MENU
Ncell Axiata

विचार/अनुभूति

  • जापानको नानमा धन खोज्ने सपना जापानको नानमा धन खोज्ने सपना

    मिलन तिमिल्सिना – गाउँको सानो झुपडी । सेतै फुलेकी हजुरआमा, दिनरात कामको बोझले लखतरान भएका बाआमा, गरिबी र अभावमा बाँचेका भाइबहिनी । एकबाली धान फल्ने खेत, सिजन परे मकै र कोदो फल्ने थोरै पाखोबारी । डाँडामाथिको घामजस्तै भएकी हजुरआमा अझै ठमठमती हिँड्नुहुन्छ ।

  • एकरात अस्पताल बस्दा... एकरात अस्पताल बस्दा...

    मिलन तिमिल्सिना – अस्पतालमा रातभर बसेर बिरामी नकुरेको पनि धेरै नै भएको रहेछ । १२/१५ वर्ष पहिले ठुलो हजुरबा बिरामी भएर ल्याउँदा वीर अस्पतालमा दुईरात जति कुरेर बसेको थिएँ । ओम ठुलो बा, शिव काका, रामचन्द्र दाइहरुसँगै ।

  • नदेखिने काम नदेखिने काम

    मिलन तिमिल्सिना – भात तिहुन पकाउने, भाँडा मोल्ने, कपडा धुने, किनमेल गर्ने जस्ता घरधन्दामा कहिल्यै मन गएन । घरमा हुँदा समेत मन गरेर काम गरिएन, खान मात्र अघि सरिन्थ्यो । सानो छँदा चाहिं बाख्रा थुन्ने, कुँडो पकाउने, तरकारी केलाउने, पल्लो घरमा आगो लिन जाने जस्ता सानातिना काम गर्नुपर्थ्यो ।

  • कम्मर दुखेमा के गर्ने ? कम्मर दुखेमा के गर्ने ?

    डा. अरुणा उप्रेती – जीवनमा एक न एकपटक ढाड नदुखेका मानिस प्रायः कमै हुन्छन् । केहि नभएको व्यक्तिलाई पनि एक्कासी निहुरि“दा वा केहि काम गर्दा चसक्क भए जस्तो हुने र त्यसपछि ढाडको दुखाइ सुरु हुन्छ । ढाड दुख्ने व्यक्तिहरू सुरुको अनुभव यसरी नै सुनाउँछन् ।

  • नपाउने र नचाहनेका व्यथा

    मिलन तिमिल्सिना – चुनावको मुखमा बिरामी बुबालाई अस्पतालमा कुरेर बस्नुभएकी रञ्जना दिदीले भन्नुभयो, ‘तिहारमा जाँदा बाले चुनावको कुरा धेरै गर्नुभएको थियो । भतिजो रामले यो पार्टीले भोट दिनुपर्छ भन्छ तर जगन्नाथ र प्रेमनाथले चाहिँ पहिले जसलाई दिएको हो उसैलाई है दाइ भन्दैछन् ।

  • परनिर्भर राजनीतिले जकडिएको नेपाली समाज परनिर्भर राजनीतिले जकडिएको नेपाली समाज

    विजय पौडेल – सहज सञ्चार र विज्ञानका कारण मानिसको जीवनशैली यति धेरै सरलीकरण भएको छ, त्यसको आभासका लागि न्यूयोर्क शहरमा नै बसोबास गरिरहनुपर्दैन । नेपालकै कुनै विकट गाउँको कुनामा पनि त्यसको झल्को देख्न सकिन्छ ।

  • सबैको ! तर कसैको नभएको म सबैको ! तर कसैको नभएको म

    लक्ष्मण कार्की – ‘ह्याप्पी तिहार साथी, सर, यार, ब्रो, दोस्त, दाजु, भाइ भनेर आएका म्यासेजको उरुङ थियो फेसबुक र मोबाइलमा । तर शुभेच्छा त एकथान औपचारिकता न हो । आशिष सबै पुरा हुने भए त विकासका लागि दुनियाभरका सिद्धान्त किन पो चाहिंदा हुन् र ?

  • विदेशिए दाजुभाइ, बिझायो तिहार विदेशिए दाजुभाइ, बिझायो तिहार

    अनुपम शर्मिला – बिहानको साढे ८ बजेको रै’छ दशैं अघिदेखि परेको झरी अझै थामिएको थिएन । हिले दशैं मनाएर भोलीपल्ट त नुनको सोझो गर्न पुग्नुपर्ने थियो । त्यसको लागि आजै हिड्नुपर्थ्यो । कच्ची बाटो, हातमुख धुन नपाउँदै जिप आयो । ढिला जाउँ हिड्न सकिँदैन, हिंडिहालौ तयारी छैन ।

  • नेपोलियन बोनापार्टको खोजीमा नेपोलियन बोनापार्टको खोजीमा

    गोपाल गुरागाई - ददिराम सापकोटा पत्रकार, लेखक र चराविज्ञ त हुन् नै, त्योभन्दा धेरै दशौं वर्ष फ्रान्स बस्दा पनि नेपाल र नेपालीकै लागि मरिमेटेर काम गर्ने नेपाली हुन् । पाँचपल्ट अप्रेसन गर्दा पनि मृत्यु टार्न नसकेर उपचारका लागि फ्रान्स छिरेका ददिरामलाई युरोपका धेरै नेपाली पत्रकारले गुरु मान्छन् । तर उनका खास चेला हुन् बेल्जियमका सन्तोष न्यौपाने ।

  • यसरी चल्दैछ इजरायलमा कृषि शिक्षा यसरी चल्दैछ इजरायलमा कृषि शिक्षा

    भगवान भट्ट,सन्तोष बस्नेत, रामकृष्ण पुरी/ पारान, इजराएल - साना किसान बैंक मार्फत इजरायलमा आधुनिक कृषि प्रणालीको अध्ययन गर्नको लागी यहाँ आएको करिब दूइ महिना बित्न लागिसकेको यस अवस्थामा हामिले नेपालमा भन्दा पृथक किसिमको कृषि प्रणलीका बारेमा अनुभव गर्ने सु–अवसर पाएका छौं ।

  • रुघाले सतायो ? यसो गर्नुहोस् रुघाले सतायो ? यसो गर्नुहोस्

    डा. अरुणा उप्रेती – संसारमा शायदै त्यस्तो व्यक्ति होला जसलाई जिन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् । रुघाको लागि झण्डै २ सय प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन् ।

  • गाडी वालाको दादागिरी सहँदै, फुत्कँदै गाडी वालाको दादागिरी सहँदै, फुत्कँदै

    मिलन तिमिल्सिना - ‘बाबु तिमी घरमा आएपछि मात्र दशैं आउँछ, मिलाएर छिटो आउ है’ अष्टमीको दिन विहान उठ्ने बित्तिकै आमाले भनेको कुरा मनमा खेलिरह्यो । कहिले १२ बज्ला र अफिसबाट फुत्किउँला भनेर घडी हेर्न थालें ।

  • एनआरएनको रुपान्तरण होला त ? एनआरएनको रुपान्तरण होला त ?

    सन्तोष न्यौपाने - ‘गैर आवासीय नेपाली संघ एनआरएनका प्रमुख ब्यत्तिहरुमा निष्ठताको कमि रहेको छ । जसको कारण संसारभरका एनआरएनहरुले एकताबद्ध रुपमा काम गर्न सकिरहेका छैनन । केन्द्रिय तथा राण्ट्रिय पदाधिकारीहरुमा सुशासन र पारदर्शिताको अवमुल्यनका कारण एनआरएन आफैमा कमजोर छ ।’

  • अबुधावी विमानस्थलमा एउटा नेपाली अबुधावी विमानस्थलमा एउटा नेपाली

    गोपाल गुरागाईं - पशुपतिको दर्शन (बेल्जियम र फ्रान्सको घुमफिर) र सिद्राको ब्यापार (तालिम) एकसाथ गर्न हिडेका हाम्रो यात्राको शुरुआत सोच्दै नसोची एकाएक शुभ भैदियो । बिमानमा गोर्खे पाराले खानपीन र सुकला गर्दै अबुधावी बिमानस्थलमा ओर्लिदा मान्छे कमिला झै सल्बलाई रहेका थिए । अनि त्यो सलबलाहट पाईखाना अगाडि अलि बढी थियो ।

  • दशैंमा कति गर्नु गफ दशैंमा कति गर्नु गफ

    मिलन तिमिल्सिना – शहरमा बस्ने मान्छे यसैपनि जान्नेसुन्ने । नेताहरुको दौराफेर समातेर कुद्नेदेखि ठेलागाडामा ठेलिनेसम्म सबैको भाउ भकारोको डिलमा मौलाएको सागजस्तो ह्वात्तै बढ्ने गर्छ ।

  • म फर्किएँ, दशैं फर्किएन म फर्किएँ, दशैं फर्किएन

    विनोद ढकाल – स्कुलको प्रार्थना सकिएर हामी भर्खर कक्षाकोठामा पसेका थियौं । हाजिर गर्न आउने सरले पढाउने सुरसार गर्नुभएन । बरु भन्नुभो ‘सबैले किताब यहीँ राख, तिमीहरुको केही हराउँदैन, आज हामी कमेरो लिन जाने ।’ स्कुलको भित्ता र गारोमा कमेरो छेपेर टिलिक्क टल्काएपछि बल्ल दशैं बिदा सुरु भयो अर्थात हामीलाई दशैं लाग्यो ।

  • चुनाव : सरकार त बन्छ, तर संविधान ? चुनाव : सरकार त बन्छ, तर संविधान ?

    सुनिल न्यौपाने/उज्यालो । होला वा नहोलाको आशंकाबीच उम्मेद्वारी दर्ता भएपछि अव चुनाव कम्तिमा तोकिएको मितिमै हुन्छ भनेर बिश्वास गर्नुपर्छ । हुन त उम्मेद्वारमाथि गोली दागेर अनी ‘वैद्य बा’का कार्यकर्ताले पुत्लामा अगुल्टो झोसेर अझै पनि मंसिर ४ को चुनावमा भाँजो हाल्ने प्रयत्न गरिनै रहेका छन्, तर यति नै कारण चुनाव सार्न पर्याप्त भनें हुनेछैनन् ।

  • आहा ! त्यो बेलाको दशैं आहा ! त्यो बेलाको दशैं

    मिलन तिमिल्सिना । सामान किन्न मलेखु जाने बेला बाले सबैलाई बोलाएर खुट्टाको नापो लिनुहुन्थ्यो । बालाई हुने चप्पल आमालाई मिल्थ्यो । आमा र बाको भन्दा अलि ठूलो आकारको हजुरबालाई चाहिन्थ्यो । बा नै पसल जाने भएकाले उहाँहरुको नापो लिनै परेन ।

  • केही घण्टाको प्रसूति अनुभव केही घण्टाको प्रसूति अनुभव

    लक्ष्मण कार्की - एकहुल मानिस गुजुमुज्ज परेर एक ठाउँमा जम्मा भएका छन् । के पो रहेछ भनेर म घुस्रिँदै भिडभित्र पसें । ‘के के पो देख्नुपर्छ यार...’ पुर्वेली शैलीमा फत्फताउँदै एउटा केटो भिडबाट बाहिरियो । ट्याक्सीभित्रै बच्चा जन्मिएको रहेछ ।

  • नायक बन्नुपर्छ कांग्रेस नायक बन्नुपर्छ कांग्रेस

    विजय पौडेल । नेपाली राजनीतिक परिदृश्यमा एउटा पाको दल । वि.सं. २००६ साल चैत २७ गते कलकत्तास्थित टाइगर सिनेमा हलमा नेपाली राष्ट्रिय कांग्रेस (बीपी समूह) र नेपाल प्रजातन्त्र कांग्रेसको संयुक्त सम्मेलनद्वारा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई अंगीकार गर्दै गठित नेपाली कांग्रेस पार्टी ।

  • युरोपमा मानव तस्करको फन्दामा नेपाली युरोपमा मानव तस्करको फन्दामा नेपाली

    सन्तोष न्यौपाने, बेल्जियम - अवैध बाटो हुँदै अमेरिका पुग्ने लोभमा धेरै नेपालीले मेक्सिको तथा ग्वाटेमालामा बन्दी जीवन बिताइरहेका छन् । केही चेलीहरु अफ्रिकामा नारकीय जीवन बिताउन बाध्य भैरहेका छन् । अफ्रिकाका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पुगेका विद्यार्थीहरुले पनि सास्ती खेपिरहेका छन् ।

  • झिलिमिली रेष्टुराँमा खान नजान्दा झिलिमिली रेष्टुराँमा खान नजान्दा

    मिलन तिमिल्सिना - ‘कति कोठामा खाना बनाउनु, कहिलेकाहीँ त यसो रेष्टुरेन्टतिर पनि लैजाउ न बुढा’ कुकरले टिर्र.. सिटी लगाउन थाल्दा बेलाबेला जहान फतफताउने गर्छिन् । हो क्यारे जाउँ न जस्तो पनि लाग्छ ।

  • दिल खोलेर हासौँ दिल खोलेर हासौँ

    डा अरुणा उप्रेती – बालबालिकाहरू दिनको सयचोटि मुस्कुराउने गर्छन् । वयस्क भएपछि आफूलाई गम्भीर देखाउन हाँसो उठ्ने कुरामा पनि हामी मुस्कुराउँछौं मात्रै, त्यो पनि ओठ खोल्न गाह्रो मान्छौं । मरीमरी हाँस्ने, पेट मिचीमिची हाँस्ने, आँसु आउने गरी हाँस्ने भन्ने कुरा ठूला मानिसहरूले शायदै गर्छन् ।

  • राज्यबाट उपेक्षित ‘अट्वारी’ राज्यबाट उपेक्षित ‘अट्वारी’

    सन्तोष दहित - प्रकृतिसँग अत्यन्त नजिक सम्बन्ध रहेको थारु समुदाय संस्कृतिका धनी मानिन्छन् । त्यसैले होला थारु समुदायले हरेक महिना कुनै न कुनै पर्व मनाउँदै आएका छन । अट्वारी पर्व पनि थारु समुदायको एउटा महत्वपूर्ण पर्व हो ।

  • मिडिया गुफामा पस्दा मिडिया गुफामा पस्दा

    बोमलाल गिरी - काम सुन्दैमा अनौठो र चुनौतीपूर्ण पनि छ । तर यही चुनौतीको सामना गर्न देशभरबाट अलनाइल भोटिङका आधारमा ६ जना पत्रकार छनौट भएका थिए । गुफा पस्न छनोट हुनेमा मसहित, रविराज बराल, महावीर विश्वकर्मा, दुर्गा अधिकारी, कविता मगर र गोपाल झापालीको साथमा हुनुहुन्थ्यो, वरिष्ठ पत्रकार युवराज घिमिरे ।

  • भकुण्डो अँगेनामा ‘गोल’ भो ! भकुण्डो अँगेनामा ‘गोल’ भो !

    मिलन तिमिल्सिना – उबेला घरमा मोजा लाउने बा मात्रै । स्कूलको कामले शहरतिर गैरहनुपर्ने भएकाले बाले कहिलेकाहीँ जुत्ताभित्र मोजा पनि लगाउने गर्नुहुन्थ्यो । कुर्कुच्चामा परेको प्वाल ठूलो भएर माथि देखिन थालेपछि बाले मोजा फेर्नुहुन्थ्यो ।

  • म पनि डिप्रेशनको शिकार थिएँ म पनि डिप्रेशनको शिकार थिएँ

    डा. अरुणा उप्रेती – अरूको बारेमा लेख्न र तिनीहरूका समस्या समाधान भएका घटना लेख्न जति सजिलो हुन्छ आफ्नो बारेमा, त्यसमाथि पनि आफ्नो मानसिक समस्याको बारेमा लेख्न बडो गाह्रो हुनेरहेछ । मानसिक स्वास्थ्य विशेषज्ञसँग उपचार गराएकी थिएँ भन्ने तथ्य स्वीकार्न मलाई झण्डै २१ वर्ष लाग्यो ।

  • थारु महिलाको स्वतन्त्रताको दिन ‘अष्टिम्की’ पर्व थारु महिलाको स्वतन्त्रताको दिन ‘अष्टिम्की’ पर्व

    सन्तोष दहित– थारु समुदायका महिलाहरुको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात ‘अष्टिम्की’ हो । यो दिन उनीहरुको स्वतन्त्रताको दिन पनि हो । किनकी अरु दिन घरको काममा व्यस्त हुने थारु समुदायका महिलाहरुलाई यो दिन चाहिँ पुरुषले सघाउँछन् ।

  • व्यंग्य : वैद्य बालाई श्रीपुष्पको पत्र व्यंग्य : वैद्य बालाई श्रीपुष्पको पत्र

    मिलन तिमिल्सिना – प्रिय काम्रेड, हम्मरभन्दा दरिलो र हँसिया भन्दा धारिलो सम्झना । तपाईंलाई कस्तो छ कुन्नि ? मलाई त माने ठीकै छ, नमाने उही व्यथा । सीतालाई चुरा, प्रकाशलाई छुरा, कांग्रेस–एमालेका कुरा, न चुनाव पूरा, न वाइसिएल भए सुरा ।

  • कमलरी आन्दोलनले कसरी पायो सफलता ? कमलरी आन्दोलनले कसरी पायो सफलता ?

    सन्तोष दहित - २०६९ चैत १४ गतेका दिन १२ वर्षीया कमलरी सृजना चौधरीको ज्यान गएको खबर सार्वजनिक भएलगत्तै कमलरीदेखि मानवअधिकार, महिला अधिकार क्षेत्रमा काम गर्ने संघसस्थाको ध्यानाकर्षण भयो ।

  • उज्यालो यात्रामा १३ वर्ष ... उज्यालो यात्रामा १३ वर्ष ...

    मिलन तिमिल्सिना, २०५४/०५५ सालतिर आइएडको जाँच दिएर घरमै बसेको समय थियो । त्यतिबेला रेडियो नेपालबाट बज्ने प्रायः सबै कार्यक्रम निकै ध्यान दिएर सुन्थे । बेलुकी खाना खाने बेला बज्ने एउटा कार्यक्रमले मोहनी नै लगायो ।

  • अभावको बेला नुन बाँड्नुहुन्थ्यो मरिचमान अभावको बेला नुन बाँड्नुहुन्थ्यो मरिचमान

    कालिकाप्रसाद उपाध्याय - २०४६ साल पुस १४ गते त्यतिबेलाका राजा वीरेन्द्रको जन्मोत्सवको दिन मैले चूरे माद्यामिक विद्यालय बगनाहामा कविता वाचन गर्दा त्यति बेलाका केही भूमिगत व्यक्तिहरुले उचालेर मलाई पञ्चायत विरोधी वक्तव्य दिन उकासे ।

  • मरिचमान र गणतान्त्रिक संस्कार मरिचमान र गणतान्त्रिक संस्कार

    दीपेन्द्र कुँवर– मरिचमान सिंहको नाम मैले केटाकेटीमै रेडियो नेपालबाट सुनेको, मिति चाहिँ याद भएन । समाचारमा मरिचमानको नाम प्रधानमन्त्रीका रुपमा आउँथ्यो । रेडियो नेपालले भन्थ्यो–प्रधानमन्त्री मरिचमान सिंह... ।’ ठूला मान्छेको नाम मात्रै रेडियोमा आउँछ भन्ने केटाकेटी बुझाई थियो ।

  • यूवा सहभागिता र विकास यूवा सहभागिता र विकास

    शिखा शर्मा - संयुक्त राष्ट्र संघले हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय यूवा दिवस मनाउँछ । हरेक वर्षका लागि एउटा नारा तोक्छ । यस वर्षको यूवा दिवसका लागि ‘युथ माइगे्रशनः मुभिङ्ग डेभेलोप्मेन्ट फर्वाड’ भन्ने नारा तोकिएको छ ।

  • अल्छी पुरुषको भान्सा अनुभव अल्छी पुरुषको भान्सा अनुभव

    मिलन तिमिल्सिना - स्कूल पढाउने जहानसित म सधैं फूर्ति गर्थें–तिमी त्यही स्कूल ओहोरदोहोर गर्ने त हो, म त विहानदेखि बेलुकासम्म जागिर खाँदाखाँदा हैरान छु । उनले भन्दा तेब्बर बेसी काम गर्छु भन्ने मलाई लाग्थ्यो । तर दुई दिन भान्साको ‘लुतेधन्दा’ गर्दा थाहा भयो, मैले भन्दा जहानले कति हो कति बढी काम गर्ने रहिछिन् ।

  • सर्प पनि सत्ता उन्मादले फाँफाँ र फुँफुँ ! सर्प पनि सत्ता उन्मादले फाँफाँ र फुँफुँ !

    अहिले गर्मी र वर्षाको सिजन । खेतबारी, पाखापखेरा, बाटोघाटो र खोलानालामा सर्प भेटिन्छन् । कुनै सर्प विषालु हुन्छन्, कुनै हुँदैनन् । कुनैले देख्ने बित्तिकै मान्छेलाई आक्रमण गर्छन्, कुनैले केही गर्दैनन् । सर्प हानिकारक पनि हो, उपयोगी पनि । आइतबार नागपञ्चमी भएकाले अहिले झन् नाग अर्थात सर्पको सम्झना गर्ने बेला हो ।

  • अत्तालिँदै भूतले भने–नाइटुपाध्यको दुहाई... अत्तालिँदै भूतले भने–नाइटुपाध्यको दुहाई...

    मिलन तिमिल्सिना - चरिमारेटार स्कूल पढ्न जाँदा साथीहरुले भन्थे–डम्बरे चौतारो र ऋषिपानी खोलामा भूतले तर्साउँछ । साथीहरुको कुरा सुन्दा डर लागेपनि तर्साउने भूत कस्तो हुन्छ होला भन्ने सधैं खुल्दुली लाग्थ्यो । तर जिन्दगीमा अहिलेसम्म भूत देख्न पाएको छैन ।

  • सामाजिक सञ्जालमा अनलाइन पत्रकारिताको बहस सामाजिक सञ्जालमा अनलाइन पत्रकारिताको बहस

    काठमाडौं, साउन २३ - नेपालमा अनलाइन मिडियाको संख्या बढेसँगै यसलाई ब्यवस्थित गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । अनलाइन सञ्चार माध्यमको पहिचान, यसको विश्वसनीयता र उत्तरदायित्वको विषयमा पछिल्लो समयमा बहस हुन थालेको छ ।

  • गोरखनाथलाई रोट चढाउन जाँदा गोरखनाथलाई रोट चढाउन जाँदा

    विनोद ढकाल – गोरखाको गोरखकाली मन्दिर क्षेत्रमा एउटा सानो साँघुरो र अध्याँरो गुफा छ, गोरखनाथ गुफा । गुफा सानो र साँघुरो भएपनि मन्दिरमा पुग्ने मानिसहरु गुफामा छिरेर पूजा नगरी फर्किंदैनन् । अझ साउन महिनामा त यहाँ जानेहरु अझै धेरै हुन्छन् ।

  • मंसिर चार, कहाँसम्म सार ! मंसिर चार, कहाँसम्म सार !

    मिलन तिमिल्सिना - मंसिर ४– खलाको धान भकारीमा सार । मंसिर ४–हिउँ पर्न थालेपछि हिमाली भेगका मान्छे बेंसीतिर सर । मंसिर ४–वैद्य बाको सधैंभरी छेकबार । मंसिर ४–चुरीफुरी गर्ने दल मात्र चार । मंसिर ४–रेग्मीबाको हार । मंसिर ४–फेरि चुनाव सार !

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया