एकल महिला सुरक्षा कोषबाट कसरी सहयोग लिने ?

 साउन २७, २०७५ आइतवार
unn.prixa.net

लेखपढ गर्न र सीप सिक्न मन छ तर पैसा छैन । हातमा सीप त छ, तर सीप अनुसारको व्यापार व्यवसाय गर्न पूँजी छैन । पैसाको अभाव त सबैलाई हुन्छ, तर तपाईं एकल महिला हुनुहुन्छ भने सीप सिक्न र सिकेको सीप प्रयोग गरि सानोतिनो व्यापार व्यवसाय गर्न अब पैसाले रोकिदैन । यस्तो बेला एकल महिला सुरक्षा कोषबाट ५ लाख रुपैयाँसम्मको सहयोग पाईन्छ ।

कानूनले एकल महिला कस्लाई मानेको छ र एकल महिला सुरक्षा कोषबाट के कति सहयोग पाईन्छ भनेर जानकारी लिन भिडियो हेर्नुहोस् ।

एकल महिला सुरक्षा कोषका बारेमा विस्तृत जानकारी एन्ड्रोइड मोवाइलको थाहा छ (Thaha Chha)  मोवाइल एप्लिकेसनबाट पनि लिन सकिन्छ । थाहा छ एप्लिकेसन प्ले स्टोरमा गई डाउनलोड गर्न सकिन्छ । थाहा छ एप्लिकेसन एकपल्ट डाउनलोड गरिसकेपछि इन्टरनेट नहुदाँ पनि चल्छ ।

यो सामग्री मानव अधिकारका लागि महिला, एकल महिला समूह र अक्सफाम नेपालको सहयोगमा तयार पारिएको हो ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह सम्बन्धि थप जानकारीका लागि

फेसबुक: https://www.facebook.com/WHRnepal/

ट्वीटर: https://twitter.com/WHRNepal

वेवसाइट: http://whr.org.np/

इमेल: [email protected]