विद्यार्थी सहित २८ जनाको ज्यान गयो

    चैत १ – स्वीटजरल्याण्डमा यात्रुबस दुर्घटना हुँदा चालक सहित २८ जनाको ज्यान गएको छ ।  ज्यान गुमाउनेमा २२ जना बालबालिका छन् । ईटलीको सीमामा भएको दुर्घटनामा अरु २४ जना बालबालिका घाईते भएका छन् ।

  • यात्रुबाहक डुङ्गा डुब्दा बंगलादेशमा २६ जनाको ज्यान गयो यात्रुबाहक डुङ्गा डुब्दा बंगलादेशमा २६ जनाको ज्यान गयो

    फागुन ३० – बंगलादेशमा यात्रुबाहक फेरी डुब्दा २६ जनाको ज्यान गएको छ । अरु २ सय जना हराईरहेका बंगलादेशी अनलाईन द डेली स्टार डट नेटले जनाएको छ ।

  • एउटै व्यक्तिलाई ६ हजार ६० वर्षको जेल सजाय ! एउटै व्यक्तिलाई ६ हजार ६० वर्षको जेल सजाय !

    फागुन ३० – ग्वाटेमालाका एक सैनिकलाई ६ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाईएको छ । सन् १९८२ मा भएको नरसंहारमा २ सय १ जनाको हत्या गरेको आरोपमा सैनिक पेड्रो पिमेन्टेल रायोसलाई ६ हजार ६० वर्षको जेल सजाय सुनाईएको हो ।

  • ईजरायल र प्यालेष्टाईनबीच युद्धविराम ईजरायल र प्यालेष्टाईनबीच युद्धविराम

    फागुन ३० – चार दिन लामो संघर्ष पछि ईजरायल र प्यालेष्टाईनबीच युद्धबिराम भएको छ । ईजिप्टको हस्तक्षेप र मध्यस्थता पछि दुवैपक्ष युद्धबिरामका लागि सहमत भएका हुन् ।

  • आगलागीमा ११ जनाको ज्यान गयो आगलागीमा ११ जनाको ज्यान गयो

    फागुन २९ - टर्कीको राजधानी ईस्तानबुलमा एक निर्माणाधिन सपिङ्ग सेन्टरमा आगलागी हुँदा ११ जनाको ज्यान गएको छ । सपिङ्ग सेन्टर बनाउन टेण्टमा बसिरहेका ११ जना मजदुरको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन ।

  • अमेरिकी सैनिकद्वारा १० अफगानी सर्वसाधारणको गोली हानी हत्या अमेरिकी सैनिकद्वारा १० अफगानी सर्वसाधारणको गोली हानी हत्या

    फागुन २८ – अफगानिस्तानमा एक जना अमेरिकी सैनिकले १० जना सर्वसाधारणको गोली हानी हत्या गरेका छन् । गोली लागेर अरु पाँच जना घाईते भएका छन् ।

  • जापानमा विनाशकारी भुकम्पको एक वर्ष पुरा जापानमा विनाशकारी भुकम्पको एक वर्ष पुरा

    फागुन २८ – जापानमा १५ हजार जना भन्दा बढी मानिसको ज्यान जाने गरी विनाशकारी भुकम्प गएको एक वर्ष पुगेको छ । उत्तरी जापानमा अघिल्लो वर्ष मार्च ११ का दिउँसो पौने ३ बजे ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

  • अखिलेश यादव उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने अखिलेश यादव उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने

    फागुन २७ – समाजवादी पार्टीका युवा नेता भारतको उत्तर प्रदेश राज्यको मुख्यमन्त्री बन्नु हुने भएको छ । समाजवादी पार्टीले ३८ वर्षीय यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

  • हिंसा प्रभावित १५ लाख मानिसलाई तत्काल खाद्यान्न आवश्यकः राष्ट्रसंघ हिंसा प्रभावित १५ लाख मानिसलाई तत्काल खाद्यान्न आवश्यकः राष्ट्रसंघ

    फागुन २७ – राष्ट्रसंघले सिरियाका हिंसा प्रभावित १५ लाख नागरिकलाई तत्काल खाद्यान्नको आवश्यकता रहेको जनाएको छ । सिरियाको हिंसाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र होम्सको बाबा अम्र जिल्लाको भ्रमणपछि राष्ट्रसंघ अधिकारीले राहत सामाग्री उपलब्ध गराउनुपर्ने बताएका हुन् ।

  • होलीमा विषाक्त रंगको प्रयोगका कारण झण्डै दुई सय जना बिरामी होलीमा विषाक्त रंगको प्रयोगका कारण झण्डै दुई सय जना बिरामी

    फागुन २६ – होलीमा विषाक्त रंगको प्रयोगका कारण भारतमा झण्डै दुई सय जना बिरामी परेका छन् । बिरामी पर्नेमा अधिकांश बालबालिका छन् ।

  • बालबालिकालाई दोषी ठहर गर्ने उमेर हदका बारेमा विवाद बालबालिकालाई दोषी ठहर गर्ने उमेर हदका बारेमा विवाद

    फागुन २६ – बालबालिकालाई अपराधी ठहर गर्ने उमेरको हदका बारेमा पाकिस्तानमा विवाद बढेको छ । कुनै वालवालिकाले गल्ती गरेमा दोषी ठहर गर्न सकिने उमेरको सीमा १२ वर्ष तोक्ने गरी तयार पारिएको प्रस्तावको मस्यौदामा कानून तथा न्याय मन्त्रालयले रोक लगाएपछि विवाद बढेको हो ।

  • कार्लोस स्लीम सवैभन्दा धेरै धनी कार्लोस स्लीम सवैभन्दा धेरै धनी

    फागुन २५ - मेक्सीकोका कार्लोस स्लीम संसारकै सबैभन्दा धनी बन्नु भएको छ । फोब्र्स पत्रिकाको सूचिमा उहाँ फेरि एक पटक संसारकै धनी व्यक्ति बनेको बिबिसीले जनाएको छन । पत्रिकाका अनुसार कार्लोस स्लीमसंग ६९ अर्ब डलर सम्पत्ती छ ।

  • तिब्बतमा २१ वर्षिया युवतीद्वारा आत्मदाह

    फागुन २४ – उत्तर पश्चिमी चीनको एउटा तिब्बती शहरमा एक जना २१ वर्षिय युवतीले आत्मदाह गरेकी छिन् । सेरिङ्ग नाम गरेको युवती गत शनिबार आत्मदाह गरेको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

  • अफगानी महिलाले पुरुषलाई भेट्नै नपाउने आचार संहिता अफगानी महिलाले पुरुषलाई भेट्नै नपाउने आचार संहिता

    फागुन २४ – अफगानिस्तानमा महिला अधिकारमा प्रतिबन्ध लगाउने गरी धार्मिक परिषदले आचारसंहिता तयार पारेको छ । नयाँ आचार संहिता अनुसार महिलाले पुरुष सँगसँगै बसेर काम गर्न पाउने छैनन् भने स्कुल, बजार, तथा कार्यालयमा कुनै पनि नचिनेको पुरुषसँग भेट गर्न पाउने छैनन् ।

  • सिरियामा सैन्य हस्तक्षेपको विपक्षमा अमेरिकी राष्ट्रपति सिरियामा सैन्य हस्तक्षेपको विपक्षमा अमेरिकी राष्ट्रपति

    फागुन २४ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा तत्काल कुनै प्रकारको सैन्य हस्तक्षेप गर्नु ठूलो गल्ती हुने बताउनुभएको छ । सिरियामा हिंसाको अवस्था निकै पिडादायी भएपनि तत्काल सैन्य हस्तक्षेप गर्न हतारिनु नहुने ओबामाले बताएको बिबिसीले जनाएको छ ।

  • विश्वमा हतियार राख्ने क्रम बढ्यो

    फागुन २१ - विश्वमा पछिल्लो समय सर्वसाधारणले पनि बन्दुक पेस्तोल जस्ता साना हतियारको राख्ने क्रम बढेको छ । साना हतियारबारे अनुसन्धान गर्दै आएको बेवसाईट गनपोलिसी डट कमले जनाए अनुसार विश्वभर अहिले ८७ करोड ५० लाख भन्दा बढी साना हतियार रहेका छन् । जसमध्ये ७५ प्रतिशत हतियार सर्वसाधारणले प्रयोग गर्दै आएका छन् ।

  • सिरियाली सरकारले अपराध गरिरहेको छः महासचिव बान

    काठमाडौं, फागुन २० राष्ट्रसंघीय महासचिव बान कि मुनले सिरियाली सरकारले आफ्नै नागरिक विरुद्ध अपराध गरिरहेको बताउनुभएको छ । राष्ट्रसंघको महासभामा महासचिव बानले सिरियाली सरकारले हिंसापूर्ण रुपमा निर्दोष नागरिकको हत्या गरेको बताउनुभएको हो ।

  • हिसावकितावमा बेलायती कमजोरः अध्ययन

    काठमाडौं, फागुन २० गणितको ज्ञान बढाउन क्रियाशील एक संस्थाले बेलायती नागरिक हिसाबकिताबमा कमजोर रहेको दावी गरेको छ । नेशनल न्युमरेसी संस्थाका अनुसार बेलायतमा लाखौं मानिसलाई आफ्नो तलब सिट, घर, बिजुली, पानीको बिल र रेलको समय तालिका बुझ्न निकै कठिनाई हुने बताएको छ ।

  • सिरियामा सरकार बिरोधी प्रदर्शनमा ७ हजार ५ सयको ज्यान गयो : संयुक्त राष्ट्रसंघ सिरियामा सरकार बिरोधी प्रदर्शनमा ७ हजार ५ सयको ज्यान गयो : संयुक्त राष्ट्रसंघ

    फागुन १७ – संयुक्त राष्ट्रसंघले सिरियामा गएको वर्ष मार्च देखि शुरु भएको सरकार विरोधी प्रदर्शनका क्रममा ७ हजार ५ सय जनाको ज्यान गएको जनाएको छ । राष्ट्रसंघका राजनीतिक मामिला सम्बन्धि अधिकारी लियन पास्कोले प्रदर्शनका कारण हुने हिंसाका क्रममा महिला र बालबालिका सहित दैनिक औसत १ सय जनाको ज्यान गएको बताउनुभयो ।

  • बसमा बन्दुकधारीको आक्रमण, १८ यात्रुको ज्यान गयो बसमा बन्दुकधारीको आक्रमण, १८ यात्रुको ज्यान गयो

    फागुन १६ – पाकिस्तानको कोहिस्तानमा बन्दुकधारी समुहले बसमा आक्रमण गर्दा १८ यात्रुको ज्यान गएको छ । घटनामा ७ जना घाइते भएका छन् ।

  • भारतमा लाखौँ कर्मचारी आमहड्तालमा भारतमा लाखौँ कर्मचारी आमहड्तालमा

    फागुन १६ – श्रमिक विरोधी नीति र मूल्य वृद्धिको विरोधमा भन्दै भारतमा ट्रेड युनियन र कर्मचारीहरुले देशव्यापी आमहड्ताल गरेका छन् । हड्तालको असर बैंक, यातायात, हुलाक र बन्दरगाहमा सबै भन्दा बढी परेको छ ।

  • कतार विश्वकै धनी देश कतार विश्वकै धनी देश

    फागुन १४ – कतार विश्वकै धनी देश बनेको छ । प्रतिष्ठित अमेरिकी पत्रिका फोब्र्सले निकालेको नयाँ सूचीमा खाडी राष्ट्र कतार विश्वका धनी देशमध्ये शीर्ष स्थानमा परेको हो ।

  • भत्कियो अलकायदा प्रमुख लादेन मारिएको घर भत्कियो अलकायदा प्रमुख लादेन मारिएको घर

    फागुन १४ – पाकिस्तानले अलकायदाका प्रमुख ओसामा बिन लादेन मारिएको भवन भत्काएको छ । एबोटाबादमा सेनाको छाउनी नजिक रहेको घर राती अबेर देखि भत्काउन शुरु गरिएको हो ।

  • पर्दैन अब नामसँग श्रीमानको नामथर जोड्न पर्दैन अब नामसँग श्रीमानको नामथर जोड्न

    फागुन १४ – भारतको महाराष्ट्रमा विवाहीत महिलालाई आफ्नो नामसंगै श्रीमानको नाम र थर जोड्नुपर्ने कानूनी बाध्यता हटाईएको छ । मुम्बई उच्च अदालतले पारिवारीक अदालत ऐन अनुसार महिलालाई कुनै पनि अदालती कारवाहीका लागि आफ्नो नाममा श्रीमानको नाम थर जोड्नै पर्ने प्रावधान हटाएको हो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया