MENU
Ncell Axiata
USAID

विचार/अनुभूति

  • कालो र सेतो बाटो कालो र सेतो बाटो

    गोपाल गुरागाई - प्रलाद योञ्जन नेपालका यस्ता जीव बैज्ञानिक थिए, जो देशमा कम र विदेशमा बढी, अनि नामले कम र कामले ज्यादा चिनिन्थे । उनी चुपचाप काम गर्न रुचाउने मानिस थिए र सकेसम्म प्रचार प्रसारको दुनियाँबाट टाढै रहन मन पराउँथे । रेड पाण्डामा पिएचडी र दुई दुई बिषयमा एम.एस्सी गरेका उनी आफनो नामको अगाडि डाक्टर लेख्दैनथे । नेपालमा उन्को नाम चितवन राष्ट्रिय निकुञ्जमा सन् १९९४ मा संसारकै दुर्लभ एकसिंगे गैडा गन्ती गरेपछि चल्न थालेको हो ।

  • प्रलाद योञ्जनः एकदम दुर्लभ मान्छे ! प्रलाद योञ्जनः एकदम दुर्लभ मान्छे !

    - गोपाल गुरागाईं “बुझ्नुभो, काल पनि छक्किँदो रछ !” पाँच छ महिनाअघि एकदिन डा. योञ्जनले डा.पीताम्बर शर्माको नाडी देखाउँदै भने । शर्माको नाडीमा हल्का नीलो दाग थियो, जहाँबाट मुटुको ब्लकेज खोल्न प्लाष्टिकको पाईप पठाईएको थियो । डा. शर्माको मुटुमा बिना कुनै लक्षण फेला परेको ब्लकेज र त्यसको तत्काल निदानपछिको कुराकानी थियो त्यो । तर, डा. प्रलाद योञ्जनको हकमा काल छक्किएन, बरु प्रलादको मृत्युले हामी सबैलाई छक्यायो । “बर्वाद भो गुरागाईजी !” डा. पीताम्बर शर्माले कात्तिक १४ गते साँझ डुबेको स्वरमा फोनमा भन्नुभो । भन्नका लागि न उहाँसँग थप शब्द थिए, न सोध्नका लागि मसित । 

  • हिंसा र प्रतिहिंसाः नयाँ सन्दर्भमा पुराना घटना हिंसा र प्रतिहिंसाः नयाँ सन्दर्भमा पुराना घटना

    dash; गोपाल गुरागाईं | आजको कुरा शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन माओवादी, कांग्रेस र एमालेबीच छलफल चलेको धेरै भयो । तर कुरा कहाँनेर अड्केको छ भनेर कसैले पनि नागरिकलाई नभनेको पनि छलफल चल्न थालेदेखि नै हो । डा. बाबुराम प्रधानमन्त्री भएपछि शान्ति प्रकृया टुंगोमा पुग्छ भनेर जागेको आश सेलाई हालेको त छैन, तर यो प्रकृया सजिलोसित अघि बढ्ला भन्ने बिश्वास जागेको पनि छैन ।

  • यूरोपेली भुटानीहरुः देश दुखी राख्छ यूरोपेली भुटानीहरुः देश दुखी राख्छ

    - गोपाल गुरागाईं  झापाको बेलडाँगीबाट नर्बेको पश्चिम किनारमा पुगेका रमेश गौतम (२८), मोरंगको पथरीबाट नेदरल्याण्डको फ्रिस्ल्याण्ड पुगेका नवराज गजमेर (२७) र बेलडाँगीबाटै डेनमार्कको हास्लीभ पुगेका कमल गौतम (२९) नयाँ ठाउँको नयाँ चलनमा रम्न थालेका छन् । तर, नेपालका शरणार्थी शिबीरबाट युरोपका भिन्ना भिन्नै देश पुगे पनि उनीहरु सबैको दिनचर्या एउटै कामबाट शुरु  हुन्छ ।

  • नेपाली नागरिकता र सुशासन नेपाली नागरिकता र सुशासन

    गोपाल गुरागाई - साढे चार किलोमिटर मात्रै टाढा छन् मानभवनको जिल्ला प्रशासन कार्यालय ललितपुर र सोही जिल्लाको ठेचो गाउँ विकास समितिको भवन । तर, नागरिकता बनाउने काममा जोडिएका सरकारका यी दुई निकायहरुले काम चलाउने प्रविधिमा आकास जमिनको अन्तर छ |

  • नेपाली पत्रकारिता, बाढी र चमत्कार नेपाली पत्रकारिता, बाढी र चमत्कार

    गोपाल गुरागाईं - पहिलोपल्ट आफ्नै पेशा अथवा पत्रकारिताको कुरा गरौं, त्यो पनि एउटा बासी “जोक”बाट। नेपालको पत्रकारिताबारे दुई दशक अघि चलेको “जोक” यस्तो छ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया