MENU
ujyaalo forign call inside

समाचार

  • अन्तराष्ट्रिय एकल महिला दिवश मनाइदै

    काठमाडौ, असार ९ – अन्तर्राष्ट्रिय एकल महिला दिवस शनिवार मनाईंदैंछ । श्रीमान गुमाएका महिला र उनीहरुका बालबालिकाले भोग्नुपर्ने समस्यालाई विशेष पहिचान दिन र उनीहरुको मानवअधिकार रक्षा र सशक्तिकरणको माध्यमबाट गरिबी कम गर्ने अवसर प्रदान गर्न राष्ट्रसंघको आव्हानमा हरेक वर्ष जुन २३ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

  • ट्रकको ठक्करबाट एकजनाको ज्यान गयो

    चितवन, असार ९ – चितवनको भरतपुरमा शुक्रवार राती ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । भरतपुर ९ गोन्द्राङमा कोकोकोला फ्याक्ट्री अगाडि पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ४५० नम्बरको ट्रकले विपरित दिशाबाट आईरहेको ना २० प ६६९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा पिठुवा २ का ३५ बर्षिय सुमन सुनारको घटनास्थलमै ज्यान गएको हो ।

  • ६६ जना डनको घरमा छापा, दुई पक्राउ

    काठमाडौ, असार ९ – काठमाडौमा डनका रुपमा चिनिँदै आएका ६६ जनाको डेरा र घरमा प्रहरीले शनिवार बिहान छापा मारेको छ । गुण्डागर्दी र लुटपाटमा संलग्न रहेको आरोप लागेका ६६ जनाको घरमा छापा मारिएको प्रहरीले जनाएको छ ।

  • आज देशैभरि पानी पर्ने

    काठमाडौ, असार ९ – मनसुन सक्रिय भएकाले देशभर पानी परेको छ । शुक्रवारदेखि मनसुन सक्रिय भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानांगले दिनुभएको जानकारी अनुसार मनसुन पूर्ण रुपमा सक्रिय हुन भने अझै केही दिन लाग्नेछ ।

  • छिटो फोटो खिचाउन निर्वाचन आयोगको आग्रह

    काठमाडौ, असार ९ – फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुलाई छिटो सम्पर्क गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ । अहिले सबै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नाम दर्ताको काम भैरहेकाले सम्पर्क गर्न आयोगले आग्रह गरेको हो ।

  • नाइजेरियाका रक्षामन्त्री र सुरक्षा सल्लाहकार बर्खास्त

    असार ९ – उत्तरी क्षेत्रमा बढ्दो तनावका बीच नाईजेरियाका राष्ट्रपति गुडलक जोनाथनले रक्षामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारलाई बर्खास्त गर्नुभएको छ । रक्षामन्त्री बेलो मोहम्मद र सुरक्षा सल्लाहकार ओवोये एजाजीलाई पदबाट हटाईएको हो ।

  • जर्मनी युरोकपको सेमिफाइनल प्रवेश (भिडियो सहित)

    असार ९ – जर्मनी युरोकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रवार राती ग्रीसलाई ४–२ ले हराउँदै जर्मनी अन्तिम चारमा पुगेको हो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको जर्मनीले क्वार्टर फाईनलमा पनि आफ्नो प्रदर्शनलाई कायम राख्यो ।

  • ‘नेपालले चाहेको सहयोग गर्न भारत तयार’ ‘नेपालले चाहेको सहयोग गर्न भारत तयार’

    ब्राजिल, असार ८ – भारतका प्रधानमन्त्री मनमोहनसिंहले नेपालले चाहे जस्तो सहयोग गर्न भारत तयार रहेको बताउनुभएको छ । ब्राजिलको रियो दि जेनेरियोमा प्रधानमन्त्री बाबुराम भट्टराईसँगको भेट वार्ताका क्रममा भारतका प्रधानमन्त्री सिंहले नेपालले प्राथमिकतामा राखेका आर्थिक एजेण्डामा पूर्ण रुपमा सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।

  • प्रहरीको कुटाईबाट हात भाँचियो प्रहरीको कुटाईबाट हात भाँचियो

    भोजपुर, असार ८ – प्रहरीको कुटपिटबाट भोजपुरको खाटम्बा ६ मालीमाका मकरबहादुर तामाङको वायाँ हात भाँचिएको छ । सामान्य विवादमा भतिजी ज्वाई फूर्वा तामाङ्गसँले प्रहरी लगाएर कुटपिट गरेको स्थानीयवासी र प्रत्यक्षदर्शीले बताएका छन् ।

  • सानो समूह अलग्गिँदैमा असर पर्दैनः महरा सानो समूह अलग्गिँदैमा असर पर्दैनः महरा

    पोखरा, असार ८ – एकीकृत नेकपा माओवादी स्थाई समिति सदस्य कृष्णबहादुर महराले पार्टीबाट वैद्यपक्षीय सानो समुह अलग हुँदैमा माओवादीलाई कुनै असर नपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल विद्युत प्रधिकरणको तेस्रो केन्द्रीय भेलाको पोखरामा उद्घाटन गर्दै महराले पार्टी फुटेर सुरुमा केही असर परेजस्तो देखिएपनि पछि त्यसले कुनै अर्थ नराख्ने दाबी गर्नुभयो ।

  • बारुदी सुरुङ राखिएका ठाउँ घोषणा गर्न आग्रह

    काठमाडौं, असार ८ – राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता गौरी प्रधानले तत्कालीन नेकपा माओवादीलाई सशस्त्र द्वन्दका बेलामा बारुदी सुरुङ्ग राखिएका ठाउँ घोषणा गर्न अनुरोध गर्नुभएको छ । काठमाडौंमा बारुदी सुरुङ्ग प्रतिबन्ध अभियानले गरेको कार्यक्रममा आयोगका प्रवक्ता गौरी प्रधानले नेपाली सेना र प्रहरीले बारुदी सुरुङ्ग भएको ठाउँ घोषणा सँगै निष्क्रिय गरेर अन्र्तराष्ट्रिय प्रतिबद्दता पुरा गरेको बताउनुभयो ।

  • दुई वर्षभित्र पूर्वाञ्चलभर इन्टनेट पुर्‍याउने महावीर पुनको योजना

    झापा, असार ८ – गाउँगाउँमा इन्टरनेट पुर्‍याउन लागि परेका सामाजिक कार्यकर्ता महावीर पुनले दुई वर्ष भित्रमा पुर्वाञ्चलका सबै गाविसमा इन्टरनेट सेवा पुर्‍याउने बताउनु भएको छ ।

  • यु २२ एशिया कप फूटबलमा छनौट हुन नेपाल असफल

    काठमाडौं, असार ८ – नेपाल २२ वर्ष मुनिको एशिया कप फूटबलका लागि छनौट हुन असफल भएको छ । समूह डी अन्तर्गतको छनौट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा जोर्डनसँग ३–० ले पराजित भएपछि नेपालको एशिया कप खेल्ने सपना समाप्त भएको हो ।

  • खेलकुद पाठ्यक्रम बनाउन राखेपद्वारा कमिटि गठन

    काठमाडौं, असार ८ – विद्यालय खेलकुद शिक्षक पाठ्यक्रम तयार गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपले ८ सदस्यीय खेलकुद शिक्षक पाठ्यक्रम विकास कमिटी गठन गरेको छ । विद्यालयमा पाठ्यपुस्तक पढ्ने र खेल मैदानमा खेल्ने गरेका नेपाली विद्यार्थीलाई अब पाठ्यपुस्तकमै खेलकुदका विभिन्न विधाको अध्ययन गराउन राखेपले यस्तो कदम चालेको हो ।

  • दुर्घटना बीमामा भेदभाव गरेको भन्दै कर्मचारीमाथि हातपात

    खोटाङ, असार ८ – दुर्घट्ना बीमामा भेदभाव गरेको भन्दै सडक निर्माण समुहका पदाधिकारीले ग्रामिण पहुँच कार्यक्रम (र्‍याप) शाखा खोटाङका कर्मचारीलाई हातपात गरेका छन् । निर्माणाधिन दिक्तेल–खोटाङबजार सडकखण्डमा काम गरिरहेका सडक निर्माण समुहका पदाधिकारीले र्‍यापका सामाजिक तथा आर्थिक विकास अधिकृत खेमराज रेग्मीमाथि कार्यकक्षमै हातपात गरेका हुन् ।

  • वाइसिएलद्वारा प्रचण्डलाई समर्थन वाइसिएलद्वारा प्रचण्डलाई समर्थन

    काठमाडौं, असार ८ – माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समर्थन गरेको छ । पार्टीबाट अलग भएर नयाँ पार्टी गठन गरेकोमा मोहन वैद्य पक्षको आलोचना गर्दै वाइसिएलले पार्टी एकताप्रति प्रतिवद्धता व्यक्त गरेको छ ।

  • एकल पहिचान कुनैपनि हालतमा मान्दैनौँ: खनाल एकल पहिचान कुनैपनि हालतमा मान्दैनौँ: खनाल

    काभ्रे, असार ८ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कुनै पनि हालतमा एकल पहिचान स्वीकार्न नसक्ने बताउनु भएको छ । एमाले काभ्रे क्षेत्र नम्बर ३ को दोस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष खनालले विभिन्न जातजाति रहेको नेपालमा एकल पहिचानको अर्थ नहुने नभएकोले नस्वीकार्ने बताउनुभएको हो ।

  • यस्तो रह्यो यो हप्ता सुनको कारोबार

    काठमाडौं, असार ८ – यो हप्ता सुनको भाउ ६ सय २ रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आईतबार ५७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज अन्तिम दिन ५६ हजार ५ सय ९८ रुपैयाँमा कारोबार भैरहेको छ ।

  • पहिरोले विद्युतको खम्बा पुरेपछि विद्युत अवरुद्ध

    ताप्लेजुङ, असार ८ – ताप्लेजुङको साँवामा बर्षापछि आएको पहिरोले बिजुलीका दुई दर्जन खम्बा पुरेपछि गाउँ अन्धकार भएको छ । पहिरोले सावाँ गाविसमा सञ्चालित पावा खोला लघु जलविद्युत आयोजनाका दुई दर्जन खम्बा पुरेकाले विद्युत प्रशारण बन्द भएको हो ।

  • बजेटमा सहमति जुटाउन अर्थमन्त्रीद्वारा एमाले अध्यक्षसँग छलफल

    काठमाडौं, असार ८ – अर्थमन्त्री वर्षमान पुन अनन्तले एमाले अध्यक्ष झलनाथ खनाललाई भेटेर सहमतिमा बजेट ल्याउने विषयमा छलफल गर्नुभएको छ । शुक्रबार बिहान खनाल निवास पुगेर मन्त्री पुनले बजेटमा सहमतिको प्रयास गर्नुभएको हो ।

  • आर्यन सिग्देलको डेरामा आगलागी आर्यन सिग्देलको डेरामा आगलागी

    काठमाडौं, असार ८ – नायक आर्यन सिग्देलको महाराजगञ्जमा रहेको डेरामा आगलागी भएको छ । खाना पकाउने ग्यासको सिलिन्डर परिवर्तन गर्ने क्रममा ग्याँस लिक भएर आगो लागेको सिग्देलले बताउनुभयो । ‘म अर्को कोठामा थिएँ, साथीले आगो लाग्यो भनेर काराएपछि छिमेकी गुहार्‍यौँ’, आर्यनले भन्नुभयो, ‘छिमेकीको सहयोगले केही बेरमै आगो निभायौँ ।’ सिलिन्डर फेर्ने क्रममा ग्यास लिक भएर आगो सल्किँदा आर्यनका साथी अमरद्वीप सापकोटाको हात जलेको छ । सापकोटा उपचारपछि घर फर्किसकेको आर्यानले जानकारी दिनु...

  • बेल्जियमको स्थानीय चुनावमा तीनजना प्रवासी नेपालीको उम्मेद्वारी

    सन्तोष  न्यौपाने/ उज्यालो । बेल्जियम, असार ८ – बेल्जियमको स्थानीय निर्वाचनमा तीनजना प्रवासी नेपालीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी अक्टोबर १४ मा हुन लागेको निर्वाचनमा तीन वटा छुटटा छुटटै सहरबाट नेपाली मुलका खड्का केसी, कृष्णप्रसाद रेग्मी र लिला शर्मा मानन्धरले उमेद्वारी घोषणा गरेका हुन् ।

  • ट्रकको ठक्करबाट दुईजनाको ज्यान गयो

    विरगञ्ज, असार ८ – बाराको रामपुर टोकनी गाविस वडा नम्बर ३ मा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । जीतपुरबाट वीरगन्जतर्पm आउँदै गरेको ना २ ख ६४१९ नम्बरको मालबाहक ट्रकले विपरित दिशाबाट जाँदै गरेको ज ३ प ५०२२ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

  • स्कुले वालक तीन दिनदेखि बेपत्ता

    नेपालगन्ज, असार ८ – भारतीय सीमासंग जोडिएको बाँके पिप्रहवा १ का एक बालक तीनदिनदेखि बेपत्ता छन् । वकरिदी वागवानका १० बर्षि छोरा साकिर ३ दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।

  • प्रहरीको सुरक्षामा पुल निर्माण

    भावुक योगी/उज्यालो । बर्दिया, असार ८– भूमिगत समूहले मोटो रकम मागेर धम्की दिन थालेपछि बर्दियाको जब्दी घाटमा निर्माणधीन पुलमा सुरक्षाका लागि चौबिसै घण्टा सशस्त्र प्रहरी तैनाथ गरिएको छ । एक महिनाअघि भूमिगत समूहले मोटो रकम मागेर धम्की दिएपछि मगरागाढी र सदमुकाम गुलरिया जोड्नेगरी बबई नदीको पुल निर्माणस्थलमा चौबिसै घण्टा सशस्त्र प्रहरी तैनाथ गरिएको हो ।

  • एसएलसी फेल भएकालाई प्राबिधिक एसएलसी

    रमेश गिरी/उज्यालो । भक्तपुर, असार ८ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी)ले  प्राविधिक  एसएलसी कार्यक्रम यसवर्षदेखि सबै जिल्लामा संचालन गर्ने भएको छ । एसएलसी परिक्षामा अनुत्तिर्ण भएका विद्यार्थीका लागि सञ्चालन गर्दै आएको प्राविधिक एसएलसी यसअघि ४४ जिल्लाका ४८ वटा विद्यालयमा सञ्चालन गरिएको थियो ।

  • तालिवानी विद्रोहीद्वारा होटलमा आक्रमण

    असार ८ – तालिबान विद्रोहीले अफगानिस्तानको राजधानी काबुल नजिक रहेको एक होटलमा आक्रमण गरेको छ । विद्रोही र सुरक्षाकर्मीबीच गोली भएको गोली हानाहानमा २ जनाको ज्यान गएको छ ।

  • दल निकटका विज्ञको सल्लाहमा बजेट ल्याउने अर्थमन्त्रीको प्रस्ताब दल निकटका विज्ञको सल्लाहमा बजेट ल्याउने अर्थमन्त्रीको प्रस्ताब

    काठमाडौ, असार ८ – अर्थमन्त्री वर्षमान पुन अनन्तले सबै राजनीतिक दल निकटका विज्ञहरुको सहभागितामा बजेट ल्याउन एमाले अध्यक्ष झलनाथ खनालसंग प्रस्ताव गर्नुभएको छ । शुक्रवार बिहान खनाल निवास डल्लु पुगेका पुनले प्रमुख दलको सिफारिसमा विज्ञहरुको टोलीले बजेटमा कार्यक्रम समावेश गर्ने र समयमै बजेट ल्याउने विषयमा प्रस्ताव राख्नुभएको हो ।

  • ऋण काढेर गाउँमा विजुली

    आश गुरुङ/उज्यालो । लमजुङ, असार ८ – लमजुङको पूर्वी क्षेत्रको कोल्की गाविस वडा नंबर ४ र ६ का वासिन्दाले ऋण काढेर गाउँमा विजुली बालेका छन् । गाउँको खोलाबाट विजुली निकाल्न गाउँलेले नै २४ लाख रुपैँयाको श्रमदान र ५ लाख २७ हजार नगद खर्च गरेका थिए ।

  • चट्याङ लागेर दुई महिलाको ज्यान गयो

    खोटाङ, असार ८– चट्याङ लागेर खोटाङमा दुईजना महिलाको ज्यान गएको छ । बिहिबार साँझ चट्याङ लागेर हौंचुर १ पैयाँकी ५९ वर्षीय कमलसरी राई र २९ वर्षीय देबी तामाङ बेहोस भएका थिए । उनीहरुको शुक्रवार बिहान ज्यान गएको स्थानीय दावा शेर्पाले जानकारी दिनुभयो ।

  • पाकिस्तान आफु विरुद्ध खनिएको अमेरिकाको आरोप

    असार ८ – पाकिस्तानले नाटकीय ढंगले आफ्नो काममा अवरोध पुर्‍याइरहेको अमेरिकाले आरोप लगाएको छ । आफु सम्बद्ध नेटो सेनाको आक्रमणमा २४ पाकिस्तानी सुरक्षाकर्मीको ज्यान गएपछि पाकिस्तानले अमेरिका विरुद्धको आन्दोलन थालेको अधिकारीहरुले बताएका छन् ।

  • २२ वर्षमुनीको फुटवलमा नेपाल जोर्डनको सामना गर्दै

    काठमाडौ, असार ८ – २२ वर्ष मुनिको एएफसी एशिया कप फुटबलको छनौट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले शुक्रवार जोर्डनको सामना गर्दैछ । खेल बेलुकी ६ बजेपछि दशरथ रंगशालामा हुनेछ ।

  • बर्ड फ्लु को माहामारी फैलने खतरा

    असार ८ – बैज्ञानिकहरुले बर्ड फ्लुको एच फाइभ एन वान भाइरसले आफ्नो स्वरुप परिवर्तन गरी महामारीको रुपमा फैलन सक्ने चेतावनी दिएका छन् । अनुसन्धानकर्ताले भाईरसमा पाँच वटा आनुवंशिक परिवर्तन फेला पारेको दावी गरेका छन् जुन परिवर्तनले भाईरसलाई महामारी फैलाउन मद्दत गर्न सक्छ ।

  • ट्राउट माछाको वार्षिक १५ लाख भुरा उत्पादन

    विनोद ढकाल/उज्यालो । काठमाडौ, असार ८ – ब्यवसायीहरुले भुरा उत्पादन गर्न थालेपछि नेपालमा ट्राउट माछा पालन गर्नेको संख्या बढेको छ । निजी क्षेत्रबाट भुरा उत्पादन हुन थालेपछि माछापालन गर्नेको संख्या बढेको हिमालयन रेन्बो ट्राउट एशोसिएशनका महासचिव जयराम अर्यालले बताउनुभयो ।

  • सांगितिक कार्यक्रमका लागि आनी युरोपमा (फोटो फिचर) सांगितिक कार्यक्रमका लागि आनी युरोपमा (फोटो फिचर)

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम, असार ८ – गायिका आनी छोइङ डोल्मा युरोपमा सांगितिक कार्यक्रममा ब्यस्त छिन् । उनले ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ बोलको गीत नेपाली र जर्मनी भाषामा  सुनाउँदा बेल्जियमवासी मन्त्रमुग्ध भएका थिए ।

  • विद्यालयलाई लगाइएको नियमले ट्राफिक ब्यवस्थापनमा सजिलो

    काठमाडौ, असार ८ – काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न भन्दै शैक्षिक संस्थाका लागि लागु गरिएको नियम प्रभावकारी देखिएको छ । शैक्षिक संस्थाहरुले नियमको पालना गरिरहेकाले बिहान र बेलुकीको समयमा गाडीको चाप कम भई पहिलेको तुलनामा सडकमा पनि चाप कम भएको महाशाखाका प्रवक्ता देवबहादुर बोहोराले बताउनुभयो ।

  • एमाले केन्द्रिय बैठक आज पनि

    काठमाडौ, असार ८ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुक्रवार पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा आगामी रणनीतिका विषयमा छलफल हुने केन्द्रीय सदस्य देवराज भारले जानकारी दिनुभयो ।

  • बजेटमा सहमति खोज्न अर्थमन्त्रीले एमाले अध्यक्षलाई भेट्दै

    काठमाडौ, असार ८ – बजेटमा राष्ट्रिय सहमति खोज्नका लागि अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रवार नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसंग भेटवार्ता गर्दै हुनुहुन्छ । शुक्रवार विहान अर्थमन्त्री पुन एमाले अध्यक्ष खनाललाई भेट्न उहाँको निवास डल्लु जाने अर्थमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

  • नवगठित माओवादीको पोलिट्ब्यूरो बैठक बस्दै

    काठमाडौ, असार ८ – नवगठित नेकपा माओवादीको पोलिटव्यूरो  बैठक शुक्रवार बस्ने भएको छ । केन्द्रीय समिति बैठक, सांगठनिक र राजनीतिक एजेण्डा तय गर्न दिउँसो पोलिटव्यूरो बैठक बस्ने स्थायी समिति सदस्य देवप्रसाद गुरुङ्गले बताउनुभयो ।

  • रुघाखोकी र ज्वरोका विरामी बढे

    काठमाडौ, असार ८ – वर्षायाम सुरु भए लगत्तै रुघा खोकी र ज्वरोका विरामी बढेका छन् । अस्पतालमा रुघाखोकी र ज्वरोका समस्या लिएर आउने बिरामिको सख्या पनि बढ्दै गएको चिकित्सकले बताएका छन् ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया