MENU

​विश्व बैंकको टोलीद्वारा चन्द्रागिरी भ्रमण

काठमाडौं, चैत २ - विश्व बैंकका कार्यकारी निर्देशक अदिन हदियान्तोले चन्द्रागिरी हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गर्नुभएको छ ।

भ्रमणको क्रममानिर्देशक हदियान्तोले नेपाली निजी क्षेत्रको लगानीमा निर्माण भएको चन्द्रागिरी हिल्स नमुना योग्य परियोजना भएको बताउनुभयो । यस्ता धेरै परियोजना निर्माण गरेर नेपालको पर्यटन उद्योगलाई प्रवर्द्धन गर्दै राष्ट्रको आर्थिक विकास गर्न सकिने धारणा उहाँले राख्नुभएको थियो । यस्तो उदाहरणीय कार्य गरेकोमा चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उहाँँको समूहको उच्च प्रशंसा गर्दै निर्देशक हदियान्तोले सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । भ्रमण टोलीमा विश्व बैंकका नेपाल स्थितप्रतिनिधि रेहन रसिदे पनि हुनुहुन्थ्यो थियो । भ्रमणमा रहेको टोलीलाई चन्द्रागिरी हिल्सका अध्यक्ष ढकाल एवम् संचालक हेमराज ढकालले स्वागत गर्दै परियोजनाको स्थलगत अवलोकन गराउनुभयो । 

ऐतिहासिक, धार्मिक तथापर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरी डाँडामा कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट उहाँहरुले सगरमाथालगायत अन्य हिम श्रृखलाहरुकोसमेत दृश्यावलोकन गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस