MENU
ujyaalo forign call inside

समाचार

  • रोयल्टी नतिर्ने क्यासिनो बन्द गर्न लेखा समितिको पुन: निर्देशन

    सेञ्छेलुङ लिम्बु/उज्यालो । काठमाण्डौं, मंसिर ६ - संसदको सार्वजनिक लेखा समितिले रोयल्टी नतिर्ने क्यासिनो बन्द गर्न फेरि सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलवार बसेको बैठकमा अर्थ, पयर्टन लगायत सम्बन्धित निकायका प्रतिनिधिसित छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।

  • काठमाण्डौंको थापाथलीमा बम विस्फोट

    काठमाण्डौं, मंसिर ६ - काठमाण्डौको थापाथलीमा मंगलवार दिउँसो जिलेटिन बम विस्फोट भएको छ ।  युनाइटेड मिसन टु नेपालको कार्यालयको अगाडी सडकमा जिलेटिन पडि्कएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन ।

  • "प्रचण्ड कम्युनिष्ट पार्टीका नेता कि सामन्त बर्गको दलाल ?" "प्रचण्ड कम्युनिष्ट पार्टीका नेता कि सामन्त बर्गको दलाल ?"

    हिम विष्ट/उज्यालो । काठमाण्डौं, मंसिर ६- एकीकृत नेकपा माओवादीको भ्रातृ संगठनमा रहेका वैद्य पक्षका नेताले एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामन्त जमिन्दारहरुका नाइकेहरुलाई साथमा लिएर जग्गा फिर्ता गर्ने अभियानको अभियन्ता बनेको आरोप लगाएका छन् । वैकल्पिक व्यवस्था नगर्दासम्म कब्जा जग्गा जमिन फिर्ता नगर्ने घोषणा गर्न मंगलवार काठमाण्डौंमा भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा प्रचण्ड कम्युनिष्ट पार्टीको नेता कि सामन्त वर्गको दलाल भन्ने प्रश्न चिन्ह खडा गरिदिएको उल्लेख छ ।

  • संयोजक नै नराखी आठ सदस्यीय राज्य पूनसंरचना आयोग गठन हुने

    बोमलाल गिरी/उज्यालो । काठमाण्डौं, मंसिर ६ - मुख्य तीन दल र मधेसी मोर्चाबीच संयोजक नै नराखी आठ सदस्यीय राज्य पूनसंरचना आयोग बनाउने सहमति भएको छ । संयोजकमा सबै दलले आफ्नो दावी नछोडेपछि संयोजक नै नराखी आयोग बन्ने भएको हो ।

  • विहेको लगनमा पनि सुन बिकेन विहेको लगनमा पनि सुन बिकेन

    काठमाण्डौं, मंसिर ६ - विवाहको लगन शुरु भएपनि सुनचाँदीको कारोबार सन्तोषजन नभएको व्यापारीहरुले बताएका छन् । भाउ महंगो भएका कारण ग्राहकको संख्या घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष तेजरत्न शाक्यका अनुसार मंसिरमा कारोबार बढ्ने अपेक्षा भएपनि त्यसो नहुँदा व्यापारी निराश छन् ।

  • बस दुर्घटनामा १ जनाको ज्यान गयो

    नवलपरासी, मंसिर ६ - पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको अरुणखोलामा आज बिहान भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको छ । भैरहवाबाट काठमाण्डौंका लागि छुटेको लु १ ख ३६५८ नम्बरको बस अरुणखोला बजारमा पट्टा भाँचिएर पल्टदा दुम्बिकास १ की ३५ बर्षीय सीता भण्डारी बस्यालको  घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

  • एसिसी ट्वान्टी–ट्वान्टी क्रिकेटका लागि नेपाली टिमको घोषणा एसिसी ट्वान्टी–ट्वान्टी क्रिकेटका लागि नेपाली टिमको घोषणा

    काठमाण्डौं, मंसिर ६ - मंसिर १७ गतेदेखि काठमाण्डूमा हुने एसिसी ट्वान्टी–ट्वान्टी क्रिकेटका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ । विजय कुमार शर्माको संयोजकत्वमा गठित राष्ट्रिय छनौट समितिले पारस खड्काको नेतृत्वमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । ज्ञानेन्द्र मल्ल उपकप्तान छन् ।

  • अनसनमा बसेका शरणार्थीको स्वास्थ्य गम्भीर

    काठमाण्डौं, मंसिर ६ - आमरण अनसनमा बसेका भुटानी शरणार्थी महिलाको  स्वास्थ्य स्थिति बिग्रँदै जाँदा समेत सम्बन्धित निकाय गम्भीर नभएको भन्दै मानव अधिकारकर्मीहरुले विरोध गरेका छन् । उनीहरुलाई अनसन छोडेर शान्तिपूर्ण तरिकाले माग राख्न मानव अधिकारकर्मी सुबोधराज प्याकुरेलले आग्रह गर्नु भएको छ ।

  • उपभोक्ता संरक्षण ऐनलाई बलियो बनाईने

    काठमाण्डौ, मंसिर ६ - बजार अनुगमनलाई व्यवस्थित तथा उपभोक्ताको हक हितलाई संरक्षण गर्ने प्राबधानलाई समय सापेक्ष बनाउँदै उपभोक्ता सँरक्षण ऐन संशोधनको तयारी हुनथालेको छ । उपभोक्ता सँरक्षण ऐन २०५४ का कतिपय प्राबधान समय सापेक्ष नभएकोले कार्यान्वयनमा समस्या आएको भन्दै विभागले ऐन संशोधन गरी मन्त्रीपरिषदमा पेश गरेको छ । ऐनमा अहिले भएको प्रावधान अनुसार अनुगमनका बेला फेला परेको अनियमिततालाई कार्वाही गर्न अप्ठ्यारो भएको भन्दै अधिकारकर्मीहरुले संशोधनको माग गरेका थिए ।

  • नयाँ जातको अदुवा?

    काठमाण्डौ, मंसिर ६ प्रमुख नगदेबाली अदुवाको उत्पादन बढाउनको लागि नयाँ जातको अध्ययन र परीक्षण चलिरहेको छ । रोग कीरा नलाग्ने जातको खोजी भैरहेको अदुवाबाली अनुसन्धान कार्यक्रमले जनाएको छ । अहिले जेड आई ८५ ०२, जेड आई ८५ ०४, जेड आई ९७ २९ लगायतका नयाँ जातको परीक्षण भैरहेको कार्यक्रमका संयोजक रोशन बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार उन्नत जातको बीऊ छिटै सिफारिस हुने क्रममा छ ।

  • महावीर र ब्वाईज युनियन भिड्ने

    काठमाण्डौ मंसिर ६ - काठमाण्डौमा चलिरहेको शहीद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आज पहिलो खेलमा महावीर क्लब र ब्वाईज युनियन क्लब भिड्दैछन् । दोश्रो खेल संकटा क्लब र सामाजिक युवा क्लबका बिच हुनेछ । पहिलो खेल दिउँसो साढे १२ र दोश्रो खेल साढे २ बजे प्रहरी तालिम केन्द्र महाराजगन्जको खेल मैदानमा हुनेछन् ।

  • बालाचतुर्दशीको तयारी अन्तिम चरणमा

    काठमाण्डौ मंसिर ६ - पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीको तयारी अन्तिम चरणमा पु(याएको छ ।  पर्सिको बालाचतुर्दशीको लागि भोलि बेलुकादेखि नै पशुपतिमा सदविज छर्नेहरुको घुईंचो लाग्छ । भोलि राति महादिप बालेर चतुदर्शीको दिन विहान सतविज छर्ने परम्परा छ । दर्शनार्थीको घुईंचोलाई ब्यवस्थित र सुरक्षा दिन पशुपति क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिने भएको छ । सुरक्षा निकायसँग हिजो भएको छलफलमा दर्शनार्थी सहित मृगस्थली क्षेत्रमा रहेका मृगको सुरक्षामा शसस्त्र प्रहरी परिचालन गर्ने निर्णय भएको भण्डार कार्यालय प्रमुख कमल बोगटिले जानकारी दिनुभयो । यसैगरी सतबीज छरेपछि हुने फोेहर ब्यवस्थापनका लागि पशुपति क्षेत्र रहेको महानगरपालिकाको वडा नम्बर सात, आठ र नौ नम्बरको जनशक्ति सहित कोषले पनि आफ्नो जनशक्ति परिचालन गर्ने भएको छ ।

  • राज्य पुनर्संचना आयोग गठनः दलहरु बैठक तयारीमा

    काठमाण्डौ मंसिर ६ - राज्य पुनर्संरचनाको लागि आयोग गठनबारे छलफल गर्न मुख्य तीन दल र मधेसी मोर्चाबीच आज पनि बैठक बस्दैछ । बैठक बिहान साढे नौ बजे शान्ति मन्त्रालय सिंहदरबारमा बस्ने कार्यक्रम छ । आयोग गठनको लागि एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाले अस्तिदेखि पहल गरेपनि सहमति जुट्न सकेको छैन । ९ सदस्यीय आयोग बनाउने निर्णय भएपनि संयोजक कसलाई बनाउने भन्नेबारे विवाद कायमै छ । गएको शुक्रबार भएको सहमति अनुसार हिजोसम्ममा आयोग गठन भैसक्नुपर्ने थियो । आयोगको संयोजकमा माओवादी,...

  • एप्पल आइट्युन्स्लाई गुगलको धावा एप्पल आइट्युन्स्लाई गुगलको धावा

    द इकोनोमिस्ट, सानफ्रान्सिस्को । नोभेम्बर १९ - सन् २००१ मा आइपड बनेको थिएन भने सायदै त्यसको दुईबर्षपछि एप्पलले आइट्युन्स् संगीत भण्डारको शुरुवात गर्ने थिएन होला । यदी दुबै नभएको भए एप्पल आज बिश्वमा बार्षिक ६.३ बिलीयन  डलर बराबरको डिजिटील म्युजिक कारोबारमा सफल हुने थिएन होला । तर आउने दिनभने आइट्युन्स्को एकछत्र राज जोगाउन एप्पललाई चुनौतीपुर्ण हुने संकते देखापरेकोछ ।

  • राज्य पुनसंरचना आयोग गठन हुन सकेन, संयोजक को भन्नेमा विवाद

    हिम विष्ट/उज्यालो । काठमाण्डौं मंसिर ५-  सोमवार राज्य पूनसंरचना आयोग गठन गर्ने भनिएपनि दलहहरुबीचको विवादका कारण हुन सकेन् । संयोजकमा दलहरुले आ-आफनो दावी गरेपछि राजनीतिक दलहरुबीच राज्य पुनसंरचना आयोगको संयोजकका लागि पाँच जनाको नाम प्रस्ताव भएको छ ।

  • रातीको ठमेल : सडकमै यौनको मोलमोलाई रातीको ठमेल : सडकमै यौनको मोलमोलाई

    सूर्यकुमार क्षेत्री/उज्यालो । काठमाण्डौं, मंसिर ५ - रात छिप्पिंदै जाँदा ठमेलमा खुल्ला सडकमै यौन व्यवसायी, तिनीहरुका दलाल र ग्राहकबीच मोलमोलाई सुरु हुन्छ । रातिको साढे नौं बजेपछि ठमेलका सडकमा यौनकर्मी महिला छ्यास्छ्यास्ती भेटिन थाल्छन् । कोही बिजुलीको खम्बामा आड लागेर बसेका हुन्छन् त कोहि ठूलो पर्खालमा छेकिएर ।

  • दिउँसोको ठमेल : मसाज सेन्टरमा कण्डमका पोका दिउँसोको ठमेल : मसाज सेन्टरमा कण्डमका पोका

    सेञ्छेलुङ लिम्बु/उज्यालो । काठमाण्डौं, मंसिर ५ - काठमाण्डौंको ठमेल, नेपालमा पर्यटक धेरै बस्ने ठाउँमा पर्छ । त्यसैले दिउँसोदेखि मध्यरातसम्म चहलपहल हुन्छ ठमेलमा । तर ठमेलको चर्चा यतिमा मात्रै सिमित छैन । यौन व्यवसाय हुने भनेर चिनिएका मसाज सेन्टर ठमेलको अर्को पाटो हो । सोमवार दिउँसो सवा दुई बजे पत्रकार सहितको अनुगमन टोली ठमेलको न्यू ट्रेडिसनल थेरापीमा पुग्यो ।

  • ढुंगेलको माफी बारे सर्वोच्चमा बहस सुरु ढुंगेलको माफी बारे सर्वोच्चमा बहस सुरु

    काठमाडौं, मंसिर ५ - सरकारले सभासद् बालकृष्ण ढुंगेललाई आममाफीका लागि राष्ट्रपति समक्ष गरेको सिफारिस कार्यान्वयन गर्ने नगर्ने विषयमा सर्वोच्च अदालतमा सोमवारदेखि बहस शुरु भएको छ । ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका ढुंगेललाई आममाफी दिने सरकारको सिफारिस विरुद्ध परेको रिटमा न्यायाधीश कल्याण श्रेष्ठको इजलासमा बहस शुरु भएको हो ।

  • संविधान सभाको म्याद थप्ने सहमति भएको छैन : कोइराला संविधान सभाको म्याद थप्ने सहमति भएको छैन : कोइराला

    काठमाडौं, मंसिर ५ - नेपाली काँग्रेसका सभापति सुशील कोईरालाले संविधान सभाको म्याद थप्ने सहमति नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा कोईरालाले संविधान सभाको म्याद थप्ने सहमति नभएको भन्दै कोईरालाले हिजो आठ गते बस्ने संसद बैठकमा उपस्थित भएर संविधान सभाको म्याद थप्ने प्रस्तावमा मतदान गर्न प्रमुख सचेतक लक्ष्मण घिमिरले जारी गरेको ह्वीप्रति पनि असन्तुष्टि जनाउनुभयो ।

  • क्षेत्रिय ए डिभिजन लिग फुटबल

    काठमाण्डौं, मंसिर ५ - क्षेत्रिय ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगतको खेलमा झापाको सैनिक युथ क्लव विजयी भएको छ । झापाको विर्तामोडमा आज भएको समुह कको खेलमा सैनिक युथ क्लवले चितवनको एनएफसीलाई तीन शुन्यले हरायो ।

  • यौन व्यवसायमा लगाउने चार जना पक्राउ

    काठमाण्डौं, मंसिर ५ - प्रहरीले युवतीहरुलाई जवरजस्ती यौन व्यवसायमा लगाउने काममा संलग्न चार जनालाई पक्रेको छ । युवतीलाई राम्रो काम तथा आकर्षक तलब भएको जागिर लगाई दिने भनेर जवरजस्ती यौन व्यवसायमा लगाउने चारजनालाई प्रहरीले पक्रेको हो ।

  • बी डिभिजन लिगमा काठमाण्डौं क्लव र मध्यपुर युथ एशोसिएसनको जित बी डिभिजन लिगमा काठमाण्डौं क्लव र मध्यपुर युथ एशोसिएसनको जित

    काठमाण्डौं, मंसिर ५ - शहीद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आजका खेलमा काठमाण्डौं क्लव र मध्यपुर युथ एशोसिएसन विजयी भएका छन् ।

  • मुगुमा मकालु एयरको विमान दुर्घटना मुगुमा मकालु एयरको विमान दुर्घटना

    काठमाण्डौं, मंसिर ५ - मकालु एयरको एउटा बिमान मुगुको ताल्चा विमानस्थलमा दुर्घटना भएको छ । दुर्घटनामा चालक दलका सदस्य सहित ६ जना घाइते भएका छन् । नेपालगञ्जबाट यात्रु लिएर ताल्चा विमानस्थलमा पुगेको बिमान अवतरणका क्रममा चिप्लियर धावनमार्गबाट केही तल खसेको थियो । तल खसेपछि विमानको इन्जिनमा आगो लागेको र आगो तत्कालै नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

  • अस्पतालबाट ३ दिनकी सुत्केरी बेपत्ता

    नेपालगञ्ज, मंसिर ५ — भेरी अञ्चल अस्पताल नेपालगञ्जको सुत्केरी राखिने ‘आमा घर’बाट ३ दिनकी सुत्केरी बेपत्ता भएकी छिन । गुलेरीया ८ भानुभक्त टोलकी २३ बर्षिया  सुनिता केसी पौडेल आइतबारे राति साढे ९ बजेबाट बेपत्ता भएको उहाँका श्रीमान् महेन्द्र पौडेलले जानकारी दिनुभयो ।

  • जनगुनासो तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन जनगुनासो तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं, मंसिर ५ — प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी संस्थानका महाप्रबन्धक तथा मन्त्रालयका सचिवहरुलाई जनगुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिनु भएको छ । सिंहदरबारमा सोमबार भएको छलफलमा विभिन्न २२ वटा विभाग तथा सम्बन्धित मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको थियो ।

  • एकै पटकमा तीन वटा बच्चा !

    काठमाडौं, मंसिर ५ — रौतहट बसन्तपट्टीकी चन्द्रा जैसवालले एकै पटक तीन वटा बच्चालाई जन्म दिनुभएको छ । काठमाडौंको चावहिलमा रहेको ओम अस्पतालमा सोमबार बिहान ९ बजे चन्द्राको गर्भबाट तीन वटा बच्चालाई शल्यक्रिया गरेर निकालिएको हो ।

  • कर्मचारीलाई सित्तैमा बिजुली नबाँड्न अख्तियारको निर्देशन कर्मचारीलाई सित्तैमा बिजुली नबाँड्न अख्तियारको निर्देशन

    काठमाडौं, मंसिर ५ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणका कर्मचारीलाई निशुल्क बाँड्दै आएको विद्युत सुविधा खारेज गर्न निर्देशन दिएको छ । अख्तियारका प्रवक्ता ईश्वरी प्रसाद पौडेयालले सोमबार विज्ञप्ती जारी गरि विभिन्न कारण देखाई प्राधिकरणले करोडौंको बिजुली आफ्ना कर्मचारीहरुलाई बितरण गरेको भन्दै यस्तो कार्यलाई तत्काल रोक्न निर्देशन दिनुभएको हो ।

  • राज्य पुर्नसंरचना आयोग गठनबारे राष्ट्रपतिको चासो राज्य पुर्नसंरचना आयोग गठनबारे राष्ट्रपतिको चासो

    काठमाडौं, मंसिर ५ — राष्ट्रपति डा. रामबरण यादवले राज्य पुर्नसंरचना आयोग गठनबारे चासो राख्नु भएको छ । सोमबार बिहान प्रमूख प्रतिपक्षी नेपाली काँग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलसँगको भेटमा राष्ट्रपति यादवले आयोग गठनका बारेमा चासो राख्नु भएको हो ।

  • मलेसियामा अलपत्र दुई नेपाली युवती स्वदेश फर्किए

    मलेसिया (क्वालालम्पुर), मंसिर ५ — मलेसियामा अलपत्र परेका दुई नेपाली युवती नेपाल फर्किएका छन । मलेसियाको मलक्कामा रहेको एक धागो कम्पनीमा कार्यरत गाउँखर्क ६ नुवाकोटकी लाक्पा डोल्मा तामाङ र सिर्जना तामाङ सोमबार नेपाल फर्किएका हुन ।

  • ठमेलका मसाज सेन्टरमा प्रहरीको छापा

    काटमाडौं, मंसिर ५ — प्रहरी, ठमेल पर्यटन विकास परिषद र ठमेलका स्थानीय संघसंस्थाको पहलमा अहिले  ठमेलका मसाज सेन्टरमा छापा मार्ने काम भइरहेको छ । छापा मार्ने क्रममा केही मसाज सेन्टरमा अनैतिक कार्य हुने गरेको फेला परेको उज्यालो सहकर्मी सेञ्छेलुङ लिम्बुले जनाएका छन् ।

  • असोज महिनामा नेपालमा खाद्य वस्तुको मूल्य घट्योः विश्व खाद्य कार्यक्रम असोज महिनामा नेपालमा खाद्य वस्तुको मूल्य घट्योः विश्व खाद्य कार्यक्रम

    काठमाडौं, मंसिर ५ — नेपालमा भदौको तुलनामा असोज महिनामा खाद्य वस्तुहरुको मूल्य घटेको विश्व खाद्य कार्यक्रमले जनाएको छ । कृषि तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमद्वारा अनुगमन गरिएका प्राय खाद्य बस्तुहरुको मूल्य असोज महिनामा घटेको कार्यक्रमले जनाएको छ ।

  • भक्तपुरमा फ्रेन्च नागरिक मृत भेटिए

    भक्तपुर, मंसिर ५ — भक्तपुरको भत्केकोपाटीमा एकजना फ्रेन्च नागरिक मृत अवस्थामा भेटिएका छन् । गत १८ अक्टोबरमा नेपाल भ्रमणका लागि १९ दिनको भिसा लिएर आएका ४६ वर्षिय पास्कल क्रिश्चियन टेभेनेको शब सोमबार फेला परेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक नारायणसिंह खडकाले जानकारी दिनुभयो ।

  • बजेट अनियमितताको आरोपमा फरार गाविस सचिव पक्राउ

    बारा, मंसिर ५ — बाराको कचोर्वाका गाउँ विकास समितिका सचिव महेन्द्र राउत कुर्मीलाई प्रहरीले पक्रेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बजेट अनियमितता गरेको आरोपमा फरार रहेका कुर्मीलाई सोमबार बिहान पक्राउ गरेको हो ।

  • सैनिक सरकार बिरुद्धको प्रदर्शनमा ईजिप्टमा १३ प्रदर्शनकारीको ज्यान गयो सैनिक सरकार बिरुद्धको प्रदर्शनमा ईजिप्टमा १३ प्रदर्शनकारीको ज्यान गयो

    मंसिर ५ — ईजिप्टको अन्तरिम सैनिक सरकारको बिरुद्ध प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाउँदा १३ जना प्रदर्शनकारीको ज्यान गएको छ । राजधानी कायारोमा भएको झपडमा ४० जना सुरक्षाकर्मी सहित झण्डै ९ सय जना घाईते भएका छन् ।

  • आयोग गठनका लागि तीन दल र मधेसी मोर्चाबीचको छलफल निष्कर्ष बिहिन

    काठमाडौं, मंसिर ५ — राज्यपुर्नसंरचना आयोग गठनका लागि छलफलमा जुटेका तीन दल र मधेसी मोर्चाको बैठक बिना निष्कर्ष सकिएको छ । मधेसी मोर्चामा आवद्ध फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले आयोगको औचित्यमाथि प्रश्न उठाएपछि आयोग गठनमा विवाद भएको हो ।

  • नेपाल पर्यटन बर्ष २०११ सकिनै लाग्दा बल्ल अन्तर्राष्ट्रिय प्रचारप्रसार सुरु नेपाल पर्यटन बर्ष २०११ सकिनै लाग्दा बल्ल अन्तर्राष्ट्रिय प्रचारप्रसार सुरु

    कमल पराजुली/ उज्यालो । काठमाडौं, मंसिर ५ — दश लाख पर्यटक भित्र्याउने लक्ष्य सहित घोषणा गरिएको नेपाल पर्यटन वर्ष २०११ सकिन अब एक महिना मात्र बाँकी छ । एक महिनामात्र बाँकी रहँदा नेपाल पर्यटन बोर्डले भर्खरै यसको अन्तर्राष्ट्रिय प्रचारप्रसार सुरु गर्ने तयारी गरेको छ ।

  • शान्ति सम्झौताका पाँच वर्ष शान्ति सम्झौताका पाँच वर्ष

    काठमाडौं, मंसिर ५ — मुलुकमा झन्डै दस वर्ष चलेको सशस्त्र द्वन्द्वको अन्त्य गर्ने घोषणासहित तत्कालिन सरकार र तत्कालिन नेकपा माओवादीबीच ऐतिहासिक विस्तृत शान्ति सम्झौता भएको आज पाँचवर्ष पुरा भएको छ । २०६३ साल मङ्सिर ५ गते तत्कालिन सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा तत्कालिन बिद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको सम्झौतामा २०५२ सालदेखि शुरु सशस्त्र युद्ध समाप्त भएको घोषणा गरिएको थियो ।

  • नेकपा एमाले स्थायी समिती बैठक आज पनि

    काठमाण्डौ, मंसिर ५ - नेकपा एमालेको स्थायी समिति बैठक आज पनि बस्दैछ ।  बिहान ११ बजे पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा पर्सि सातगते अध्यक्ष झलनाथ खनालले केन्द्रीय कमिटि बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका विषयमा छलफल हुने सचिव युवराज ज्ञवालीले  जानकारी दिनुभयो ।

  • प्रधानमन्त्रिले संस्थान प्रमुखसँग छलफल गर्ने

    काठमाण्डौ, मंसिर ५ - प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने संस्थानका प्रमुखसंग छलफल गर्दै हुनुहुन्छ । दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने संस्थानहरुबाट नागरिकले पाउने सेवा सुविधा सहज तरिकाले पाउन भन्ने उद्देश्यले प्रधानमन्त्रीले छलफल गर्न लाग्नु भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

  • कालिञ्चोक विकास बैकद्वारा सेवा शुरु

    काठमाण्डौ, मंसिर ५  - नेपाल राष्ट्र बैकबाट स्विकृती लिएर सञ्चालन हुने ख बर्गका बिकास बैकको सख्या ९० पुगेको छ । सञ्चालनको हिसाबले ९० औ बिकास बैकको रुपमा दोलखाको कालिन्चोक बिकास बैकले आजदेखि कारोबार सुरु गरेको छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया