MENU
Ncell Axiata

समाचार

  • गोल्डन गेट कलेजको बसमा आगजनी

    काठमाडौं, फागुन १७ काठमाडौंको सानो भर्‍याङ नजिकै नचिनेका मान्छेको समूहले बिहान स्कूल बसमा आगजनी तथा तोडफोड गरेको छ । मोटरसाईकलमा रहेका ४–५ जनाको समूहले गोल्डन गेट कलेजको बा १ क ९१ १७ नम्बरको बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

  • चेल्सी एफए कप फुटबलको क्वाटर फाइनलमा

    फागुन १७ - चेल्सी एफए कप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । मिडल्सब्रोलाई उसकै घरेलु मैदान रिभर साईड स्टेडियममा २–० ले हराउँदै चेल्सी अन्तिम आठमा पुगेको हो । चेल्सीको जितमा रमायर्स र भिक्टर मोसेसले एक–एक गोल गरे ।

  • बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

    काठमाडौं, फागुन १७ - काठमाडौंको नारायणगोपाल चोकमा वुधवार राति बसको ठक्करबाट एक जना साईकलयात्रीको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाईते भएका छन् । बा २ ख ६३ ३८ नम्बरको बसले साईकललाई ठक्कर दिदा रापेछाप घर भई गोल्फुटार बस्ने ३० वर्षिय दीपक श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • पारसको स्वास्थ्य बुझ्न पूर्व राजा ज्ञानेन्द्र अस्पतालमा पारसको स्वास्थ्य बुझ्न पूर्व राजा ज्ञानेन्द्र अस्पतालमा

    काठमाडौं, फागुन १७ - पूर्व राजा ज्ञानेन्द्रले छोरा पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । वुधवार राती थाइल्याण्डको बैंकक पुग्ने बित्तिकै उहाँले पूर्व युवराज पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको हो ।

  • Paras Shah shows responses

    KATHMANDU FEB 27 There has been a slight improvement in the health condition of former crown prince Paras Shah who is undergoing treatment in Bangkok, doctors involved in his treatment said. Issuing a press release on Wednesday, the doctors informed that Paras moved some of his body parts.  ‘Para’s blood pressure and heart beat came to normal condition without use of medicine’,  according to the statement. However, the press statement added that the condition of S...

  • नुवाकोटमा जिल्ला निर्वाचन कार्यालयमा आगलागि

    नुवाकोट, फागुन १७ - जिल्ला निर्वाचन कार्यालय नुवाकोटको विदुरमा रहेको कार्यालयमा वुधवार राति आगलागी भएको छ । रेडक्रस भवन विदुरमा रहेको कार्यालयको भान्छा कोठाबाट शुरु भएको आगोले दुईवटा कोठामा रहेको सामान नष्ट भएको छ ।

  • ‘तपस्विनी’ महाकाव्य सार्वजनिक ‘तपस्विनी’ महाकाव्य सार्वजनिक

    काठमाडौ – साहित्यकार अजम्बरध्वज खातीको ‘तपस्विनी’ महाकाव्य बुधवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले महाकाव्य सार्वजनिक गरेका हुन् ।

  • प्रधानन्यायाधीशले बारको आग्रह मानेनन् प्रधानन्यायाधीशले बारको आग्रह मानेनन्

    काठमाडौं, फागुन १६ – नेपाल बार एसोसिएशनको आग्रह बाबजुद प्रधानन्यायाधीश खिलराज रेग्मीले इजलासमा बसेर न्याय सम्पादनको काम गर्नु भएको छ । प्रधानन्यायाधीश रेग्मीले विज्ञप्ती निकालेर कार्यपालिका प्रमुखको प्रस्ताव स्वीकार्ने संकेत दिएपछि नेपाल बारले प्रधानन्यायाधीशलाई ईजलासमा नबस्न मंगलबार आग्रह गरेको थियो ।

  • अछाममा ५ सय ७७ बालबालिका एचआइभी संक्रमित

    बिमल बिष्ट/उज्यालो । डोटी, फागुन १६ - सुदूरपश्चिमको पहाडी जिल्ला अछममा ५ सय ७७ जना बालबालिका एभआइभी संक्रमित रहेको एक संस्थाको तथ्यांकले देखाएको छ । अछाममा काम गर्दै आएको गंगोत्री ग्रामिण विकाश मञ्चले अछामका २० गाबिसमा गरी ५ सय ७७ जना बालबालिका एचआइभी संक्रमित रहेको जनाएको हो ।

  • तल्लो मोदीखोलाको निर्माण पुन सुरु

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, फागुन १५ - कर्मचारीमाथि कुटपिटपछि असुरक्षाको कारण देखाउँदै बन्द भएको पवर्तको तल्लो मोदीखोला जलबिद्युत आयोजनाको काम पुन सञ्चालनमा आएको छ । प्रशासनको रोहबरमा कुटपिट गर्ने यूवा र आयोजनाबीच सहमतिपछि निर्माण कार्य पुन सुरु भएको हो ।

  • प्रधानन्यायाधीशको नेतृत्वमा सहमति जनाउने एमाले निर्णय प्रधानन्यायाधीशको नेतृत्वमा सहमति जनाउने एमाले निर्णय

    कमल पराजुली/ उज्यालो । काठमाडौं, फागुन १६ – नेकपा एमालेले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिनका लागि अहिले चलिरहेको प्रकृयालाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलको फरक मतका बावजुद एमालेको बुधबार बसेको स्थायी कमिटी बैठकले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रकृयालाई छिटो टुंग्याउने निर्णय गरेको उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनुभयो ।

  • राष्ट्रिय भलिबलको उपाधि आर्मी र ज्ञानुबाबालाई

    पर्वत, फागुन १६ - पर्वतको डिमुवामा भएको राष्ट्रिय पुरुष भलिबलको उपाधि नेपाल आर्मी क्लब र महिला तर्फको उपाधि ज्ञानुबाबा बोडिङ्गले जितेका छन । राष्ट्रिय पुरुष भलिबलमा नेपाल आर्मीले ५५ हजार ५ सय ५५ र ट्रफी हात पारेको छ । आर्मीले प्रहरीलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

  • उल्टो मोटरसाईकल चलाउनेलाई जीपको ठक्कर

    खोटाङ, फागुन १६ - उल्टो मोटरसाईकल चलाएर मेची महाकाली यात्रा गरिसकेका चित्रकुमार कार्की जीपको ठक्करबाट घाईते हुनुभएको छ । जयरामबाट सदरमुकाम दिक्तेलतर्फ आउनेक्रममा दिक्तेल–जयराम सडक खण्ड अन्तरगत दुर्छिममा को १ च ४२९४ नम्वरको जीपको ठक्करबाट उदयपुरका कार्की घाईते हुनु भएको हो ।

  • हतियार सहित दुईजना पक्राउ

    जनार्दन पोखरेल/ उज्यालो । महोत्तरी, फागुन १६ – महोत्तरीको गौशालाबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । गौशाल ९ का अन्दाजी २५ बर्षिय उमेश राम र गौशाला २ का २४ बर्षिय प्रमोदकुमार साह गौशालाको जिरोमाइलबाट १ थान नलकटुवा पेस्तोल सहित पक्राउ परेका हुन् ।

  • पूर्व युवराज पारसको शरीरका अंग चले पूर्व युवराज पारसको शरीरका अंग चले

    काठमाडौं, फागुन १६ - हृदयघातका कारण थाइल्याण्डको बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारसको शरीरका अंग चल्न थालेका छन् । वुधवार उहाँका केही अंग आफैं चलेको समितिभेज अस्पतालले जनाएको छ । गत ८ गते हृदयघात भएपछि उपचारका लागि उहाँलाई समितिभेज अस्पतालमा भर्ना गरिएको थियो ।

  • बी डिभिजन लिग : श्रीकुमारी र सातदोबाटो विजयी

    काठमाडौं, फागुन १४ - सहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत वुधवारका खेलमा श्री कुमारी क्लव र सातदोबाटो युवा क्लव विजयी भएका छन् । हल्चोक खेल मैदानमा भएको पहिलो खेलमा श्रीकुमारी क्लबले महावीर क्लबलाई ४–२ गोलले पराजित गरेको छ ।

  • जेठमा नभए मंसिरमा चुनाव पक्काः प्रचण्ड जेठमा नभए मंसिरमा चुनाव पक्काः प्रचण्ड

    पोखरा, फागुन १६ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठमा संविधानसभाको निर्वाचन सम्भव नभए कात्तिक अन्तिम वा मंसिर पहिलो हप्ता चुनाव गर्न सकिने बताउनुभएको छ । आराम गर्न भन्दै मंगलबार सपत्नी पोखरा आएका प्रचण्डले जेठमा चुनाव गर्न मुख्य दलहरु सहमत भएपनि यदि सम्भव भएन भने कात्तिक अन्तिम वा मंसिर पहिलो हप्ता चुनाव गर्नुपर्ने बताउनुभयो ।

  • थप पाँच कैदीको सरुवा

    उदयपुर, फागुन १६ - जिल्ला कारगार उदयपुरका थप पाँच कैदी अन्यत्र सरुवा गरिएको छ । कारागार भित्र हुन सक्ने झडपलाई मध्यनजर गरी कारागार प्रशासनले विभिन्न अभियोगमा सजाय तोकी कैद भुक्तान गर्दै आएका कैदीहरुलाई वीरगञ्ज सरुवा गरेको हो । एकहप्ताअघि नाईके कसलाई बनाउने भन्ने बिषयमा बिबाद उत्पन्न भई दोहोरो झडप भएपछि कैदीहरु बीच सद्भाव कायम हुन सकेको थिएनन् ।

  • रजनीगन्धा र तुल्सी पक्राउ

    इटहरी, फागुन १६ - भारतवाट भन्सार छलेर अवैध रुपमा सुनसरी ल्याउँदै गरेको ठुलो परिमाणको रजनीगन्धा र तुल्सी जिल्ला प्रहरी कार्यालय सुनसरीले वुधवार पक्राउ गरेको छ । सिमावर्ती भारतीय वजारवाट लुकाई छिपाई नेपाल भित्र्याइएको ३३ हजार रुपैया वरावरको रजनीगन्धा र तुलसी बुधवार इनरुवा स्थित बसचौकवाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीको मुद्दाफाँटका प्रहरी नायव निरीक्षक धर्मेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

  • प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन गर्न अवरोधः गच्छेदार प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन गर्न अवरोधः गच्छेदार

    सुमन पुरी/ उज्यालो । सुनसरी, फागुन १६ – उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छेदारले प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउन अवरोध आएको बताउनु भएको छ । दलहरुबीच सहमति भएपनि चुनावी सरकार बनाउन अवरोध आएको गच्छेदारको भनाई छ ।

  • एकै पटकमा जन्मिए ३ छोरा एकै पटकमा जन्मिए ३ छोरा

    केशबप्रसाद भट्टराई/उज्यालो । ताप्लेजुङ, फागुन १६ - ताप्लेजुङ जिल्लाको पूर्वी आम्बेगुदिन गाउँ विकास समितिकी एक महिलाले तिम्ल्याहा बच्चा जन्माएकी छन् । आम्बेगुदिन गाविस वडा नं. १ बाबाङ बस्ने २० वर्षिया सालिना चौहानले मङ्गलबार तिम्ल्याहा छोरालाई जन्म दिनु भएको हो ।

  • पदक विजेतालाई अन्सुको सम्मान

    काठमाडौं, फागुन १६ - एथलिट्स अफ नेपाल स्पोर्टस् युनिभर्सिटी (अन्सु) ले विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बुधबार सम्मान गरेको छ । यसमा अन्सुका पदाधिकारी पनि सामेल छन् ।

  • चैत २१ देखि पाचौं राष्ट्रिय पर्यटन मेला गरिने

    काठमाडौं, फागुन १६ – नेपाल पर्यटन बोर्डले आगामी चैत २१ देखि २३ गतेसम्म पाचौं राष्ट्रिय पर्यटन मेला गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी बोर्डले काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गर्ने जानकारी दिएको हो ।

  • मृतकका परिवारलाई मलेसियाबाट सहयोग

    भूमिराज पराजुली /उज्यालो । मलेसिया, फागुन १६ - मलेशियाको जोहोरबारुस्थित पासिर गुडाङ्गमा रहेको ह्वाइट हर्स कम्पनीका कामदारले खोटाङका कमल राईको परिवारलाई आर्थिक सहयोग पठाएका छन् । त्यही कम्पनीका काम गर्ने राईको एक महिना अघि गाडीको ठक्करबाट ज्यान गएको थियो ।

  • झापामा व्यवसायीमाथि गोली प्रहार, झण्डै ७ लाख लुटियो

    झापा, फागुन १६ – झापाको सुरुंगामा परिचय नखुलेका मानिसको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् । बिर्तामोडबाट सुरुंगातर्फ आइरहेका मनी ट्रान्सफर व्यवसायी अशोक पोखरेल परिचय नखुलेका मानिसको गोली प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ ।

  • Clash between the student unions in Sanothimi Campus

    Bhaktapur, February 27 - The Bhaktapur Sanothimi Campus on Wednesday remained tensed after a clash took place between the students unions in regard to celebrating sports week. At least 12 people were injured in the clash between All Nepal Independent Students Union – Revolutionary (ANISU-R), All Nepal Free Students Union (ANFSU) and Nepal Students Union (NSU). The Free Students Union, Sanothimi, is all set to organize Martyrs Week Sports 2069. The injured are undergoing treatment at Na...

  • पानीमा डुबेर एक युवकको मृत्यु

    बझाङ, फागुन १६ - सेती नदीमा डुबेर एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा भैरवनाथ गाविस वडा नं. २ पिखेतका १८ बर्षिय उमेश रोकाया रहेको प्रहरीले जनाएको छ । बिहान सेती नदीमा नुहाउने क्रममा उहाँको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

  • दुग्ध विकास संस्थानको भण्डारण क्षमता बढाउने तयारी

    काठमाडौं, फागुन १६ – सरकारले मिल्क होलिडे हटाउन दूग्ध भण्डारण क्षमता बढाउने तयारी गरेको छ । सरकारले दुग्ध विकास संस्थानसँग रहेको भण्डारण क्षमता बढाउने तयारी गरेको हो ।

  • कार्यदलको बैठकमा कुरो मिलेन

    काठमाडौं, फागुन १६ – मूख्य दलले गठन गरेको कार्यदलको बैठक बिहीबार बस्ने गरी सकिएको छ । चुनावी सरकार गठनको प्रक्रिया टुंगो लगाउन बसेको कार्यदलको बैठकमा सहमति हुन बाँकी विषयमा सहमति नजुटेकाले बिहीबार फेरी छलफल हुने कार्यदलका सदस्य एमाले नेता भीम रावलले जानकारी दिनुभयो ।

  • आलु खन्दा भेटिएको बम फुटाउन खोज्दा ....

    कपिल कोइराला/उज्यालो । काभ्रे, फागुन १६ - आलु खन्ने क्रममा भेटिएको बम (फलामको डल्लो) फुटाउन खोज्दा काभ्रेमा एक जना घाईते भएका छन । मेच्छे पौवा–४ का मुलुकसिं तामाङ घाइते हुनु भएको हो । भिमखोरी गाविस माम्ती बजारमा आलु खन्ने क्रममा स्थानीय निरबहादुर रायमाझीकी श्रीमतीले भेट्टाएर ल्याएको फलामको डल्लो घर बनाउँदै गरेका तामाङलाई के रहेछ भनि फुटाउन लगाएकी थिइन् ।

  • पारसको स्वास्थ्य बुझ्न पूर्व राजारानी बैंकक प्रस्थान

    काठमाडौं, फागुन १६ – पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह बिरामी छोरालाई भेट्न थाईल्याण्डको बैंकक जानुभएको छ । हृदयघात भएपछि एकहप्तादेखि बैंककको समितिभेज अस्पतालमा उपचार गराइरहेका पारसको अवस्था बुझ्न शाह दम्पत्ति नातिनातिना सहित बैंकक प्रस्थान गर्नुभएको हो ।

  • श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

    चितवन, फागुन १६ - चितवनको बाँदरझुलाका एक चेपाङको कुटाईबाट आफ्नै श्रीमतीको मृत्यु भएको खुलासा भएको छ । यहाँका प्रेम चेपाङले आफ्नै श्रीमती जुना चेपाङलाई कुट्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दस वर्षअघि विवाह भएका उनीहरुको आपसी विवादका कारण श्रीमान्ले कुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

  • सुनको भाउ बढ्यो

    काठमाडौ, फागुन १६ – सुनको भाउ बुधबार पनि बढेको छ । मंगलबारको भाउमा ५ सय रुपैयाँ बढेर बुधबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • मेक्सिकोकी शक्तिशाली महिला भ्रष्ट्राचारको आरोपमा पक्राउ

    फागुन १६ – मेक्सिकोकी सबैभन्दा शक्तिशाली महिलाका रुपमा चिनिने अल्बा एस्थर गोर्डिलोलाई भ्रष्टाचारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मेक्सिकोको शिक्षक संगठनकी प्रमुख तथा राजनीतिक नेता समेत रहेकी गोर्डिलोलाई युनियनको कोषमा रहेको २० करोड डलर आफ्नो खातामा सारेको आरोप लगाइएको छ ।

  • कोलकातामा आगलागी, १५ जनाको ज्यान गयो

    फागुन १६ – भारतको कोलकातामा व्यापारिक भवनमा आगलागी हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । आगोले जलेर ८ जना घाईते भएका छन् । भारतीय सञ्चारमाध्यमहरुले १९ जनाको ज्यान गएको बताएपनि प्रहरीले पुष्टि भने गरेको छैन ।

  • छोरीमैयाँ हराएको वर्षदिन, खोजीका लागि काठमाडौमा दबाब र्‍याली छोरीमैयाँ हराएको वर्षदिन, खोजीका लागि काठमाडौमा दबाब र्‍याली

    काठमाडौ, फागुन १६ – एकबर्ष अघिदेखि आजकै दिन हराएकी काठमाडौ जैसीदेवलकी छोरीमैयाँ महर्जनको सत्यतथ्य जानकारीको माग गर्दै बुधबार बसन्तपुरबाट बालुवाटारसम्म दबाब र्‍याली निकालिएको छ । अकुपाई बालुवाटार अभियान र छोरीमैयाँ खोजी दबाब समूहको अगुवाइमा र्‍याली निकालिएको हो ।

  • वस पल्टिदा २ जनाको ज्यान गयो

    सुनसरी, फागुन १६ – सुनसरीको इटहरीमा बिहान भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । धरानबाट काँकड्भिट्टाका लागि छुटेको को १ ख १८७७ नम्बरको वस इटहरीमा पल्टिँदा धरान –८ का जयश्वर कोइराला र इश्वर लुईंटेलको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।

  • सानोठिमी क्याम्पसमा विद्यार्थी संगठनवीच झडप

    रमेश गिरी/उज्यालो, भक्तपुर, फागुन १६ – खेलकुद सप्ताह मनाउनेबारे विद्यार्थी संगठनवीच बिवाद बढेर बुधबार विहान झडप हुँदा भक्तपुरको सानोठिमी क्याम्पस तनाबग्रस्त बनेको छ । स्वतन्त्र विद्यार्थी युनियन सानोठिमी क्याम्पसले बिहीबारदेखि २३ गतेसम्म सञ्चालन गर्न लागेको सहिद सप्ताह खेलकुद २०६९ को विषयमा अखिल क्रान्तिकारी र नेविसंघ तथा अनेरास्ववियुबीच झडप हुँदा कम्तीमा १२ जना घाइते भएका छन् ।

  • संसद बैठकमा नजाने सांसदलाई जरिवाना

    फागुन १६ – भारतीय जनता पार्टीले संसद बैठकमा नियमित उपस्थित नहुने सांसदलाई जरिवाना तिराउने निर्णय गरेको छ । सांसदको कम उपस्थितिका कारण सरकारी योजनामा भएका कमी कमजोरीप्रति सुझाव राख्न नसकिएको र कमजोर योजना लागू हुँदा नागरिकले सेवा सुविधा पाउन नसक्ने भन्दै भाजपाले सबै सांसदलाई सदनमा उपस्थित हुन निर्देशन दिएको छ ।

  • लागुऔषध सहित २ जना पक्राउ

    हेटौंडा, फागुन १६ – मकवानपुरको हेटौडा १० भुटनदेवी चोकबाट लागु औषध सहित दुईजना पक्राउ परेका छन् । ना २२ प ३६०९ नम्बरको मोटरसाइकलमा लुकाइएको अबस्थामा कोरेक्स सहित हेटौडाका ३३ बर्षिय पबशाल सिटौला र हेटौडा ११ का ३१ वर्षिय गौतम लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
  • नेपालको संविधानको धारा २८८ मा प्रदेश सभाका दुई तिहाई सदस्यले राजधानी तोक्ने व्यवस्था भएकोले अहिले अस्थायी राजधानी तोकेको आधारमा आन्दोलन गर्नु उचित हैन ।

    युवराज पौडेल
  • संवैधानिक जटिलताका कारण सरकारले अस्थाई राजधानी तोकेको हो । स्थायी केन्द्र निर्धारण गर्ने काम प्रदेश संसदको क्षेत्राधिकार भित्र पर्छ । प्रदेश संसद र सरकारलाई पनि विवेक प्रयोग गर्न दिउँ न । आन्दोलन गरेरै राजधानी खोज्ने हो भने चुनावमा भोट हाल्नुको के अर्थ ?

    ​रञ्जित तामाङ
सबै हेर्नुहोस

सोसल मिडिया