MENU
Ncell Axiata
chhaka panja

विचार/अनुभूति

  • बुच्चेकोट लगाएर दरबारमा बुच्चेकोट लगाएर दरबारमा

    त्यस बेला (०४६ सालको जनआन्दोलन भइरहेको बेला) राजदरबारमा जान अनिवार्य दौरा-सुरूवाल लगाउनपर्ने रहेछ । वार्तामा म सहभागी हुने निश्चित भएपछि कृष्णप्रसाद भट्टराईले आरकेजी दौरा-सुरूवाल लगाउनुपर्छ है भनेका थिए । दौरा-सुरूवाल लगाउनुपर्ने भएपछि सेनाकै गाडीले मलाई पाटनको मेरो कोठामा पुर्‍यायो ।

  • प्रहरी राजनीतिक दलको संगठन भयो भने के होला ? प्रहरी राजनीतिक दलको संगठन भयो भने के होला ?

    नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आगामी फागुन २ गतेबाट ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । उहाँसगै ११ जना प्रहरी अतिरिक्त महानिरीक्षकले अवकाश पाउने भएपछि डिआइजीमध्येबाट एक जना आइजी बन्ने छन् ।

  • खाँदबारीमा मावली नाताले जुराएको चिया खाँदबारीमा मावली नाताले जुराएको चिया

    खाँदबारीमा शनिबार हाट लाग्छ भन्ने सुन्दै मलाई रमाईलो लागि सकेको थियो । म लगायत 'विद्युत उर्जा विकास' विषयसँग कुम जोडेका एक दर्जन जति साथीहरु शुक्रबार दिउँसोको बुद्ध एयरको उडानवाट तुम्लिङ्टार अवतरण गरेका थियौँ । औपचारिक कार्यक्रम शनिबार दिनभरि नै आयोजना गरिएको थियो ।

  • लालसालाई अर्काको बच्चा चोर्न उक्साउने को ? लालसालाई अर्काको बच्चा चोर्न उक्साउने को ?

    पर्साकी लालसादेवीको विवाह भएको ५ वर्ष भइसक्दा समेत सन्तान भएन । सन्तान सुखको लागि उनले अर्काको बच्चा चोर्ने आपराधिक बाटो रोजिन् । अस्पतालबाट चोरेको बच्चालाई आफुले जन्माएको भन्दै माइती पुग्दा उनलाई प्रहरीले पक्राउ ग¥यो । अहिले उनी ‘अर्काको बच्चा चोर’ भनेर बदनाम भएकी छिन् ।

  • यी हुन् एसएसपी छविलाल जोशीका चुनौती यी हुन् एसएसपी छविलाल जोशीका चुनौती

    अहिले काठमाडौंको समग्र सुरक्षा प्रहरी नियन्त्रणमा छ । शान्ति सुरक्षालाई असर पार्ने खालका गुण्डा राज होस् या अरु अपराध, त्यो पूर्ण रुपमा नियन्त्रणमा छ । अवसर र चुनौतीको राजधानी काठमाडौं सुरक्षा अवस्था प्रहरी नियन्त्रणमा भएपनि प्रहरी भने सधैँ सचेत रहनुपर्ने अवस्था छ । कहाँ कतिखेर के हुन्छ भन्न सक्ने अवस्था छैन र कहिल्यै पनि हुँदैन ।

  • बाथ रोगका रुप अनेक बाथ रोगका रुप अनेक

    साधारणतया सबैजसो जोर्नी दुख्नेलाई मात्र हामीले बोलिचालीको भाषामा बाथ रोग भन्ने गर्दछौं । के बाथ रोग जोर्नी दुख्नेलाई मात्र भनिन्छ त ? बाथ रोग किन हुन्छ ? बाथ रोगका लक्षणहरु के के हुन सक्छन् र कसले यसको उपचार गर्दछ भन्ने जिज्ञासा हाम्रो मनमा उब्जिरहेको हुन्छ ।

  • अब आत्तिनुपर्ने पालो हाम्रो अब आत्तिनुपर्ने पालो हाम्रो

    निर्वाचन आयोगलाई चुनावको तयारी गर्नु भनेर पत्र पठाएकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग भन्नुभयो-चिठी पठाए पनि मिति तोकिएको छैन, नआत्तिनुहोस् ।

  • यस्तो लक्षण देखिए क्यान्सर हुन सक्छ यस्तो लक्षण देखिए क्यान्सर हुन सक्छ

    क्यान्सर आफैमा ठूलो रोग होइन, जसरी शरीरलाई मधुमेह, उच्च रक्तचाप जस्ता रोेग लाग्छन्, क्यान्सर पनि त्यसरी नै लाग्ने सामान्य रोग हो । तर समयमा रोगको पहिचान र उपचारमा ढिला गरियो भने यसले ज्यान लिन सक्छ ।

  • घाँटी खसखस गर्छ ? बेलैमा ख्याल गरौं घाँटी खसखस गर्छ ? बेलैमा ख्याल गरौं

    जाडो महिना सकिदै गर्दा, काठमाडौंको धुलोधुवाँ र हल्का पानी परेलगत्तै धेरैलाई घाँटी खसखस गर्ने, लामो समय खोकी लाग्ने, र कसै कसैलाई ज्वरोले समेत सताउने गरेको छ ।

  • कसरी हटाउने दाइजो कुप्रथा ? कसरी हटाउने दाइजो कुप्रथा ?

    विवाहको समयमा बेहुलीतर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । यसलाई तराई तथा मधेसतिर दहेज पनि भनिन्छ । सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामानहरु जस्तै फर्निचर, लत्ताकपडाका सामाग्रीहरु दाइजोमा दिइन्छ ।

  • बाथ रोग कसरी चिन्ने ? बाथ रोग कसरी चिन्ने ?

    बाथ रोग नेपाली जनमानसमा अत्यन्त परिचित रोग हो । मानिसको आफ्नै शरीरमा रहेको ‘आउटो एण्टिबडी’ ले गर्दा बाथ रोग लाग्दछ जसले शरीरका विभिन्न जोर्नीहरु र अरु अङ्गहरुमा असर गर्दछ ।

  • विपद पनि अवसर र विकास बन्न सक्छ विपद पनि अवसर र विकास बन्न सक्छ

    भनिन्छ खुशीको महत्व दुःख भोगेकाले बुझ्छन्, पानीको महत्व खडेरीमा खड्किन्छ र केही बन्नु पहिले बिग्रन जरुरी हुन्छ । झट्ट सुन्दा फगत सिद्धान्त लाग्ने यी कुराको तात्पर्य माघ २ गतेदेखि ११ गतेसम्म राजधानी टोक्यो लगाएत जापानका केही ठाउँको भ्रमणपछि मलाई अझै बढी महत्वपूर्ण लाग्यो ।

  • सिन्धुलीको मोडमा जोगिएछ ज्यान सिन्धुलीको मोडमा जोगिएछ ज्यान

    ‘ओई कान्छा कति बजे लेख्या छ कार्डमा ?’ भिमानको जाँचचौकीबाट टाइम कार्डमा टाइम टिपाएर ढोकामा उक्लिएका सहचालकलाई चालकले सोधे । ‘साढे ११ लेख्या छ, अब १२ः३५ भन्दाअघि शिवनगर पुग्नुहुन्न दाई’ ढोका अगाडि सिटको पछिल्तिर कार्ड कोच्दै सहचालकले भने ।

  • हामी रेकर्ड बनाइरहेका छौँ हामी रेकर्ड बनाइरहेका छौँ

    नेपालमा पुरानो राजकीय संरचना भत्किसकेको तथा नयाँ राजनीतिक व्यवस्थाले जग बसाउन नसकेको अवस्था छ । यस्तो अस्थिर र प्रयोगात्मक राजनीतिक गतिविधिले देशको सामाजिक एवम् आर्थिक क्षेत्रमा अन्योलताको वातावरण छाइरहेको छ ।

  • हृदयाघात के हो र कसरी बँच्ने ? हृदयाघात के हो र कसरी बँच्ने ?

    डा. मनोज गैरे - लक्षण  एक्कासी मुटु र देब्रे हात सहनै नसक्ने गरी दुख्ने श्वास फेर्न गाह्रो हुने, पसिना आउने र डर लाग्ने । हृदयाघातका जोखिमहरू समयमै हृदयाघातका जोखिमहरूको पहिचान गरी जीवनशैली परिवर्तन गरेमा हृदयाघातबाट बच्न सकिन्छ । उच्च रक्तचाप              धूमपान      मधुमेह                  निष्क्रिय जीवनशैली मानसिक तनाव         ...

  • बाग्मतीले झण्डै बगाएको सुनाउँदा छोरो भन्छ - क्या गफ दिएको यार बाग्मतीले झण्डै बगाएको सुनाउँदा छोरो भन्छ - क्या गफ दिएको यार

    गीत मेरा लागि सौख थियो । त्यसै अनुसार गाएँ । गीत गाएर कमाइ हुन्छ भन्ने भएको भए, त्यसैगरी अघि बढिन्थ्यो होला । तर सोच पनि त्यो भएन । त्यसै छोडियो । गीत गाए बापत कसैले पारिश्रमिक दिन्थे । कसैले दिँदैनथे । म माग्दा पनि माग्दैन थिएँ ।

  • शंकर सिग्नेचर शंकर सिग्नेचर

    शंकर लामिछानेको पुस्तक प्रकाशन हुँदा त्यतिवेला म पाठक हुन सकिनँ, दर्शक मात्र भएँ । पाठक हुन नपाउनुको पीडा जीवनको तीसवर्ष झेलिरहेँ । जब जब शंकरको किताब हात पथ्र्यो , किताबका पाना र आँखाको दुरी अस्सी किमी प्रति घन्टाको वेगले दौडिन्थ्यो । यी दुई घटनाले मेरो मात्र होइन समग्र नेपाली पाठक समाजलाई असर पारेको थियो ।

  • मधुमेह : के गर्ने, के नगर्ने ? मधुमेह : के गर्ने, के नगर्ने ?

    मधुमेह हाम्रो शरीरमा इन्सुलिनको अभाव वा यसको कार्यक्षमतामा आएको कमीको कारण उत्पन्न भएको निको नहुने रोग हो । मधुमेह नियन्त्रण गर्न तथा मधुमेहबाट अन्य समस्या उत्पन्न हुन नदिन नियमित ब्यायाम तथा खानामा नियन्त्रण राख्नुपर्छ ।

  • अनि मैले काठमाडौं छाडें अनि मैले काठमाडौं छाडें

    म मात्र हैन गाउँघरका मान्छे जसलाई २, ४ गाउँका चिया पसल यहि हो सबै भन्दा ठूलो बजार लाग्छ । गाडीको नाम सुनेको छ तर देखेको छैन । काठमाडौं शहर भनेर किताबमा पढेको छ तर सदरमुकाम पनि देखेको छैन ।

  • मधेसी : करदाता र मतदाता मात्र होइनन् मधेसी : करदाता र मतदाता मात्र होइनन्

    समानता, समन्याय, सम्मान, पहिचान र अधिकारका लागि मधेसीहरू पटक–पटक आन्दोलित हुँदै आएका छन् । साझा र सम्पन्न नेपाल निर्माणका लागि मुलुकका आधाभन्दा बढी जनसंख्या ओगटेका मधेसीहरूलाई विभेदमा पारेर सम्भव छैन ।

  • ज्ञानेन्द्रको शीतल निवास प्रवेश : दलहरुको तुच्छ कामलाई चुनौती ज्ञानेन्द्रको शीतल निवास प्रवेश : दलहरुको तुच्छ कामलाई चुनौती

    एउटा सामान्य समाजिक शिष्टाचार हो । बाहलवाला राष्ट्रप्रमुखले आफ्नो पारिवारिक कार्यक्रममा पूर्व राष्ट्रप्रमुखलाई बोलाउनु स्वभाविक हो । अरु नेताहरुले जसरी पूर्व राजालाई नगनेको अवस्थामा उहाँले फरक रुपमा लिएको हुन सक्छ ।

  • ज्ञानेन्द्रको शीतल निवास प्रवेश र दुई राष्ट्रपतिको पारिवारिक मिलन ज्ञानेन्द्रको शीतल निवास प्रवेश र दुई राष्ट्रपतिको पारिवारिक मिलन

    पूर्व राजा ज्ञानेन्द्र शाह कतै जाँदा र बोल्दासमेत राजतन्त्र फर्काउने षडयन्त्र हुन लागेको त होइन भनेर आशंका गर्नेहरु व्याप्त रहेका बेला शीतल निवासमा एउटा ऐतिहासिक र अविस्मरणीय अवसर जुरेको छ ।

  • साथीहरुको लुगा मागेर हिमाल चढ्न जाँदा साथीहरुको लुगा मागेर हिमाल चढ्न जाँदा

    मेरी सानिआमा नेपाल पर्वतारोहण संघमा काम गर्नुहुन्थ्यो । संघबाट आरोहणबारे तालिम दिने गरिन्थ्यो । त्यो तालिमको छनौटमा म पनि परेँ । तालिमकै क्रममा सन् २००३ मा अन्नपूर्ण बेसक्याम्प पुगेँ ।

  • एक पत्र-सम्पादकलाई : मणिराज उपाध्यायलाई शंकर लामिछानेले लेखेको चिठ्ठी एक पत्र-सम्पादकलाई : मणिराज उपाध्यायलाई शंकर लामिछानेले लेखेको चिठ्ठी

    मणि दाजु, तपाईंले भन्नुभएको छ समाजको विशेषांकको निमित्त म केही लेख दिउँ – खास गरी पत्रकारिता र त्यो पनि ‘समाज’ – कै समालोचना गरेर ! करीब दुई घण्टादेखि समाजको मसँग भएको संग्रह पल्टाईरहें र सोचिरहें क्यै त लेख्नै प¥यो । तपाईं एक मित्रको रुपमा मबाट चाहनुहुन्छ आफ्नु कला कौशलको समीक्षा ।

  • आठौं स्मृतिको अवसरमा सहिद पत्रकार उमा सिंहलाई सहकर्मीको चिट्ठी आठौं स्मृतिको अवसरमा सहिद पत्रकार उमा सिंहलाई सहकर्मीको चिट्ठी

    प्यारी दिदी उमा, दिदी तपार्इंले माया मारेर जानु भएको आठ वर्ष भइसक्यो । थाहा छ मलाई तपार्इंले माया मार्नु भएन् पापीहरु, हत्याराहरुले तपाईंलाई हामीबाट टाढा बनाए । स्मरण छ मलाई त्यो कालो रात ।

  • ‘जुन दिन काम गर्न सक्दिन, त्यो दिन नदीमा  हाम फालेर मर्नु पर्ला’ ‘जुन दिन काम गर्न सक्दिन, त्यो दिन नदीमा हाम फालेर मर्नु पर्ला’

    ‘के गर्नु आफ्नो जन्मभूमिको माया त लाग्छ नि, घरबार भएको मान्छे, गाउँका आफन्तहरुको सम्झना आँउन्छ । त्यो सानो गाउँमा आफ्नै मेहनतको कमाइले जसो तसो छोरा छोरी सबैको लालनपालन गरेकै थिए । विहान बेलुका सिलाइ कटाइको काम गर्थे । सानो झोपडी थियो । त्यो छोपडीमा मेरो ६ जनाको परिवार थियो । सानो खेतबारी र पाखो जमिन पनि थियो । एक छाक खान त्यो सानो जमिनले धानेकै थियो ।

  • पानी थाप्दा बाल्टिन फाल्ने घरबेटी, एउटै तालिममा भेट्दा बोल्न सकिनन् पानी थाप्दा बाल्टिन फाल्ने घरबेटी, एउटै तालिममा भेट्दा बोल्न सकिनन्

    खै कसरी–कसरी, काठमाडौंको बसाई पढाईबाट सुरु भयो । पढाईसँगै विवाह, केटाकेटी, सबैको चाँजोपाँजो उसै, कसरी भन्ने नै भएन । सजिलै सेटल भए जस्तो भयो । विवाह १६ वर्षकै उमेरमा भयो ।

  • लोकमान हटाउने अभियानका आँटिला वकिलको अनुभव लोकमान हटाउने अभियानका आँटिला वकिलको अनुभव

    सर्वोच्च अदालतबाट आदेश आउनेबित्तिकै मलाई बधाईको ओइरो लाग्यो । म त्यतिधेरै ‘एक्साइटेड’ चाहिँ भएको छैन । समाजमा के हुँदो रहेछ भने कसैलाई दानवीकरण गर्ने, अनि कसैलाई चाहिँ देवत्वकरण गर्ने । यी दुई बिचको धार चाहिँ हुँदोरहेनछ ।

  • आर्ट फिल्मका ‘एङग्री योङ म्यान’ ओम पुरी आर्ट फिल्मका ‘एङग्री योङ म्यान’ ओम पुरी

    सन् १९८० को दशकमा भारतमा समानान्तर सिनेमाको आन्दोलन चल्यो । यसका प्रमुख पात्रमध्येका एक हुन् अभिनेता–ओम पुरी । भारतमा समानान्तर सिनेमाको आन्दोलनले धेरै आर्ट चलचित्र बन्ने क्रम सुरु भयो ।

  • वाह ! श्यामकुमार वाह ! श्यामकुमार

    एकहप्ता अघि पुरानी साथीसँग भेट भयो । उनी आठ महिनाकी गर्भवती रहिछन् । पहिलो सन्तान हुन लागेकोमा उनी निकै खुसी थिइन् । मैले बधाई दिए । अरु सामान्य कुरा भएपछि उनको गर्भ कै कुरा भयो । उनी भन्दै थिइन् “आ ! छोरा नै जन्मियोस् ।”

  • उबेला प्लाटुन कमाण्डर, अहिले गाडीको कन्डक्टर उबेला प्लाटुन कमाण्डर, अहिले गाडीको कन्डक्टर

    मेरो जन्मघर सिन्धुपाल्चोक हो । १४ वर्षको उमेरदेखि राजनीतिमा लागेको । २०५७ सालमा सात कक्षा पढ्दापढ्दै भूमिगत भएँ । घरमा आमाबुबा मेरो विवाह गरिदिन चाहानुहुन्थ्यो । माओवादीले गरेका ठूल्ठूला कुराले परिवर्तन गर्न हिँडेको मान्छे ।

  • छोरी मात्र अँगालेर बस्दा मुखमा माड लाग्दैन छोरी मात्र अँगालेर बस्दा मुखमा माड लाग्दैन

    बालबालिका काँचो माटो जस्तै हुन् । सानो छँदा जस्तो आकार बनाउन खोज्यो, भोलि त्यही स्वरुपका हुन्छन् । देश बनाउने ठाउँमा बसेका सुकिला मुकिलादेखि काँचो माटोको ईंटा बनाउने धुलेफुस्रे मान्छेहरुले पनि जानेबुझेको कुरा ।

  • जोगीको सेल्फी मोह जोगीको सेल्फी मोह

    त्रिशुलीको भूगोल । जालपादेवीको सानिध्यता । एक पटक भत्काईएर पुनर्निर्माण गरिएको इतिहास बोकेको पृथ्वी राजाको शालिक । अपरान्हका सूर्यनारायण । वर्तमानको मेरो सेरोफेरो । म भने अथाह जलप्रवाह बोकेर अविरल वगेकी नदीमा परेको प्रकाश र पृष्टभूमिमा देखिएको फाँट र पहाडको मनोरम दृष्यपान गर्न थालेँ ।

  • महिला सिट ‘आइमाई’को कि ‘तरुनी’ को ? महिला सिट ‘आइमाई’को कि ‘तरुनी’ को ?

    पाइला टेक्ने ठाउँ समेत नभएको पहेँलो मिनीबस लगनखेलबाट हुईंकिँदै आयो । निकै अघिदेखि बस पर्खेर धोबीघाटमा उभिएका यात्रुले हात उठाए । मान्छे अट्ने ठाउँ नभएपनि बस रोकियो । ढोकामा सहचालक थिएनन् ।

  • बाघ र चितुवालाई काखमा राखेर हुर्काउँदा बाघ र चितुवालाई काखमा राखेर हुर्काउँदा

    चिडियाखानामा काम गर्न थालेको ३५ वर्ष भइसक्यो । यहाँ रहेका जनावरलाई हेरचाह गर्नुपर्छ । बच्चा जन्मिए भने स्याहानुपर्छ । चिडियाखानामै जन्मिएको एउटा बाघ अहिले ठूलो भइसकेको छ । उसलाई मैले नै हुर्काएको हो ।

  • मोवाइल र घडी पनि पार्टीलाई बुझाउने छु – प्रधानमन्त्री मोवाइल र घडी पनि पार्टीलाई बुझाउने छु – प्रधानमन्त्री

    नेपाली कांग्रेस, माओवादीकेन्द्र र मधेशी मोर्चाबीच सकारात्मक छलफल भएको छ । संसदमा दर्ताभएको संशोधन प्रस्तावलाई अगाडि बढाउनेमा हामीबीच सहमति छ । यसमा प्रतिपक्षलाई पनि साथमा लिएर जानुपर्छ ।

  • परदेशका बस्तीभित्र भेटिएका दयालु हस्तीहरु परदेशका बस्तीभित्र भेटिएका दयालु हस्तीहरु

    गएको वर्षको सुरुवातकै दिनतिर हो । म नेपालमा सुदूरपश्चिम भनिएजस्तै संयुक्त अरब एमिरेट्स युएईको सुदूरपश्चिम अलऐनबाट अर्को त्यस्तै सुदूर रसअलखेमा पुगेको थिएँ ।

  • कसरी पत्याउनु प्रचण्डको सम्पत्ति ? कसरी पत्याउनु प्रचण्डको सम्पत्ति ?

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्पत्तिको नाममा तीनतोला सुन र एक कठ्ठा जमिन मात्र, त्यो पनि पैत्रिक रे ! भन्ने थाहा पाउँदा सबैलाई अचम्म लागेको छ । उहाँको सम्पत्ति विवरण सार्वजनिक भएलगत्तै धेरैले यो अस्वभाविक भन्दै शंका गरेका छन् ।

  • नारायणगोपालसँग गीत गाउनै लाज लाग्थ्यो नारायणगोपालसँग गीत गाउनै लाज लाग्थ्यो

    गीत जस्तै पो भयो त जिन्दगी । डाँडापारीको जुन भएँ । ७० नाघिसकें । अब त यतै बस्न पनि के हो के हो, उता जान पनि मन एक तमासको हुने के । छट्पटी लाग्छ । बस्नै पो सक्दिन त म । घर बस्न पटक्कै मन नलाग्ने के ।

  • पीडा गाउँमा, अभियान सहरमा पीडा गाउँमा, अभियान सहरमा

    जति पनि संघ संस्थाले काम गर्छन् सदरमुकाम केन्द्रित, यातायातका साधन पुगेको ठाउँमा केन्द्रित हुन्छ । किन यस्तो त ? आखिर हुनेखाने जान्नेबुझ्ने महिला सदरमुकाम र यातायातका साधन पुगेको बजारमा केन्द्रित छन् त्यसैले होला । के महिला हिंसाविरुद्धको १६ दिने अभियानले यस्तै महिलाका लागि काम सुरु गरेको हो त ?

western union
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया