MENU
Ncell Axiata

समाचार

  • प्रधानमन्त्री भट्टराई माल्दिभ्समा प्रधानमन्त्री भट्टराई माल्दिभ्समा

    काठमाडौं, कात्तिक २३ — प्रधानमन्त्री डा. बाबुराम भट्टराई दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कको १७ औं शिखर सम्मेलनमा भाग लिन माल्दिभ्स पुग्नु भएको छ । ११  सदस्यीय टोली सहित मंगलबार दिउसो त्यस तर्फ प्रस्थान गरेका भट्टराई  गएराती माल्दिभ्स पुग्नु भएको उहाँको नीजि सचिवालयले जनाएको छ ।

  • संयुक्त राष्ट्रसंघका महासचिव मुनले लुम्बिनी विकाशको अन्तर्राष्ट्रिय समितिको नेतृत्व गर्ने संयुक्त राष्ट्रसंघका महासचिव मुनले लुम्बिनी विकाशको अन्तर्राष्ट्रिय समितिको नेतृत्व गर्ने

    काठमाडौं, कात्तिक २३ — संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन लुम्बिनीको विकाशका लागि बन्ने उच्चस्तरीय अन्तर्राष्ट्रिय समितिको नेतृत्व गर्न सहमत हुनुभएको छ । राष्ट्रसंघ महासचिव वान र वृहत्तर लुम्बिनी विकाश राष्ट्रिय परियोजनाका संयोजक समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार राति राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा आउँदो मार्च महिना सम्ममा उच्चस्तरीय अन्तर्राष्ट्रिय समिति बनाउने र त्यसको नेतृत्व वानले गर्ने सहमति भएको हो ।

  • सम्पत्ति शुद्धीकरण निवारण ऐन उल्लंघन गर्ने २ भारतीय जेल चलान

    काठमाण्डौं, कात्तिक २२ - सम्पत्ति शुद्धीकरण निवारण ऐन उल्लंघन गरेको अभियोगमा २ जना भारतीय नागरिकलाई जेल चलान गरिएको छ । स्रोत नखुलेको पैसा सहित पक्राउ परेका भारतको विहार मधुवनी जननगरका सुनील जयसवाल र श्रवण साहलाई बिशेष अदालतले मागेको धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको हो । उनीहरुलाई स्रोत नखुलेको २८ लाख ४० हजार नेपाली रुपैयाँ सहित राजस्व अनुसन्धानले धनुषाबाट पक्राउ गरेको थियो । विशेष अदालतले सुनील जैसवालसित १९ लाख २० हजार र श्रवण साहसित ९ लाख २० हजार धरौटी मागेको थियो । तर दुबैले धरौटी बुझाउन...

  • माओवादी कार्यकर्ताले खेतबाटै धान कब्जा गरे

    हेमराज शर्मा/उज्यालो । दाङ, कात्तिक २२ सात बुँदे सम्झौतापछि कब्जा घर जग्गा फिर्ता गर्न केन्द्रले निर्देशन गरेपनि दाङमा माओवादी कार्यकर्ताले खेतबाटै धान कब्जा गर्न थालेका छन् । दाङको श्रीगाउँ प्रसडुवाका जनार्दन शर्माले आफ्नो खेत अधियामा कमाउने किसानले पठाएको ४० बोरा धान माओवादीले कब्जा गरेको बताउनुभयो ।

  • १८ जनाले राज्यमन्त्रीको शपथ लिएपछिको भद्रगोल (अडियोसहित)

    हिम विष्ट/उज्यालो । काठमाण्डौं, कात्तिक २२ -प्रधानमन्त्रीले मंगलवार मन्त्रिपरिषद विस्तार गरेर ४५ सदस्यीय बनाउनु भयो । सानो आकारको सरकार बनाउने र राज्यमन्त्री नथप्ने भनेका प्रधानमन्त्री भट्टराई आफ्नो त्यो बोलीमा टिक्न सक्नुभएन् । मंगलवार विहानसम्म १० जना राज्यमन्त्रीको मात्रै शपथको जानकारी भएपनि एकाएक १८ जनालाई शपथ गराएपछि सुरक्षाको व्यवस्था मिलाउन निकै मुश्किल भयो ।

  • बुझिनौ किन तिमीले सार्वजनिक (गीतसहित) बुझिनौ किन तिमीले सार्वजनिक (गीतसहित)

    कवि तथा गीतकार महेश्वर चापागाइको गीती संग्रह बुझिनौ किन तिमीले बजारमा आएको छ । बाजेज इन्टरप्राइजेजले बजारमा ल्याएको बुझिनौ किन तिमीले नामक गीती संग्रहमा १० वटा गीत समावेश गरिएको छ ।

  • सुनको मुल्य अहिलेसम्मकै उच्च सुनको मुल्य अहिलेसम्मकै उच्च

    काठमाण्डौं, कात्तिक २२ - सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । हिजो ५३ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ हजार रुपैयाँ बढेर अहिलेसम्मकै बढि तोलाको ५४ हजार सात सय रुपैयाँ पुगेको छ । यसअघि सुनको भाउ ५४ हजार २ सय रुपैयाँसम्म पुगेको थियो ।

  • भारतमा इन्टरनेट प्रयोग गर्नेको संख्या १० करोड नाघ्यो

    कात्तिक २२ - भारतमा इन्टरनेट प्रयोग गर्नेको संख्या १० करोड नाघेको छ र्।र् इन्टरनेट एण्ड मोबाईल एशोसियसन अफर् इण्डियाले गरेको र्सर्वेक्षणमा एक महिनापछि इन्टरनेट प्रयोग गर्नेको संख्या १२ करोड नाघ्ने देखिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । सेप्टेम्बर महिनासम्म ११ करोड २० लाखले इन्टरनेट प्रयोग गरेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

  • सफल पोखरा कप फुटबलमा आर्मीको विजयी सुरुवात

    पोखरा, कात्तिक २२ - नेपाल आर्मीले सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लबलाई २१ ले हराउँदै आर्मी क्वाटर फाइनलमा प्रवेश गरेको छ । आर्मीलाई जिताउन नवयुग श्रेष्ठले ४४ औं तथा ६६ औं मिनेटमा हरि महतोले गोल गरे ।

  • पूर्व हेवीवेट बक्सिङ च्याम्प्यिन जो फ्रेजर रहेनन् पूर्व हेवीवेट बक्सिङ च्याम्प्यिन जो फ्रेजर रहेनन्

    कात्तिक २२ - पूर्व हेवीवेट बक्सिङ च्याम्प्यिन जो फ्रेजरको ६७ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी बक्सर फ्रेजर कलेजोको क्यान्सरबाट पीडित थिए । फ्रेजरका परिवारले एक विज्ञप्ति जारी गरी उनको निधनको पुष्टि गरेका छन् । फ्रेजरलाई फिलाडेल्फियामा रहेको उनकै घरमा राखेर उपचार गरिँदै थियो । होचो कदका निकै प्रभावशावी बक्सर फ्रेजर बक्सिङका किङ मानिने मोहम्मद अलिलाई हराउने पहिलो खेलाडि थिए ।

  • घुमाउरो बाटो हुँदै प्रधानमन्त्री माल्दिभ्स तिर घुमाउरो बाटो हुँदै प्रधानमन्त्री माल्दिभ्स तिर

    काठमाण्डौं, कात्तिक २२ - प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १७ औं शिखर सम्मेलनमा भाग लिन माल्दिभ्स प्रस्थान गर्नु भएको छ । पर्सि २४ र २५ गते हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री सहित ११ सदस्यीय नेपाली टोली मंगलवार त्यसतर्फ प्रस्थान गरेको हो ।

  • २५ गते बस्ने संसद बैठकमा उपस्थित हुन काँग्रेसको ह्वीप २५ गते बस्ने संसद बैठकमा उपस्थित हुन काँग्रेसको ह्वीप

    काठमाण्डौं, कात्तिक २२ - नेपाली काँग्रेसले २५ गते गते बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सभासद्लाई ह्वीप जारी गरेको छ । नेपालको अन्तरिम संविधान २०६३ को एघारौं संशोधन प्रस्ताव संसदमा पेस भई त्यहि दिन पारित गर्ने कार्यक्रम रहकाले काँग्रेसका सभासद् २५ गतेको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको हो ।

  • ललितपुरमा हुने भनिएको बृहत खेलकुद महोत्सव सर्‍यो

    ललितपुर, कात्तिक २२ - ललितपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको बृहत खेलकुद महोत्सव सरेको छ । कात्तिक २४ गतेदेखि २६ गते सम्म हुने भनिएको महोत्वस मंसिर ६ गतेदेखि ९ गते सम्म आयोजना हुने ललितपुर जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

  • ज्याक्सनको मृत्युमा चिकित्सक दोषी ज्याक्सनको मृत्युमा चिकित्सक दोषी

    काठमाण्डौं, कात्तिक २२ - पपस्टार माइकल ज्याक्सनको मृत्यु हुनुमा उहाँका निजी चिकित्सक दोषी पाइएको छ । लस एन्जल्सको एक अदालतले डाक्टर कोनराड मरेले अन्जानमै ज्याक्सनको हत्या गरेको ठहर गरेको हो । औषधिको अत्यधिक सेवनका कारण ज्याक्सनको सन् २००९ को जून २५ मा ज्यान गएको थियो ।

  • नेपालगञ्जको विस्फोटमा घाइते भएका १ जनाको ज्यान गयो नेपालगञ्जको विस्फोटमा घाइते भएका १ जनाको ज्यान गयो

    नेपाललगञ्ज, कात्तिक २२ - नेपालगञ्ज नगरपालिका १२ बाँकेको एउटा घरमा बम बिष्फोट हुँदा एक जनाको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् । स्थानीय बिरेन्द्रकुमार शाहको  चारवाहिनी रोड नजिकैको घरमा बिहान भएको बिष्फोटमा गम्भीर घाइते २७ बषिर्य बाबुराम कश्यपको उपचारका क्रममा भेरी अञ्चल अस्पतालमा दिउसो ज्यान गएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

  • लुम्बिनीमा भारतको चासो रहन्छः करण सिंह लुम्बिनीमा भारतको चासो रहन्छः करण सिंह

    काठमाडौ,  कात्तिक २२  - भारतीय कंग्रॆस आईका विदेश विभाग प्रमुख डा. करण सिंहले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतको चासो रहने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाण्डौंमा गरेको साक्षात्कारमा सिंहले भारतीय सिमा भन्दा आठ किलोमिटर मात्र टाढा रहेको लुम्बिनीमा अरुमुलुकले लगानी गर्दा भारतको पनि चासो रहने बताउनुभएको हो ।

  • ज्यान मुद्दामा सजायँ पाएका ढुंगेललाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

    काठमाण्डौं, कात्तिक २२ - सरकारले ज्यान मुद्दामा सजायँ सुनाइएका माओवादी सभासद बालकृष्ण ढुंगेललाई माफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । ढुंगेललाई सर्वोच्च अदालतले ज्यान मुद्धामा जन्मकैदको फैसला सुनाएको थियो । नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ लगत्तै बसेको मन्त्रीपरिषद बैठकले तीनवटा देशमा राजदूत सिफारीस गरेको छ । भारतका लागि राम कार्की चीनका लागि डाक्टर महेशमान मास्के र युएईका लागि धनन्जय झालाई सिफारिस गर्ने निर्णय भएको भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

  • प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद विस्तार (कार्य विभाजनसहित)

    काठमाण्डौं, कात्तिक २२ - प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले छैटौं पटक मंगलवार मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले ७ जना मन्त्री र १८ जना राज्य मन्त्रीलाई आज सपथ गराउनु भयो । आज २५ जना थपिए पछि मन्त्री मन्त्रीपरिषदको संख्या ४५ सदस्यीय भएको छ । भदौ १२ गते प्रधानमन्त्री नियुक्त भएका भट्टराईले त्यसैदिन उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई सपथ गराउनुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले भदौ १८ र  २९ असोज १ र कात्तिक २ गते मन्त्रीपरिषद विस्तार गर्नुभएको थियो ।

  • लडाकु समायोजनको विस्तृत कार्ययोजना र समय तालिका विशेष समितिमा

    हिम विष्ट/उज्यालो, काठमाण्डौं, कात्तिक २२ - सेना समायोजन विशेष समिति सचिवालयले समायोजनको विस्तृत कार्ययोजना र समय तालिका विशेष समितिलाई बुझाएको छ । समितिको कार्यालय बानेश्वरमा मंगलवार बिहान बसेको समितिको बैठकमा सचिवालयले आफूले तयार पारेको प्याकेज बुझाएको हो । सचिवालयको प्रस्तावको राम्रो भएपनि समितिका बहुमत सदस्य बाहिर भएकाले निर्णय नभएको माओवादीका तर्फबाट सेना समायोजन विशेष समतिका सदस्य बर्षमान पुन अनन्तले जानकारी दिनुभयो ।

  • मन्त्रिपरिषद विस्तार

    काठमाण्डौं,  कात्तिक २२ - प्रधानमन्त्री डा. बाबुराम भट्टराईले  मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । नयाँ मन्त्रीहरुमा माओवादीबाट शिक्षामा दीनानाथ शर्मा, भूमिसुधारमा भीमप्रसाद गौतम, पर्यटन तथा नागरिक उड्डयनमा लोकेन्द्र विष्ट मगर, शान्ति तथा पुनर्निर्माणमा सत्या पहाडी, सामान्य प्रशासनमा रामकुमार यादव र विज्ञान तथा प्रविधि मन्त्रालयमा कल्पना धमलालाई नियुक्त गरिएको छ ।

  • प्रधानमन्त्री माल्दिभ्स जाँदै प्रधानमन्त्री माल्दिभ्स जाँदै

    काठमाण्डौं,  कात्तिक २२ - प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १७ औं शिखर सम्मेलनमा भाग लिन माल्दिभ्स जाँदै हुनुहुन्छ । प्रधानमन्त्री मंगलवार दिउँसो ३ बजे त्यसतर्फ जाने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ । कात्तिक २४ र २५ गते हुने सम्मेलनमा प्रधानमन्त्री सहित ११ सदस्यीय नेपाली टोलीले भाग लिनेछ ।

  • सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता शुरु

    पोखरा , कात्तिक २२ - पोखरामा आजदेखि सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता शुरु हुँदैछ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी र जावलाखेल युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालको ए डिभिजनका ७ टोलीसँगै आयोजक पोखरा ११ तथा तीनवटा विदेशी क्लब सहभागि हुनेछन् ।

  • दलितलाई विभेद गर्ने दम्पत्तीले जरिवाना तिरे

    दिल शिरिष/उज्यालो, बागलुङ, कात्तिक २१ - जातीय विभेद गरेको आरोप लागेका एक दम्पत्तीले आफुहरुले विभेद गरेको स्वीकार गरेका छन् । दलीत भएका कारण घर भाडामा नदिएका पाङ गाविस निवासी लेखनाथ पौडेल र सीता पौडेलले आफुहरुले अञ्जानमा गल्ती गरेको भन्दै गल्ती स्वीकार गरेर जरिवाना तिरेका छन् ।

  • एएफसी च्यालेन्ज कप आयोजनाको तयारी तिव्र

    काठमाण्डौं, कात्तिक २१ - अखिल नेपाल फुटबल संघ एन्फाले फागुन २० गतेदेखि सुरु हुने एएफसी च्यालेन्ज कप २०१२ आयोजनाका लागि आवश्यक तयारी तिव्र पारेको छ । एशियाली फुटबल महासंघ एएफसीमा भएको मतदानबाट नेपालले भौतिक पुर्वाधारमा सुधार गर्नुपर्ने सर्त सहित आयोजनाको अवसर पाएको थियो ।

  • वर्तमान सरकारले शान्ति र संविधान ल्याउन सक्दैनः फोरम अध्यक्ष यादव वर्तमान सरकारले शान्ति र संविधान ल्याउन सक्दैनः फोरम अध्यक्ष यादव

    सप्तरी, कात्तिक २१ — मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले देशमा शान्ति र संविधान ल्याउन नसक्ने दावी गर्नुभएको छ  । सोमबार बिहान सप्तरीमा  पत्रकारसँग कुरा गर्दै उहाँले सरकार राष्ट्रिय सहमतिको नभई बहुमतीय आधारले मात्र निर्माण भएकोले शान्ति र संविधान निर्माणको काम पुरा हुन नसक्ने बताउनुभयो ।

  • संखुवासभामा कब्जा घरजग्गा वैद्य पक्षले फिर्ता नगर्ने

    संखुवासभा, कात्तिक २१ — एकीकृत नेकपा माओवादीको केन्द्रीय तहले कब्जा गरिएको घरजग्गा फिर्ता गर्ने निर्देशन दिएपनि संखुवासभामा भने जग्गा फिर्ता नगरिने भएको छ ।  माओवादीका उपाध्यक्ष मोहन वैद्य किरण पक्षिय कार्यकर्ताले सोमबार खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरि विगतमा कब्जा गरिएको घरजग्गा फिर्ता नगर्ने जनाएका छन् ।

  • दुबईमा कार्यरत एक नेपालीको सडक दुर्घटनामा ज्यान गयो

    काठमाडौं, कात्तिक २१ — रोजगारीका लागि दुबई पुगेका एक नेपालीको सडक दुर्घटनामा परि ज्यान गएको छ । धनुषाको तिलिया यादुवा गाविस घर भई दुबईमा कार्यरत राजेन्द्र साहको सोमबार दुर्घटनामा परी ज्यान गएको त्यहाँबाट उमाकान्त पाण्डेले जनाएका छन् ।

  • शान्ति र संविधानलाई पूर्णता दिनुको विकल्प छैनः ओली शान्ति र संविधानलाई पूर्णता दिनुको विकल्प छैनः ओली

    नेपालगञ्ज, कात्तिक २१ — नेकपा एमालेका नेता केपी शर्मा ओलीले दलहरुसँग शान्ति र संविधानलाई पूर्णता दिनुको विकल्प नभएको बताउनुभएको छ । नेपालगञ्जमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले सबै दल मिलेर शान्ति र संविधान पुरा गर्नुपर्ने बताउनुभयो ।

  • प्रधानमन्त्रीको सार्क शिखर सम्मेलनको सहभागिताबारे के भन्छन् विज्ञ प्रधानमन्त्रीको सार्क शिखर सम्मेलनको सहभागिताबारे के भन्छन् विज्ञ

    काठमाडौं, कात्तिक २१ — राजनीतिक दलका नेता र विदेश मामिलाका जानकारले माल्दिभ्सको राजधानी मालेमा हुने १७ दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा विगतका सम्झौता कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।  रिपोटर्स क्लबमा सोमबार भएको साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

  • कालीगण्डकीमा डुबेर युवक बेपत्ता

    पाल्पा, कात्तिक २१ — पाल्पाको दर्लामडाँडा २ कालीगण्डकी नदीमा डुबेर एकजना बेपत्ता भएका भएका छन् । आफन्तजनको अन्त्येष्टिका लागि सोमबार बिहान कालीगण्डकीमा गएका पाल्पा यम्घाका २५ वर्षीय गोपिकृष्ण बस्याल पौडी खेल्ने क्रममा नदिमा बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन् ।

  • प्रहरी भित्रको भ्रष्टचार रोक्न श्वेत पत्र जारी हुन्छः गृह मन्त्री गच्छदार प्रहरी भित्रको भ्रष्टचार रोक्न श्वेत पत्र जारी हुन्छः गृह मन्त्री गच्छदार

    सुनसरी, कात्तिक २१ — गृह मन्त्री विजयकुमार गच्छदारले प्रहरी भित्रको भ्रष्टचार रोक्न गृह मन्त्रालयले श्वेत पत्र जारी गर्न लागेको बताउनु भएको छ । तत्कालीन राहत कार्यक्रम तथा पुर्वाञ्चल स्तरीय सुरक्षा भेलाको उद्घाटन गर्न सोमबार सुनसरी पुगेका मन्त्री गच्छदारले पत्रकारसित एक हप्ता भित्रमा श्वेत पत्र जारी हुने बताउनुभयो ।

  • विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल मलिना (फोटो फिचर) विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल मलिना (फोटो फिचर)

    काठमाडौं, कात्तिक २१ —  ‘मखमली चोलो चाहिँदैन, रेशमको सारी चाहिँदैन: नाकैमा फुली, कानैमा ढुम्री चाहिँदैन मलाई चाहिँदैन.........’ मिस नेपाल मलिना जोशीले यही गीतमा विश्व सुन्दरी प्रतियोगिताको फाइनल शोमा चौबन्दी चोली लगाएर नाचिन । यो प्रतियोगिताबाट नेपाललाई सहभागिता मात्र मिल्यो । मलिना टप ३० मा पनि नपरी बाहिरिइन । तर नेपाली पोसाक र लोकगीतमा उनको नृत्य भने सम्झिन लाएक थियो । गत भदौ १३ गते काठमाडौंमा भएको मिस नेपाल प्रतियोगितामा अन्तिम १९ मा छानिएका सुन्द...

  • पिएको तलब झ्वाम पार्ने सभासद् पिएको तलब झ्वाम पार्ने सभासद्

    माधव दुलाल/ उज्यालो — संसद सचिवालयले सभासद्का स्वकीय सचिवको नियुक्तीबारे नयाँ व्यवस्था गर्ने तयारी गरेको छ । सभासद्का स्वकीय सचिवलाई उपलव्ध गराउने पारिश्रमिक सभासद्ले नदिएको उजुरी परेपछि सचिवालयले यअघिको व्यवस्था परिवर्तन गर्ने तयारी गरेको जनाएको छ ।

  • सल्यानमा टाउको नभएको बालक जन्मियो

    पुरुषोत्तम गिरी/ उज्यालो । सल्यान, कातिक २१ — सल्यानको घाँजरी पिपलमा टाउको नभएको बालक जन्मिएको छ  । सोमबार बिहान पौने ९ बजे आफ्नै घरमा जन्मिएको बाललको टाउको छैन भने आँखा दुईवटा काँधमा र मुख छातिमा रहेको छ ।

  • प्रचण्ड अमेरिकामा,  आजैदेखि राजनीतिक भेटवार्ता थाल्ने प्रचण्ड अमेरिकामा, आजैदेखि राजनीतिक भेटवार्ता थाल्ने

    काठमाडौं, कात्तिक २१ — एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली सोमबार बिहान अमेरिका पुगेको छ । प्रचण्ड नेतृत्वको टोलीले सोमबार राति देखि राजनीतिक भेटवार्ता थाल्ने उहाँको नीजि सचिवालयले जनाएको छ ।

  • चीन विरोधी गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्रीलाई चीनको आग्रह चीन विरोधी गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्रीलाई चीनको आग्रह

    काठमाडौं, कात्तिक २१ — नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ ची नेतृत्वको टोलीले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग आग्रह गरेको छ । प्रधानमन्त्री भट्टराईसँग सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा चिनियाँ टोलीले चीन विरोधी गतिविधि नियन्त्रण गर्न आग्रह गरेको हो ।

  • लुक्लामा नियमित उडान सुचारु, अलपत्र परेका पर्यटकको उद्धार हुँदै

    काठमाडौं, कात्तिक २१ — मौसममा सुधार भएपछि सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान आजदेखि सुरु भएको छ । बिहानदेखि काठमाण्डुबाट लुक्लाका लागि हुने नियमित उडान सुरु भएका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

  • पहिरोमा परी कोलम्बियामा कम्तिमा २४ जनाको ज्यान गयो पहिरोमा परी कोलम्बियामा कम्तिमा २४ जनाको ज्यान गयो

    कात्तिक २१ — कोलम्बियामा भारी वर्षासँगैको पहिरोमा परी कम्तिमा २४ जनाको ज्यान गएको छ । पश्चिमी कोलम्बियाको मनिजेल्स सहरमा पहिरोले धेरै घर पुर्दा २० जनाको ज्यान गएको छ भने  अझै ३० जना मानिस हराइरहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

  • ग्रिसमा राष्ट्रिय सरकार गठनमा सहमति ग्रिसमा राष्ट्रिय सरकार गठनमा सहमति

    कात्तिक २१ — राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिरहेको युरोपेली मुलुक ग्रिसमा राष्ट्रिय सरकार गठनमा सहमति जुटेको छ । राष्ट्रपति कारोलोस पपुलियासको अग्रसरतामा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भएको लामो वार्तामा यस्तो सहमति जुटेको बीबीसीले जनाएको छ ।

  • सेना समायोजन विशेष समितिको बैठक स्थगित

    काठमाडौं, कात्तिक २१ — माओवादी सेनाका लडाकुको स्वेच्छिक अवकाश र पुनर्स्थापना प्याकेजका विषयमा छलफल गर्न आज बस्ने भनिएको सेना समायोजन विशेष समितिको बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तताका कारण बैठक स्थगित गर्नु परेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
  • सिसिटिभी क्यामेरा राखेनी जे राखेनी नियत खराब भएकाहरुले मतपत्र च्यात्न छोड्ने होइनन् । मतगणनाको उच्च निगरानीका साथै निर्वाचन आयुक्त, सुरक्षाकर्मी र प्रतिनिधि बसेका स्वंयम दलका नेता पनि अब चनाखो बन्नुपर्छ ।

    मदन ज्ञवाली
  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
सबै हेर्नुहोस

सोसल मिडिया