MENU

​चन्द्रागिरी केबलकार दिउँसो एक घन्टा बन्द हुने

काठमाडौं, चैत ६ – चन्द्रागिरी केबलकार दिउँसो एक घन्टा बन्द हुने भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडले दिउसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागु गरेका कारण दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म चन्द्रागिरी केबलकार बन्द हुने भएको हो ।

कम्पनीमाकार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहिसमय आराम दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको लिमिटेडले जनाएको छ । यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार लागु हुने छैैन ।

केबलकार वाहेक चन्द्रागिरी हिल्स परिसरमा रहेका अन्य सेवाहरु (रेस्टुरेन्ट, बार, वालउद्यान) नियमति सञ्चालन हुनेछन् । स्थापनादेखि नै चन्द्रागिरी हिल्स व्यवस्थापनले बेलुकी ५ बजेसम्म केबलकार नियमित रुपमा सञ्चालन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस