MENU
ujyaalo forign call inside

अन्तर्राष्ट्रिय

  • यसरी पत्ता लगायो अमेरिकाले लादेन बसेको ठाउँ यसरी पत्ता लगायो अमेरिकाले लादेन बसेको ठाउँ

    माघ १४ – अमेरिकाले ओसामा विन लादेन बसेको ठाउँ पत्ता लगाउन पाकिस्तानी डाक्टरको सहयोग लिएको स्वीकार गरेको छ । अमेरिकी रक्षामन्त्री लिओन पनेटाले पाकिस्तानी डाक्टर शिकाल अफ्रिदीले गोप्य सूचना दिएर लादेन विरुद्धको अप्रेशनमा सहयोग गरेको बताएको बीबीसीले जनाएको छ ।

  • राष्ट्रसंघ मूख्यालयमा २० लाख अमेरिकी डलर बराबरको कोकिन भेटियो राष्ट्रसंघ मूख्यालयमा २० लाख अमेरिकी डलर बराबरको कोकिन भेटियो

    माघ १३ – अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मूख्यालयमा १६ किलो लागुऔषध कोकिन फेला परेको छ । न्यूयोर्क प्रहरी प्रवक्ता पाउल ब्राउनले राष्ट्रसंघ मूख्यालयमा बेबारिसे अवस्थामा १६ किलो कोकिन बरामद गरिएको बताएको बिबिसीले जनाएको छ ।

  • सैनिक संख्या र बजेट कटौती गर्ने अमेरिकाको घोषणा सैनिक संख्या र बजेट कटौती गर्ने अमेरिकाको घोषणा

    माघ १३ – अमेरिकाले सैनिक संख्या र बजेटमा ठूलो कटौती गर्ने घोषणा गरेको छ । सेनालाई सानो र लचिलो बनाउने योजना अन्तर्गत सेनाको पुर्नसंरचना गर्ने क्रममा एक लाखको हाराहारीमा सैनिक कटौती गर्ने र केही सैन्य केन्द्र बन्द गर्ने घोषणा रक्षा मन्त्रालयले गरेको हो ।

  • अस्ट्रेलियाका प्रधानमन्त्रीमाथि आदिवासी आक्रमण अस्ट्रेलियाका प्रधानमन्त्रीमाथि आदिवासी आक्रमण

    माघ १२ – स्थानीय आदिवासीको आक्रमणबाट अस्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्ड र विपक्षी दलका नेता टोनी एबोट मुस्किलले बाँच्नुभएको छ । अस्ट्रेलियाको राष्ट्रिय दिवस मनाउन एक रेस्टुरेन्टमा पुगेका प्रधानमन्त्री गिलार्डलाई स्थानीय आदिवासीहरुको आक्रमणबाट प्रहरीले उद्दार गरेको बिबिसीले जनाएको छ ।

  • निशुल्क औषधीले ७० जनाको ज्यान गयो निशुल्क औषधीले ७० जनाको ज्यान गयो

    माघ ११ – पाकिस्तानमा नक्कली औषधीका कारण ज्यान गुमाउने संख्या ७० पुगेको छ । पंजाब प्रान्तमा सरकारले उपलब्ध गराएको निशुल्क औषधीका कारण ज्यान गुमाउने बिरामीहरुको संख्या ७० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • सनकी ड्राइभरले लिए ९ जनाको ज्यान सनकी ड्राइभरले लिए ९ जनाको ज्यान

    माघ ११ – भारतको पुणे एकाएक आतंकित बन्यो । पुणेको स्वारगेट ईलाकामा पार्क गरिराखेको बसमा एक युवक चढे र सडकमा अन्धाधुन्ध बस कुदाए । गाडीको ठक्करबाट ९ जनाको ज्यान गयो । ४० भन्दा बढी सवारी साधनमा क्षति पुग्यो र ४० भन्दा बढी मानिस घाइते भए ।

  • विश्वभर बेरोजगारीको दर बढेकोमा आइएलओको चिन्ता विश्वभर बेरोजगारीको दर बढेकोमा आइएलओको चिन्ता

    माघ १० – अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर बेरोजगारीको दर संकटको स्थितीमा पुगेको भन्दै चिन्ता व्यक्त गरेको छ । संगठनको विश्वव्यापी रोजगार प्रतिवेदन अनुसार अहिले विश्वमा हरेक तीन जनामा एक जना गरिब यवा बेरोजगार छन् ।

  • राष्ट्रिय एकताको सरकार बनाउन सिरियालाई अरब लिगको आह्वान राष्ट्रिय एकताको सरकार बनाउन सिरियालाई अरब लिगको आह्वान

    माघ ९ – अरब लिगले राष्ट्रिय एकताको सरकार बनाउन सिरियालाई आह्वान गरेको छ । ईजिप्टको राजधानी कायरोमा बसेको लिगका बिदेश मन्त्रीस्तरीय बैठकले सिरियालाई यस्तो आह्वान गरेको हो ।

  • ईजिप्टमा झण्डै २ हजार बन्दीलाई आममाफी ईजिप्टमा झण्डै २ हजार बन्दीलाई आममाफी

    माघ ८ – ईजिप्टमा सत्ता परिवर्तन हुने गरी भएको क्रान्तिको एक वर्ष पूरा भएको अवसरमा झण्डै २ हजार बन्दीलाई आममाफी दिईएको छ । सैन्य परिषदका प्रमुख हुसेन तन्तावीले क्रान्तिको वार्षिकोत्सवका अवसरमा आममाफी दिने निर्णय भएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • बम विष्फोटनमा सात जनाको ज्यान गयो, ५० भन्दा बढी घाईते बम विष्फोटनमा सात जनाको ज्यान गयो, ५० भन्दा बढी घाईते

    माघ ७ – नाईजेरियाको कानो शहरमा प्रहरी कार्यालय लगायत महत्वपूर्ण ठाउँमा श्रृंखलावद्ध बम विष्फोट हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ । बम विष्फोटमा ५० जना भन्दा बढी घाईते भएका छन् ।

  • हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो

    माघ ६ – शान्ति स्थापनाका लागि खटिएको नेटो सेनाको हेलिकोप्टर अफगानिस्तानमा दुर्घटना हुँदा ६ जना अमेरिकी सेनाको ज्यान गएको छ । बिहीबार अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा भएको दुर्घटनामा ६ सैनिकको ज्यान गएको नेटो सेनाका प्रवक्ताले बताएका छन् ।

  • प्यालेस्टाइनका सभामुख ईजरायलको कब्जामा प्यालेस्टाइनका सभामुख ईजरायलको कब्जामा

    माघ ६ – प्यालेष्टिनी संसदका सभामुख अब्दुल अजीज अदवेकलाई आतंकवादी गतिविधीमा संलग्न रहेको आरोपमा ईजरायली सीमा सुरक्षा बलले पक्राउ गरेको छ । अदवेकलाई रमल्लाह र जेरुसेलमको बिचमा पर्ने जाभा क्षेत्रबाट ईजरायली सुरक्षाफौजले नियन्त्रणमा लिएको हो ।

  • यमनको राजधानी नजिकै अलकायदाको कब्जा यमनको राजधानी नजिकै अलकायदाको कब्जा

    माघ २ – यमनका सुरक्षा अधिकारीहरुले अलकायदा लडाकुहरुले राजधानी सनाको दक्षिणी शहर कब्जामा लिएको बताएका छन् । अलकायदा लडाकुले राजधानी सनाबाट एक सय माइल टाढा रहेको नगरमा सुरक्षा घेरा निर्माण गरेर बसेको उनीहरुले बताएका छन् ।

  • परमाणु वैज्ञानिकको हत्यामा सिआईएको हातः ईरान परमाणु वैज्ञानिकको हत्यामा सिआईएको हातः ईरान

    माघ १ – ईरानले आफ्ना परमाणु वैज्ञानिक मुस्तफा अहमदी रोशनको हत्यामा अमेरिकी गुप्तचर निकाय (सिआईए)को हात रहेको आरोप लगाएको छ । ईरानले सिआईए विरुद्ध महत्वपूर्ण प्रमाण भेटिएको समेत दावी गरेको छ ।

  • म्यानमारमा राजनीतिक बन्दी सहित साढे ६ सय बन्दीको रिहाई प्रक्रिया शुरु म्यानमारमा राजनीतिक बन्दी सहित साढे ६ सय बन्दीको रिहाई प्रक्रिया शुरु

    पुष २९ – म्यानमार सरकारले साढे ६ सय भन्दा बढी बन्दीको रिहाई प्रक्रिया शुरु गरेको छ । शान्ति स्थापनाका लागि प्रमुख विद्रोही संगठनसँग सम्झौता गरे लगत्तै राष्ट्रपतिले बिहीबार गरेको घोषणा अनुसार बन्दीको रिहाई शुरु गरिएको हो ।

  • अमेरिकी सेनाको क्रुरता (भिडियोसहित  ) अमेरिकी सेनाको क्रुरता (भिडियोसहित )

    पुष २८ – अमेरिकाको मेरिन सेनाले अफगानिस्तानमा तालिवानीको शवमाथि पिसाब गरिरहेको भिडियो इन्टरनेट मार्फत सार्वजनिक भएपछि मानव अधिकारवादी संस्थाहरुले त्यसको चर्को आलोचना गरेका छन् । अमेरिकी सेनाले त्यो भिडियोको बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

  • अप्राकृतिक यौन कार्यको मुद्दामा मलेसियाका पूर्व उप–प्रधानमन्त्री अनवरलाई सफाई अप्राकृतिक यौन कार्यको मुद्दामा मलेसियाका पूर्व उप–प्रधानमन्त्री अनवरलाई सफाई

    पुष २५ – झण्डै दुई वर्ष लामो लामो अदालती प्रकृयापछि मलेसियाको एक अदालतले विपक्षी नेता अनवर इब्राहिमलाई अप्राकृतिक यौन सम्बन्धको आरोपबाट सफाई दिएको छ । अदालतलाई प्राप्त डिएनए परिक्षणका आधारमा अनवर निर्दोष रहेका फैसला सुनाउँदा अनवर समर्थकले मलेसियाको क्वालालम्पुर उच्च अदालत परिसरमा नारावाजी गरेर खुसी मनाएका थिए ।

  • प्रहरी अधिकारीको हत्या गर्नेलाई पनि पुरस्कार ! प्रहरी अधिकारीको हत्या गर्नेलाई पनि पुरस्कार !

    पुष २५ – आपराधिक गतिविधीमा संलग्नलाई जिउँदो या मृत अवस्थामा बुझाए सरकारको तर्फबाट पुरस्कार पाइने कुरा त तपाईले सुन्नु भएकै होला । तर दक्षिण अमेरिकी मुलुक कोलम्बियामा प्रहरी अधिकारीको हत्या गर्नेलाई पनि पुरस्कार घोषणा भएको छ । तर यो राज्यका तर्फबाट भने होइन ।

  • म डराउँदिन, पाकिस्तान नै फर्किन्छुः पूर्व सैनिक शासक मुशर्रफ म डराउँदिन, पाकिस्तान नै फर्किन्छुः पूर्व सैनिक शासक मुशर्रफ

    पुष २५ – पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुशर्रफले यसै महिनाको अन्त्य सम्म स्वदेश फर्किने घोषणा गर्नुभएको छ । बेलायत र दुबईमा निर्वासित जीवन बिताईरहेका मुशर्रफले दुबईबाट भिडियोमार्फत आफु समर्थकको कराँचीमा भएको र्‍यालीलाई सम्बोधन गर्दै जनवरी २७ देखि ३० को बिचमा कराँची पुग्ने र सन् २०१३ का लागि निर्धारित आम निर्वाचनमा भाग लिने बताउनुभएको छ ।

  • पुरुष पनि बलात्कारको शिकार हुने धारणाले आधिकारिकता पायो पुरुष पनि बलात्कारको शिकार हुने धारणाले आधिकारिकता पायो

    काठमाडौं, पुष २४- अमेरिकाको गुप्तचर संस्था संघीय जाँच ब्यूरो (एफबीआई) ले आठ दशकपछि यौनहिंसाको परिभाषा परिवर्तन गरेको छ । परिवर्तित परिभाषा अनुसार पुरुष पनि बलात्कारको शिकार हुने उल्लेख छ ।

  • अमेरिकालाई चीनको सरकारी सञ्चार माध्यमको चुनौति अमेरिकालाई चीनको सरकारी सञ्चार माध्यमको चुनौति

    पुष २३ – चीनको सरकारी समाचार संस्था सिन्ह्वाले एशिया प्रशान्त क्षेत्रमा अमेरिकाले सैन्य शक्ति बढाउन लागेको भन्दै आपत्ति जनाएको छ । सिन्ह्वाले आफ्नो सम्पादकीय मार्फत अमेरिकाको कदमको बिरोध गरेको हो ।

  • घट्यो अमेरिकामा बेरोजगारको संख्या घट्यो अमेरिकामा बेरोजगारको संख्या

    पुष २३ – अमेरिकामा बेरोजगारीको दर घटेको छ । अमेरिकाको केन्द्रीय श्रम विभागले बेरोजगारीको दर घटेर ८.५ प्रतिशत पुगेको जनाएको छ । यो पछिल्लो तीन वर्षमा सबैभन्दा कम दर हो ।

  • तालिवान विद्रोहीद्वारा १५ सुरक्षाकर्मीको अपहरण पछि गोली हानी हत्या तालिवान विद्रोहीद्वारा १५ सुरक्षाकर्मीको अपहरण पछि गोली हानी हत्या

    पुष २१ – पाकिस्तानमा तालिवान विद्रोहीले १५ जना सुरक्षाकर्मीको अपहरणपछि गोली हानी हत्या गरेका छन् । अपहरणमा परेका अर्धसैन्य वलका १५ जना सुरक्षाकर्मीको वजिरिस्तानमा शव भेटिएको अधिकारीहरुले बताएका छन् ।

  • सिंगापुरका राष्ट्रपति र प्रधानमन्त्रीको तलब घट्यो सिंगापुरका राष्ट्रपति र प्रधानमन्त्रीको तलब घट्यो

    पुष २० – सिंगापुरमा राष्ट्रपति र प्रधानमन्त्री सहित सरकारका उच्च ओहदाका व्यक्तिको तलब कटौती हुने भएको छ । तलब कटौतीबारे अध्ययन गर्न सरकारले गठन गरेको तलब पुनरावलोकन समितिले राष्ट्रपतिको तलब ५१ प्रतिशत र प्रधानमन्त्रीको तलव ३६ प्रतिशतले कटौती गर्न सिफारिस गरेको अधिकारीहरुले जनाएका छन् ।

  • चीनको ‘ग्रेट वाल’ खतरामा चीनको ‘ग्रेट वाल’ खतरामा

    पुष २० – चीन सरकारले गरेको एक अध्ययनले चीनका धेरै पुरातात्विक धरोहरहरु खतरामा रहेको देखाएको छ । सरकारद्वारा २० वर्ष लगाएर गरिएको एक अनुसन्धानले चीनमा झण्डै ४४ हजार पुरातात्विक एवं सांस्कृतिक स्थल गायव भएका छन् ।

  • नयाँ वर्ष मनाइरहँदा जापानमा भूकम्प नयाँ वर्ष मनाइरहँदा जापानमा भूकम्प

    पुष १७ – नयाँ वर्ष २०१२ को स्वागतमा उत्सव मनाइरहँदा जापानमा ७ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको भुकम्प मापन गर्ने मेट्रोलोजिकल एजेन्सीले स्थानीय समय अनुसार २ बजेर २८ मिनेट जाँदा भूकम्प गएको जनाएको छ ।

  • जातीय हिंसामा परि नाइजेरियामा ५० भन्दा बढी मारिए जातीय हिंसामा परि नाइजेरियामा ५० भन्दा बढी मारिए

    पुष १७ – जातीय हिंसामा परि नाइजेरियामा कम्तिमा ५० जना मारिएका छन् । नाइजेरियाको इबोनी राज्यका दुई जातीय समूहबीच भूमि सम्बन्धि बिबाद बढेपछि मच्चिएको हिसांका कारण कम्तिमा ५० जना मारिएको नाइजेरिया सरकारका प्रवक्तालाई उदृ्त गर्दै बिबिसीले जनाएको छ ।

  • हृयाप्पि न्यू इयर (फोटो फिचर) हृयाप्पि न्यू इयर (फोटो फिचर)

    काठमाण्डौं, पुष १६ - अग्रेजी नयाँ वर्ष सन् २०१२ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । न्यूजिल्याण्ड र अष्टे्लियामा नयाँ वर्षको स्वागतमा भएका कार्यक्रममा केही झलक सहितको फोटो फिचर ।

  • उत्तर कोरियाले नीति परिवर्तन नगर्ने उत्तर कोरियाले नीति परिवर्तन नगर्ने

    काठमाण्डौं, पुष १५ - उत्तर कोरियाले नेता किम जोङ इलको निधनपछि पनि आफ्नो नीतिमा कुनै परिवर्तन नगर्ने स्पष्ट पारेको छ । किम जोङ उन नेतृत्वमा आएपछि  उत्तर कोरियाली नीतिमा केही परिवर्तन हुने अनुमान गरिए पनि उत्तर कोरियाले आफ्नो नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको हो । उत्तर कोरियाको शक्तिशाली सुरक्षा आयोगले आफ्नो नीतिमा परिवर्तन गर्छ की भनेर आशा नगर्न दक्षिण कोरिया र पश्चिमा देशहरुलाई आग्रह गरेको छ ।

  • चीनले विश्वकै अग्लो विमानस्थल बनाउने चीनले विश्वकै अग्लो विमानस्थल बनाउने

    पुष १३ – चीनले विश्वको सबैभन्दा अग्लो विमानस्थल बनाउने भएको छ । सन् २०१२ देखि निर्माण सुरु हुने विमानस्थल ४ हजार ४ सय ३६ मिटर उचाईमा रहने चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

  • आत्मघाती बम आक्रमणमा ६ सुरक्षाकर्मीको ज्यान गयो आत्मघाती बम आक्रमणमा ६ सुरक्षाकर्मीको ज्यान गयो

    पुष ९ – पाकिस्तानको खाइबर पख्तुन्ख्वा प्रान्तमा भएको आत्मघाती बम आक्रमणमा ६ जना सुरक्षाकर्मीको ज्यान गएको छ । अर्धसैनिक बललाई लक्षित गरी गराइएको आक्रमणमा परी अरु १२ जना घाइते भएको बीबीसीले जनाएको छ ।

  • क्युबाले ३ हजार बन्दी रिहा गर्ने क्युबाले ३ हजार बन्दी रिहा गर्ने

    पुष ९ – क्युबा सरकारले तीन हजार बन्दीलाई रिहा गर्ने भएको छ । क्युबाको सर्वोच्च प्रशासक संस्था काउन्सिल अफ स्टेट्सले बन्दीका परिवार तथा धार्मिक संस्थाहरुको आग्रहपछि बन्दी रिहा गर्न लागिएको जनाएको छ ।

  • इज्जत फालेको भन्दै पाकिस्तानमा ६ सय ७५ जना महिलाको हत्या इज्जत फालेको भन्दै पाकिस्तानमा ६ सय ७५ जना महिलाको हत्या

    पुष ६ – पाकिस्तानमा यो वर्ष इज्जत फालेको आरोपमा ६ सय ७५ जना महिलाको हत्या भएको छ ।  पाकिस्तानी मानव अधिकार आयोगले सन् २०११ को पहिलो ९ महिनामा मात्र  ६ सय ७५ जना महिलाको इज्जतको मामिलामा हत्या अर्थात् ‘अनर किलिङ’ भएको जनाएको छ ।

  • उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ इलको निधन उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ इलको निधन

    पुष ४ – उत्तर कोरियाली नेता किम जोङ इलको निधन भएको छ । उत्तर कोरियाको सरकारी टेलिभिजनले ६९ वर्षीय किमको निधन भएको जनाएको हो । कालो कपडा लगाएकी टेलिभिजन प्रस्तोताले निकै मलिन स्वरमा किमको निधन भएको कुरा जानकारी गराएकी थिइन ।

  • ईराकबाट फर्कियो अमेरिकी सैनिकको अन्तिम टोली ईराकबाट फर्कियो अमेरिकी सैनिकको अन्तिम टोली

    पुष ३ – अमेरिकी सैन्य अभियान अन्तर्गत ईराकमा कार्यरत अमेरिकी सैनिकको अन्तिम टोलीले ईराक छोडेको छ । अन्तिम टुकडीका रुपमा रहेका अमेरिकी सेना आइतबार बिहान सडक मार्ग हुँदै ईराकी सीमाबाट कुबेत प्रवेश गरेको बिबिसीले जनाएको छ ।

  • फिलिपिन्समा विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या १ सय ८० पुग्यो फिलिपिन्समा विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या १ सय ८० पुग्यो

    पुष २ – फिलिपिन्समा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १ सय ८० पुगेको  छ । सामुद्रिक आँधीका कारण आएको बाढीले दक्षिणी क्षेत्रमा धेरै  असर पुर्‍याएको बीबीसीले जनाएको छ ।

  • अमेरिकामा २० प्रतिशत महिला एक पटक बलात्कृत अमेरिकामा २० प्रतिशत महिला एक पटक बलात्कृत

    मंसिर २९ – अमेरिकामा झण्डै २० प्रतिशत महिलामाथि जीवनमा एक पल्ट बलात्कार या बलात्कारको प्रयास हुने गरेको एक अध्ययनले देखाएको छ । अमेरिका स्थित रोग नियन्त्रण केन्द्रले राष्ट्रब्यापी रुपमा गरेको सर्वेक्षणका क्रममा २५ प्रतिशत महिलामाथि आफ्नै श्रीमान या साथीले यौन हिंसा गर्ने गरेको पाईएको छ ।

  • इराकमा आफ्नो सेना सफल भएको अमेरिकी राष्ट्रपति ओबामाको दावी इराकमा आफ्नो सेना सफल भएको अमेरिकी राष्ट्रपति ओबामाको दावी

    मंसिर २९ – अमेरीकी राष्ट्रपति बाराक ओबामाले इराकमा अमेरिकी सेना सफल भएको दावी गर्नु भएको छ । नर्थ क्यारोलिनामा भएको एक कार्यक्रममा ओबामाले इराकको युद्ध समाप्तिको पछाडी अमेरिकी सेनाको गम्भीर र महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

  • अमेरिकाले पाकिस्तानलाई सहयोग रोक्यो

    काठमाडौं, मंसिर २९ :- अमेरिकाले पाकिस्तानलाई दिने भनेको ७० करोड डलरको आर्थिक सहयोग रोक्ने पक्का भएको छ । सहयोग रोक सम्बन्धी प्रतिनिधिसभामा प्रस्तुत प्रस्ताव बहुमतले पारित भएपछि सहयोग रोकिने पक्का भएको हो ।

  • चीनमा स्कुल बस दुर्घटनाः १५ विद्यार्थीको ज्यान गयो चीनमा स्कुल बस दुर्घटनाः १५ विद्यार्थीको ज्यान गयो

    मंसिर २७ – चीनमा भएको स्कुल बस दुर्घटनामा १५ जना विद्यार्थीको ज्यान गएको छ । चीनको जिंग्सु प्रान्तमा स्थानीय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई बोकेर घरतर्फ लगिरहेको बस सडकबाट पल्टिएर दहमा खस्दा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया