MENU
Ncell Axiata

विचार/अनुभूति

  • ट्राफिक प्रहरीको रुखो बोली र माइक्रो चालकको तातो रिस ट्राफिक प्रहरीको रुखो बोली र माइक्रो चालकको तातो रिस

    'तेरो गाडी यहाँबाट छिटो लगिहाल भनेको मान्दैनस् ?' एक ट्राफिक प्रहरी रत्नपार्कमा यात्रु पर्खिरहेको माइक्रोबसका चालकलाई कराउँदै थिए । चालक गाडीमा एकजना मात्रै छ भन्दै एकैछिन बस्न दिन आग्रह गर्दै थिए ।

  • उज्यालोको खोजीमा बेसीँशहर, खुदीबजार घुमेर बन्दीपुर उज्यालोको खोजीमा बेसीँशहर, खुदीबजार घुमेर बन्दीपुर

    कलङ्कीमा भेटेर चारैवटा गाडी सँगै जाने सल्लाहले मूर्तरुप लिन सकेन । यसको एक मात्र कारण थियो- कलङ्कीदेखि नैकापसम्म सहज तरिकाले गाडी रोकेर पर्खने ठाँउ कतै नभेटिनु । यस्तो बेलामा मोवाइल फोनले गज्जबको काम दिन्छ ।

  • दाहाल र निधिको चेपुवामा गगन थापा : आशालाग्दो केटो जेठाजु जस्तै दाहाल र निधिको चेपुवामा गगन थापा : आशालाग्दो केटो जेठाजु जस्तै

    टेम्पोमा झुण्डिएर कोटेश्वरबाट कुपण्डोल आउँदै थिएँ । स्वास्थ्यमन्त्री गगन थापाको सचिवालयबाट फोन आयो । ‘स्वास्थ्यमन्त्रीज्यूको विरोधका बाबजुद सरकारले सुजाता कोइरालालाई उपचारका लागि ५० लाख रुपैयाँ दिने भयो ।’ ६ बज्नै लागेको थियो । अफिसमा न्युज टिपाएँ ।

  • सय दिनमा के के गरें ? सय दिनमा के के गरें ?

    म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको रुपमा २०७३ साल साउन १९ गते व्यवस्थापिका संसद्बाट निर्वाचित भई साउन २० गते पदबहाली गरेको थिए । पदबहाली गर्ने क्रममा मैले ४५ दिनभित्र भूकम्प प्रभावित परिवारलाई आवास पुनःनिर्माणका लागि पहिलो किस्ता रकम उपलब्ध गराउने निर्णय मार्फत आफ्नो कार्यभार प्रारम्भ गरेको थिएँ ।

  • उच्च रक्तचाप: जानकारी राख्नुपर्ने केही तथ्य उच्च रक्तचाप: जानकारी राख्नुपर्ने केही तथ्य

    यदि कसैको रक्तचाप सामान्य वर्गमा पर्छ भने उसले बेला बेला नियमित स्वास्थ्य जाँच गराए पुग्छ। कसैको रक्तचाप पूर्व उच्च वर्गमा छ भने उसले खानपान र जीवनशैली परिमार्जनमा लाग्नुपर्छ तथा जोखिम कारक तत्वको निराकरण र न्युनिकरणमा लाग्नु पर्छ।

  • महिलाले किन जागिर खानुपर्‍यो ! महिलाले किन जागिर खानुपर्‍यो !

    बिहान छोरा उठ्ने बित्तिकै सोध्छ ‘ममी हजुर कतिबेला स्कुल जाने ?’ उसलाई लाग्दो हो सायद ममी पनि उ जस्तै स्कुल जान्छ । ‘छिटो खान खाउ, छिटो दाँत माझ मलाई ढिला भयो’ मैले भनें भने छोरा फेरि उसैगरी सोध्छ ‘ममी हजुरलाई ढिला भयो भने टिचरले गाली गर्नुहुन्छ हो ?’

  • नेपाली मिडियामा तरकारीवाली नेपाली मिडियामा तरकारीवाली

    नाम कुशुम श्रेष्ठ, घर गोरखा, उमेर १८ वर्ष, ११ कक्षामा अध्ययनरत । हिजोसम्म जम्माजम्मी उनको परिचय यत्तिमै सीमित थियो । तर आज समय बदलिएको छ । हिजोसम्म एक सामान्य केटी आज राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमै चर्चित वनेकी छन् ।

  • चीनको प्रगति देखेर दङ्ग मात्रै पर्ने कि काम पनि गर्ने ? चीनको प्रगति देखेर दङ्ग मात्रै पर्ने कि काम पनि गर्ने ?

    "उनी एकजना यस्ता राजनेता हुन् जसले आधुनिक बिश्व बजारको हाराहारीमा चीनलाई उभ्याउन र आजको चीन बनाउन मुख्य भुमिका निर्वाह गरे ।" बेलायतमा जन्मेका अमेरिकी पत्रकार माईकल ईलिअटले टाईम पत्रिकाको सन् २००८ डिसेम्बर ८ को अंकमा चीनका सर्वोच्च नेता देङ साओ पीङको यसरी तारिफ गरेका छन् ।

  • के हो मुलुकभर फैलदै गरेको डेंगु, कसरी बच्ने ? के हो मुलुकभर फैलदै गरेको डेंगु, कसरी बच्ने ?

    अहिले नेपालको विभिन्न भु-भाग​मा डेङ्गु महामारीको रुपमा फैलदै गरेको छ । यो वर्ष तराईका धेरै जिल्लामा र केही पहाडी जिल्लाहरूमा समेत डेंगु फैलिरहेको छ । समयमै यस रोगको रोकथामको बारेमा नसोचिदा र जनचेतनाको आभावले हरेक वर्ष यसले महामारीकै रुप लिने गरेको छ ।

  • चाउचाउ बोकेर चन्द्रागिरी पुग्दा चाउचाउ बोकेर चन्द्रागिरी पुग्दा

    ‘आफ्नो फुर्सद नै मिल्दैन भान्जी के गर्ने, तिमीहरु गएर आउ, अनि कस्तो रैछ भन है’ मैले बाध्यता सुनाएँ । ‘मामा पनि...मिलाए त फुर्सद मिलीहाल्छ नि’ भाञ्जीले अझै कर गरिन् ।

  • विराटनगर हवाई यात्राको साजी नियात्रा : लुगा छोप्न लाज लगाइन्छ विराटनगर हवाई यात्राको साजी नियात्रा : लुगा छोप्न लाज लगाइन्छ

    हाउभाउ र प्रश्नले उनी कुनै सूचनाको खोजीमा छन् जस्तो लाग्यो । बसको खलासीले यात्रुको शिकार गर्दा सोध्ने प्रश्न यही हो । उसँग 'बस कहाँ जान्छ' भन्ने सूचना हुन्छ तर उ यात्रुलाई सोध्छ- 'कहाँ सम्म हो' ? तपाईँ जुन सुकै ठाउँ जानुहोस् वा उसको बस जुनसुकै ठाउँमा जाने होस् ।

  • ‘घर कति बेला आउने ?’ ‘घर कति बेला आउने ?’

    ‘घर कति बेला आउने ? कतिखेर हिँड्छ्यौ ? निस्कियौ ?’ बारम्बार फोन आइरहेको थियो । १२ को समाचार सकेर निस्कन्छु भनेकी थिएँ । झापाबाट उपचार गर्न आएकी सीता दिदी घरको छतमा मलाई कुरेर बस्नुभएको रहेछ ।

  • ​मुखर्जी आउँदा सामाजिक सञ्जालमा बिरोध किन ? ​मुखर्जी आउँदा सामाजिक सञ्जालमा बिरोध किन ?

    सुनसान सडक र आक्रोशित सामाजिक सञ्जालले महामहिमलाई पनि अवश्य झस्काएको हुनुपर्छ । सामाजिक सञ्जालमा देखिएको बिरोध जनस्तरको आक्रोश हो । नेपाली नागरिकको अभिव्यक्ति हो । समाजको मोटो तस्वीर पनि हो ।

  • सरकारले ढंग नपुर्याएको मात्र हो सरकारले ढंग नपुर्याएको मात्र हो

    संविधान जारी गरेपछि भारतले गरेको नाकाबन्दीको तीतो अनुभव सजिलै मेटिने कुरा होइन । त्यसमाथि भूकम्पले थलाएको बेलाको पीडा झनै बढी हुने भयो ।

  • सँस्कृति कि पेसा ? सडकमा गाडी रोकेर ... देउसिरे सँस्कृति कि पेसा ? सडकमा गाडी रोकेर ... देउसिरे

    ‘यसपाली गाँउमा जोर मादल बजेको सुन्न पाइएन । खै देउसी भैली खेल्न पनि कोही घरसम्म आइपुगेनन् । पिँढीमा गुन्द्री ओछ्याएर आफ्ना दिदी बहिनीसँग गफिँदै गरेका श्रीमान तामाङले भने । ‘बाटोको छेउमै पर्ने हाम्रो घरमा पनि देउसी-भैलो खेल्नेले टेक्न नआउँदा कता कता खल्लो लाग्यो’ उनले थपे ।

  • आमा ! तिम्रो हातका स्पर्श सम्झेर त बाँचेकी छु आमा ! तिम्रो हातका स्पर्श सम्झेर त बाँचेकी छु

    जिन्दगीमा हाँसो खुसी र आँसु आइरहन्छन र गइरहन्छन पनि । बालक छँदा ठूलो बन्न मन लाग्ने । ठूलो भइसकेपछि फेरि बालापन नै राम्रो लाग्ने । जे छैन त्यो खोज्ने र जे छ त्यसमा खुसी नहुने मनको रीत नै जस्तो ।

  • यसपाली टीका कहाँ लाउँछ्स ? यसपाली टीका कहाँ लाउँछ्स ?

    यसपाली टीका कहाँ लाउँछ्स ? तिहारमा सबैभन्दा बढी बिझाउने प्रश्न । तर वर्षेनीजसो यही प्रश्न खेप्नुपर्छ । सोच्छु, मेरा दिदी–बहिनी भएका भए यस्तो प्रश्न कसैले पनि सोध्ने थिएनन् । उनीहरु सोध्थे होलान यसपाली टीका लगाउन यता आउने कि हामी नै त्यता आउनु ?

  • देवकोटा ... केही फ्ल्यासब्याक देवकोटा ... केही फ्ल्यासब्याक

    हामी यसरी पल्टेका छौँ, एक–एक छिनमा पानीको लहर आउँछ र पाइताला पखालेर जान्छ । हामी गफ गर्दैछौँ । आकाशमा चन्द्रमा उदाउन थालेका छन् । दृश्य साह्रै राम्रो छ । तर, अब जुन लहर आयो नि त्यसमा अलि बढी गति छ, त्यसले हाम्रो कम्मरसम्मै पखाल्न पुग्छ ।

  • देश निर्वस्त्र नुहाइरहेछ देश निर्वस्त्र नुहाइरहेछ

    एउटी युवती नुहाइरहेकी थिइन्, अलि टाढाबाट दुईजना धनी देखिने युवकले टुलुटुलु हेरिरहेका थिए । दुवैको हेराइमा प्रेम थियो र कामुकता पनि । युवतीलाई बाध्यता थियो, दुईजनामध्ये एउटाप्रति मात्रै आफू लालयित छु भन्ने देखाउनु । तर कसरी ?

  • म्यान्टी मुसहरलाई अन्तिम प्रेमपत्र म्यान्टी मुसहरलाई अन्तिम प्रेमपत्र

    अधुरो सपना, अपूरो जीवन, बालपनमै सधैँ झकझकाइरहेन सम्झना बनेर म्यान्टी बिदा भइ । बिदा नभएको भए, उसले पढ्थी होला, कम्तिमा ८ सम्म त पास गर्थि होला–मेरो सपना पूरा नभएको । तर उसलाई सम्झेर लेखेको यो चिठ्ठी उसले पक्कै पढ्दै होली ।

  • हिउँदभरि सुत्ने, वर्षाभरि उठ्ने सडक हिउँदभरि सुत्ने, वर्षाभरि उठ्ने सडक

    बेलुकाको साढे पाँच बजिसकेको थियो । म रसुवा सदरमुकाम धुन्चे फर्कनका लागि गाडी कुरेर बसेको थिएँ । राजमार्ग भएपनि रसुवामा गाडी कम सञ्चालन हुने र दिउँसो ३ बजेपछि सदरमुकाम आउने गाडी पाउन मुश्किल पर्छ । त्यसैले मालवाहक कन्टेनरको प्रतिक्षा गर्दै थिएँ ।

  • काठमाडौंमा डेंगुको जोखिम काठमाडौंमा डेंगुको जोखिम

    काठमाडौं उपत्यका नेपालको सबैभन्दा बढी जनघनत्व भएको शहर हो । पछिल्लो जनगणनाले काठमाडौंमा झण्डै साढे १७ लाख बासिन्दा रहेको देखाउँछ भने त्यसको दोब्बर संख्यामा मानिस आवत जावत गरिरहेका हुन्छन् । यही आवत जावत नै सरुवा रोग सर्ने सबैभन्दा ठूलो मध्यम हो ।

  • यसकारण लोकमानको विपक्षमा छ जनमत यसकारण लोकमानको विपक्षमा छ जनमत

    एमाले र माओवादी केन्द्रका केही सांसदहरुले संसदमा लोकमानको विरुद्धमा महाअभियोगको प्रस्ताव ल्याए पछि यसले एक प्रकारको सनसनी फैलाएको छ ।

  • एन्फा चुनाव : सकिएला गणेश थापाको युग ? एन्फा चुनाव : सकिएला गणेश थापाको युग ?

    फुटवलको सर्वोच्च निकाय फिफाले भ्रष्टाचारी पुष्टि गर्दै गणेश थापालाई फुटबलबाट बिदा गरिसक्यो । तर ब्यवहारमा त्यस्तो छैन । आफ्नो २ दशक लामो एन्फा शासनमा गणेश थापा गरुड जस्तै भए जसको मुखिञ्जी एन्फाका अरु पदाधिकारी नै सर्प जस्तो बन्थे भनेपछि बाँकीको कुरा त तपसिल नै भइगयो ।

  • दसैँ : कमाइको तुजुक देखाउने चाड बन्दै दसैँ : कमाइको तुजुक देखाउने चाड बन्दै

    मनभित्र घर जाने चुरीफुरी निक्कै भएपनि बिदा स्वीकृत नहुँदासम्म बाहिर देखाइहाल्ने कुरो भएन । तर हप्तादिनका लागि बिदा मिलेपछि चुरीफुरी सार्वजनिक गर्न केहीले छेकेन । गाडीका टिकटको चिन्ता थिएन किनकी माल्दाई र मैले मोटरसाइकलमै काठमाडौं प्युठानको यात्रा तय गर्ने मतो मिलाइसकेका थियौं ।

  • लोकमानलाई महाअभियोग किन ? लोकमानलाई महाअभियोग किन ?

    अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि त्यसलाई अघि बढाउनु पर्छ कि पर्दैन भन्ने बहस संसददेखि चिया पसलसम्म छ । महाअभियोग प्रस्ताव पारित गरेर लोकमानलाई अख्तियारबाट बिदाइ गर्नुपर्नेमा प्रमुृख प्रतिपक्ष एमाले दृढ छ ।

  • लोकले नमानेका लोकमान : संसदमा महाअभियोग के होला ? लोकले नमानेका लोकमान : संसदमा महाअभियोग के होला ?

    लोकतन्त्र र लोकमान । आफैंमा परस्पर बिरोधी विषय । देशमा लोकतन्त्र स्थापना हुन नदिन लोकमानले समेत ठूलो भूमिका खेले । जनआन्दोलन दबाउन भूमिका खेलेको भन्दै रायमाझी आयोगले उनलाई दोषी ठहर गर्‍याे । तर जनआन्दोलनका दोषी ठहरिएका लोकमानले सजाय होइन, पुरस्कार पाए ।

  • दुई दिने गोवा बसाई उपयोगी र सफल दुई दिने गोवा बसाई उपयोगी र सफल

    तिब्र आर्थिक विकासका कारण विश्व मञ्चमा उदियमान शक्तिका रूपमा परिचित पाँच मुलुकहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलनका समयमा आतिथ्य मुलुक संलग्न क्षेत्रीय समूहसँग सम्वाद गरी साझा हित र साझेदारीका क्षेत्र पहिल्याउने अभ्यास केही वर्षयता प्रचलनमा रहेको छ।

  • यसकारण लम्बियो यो वर्षको मनसुन यसकारण लम्बियो यो वर्षको मनसुन

    सामान्यतया जुन १० तारिखमा सुरु हुने मनसुन सेप्टेम्बर २३ तारिखमा सकिन्छ । तर यो वर्ष ५ दिन ढिला गरी सुरु भएको मनसुन २३ दिन ढिला गरी सकिँदैछ ।

  • आमैको आशिष... ससुरालीदेखि मावलीसम्म आमैको आशिष... ससुरालीदेखि मावलीसम्म

    दसैँमा यता उता जाँदा भिडभाडको पिर, तर मावली जान कसलाई पो रहर नलाग्ला र ? त्यही भएर पनि कार्यालयको काम सकाएर नवमीको दिनदेखि दसैँ मनाउने तरखर गरियो । घरमा टिका थाप्ने अनि मामाघर जाने । घुम्ने मौका पनि त्यही बिचमा जुराउँदा मन अलिक हर्षित थियो ।

  • ढाड दुखाइबाट बच्ने नौ उत्तम उपाय ढाड दुखाइबाट बच्ने नौ उत्तम उपाय

    हामीमध्ये धेरैले कुनै न कुनै समय ढाड दुखाइको समस्या भोगेका छौँ । प्राय: जसो व्यक्तिहरुमा ढाड दुखाइको कारण पत्ता लगाउनु वास्तवमै कठिन हुन्छ । तर हामीले दैनिक जीवनमा गरिने केही सामान्य व्यवहार परिवर्तनले हामीलाई ढाड दुख्ने समस्याबाट मुक्ति दिलाउन सक्छ।

  • कब्जियत र बच्ने उपाय कब्जियत र बच्ने उपाय

    डा. अरुणा उप्रेती - कब्जियत हुनु, पेट खराब हुनु वा सफा नहुनु तथा पेटमा ग्यास बन्नु खासगरी शहरी जीवनमा आम समस्या भइसकेको छ । यसको चपेटामा कुनै पनि उमेरका, धनी, गरिब, प्रतिष्ठित वा जुनसुकै लिंगका मानिसहरू आउँदछन् । यसको असर शरीरमा र मष्तिष्कमा पनि पर्छ । केही चिकित्सकहरू कब्जियतलाई नै विभिन्न रोगको जननीको रूपमा मान्छन् ।  कब्जियत मुख्य दुई किसिमका हुन्छन्, -स्थायी र अस्थायी । स्थायी कब्जियतबाट मुक्ति पाउन निकै कठिन हुन्छ र यो कैयौं रोगको कारण पनि बनिरहेको हुन्छ । अस्थायी कब्जियत चाहिँ केही ...

  • ​नाना, पापा, चिची र टिकीको औधी रहर हुने त्यो दसैँ ​नाना, पापा, चिची र टिकीको औधी रहर हुने त्यो दसैँ

    सामान किन्न मलेखु जाने बेला बाले सबैलाई बोलाएर खुट्टाको नापो लिनुहुन्थ्यो । बालाई हुने चप्पल आमालाई मिल्थ्यो । आमा र बाको भन्दा अलि ठूलो आकारको हजुरबालाई चाहिन्थ्यो ।

  • दसैँमा कस्तो मासु राम्रो ? दसैँमा कस्तो मासु राम्रो ?

    गाउँशहर दसैँको रमझममा छ । दसैँ भन्न साथ टीका जमरासँग जोडिएर आउँछ, माछा, मास र मिठो खानपान । दसैँमा सबै भन्दा बढी महत्वको कुरा त खानपान कै हुन्छ । अनि चर्चा पनि खान पानकै । त्यसमा पनि मासुको चर्चा मासु खानेहरुको घरमा अनिवार्यरुपमा चलेकै हुन्छ ।

  • मासु खाँदा ध्यान नदिए हृदयघात मासु खाँदा ध्यान नदिए हृदयघात

    खानपानमा ध्यान नदिँदा हृदयघात हुने खतरा धेरै हुन्छ । चाडपर्वमा साथीभाइसँग र परिवारसँगको रमाइलोका क्रममा माछा मासुसँगै कतिले जाँड रक्सी पनि खाने हुँदा स्वास्थ्यमा गम्भीर असर पर्छ । विशेषगरी मुटु, मधुमेह र उच्च रक्तचाप भएका बिरामीले खानपानमा धेरै ख्याल गर्नुपर्छ ।

  • पेसमेकरले धड्किएको मुटु लिएर किरिया पेसमेकरले धड्किएको मुटु लिएर किरिया

    घरमा आउने जानेको लहर नै चलेको थियो । आएका कसैको पनि अनुहार हँसिलो थिएन । बसेका पनि सबै जनाको अनुहार निन्यउरो थियो । एकातिर पुरुषको हुल थियो । अर्कोतिर आमा दिदी बहिनीको । अनि कुनामा केही युवा गनथन गर्दै थिए । आँगन काटेर घरभित्र पसें ।

  • धर्म परिवर्तनको डलरे खेल  ! धर्म परिवर्तनको डलरे खेल !

    नहुनभन्दा त केही भएकै राम्रो भनेर घरै बस्नुभन्दा नजिकै भएपनि कतै घुमौँ भन्ने सोचियो । केटाकेटीसहित शंखपार्क घुम्न गइयो । पार्कको पछाडि पाकिस्तानी राजदूतावासको दुई बिगाहा जति खुल्ला जमिन छ । त्यतै साना धुपी सल्लाका रुख छन् । शितल खोज्दै त्यतै गइयो ।

  • ​युवा साथी हो सावधान रहनु ​युवा साथी हो सावधान रहनु

    एउटा प्रसिद्ध भनाई छ–बाढी आएको नदीमा प्वालसहितको डुंगामा बस्नु यदी तिम्रो निर्णय हो भने कुनै चमत्कारले पनि तिम्लाई बचाउन सक्दैन, नियतीलाई दोष दिएर बद्नाम नगर्नु । साथीहरु हो, कहिले युवा सशक्तिकरणको नाममा त कहिले राष्ट्रियता जोगाउने नाममा, कहिले छिमेकी देश वा सरकार र कर्मचारीतन्त्रको अत्याचारको नाममा त कहिले भ्रष्टाचारको नाममा शहरमा थुप्रै गिरोह सक्रिय छन् ।

  • चाडपर्वमा परदेश हुँदा चाडपर्वमा परदेश हुँदा

    अरब प्रायद्विपको सबैभन्दा ठूलो देश साउदी अरब, बालुवैबालुवामै उभिएजस्तो । हाम्रो देशको बालुवा भन्दा निकै खस्रो लाग्ने यहाँको बालुवा, हामी नेपालीको पसिना पिउन निकै तिर्खाएको छ, भोकाएको छ । यति धेरै उकुसमुकुस छ । तातो हावाले शरीरको उर्जाशिल शक्तिलाई क्षणभरमै क्षय गरिदिन्छ ।

  • छोरी भएर जन्मेकै कारण बुवाले छोडेर गएपछि छोरी भएर जन्मेकै कारण बुवाले छोडेर गएपछि

    जिन्दगी एक भोगाई रहेछ । जस्तो अवस्थाबाट गुज्रियो मान्छे त्यस्तै बन्दो रहेछ । मैले पनि जिन्दगीलाई भोगेँ सायद । जिन्दगीको भोगाइले मलाई सानैबाट धेरै कुरा सिकायो । अभाव भोक र दुःखसँग संघर्ष गर्न सिकायो मेरो जिन्दगीले । अभाव, भोक र दुःखसँग आफ्नो बालापन काट्नु मेरो बाध्यता थियो । सायद त्यही बाध्यताले बलियो बनायो ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
  • सिसिटिभी क्यामेरा राखेनी जे राखेनी नियत खराब भएकाहरुले मतपत्र च्यात्न छोड्ने होइनन् । मतगणनाको उच्च निगरानीका साथै निर्वाचन आयुक्त, सुरक्षाकर्मी र प्रतिनिधि बसेका स्वंयम दलका नेता पनि अब चनाखो बन्नुपर्छ ।

    मदन ज्ञवाली
  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
सबै हेर्नुहोस

सोसल मिडिया