MENU
Ncell Axiata

अन्तर्राष्ट्रिय

  • विहार दोश्रो पटक पनि एक नंबरमा

    जेठ २०– बिहार दोश्रो पटक पनि तिव्र विकास गर्ने भारतका राज्यको सूचीमा पहिलो स्थानमा परेको छ । गरिबी, पछौटेपन र अव्यवस्थाका लागि चिनिंदै आएको बिहारले विकासको गतिमा तिव्रता लिएकाले लगातार दुइ पटक पहिलो स्थानमा पर्न सफल भएको हो ।

  • सिरिया नरसंहार छानवीनको माग

    जेठ २० – संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयोगले गएको हप्ता सिरियाको हौला शहरमा भएको नरसंहारको निन्दा गर्दै घटनाको छानवीनको माग गरेको छ । उच्चायोगले सिरिया सम्बन्धि एक प्रस्ताव बहुमतले पारित गर्दै अपराधी पहिचान हुनुपर्नेमा जोड पनि दिएको छ ।

  • विश्वभर विस्थापितको संख्या बढ्दैछ

    जेठ १९ – संयुक्त राष्ट्र संघको शरणार्थी आयोगले विश्वभर विस्थापित हुनेको सख्या बढ्दै गएको बताएको छ । आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा द्वन्द्व, प्राकृतिक प्रकोप र जलवायु परिवर्तन, जनसंख्या वृद्धि, सहरीकरण र खाद्य असुरक्षाका कारण बिस्थापित हुनेको सख्या बढेको उल्लेख गरिएको छ ।

  • काश्मिरका चरमपन्थी संगठन शान्तिपूर्ण दैनिकीमा फर्कदै

    जेठ १८ – काश्मिरको पक्षमा लामो समय देखि लड्दै आएका स्थानीय संगठनले अब संघर्ष त्यागेर शान्तिपूर्ण दैनिकीमा फर्किन शुरु गरेका छन् । काश्मिर आन्दोलनको भविष्य अनिश्चित बन्दै गएको र भारतले माफीको प्रस्ताव राखेपछि चरमपन्थी संगठनका सदस्यहरु संघर्ष त्यागेर अन्यत्रै जान थालेको बिबिसीले जनाएको छ ।

  • पेट्रोलको मुल्यवृद्धिको विरोधमा भारत बन्द

    काठमाडौ, जेठ १८ – पेट्रोलमा भएको मूल्यवृद्धिको विरोधमा भारतीय जनता पार्टी सहितको गठबन्धनले बिहीबार भारत बन्द गरेको छ । बन्दको अरु विपक्षी दल, व्यापारीक तथा यातायात संगठनले पनि समर्थन गरेका छन् । सरकारलाई समर्थन गरिरहेको समाजवादी पार्टीले पनि बन्दमा साथ दिएको छ ।

  • ५० रुपैयाँ घुस माग्नेलाई ६ महिना जेल

    जेठ १७ – भारतीय सर्वोच्च अदालतले घुस लिने व्यक्तिले घुसको रकमका आधारमा सजायँबाट छुट नपाउने फैसला गरेको छ । १८ वर्ष अघि गुजरातका दुई जना सरकारी अधिकारीले ५० रुपैंया घुस मागेको मुद्दामा सुनुवाई गर्दै अदालतले यस्तो फैसला गरेको हो ।

  • दुइ दशकपछि सुकी विदेश भ्रमणमा

    जेठ १७ – झण्डै साढे दुई दशकमा पहिलोपल्ट विदेश भ्रमणमा निस्किएकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्ग सान सुकीले बुधवार थाईल्याण्डमा बस्दै आएका बर्मेली प्रवासी श्रमिक संग भेट गर्दै हुनुहुन्छ । सुकी मंगलवार थाइल्याण्डको राजधानी बैंकक पुग्नुभएको हो ।

  • हिउँ पहिरोमा पुरिएका १ सय ३९ जना मृत घोषित

    जेठ १६ - पाकिस्तानी सेनाले सियाचिन ग्लेसियरमा ५२ दिन अघि हिउँ पहिरोमा पुरिएका १ सय २८ जना सैनिक सहित १ सय ३९ जनालाई मृत घोषणा गरेको छ । पाकिस्तानी सेनाले विज्ञप्ति निकालेर ११ सर्वसाधारण र १ सय २८ जना सैनिक मरिसकेको घोषणा गरेको छ । पाकिस्तानी सेनाको नर्दन लाईन एन्फेन्ट्रीको बटालियन हिउँ पहिरोमा परेको हो ।

  • राष्ट्रपतिका उमेद्वारको कार्यालयमा आक्रमण

    जेठ १६ – इजिप्टको राष्ट्रपति चुनावका मुख्य उम्मेदवार अहमद शफीकको चुनाव प्रचार कार्यालयमा आक्रमण भएको छ । सयौंको संख्यामा रहेका प्रदर्शनकारीले कार्यालय रहेको भवनमा तोडफोड र आगजनी गर्नुका साथ पोष्टरहरु च्यातेर फालिलिएको बिबिसीले जनाएको छ ।

  • भारतीय प्रधानमन्त्री र म्यानमारका राष्ट्रपतिवीच भेट

    जेठ १५ – भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह र म्यानमारका राष्ट्रपति थीन सीनबीच भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको सम्बन्ध विस्तारका विषयमा छलफल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • सिरियामा फेरि हिंसात्मक आक्रमण, ३० जनाको ज्यान गयो

    जेठ १५ – सिरियामा ९० भन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणको घटना नसेलाउँदै फेरी अर्को आक्रमण भएको छ । सिरीयाको होम्स् शहरमा भएको पछिल्लो आक्रमणमा ३० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • भारतीय प्रधानमन्त्री म्यानमारमा

    जेठ १५ – भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह म्यानमार पुग्नुभएको छ  । राजनीतिक व्यवस्थामा परिवर्तन भएपछि भारतीय प्रधानमन्त्री सिंहले साढे दुई वर्षपछि म्यानमारको भ्रमण थाल्नुभएको हो । राजनीतिक भेटवार्ता र दुईदेशबीचको व्यापारका विषयमा प्रधानमन्त्री सिंहको टोलीले छलफल थाल्नेछ ।

  • अमेरिकी विमानस्थलमा बृद्धबृद्धालाई सुरक्षा जाँच खुकुलो

    जेठ ४ – अमेरिकी विमानस्थलमा ७५ वर्ष भन्दा माथिका बृद्धबृद्धाको सुरक्षा जाँच केही खुकुलो पारिने भएको छ । विमानस्थल प्रवेश गर्ने क्रममा जुत्ता, बेल्ट र ज्याकेट फुकाल्न अनिवार्य भएपनि बृद्ध अवस्थाका यात्रुहरुलाई त्यस्तो जाँच नगर्ने तयारी भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

  • हत्याको सिलसिला रोक्न सिरियालाई राष्ट्रसंघको आग्रह

    जेठ १४ – सिरियामा भइरहेको हिंसात्मक घटनाको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ । संयुक्त राष्ट्रसंघले सिरियाली सरकारले खुल्लमखुल्ला अन्तर्राष्ट्रिय कानुनको उल्लघंन गरेको प्रतिक्रिया दिएको छ ।

  • सिरिया ‘जनसंहार’मा बालबालिका सहित ९० जनाको मृत्यु सिरिया ‘जनसंहार’मा बालबालिका सहित ९० जनाको मृत्यु

    जेठ १३ – सिरियामा शुक्रबार भएका हिंसात्मक झडपमा कम्तीमा ९० जनाको ज्यान गएको छ । सिरियाको तनावग्रस्त होम्समा शुक्रबार सरकारी सेनाले गरेको गोलाबारी तथा हमलामा १३ जना बालबालिका सहित कम्तीमा ९० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

  • मुख्यमन्त्रीको तौल २० किलो !

    जेठ १३ – सरकारी कर्मचारीको लापरवाही कतिसम्म हुँदो रैछ भन्ने कुरा भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले भोगेका छन् । गहुँ खरिदमा आफूहरु ठगिएको किसानले गुनासो गरेपछि मुख्यमन्त्री यादव आफै निरीक्षणमा निस्किए ।

  • एसएसबीको गोली लागेर एकजनाको ज्यान गयो

    जेठ १३ – नेपाल सीमावर्ती भारतको बरगनीयामा सीमा सुरक्षा बल एसएसबीले गोली चलाउँदा एक जना भारतीय नागरिकको ज्यान गएको छ । झण्डै २० जना गम्भीर घाईते भएका छन् ।

  • मानसिक रोगीको हत्या गर्ने सैनिकलाई ५० वर्ष जेल

    जेठ १३ – कोलम्बियामा मानसिक रोगी व्यक्तिलाई विद्रोहीको आरोपमा हत्या गर्ने ६ जना सैनिकलाई ३० देखि ५० वर्ष सम्मको जेल सजाय सुनाईएको छ । उनीहरुले पदोन्नतीका लागि मानसिक रुपमा कमजोर २६ वर्षिय युवकलाई हत्या गरी विद्रोही भएको झूटो दावी गरेको पुष्टि भएपछि अदालतले जेल सजायँ सुनाएको हो ।

  • हिंसात्मक झडपमा सिरियामा ७० को ज्यान गयो

    जेठ १३ – सिरियामा शुक्रवार भएका हिंसात्मक झडपमा ७० जनाको ज्यान गएको छ । होम्स प्रान्तमा मात्रै ५० र अरु क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा २० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । होम्समा भएको ज्यान गुमाउनेमा १३ जना बालबालिका छन् ।

  • अदालती फैसलाको आलोचनाप्रति सर्वोच्चको आपत्ति

    जेठ १३– भारतीय सर्वोच्च अदालतले तल्लो अदालतका न्यायाधीशहरुमाथि हुने नकारात्मक टिप्पणी र अदालती फैसलाको आलोचना हुने गरेकोमा आपत्ति जनाएको छ । सर्वोच्च अदालतले यस्ता गतिविधीले न्यायकर्मीको बद्नामी हुने र न्यायीक व्यवस्थामाथिको नागरिकको विश्वास घट्दै जाने ठहर गरेको छ ।

  • पुरुषको लागि पनि गर्भनिरोधक औषधी !

    जेठ १२ - बेलायतको एडिनवर्ग विश्वविद्यालयका वैज्ञानिकले पुरुषका लागि गर्भनिरोधक औषधि बनाउन सकिने बताएका छन् । वैज्ञानिकहरुले औषधि बनाउन सकिने जीन पत्ता लगाईसकेको बीबीसीले जनाएको छ । अहिले मुसामा त्यसको परीक्षण भैरहेको छ ।

  • घुसखोरी र अनियमिततामा भारतीय नीजि कम्पनी अगाडि

    जेठ १२ – घुसखोरी र आर्थिक अनियमितताका काममा भारतीय कम्पनीका अधिकारीहरु सबैभन्दा अगाडि रहेको पाईएको छ । एक गैरसरकारी संस्थाले गरेको सर्वेक्षणले २८ प्रतिशत उच्च अधिकारीहरुले नयाँ कारोबार शुरु गर्न र भएका ग्राहकलाई जोगाईराख्न जतिसुकै रकम लेनदेन गर्न पनि तयार रहेको देखाएको हो ।

  • अमेरिकाद्वारा पाकिस्तानमा सहयोग कटौतीको घोषणा

    जेठ १२ – अमेरिकाले पाकिस्तानलाई दिने आर्थिक सहायतामा कटौती गर्ने घोषणा गरेको छ । अलकायदाका प्रमुख ओसामा बिन लादेनको सुराकी गर्न अमेरिकालाई सहयोग गर्ने डाक्टर शकील अफरीदीलाई जेल सजायँ सुनाएपछि अमेरिकी सिनेटको एक समितिले ३ करोड ३० लाख डलर सहयोग राशी कटौती गर्ने निर्णय गरेको हो ।

  • विश्वभरको नेतृत्व परिवर्तनलाई संबोधन गर्न असफल

    जेठ ११ – मानवअधिकारवादी संस्था एमनेष्टी ईन्टरनेशनले विश्वभरको नेतृत्व आफ्नो देशमा भएको परिवर्तनलाई सम्बोधन गर्न असफल रहेको बताएको छ । आफ्नो वार्षिक प्रतिवेदनमा एमनेष्टीले गएको वर्ष विश्वका विभिन्न ठाउँमा भएका सरकार विरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीले देखाएको साहसलाई सम्बोधन गर्न असफल देखिएको बताएको हो ।

  • १४ वर्षसम्मका वालवालिकाको निशुल्क स्वास्थ्य परीक्षण

    जेठ १०– भारतको उत्तर प्रदेशमा चौध वर्षसम्मका वालवालिकाले निःशुल्क स्वास्थ्य परिक्षण र उपचार सेवा पाउने भएका छन् । सरकारले राष्ट्रिय ग्रामिण स्वास्थ्य मिशनको सहयोगमा यस्तो योजना लागू गर्ने तयारी गरेको हो ।

  • इजिप्टमा राष्ट्रपतीय निर्वाचन हुँदै

    जेठ १० – इजिप्टमा बुधवार राष्ट्रपतीय चुनाव हुँदैछ । तत्कालीन राष्ट्रपति होस्नी मुबारकलाई सत्ताबाट हटाएको १५ महिनापछि नयाँ नेता चयनका लागि बुधवार र बिहीबार मतदान प्रक्रिया चल्नेछ ।

  • अदालतको फैसलालाई हाँसेर उडाएपछि ...

    जेठ ९ – मलेसियामा दुई जना अभियुक्तले अदालतको फैसलालाई हाँसेर उडाउन खोजेपछि त्यसको चर्को मूल्य चुकाउनु परेको छ । मलेसियाको जोहर बारु अदालतले बलात्कार र डकैतीको मुद्दामा दोषी ठहर गर्दै १० वर्ष जेल र १२ कोर्रा लगाउने सजाय सुनाएकोमा त्यसको खिल्ली उडाएपछि अदालतले उनीहरुलाई तीन गुना भन्दा धेरै सजायँ तोकेको हो ।

  • भ्रूण हत्या गर्दै कुकुरलाई खुवाउँदै

    जेठ ९ – भारतमा कन्या भ्रूण हत्याको आरोपमा पक्राउ परेको एक जना डाक्टरका बारेमा डरलाग्दो सत्य बाहिर आएको छ । महाराष्ट्र राज्यको बीड जिल्लाका डाक्टर सुदम मुन्डेले गर्भपात गराएपछि प्रमाण मेटाउन भ्रूण कुकुरलाई खुवाउने गरेको खुलासा भएको छ । यसका लागि ती डाक्टरले घरमा चारवटा कुकुर पालेको र आफ्नो काममा श्रीमतीको समेत सहयोग लिने गरेका थिए ।

  • रेल ठोक्किदा १५ जनाको ज्यान गयो

    जेठ ९ – भारतको आन्ध्र प्रदेशमा दुईवटा रेल आपसमा ठोकिंदा कम्तीमा १५ जनाको ज्यान गएको छ । झण्डै ४० जना घाईते भएका छन् । हुबलीबाट बेंगलोरका लागि छुटेको यात्रुबाहक रेल अनन्तपुरमा रोकिराखेको मालवाहक रेलसंग ठोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • १३ प्रतिशत युवाहरु रोजगारविहीन

    जेठ ९ – विश्वभरका १३ प्रतिशत युवाहरु अहिले रोजगार बिहीन रहेको पाइएको छ । युवा बेरोजगारीको यो दरमा आउँदो चार वर्षसम्म सुधारको कुनै संभावना अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले जनाएको छ ।

  • एनआरएन क्यानडाको पाचौ सम्मेलन

    क्यानडा, जेठ ९ – क्यानडामा बस्ने गैर आवासीय नेपालीहरु (एनआरएन क्यानाडा)को पाँचौ सम्मेलन यडमन्टन घोषणापत्र जारी गर्दै सकिएको छ । क्यानडाको अलबर्टा राज्यको यडमन्टन सहरमा भएको सम्मेलनले नेपालको सुर्खेतमा रहेको मैनितडा गाविसलाइ नमुना गाउँ बनाउने,  नेपालमा पुस्तकालय स्थापना गर्ने लगायतका निर्णय गरेको छ ।

  • अफगानिस्तानका दिनहरु चुनौतीपूर्ण छ : ओबामा

    जेठ ८ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानको लागि आउने दिनहरु चुनौतीपूर्ण रहेको बताउनुभएको छ । अफगानिस्तानमा रहेका नेटो सेनालाई फिर्ता गराउने विषयमा सिकागोमा भइरहेको छलफलमा राष्ट्रपति ओबामाले अफगानको भविष्य अन्यौलताले भरिएको बताउनुभएको बिबिसीले जनाएको छ ।

  • पाकिस्तानमा ट्वीटरको प्रतिबन्ध हटाइयो

    जेठ ८ – पाकिस्तानमा सामाजिक संजाल ट्वीटर माथि लगाइएको प्रतिबन्ध हटाइएको छ । आइतबारराती अबेरसम्म ट्वीटरमाथीको प्रतिबन्ध हटाउने विषयमा गृहमन्त्रीले प्रधानमन्त्रीसंग छलफल गर्नुभएको थियो ।

  • ईटलीमा भूइँचालो, ६ जनाको मृत्यु

    जेठ ७ – ईटलीमा भूइँचालो जाँदा ६ जनाको ज्यान गएको छ । बोलोग्ना शहरबाट ३५ किलोमिटर उत्तरमा ६ रेक्टर स्केलको भूइँचालो जाँदा मानवीय क्षति भएको बिबिसीले जनाएको छ ।

  • ७५ वर्षको उमेरमा पिता !

    जेठ ६ – चीनका एक व्यक्ति ७५ वर्षको उमेरमा बाबु बनेका छन् । उनकी श्रीमतीले गएको आईतबार छोरी जन्माएकी हुन् । दक्षिण पश्चिमी चीनको चोङ्गक्वीङ्ग प्रान्तको युबेई जिल्लाका शी ७५ वर्षको उमेरमा बाबु बन्नुभएको हो ।

  • पश्चिम बंगालमा महिला असुरक्षित

    जेठ ६ – भारतीय महिला आयोगले पश्चिम बंगालमा महिलामाथि बढ्दो हिंसा रोक्न राज्य सरकारले पहल नगरेको भन्दै आलोचना गरेको छ । आयोगले पछिल्लोपल्ट महिला हिंसा सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दै वर्तमान सरकारको शासन कालमा महिला सबैभन्दा असुरक्षित रहेको समेत टिप्पणी गरेको छ ।

  • गिनी विसाउका ५ सैन्य अधिकारीलाई भ्रमण गर्न प्रतिबन्ध

    जेठ ६ – संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सैन्य कू मा संलग्न अफ्रिकी मुलुक गिनी बिसाउका पाँच जना सैन्य अधिकारीमाथि भ्रमण प्रतिबन्ध लगाएको छ । गिनी बिसाउमा संवैधानिक व्यवस्था बहालीका लागि दबाब दिने कदम स्वरुप परिषदले यस्तो प्रतिबन्ध लगाएको हो ।

  • भारतमा पाँचतारे होटलमा बैठक गर्न नपाइने

    जेठ ६ – सरकारी खर्च कटौतीको प्रयास स्वरुप भारतले पाँचतारे होटलमा कुनै पनि बैठक, सभा जस्ता कार्यक्रम नगर्न निर्देशन जारी गरेको छ । सरकारको आयोजनामा हुने कार्यक्रम र बैठकका लागि हुने खर्च बजेटमा दश प्रतिशत कटौती समेत गरिएको छ ।

  • वसमा आगो लाग्दा २५ जना तीर्थयात्रीको ज्यान गयो

    जेठ ६ – भारत उत्तरप्रदेशको बहराईच जिल्लामा तीर्थ यात्री चढेको बसमा आगलागी हुँदा २५ जनाको ज्यान गएको छ । गोन्डा–बहराईच सडकमा रोकिराखेको ट्रकमा बस ठोकिएपछि ठूलो विष्फोटको आवाज सहित आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • पाकिस्तानले वाटो बन्द गरेपछि अफगानी विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

    जेठ ५ – पाकिस्तानले नेटो सेनाका लागि आवश्यक सामाग्री ओसारपसार हुने बाटो बन्द गरिदिएपछि अफगानिस्तानमा पाठ्यपुस्तकको आपूर्ति पनि रोकिएको छ । केही वर्ष यता नेटो सेनाले अफगानिस्तानका विद्यार्थीलाई निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
  • श्रीमान श्रीमतीबिचको झगडामा चासो देखाउने मानव अधिकारवादी संस्था ११ वर्षे बालिका बलात्कृत भएर गर्भवती हुँदा समाजबाट बहिस्कृत भइ घरबाट निकालिँदा पनि किन बेखबर छ ? त्यसैले यस्ता संस्थाले तत्काल पहल गरुन् ।

    ​गोपाल अधिकारी
  • हाम्रो देशमा वर्षमा हजारौं इन्जिनियरहरु उत्पादन हुन्छन्, तैपनि देशको राजधानीकै बाटोको अवस्था नाजुक छ । यो दोष कसलाई दिने सरकार कि विश्वविद्यालयलाई ?

    ​सरिता भण्डारी
सबै हेर्नुहोस

सोसल मिडिया