MENU
Ncell Axiata

अन्तर्राष्ट्रिय

  • तालिबानको बम आक्रमणमा नेपालीको मृत्यू

    बैशाख २०– अफगानिस्तानमा विद्रोही समूह तालिबानले बुधवार गरेको आत्मघाती आक्रमणमा एकजना नेपाली सुरक्षा गार्डको ज्यान गएको छ । जलालाबादमा भएको आक्रमणमा वेलायती सेनामा काम गर्ने नेपालीको ज्यान गएको अन्तरष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • अमेरिका र अफगानिस्तानवीच सामरिक सम्झौतामा हस्ताक्षर

    बैशाख २०– अमेरिका र अफगानिस्तानबीच महत्वपुर्ण सामरिक सम्झौतामा हस्ताक्षर भएको छ । आफ्नो अघोषित अफगान भ्रमणको लागि अचानक काबुल पुगेका अमेरिकी राष्ट्रपति बराक ओवामा र अफगान राष्ट्रपति हमिद कारजाईवीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

  • मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक लागू

    बैशाख १९ – मलेसियामा सरकारले श्रमिकका लागि पहिलो पटक न्यूनतम पारिश्रमिक लागू गरेको छ । गरीब परिवारका समस्या मध्य नजर गर्दै सरकारले न्यूनतम पारिश्रमिक लागू गरेको बीबीसीले जनाएको छ ।

  • ब्रम्हपुत्र नदीमा डुंगा पल्टिँदा सयको मृत्यु, सय वेपत्ता

    बैशाख १९ - भारत असमको ढुबरी जिल्लामा ब्रम्हपुत्र नदीमा डुंगा पल्ंिटदा १ सय भन्दा बढी यात्रुको ज्यान गएको छ । १ सय भन्दा बढी हराईरहेका छन् । ज्यान गुमाउनेमा महिला र बालबालिका बढी छन् । ५० जना भन्दा बढी पौडिएर बाँच्न सफल भएका छन् ।

  • नाइजेरियाको प्रार्थना स्थलमा गरिएको आक्रमणमा २१ को मृत्यू

    बैशाख १८–  उत्तरी नाईजेरियामा बन्दुकधारीले ईसाई समुदायलाई लक्षित गरी गरेको आक्रमणमा कम्तिमा २१  जनाको ज्यान गएको छ । आक्रमणकारीले विभिन्न प्राथना स्थलमा आक्रमण गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

  • भारतीय जनता पार्टीका पूर्व अध्यक्षलाई ४ वर्ष कैद

    बैशाख १६– भारतको विशेष अदालतले भारतीय जनता पार्टीका पुर्व अध्यक्ष बंगारु लक्ष्मणलाई  भ्रष्टाचार मुद्दामा ४ बर्षको कैद र १ लाख रुपैया जरिवानाको फैसला सुनाएको छ । शुक्रवार सीवीआईको विशेष अदालतले लक्ष्मणलाई यो मुद्दामा दोषी ठहर गरेको थियो ।

  • चीनमा सरकार विरोधी कार्यकर्ता नजरबन्दबाट भागे

    बैशाख १६ - चीनमा आफ्नै घरमा नजरबन्दमा रहेका एक जना सरकार विरोधी कार्यकर्ता भागेका छन् । दृष्टिविहीन ४० वर्षिय चेन ग्वाङचेङले नजरबन्दबाट भागेर अमेरिकी दुतावासमा शरण लिएको बिबिसीले जनाएको छ । उहाँ सांगडोंग प्रान्तको डोंगशिगु शहरमा नजरबन्दमा हुनुहुन्थ्यो ।

  • पाकिस्तानी प्रधानमन्त्रीले पद नछाड्ने

    बैशाख १५– अदालतको अवहेलना मुद्दामा सर्वोच्व अदालतले दोषी ठहर गरेका पाकिस्तानका प्रधानमन्त्री यूसुफ रजा गिलानीले पद नछाड्ने बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला पछि पहिलोपटक संसदलाई संबोधन गर्दै गिलानीले संसदले मात्रै आफूलाई हटाउन सक्ने भन्दै पद नछाड्ने बताउनुभएको हो ।

  • ३० प्रतिशत भारतीय महिलाको सानैमा विवाह

    बैशाख १५– भारतका सयमा ३० जना महिलाको सानै उमेरमा विवाह हुने गरेको छ । युनिसेफले गरेको एक अध्ययनमा भारतका सयमा ३० जना महिलाको १५ देखि १९ वर्षको उमेरमै विवाह हुने गरेको देखिएको हो ।

  • बिन लादेनका परिवारलाई साउदी अरव पठाइयो

    बैशाख १५ - पाकिस्तानले आतंकबादी संगठन अल कायदाका पुर्व प्रमुख ओसामा विन लादेनका परिवारलाई साउदी अरव पठाएको छ । अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार लादेनका ३ जना पत्नी र ११ जना छोराछोरीलाई साउदी अरव पठाइएको हो । कडा सुरक्षाकाबीच उनीहरुलाई एउटा मिनी बसमा राखेर इस्लामाबाद अन्तराष्ट्रिय विमानस्थल हुदै विशेष विमान मार्फत साउदी अरव लगिएको हो ।

  • अदालतको अपहेलना मुद्दामा पाकिस्तानी प्रधानमन्त्री दोषी ठहर

    बैशाख १४ - पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री युसुफ रजा गिलानीलाई अदालतको अवहेलना मुद्धामा दोषी ठहर गरेको छ । अदालतको अवहेलनाका लागि ६ महिना जेल हुने व्यवस्था छ । तर अदालतले उहाँलाई जेल हाल्नु नपर्ने फैसला गरेको छ । मुद्धामा सुनुवाईका क्रममा न्यायाधीशका सामु उपस्थित भएको समय नै गिलानीका लागि सजाय हुने अदालतले स्पष्ट गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

  • लिबियामा धर्म र जातिमा आधारित राजनीतिक दलमाथि प्रतिबन्ध

    बैशाख १४ - लिबिया सरकारले धर्म र जातिमा आधारित भई खोलिएका राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रिय हित र एकतालाई ध्यानमा राखी प्रतिबन्ध घोषणा गरिएको राष्ट्रिय अन्तरिम परिषदले दावी गरेको छ । जाति र धर्मलाई प्राथमिकतामा राख्ने दलहरुको सहभागीतामा नयाँ सरकार गठन हुन र नयाँ संविधान लेख्न कठिन हुने परिषदको भनाई छ ।

  • पत्नीसँग आइन्सटाइनको सम्बन्ध तनावपूर्ण

    बैशाख ११ - भौतिक शास्त्रका सर्वश्रेष्ठ बैज्ञानिक अल्वर्ट आइन्सटाइनको निजी जिन्दगी तनाबपुर्ण रहेको एक लेखकले खुलासा गरेका छन् । लेखक वाल्टर इसाक्सनले आफ्नो किताव    आइन्स्टाइन-हिज लाइफ एण्ड युनिभर्समा आफ्नो निजी जिन्दगी सफल पार्न आइन्सटाइनले धेरै प्रयास गरेको तर सधै असम्भव भएको उल्लेख गरेको बिबिसीले जनाएका छ ।

  • पाकिस्तानद्वारा क्षेप्यास्त्रको सफल परिक्षण

    बैशाख १३ - पाकिस्तानले परमाणु हतियार बोक्न सक्ने क्षेप्यास्त्र हल्फ ४ को सफल परिक्षण गरेको छ । वुधवार विहान परिक्षण गरिएको यो क्षेप्यास्त्रले पाकिस्तानी मिसाइल सिस्टमलाई थप बलियो बनाएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाले हल्फ ४ ले कति टाढासम्म मार हान्न सक्छ भन्ने जानकारी गराएको छैन ।

  • युरोपमा मुस्लिममाथि भेदभाव

    बैशाख १३– मानवअधिकारवादी संगठन एमनेष्टी ईन्टरनेशनले मुस्लिम समुदायका नागरिकमाथि युरोपमा भेदभाव हुने गरेको भन्दै चिन्ता व्यक्त गरेको छ । आफ्नो पछिल्लो प्रतिवेदनमा एमनेष्टीले पारम्परिक भेषभुषाका कारण मुसलमानहरुलाई शिक्षा र व्यवसायमा कम अवसर दिईने गरेको दावी पनि गरेको छ ।

  • फ्रान्सको राष्ट्रपतिमा सार्कोजीको कडा प्रतिस्पर्धा

    बैशाख ११ - फ्रान्सका वर्तमान राष्ट्रपति निकोलस सार्कोजीले दोश्रो चरणको राष्ट्रपती चुनावमा कडा प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । आइतवार भएको पहिलो चरणको चुनावमा २७ प्रतिशत मत पाउँदै दोश्रो भएका सार्कोजीले बैशाख २४ गते हुने दोश्रो चरणको चुनावमा सोसलिष्ट उम्मेदवार फ्रान्स्वाँ होलेण्डसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • सिरियामा राष्ट्रसंघले ३ सय पर्यवेक्षक पठाउने

    बैशाख १० - संयुक्त राष्ट्रसंघले सिरियामा युद्ध विरामको अनुगमनका लागि ३ सय जना पर्यवेक्षक पठाउने भएको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले पर्यवेक्षक पठाउने प्रस्ताव शनिवार राती सर्वसम्मतीले पारित गरेको विबिसीले जनाएको छ । पर्यवेक्षकहरु ३ महिनासम्म सिरियामा रहने छन् ।

  • जी ट्वान्टीले आइएमएफलाई ४ सय ३० अर्ब डलर सहयोग गर्ने

    बैशाख ९ – विश्वका धनी २० वटा देशको समूह जी ट्वान्टीले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफलाई ४ सय ३० अरब अमेरिकी डलर सहयोग गर्ने भएको छ । अमेरिकाको राजधानी वासिङ्टनमा चलिरहेको जी ट्वान्टीका अर्थमन्त्रीहरुको बैठकले ऋण दिने क्षमता दोब्बर बढाउन आइएमएफलाई सहयोग गर्ने निर्णय गरेको हो ।

  • पाकिस्तानमा बिमान दुर्घटना, १ सय २७ को मृत्यु

    काठमाडौं, बैशाख ८, पाकिस्तानमा भोज एयरको एउटा यात्रुवाहक बिमान दुर्घटना भएको छ । दुर्घटनामा परेर १ सय २७  जनाको ज्यान गएको पाकिस्तानी अनलाईन मिडियाहरुले जनाएका छन् ।

  • शरणार्थी नेपालीलाई स्वेदश नफर्काउन प्रदर्शन शरणार्थी नेपालीलाई स्वेदश नफर्काउन प्रदर्शन

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम, बैशाख ८ – शरणार्थीका रुपमा बेल्जियममा लामो समयदेखि बस्दै आएका पुस्ता पाण्डेलाई नेपाल नफर्काउन अनुरोध गर्दै लुवेनमा नेपालीहरूले विरोध प्रदर्शन गरेका छन् ।

  • भारतीय माओवादीद्वारा सांसदलाई जनअदालतमा पेश

    बैशाख ८ – भारतीय माओवादीले आफ्ना माग सरकारले गम्भीरताका साथ नलिएको भन्दै आफ्नो नियन्त्रणमा रहेका सांसद झिना हिकाकालाई आफनो अदालतमा पेश गरेको छ । उडिसाको कोरापुट जिल्लामा पर्ने नारायण पटना क्षेत्रको जंगलमा जनअदालत बनाई सांसद झिना हिकाकाको बारेमा स्थानीय बासिन्दाको राय लिईएको छ ।

  • कुखुराले अण्डा बिना नै चल्ला जन्माएपछि

    बैशाख ७ - कुखुराले अण्डा बिना नै चल्ला जन्माउँछ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर श्रीलंकामा एउटा पोथी कुखुराले अण्डा बिना नै चल्ला जन्माएर सवैलाई आश्चर्यमा पारेको छ । श्रीलंकाको पहाडी क्षेत्रमा बसोबास गर्दै आएका रञ्जित एकानायकेले घरमा पालेको कुखुराले चल्ला जन्माएको हो ।

  • संसद भवनको स्क्रिनमा युवतीको नांगो फोटो देखिएपछि

    बैशाख ७ - थाईल्याण्डमा अश्लिल तस्विरका कारण संसद अवरुद्ध भएको छ । संविधान संशोधनबारे बहस चलिरहेका बेला संसदमा राखिएको ठूलो स्क्रिनमा निर्वस्त्र युवतीको कामोत्तेजक तस्विर बारम्बार आएपछि केही समयका लागि संसद बैठक अवरुद्ध भएको बिबिसीले जनाएको छ । अश्लिल तस्विर आएपछि सांसदहरुले आपत्ति जनाएका थिए भने मोनिटर बन्द गरेर त्यसबारे छानवीन शुरु गरेपछि संसद बैठक शुरु भएको थियो ।

  • यौनकाण्डमा संलग्न तीन अमेरिकी गुप्तचर बर्खास्त

    बैशाख ७ – यौनकाण्डमा संलग्न अमेरिकी गुप्तचर विभागका तीन जना सदस्यलाई पदबाट हटाईएको छ । यसै हप्ता भएको अमेरिकी राष्ट्रपति बाराक ओबामाको कोलम्बिया भ्रमणका बेला सुरक्षामा खटिएका प्रहरीहरु यौन दुराचारको मामलामा दोषी देखिएपछि पदबाट हटाईएको हो ।

  • भारतद्वारा शक्तिशाली लामो दुरीको मिसाइलको परीक्षण

    बैशाख ७ – भारतले अहिलेसम्मकै शक्तिशाली लामो दूरीको मिसाईल अग्नी ५ को परिक्षण उडान गरेको छ । स्थानिय समय अनुसार बिहीबार बिहान ८ बजेर ५ मिनेटमा उडिसाको व्हिलर द्विपबाट परिक्षण उडान गरिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

  • भारतमा पेट्रोलको भाऊ बढाउन दबाब

    बैशाख ६ – भारतीय तेल कम्पनीहरुले पेट्रोलको भाउ बढाउन या घाटाको क्षतिपूर्ति दिन सरकारलाई चेतावनी दिएका छन् । पेट्रोलको भाउ बढाउन अनूमतिका लागि सरकारले ढिलाई गरेपछि तेल कम्पनीहरुले यस्तो चेतावनी दिएका हुन् । कम्पनीहरुले पेट्रोलको भाउ तिटरमा ८ रुपैंया ४ पैसा बढाउन प्रस्ताव गरेका छन् ।

  • विश्वबैङ्कको अध्यक्षमा कोरियनमूलका अमेरिकी स्वास्थ्य विशेषज्ञ

    बैशाख ५ – कोरियन मूलका अमेरिकी स्वास्थ्य विशेषज्ञ जिम योङ्ग किम विश्व बैंकको नयाँ अध्यक्ष चुनिनुभएको छ । विश्व बैंकको निर्देशक मण्डलले अमेरिकाको तर्फबाट प्रस्तावित जिमलाई नयाँ अध्यक्ष चयन गरेको हो ।

  • अफगानिस्तानमा दोश्रो दिनपनि भिडन्त

    बैशाख ४ – अफगानिस्तानको राजधानी काबुलमा तालिबान लडाकूले शुरु गरेको भीषण आक्रमण दोश्रो दिन सोमबार पनि चलिरहेको छ । तालिबान लडाकूले राष्ट्रसंघको कार्यालय, विदेशी कुटनीतिक नियोगका कार्यालय, नेटो सेनाको मुख्यालय लगायतका ठाउँमा आक्रमण गरेका छन् ।

  • पञ्जाबमा भवन भत्किँदा मजदुरको ज्यान गयो

    बैशाख ४ – भारत पंजाबको जालन्धरमा एक भवन भत्किँदा एक मजदुरको ज्यान गएको छ भने झण्डै एक दर्जन मजदुर वेपत्ता भएका छन् । भारतीय संचार माध्यमले एक मजदुरको ज्यान गएको र केही घाईते समेत भएको बताएका छन् ।

  • अफगानिस्तानमा तालिबान लडाकूको भीषण आक्रमण अफगानिस्तानमा तालिबान लडाकूको भीषण आक्रमण

    बैशाख ३ – अफगानिस्तानको राजधानी काबुलमा तालिबान लडाकूले भीषण आक्रमण गरेका छन् । तालिबान लडाकूले राष्ट्रसंघको कार्यालय, विदेशी कुटनीतिक नियोगका कार्यालय, नेटो सेनाको मुख्यालय लगायतका ठाउँमा आक्रमण गरेका छन् ।

  • पाकिस्तानी जेलबाट ४ सय कैदी फरार

    बैशाख ३ – अफगानिस्तानको सीमा नजिक पर्ने पाकिस्तानको एक जेलबाट झण्डै ४ सय जना कैदी भागेका छन् । हिंसा प्रभावित खैबर पख्तुन्ख्वाको बन्नु शहरमा रहेको केन्द्रीय जेलमा तालिवानी लडाकुले आक्रमण गरेर झण्डै ४ सय कैदीलाई भगाएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

  • ईजिप्टमा १० जना प्रत्यासीलाई राष्ट्रपतिको चुनाव लड्न रोक

    बैशाख ३ - ईजिप्टमा राष्ट्रपति पदका १० जना प्रत्याशीलाई चुनाव अधिकारीहरुले चुनावमा भाग लिन रोक लगाएका छन् । चुनावमा सहभागी हुनबाट बन्चित हुनेमा पूर्व गुप्तचर विभाग प्रमुख ओमार सुलेमान, मुस्लिम ब्रदरहुडका खैरात अल सातेर, रुढीबादी नेता सलाफी हाजेम सलाह अबु ईस्माईल र प्रतिपक्षी नेता आयमन नुर लगायत छन् ।

  • विश्वका ६ शक्तिशाली राष्ट्र र ईरानबीच परमाणु वार्ता शुरु

    बैशाख २ – संसारका ६ वटा शक्तिशाली देश र ईरानबीच ईरानको परमाणु कार्यक्रमबारे छलफल शुरु भएको छ । १५ महिना अवरुद्ध भएको वार्ता टर्कीको राजधानी ईस्तानबुलमा शुरु भएको हो ।

  • सिरियामा युद्धविरामको अनुगमन टोली पठाउने विषयमा राष्ट्रसंघमा मतदान हुने

    बैशाख २ – सिरियामा युद्धविरामको अनुगमनका लागि टोली खटाउने सम्बन्धि प्रस्तावमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा मतदान हुने भएको छ । शुक्रवार प्रस्तावको मस्यौदालाई अन्तिम रुप दिईएको र शनिवार मतदान हुने अधिकारीहरुले बताएका छन् ।

  • अमेरिकामा ‘लिभ ईन रिलेशन’बाट जन्मेका बच्चा बढे

    बैशाख २ – अमेरिकामा बिवाह नगरी संगै बस्दै आएका जोडीबाट जन्मिने बालबालिकाको संख्या तिव्र रुपमा बढिरहेको एक तथ्यांकले देखाएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गरेको अध्ययनले त्यस्ता बालबालिकाको संख्या सन् २००२ पछि दोब्बरले बढेको देखाएको हो ।

  • उत्तर कोरियाको बहुप्रतिक्षित रकेट प्रक्षेपण असफल

    बैशाख १ – उत्तर कोरियाले बहुप्रतिक्षित रकेट प्रक्षेपण असफल भएको पुष्टि गरेको छ । शुक्रबार बिहानै उत्तर कोरियाको उत्तरपश्चिमी क्षेत्रबाट स्थानिय समय अनुसार बिहान ७ बजेर ३९ मिनेटमा प्रक्षेपण गरिएको रकेट केही मिनेटमै विष्फोटन सहित समुद्रमा खसेको थियो ।

  • बेलायती प्रधानमन्त्री क्यामरुन बर्मामा बेलायती प्रधानमन्त्री क्यामरुन बर्मामा

    बैशाख १ – बेलायतका प्रधानमन्त्री डेविड क्यामरुन बर्मा पुग्नुभएको छ । ६० वर्ष पछि बर्माको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री क्यामरुनले बर्माका राष्ट्रपति थिन सेनसित भेट वार्ता गर्नुभएको छ ।

  • गरिब वालवालिकालाई निशुल्क शिक्षा दिन अदालतको आदेश

    बैशाख १ – भारतको सर्वोच्च अदालतले गरिब तथा पिछडिएको वर्गका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्न देशभरका सरकारी तथा नीजि विद्यालयलाई आदेश दिएको छ । त्यस्ता विद्यालयमा २५ प्रतिशत भर्ना सिट विपन्न तथा पिछडिएका बालबालिकाका लागि आरक्षित हुनुपर्ने अदालतले आदेश दिएको छ ।

  • श्रीमान-श्रीमतीलाई एउटै जेलमा राखिने

    चैत ३० – भारतको उत्तरप्रदेश सरकारले जेलहरुमा सुधार अभियान शुरु गरेको छ । जेलमन्त्री रघुराज प्रताप सिंहले कैदीका लागि पर्याप्त मात्रामा गुणस्तरीय खाना र स्वच्छ पानीको व्यवस्था गरिने र शौचालय सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

  • विद्रोहीमाथिको सैन्य कारबाही रोक्ने सिरिया सरकारको घोषणा

    चैत ३० – चर्को अन्तर्राष्ट्रिय दबाबपछि सिरिया सरकारले विद्रोही विरुद्ध सञ्चालित सबै सैन्य कारवाही रोक्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघ र अरब लिगको मध्यस्थतामा सिरिया युद्धबिरामका लागि सहमत भएको हो ।

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया