MENU
ujyaalo forign call inside

साहित्य/ कला

  • पुस्तक अंश : लोगे पुस्तक अंश : लोगे

    महेश्वर चापागाईं - बेलुका त्यस्तै ४ बजेको होला ,झ्याल दुबै खोलेको छ तर पर्दाले छेकेर थोरै प्रकाश मात्र कोठाभित्र छिरेको जस्तो छ, जानाजान हो या यतिकै कोठालाई अध्यारो बनाइएको छ ।

  • कविता : तिमीबाट खोज्दिन बाँकी अरु कविता : तिमीबाट खोज्दिन बाँकी अरु

    यदि तिमीले पिलाएको एकै थोपा पानीले कतै मेरो जीवन बाँच्छ भने पनि म मृत्यु सजिलै स्वीकार्छु बरु तिमीबाट खोज्दिन बाँकी अरु यदि तिमीले बोलेको एकै शब्द निःशब्दले कतै मेरो मन हाँस्छ भने पनि म रोई–रोई बाँच्न तयार छु बरु तिमीबाट खोज्दिन बाँकी अरु पाउनु छैन केही मलाई गुमाउनुको सीमा रहेन मनको त्यो नातो मनमै रहोस् यो मन जस्तो त्यो मन भएन यदि तिमीले बोलेको एकै वचन बोलिले कतै मेरो जीवन बिक्छ भने पनि म लिलामै बिक्न तयार छु बरु तिमीबाट खोज्दिन बाँकी अरु सृष्टि सारा सखाप भई तिमी र म मात्र रह्यौं भने प...

  • गजल : फाटेको नटाले कसलाई पुग्छ र ? गजल : फाटेको नटाले कसलाई पुग्छ र ?

    फाटेको नटाले कसलाई पुग्छ र ? रुपियाँ पैसाले कसलाई पुग्छ र ? यहाँ कुबेरको भण्डार त रित्तिन्छ भन्नुहुन्थ्यो बाले – "कसलाई पुग्छ र" ? यति सुन्दर संसार हेर्नलाई केवल आँखाले कसलाई पुग्छ र ? चराहरु पनि काम गर्न थालेका छन् त्यसैले मजाले कसलाई पुग्छ र ? भएको यही यौटा देशसंग पनि माग्नमात्र थाले कसलाई पुग्छ र ?   बाबु त्रिपाठी ("बा" गजल संग्रहबाट)...

  • गजल : हात छैन माग्नेले खुट्टा फैलाईरहेछ, छ भने केहि रुपिँया दिएर जानुस गजल : हात छैन माग्नेले खुट्टा फैलाईरहेछ, छ भने केहि रुपिँया दिएर जानुस

    चामल लैजानुस बियाँ दिएर जानुस मान्छ भने खेत अधिँया दिएर जानुस हात छैन माग्नेले खुट्टा फैलाईरहेछ छ भने केहि रुपिँया दिएर जानुस भोलि देखि सरकार सुत्ने बेला झस्किन्छ आज टायरको तकिया दिएर जानुस पिउने बेला मुख कस्तो बनाउँछ हेर्नुछ तपाइँ जडाय्हालाई चिया दिएर जानुस मर्नै बेला पिँजडाको सुगाले सुनायो बाच्नेलाई त दुनिँया दिएर जानुस   गणेश भट्ट 'अणु' गोरखा हाल काठमाडौं...

  • "यार तिमीलाई दुध, चियापत्ती र चिनीको स्वादले वाक्क लाग्दैन ? "यार तिमीलाई दुध, चियापत्ती र चिनीको स्वादले वाक्क लाग्दैन ?

    सधैं सधैं व्यस्त रहने चिया पसलको गिलासलाई सोधें- "यार तिमीलाई दुध, चियापत्ती र चिनीको स्वादले वाक्क लाग्दैन ?" फिस्स हाँसेर उसले भन्यो- "सर हरेक ओठको स्वाद फरक हुन्छ !" डा. निरज भट्टराई काठमाडौं, कुलेश्वर हाल : बंगलादेश, ढाका

  • गजल : गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु गजल : गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु

    गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु   पोहोर साल परार साल ओइलिएरै गयो फूल बिर्सेंकै त छैनस् होला यो दिदीलाई तैंले बाबु   सम्झना छ तिहारको टिका लाउने बेला अझै बाङ्गो भयो टीका भन्दै रिसाउँथिस् पैले बाबु   बेग्लै भा'छस् फोटो हेर्दा डर लाग्छ अलिकती साँच्चै भुलिस् भन्ने ठान्छु आइनस् भने ऐले बाबु निष्प्रभ सजी कास्की, पोखरा हाल: अष्ट्रेलिया, सिड्नी...

  • कथा : उनले लडेको जनयुद्ध कथा : उनले लडेको जनयुद्ध

    नारायण भुसाल - उनका आँखाभरी आँसु थिए । उनी रुँदै सारा घटनाक्रमहरु बताउँदै थिईन । हामी पनि एक आज्ञाकारी बालकले आफ्नी आमाले भनेको कथा निकै शान्तपूर्वक सुने जसरी एकाग्र भएर सुनिरहेका थियौँ । उनका कुरामा रिस, क्रोध, दया माया सबैजसो भावहरु मिसिएका थिए ।

  • गीत : आगो होइन आँसु दिएँ झार्दै परेलीमा गीत : आगो होइन आँसु दिएँ झार्दै परेलीमा

    आगो माग्न आयौ तिमी मेरो अँगेनीमा, आगो होइन आँसु दिएँ झार्दै परेलीमा.......

  • कथा : गोपालको प्रेमपत्र र झरनाको बिदेशी प्रेमी कथा : गोपालको प्रेमपत्र र झरनाको बिदेशी प्रेमी

    नारायण भुसाल - असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल ! जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी उपमा दिए ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया