MENU
ujyaalo forign call inside

समाचार

  • ३२ राउण्ड गोली सहित सैनिक पक्राउ

    रमेश गिरी/उज्यालो । भक्तपुर, असार १६– भक्तपरको दधिकोटमा नेपाली सेनाका नायक ३२ राउण्ड गोली सहित पक्राउ परेका छन् । दोलखा बुलुङ घर भई मध्यपुर थिमी नगरपालिका– १३ नयाँ ठिमी बस्ने २६ वर्षीय राजु बिकलाई ९ एमएम पेस्तोलको ३२ राउण्ड गोली सहित प्रहरीले पक्रेको हो ।

  • चाँडै सहमति गर्न दलहरुलाई चिनियाँ टोलीको आग्रह

    काठमाडौ, असार १६ – संविधानसभा भंग भएपछिको अवस्था बुझ्न नेपाल आएको उच्चस्तरीय चिनियाँ टोलीले चाँडो राजनीतिक सहमतिमा पुग्न मुख्य राजनीतिक दललाई आग्रह गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री आइ पिङको नेतृत्वमा भ्रमणमा आएको चिनीया टोलीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला, र एमाले अध्यक्ष झलनाथ खनाललाई छुट्टाछुट्टै भेटेर सहमति गरी मुलुकको गतिरोध अन्त्य गर्न सुझाव दिएको हो ।

  • श्रीमानले विदेशमा कमाएको पैसा बोकेर अर्कै केटासँग हिंडेपछि

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, असार १६ - आफ्ना श्रीमानले विदेशमा मजदुरी गरेर कमाएको पैसा बोकेर कुनै श्रीमती अर्के केटासँग हिड्नि भन्ने सुन्दा हामी झट्ट पत्याई हाल्न सक्दैन । तरसजिलै पत्याउन नसकिने एउटा यस्तै घटना पर्वतमा भएको छ । बिदेशबाट भर्खरै फर्किएका श्रीमानसंग भएको नगदसहित सुन चाँदीका गहना लिएर अर्कै केटासँग हिडेंकी एक युवती प्रहरी फन्दामा परेकी छन ।

  • विना अनुमति सञ्चालित क्लिनिकलाई कारबाही भएन

    पोखरा, असार १६ – पोखरामा प्राकृतिक तथा वैकल्पिक चिकित्सा सम्बन्धि करिब एकदर्जन अस्पताल र क्लिनिकहरु विना अनुमति सञ्चालन भएका छन् । दर्ता विनै सञ्चालन भएपनि यस्ता अस्पताल र क्लिनिकलाई कारबाही भएको छैन ।

  • राष्ट्रपति र प्रधानमन्त्री भिडाउने प्रयत्न भयो : उपराष्ट्रपति राष्ट्रपति र प्रधानमन्त्री भिडाउने प्रयत्न भयो : उपराष्ट्रपति

    काठमाडौ असार १६ – उपराष्ट्रपति परमानन्द झाले राष्ट्रपति र प्रधानमन्त्रीलाई भिडाउने प्रयत्न नगर्न आग्रह गर्नुभएको छ । चौधौं संसद दिवसका अबसरमा पूर्व सांसद मञ्चले शनिवार काठमाडौमा गरेको कार्यक्रममा उपराष्ट्रपति झाले विभिन्न राजनीतिक दल र पत्रकारहरु पनि दुई वटा संस्थालाई लडाउने काममा लागेको भन्दै त्यस्तो काम मुलुकको हितमा नहुने बताउनुभयो ।

  • सुर्खेतमा वातावरणसंबन्धि फिल्म फेस्टिवल हुँदै

    प्रकाश पन्त/उज्यालो । सुर्खेत असार १६ – सुर्खेतको विरेन्द्रनगरमा आइतबार र सोमवार वातावरण शिक्षा र दिगो विकासबारे जनचेतना जगाउन ‘फिल्म फेस्टिवल’ हुने भएको छ । स्थानीय रारा टेलिभिजन र सीमान्तकृत महिलाको लागि महिला संस्था (वाम)को समन्वयमा नेपाल वातावरण पत्रकार समूहले फिल्म फेस्टिवलको आयोजना गर्न लागेको हो ।

  • १५ बुँदे घोषणापत्र जारी गर्दै पूर्वाञ्चल मिडिया सम्मेलन सकियो

    भरत ईङ्नाम/उज्यालो । तेह्रथम, असार १६ - म्याङ्लुङ्गमा आयोजित पूर्वाञ्चल मिडिया सम्मेलन १५ बुँदे तेह्रथुम घोषणापत्र जारी गर्दै शनिवार सकिएको छ । घोषणा पत्रमा पूर्वाञ्चलमा श्रमजिवी पत्रकार ऐन कार्यान्वय फितलो रहेको निष्कर्ष निकाल्दै ऐन कार्यान्वय नगर्ने सञ्चार प्रतिष्ठानलाई कारवाही गर्न माग गरिएको छ ।

  • ४ खर्ब २९ अर्बको बजेट आउँछ : अर्थसचिव

    हेटौडा, असार १६ – अर्थसचिब कृष्णहरि बाँस्कोटाले आगामी आर्थिक बर्षमा ४ खर्ब २९ अर्बको बजेट आउने खुलासा गर्नुभएको छ । मकवानपुरको हेटौडामा शक्ति एफएमको दोस्रो बार्षिक उत्सबको शनिवार उद्घाटन गर्दै अर्थसचिब बाँस्कोटाले बजेटमा रोजगारी सृजना गर्ने कार्यक्रम, विकास निर्माण, उर्जा क्षेत्र, पर्यटन, कृषि र भौतिक पुर्बाधार क्षेत्रले प्राथमिकता पाउने बताउनुभयो ।

  • जमिन खन्दा सकेट बम भेटियो

    नेपालगन्ज, असार १६ - बाँकेको वैजापुर ३ गुर्दन गौडीमा ५ वटा पुरानो सकेट बम फेला परेको छ । स्थानीयवासिन्दाले खानेपानीका लागि शनिवार माटो खन्ने क्रममा सकेट बम फेला पारेको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ ।

  • ऋण रोकेकोमा बंगलादेशद्वारा विश्वबैङ्कको आलोचना

    असार १६ – भ्रष्टाचार भएको भन्दै ठूलो परियोजनाको ऋण सहयोग रोकेकोमा बंगलादेशले विश्व बैंकको आलोचना गरेको छ । बंगलादेशका सञ्चार मन्त्री अबिदुल कादरले विश्व बैंकले हतारमा ऋण सहयोग रोक्ने निर्णय गरेको बताउनुभयो ।

  • जबर्जस्ती चुनाब गर्न खोजे खारेज गर्छौ : खनाल जबर्जस्ती चुनाब गर्न खोजे खारेज गर्छौ : खनाल

    बुटवल, असार १६ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले जबर्जस्ती चुनाव गर्न खोजे एमालेले खारेज गर्ने चेतावनी दिनुभएको छ । लुम्विनी अञ्चल स्तरीय अगुवा कार्यकर्ता भेलालाई शनिवार बुटवलमा संवोधन गर्दै अध्यक्ष खनालले अहिले चुनाव हुन सक्ने संभावना नरहेको भन्दै सरकारले जबर्जस्ती लादे एमालेले खारेज गर्ने बताउनुभयो ।

  • रामहरिले ल्याए ‘खबर’ रामहरिले ल्याए ‘खबर’

    कपिल कोईराला/उज्यालो । काभ्रे, असार १६ - गायक रामहरि न्यौपानेको तश्रो एल्बमको रुपमा  खबर सार्वजनिक भएको छ । काभ्रेको बनेपामा आयोजित कार्यक्रममा उनको एल्बम लोकापर्ण गरिएको हो ।

  • जुवा खेल्ने ७ नेपाली पक्राउ

    काठमाडौ, असार १६ – अवैध रुपमा जुवा खेलिरहेका ७ जना नेपालीलाई प्रहरीले काठमाडौको क्यासिनो एभरेष्टबाट पक्राउ गरेको छ । प्रहरीले छापा मारेर उनीहरुलाई शनिवार दिउँसो चार बजे पक्रेको हो । उनीहरुलाई अहिले महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।

  • चितवनमा झडपपछि दुई माओवादीवीच आरोप प्रत्यारोप (विज्ञप्तिसहित) चितवनमा झडपपछि दुई माओवादीवीच आरोप प्रत्यारोप (विज्ञप्तिसहित)

    काठमाडौ, असार १६ – पार्टी कार्यालय प्रयोगको विषयमा एकीकृत नेकपा माओवादी र नवगठित नेकपा– माओवादीवीच झडप भएपछि दुबै पक्ष आरोप पत्यारोपमा उत्रिएका छन् । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीननाथ शर्मा र नेकपा– माओवादीकी प्रवक्ता पंफा भुषालले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आरोप प्रत्यारोप गरेका हुन् ।

  • विद्यार्थीले बनाए मोटरबोट

    पोखरा, असार १६ – पोखराका एक विद्यार्थीले मोटरबोट बनाएका छन् । पोखराको मासबारमा रहेको स्टेप वाई स्टेप उच्च माविको १० कक्षामा पढ्ने १५ बर्षिय आशिष श्रेष्ठले ९ फिट लामो मोटरबोट बनाएका हुन् । मोटरबोटको पोखराको फेवातालमा सफल परीक्षण गरिएको छ ।

  • प्रहरी र गाउँलेको झडपमा २० घाइते

    जयनारायण यादव/उज्यालो । बारा, असार १६ – बाराको लिपनीमालमा प्रहरी र गाँउलेवीचको झडपमा ६ जना प्रहरी सहित कम्तीमा २० जना घाइते भएका छन् । लिपनीमालमा रहेको नारायणी मोडर्न पल्स उद्योगले प्रदुषण बढाएको भन्दै प्रदर्शनमा उत्रिएका पर्साको भवानीपुर गाविस ८ र ९ का वासिन्दा र प्रहरीवीच शनिवार दिउँसो झडप भएको हो ।

  • पार्टीको सम्पत्तिको समाधान निकाल्न नेकपा– माओवादीको आग्रह

    काठमाडौ, असार १६ – नेकपा माओवादीले देशभरका पार्टी कार्यालय र पार्टी सम्पत्तिबारे मैत्रीपूर्ण छलफल गरी समयमै समाधान निकाल्न एकीकृत माओवादीलाई आग्रह गरको छ । पार्टी कार्यालय कसको भन्ने विवाद मुठभेडमा पुगेपछि माओवादी प्रवक्ता पम्फा भुसालले शनिवार विज्ञप्ति निकालेर देशमा पार्टी कार्यालय र सम्पत्तिबारे छलफल गरी टुंगोमा पुग्न आग्रह गर्नुभएको हो ।

  • साइबर क्राइमको आरोप लागेका मोडल कार्कीद्वारा निर्दोष रहेको दावी साइबर क्राइमको आरोप लागेका मोडल कार्कीद्वारा निर्दोष रहेको दावी

    काठमाडौं, असार १६ - नायक तथा मोडल दिक्पाल कार्कीले आफूमाथि लगाईएको साईवर क्राईमको आरोप खण्डन गर्दै आफू निर्दोष रहेको बताएका छन् ।

  • मुस्लिम महिलाद्वारा समानुपातिक प्रतिनिधित्वको माग

    काठमाडौ, असार १६– नेपाल मुस्लिम महिला कल्याण समाजले राज्यको सवै निकायमा मुस्लिम महिलालाई क्षमता र योग्यताको आधारमा समानुपातिक प्रतिनिधित्व गर्न माग गरेको छ । ६ लाखको हाराहारीमा रहेका मुस्लिम महिलालाई राज्य र राजनीतिक दलले उपेक्षा गरेको भन्दै गाउँदेखि केन्द्रसम्म कोटा वा आरक्षणको आधारमा समानुपातिक प्रतिनिधित्व गराउन माग गरेको हो ।

  • किसानद्वारा खडेरीको क्षतिपुर्ति माग

    विरगञ्ज, असार १६ – खडेरीले मकै बाली सखाप भएको भन्दै पर्साको ठोरी गाविसका किसानहरुले राहत र क्षतिपुर्तिको माग गरेका छन् । ठोरीको सरस्वती चोकमा शनिवार भेरा गरेर किसानहरुले मकैवालीमा भएको क्षतिको क्षतिपुर्ति र राहतका लागि सम्बन्धित निकायमा पहल गरिदिन राजनीतिक दलका स्थानीय नेताहरुलार्ए आग्रह गरेका छन् ।

  • भीरबाट लडेर ज्यान गयो

    बागलुङ,  असार १६ – बागलुङको निसी गाविसमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । निसी १ काडिगाँउका ६१ वर्षिया हर्कमाला भण्डारीको घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गएको स्थानीय वासिन्दा हिरामोती घर्तीमगरले जानकारी दिनुभयो ।

  • विवाह खर्च कटाएर पत्रकारिता पुरस्कार

    तेह्रथुम, असार १६ – तेह्रथुमका एक नव विवाहित जोडीले विवाह खर्च कटाएर ‘तेह्रथुम पत्रकारिता पुरस्कार’ अक्षयकोष स्थापनाका लागि १ लाख २ हजार, २  सय ७ रुपैयाँ प्रदान गरेका छन् । तेह्रथुम सोल्मा– ४ घर भई अष्ट्रेलियामा बसोबास गर्ने राधिका पोख्रेल र उहाँका पति डा. सञ्जीव सापकोटाले विवाह खर्च कटाएर पत्रकारिता पुरस्कार स्थापनाका लागि नेपाल पत्रकार महासंघ तेह्रथुम शाखालाई शनिवार नगद प्रदान गर्नुभएको हो ।

  • Peter W. Bodde's appointment as new US ambassador confirmed

    KATHMANDU, JUNE 30 The United States has confirmed Peter W. Bodde as its next ambassador to Nepal. The Senate hearing on Friday took the decision to this effect, according to press note sent by the US Embassy in Kathmandu.

  • सहमति भए संविधानसभा ब्यूँताउन सकिन्छ : प्रधानमन्त्री सहमति भए संविधानसभा ब्यूँताउन सकिन्छ : प्रधानमन्त्री

    काठमाडौ, असार १६ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहहरुबीचको सहमतिमा संविधान सभा ब्यूँताउन सकिने बताउनुभएको छ । बालुवाटारमा शनिवार पत्रकारसँग प्रधानमन्त्री भट्टराईले निकास कालगि अहिले चुनाव नै उपयुक्त हुने आफ्नो बुझाई रहेपनि सहमतिमा विघटित संविधान सभा ब्यूँताउन सकिने बताउनुभएको  हो । दलहरुबीच सहमति भएपछि सरकारले अनुमोदन गरेर राष्ट्रपतिले जारी गर्ने प्रक्रियामा गएर संविधानसभा पुनस्थापना गर्न सकिने प्रधानमन्त्रीले बताउनुभयो । तर दलहरुले भने जस्तो अहिले राजिनामाको कुरालाई भने प्रध...

  • माओवादीको ब्यबहारले एमालाई फाइदा : ओली माओवादीको ब्यबहारले एमालाई फाइदा : ओली

    काभ्रे, असार १६ – नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीका व्यवहारले एमालेमा रहेको भ्रम हट्दै गएको बताउनुभएको छ । काभ्रेको धुलिखेलमा शनिवार भएको कार्यक्रममा एमाले नेता ओलीले पार्टी भित्रका केही नेतामा माओवादीसँग मिल्नुपर्छ भन्ने विचार रहेपनि अहिले माओवादीले गर्दा नेताहरुमा रहेको भ्रम हटेको र त्यसले एमालेलाई फाईदा पुग्ने गरेको बताउनुभयो ।

  • चिनियाँ टोलीले प्रचण्डलाई भेट्दै चिनियाँ टोलीले प्रचण्डलाई भेट्दै

    काठमाडौ, असार १६ – संविधानसभा भंग भएपछिको अवस्था बुझ्न नेपाल आएको उच्चस्तरीय चिनियाँ टोली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता शनिवार दिउँसो भेट हुँदैछ ।

  • करेण्ट लागेर ज्यान गयो

    बारा , असार १६ – बाराको श्रीनगर बैरियामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । श्रीनगर बैरिया १ का ३० वर्षिय नरेश साह तत्वाको शुक्रवार राती करेन्ट लागेर ज्यान गएको हो ।

  • उत्कृष्ट विद्यालय र विद्यार्थी पुरस्कृत

    रमेश गिरी/उज्यालो । भक्तपुर, असार १६ – यसवर्षको एसएलसीमा उत्कृष्ट विद्यालय र विद्यार्थीहरुलाई भक्तपुरमा सम्मान गरिएको छ । सिर्वड ईन्टरनेशन कलेजले शनिवार थिमीमा आयोजना गरेको रनिङ्ग शिल्ड वितरण कार्यक्रममा यसवर्षको एसएलसीमा जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा वालकोटको माउण्ट भ्यू इङ्गलिस स्कूललाई सिवर्ड रनिङ्ग शिल्ड प्रदान गरिएको हो ।

  • More than five injured in UCPN (Maoist) and CPN-Maoist clash

    KATHMANDU JUNE 30 More than five people have been injured in a clash that occurred between cadres of UCPN (Maoist) and CPN-Maoist over the issue of property in Chitwan, Saturday.

  • पूर्वाञ्चल मिडिया सम्मेलन शुरु

    तेह्रथुम, असार १६ – तेह्रथुमको म्याङ्लुङ्गमा पूर्वाञ्चल मिडिया सम्मेलन सुरु भएको छ । शनिवार सम्मेलनको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँलेले पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षामा सरकार उदासीन रहेको आरोप लगाउनुभयो ।

  • चीनमा भूइँचालो

    असार १६ – काजकिस्तानको सीमावर्ती चीनमा ६ दशमबल ३ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पमा अहिलेसम्म दश जना घाईते भएका छन् । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु शेन्जेई प्रान्तदेखि झण्डै १ सय ४१ किलोमिटर टाढा रहेको छ ।

  • खनाल र चिनियाँ नेता आइपिङबीच भेटवार्ता खनाल र चिनियाँ नेता आइपिङबीच भेटवार्ता

    काठमाडौं, असार १६ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र चिनियाँ कम्युनिष्ट  पार्टीका विदेश विभागका दक्षिण एसिया प्रमुख आई पिङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । एमाले केन्द्रीय कार्यालय मदननगर बल्खुमा भएको भेटमा नेपालमा उत्पन्न भएको पछिल्लो राजनीतिक अवस्था, शान्ति, संविधान र राष्ट्रिय सहमति निर्माण लगतायतका बिषयमा छलफल भएको खनालको निजी सचिवालयले जनाएको छ ।

  • एमालेको असन्तुष्ट समूहले पार्टी भित्रै वसेर छलफल गर्ने

    काठमाडौ, असार १६ – नेकपा एमालेका उपाध्यक्ष अशोक राईले पार्टी नेतृत्वसित छलफल गरेरै अघि बढ्ने बताउनुभएको छ । जनजाति र मधेशी जिल्ला नेताहरुसँगको भेटमा उपाध्यक्ष राईले आफ्ना मागबारे पार्टी भित्रै बसेर छलफल गर्ने बताउनुभएको भेटमा सहभागी एमाले भोजपुर जिल्ला अध्यक्ष शेरधन राईले जानकारी दिनुभयो ।

  • दुई माओवादीको झडपमा गोली चल्यो दुई माओवादीको झडपमा गोली चल्यो

    मोहन बस्याल/उज्यालो । चितवन, असार १६ –चितवनमा एकीकृत नेकपा माओवादी र नवगठित नेकपा—माआवादीका कार्यकर्ता बीच शनिवार भएको झडपमा गोली चलेको छ । झडपमा दुवै पक्षका गरी १२ जना घाईते भएका छन् । त्यसमध्ये दुई जनालाई गोली लागेको हो ।

  • मर्मत भएनन् जीर्ण पुल

    विद्रोही गिरी/ उज्यालो । नवलपरासी, असार १६ – पुर्वपश्चिम लोकमार्ग अन्तरगत नवलपरासी खण्डका पुलहरु जीर्ण बनेका छन् । पुलहरु जीर्ण हुँदा दुईतर्फी सवारी आगमनमा समस्या उत्पन्न भएको छ ।  समयमा  मर्मत नहुदा पुलहरु भत्कने अवस्थामा पुगेका छन् ।

  • मुख थुनेर श्रीमतीको हत्या

    जनार्दन पोखरेल/ उज्यालो । महोत्तरी, असार १६ – महोत्तरीको मठियानीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मठियानी ३ का ३७ बर्षिय विनोद पञ्जियारले शनिवार रातमा २५ बर्षिया श्रीमती मञ्जुदेवी पञ्यिारको मुख थुनेर हत्या गरेका हुन् ।

  • भ्रष्टाचारका कारण बंगलादेशमा विश्व बैंकको ऋण सहयोग रोकियो

    असार १६ – विश्व बैंकले भ्रष्टाचार भएपछि बंगलादेशमा ठूलो परियोजनामा दिने भनिएको ऋण सहयोग रोकेको छ । बंगलादेशकै सबैभन्दा ठूलो पुल बनाउने परियोजनामा सहयोग गर्न नसक्ने जानकारी बैकले दिईसकेको छ ।

  • सोसल मिडिया डे मनाइँदै

    काठमाडौं, असार १६ – आज विश्वभर सोसल मिडिया डे मनाइँदै छ । इन्टनेट प्रविधिको विकाससँगै आएको डिजिटल क्रान्तिको सम्झनामा सोसल मिडिया सम्बन्धी ब्लग म्यासेबलले सन् २०१० देखि यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । सोसल मिडिया डे मनाउन काठमाडौंमा पनि ‘सोसल मिडिया डे मिट्सअप’को आयोजना गरिएको छ । कार्यक्रममा नेपालमा सोसल मिडियाको उपयोगिता, यसका राम्रा नराम्रा पक्ष र अहिलेका चर्चित नेटवर्कको प्रयोगका बारेमा छलपल गरिने आयोजक मध्येका एक आकार...

  • उच्चस्तरीय चिनियाँ टोली राजनीतिक भेटवार्तामा व्यस्त उच्चस्तरीय चिनियाँ टोली राजनीतिक भेटवार्तामा व्यस्त

    काठमाडौं, असार १६ – संविधानसभा भंग भएपछिको अवस्था बुझ्न नेपाल आएको उच्चस्तरीय चिनियाँ टोलीले बिहानैदेखि राजनीतिक भेटघाट शुरु गरेको छ । चिनिया टोली र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच एमाले मुख्यालय बल्खुमा भेटवार्ता भइरहेको छ ।

  • कुल ग्राहस्थ उत्पादन ४.६ प्रतिशत पुग्ने सरकारको अनुमान

    माधव दुलाल/ उज्यालो । काठमाडौं, असार १६ – सरकारले चालु आर्थिक बर्ष कुल ग्राहस्थ उत्पादन ४.६ प्रतिशत पुग्ने दावी गरेको छ । चालु आर्थिक बर्षको बजेटमा कुल ग्राहस्र्थ उत्पादन ३.५ प्रतिशत पुग्ने लक्ष्य राखिएको थियो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया