MENU

माघे संक्रान्तिको अवसरमा चन्द्रागिरीमा कन्सर्ट

काठमाडौं, पुस २८ – चन्द्रागिरी हिल्समा माघे संक्रान्तिको अवसरमा कन्सर्ट हुने भएको छ । कन्सर्टमा मायाको डोरीले, ओमिरी जस्ता गीतका चर्चित गायक दिपक बज्राचार्य, चर्चित कमेडियन एवम् जादुगर महादेव त्रिपाठी, नृत्यमा चर्चा कमाएको कार्टुन क्रुजलगायतको प्रस्तुति रहनेछ । शनिबार दिउँसो  १२ बजेदेखि सुरु हुने कार्यक्रमको व्यवस्थापक तथा संयोजन दिनेश डिसी प्रोडक्सनले गर्दैछ । श्री स्वस्थानी ब्रत कथाका अनुसार सतिदेवीको निधार पतन भएर उत्पन्न भएको भालेश्वर महादेवको मन्दिर अवस्थित चन्द्रागिरीमा अहिले चन्द्रागिरी हिल्स लिमिटेडले केबलकारसहित एकीकृत पर्यटकीय केन्द्र निर्माण गरेको छ । चन्द्रागिरीमा यात्रा, हिमाली शृंखलाका मनमोहक दृश्य, शान्त पहाडको वातावरण , वालबालिकाको लागि बिभिन्न निःशुल्क खेलको व्यवस्था उपलब्ध छन् । चन्द्रागिरी केबलकारको भ्रमणमा जाने सबैलाई कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिनेछ । 

दर्शनार्थीहरूका लागि निशुल्क सुविधा 

चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि निःशुल्क बसको व्यवस्था गरेको छ । हरेक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट बस लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँ बसपार्क, बालाजुभाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरी केबलकारसम्म पुग्ने छ भनेकोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरी केबलकारसम्म पुग्ने छ । 
चन्द्रागिरी केबलकारको टिकट काठमाडौंस्थित आइएमई सेन्टर, आइएमई ट्राभल्स एवम् भाटभटेनी सुपरमार्केटका काउन्टरबाट पनि लिन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस