MENU
Ncell Axiata
sagun

समाचार

  • अब नेपाल कहिल्यै नाकाबन्दी हुँदैन : ओली अब नेपाल कहिल्यै नाकाबन्दी हुँदैन : ओली

    चितवन, मंसिर ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको बताउनुभएको छ । भरतपुरमा भएको चुनावी सभामा सम्बोधन गर्दै उहाँले देशमा शान्ति र स्थायित्वका लागि स्थिर सरकार आवश्यक रहेको बताउनुभयो ।

  • क्रसिङको सिजन सुरु भए पनि उखुको मूल्य निर्धारण भएन

    सर्लाही, मंसिर ५ – तरार्इको नगदे बालीको रुपमा रहेको उखुको अझै मूल्य निर्धारण हुन सकेको छैन । मंसिरको अन्तिम साताबाट उखु क्रसिङ सुरु हुने भएपनि मूल्य निर्धारण नभएपछि सर्लाहीका उखु किसान चिन्तित भएका छन्।

  • ​निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन ​निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन

    राधेश्याम खतिवडा उज्यालो ।   चितवन, मंसिर ५ – युवाहरु हो देश तिम्रै हो नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो ।   यो गीत गाएर सभामा उपस्थित भएका युवालाई हौसाला दिएको केहीबेरमै गायक खुशीराम पाख्रिन हामीबिच रहनुभएन । चितवनमा वाम गठबन्धनको चुनावीसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभा सुरु हुँदै थियो । सभास्थलमा रहेका जनगायक पाख्रिनले सभा सुरु हुनुअघि एउटा गीत गाउनुभयो । जब गीत गाएर मञ्चको तल पुगेर बस्नुभयो, उहाँ एक्कासी लड्नुभयो । तत्कालै उहालाई उपचारको लागि नजिकै रहे...

  • ताप्लेजुङको एउटा मतदान केन्द्रमा ४९ जना मात्रै मतदाता

    ताप्लेजुङ मंसिर ५ – ताप्लेजुङको हिमाली गाउँ ग्याब्लामा जिल्लाकै सबै भन्दा थोरै मतदाता रहेका छन् । लेलेपको ग्याब्ला मतदान केन्द्रमा ४९ जना मात्रै मतदाता रहेको जिल्ला निर्बाचन कार्यालयले जनाकारी दिएको छ ।

  • ३ मतदान केन्द्रको चुनाव गराउने जिम्मा महिलालाई

    गोरखा, मंसीर ५ – आउँदो १० गते हुने चुनावमा गोरखाका तीन वटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटिने भएका छन् । गोरखा नगरपालिका भित्रका तीन वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी पनि महिलामात्रै परिचालन गर्न लागिएको हो ।

  • बाम गठबन्धन ठगहरुको झुण्ड –उपेन्द्र यादव

    सप्तरी,मंसिर ५– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको वाम गठबन्धन ठगहरुको झुण्ड भएको आरोप लगाउनु भएको छ ।

  • ​सोलुखुम्बुमा रक्सी बेच्न रोक

    सोलुखुम्बु, मंसिर ५ – चुनावको अवधिभर सोलुखुम्बुमा रक्सी बेच्न प्रतिबन्ध लगाइने भएको छ ।

  • ख्याल ख्यालमै आफ्नै साथीको हत्या गर्ने दुई जना पक्राउ, एक फरार

    जनकपुर, मंसिर ५ – आफ्नो साथीको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजका १८ वर्षीय प्रदिपकुमार ठाकुरको हत्यामा संलग्न भएको आरोपमा ठाकुरका दुई जना साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

  • ​डोटीमा विप्लव कार्यकर्ताको खोजी गर्दै प्रहरी

    डोटी, मंसिर ५ – देशका विभिन्न ठाउँमा उम्मेदवार लक्षित आक्रमणका घटना बढेसँगै जिल्ला प्रहरी कार्यलय डोटीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको खोजी तीव्र पारेको छ ।

  • सिरहामा श्रीमानले गरे श्रीमतीको हत्या

    सिरहा, मंसिर ५ – सिरहाको कलियानपुर नगरपालिका–६ का एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

  • चन्द्रागिरी गोल्डकप फुटवलको उपाधि हिमालयन शेर्पालाई चन्द्रागिरी गोल्डकप फुटवलको उपाधि हिमालयन शेर्पालाई

    काठमाडौं, मंसिर ५ – पहिलो चन्द्रागिरी गोल्डकप फुटवलको उपाधि हिमालयन शेर्पा क्लबले जितेको छ । फाइनलमा फ्रेण्ड्स क्लबलाई ३–१ ले हराउँदै हिमालयन शेर्पाले ५ लाख रुपैयाँ राशीको पुरस्कार जितेको हो ।

  • धनुषा–१ मा दुई पूर्व मन्त्रीबिच प्रतिस्पर्धा

    जनकपुरधाम, मंसिर ५ – धनुषा क्षेत्र नं. १ मा वाम गठबन्धन र नेपाली कांग्रेसबिच प्रतिस्पर्धा हुने भएको छ । धनुषा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि वाम घटक नेकपा माओवादी केन्द्रबाट पूर्वमन्त्री मातृका प्रसाद यादव र कांग्रेसबाट पूर्वमन्त्री आनन्द प्रसाद ढुंगाना चुनावी मैदानमा छन् । त्यस्तै राजापा नेपाल र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनबाट दीपक कार्की चुनावी मैदानमा हुनुहुन्छ ।

  • प्रकाश दाहालको श्रद्धाञ्जली सभामा हृदयघात भएका पूर्व सांसद तथा गायक खुसीराम पाख्रिनको निधन प्रकाश दाहालको श्रद्धाञ्जली सभामा हृदयघात भएका पूर्व सांसद तथा गायक खुसीराम पाख्रिनको निधन

    चितवन, मंसिर ५ – पूर्व सांसद तथा गायक खुशीराम पाख्रिनको निधन भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डका छोरा प्रकाशको श्रद्धाञ्जलीसभामा हृदयघात भएपछि उहाँलाई उपचारका लागि नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो ।

  • ​पूर्व सांसद तथा गायक खुसीराम पाख्रिनलाई हृदयघात, अवस्था गभ्भीर ​पूर्व सांसद तथा गायक खुसीराम पाख्रिनलाई हृदयघात, अवस्था गभ्भीर

    चितवन, मंसिर ५ – पूर्व सांसद तथा गायक खुशीराम पाख्रिनलाई हृदयघात भएको छ । पूर्व प्रधानमन्त्री प्रचन्डका पुत्र प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा गीत गाउँदा गाउँदै पाख्रिन बेहोस हुनुभएको हो । उहाँको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

  • ५० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र मंसिर १० देखि किन्न सकिने

    काठमाडौं, मंसिर ५ – नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ ।

  • चुनावी परिणामलाई प्रभावित पार्न चार जिल्लामा सिडियो सरुवा

    काठमाडौं, मंसिर ५ – सरकारले चुनावी परिणामलाई प्रभावित पार्न पहिलो चरणमा चुनाव हुने चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

  • ठूला दलले नै लत्याए आचारसंहिता

    ताप्लेजुङ, मंसिर ५ – हिमाली जिल्ला ताप्लेजुङमा प्र्रमुख राजनीतिक दलले नै आचारसंहिता उलङ्घन गरेको पाइएको छ ।

  • मतदान केन्द्र जान थाले कर्मचारी

    खोटाङ, मंसिर ५– खोटाङमा आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि कर्मचारी मतदान केन्द्रमा जान थालेका छन् । मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, छाप लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समुह मतदान केन्द्रतर्फ पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

  • विस्तृत शान्ति सम्झौताको ११ वर्ष : पीडितले न्याय पाएनन् विस्तृत शान्ति सम्झौताको ११ वर्ष : पीडितले न्याय पाएनन्

    दश वर्षे सशस्त्र द्वन्द्व गरेको तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी र सरकारबीच विस्तृत शान्तिसम्झौता भएको बिहीबार ११ वर्ष पुगेको छ ।

  • प्रचण्डले सूर्य र ओलीले हसिया हथौडामा भोट हाले

    चितवन, मंसिर ५ – चितवनमा वाम गठबन्धनको सयुंक्त चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बोल्नु भएन । तर, उहाँले सभामा सहभागीहरुका अगाडि सूर्य चिन्हमा भोट भने हाल्नुभएको छ । सभामा सहभागी एमालेका अध्यक्ष केपी ओलीले गोलाकार भित्रको हसिया हतौडामा र प्रचण्डले सूर्यमा स्वस्तिक चिन्ह लगाउनुभएको थियो ।

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ? ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • ​कतार जान नेपालसहित ८ देशका कामदारले देशबाटै प्रक्रिया पूरा गरेर जान पाउने ​कतार जान नेपालसहित ८ देशका कामदारले देशबाटै प्रक्रिया पूरा गरेर जान पाउने

    मंसिर ५ – कतारले नेपालसहित आठ देशबाट कतार जान चाहनेलाई प्रक्रिया सहज बनाएको छ । ती देशबाट कतार जान चाहनेले आफ्नो देशबाट प्रक्रिया पूरा गरेर कतार जान सक्नेछन् ।

  • ​ मतदाता फकाउने नयाँ शैली, खेतमा गोरु जोत्दै उम्मेदवार ​ मतदाता फकाउने नयाँ शैली, खेतमा गोरु जोत्दै उम्मेदवार

    कैलाली, मंसिर ५ – कैलालीका उम्मेदवारले चुनाव प्रचारका क्रममा मतदाताको ध्यान आपूmतिर तान्न विभिन्न तरिका अपनाएको देखिएको छ । विपक्षीको जरै उखेल्ने गरी विरोधको भाषण गर्दै आएका नेताहरुले कैलालीमा प्रचारप्रसारको फरक शैली अपनाएका छन् ।

  • धादिङमा फेला परेको बम सेनाले निष्क्रिय पार्‍यो

    धादिङ, मंसिर ५ – धादिङको गजुरी गाउँपालिका पृथ्वी राजमार्गमा फेला परेको सकेट बम सेनाले निष्क्रिय पारेको छ । बिहानी पेट्रोल पम्प नजिकै राजमार्गमा रहेको सकेट बम सेनाले निष्क्रिय बनाएको प्रहरीले जनाएको छ ।

  • रसुवामा समानुपातिकतर्फ १३ उम्मेदवार

    रसुवा, मंसिर ५ – मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाका निर्वाचनमा समानुपातिकतर्फ रसुवाका १३ जना उम्मेदवार परेका छन् ।

  • दाङमा विप्लवका २० कार्यकर्ता पक्राउ

    दाङ, मंसिर ५ – आसन्न चुनावलार्ई मध्यनजर गरी दाङ प्रहरीले सुरक्षा व्यवस्था चुस्त पार्न भन्दै नेपाल कम्युनिष्ट पार्टीका २० जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

  • बर्दियामा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते बर्दियामा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    बर्दिया, मंसिर ५ – बर्दिया राष्ट्रिय निकुञ्ज नजिक खाता संरक्षित क्षेत्रभित्र पर्ने सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिला गम्भीर घाइते भएकी छिन् ।

  • ​सर्वोच्च अदालतमा बम नभएको पुष्टि ​सर्वोच्च अदालतमा बम नभएको पुष्टि

    काठमाडौं, मंसिर ५ – सर्वोच्च अदालत परिसरमा बम नभएको पुष्टि भएको छ । बमको हल्ला चलेपछि प्रहरीले तालिम प्राप्त कुकरमार्फत सर्च गरेको थियो ।

  • साउदीमा तेजेन्द्रको मृत्यु : एकै मानिसका दुईटा लास जले, तर मरेको प्रमाण फेला परेन साउदीमा तेजेन्द्रको मृत्यु : एकै मानिसका दुईटा लास जले, तर मरेको प्रमाण फेला परेन

    मरेको ३ वर्ष पुग्न लाग्दा पनि तेजेन्द्रकी श्रीमती नामु र आमा सुर्विताले तेजेन्द्र मरेको प्रमाण फेला पारेका छैनन् । त्यसैले, उनीहरुलाई तेजेन्द्रले कुनैबेला साउदीबाट टेलिफोन गर्छन् जस्तो लागि रहन्छ ।

  • जापान, कोरिया लगायतका देशमा पठाइदिने भन्दै ठगी गर्ने एक पक्राउ

    काठमाडाैं, मंसिर ५ – जापान, कोरिया लगायतका देशमा पठाइदिने र सवारी अनुमतिपत्र लाइसेन्स बनाइदिने भन्दै पैसा असुलेको आरोपमा सर्लाहीका सञ्जिवकुमारप्रसाद साहलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

  • लिङ्गामा रमाउनेको भीड लिङ्गामा रमाउनेको भीड

    लिङ्गा सयौँ वर्षदेखि चुरेक्षेत्र अवस्थित माटो र ढुङ्गाको मिश्रणबाट बनेको छ । हेर्दा कृत्रिम जस्तो देखिने भए पनि यो प्राकृतिक नै हो । लिङ्गाक्षेत्रमा दैवीशक्ति भएको विश्वास गरिन्छ । पहाडको फेदमा रहेको लिङ्गा नजिकै रहेको शिव मन्दिरले यस क्षेत्रको सौन्दर्य झन बढाएको छ ।

  • ​सर्वोच्च अदालत परिसरमै बम, आजका सबै इजलास स्थगित

    काठमाडौं, मंसिर ५ – सर्वोच्च अदालत परिसरमा बम फेला परेको छ । बम राखेको हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् । पहिचान हुन नसकेका मानिसको समूहले बम राखेको प्रहरीले जनाएको छ ।

  • चुनावको विस्तृत खबरका लागि उज्यालोले ल्यायो नयाँ वेवसाइट चुनावको विस्तृत खबरका लागि उज्यालोले ल्यायो नयाँ वेवसाइट

    काठमाडौं, मंसिर ५ – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावबारे देश विदेशमा रहेका नेपालीलाई सम्पूर्ण जानकारी दिन उज्यालोले चुनावसम्बन्धी विशेष वेवसाइट इलेक्सन डट उज्यालोअनलाइन डटकम सार्वजनिक गरेको छ ।

  • नगदबिना मोबाइलबाटै कारोबार गर्न मिल्ने प्रविधि ‘खल्ती’ लोकप्रिय बन्दै नगदबिना मोबाइलबाटै कारोबार गर्न मिल्ने प्रविधि ‘खल्ती’ लोकप्रिय बन्दै

    काठमाडौं, मंसिर ५ - नगद नबोकी कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएकोे ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेशन लोकप्रिय बन्दै गइरहेको छ ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै कालिकोट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै कालिकोट

    कालिकोट, मंसिर ५ – बिद्युतको राष्ट्रिय प्रसारण लाइन नपुगेको विकट कालिकोटमा राष्ट्रिय प्रसारण लाइन पुग्ने भएको छ ।

  • चुनावको मुखैमा म्याग्दीमा नक्कली नोटको बिगबिगी चुनावको मुखैमा म्याग्दीमा नक्कली नोटको बिगबिगी

    म्याग्दी, मंसिर ५ – प्रतिनिधिसभा र प्रदेशसभा पहिलो चरणको चुनाव आउन पाँच दिन मात्र बाँकी हुँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी भएको छ । चुनावको समय नजिकिँदै गर्दा बजार क्षेत्रमा नक्कली नोट पाइएको हो ।

  • सोमबारको तुलनामा रियाल, दिर्हाम र रिंगिटको मूल्य बढ्यो, कोरियन वन कमजोर सोमबारको तुलनामा रियाल, दिर्हाम र रिंगिटको मूल्य बढ्यो, कोरियन वन कमजोर

    काठमाडौं, मंसिर ५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७० पैसा र विक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ ।

  • महिला क्रिकेट : नेपाल र हङकङको खेलमा पनि पानी पर्‍यो, अंक बाँडियो महिला क्रिकेट : नेपाल र हङकङको खेलमा पनि पानी पर्‍यो, अंक बाँडियो

    काठमाडौं, मंसिर ५ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकपको एशियाली छनौटमा नेपालले मंगलबार हङकङसँग पनि अंक बाँडेको छ । थाइल्याण्डको बैंककमा पानी परेर खेल हुन नसकेपछि हङकङ र नेपालले समान १–१ अंक बाँडेका हुन् ।

  • महतोले गरे निधिको स्वास्थ्य लाभको कामना महतोले गरे निधिको स्वास्थ्य लाभको कामना

    जनकपुरधाम, मंसिर ५ – राष्ट्रिय जनता पार्टी राजपाका नेता तथा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र महतोले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया