MENU

विचार/अनुभूति

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ? भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ? एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

  • धुलो र प्रदुषणको बेला आँखालाई कसरी जोगाउने ? धुलो र प्रदुषणको बेला आँखालाई कसरी जोगाउने ?

    लगातार लामो समय सम्म ल्यापटप, कम्प्युटरमा बस्नै पर्याे भने बेलाबेलामा बाहिर हेर्ने, हरियो वस्तुमा हेर्न गर्नुपर्छ । र आँखालाई आराम पनि दिनु पर्छ साथै एक्सरसाइज गर्नु पर्छ । हरेक दिन आँखालाई तीन–चारपटक धुने गर्नुपर्छ । जसले गर्दा आँखाको सुख्खापन कम हुन्छ ।

  • पशुपतिमा प्रहरी जवानको हिटलर शैली : तपाईँ जो भए पनि मलाई के मतलब ? पशुपतिमा प्रहरी जवानको हिटलर शैली : तपाईँ जो भए पनि मलाई के मतलब ?

    नजिकैबाट मलाई हेरिरहेका एक प्रहरीले हातको इशाराले मलाई बोलाए । उनले मेरो मोबाइल हेर्दै भने खै मरो फोटो आएको भए तुरुन्तै डिलिट गर्नुहोस् । म अचम्ममा परेँ । मैले सोधेँ ‘किन ?’ म आफू पत्रकार भएको परिचय दिएँ । रुखो स्वरमा उनले भने, ‘तपाईँ जो भए पनि मलाई के मतलब ?’

  • ​माझी बस्तीमा नयाँ घर, खुशीको बहारभन्दा दु:खको कहर ​माझी बस्तीमा नयाँ घर, खुशीको बहारभन्दा दु:खको कहर

    छिप्पिंदै गरेको गर्मी र हुरीबतासकाबीच रामेछापको मन्थली नगरपालिका अन्तरगत तामाकोशी तीरमै पर्ने माझी गाउँ पुग्दा स्थानीयबासिन्दालाई घर बनाउने चटारो थियो । तामाकोशीको किनारैकिनार बनाइएको कच्ची बाटोमा ट्याक्टरलाई सिमेन्ट, गिटी र पानी ओसार्न भ्याइनभ्याई थियो ।

  • ​प्रधानमन्त्री ओलीको भारत भ्रमण : आफू अनुकूल निर्णय गराउन सफल ​प्रधानमन्त्री ओलीको भारत भ्रमण : आफू अनुकूल निर्णय गराउन सफल

    प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण समग्रमा भन्नुपर्दा नेपालले जे चाहेको थियो, त्यस्तै भयो । भ्रमणको पेरिफेरि समृद्धिका लागि आर्थिक कुटनीतिमै केन्द्रित रह्यो । दुबै देशका प्रमुखहरुले गरेका सहमति सम्झौताहरु कुनैपनि नेपालको अहित हुने छैन ।

  • आँसु निकाल्नै दिँदैनन्, तपाईंलाई कसले स्याहार गर्छ मदनकृष्ण ? आँसु निकाल्नै दिँदैनन्, तपाईंलाई कसले स्याहार गर्छ मदनकृष्ण ?

    उनले रुन थाल्दा दर्जनौं क्यामरा उनीतिर तेर्सिए । उनी डाँको छोडेर रोएको क्यामरावालाहरुलाई बिकाउ मसला भयो । पशुपतिमा क्यामरा तेर्साएर बसेका ‘यूट्युबे पत्रकारले मदनकृष्णको आँसु सबैलाई देखाइदिए । मदनकृष्णको आँसु बेचेर केही यूट्युब हिट भए । हुँदाहुँदा ब्रह्मनालमा यशोदाको पार्थिव शरीरलाई राख्ने बेलामा पत्रकारहरुले गरेको व्यवहारलाई कसरी सम्झने ?

  • ​ओलीको भ्रमण : मोदीलाई नेपाल नीति सच्याउने मौका ​ओलीको भ्रमण : मोदीलाई नेपाल नीति सच्याउने मौका

    एक किसिमले विदेशमन्त्री शुष्मा स्वराजलाई पठाएर सपथग्रहण अघि नै भारतले पुरानो तिक्ततालाई विर्सेर सम्बन्धलाई अगाडि बढाउ भन्ने सन्देश दिएको थियो । नेपालले के भन्छ भने एकले अर्कालाई सम्मान गरौँ । समान व्यवहार गरौँ । सम्बन्धलाई सुमधुर गति त्यो बेलाबाट दिन सकिन्छ । जब एकले अर्काको सम्मान र समान व्यवहार गरिन्छ ।

  • कसले ध्वस्त पार्‍याे अर्थतन्त्र ? कसले ध्वस्त पार्‍याे अर्थतन्त्र ?

    भरखरै अभ्यास सुरू गरिएको संघीयताले समस्या झन् चर्काउने निश्चित छ । पूर्व तयारी बिना सबै जसो सरकारी उद्योगहरू बन्द हुनु, तर निजी उद्योगहरू खुल्नु नसक्नुको परिणाम आजको चरममा व्यापार घाटा हो । कार्ल मार्क्सले कतै भनेका छन्, ‘अर्थतन्त्र घोडा हो भने राजनीति बग्गी हो ।’ यी दुवैले एक अर्कालाई प्रभावित गरिरहेका हुन्छन् । त्यसैले एउटाको अध्ययनबिना अर्कोको चिन्तन अधुरो हुन्छ ।

  • फेसबुक र ट्वीटर चलाउने लत बस्यो, अब सचेत हुने पालो फेसबुक र ट्वीटर चलाउने लत बस्यो, अब सचेत हुने पालो

    बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले मोबाइल हेर्ने बानी मेरो पनि छ । त्यसमा पनि फेसबुक र ट्वीटर । बिउँझिएपछि सबै काम छोडेर कहाँ के के भैरहेको छ र के कुरामा चर्चा भैरहेको भनेर हेर्नै पर्छ । त्यसपछि बल्ल साथीसँग कुराकानी सुरु हुन्छ । खासै धेरै च्याटमा व्यस्त त हुने गरेकी छैन, तर पनि आएको म्यासेजको रिप्लाई गरेकै हुन्छु ।

  • व्यंग्य : ओलीको पालामा ढुक्कसँग माइत र ससुराली पनि बस्न नपाइने ! व्यंग्य : ओलीको पालामा ढुक्कसँग माइत र ससुराली पनि बस्न नपाइने !

    विरोधीले त भनेकै थिए, कम्युनिष्ट सरकार आए हाँस्न त के रुन पनि पाईंदैन । तर विरोधीका कुरा कसैले सुनेनन् । ड्याम कि ड्याम सूर्य र गोलाकारभित्रको हँसिया हथौडामा छाप लगाएर कम्युनिष्टलाई चुनाव जिताइदिए । तिनै कम्युनिष्टहरुले मिलेर अहिले सरकार बनाएका छन् । कसैले चाहेर पनि हल्लाउन नसक्ने बलियो सरकार । धेरैभन्दा धेरै अधिकार ओगटेर बसेका प्रधानमन्त्री ।

  • धन्नै ! स्कुटरवालीको ज्यान गएन ! धन्नै ! स्कुटरवालीको ज्यान गएन !

    उनले घाउ देखाइन् । केही बोल्न सकेकी थिइनन् । बोलिहाल्ने र सोधिहाल्ने पक्षमा हामी पनि थिएनौँ । दुर्घटनापछि रोकिएका गाडीलाई प्रहरीले साइडबाट जान भन्यो । एकछिन फोटो खिचेपछि प्रहरीले स्कुटर घिसारेर बाहिर ताने । सडक छेउमा लिएर स्ट्यान्ड लगाए । ठक्कर दिने बस पनि सडक छेउमा गएर रोकियो । अनि बिस्तारै स्कुटर नजिक पुगेकी युवतीलाई प्रहरीले सोधपुछ गर्न थाल्यो ।

  • मनकामनाको दर्शन : माइक्रोले सातो उडायो मनकामनाको दर्शन : माइक्रोले सातो उडायो

    मंगलबार बिहान सबेरै कंलकीको धुलो छिचोल्दै थानकोटतर्फ जाने गाडी बिसौनामा पुग्यौँ । हामी दुई जोडीसँगै दुई काखे बच्चा थिए । यात्रा मनकामना दर्शनको थियो । कंलकी पार गर्न नपाउँदै आफ्नो गाडीमा जाउँ भनेर तान्ने चालक, सहचालकदेखि गाडी मालिक अनि दलालसम्म सबै भेटिए ।कंलकीको माहोल हाम्रा लागि मात्र होइन सबैका लागि सधैँ यस्तै हुन्छ ।

  • यी हुन् निजी विद्यालय खारेज गर्नैपर्ने १० कारण यी हुन् निजी विद्यालय खारेज गर्नैपर्ने १० कारण

    अहिले सरकारी र निजी शिक्षाबीच ठूलो खाडल छ । जबसम्म दुई प्रकारको शिक्षा रहन्छ, तबसम्म शिक्षाको गुणस्तर, दक्ष जनशक्ति उत्पादन, शुल्कमा मनोमानीलगायतका विवाद कायमै हुन्छ । त्यसकारण अब एकै किसिमको विद्यालय बनाउनुपर्छ । दुई किसिमको विद्यालय नेपालमा जरुरत छैन र निजी विद्यालय खारेज गर्नुपर्ने १० कारण छन् ।

  • ​सूचनाको हक र स्थानीय सरकार ​सूचनाको हक र स्थानीय सरकार

    के चितवन उद्योग वाणिज्य संघले कर घटाउन ज्ञापनपत्र बुझाएको विषय भरतपुर महानगरपालिकाले गोप्य राख्नु पर्ने विषय हो ? या यसबारे महानगरपालिकाका प्रमुखको धारणा बुझ्न खोज्दा ‘पीत पत्रकारिता’को आरोप लगाउँदै कार्यक्रममा बस्न अनुमति नभएको उर्दी लगाउने पदाधिकारीले आफ्नो पदको मर्यादा नबुझेका हुन् ? सामाजिक सञ्जालमा पत्रकार र सर्वसाधारणलेसमेत घटनाको निन्दामा औंला चलाइरहेका छन् ।

  • कक्षा ८ काे नेपालीको प्रश्नपत्रमा त्रुटि कक्षा ८ काे नेपालीको प्रश्नपत्रमा त्रुटि

    ‘मानिससँग शोच्ने मस्तिस्क र काम गर्ने हाट छन् ।’ भनी सोधिएको सो प्रश्नलाई शुद्ध पार्दा ‘मानिसँग सोच्ने मस्तिष्क र काम गर्ने हात छन् ।’ भनेर शुद्ध पार्नुपर्ने हुन्छ । यसमा ‘शोच्ने’ लाई ‘सोच्ने’, ‘मस्तिस्क’ लाई ‘मस्तिष्क’ र ‘हाट’ लाई ‘हात’ बनाउनु पर्ने हुन्छ बाँकी ०.५ नम्बर कसरी दिने भन्ने पनि रहन्छ । यसरी हेर्दा विद्यार्थीलाई अन्याय गरिनु पक्कै असान्दर्भिक बन्ने नै भयो ।

  • युरोपेली हस्तक्षेप : हि‌ंसाको आधार भूमि तयार युरोपेली हस्तक्षेप : हि‌ंसाको आधार भूमि तयार

    तिनै युरोपेलीहरूको सहयोग लिएर ‘जनताको वलिदानी जनआन्दोलन र क्रान्ति’ का नाममा नेपाली सत्ता र राष्ट्र विरुद्ध कूकर्म गर्ने यिनै हुन् । ‘लोकतन्त्र, धर्म निरपेक्षता, अधिकार, समावेसीकरण, आरक्षण’ का आवरणमा राष्ट्र तथा समाज विखण्डन गराउने, जात–जाति, भाषा, धर्म बीच कहिल्यै नरहको फाटो गराएर समाज ध्वस्त पार्ने यिनै हुन् ।

  • स्थानीय सरकारको समृद्धिको आधार के ? स्थानीय सरकारको समृद्धिको आधार के ?

    केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म यसअघि चलि आएको बजेटको नियमितता र सोही तरिकाले अबको अर्थ व्यवस्था चल्छ ? जन निर्वाचित प्रतिनिधि र सरकारले खटाएका कर्मचारीको सेवा सुविधालगायतका विविध खर्चहरु धान्न सक्ला ? यो विषयमा स्थानीय तहदेखि केन्द्रीय सरकारका रहेर रथ हाँक्ने हाम्रा महारथीहरुको योजना के के होलान् ? के नेपालको संघीय संरचनाको सम्पूर्ण आयश्रोत नागरिकले तिरेको कर मात्रै हो ?

  • ​विमान दुर्घटनामा घाइते पुस्तकको आँखा रसाउँदा... ​विमान दुर्घटनामा घाइते पुस्तकको आँखा रसाउँदा...

    मेरो होस खुल्दा मसँगै रहेका कोही पनि होसमा थिएनन् । मलाई माया गर्ने, सधैँ साथमा लिएर हिँड्ने उनी थिइनन् । उनका साथी थिएनन् । मलाई माया गर्ने डाक्टरसाब थिएनन् । कोही मुढो चाहिँ ढलिरहेका । कोही अंगार र खरानी बनिसकेका । कोही अलिअलि चलमलाउँदै गरेका ।

  • ‘चौकिनीको कथा’ को कथा ‘चौकिनीको कथा’ को कथा

    आमा चाहिँ ढोरपाटनको गाउँमा एक्लै बस्छिन् । अहिले जाडो छल्न बोवाङ आएकी सारा गाउँसँगै ओरालो लागेर । फागुन अन्तिम साता उनी पनि ढोरपाटन जान्छिन् । बोवाङको घरमा चाहिँ १० मा पढ्ने माइली छोरी र ८ मा पढ्ने कान्छो छोरो बस्छन् प्राय । किनभने ढोरपाटनमा हाइस्कूल छैन । उनीहरु पढ्नको लागि बोवाङ बस्नुपर्छ ।

  • विदेशी स्वार्थले विखण्डित नेपाली विदेशी स्वार्थले विखण्डित नेपाली

    पहिलो जनआन्दोलन भन्ने गरिएको, २०४६ सालको परिवर्तन पश्चात हालसम्म नै देश तदर्थमा चलिरहेको छ र हामी अझै संक्रमण कालमै छौँ । १२ बुँदे दिल्ली सम्झौताले त नेपाली राजनीतिलाई थामीनसक्नु अस्थिरताको अवस्थामा पुर्यायो । र यो अस्थिरताको गति अझै रोकिएको छैन ।

  • ‘नक्कली’ प्रमाणपत्रले लग्यो पराजुलीको कुर्सी ‘नक्कली’ प्रमाणपत्रले लग्यो पराजुलीको कुर्सी

    मेडिकल माफियाको स्वार्थ र साँठगाँठमा सुनियोजित रुपमा पराजुलीले फैसला सुनाएको भन्दै २०७४ पुस २४ गते चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसी अनसन बस्नुभयो । पछि डा.केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्न माग गर्नुभयो । बिस्तारै प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्रको विवाद सतहमा आयो ।

  • वार्डेन सम्मेलन र दार्चुलाको अपेक्षा वार्डेन सम्मेलन र दार्चुलाको अपेक्षा

    भौगोलिक दूरीको बाध्यता त छ नै दार्चुला पुग्नलाई, त्यसमाथि अपर्याप्त होटल, आवाश तथा अन्य व्यवस्थापनको समस्या छ यहाँ । यद्यपि, यी सबै समस्या र अभावकाबीच पनि विभागले देशभरीका संरक्षण अभियन्ताहरुको सम्मेलन गर्न दार्चुलालाई रोजेको छ । मुलुकका कान्छा संरक्षण क्षेत्रहरुमध्येको एक अपिनाम्पा संरक्षण क्षेत्रमा यो वार्डेन सम्मेलन आयोजना गरिनुले राम्रो सन्देश मात्रै दिएको छैन, धेरै आशा पनि पलाएको छ ।

  • फर्किएर हेर्दा शहीद गोविन्द गौतम फर्किएर हेर्दा शहीद गोविन्द गौतम

    कञ्चनपुर, फागुन २६ - आजभन्दा ठीक एक वर्ष अगाडि पत्रकार महासंघ जिल्ला शाखाको चुनावमा विजयी भएपछि कार्य समितिका पदाधिकारीहरु बधाई तथा शुभकामना आदान प्रदानमा व्यस्त थियौँ । त्यसदिन पनि एकिृत नेकपा माओवादी पार्टी कार्यालयले बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

  • संविधान पुनर्लेखन : गाँठी नियत यो हो संविधान पुनर्लेखन : गाँठी नियत यो हो

    वि. सं. २००४ मा आरम्भ भएको नेपालको संवैधानिक इतिहासमा पहिलो पटक एउटा ठोस प्रावधान राखियो २०४७ को संविधानमा – धारा १२६ । शाह, राणा, फेरि शाह राजाको पूर्ण अधिनमा चलेको नेपाल राष्ट्रको सत्ता पहिलो चोटी ‘जनता’ को हातमा गएको थियो २०४७ मा । त्यसैले धारा १२६ लेखियो त्यसमा ।

  • किन बनायो भारतले एकतर्फी काठेपुल ? किन बनायो भारतले एकतर्फी काठेपुल ?

    देशको पश्चिमी सीमा दार्चुला जिल्लाको भूगोलमा पर्ने महाकाली नदीमा भारतीय पक्षले एकतर्फी काठेपुल बनाएको विषयले अहिले धेरैको ध्यानाकर्षण गराएको छ । राज्यको नीति निर्माण तहमा रहेका व्यक्तिसम्म पनि यो विषय पुगेको छ । तर राज्यका संयन्त्रबाट यस विषयलाई सम्बोधन गर्न सकिएको छैन ।

  • देउवाको पुनरागमनले कांग्रेसलाई फाईदा कि घाटा ? देउवाको पुनरागमनले कांग्रेसलाई फाईदा कि घाटा ?

    संसदीय दलको नेतामा शेरबहादुर देउवाको पुनरागमनले कांग्रेसलाई घाटा लाग्ला की फाइदा होला भन्ने बहस सुरु भएको छ । तीनै तहको चुनाव सम्पन्न गरेर सरकारको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका देउवालाई पार्टी सञ्चालनमा भने असफल भएको आरोप छ ।

  • भारतलाई नेपालमा चुनौति भारतलाई नेपालमा चुनौति

    २०४६ सालको परिवर्तन, २०५२ मा आरम्भ गराइएको ध्वंसात्मक हिंसाको श्रृङ्खला, २०६२ को दिल्ली सम्झौता, २०६३ को परिवर्तन, सबै भारतको स्वार्थ अनुरुप दिल्लीका शासकहरूकै निर्देशनमा भएका थिए । यो सत्यलाई सार्वजनिक रूपमा उपलब्ध जानकारी, तथ्य र आधारहरूले प्रमाणित गरिसकेका छन् ।

  • बीबीसी छाडेकी विद्याकाे हेर्ने कथा अनुभव बीबीसी छाडेकी विद्याकाे हेर्ने कथा अनुभव

    एउटा छायाँ हाम्रै छेउमा उभियो । हाम्रो खासखुस एकाएक बन्द भयो । सेतो कमिज र पाइजामा लगाएका दार्हीवाल । राम्रो नेपाली नबोल्ने । उनै थिए मदरसाका सचिव हिफिजुर रहमान । हामीले फेरि चिया थप्यौं । अघिसम्मका हाम्रा आशंकालाई उनले क्षणभरमै मेटाइदिए । उनले सजिलै अनुमति दिए । क्यामरासहितका सरजाम बोकेर भोलि विहानै मदरसा पुग्ने तय भयो ।

  • नयाँ सिल्क रोड: चीन र भारतका स्वार्थबीच नेपाल कहाँ ? नयाँ सिल्क रोड: चीन र भारतका स्वार्थबीच नेपाल कहाँ ?

    दक्षिण एसियामा सन् १९९१ देखि नै भारतको व्यापार विस्तार र कनेक्टीभिटीको योजना धेरै सफल हुन सकेन । तिनै छिमेकी मुलुकमा चिनियाँहरुको आर्थिक रुपले राजनैतिक विश्वासपन देखियो, त्यसैले पनि भारतलाई अप्ठेरो परिस्थिति सिर्जना हुन गयो ।

  • ​विगतले हैन वर्तमानले अर्थमन्त्रीको मूल्याङ्कन हुनेछ ​विगतले हैन वर्तमानले अर्थमन्त्रीको मूल्याङ्कन हुनेछ

    अर्थविद डा.युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएपछि त्यसको तरङ्ग सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा मात्र होइन चोक र चियापसलमा पनि देखिन्छ । दुइपटक योजना आयोगको उपाध्यक्ष अनि एकपटकको गभर्नर बन्दा गरेका राम्रा कामले अर्थमन्त्रीका रुपमा पनि उहाँले राम्रो काम गर्न सक्ने आशा त्यसमा जोडिएको छ ।

  • प्रचण्डलाई सजिलै मिल्ला र एकीकृत पार्टीको अध्यक्ष पद ! प्रचण्डलाई सजिलै मिल्ला र एकीकृत पार्टीको अध्यक्ष पद !

    माओवादीमा ४७ सालपछि आएका नेता कार्यकर्ता धेरै छन् भने एमालेमा प्रचण्ड भन्दा पनि पाका, धेरै योगदान गरेका पुराना नेता कार्यकर्ताको संख्या ठूलो छ । प्रचण्डले उनीहरुको योगदानको मूल्यांकन गर्नेछन् भन्ने आधार के हुन्छ भन्ने निश्चित नभै एमालेको ठूूलो पंक्तिले प्रचण्डलाई सहज हिसावले स्वीकार्न कठिन छ ।

  • बन्दी चेतनाको ‘जाँच प्रयोग’ बन्दी चेतनाको ‘जाँच प्रयोग’

    “यहाँ अहिले हामी ६ सय ६८ जना छौं” – एक परिचित युवा बन्दीले सुस्तरी कानमा भने । राणाकालमा बनेको दुईतले एउटा भवन नजिकै ठाउँ–ठाउँमा चिराचिरा परेर कमजोर हालतमा उभिएको थियो । त्यसकै कापमा एउटा सानो गल्ली जस्तोमा चिया पाकिरहेको थियो शायद, बन्दीहरु त्यतैबाट तातो चियाका गिलास लिँदै निस्किरहेका थिए ।

  • नेपालमा चीनको स्वार्थ नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ? आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ? ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

  • चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा

    मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया