MENU

अन्तर्राष्ट्रिय

  • एक वर्षमा बेरोजगारको संख्या ४० लाख बढ्यो

    माघ ९ – पछिल्लो एक वर्षमा विश्वभर बेरोजगारको संख्या ४० लाखले बढेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका अनुसार सन् २००७ मा विश्वव्यापी आर्थिक मन्दी शुरु भएयता बेरोजगार १९ करोड करोड ७० लाख जना बेरोजगार बनेका छन् ।

  • बंगलादेशमा धार्मिक नेतालाई मृत्युदण्ड

    माघ ८ - बंगलादेशको युद्ध अपराध अदालतले एक जना धार्मिक नेतालाई फाँसीको सजाय सुनाएको छ । सन् १९७१ मा भएको स्वतन्त्रता संग्रामका बेला मानवता विरोधी अपराध गरेको ठहर गर्दै मौलाना अब्दूल आजादलाई फाँसीको सजाय सुनाइएको हो ।

  • बाराक ओवामाले सपथ लिए

    माघ ८ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो दोस्रो कार्यकालका लागि सपथ लिनुभएको छ । राष्ट्रपति ओबामाले ह्वाईट हाउसमा दोस्रो कार्यकालका लागि सपथ लिनुभएको हो ।

  • अफगानिस्तानमा कैदीलाई यातना अझै रोकिएन

    माघ ८ – अफगानिस्तानमा कैदीबन्दीहरुलाई यातना दिने क्रम नरोकिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले यसअघि सन् २०११ मा अफगानिस्तानका जेलमा कैदीलाई यातना दिने गरेको खुलासा गरेको थियो ।

  • 'सिमित व्यक्तिमा धनको केन्द्रीकरण हुँदा गरिबी उन्मूलन असफल'

    माघ ७ – गरीबी निवारणका लागि काम गरिरहेको संस्था अक्सफामले केही व्यक्तिमा भैरहेको धनको केन्द्रीकरणले गरिबी उन्मूलनको प्रयास सफल हुन नसकेको बताएको छ । असमानताको मूल्य शीर्षकको प्रतिवेदन सार्वजनिक गर्दै अक्सफामले केही व्यक्तिले मात्रै कमाइ रहेको धन गरीबी उन्मूलनको समस्या भएको बताएको हो ।

  • हतियार बिसाएर वार्तामा आउन विपक्षीलाई सिरियाको आग्रह

    माघ ७ – सिरिया सरकारले हतियार बिसाएर नयाँ सरकार गठनका लागि वार्तामा आउन विपक्षीलाई आव्हान गरेको छ । सिरियाली विदेशमन्त्री वालिद मुआलेमले कुनै पनि विपक्षी समूह नयाँ मन्त्रीमण्डलमा सामेल हुन सक्ने बताउनुभएको छ । तर राष्ट्रपति बसर अल असदको भविष्यबारे हुने कुनै पनि छलफल अस्वीकार्य हुने उहाँको भनाई छ ।

  • अपराधमा संलग्नताको आरोपमा १ सय ५८ प्रहरी पक्राउ

    माघ ६ – मेक्सिकोमा संगठित अपराधमा संलग्न रहेको आरोपमा १ सय ५८ जना प्रहरी अधिकारी पक्राउ परेका छन् । उत्तरी मेक्सिकोको डुराङ्गो राज्यमा पर्ने लेर्डो र गोमेज पालासियो शहरका सार्वजनिक सुरक्षा संगठनका निर्देशक सहितका अधिकारीलाई पक्राउ गरिएको राज्यका महान्यायधिवक्ता सोनिया डे ला गार्जाले बताउनुभएको छ ।

  • म्यानमारले विद्रोही विरुद्ध सैन्य कारबाही रोक्यो

    माघ ६ – म्यानमार सरकारले उत्तरी कचिन राज्यमा विद्रोही विरुद्ध सञ्चालन गरेको सैन्य अभियान रोकेको छ । संसदले संघर्ष रोक्न आव्हान गरे लगत्तै सरकारले स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेदेखि सबै सैन्य अभियान रोकिएको घोषणा गरेको हो ।

  • पाकिस्तानी प्रधानमन्त्रीको भ्रष्टाचार मुद्दाको अनुसन्धान गर्ने बरिष्ठ अधिकारी मृत फेला

    माघ ५ – पाकिस्तानका प्रधानमन्त्री राजा पवरेज असरफ विरुद्धको भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेका एक जना वरिष्ठ अधिकारी मृत अवस्थामा फेला परेका छन् । नेशनल एकान्टिबिलिटी ब्यूरोका सहायक निर्देशक कमरान फैजल इस्लामावादको आफ्नै निवासमा मृत फेला परेका पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् ।

  • आंतकवादीलाई सघाएको आरोपमा ब्यापारीलाई १४ वर्ष जेल

    माघ ५ – भारतको मुम्बईमा भएको आतंकवादी आक्रमणमा सहयोग गरेको आरोप लागेका अमेरिकी व्यापारी तहब्बुर हुसैन राणालाई अमेरिकी अदालतले १४ वर्षको जेल सजायँ सुनाएको छ । पाकिस्तानी मूलका क्यानाडेली नागरिक राणा र उनका साथी डेभिड कोलोमन हेड्लीलाई अमेरिकाको सिकागो अदालतले आतंकवादी संगठन लश्कर ए तोइबालाई आक्रमणका लागि सामाग्री उपलब्ध गराएको आरोपमा सन् २०११ मा दोषी ठहर गरेको थियो ।

  • अल्जेरियामा विद्रोहीद्वारा दुई कामदारको हत्या

    माघ ४ – अफ्रिकी मुलुक अल्जेरियामा इस्लामिक विद्रोहीले दुई जना कामदारको हत्या गरेका छन् । उनीहरुले २० जना विदेशी नागरिकलाई बन्धक बनाएका छन् । विद्रोहीले अन्तर्राष्ट्रिय ग्याँस कम्पनीका कामदार चढेको बस नियन्त्रणमा लिइ एकजना अल्जेरियन र एक जना बेलायती कामदारको हत्या गरेका हुन् ।

  • कार निर्माता कम्पनी रेनाल्टले साढे ७ हजार कामदार कटौती गर्ने

    माघ ३ – बहुराष्ट्रिय कार निर्माता कम्पनी रेनाल्टले झण्डै ७ हजार ५ सय फ्रान्सेली कामदार कटौती गर्ने भएको छ । बिक्री र नाफा घटेकाले कामदारको भार थेग्न सक्ने अवस्था नरहेको भन्दै कम्पनीले सन् २०१६ सम्ममा कामदार कटौती गर्ने भएको हो ।

  • न्यूयोर्कमा बन्दुक नियन्त्रण कानुन पारित

    माघ ३ – अमेरिकाको न्यूयोर्कमा बन्दूक नियन्त्रण सम्बन्धि कानुन पारित भएको छ । राज्य विधायिकाले सर्वसम्मतिले कानुन पारित गरेको हो । कानुनमा हस्ताक्षर गर्दै न्यूयोर्कका गर्भनर एन्ड्रयू क्युमोले जनभावनाको जित भएको प्रतिक्रिया दिनुभयो ।

  • सिरियामा विश्विद्यालयमा विस्फोट, ८० को ज्यान गयो

    माघ ३ – सिरियाको उत्तरी शहर एलेप्पोमा रहेको विश्वविद्यालयमा बम विष्फोट हुँदा ८० जना भन्दा धेरैको ज्यान गएको छ । एलेप्पो विश्वविद्यालयमा परीक्षा चलिरहेका बेला विष्फोट भएको थियो । सरकारले विश्वविद्यालयमा आतंकवादीले रकेट आक्रमण गरेको बताएपनि अधिकारकर्मीहरुले भने युद्धक विमानबाट मिसाईल आक्रमण गरिएको आरोप लगाएको छन् ।

  • पाकिस्तान : प्रधानमन्त्रीलाई पक्रन सर्वोच्चको आदेश

    माघ २ - पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री राजा परवेज अशरफलाई गिरफ्तार गर्न आदेश दिएको छ । भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री राजा परवेज सहित १६ जनालाई पक्राउ गर्न आदेश दिएको हो ।

  • तयारी खाजा धेरै खानेलाई दमको समस्या

    माघ २ – हप्तामा तीन पल्ट तयारी अवस्थाका खाजा खाने वालवालिकामा दम र छालाको समस्या बढी हुने अनुसन्धानबाट देखिएको छ । न्यूजील्याण्ड र बेलायतका अनुसन्धानकर्ताहरुले ५० भन्दा बढी देशका ५ लाख वालवालिकामा गरेको अध्ययनमा तयारी खानेकुरामा हुने कम पोषणका कारण दम र एलर्जीको समस्या हुने गरेको पाइएको हो ।

  • ब्यापक विरोधपछि वलुचिस्तान प्रान्तको सरकार बर्खास्त

    माघ १ – पाकिस्तान सरकारले तनावग्रस्त बलुचिस्तान प्रान्तको स्थानीय सरकार बर्खास्त गरेको छ । प्रधानमन्त्री परवेज असरफले प्रान्तको क्वेटा शहरमा भएका आत्मघाती बिस्फोटका घटनाको विरोधमा व्यापक आन्दोलन भएपछि स्थानीय सरकारलाई बर्खास्त गर्नुभएको हो ।

  • भारतमा संसारकै ठूलो कुम्भमेला शुरु

    माघ १ – भारतमा संसारकै सबैभन्दा ठूलो पर्व कुम्भ मेला शुरु भएको छ । मेलामा गुरु तथा साधुहरु सहित हिन्दु धर्मावलम्बीको घुईंचो छ । मेलामा १० करोड तीर्थालु सहभागी हुने अनुमान गरिएको छ । पवित्र गंगा नदीमा स्नानका लागि लाखौं तीर्थालु पुगिसकेका छन् ।

  • श्रीलंकामा राष्ट्रपतिद्वारा प्रधानन्यायधीस वर्खास्त

    पुस २९ - श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षेले प्रधानन्यायाधीश सिरानी बन्डरानायाकेलाई बर्खास्त गर्नुभएको छ । राष्ट्रपति कै पार्टीको बहुमत भएको संसदले महाभियोग लगाएको दुइ दिनपछि राष्ट्रपतिले प्रधानन्यायाधीश सिरानीलाइ बर्खास्त गर्नुभएको हो ।

  • न्यूयोर्कमा सार्वजनिक स्वास्थ्य संकट घोषणा

    पुस २९ – मौसमी फ्लूले प्रकोपको रुप लिन लागेपछि अमेरिकाको न्यूयोर्कमा सार्वजनिक स्वास्थ्य संकट घोषणा गरिएको छ । २० हजार भन्दा बढी बिरामी परेपछि न्यूयोर्कका गर्भनर एन्ड्रयू क्यूमोले संकटकालको घोषणा गर्नुभएको हो ।

  • चीनमा हिमपात र वर्षाले साढे ५ लाख जना प्रभावित

    पुस २८ – चीनको दक्षिण पश्चिमी गुईझोउ प्रान्तमा लगातारको हिमपात र वर्षाका कारण साढे ५ लाख भन्दा बढी नागरिक प्रभावित भएका छन् । खराब मौसमका कारण प्रभावित ५ लाख ७० हजार नागरिक मध्ये ५ हजार भन्दा बढीलाई अन्यत्रै सारिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

  • अमेरिकाले अफगानिस्तानमा सैन्य अभियान अन्त्य गर्ने

    पुस २८ – अमेरिकी सेनाले आउँदो अप्रिलसम्म अफगानिस्तानमा आफ्ना सबैजसो सैन्य अभियान अन्त्य गर्ने भएको छ । अमेरिका भ्रमणमा रहेका अफगानी राष्ट्रपति हमिद कारजाई र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच यस्तो सहमति भएको हो ।

  • सुडानको हिंसाग्रस्त क्षेत्रमा भोकमरी फैलियो

    पुस २७ – सुडानको हिंसाग्रस्त क्षेत्रमा भोकमरी फैलिएको छ । राष्ट्रसंघको पछिल्लो प्रतिवेदन अनुसार त्यस क्षेत्रका बासिन्दा रुखका पात र जरा खाएर बाँचिरहेका छन् । राष्ट्र संघले त्यहाँको स्थिति निकै खतरनाक हुनसक्ने चेतावनी दिएको छ ।

  • पाकिस्तान : छुट्टाछुट्टै विस्फोटमा ११३ को ज्यान गयो

    पुस २७ – पाकिस्तानमा भएका छुट्टाछुट्टै विष्फोटमा १ सय १३ जनाको ज्यान गएको छ । झण्डै साढे २ सय जना घाइते भएका छन् । दक्षिण पश्चिमी क्वेटा शहरमा बेलुकापख भएको बम विष्फोटमा ८१ जनाको ज्यान गएको छ ।

  • वेलायतमा यो वर्ष विदेशी विद्यार्थी घट्ने

    पुस २६ – आप्रवासन नीतिमा कडाई गरेपछि बेलायतमा यो वर्ष विदेशी विद्यार्थीको संख्या घट्ने देखिएको छ । सरकारले आप्रवासी विद्यार्थीका लागि नियम कडा बनाएपछि त्यहाँ अध्ययनका लागि जाने विद्यार्थीले अरु मुलुकतिर जान थालेकाले यो वर्ष संख्या घटने देखिएको हो ।

  • क्यानडामा ह्वेलमाछा वरफमा फसेपछि ...

    पुस २६ – क्यानडाको हड्सन खाडीमा पानी जमेर दर्जनौं ह्वेलमाछा वरफमा फसेपछि स्थानीयबासिन्दाले उद्दारका लागि सरकारसंग आग्रह गरेका छन् । उत्तरी मोन्ट्रियलबाट १५ सय किलोमिटर पर पर्ने इनुक्जुआक क्षेत्रको क्युबेक गाउँ आसपास पानी जमेर दर्जनौं ह्वेल फसेपछि स्थानीय माझी समुदायले उद्दारका लागि आग्रह गरेका हुन् ।

  • पाकिस्तानलाई सैनिक हत्याको कडा जवाफ दिने भारतको भनाई

    पुस २५ - काश्मिरको सिमा क्षेत्रमा पाकिस्तानी सेनाद्वारा २ जना आफ्ना सैनिक मारिएको भन्दै भारतले त्यसको कडा जवाफ दिने बताएको छ । भारतीय विदेशमन्त्री सलमान खुर्सिदले काश्मिरमा भएको बर्बर हत्या काण्डको कडा जवाफ दिने बताउनु भएको छ । उहाँले भारत–पाकिस्तान बीचको शान्ति वार्तालाई रोक्ने नियतले यो घटना भएको बताउनुभयो ।

  • प्रदर्शन चर्किएपछि इरानद्वारा जोर्डनको सीमा बन्द

    पुस २५ – सरकार विरोधी प्रदर्शन चर्किएपछि इराकले छिमेकी जोर्डनसंग जोडिएको सीमा बन्द गरेको छ । अन्तर्राष्ट्रिय सीमा जोड्ने सडकमा भएको प्रदर्शनका कारण व्यापारिक गतिविधि प्रभावित भएको भन्दै रक्षा मन्त्रालयले स्थानीय समय अनुसार बिहान ६ बजेदेखि जोर्डनसंगको मुख्य सीमा बन्द गरेको हो ।

  • जम्मुकाश्मीर सीमामा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान

    पुस २४ – भारत र पाकिस्तानी सेनाबीच जम्मुकाश्मीर सीमामा गोली हानाहान भएको छ । पूँछमा भएको गोली हाना हानमा दुइ जना भारतीय सैनिकको ज्यान गएको छ । अरु दुई जना घाइते भएका छन् ।

  • ट्राफिक जाम खुलाउँदै प्रधानमन्त्री

    पुस २४ - देशका प्रधानमन्त्रीले सडकमा भएको ट्राफिक जाम खुलाउँदै गरेको देख्नुभयो भने तपाईले के सोच्नुहुन्छ ? उनी ट्राफिकमा भर्ति भएका होलान् ? पूर्वी टिमोरका प्रधानमन्त्री जनाना गुसमाओलाई सडकमा ट्राफिक जाम खुलाइ रहेको अवस्थामा देखियो । राष्ट्रपति कार्यालय नजिकै प्रधामनत्री गुसमाओको गाडी जाममा फसेको थियो ।

  • अष्ट्रेलियामा गर्मी र तातो हावाले आगलागी बढ्यो

    पुस २४ – उच्च तापक्रम, तिव्र गतिको हावा र आगलागीका घटना बढ्दै गएपछि अष्ट्रेलियाले देशको दक्षिण पूर्वी भेगका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । न्यू साउथ वेल्समा मात्रै जंगल क्षेत्रमा १ सय भन्दा बढी ठाउँमा आगलागी भएपछि त्यहाँका बासिन्दालाई घर छोडेर सुरक्षित ठाउँमा जान सुझाव दिइएको छ ।

  • चीनका पत्रकार आन्दोलनमा

    पुस २३ - चीनको एउटा प्रतिष्ठित पत्रिका साउदर्न विक्लीका पत्रकार आन्दोलनमा उत्रेका छन् । सेन्सरसीपको विरोध र प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार हड्तालमा उत्रेका हुन् । नयाँ वर्षका अवसरमा पत्रिकाले सुधारको माग सहित दिएको सन्देश प्रान्तीय प्रचार विभाग प्रमुखले परिवर्तन गरिदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

  • भारत र पाकिस्तानी सैनिकबीच जम्मु काश्मिरमा गोली हानाहान

    पुस २२ - भारत र पाकिस्तानी सैनिकबीच विवादास्पद जम्मुकाश्मिर सीमा क्षेत्रमा गोली हानाहान भएको छ । भारतीय सैनिकको गोली प्रहारबाट एक जना पाकिस्तानी सैनिकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । स्वान पात्र क्षेत्रमा भारतीय सेनाले लाइन अफ कन्ट्रोल पार गरेर पाकिस्तानी चेक पोष्टमा आक्रमण गरेको पाकिस्तानी सेनाको दावी छ ।

  • भारतीय सेनाद्वारा पाकिस्तानी सैन्य पोष्टमा आक्रमण, एक सैनिकको मृत्यु

    पाकिस्तानी पुस २२ – भारतीय सेनाले कास्मिरमा रहेको पाकिस्तानी सेनाको एक पोष्टमामा छापा मारी एक सैनिकको हत्या गरेको छ । पाकिस्तानी सेनाको जनसम्पर्क निर्देशनालयले आइतबार विज्ञप्ती जारी गरि कास्मिरको हाजिपुरमा रहेको नियन्त्रण रेखा पार गरि भारतीय सेना आफ्नो सावन पत्र नामक पोष्टमा घुसेको दावी गरेको बिबिसीले जनाएको छ ।

  • अमेरिकामा ७.७ म्याग्निच्युडको भूकम्प अमेरिकामा ७.७ म्याग्निच्युडको भूकम्प

    पुस २१ – अमेरिकाको प्रशान्त महासागरीय क्षेत्रमा ७.७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकाको अलास्काबाट सय किलोमिटर टाढा रहेको प्रशान्त महासागरीय क्षेत्रमा शनिबार बिहान भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

  • आगलागीका कारण ३ हजार जना विस्थापित

    पुस २१ – अष्ट्रेलियाको दक्षिणी तस्मानिया राज्यमा जंगलमा लागेको आगोका कारण झण्डै तीन हजार नागरिकले घर छोडेका छन् । आगोले राज्यमा ८५ घरहरु नष्ट बनाएको छ । राजधानी होबार्टको पूर्वी क्षेत्रमा पर्ने डुनाले गाउँमा प्रहरी चौकी, स्कुल सहित ३० प्रतिशत भन्दा बढी घरहरु नष्ट बनाएको अधिकारीहरुले बताएका छन् ।

  • चीनमा पत्रकारले कम्युनिष्ट नेता विरुद्ध प्रदर्शन गरे

    पुस २१ – चीनको प्रमुख अखबार साउदर्न विक्लीका पत्रकारले कम्युनिष्ट पार्टीका प्रान्तीय प्रचार प्रमुखको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । पत्रिकामा कम्युनिष्ट पार्टी सम्बन्धि सम्पादकीय परिवर्तन गराएको भन्दै पत्रिकाका कर्मचारी र इन्टर्न पत्रकारले ग्वाङ्गडोङ्ग प्रान्तका प्रचार प्रमुख तुओ झेन विरुद्ध प्रदर्शन गरेका हुन् ।

  • महिलाले मोटरसाइकल चढ्दा खुट्टा दुइतिर राख्न नपाउने !

    पुस २० - इण्डोनेशियाको आचेह प्रान्तको ल्होक सेउ मावे शहरमा सरकारले मोटरसाइकलमा बस्दा महिलाले पालना गर्नु पर्ने नयाँ नियम सार्वजनिक गरेको छ । स्थानीय सरकारले मोटरसाइकलमा बस्दा महिलाले दुई खुट्टा दुइतिर राखेर बस्न नपाउने नियम लगाएको हो ।

  • बलात्कारमा संलग्न व्यक्तिलाई नपुसंक बनाउने सजाय

    पुस २० – बलात्कारमा संलग्न एक व्यक्तिलाई दक्षिण कोरियाको अदालतले नपुसंक बनाउने सजाय सुनाएको छ । प्यो नामका व्यक्तिलाई अदालतले १५ वर्षको जेल सजाय सहित नपुंसक बनाउने सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • लादेन संबन्धि चलचित्रबारे सिआइएको चासो

    पुस २० – अमेरिकी माथिल्लो सदन सिनेटको गुप्तचर समितिले ओसामा बिन लादेनको ज्यान जाने गरी भएको अमेरिकी सैन्य कारवाहीको जानकारी चलचित्र निर्मातालाई दिएको विषयमा गुप्तचर विभाग सिआइएसंग जानकारी मागेको छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया