MENU
Ncell Axiata

विचार/अनुभूति

  • ​ बाढी प्रभावित क्षेत्रमा रोगको महामारी देखिँदैछ, यसरी सजगता अपनाऔं ​ बाढी प्रभावित क्षेत्रमा रोगको महामारी देखिँदैछ, यसरी सजगता अपनाऔं

    विश्वमा प्राकृतिक प्रकोप पछि सधै स्वास्थ महामारी हुने गरेको देखिन्छ । र त्यसको सम्भावना उच्च हुने गर्छ । अहिले दैनिक जसो बाढी पहिरो गएका ठाउँबाट झाडापखाला, श्वासप्रश्वास र ज्वरोका बिरामी बढिरहेको भन्ने समाचार आइरहेका छन् ।

  • जसको पसिना गन्हाउँछ, उसलाई थाहा हुँदैन जसको पसिना गन्हाउँछ, उसलाई थाहा हुँदैन

    गर्मी याममा शरीरमा पसिना आउनु नराम्रो कुरा होइन । यसले शरीरलाई शान्त राख्न तथा शरीरको तापक्रम घटाउन मद्दत गर्छ । एक हिसाबले शरीर संरक्षणको लागि सुरक्षात्मक संयन्त्र पनि हो । पसिना आयो भने शरीरलाई शितल हुन्छ, तर धेरै पसिना आयो भने रोग लाग्छ ।

  • बाढी पहिरोबाट कसरी बच्ने ? बाढी पहिरोबाट कसरी बच्ने ?

    बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ घर डुबानमा परेका छन् ।

  • ​विराटनगरमा त जहाजै डुब्न लाग्यो, तराईलाई तागत देउ सरकार ​विराटनगरमा त जहाजै डुब्न लाग्यो, तराईलाई तागत देउ सरकार

    साउन महिना सकिनै लागेको बेला मनसुन सक्रिय भएपछि देशभर बाढी पहिरोले बितण्डा मच्चाएको छ । तराईका धेरैजसो ठाउँ जलमग्न भएका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके, बर्दिया लगायत जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ ।

  • गाई छोडेका पशुपतिलाई कति मिल्ला पापा, थाहा पत्तो नपाउनेको थर मात्रै थापा ! गाई छोडेका पशुपतिलाई कति मिल्ला पापा, थाहा पत्तो नपाउनेको थर मात्रै थापा !

    नामै पशुपति । पशुपतिलाई मन पर्ने आफ्नै साँढे । साँढेलाई सुहाउने हलो । पशुपतिको भलो गर्ने पनि त्यही हलो । हलो मात्रै रोजेर हेलो हेलो भन्दै अघि लाग्नुपर्छ भनेर बेलैमा थाहा पाएको भए नामै कमल भएका मान्छेसित पशुपति यति बिघ्न कठोर किन हुनुपर्थ्यो ।

  • सडकका खाल्डामा परेर कति मान्छे मरेपछि शहर स्मार्ट हुन्छ ? सडकका खाल्डामा परेर कति मान्छे मरेपछि शहर स्मार्ट हुन्छ ?

    स्मार्ट सिटी र रेलका कुरा छोड्नुस्, पहिले खाल्डाका कुरा गर्नुस् । सडकलाई सडक भन्न मिल्ने बनाउनुहोस् । हिँड्दा हिँड्दै खाल्डोमा हामी नपर्ने सडक बनाउनुहोस् । अनि गरौँला स्मार्ट सिटीका कुरा, स्काई रेलका कुरा, अनि मेट्रो रेलका कुरा ।

  • लघुवित्त संस्थाले गरिबी न्यूनीकरणमा खेलेको भूमिका र भित्रिंदो विकृति लघुवित्त संस्थाले गरिबी न्यूनीकरणमा खेलेको भूमिका र भित्रिंदो विकृति

    नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त संस्था लघुवित्त संस्था हो । लघुवित्त संस्थाले गरिबि न्युनीकरणमा ठूलो भुमिका निर्वाह गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले असार मसान्त सम्म ५३ लघुवित्त संस्थालाई अनुमति दिएको छ ।

  • बालबालिकाले ओछ्यानमा पिसाब गर्नु बानी कि समस्या ? बालबालिकाले ओछ्यानमा पिसाब गर्नु बानी कि समस्या ?

    बालबालिकाले लगाएको लुगा र ओछ्यानमै पिसाब फेर्नु सामान्य हो । तर त्यो सधैँ सामान्य हुँदैन, बालबालिकाको उमेर र विकास अनुसार ओछ्यानमा पिसाब फेर्ने बानी समस्या हुन थाल्छ । यसलाई इनोरेसिस् भनिन्छ । बालबालिका पाँच वर्ष नपुग्दासम्म यसलाई बानीको रुपमा लिनुपर्छ ।

  • ​घरमा दुहुना नभए पनि थालभरी खिर ! ​घरमा दुहुना नभए पनि थालभरी खिर !

    बल्लतल्ल मकैले चमरा काढ्यो, सुत्ला पनि च्याप्यो । अनि असारको मध्यतिरबाट हामी केटाकेटी गुनगुनाउन थाल्थ्यौं– ‘असारमा खाने दुधिला मकै साउनमा खाने खिर...!’ सुन्दैमा मुख मीठो हुने ।

  • स्वाईन फ्लु शंका लाग्यो ? के गर्ने ? स्वाईन फ्लु शंका लाग्यो ? के गर्ने ?

    केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा स्वाईन फ्लु देखिएको छ । गएको असार मध्यतिर नै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा यो सिजनको पहिलो स्वाईन फ्लु देखा परेको हो । यसलाई इनफ्लुन्जा ए ‘एच वन ए वान’ प्यानडेमिक २००९ भनिने गरिन्छ ।

  • अलविदा गुरु अलविदा गुरु

    पशुपति आर्यघाटको ब्रम्हनालमा लमतन्न सुताइएको छ गुरुको शव । अघिल्लो दिन दिउँसोसम्म बाँच्लान कि भन्ने आशा थियो साथीहरुलाई । के के उपाय गर्दा हुन्छ सबै गर्ने, के कति खर्च लाग्छ, सबै मिलेर जुटाउने भन्ने सल्लाहले साथीहरुको दौडधुप रोकिएको थियो ।

  • सहयोगको चर्चा चुलिए पनि म मख्ख छैन सहयोगको चर्चा चुलिए पनि म मख्ख छैन

    मलाई सानै उमेरदेखि समाज सेवा गर्ने मन थियो । मेरो ममी बितेको एक वर्ष मात्रै भयो । ममीले सुसाइड गरेपछि मानसिक रुपमा विक्षिप्त भएकी थिएँ । ममीको मृत्युपछि म १७ दिनसम्म मेन्टल अस्पताल बसेँ ।

  • नेपाल राष्ट्र बैंकले अपनाएको कदम नेपाल राष्ट्र बैंकले अपनाएको कदम

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले साउन १ गतेदेखि १० लाख रुपैयाँ बढी नगद कारोबार रोकेका छन् । तपाईंले १० लाख रुपैयाँ भन्दा बढी रकम झिक्न खोज्नु भयो भने बैंकले दिँदैनन् र १० लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न लैजानु भयो भने पनि बैंकले लिँदैनन् ।

  • दाँत खप्टिएर किन आउँछ ? दाँत खप्टिएर किन आउँछ ?

    डा. रमेश बिछ्छा –  गुलियो बालबालिकालाई सार्‍है मन पर्ने खानेकुरा । चकलेट, मिठाई पाएपछि बालबालिका त्यसै दंग पर्छन् । तर गुलियो खानेकुरा खाँदा दाँतमा टासिन्छन् । मुखमा भएको ब्याक्टेरियाले त्यहाँ एसिड अर्थात् अम्ल उत्पादन गर्छ र दाँतलाई खियाउने गर्छ । यसले गदाँ खाएको खाना दाँतमा अड्कने र क्याबिटी उत्पादन हुन्छ र दाँतमा किरा लाग्छ । यस्तो समस्या नियमित दाँत नमाझ्दा हुने गर्दछ । दाँतमा किरा आजको भोलि नै लाग्ने कुरा होइन, दाँतको बिचमा खाना अड्किन थाल्यो भने आफैले पनि किरा लाग्ने सम्भा...

  • बैंक मर्जले निम्त्याएको सकस बैंक मर्जले निम्त्याएको सकस

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।

  • ​काठमाडौंका मेयरलाई प्रश्न - यो भिडियो हेर्नुभयो ? ​काठमाडौंका मेयरलाई प्रश्न - यो भिडियो हेर्नुभयो ?

    हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने एउटै कुरा छ, मतदान । गर भन्नुहुन्छ, गरिदिन्छौँ ।

  • हाँस्दा त लाजै हुन्छ भन्छन् बिरामी, समस्या समाधानको लागि के गर्ने ? हाँस्दा त लाजै हुन्छ भन्छन् बिरामी, समस्या समाधानको लागि के गर्ने ?

    पिसाब आएको जस्तो हुन्छ, कहाँ गर्ने भनेर ठाउँ खोज्दै गर्दा पिसाब चुहिहाल्छ, खोक्दा, हाछ्यु गर्दा, बसेको ठाउँबाट जुरुक्क उठ्दा पिसाब चुहिन्छ । अझै धेरै बिरामीले समस्याको बारेमा ‘डाक्टरसाब हाँस्दा खेरी लाजै हुन्छ’ भन्ने गर्छन् । यस्तो समस्या विवाहित, अविवाहित तथा वृद्ध सबै खालका महिलालाई हुन्छ ।

  • थरिथरीका समाचार चोर ! नियमन र कारबाही कसले गर्ने ? थरिथरीका समाचार चोर ! नियमन र कारबाही कसले गर्ने ?

    म पत्रकारिताको विद्यार्थी । पत्रकारिता पढ्न मैले सात वर्ष खर्चिसकेको छु । मैले सात वर्षमा सिकेका कुरालाई तिखार्ने थालेको रुपमा उज्यालो रेडियो नेटवर्क पाएको छु ।

  • मुसाले टोक्यो, के गर्ने ? के रेबिज रोग लाग्छ ? मुसाले टोक्यो, के गर्ने ? के रेबिज रोग लाग्छ ?

    मुसाले टोके स्ट्रेप्तोब्यसिलरी र स्पाईरिलम गरी दुइ प्रकारका ब्याक्टेरियाको संक्रमणको उच्च जोखिम हुन सक्छ । यी ब्याक्टेरियाहरु संक्रमित मुसाले टोके वा चिथरे मात्र पनि मानिसमा सर्न सक्छ । यसलाई समग्रमा र्याट बाइट फिवर भनेर बुझ्ने गरिन्छ ।

  • विप्लवको बन्दमा सरकारी कर्मचारी नै प्रहरी फन्दामा ! विप्लवको बन्दमा सरकारी कर्मचारी नै प्रहरी फन्दामा !

    एक्कासी प्रहरीको दुईवटा भ्यान आइपुग्यो । भ्यानबाट प्रहरी ओर्लिए । केही हामी भएतर्फ नै आए । तर एक प्रहरी निरीक्षक हामी नजिकै रहेका व्यक्तिसँग हात मिलाउँदै भने, ‘ए पुरानै साथी पो हुनुहुँदो रहेछ, एकछिन हामीसँग गाडीमा जाउँ न ।’ ती व्यक्ति प्रहरीको भ्यानतर्फ लागे । केहीबेरको कुराकानीपछि उनलाई भ्यानमा चढाइयो ।

  • जब आँखै अगाडि ट्रिपरले मोटरसाइकललाई किच्न आट्यो... जब आँखै अगाडि ट्रिपरले मोटरसाइकललाई किच्न आट्यो...

    आइतबार दिउँसो पौने ३ बजे ललितपुरको भनिमण्डल चोक नजिकैको चक्रपथमा गाडी सामान्य अवस्थामै चलिरहेका थिए । चर्को गर्मी, गाडीको चापले गाडी बिस्तारै पालो पर्खेर आउने जाने गरिरहेका थिए ।

  • गुरुपूर्णिमा र असल शिक्षक गुरुपूर्णिमा र असल शिक्षक

    नेपाल कैयौँ तपस्विका ज्ञानले सिञ्चित पृथ्वीतलको पुण्यभूमिको रुपमा चिनिने सुन्दर, सुरम्य शान्त देश अवस्य हो । यहाँ जन्मिएका जनक, बुद्ध, सीताजस्ता उदाहरणीय व्यक्तित्वसँग धार्मिक सहिष्णुभाव अनि मानवीय आचरण र आदर्श भावले रम्न पाएका छन् ।

  • विकास के लाई भन्ने ? विकास के लाई भन्ने ?

    २१ औं शताब्दीको विकास भन्नाले गुणस्तरीय जीवनको अधिकारलाई बुझ्नु पर्दछ । मानिसको बाँच्न पाउने अधिकारको थप विकसित रुपमा गुणस्तरीय जीवनको अधिकार सम्वन्धिको अवधारणागत विकास भएको हो ।

  • २० वर्ष पछिको स्थानीय चुनाव एमालेलाई फलिफाप २० वर्ष पछिको स्थानीय चुनाव एमालेलाई फलिफाप

    चुनावको बेला केही रोचक र आश्चर्यजनक नतिजा पनि आउने गर्छ । बराबरी या एक, दुई मतान्तरले जित्नुलाई धेरैले भाग्यसँग तुलना गर्छन् । भाग्यको खेलमा पनि एमाले सफल भयो । झापाको कमल गाउँपालिकाको अध्यक्षमा गोलाप्रथाबाट नेकपा एमालेकी मेनुका काफ्ले विजयी हुनु भएको छ ।

  • बम समात्ने हवल्दारको हाइहाई, कमाण्डर गुमनाम ? बम समात्ने हवल्दारको हाइहाई, कमाण्डर गुमनाम ?

    प्रहरी सेवामा कर्तव्यनिष्ठ भएर मैले काम गरेको २२ वर्ष पुग्यो । २२ वर्षको अवधिमा धेरै आरोह अवरोह पार गरियो । यसमा मलाई गौरव नै छ । गुमाउने भन्दा पनि प्रहरी सेवामा प्रवेश गरेर मैले धेरै सफलता प्राप्त गरेको छु । देश र नागरिकको सेवा गर्न पाउँदा मलाई गर्व छ ।

  • भोट दिन खोज्दा परलोक भएका हजुरबा, हजुरआमाहरुको नाममा भोट दिन खोज्दा परलोक भएका हजुरबा, हजुरआमाहरुको नाममा

    मतदान गर्न जाँदा भोट खसाल्न नपाउँदै निधन ! बुढा बाआमालाई पिठ्युँमा बोकेर र डोहोर्याउँदै गएका छोरा नातीलाई कस्तो भयो होला ! अनि मतदान गर्ने लाइनमा उभिएका बृद्धले सास फेर्न छोड्दा देख्नेहरुलाई कस्तो भयो होला !

  • ​मृत्युको भयमा मायाको मल्हम ​मृत्युको भयमा मायाको मल्हम

    ‘तपाईंको उपचार जत्ति सक्दो छिटो गर्नुपर्छ, नत्र...’ डाक्टर यति मात्र बोले । एक्कासी मेरो आँखा अगाडि अन्धकार छायो, दिनमै रात पर्‍यो, डर लाग्यो यत्तिका वर्षसम्म जोडी भएका हात छुट्छ कि भनेर ? त्यो भन्दा धेरै हामी दुई पाङ्ग्रा मिलेर अडाएको रथ भत्कन्छ त अब भनेर ?

  • भविष्यको चिन्ता हुनेहरूका लागि... भविष्यको चिन्ता हुनेहरूका लागि...

    शिक्षक भएका बखत ठूलो भएपछि के बन्ने भनेर सोध्यो भने मैले सोधेका धेरैजसो बच्चाको जवाफ डाक्टर, पाइलट वा इन्जिनियर हुन्थ्यो । मैले नै पनि सानामा धेरैलाई यस्तै जवाफ दिएकी हुँ ।

  • मध्य रातमा आँखै अगाडि पहिरोले लग्यो, कालले लगेन मध्य रातमा आँखै अगाडि पहिरोले लग्यो, कालले लगेन

    बिर्सन खोज्दा पनि मस्तिकमा अझै त्यही पहिरो आउँछ । जहाँ बिहीबार मध्यराति दुईजना प्रहरीले ज्यान गुमाए । दुईजना अझै वेपत्ता छन् । तर मृत्युको मुखबाट हामी उम्कन सफल भएका छौं ।

  • एसइई पछिको सजिलो बाटो, उच्च शिक्षा छनोटका ७ आधार एसइई पछिको सजिलो बाटो, उच्च शिक्षा छनोटका ७ आधार

    एसइई पछिका दुई वर्ष अर्थात ११ र १२ कक्षाको पढाई विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो । यसले विद्यार्थीको भावी अध्ययनको मार्गदर्शन मात्र गर्दैन उनीहरुको भावी पेशा र क्षेत्र र करियरको निक्र्योल पनि गर्छ ।

  • मधेसको आन्दोलन र चुनावी माहौल मधेसको आन्दोलन र चुनावी माहौल

    निर्वाचन नै वास्तविक जनादेश हुने भएकाले हरेक राजनीतिक दलहरु आफ्ना एजेण्डाका साथ चुनावमा जानुपर्छ । दलहरुले बोकेका एजेण्डामा नागरिकको साथ रहेको नरहेको चुनावले नै निर्धारण गर्दछ । लोकतान्त्रिक अभ्यास गरिरहेका हरेक मुलुकमा चल्दै आएको चलन पनि यहि नै हो, र उपयुक्त व्यवस्था पनि ।

  • हैजा सधैँ काठमाडौं उपत्यकामा नै किन ? हैजा सधैँ काठमाडौं उपत्यकामा नै किन ?

    यो वर्ष पनि ललितपुरमा हैजा देखिएको छ । अघिल्लो वर्ष पनि ललितपुरमा हैजाका बिरामी भेटिएका थिए । ललितपुर, भक्तपुर र काठमाडौं यी सबै काठमाडौं उपत्यका भित्रैका जिल्ला हुन् । विगतमा अक्कलझुक्कल काठमाडौं उपत्यका बाहिर प्रकोपको रुपमा हैजा देखिने गरे पनि उपत्यकाभित्र भने हैजा सदाबहार रोग जस्तै बनेको छ ।

  • जन्म दिएर चटक्कै छोड्यौ आमा जन्म दिएर चटक्कै छोड्यौ आमा

    आमाको माया कस्तो हुन्छ ? आमा नहुँदा कतिपटक रुनुपर्दो रहेछ ? यो त केवल आमा गुमाइसकेकालाई मात्र थाहा हुन्छ । हेर्दाहेर्दै ६ वर्ष पुगेछ आमाले हामीलाई छोडेर जानुभएको । आमा गुमाउँदा दूधे बालक रहेको भाइ पनि अहिले ६ वर्षको भैसक्यो ।

  • सधैं मृत्यु जितेर फर्केको सुनाउने उनी मृत्युसँग हारे सधैं मृत्यु जितेर फर्केको सुनाउने उनी मृत्युसँग हारे

    ‘........ठूलो रिस्क लिएँ दाजी’ स्टुडियोमा छिरिसकेर कुर्सीमा बस्दै गर्दा उनले भने, ‘नाम त कमाएँ तर सम्झिँदा कहाली लाग्छ कत्रो रिस्क लिएँ भनेर ।’ हो पनि सञ्जयको त्यो रिस्कलाई अति महत्वकांक्षा, ढिपी र हावा कुरा पनि भन्ने गरिएको थियो ।

  • तराई मधेसको भूराजनीति र राजपाको स्वार्थ तराई मधेसको भूराजनीति र राजपाको स्वार्थ

    उत्तरतिर रहेको ‘इन्डो गंगेटिक’ मैदान, जहाँ हाम्रो तरार्इ अबस्थित छ । यसको क्षेत्रफल ३३९९८.८ वर्ग किलोमिटर र पुरै नेपाल हिसाब गर्दा २३.१५ भूभाग ढाकिएको क्षेत्र नै हाम्रो तराई – मधेस हो । यो हिन्द कुश हिमालयन क्षेत्र हो । नदी किनारमा मानवीय वस्ती विकसित भएको हो ।

  • अपरेशन थिएटर–३ः बल्ल छोरीको मुख हेर्न पाएँ अपरेशन थिएटर–३ः बल्ल छोरीको मुख हेर्न पाएँ

    मलाई अब्जरवेशन कक्षामा राखिएको झण्डै १२ घण्टा भइसकेको थियो । २४ घण्टासम्म पानीको एक थोपा पनि मुखमा परेन । त्यो पीडा शब्दमा कसरी लेख्ने र ! पानी मागें । तर, कसैले दिएनन् । छेउका अरु बेडमा साना बच्चा रोएको आवाज सुनिन्थ्यो ।

  • कसिएका युवा मन कसिएका युवा मन

    एउटा दैनिक अखबारमा “कतारमा एकै गाउँका पाँच सय” शिर्षकको खबरले मन निचोरिए जस्तो भयो । अर्घाखाँचीको मालारानी–५ को यो समाचार पढेपछि मन गाउँघरतिर गयोे । आफ्नै गाउँलाई नजिकबाट नियालें । पात्र खोज्न रत्तिभर समय लागेन । आफ्नै गाँउका अंकल, दाइ तथा भाइहरु आँखैभरि घुमे ।

  • दुई नम्बर प्रदेशको चुनाव सारेर देउवा असक्षम भएकै हुन् त ? दुई नम्बर प्रदेशको चुनाव सारेर देउवा असक्षम भएकै हुन् त ?

    निर्वाचन आयोगले समेत मिल्दैन, हुँदैन भन्दाभन्दै सरकारले राष्ट्रिय जनता पार्टी राजपालाई देखाउँदै दुई नम्बर प्रदेशको चुनाव सारेको छ । यो निर्णयसँगै असार १४ गते तोकिएको चुनाव कुनै हालतमा सम्पन्न गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धतामा ठेस लागेको छ ।

  • के हामी फेरि साथी बन्न सक्छौँ ? के हामी फेरि साथी बन्न सक्छौँ ?

    एउटा सम्बोधन बिनाको पत्र । सम्बोधन गर्न कुनै नाता नभेटीएकोले सम्बोधन बिनै लेखिएको पत्र । काल्पनिकता लागेमा संयोग मात्र हुनेछ, यो पत्र । तिमीलाई याद छ की छैन, २०६२ पुस १७ गते हाम्रो दोस्रो भेट भएको थियो ।

  • कतै तपाईंको शरीरमा पानी कम भएको त छैन ? कतै तपाईंको शरीरमा पानी कम भएको त छैन ?

    शरीरलाई जति मात्रामा पानी चाहिन्छ, त्यो भन्दा कम हुनु जल वियोजन हो । जलवियोजन हुने धेरै कारणले हुन्छ । जसमध्ये गर्मी पनि एक हो । एकदम गर्मी भएको छ, शरीरबाट पसिना धेरै आएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
  • सिसिटिभी क्यामेरा राखेनी जे राखेनी नियत खराब भएकाहरुले मतपत्र च्यात्न छोड्ने होइनन् । मतगणनाको उच्च निगरानीका साथै निर्वाचन आयुक्त, सुरक्षाकर्मी र प्रतिनिधि बसेका स्वंयम दलका नेता पनि अब चनाखो बन्नुपर्छ ।

    मदन ज्ञवाली
  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
सबै हेर्नुहोस

सोसल मिडिया