MENU
Ncell Axiata
NIC Asia

अन्तर्राष्ट्रिय

  • मन्दिरको भोजले ४ सय वालवालिका बिरामी

    कात्तिक ५ – भारतको उत्तर प्रदेशमा एउटा मन्दिरमा भएको भोज खाएपछि ४ सय जना वालवालिका बिरामी परेका छन् । उत्तर प्रदेशको महोबामा रहेको दुर्गा मन्दिरमा कन्या भोजको आयोजना गरिएको थियो ।

  • यौन दुर्ब्यबहार रोक्नेगरी कानुन परिमार्जन गर्न अदालतको आदेश

    कात्तिक ४ – भारतको सर्वोच्च अदालतले कार्यस्थलमा महिलामाथि हुने यौन दुर्ब्यहार रोक्न यसअघि जारी गरिएका आदेश कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको छ । सर्वोच्चले महिलामाथिको यौन दुव्र्यवहार रोक्न आवश्यक परे कानूनमा परिमार्जन गर्न पनि भनेको छ ।

  • पेरुका ९० प्रतिशत अस्पतालका ब्यवस्थापकले राजीनामा दिए

    कात्तिक ३ – ल्याटिन अमेरिकी देश पेरुमा डाक्टरहरुको आन्दोलनमा समर्थन गर्दै ९० प्रतिशत अस्पतालका व्यवस्थापकले राजीनामा दिएका छन् । राजधानी लिमामा मात्रै ३ सय व्यवस्थापकले राजीनामा दिएको मेडिकल फेडेरेशनका प्रमुख सिजर पालोमिनोले बताउनुभयो ।

  • तीन महिनामा सुडानको तेल बजारमा आउने

    कात्तिक ३ – सुडानसंगको विवाद टुंगिएसंगै दक्षिणी सुडानले तेल कम्पनीहरुलाई उत्पादन तत्काल शुरु गर्न निर्देशन दिएको छ । गएको महिना दुई देशबीच तेल बाँडफाँड लगायतका विषयमा सहमति भएपछि फेरी तेलको उत्पादन शुरु हुन लागेको हो ।

  • अमेरिकी पत्रिका न्यूजवीक बन्द हुने

    कात्तिक २ – अमेरिकी पत्रिका न्यूजविकले आफ्नो छापा संस्करण बन्द गरी अनलाईन मार्फत मात्रै सार्वजनिक हुने भएको छ । पत्रिकाको ८० वर्ष पुरानो पत्रिकाको छापा संस्करण आउँदो डिसेम्बर ३१ तारिखका अन्तिम अंक प्रकाशन हुनेछ ।

  • ट्राफिक जाम हुन नदिन रुसी राष्ट्रपति हेलिकप्टरमा !

    कात्तिक २ – रुसका राष्ट्रपति र प्रधानमन्त्री अत्यावश्यक कामका लागि बाहेक अरु बेला बाहिर ननिस्कने भएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री दिमित्री मेद्भेदेभले आफ्नो सवारीका बेला हुने ट्राफिक अवरोध कम गर्न कार्यालयको काम घरमै बसेर गर्ने घोषणा गर्नुभएको हो ।

  • सैन्य आधार क्षेत्रमा आत्मघाती विस्फोट

    कात्तिक १ – अफगानिस्तानमा नेटो अफगान संयुक्त सैन्य आधार क्षेत्रमा आत्मघाती कार बम विष्फोट भएको छ । पूर्वी पाक्तिया प्रान्तको सैन्य ईलाकामा विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विष्फोटक पदार्थ सहितको कार सैन्य शिविरको गेटमा ठोक्काएर विष्फोट गराईएको थियो ।

  • पवित्र गंगा नदी ज्यानमारा विषादीले भरियो

    कात्तिक १ – भारतको पवित्र गंगा नदी विषाक्त बन्दै गइरहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय क्यान्सर रजिष्ट्री कार्यक्रमले गरेको अध्ययनले गंगा नदीको पानी ज्यानमारा विषादीले भरिएको र यसको किनारमा पर्ने उत्तरप्रदेश, बिहार र बंगालका मानिस क्यान्सरबाट ग्रसित बनेको र देखाएको हो ।

  • लिबियामा कुटनितिज्ञ मारिनुमा मेरो कमजोरीः हिलारी क्लिन्टन लिबियामा कुटनितिज्ञ मारिनुमा मेरो कमजोरीः हिलारी क्लिन्टन

    असोज ३० – अमेरीकी बिदेश मन्त्री हिलारी क्लिन्टनले लिबियामा आफ्ना कुटनितिज्ञ मारिएको घटनाको आफुले जिम्मेवारी लिने बताउनु भएको छ । बिदेशमन्त्री क्लिन्टनले गत सेप्टेम्बर ११ मा  लिबियामा रहेको अमेरिकी दुतावासमा भएको आक्रमणमा राजदुत सहित ३ जना बरिष्ठ अधिकारी मारिएको घटनाको जिम्मेवारी आफुले लिने बताउनुभयो ।

  • युसफजाई पूर्ण निको हुने चिकित्सकको विश्वास

    असोज ३० – बेलायती चिकित्सकहरुले तालिवान विद्रोहीको गोली प्रहारबाट गम्भीर घाईते भएकी वाल अधिकारकर्मी मलाला युसुफजाई पूर्ण रुपमा निको हुने विश्वास व्यक्त गरेका छन् । युसुफजाईको परिक्षणपछि चिकित्सकहरुको यस्तो प्रतिक्रिया आएको हो ।

  • औषधीमा उत्पादक कम्पनीको नाम राख्न नपाइने

    असोज ३० – भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले औषधी उत्पादकलाई उत्पादक कम्पनीको नाम राखेर औषधी उत्पादनमा रोक लगाउन निर्देशन दिएको छ । मन्त्रालयले राज्य सरकारलाई ब्रान्ड नेम राखेर औषधीको उत्पादन या बिक्री गर्ने कम्पनीहरुलाई लाईसेन्स जारी नगर्न निर्देशन दिएको हो ।

  • वालअधिकारकर्मी युसुफजाइलाई उपचार गर्न बेलायत पठाइयो

    असोज २९ – तालिवान विद्रोहीको आक्रमणबाट गम्भीर घाईते भएकी पाकिस्तानकी बालअधिकारकर्मी मलाला युसुफजाइलाई थप उपचारका लागि बेलायत पठाईएको छ । डाक्टरहरुले युसुफजाईलाई लामो समयसम्मको आरामको जरुरत भएको बताएका पाकिस्तानी सेनाले जनाएको छ ।

  • आफ्नै आमाद्वारा १७ वर्षसम्म बन्धक

    असोज २९ – भारतको कर्नाटक राज्यमा एक महिलाले १७ वर्षसम्म आफ्नो छोरालाई थुनेर राखेको खुलासा भएको छ । आफ्नै आमाले छोरालाई एउटै कोठामा १७ वर्षसम्म थुनेर राखेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

  • कम्बोडियाका पूर्वराजाको निधन

    असोज २९ – कम्बोडियाका पूर्व राजा नरोद्दम सिहानुकको निधन भएको छ । अधिकांश कम्बोडियनहरुले पूर्व राजा सिहानुकलाई पिताका रुपमा सम्मान गर्छन् । चीनको राजधानी बेइजिङमा उहाँको निधन भएको त्यहाँको सञ्चार माध्यमलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।

  • सिरियाद्वारा आफनो क्षेत्र भित्र टर्कीको उडानमा रोक

    असोज २८ – सिरियाले आफनो क्षेत्र भित्र टर्कीको उडानमा रोक लगाएको छ । दुई देशबीच बढ्दो तनावका बीच सिरियाले टर्कीका विमानलाई आफ्नो आकाश हुँदै उड्न रोक लगाएको हो । उडान प्रतिबन्ध गएरातीदेखि नै लागू भएको छ ।

  • इजिप्टमा हिंसात्मक प्रदर्शन, डेढ सय घाइते

    असोज २७ – इजिप्टमा राष्ट्रपति मोहम्मद मुर्सीले देशका उच्च अभियोक्तालाई पदबाट हटाएको विषयलाई लिएर भएको हिंसात्मक प्रदर्शनमा डेढ सय भन्दा बढी घाईते भएका छन् । राजधानी कायरोमा राष्ट्रपतिका समर्थक र विरोधीहरुबीच हिंसात्मक झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • भारतका कार्टुनिष्ट असिम त्रिवेद्वीमाथिको देशद्रोह अभियोग फिर्ता भारतका कार्टुनिष्ट असिम त्रिवेद्वीमाथिको देशद्रोह अभियोग फिर्ता

    असोज २६ – भारतको महाराष्ट्र सरकारले कार्टुनिष्ट असिम त्रिवेद्वीमाथि लगाएको देशद्रोहको अभियोग फिर्ता लिएको छ । कार्टुन मार्फत भारतको राष्ट्रिय प्रतीकको अपमान गरेको भन्दै गत महिना महाराष्ट्र सरकारले देशद्रोहको मुद्दामा त्रिवेद्वीलाई पक्राउ गरेको थियो ।

  • यूरोपेली संघलाई नाबेल शान्ति पुरस्कार यूरोपेली संघलाई नाबेल शान्ति पुरस्कार

    असोज २६ – यो वर्षको नोवेल शान्ति पुरस्कार यूरोपेली संघले पाएको छ । जर्मनी र फ्रान्सकाबीच शान्ति स्थापनानका लागि महत्वपूर्ण भूमिका निभाएको ठहर गर्दै नोवेल समितिले यूरोपेली संघलाई नोवेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो ।

  • कांग्रेस प्रबक्ताको बलात्कार संबन्धी धारणाको आलोचना

    असोज २६ – पछिल्लो समय बढेको बलात्कारका घटनामा महिलालाई समेत जिम्मेवार ठहर्‍याउने गरी आएको कांग्रेस नेताको बयानप्रति भारतीय महिला आयोगले चर्को आलोचना गरेको छ । हरियाणा कांग्रेसका प्रवक्ता धर्मवीर गोयतले बलात्कार भनिएपनि सार्वजनिक भएका सबै घटना महिला पुरुषबीचको सहमतिमा भएका यौन सम्बन्ध भएको सार्वजनिक अभिव्यक्ति दिएपछि राष्ट्रिय महिला आयोगले आलोचना गरेको हो ।

  • बेंगलोरको बिहेभोजमा वर्षेनी ९ सय टन खाना खेर जान्छ

    असोज २६ – भारतको बेंगलोर शहरमा बिहे भोजका क्रममा वर्षेनी ९ सय ४३ टन गुणस्तरीय खाद्यपदार्थ खेर जाने गरेको सर्वेक्षणले देखाएको छ । यो खाद्यपदार्थले दुई करोड ६० लाख जनालाई सामान्य भारतीय खाना खुवाउन पर्याप्त हुने सर्वेक्षणकर्ताले बताएका छन् ।

  • चिनियाँ साहित्यकारलाई नोबेल पुरस्कार

    असोज २५ - साहित्यतर्फको नोबेल पुरस्कार चिनियाँ साहित्यकार मो यानले पाउनु भएको छ । लोककथा, इतिहास र समकालीन तथ्यको मिश्रण गरेर उत्कृष्ट लेखेको भन्दै यानलाई नोबेल पुरस्कार दिने निर्णय गरेको स्वीडिस एकेडेमीले जनाएको छ । ५७ वर्षिय यान नोबेल पुरस्कार पाउने १ सय नवौं साहित्यकार हुनुहुन्छ ।

  • चीनमा मानव अधिकारको गम्भीर उलंघन : प्रतिवेदन

    असोज २५ – अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले पछिल्लो समय चीनमा स्थानीय प्रशासनले जमिन कब्जा गरी नागरिकलाई बलपूवर्क निकाला गर्ने क्रम बढेको भन्दै चिन्ता जनाएको छ । चीनको भूमि कब्जा सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टीले स्थानीय बासिन्दालाई बलपूर्वक निकाल्दा हिंसा र उत्पीडनका घटना भएको र यसले मानवअधिकारको गम्भीर उल्लंघन गरेको जनाएको हो ।

  • अश्लिल एमएमएस र ईमेल पठाउनेलाई सजायँ बढाइने

    असोज २५ – भारतले महिलालाई बदनाम गर्ने गरी अश्लिल एमएमएस र ईमेल आदान प्रदान गर्ने काममा संलग्नलाई हुने जेल सजाय र जरिवानामा वृद्धि गर्ने गरी कानूनमा संशोधन गर्न लागेको छ ।

  • इजरायलमा ९ महिना पहिल्यै चुनाब घोषणा

    असोज २४– इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले तोकिएको समय भन्दा पहिले नै देशमा आम चुनावको घोषणा गर्नुभएको छ । निर्धारित तालिका भन्दा ९ महिना अघि नै चुनावको घोषणा गरिएको हो ।

  • राष्ट्रपतिलाई महामहिम नभन्ने !

    असोज २४ – भारतका राष्ट्रपतिलाई सम्बोधन गर्दा प्रयोग हुने ‘महामहिम’ शब्द हटाईने भएको छ । राष्ट्रपति प्रणब मुखर्जीले देश र विदेशमा उच्च पदाधिकारीसंगको भेटघाटमा प्रयोग गरिने उच्च आदरार्थी शब्द परिवर्तन सम्बन्धि नयाँ व्यवस्थालाई स्वीकृति दिनुभएको छ ।

  • आशा भोसलेकी छोरीद्वारा गोली हानी आत्महत्या आशा भोसलेकी छोरीद्वारा गोली हानी आत्महत्या

    असोज २२ – चर्चित भारतीय गायिका आशा भोसलेकी छोरीले आफ्नै निवासमा गोली हानी आत्महत्या गरेकी छन् । भोसलेकी ५६ वर्षिय छोरी वर्षाले मुम्बईको पेडर रोडमा रहेको आफ्नै घरमा गोली प्रहार गरि आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • भेनेजुयलाको राष्ट्रपतिमा पुनः ह्यूगो चावेज विजयी भेनेजुयलाको राष्ट्रपतिमा पुनः ह्यूगो चावेज विजयी

    असोज २२ – दक्षिण अमेरिकी देश भेनेजुयलाको राष्ट्रपतिमा फेरि पनि ह्यूगो चावेज विजयी हुनुभएको छ । राष्ट्रपति चावेज ५४ प्रतिशत भोट प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

  • रंग बदल्ने कतारको टावर (फोटो फिचर) रंग बदल्ने कतारको टावर (फोटो फिचर)

    कतार - कतारमा सन् २०२२ मा बिश्व कप फुटवल प्रतियोगिता आयोजना हुँदैछ । यसैगरी राजधानी दोहालाई अन्तराष्ट्रिय उडानका लागि मुख्य ट्रान्जिट बनाउने प्रयास पनि कतारले गरिरहेको छ । त्यसैले भौतिक निर्माणको क्रम तिब्र गतिमा चलिरहेको छ ।

  • फिलिपिन्स सरकार र विद्रोहीबीच शान्ति सम्झौता अन्तिम चरणमा

    असोज २१ – फिलिपिन्स सरकारले मुस्लिम विद्रोहि समूहसंगको शान्ति सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रपति बेनिग्नो अक्विनोले विद्रोहीसंगको शान्ति सम्झौताको खाका तयार भएको भन्दै यसले मिन्डानाओ क्षेत्रमा स्थायी शान्ति कायम गर्न मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

  • फेसबुक तथा ट्वीटर चलाउनु यौनक्रीडा भन्दा पनि आनन्ददायक

    असोज २० - इन्टरनेटको शैलीमा जीवन बिताउनेहरूका लागि फेसबुक र ट्वीटर चलाउनु यौनक्रीडा भन्दा पनि बढी आकर्षक तथा आनन्ददायक भएको एक अध्ययनले देखाएको छ । सिकागो विश्वविद्यालय, बुथ स्कुल अफ बिजिनेसले जर्मनीमा एक सातासम्म गरेको सर्वेक्षणमा फेसबुक तथा ट्वीटरजस्ता सामाजिक सञ्जाल हेर्नु, त्यसमा फोटो राख्नु तथा अरू राखेका कुरामा टिप्पणी गर्नु यौनक्रीडा गर्नु वा चुरोट पिउनुभन्दा पनि आकर्षक भएको देखिएको छ । यस्ता सामाजिक सञ्जाल सजिलै उपलब्ध भएको, त्यसमा संलग्न हुन धेरै लागत पनि नलाग्नेभएकाले यसलाई पन्छाउन न...

  • अमेरिका विरुद्ध इमरान खानको प्रदर्शन

    असोज २० - पाकिस्तानको तहरिफ ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले अमेरिकाको विरोधमा पाकिस्तानमा प्रदर्शन गर्नुभएको छ । पूर्व क्रिकेटर समेत रहेका खानले पाकिस्तानी आदिवासी इलाकामा अमेरिकाले गर्दै आएको ड्रोन हमला रोक्न माग राखेर प्रदर्शन गर्नु भएको हो ।

  • सिरियाले टर्कीमा गरेको आक्रमणको सुरक्षा परिषदद्वारा बिरोध

    असोज १९ – सिरियाले टर्कीमाथि गरेको मोर्टार आक्रमणको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले बिरोध गरेको छ । सिरियाको सेनाले टर्कीको सीमामा रहेको एक गाउँमा पाँचजना टर्कीस् नागरिकको हत्या गरेपछि सुरक्षा परिषदले क्षेत्रिय शान्ति र स्थायित्व बिगार्ने गरि सिरियाबाट आक्रमण भएको भन्दै बिरोध गरेको हो ।

  • पहिरोमा पुरिएर चिनमा १८ बालबालिकाको मृत्यु

    असोज १९ - चिनको दक्षिण पश्चिमी युन्नान प्रान्तमा पहिरोमा पुरिएका १८ जना विद्यार्थीको ज्यान गएको पुष्टि भएको छ ।   झाओतोङ्ग शहरको झेन्हेमा हिजो बिहान पहिरोमा पुरिएका १९ जना मध्ये प्राथमिक तहमा अध्ययनरत १८ जना बालबालिकाको ज्यान गएको चिनियाँ अधिकारीहरुले पुष्टि गरेका हुन् ।

  • बाराक ओबामा विरुद्ध मुद्धा दायर बाराक ओबामा विरुद्ध मुद्धा दायर

    असोज १७ – चिनियाँ कम्पनी राल्स कर्पले वायु उर्जा परियोजना खरिद सम्बन्धि सम्झौता रोकेको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामा विरुद्ध मुद्धा दायर गरेको छ । राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने भन्दै राष्ट्रपति ओबामाले गएको हप्ता सम्झौता रद्ध गर्ने आदेश दिनुभएको थियो ।

  • हङकङमा डुंगा ठोक्किदा ३६ जनाको ज्यान गयो

    असोज १६ – हङकङमा दुई वटा यात्रुबाहक डुंगा आपसमा ठोक्किदा कम्तीमा ३६ जनाको ज्यान गएको छ । २८ जनाको घटनास्थलमै र अरु ८ जनाको उपचारका क्रममा ज्यान गएको बिबिसीले जनाएको छ । घाईते भएका १ सय भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

  • आत्मघाती आक्रमणमा तीन नेटो सैनिक सहित १३ जनाको मृत्यु

    असोज १५ – अफगानिस्तानको खोस्ट शहरमा आत्मघाती आक्रमणमा परी तीन नेटो सैनिक सहित १३ जनाको ज्यान गएको छ । अरु ३७ जना घाइते भएका छन् । सेनाको पैदल गश्ती माथि भएको आक्रमणमा चार जना अफगान प्रहरी र ६ जना सर्वसाधारण नागरिक मारिएको पाकिस्तानको जीओ टीभीको अनलाइन संस्करणले जनाएको छ ।

  • तृणमूल कांग्रेसले सरकारविरुद्ध आन्दोलन चर्काउने

    असोज १५ – सरकारबाट समर्थन फिर्ता लिएको भारतको तृणमूल कांग्रेसले सरकारविरुद्धको आन्दोलनलाई सशक्त पार्ने भएको छ । त्यसका लागि कांग्रेसकी प्रमुख ममता बेनर्जीले सरकारबाट बाहिरिएपछि पहिलो पटक राजधानी दिल्लीमा शक्ति प्रर्दशन गर्न लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

  • यूरोपका कामदारमा डिप्रेशन बढ्दो

    असोज १५ – डिपे्रसनका कारण हरेक १० जना कामदारमध्ये १ जना काम छाड्न बाध्य हुने गरेको एक अध्ययनले देखाएको छ । यूरोपका ७ मुलुकमा गरिएको अध्यनले यस्तो देखाएको अनुसन्धानकर्ताहरुले बताएका छन् । बेलायत, जर्मनी, इटली, डेनमार्क, टर्की, स्पेन र फ्रान्सका ७ हजार कामदारमा यो सर्वेक्षण गरिएको थियो ।

  • अफगान युद्धमा दुई हजार अमेरिकी सैनिकको मृत्यु

    असोज १४ – अफगान युद्धमा अमेरिकाका दुई हजार सैनिक मारिएका छन् । पछिल्लो पटक वारदाक प्रान्तमा दुई जनाको ज्यान गएपछि अफगानिस्तान मारिने अमेरिकी सैनिकको संख्या दुई हजार पुगेको हो ।

  • लिबियामा १ हजार भन्दा बढीले सरकारलाई हतियार बुझाए

    असोज १४ – लिबियामा सेनाले शुरु गरेको निशस्त्रीकरण अभियान अन्तर्गत सयौं नागरिकले आफूसंग भएका हतियार बुझाएका छन् । राजधानी त्रिपोली र पूर्वी शहर बेन्गाजीमा १ हजार भन्दा बढीले नागरिकहरुले सेनालाई हतियार बुझाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
  • नेपालको संविधानको धारा २८८ मा प्रदेश सभाका दुई तिहाई सदस्यले राजधानी तोक्ने व्यवस्था भएकोले अहिले अस्थायी राजधानी तोकेको आधारमा आन्दोलन गर्नु उचित हैन ।

    युवराज पौडेल
  • संवैधानिक जटिलताका कारण सरकारले अस्थाई राजधानी तोकेको हो । स्थायी केन्द्र निर्धारण गर्ने काम प्रदेश संसदको क्षेत्राधिकार भित्र पर्छ । प्रदेश संसद र सरकारलाई पनि विवेक प्रयोग गर्न दिउँ न । आन्दोलन गरेरै राजधानी खोज्ने हो भने चुनावमा भोट हाल्नुको के अर्थ ?

    ​रञ्जित तामाङ
सबै हेर्नुहोस

सोसल मिडिया